हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
कदी

इतिहासमा

चतुरालेहुँदै बद्री-केदारतिर

पैले पैले नेपालबाट चारधाम तर्ीथयात्रा जानेहरू आफ्नो सबै ऋणपान तिरी, छोराहरूको अंशबण्डा समेत गरिदिएर विदा हुन्थे रे ! छ महिना, वर्षदन लाग्ने त्यो जोखिमपर्ूण्ा यात्राबाट फर्केर आउने नआउने टुङ्गो हुँदैनथ्यो रे ! कति त धाम गर्दागर्दै परमधाम पनि पुग्थे रे !

'रे' का कुरा हुन् यी । तर, छापिएकै वृत्तान्तमा पनि आजभन्दा ७० वर्षघि हरिद्वारबाट बद्रीकेदार पुग्न एक महिना लागेको कुरा भेटिन्छ -बद्रीकेदार यात्रा तीस वर्षघि, केदारमणि आ.दी. २०२३) । भारतको हरिद्वारसम्म रेल-मोटरमा पुगी त्यहाँबाट मात्र पैदल हिँडेको -श्री ३ बडामहारानी बालकुमारीदेवीको) यात्रादललाई त बद्रीकेेदार पुग्न त्यतिका दिन लागेछ भने नेपाल, काठमाडौँदेखि नै हिँडेर त्यो यात्रा तय गर्नुपरेको भए कति दिन लाग्दो हो भनी अनुमान गर्न आज गाह्रो पर्छ । तर मदन पुरस्कार पुस्तकालयमा प्राप्त एउटा लेखोटले अनुमान होइन अनुगमन नै गर्न सकिने पारिदिएको छ । लेखोट भने पनि एउटा किताबै छ त्यो, फुलिस्केप साइजको, छालाले मोरेको बेलाइती कापी । त्यसका २५० जति पृष्ठ सबै भरिएका छैनन्  । बीचबीचमा ऐतिहासिक महत्त्वका धेरैथरी कुरा टिपिएका छन् । यहाँ त्यसैमध्येको पृ. १०७ र १०८ को मात्र प्रसङ्ग उठाउन खोजिएको हो । एउटा पानामा शर्ीष्ाक दिइएको छः"नेपालदेषी. श्रीवद्रिकेदारसम्म जान्या वासको तपसील" भनिराख्न परेन, त्यस लेखोटको पृष्ठ १०७ मा काठमाडौँबाट बद्री-केदारसम्मको पैदलयात्रा गर्दा तय गर्नुपर्ने दूरी र बासहरूको तेरिज रहेको छ । त्यसको 'तपसील' मा- "असामि - वास् - कोस्" भन्ने बाहेक अरू व्याख्या-विवरण केही छैन । अर्कोमा शर्ीष्ाक छः 'पश्चिम्तरफबाट झुल्घाट्सम्मका बाटो'  ।

पहिलोमा, असामि खण्डमा "काठमाडौंदेषि चतुर आलेको पौवा" लेखिएको छ । 'वास्' खण्डमा '१' र 'कोस्' खण्डमा ६ लेखिएको छ । यसको अर्थ- काठमाडौँबाट हिँडेर ६ कोसपर, पैलो बास चतुर आलेको पौवामा बस्ने भन्ने निस्कन्छ । आजको 'चतुराले गाविस' को नाउँ चतुर आले -मगर) भन्ने व्यक्तिले त्यसबेला बनाइदिएको पौवा -पाटी) बाट रहन पुगेको यसबाट सजिलै बुझन सकिन्छ । यसरी हिँड्दै गई ३०३ कोस पार गरेपछि ५६औँ बासमा 'श्रीवद्रीनारायण' पुगिने उल्लेख छ । बद्रीनाथबाट थप ५३ कोस हिँडी ६७औँ बासमा 'श्रीकेदार' पुगिने बताइएको छ ।

यो तेरिज कैले तयार पारियो भन्ने जानकारी पाउन सकिँदैन  । यो कापीमा सारिएको चाहिँ डेढसय वर्षघि हो भन्ने पक्का छ । किनभने यसमा सारिएको पछिल्लो नक्कल '१९११ साल चैत वदी २' को छ । र, त्यो कापीको कागजमा पनि अङ्ग्रेजी 'वाटरमार्क' 'सी डब्ल्यू आई एल एम ओ टी १८५१' स्पष्ट पढ्न सकिन्छ ।

यसरी एक सय पचास वर्षघि बद्री-केदारधाम जाने नेपालीहरूको बासको सङ्ख्या गनेर अनि, गाउँका नाउँ सम्झेर आज के पाइन्छ भन्ने प्रश्न पनि उठ्न सक्ला । तर, ऐतिहासिक महत्त्व भनेको गगनसिंहलाई गोली कसले हान्यो अथवा भीमसेन थापा कसरी सेरिए- फुटेको शिशाको टुक्राले घाँटीमा त्यस्तो गहिरो घाउ बनाउन सक्छ कि सक्दैन भनेर जिरह गर्नु मात्र पनि होइन भन्ने लाग्छ । खाली राजकाजी कुरा बाहेक समाज के गथ्र्यो, सामाजिक क्रियाकलाप कस्तो थियो भनेर खोज्नु, हर्ेर्नु पनि इतिहासकै पाटो हो भन्नेमा दर्ुइमत नहोला । त्यतैतिरको जमर्को हो यो ।

तर सिङ्गै किताब भेट्टाउँदा पनि त्यतिबेलाको यात्रा मार्ग -रुट) र बास बस्ने गाउँ-ठाउँहरू ठम्याउन अहिले सजिलो छैन । झुलाघाट पार गरेपछि भारतपट्ट िपर्ने त कुरै छाडूँ नेपालभित्रका पनि ४२ मध्ये आधाभन्दा बढी बास बस्ने ठाउँहरूको नाम ऐलेका नक्सामा खोजेर पनि पाइँदैनन्  । गोर्खा त हामीलाई थाहा छ भनूँ, तर त्यतिबेलाको 'गोषर्ा आश्राम' कहाँ थियो भनेर कसरी जान्नु - त्यस्तै पोखराबाट चार कोस हिँडेपछि पुगिने रहेछ 'पवै भांज्याङ्' । त्यो भञ्ज्याङ अचेल के नामले पुकारिन्छ, कसले भन्ने - पवै भञ्ज्याङ त अझै पत्ता लगाउँला रे', तर त्यहाँबाट ६ कोस परको 'धरम्पानि, हदम्नाथको घरमा' कसरी पुग्ने - यस्ता थुप्रै झयाउला आइलाग्छन् । भूगोलका विद्यार्थी र अचेलका गाविसहरूलाई भने यी नामहरूले निकै तान्लान् । किनभने, रिडिकोट्बाट काढा अनि त्यहाँबाट सिलगढि हुँदै तिषागढि पुग्ने बाटोको अध्ययनले पक्कै पनि नयाँ सूचना उपलब्ध गराउने छ ।

अब त्यो बासको तेरिजतिरै र्फकूँ फेरि । प्रसस्त नेपाली यात्रुहरू सो बाटो जाने नभए यत्रो भूभारत गरी बासबासको तेरिज कसिने थिएन पक्कै । त्यो पनि सरकारी स्तरमा । सरकारी स्तर भनेर किन भनियो भने, यो जङ्गबहादुरकालीन दस्तावेज नत्र यसरी सुरक्षित राखिने थिएन  ।

यो धाम जाने बाटोका साथै देशको पश्चिम सिमाना झुलाघाटसम्म मात्रै जाने बाटो पनि छुट्टै दिइएको छ -बक्स) । देशको भूगोलको ज्ञान राख्नु जरुरी भएर नै राणा प्रधानमन्त्रीहरूले यति मेहनत गरे-गराए होलान्  । राजकाजको सिलसिलामा राजधानीबाट बाहिर जाँदा कुन ठाउँ कति टाढा छ त्यो थाहा पाउनु उनीहरूलाई आवश्यक भएको हुनर्ुपर्छ । आफ्ना सल्लाहकारहरूले नै पनि आफूलाई झुक्याउलान् भनेर होला महाराज जङ्गबहादुरले देशभित्रका बाटाघाटाको सूची बनाउन लगाई आफूसँगै राखेका रहेछन् ।

देखिसकियो, बद्री-केदार जाने तर्ीथयात्रीले महाकाली नदी झुलाघाट भई तर्थे भने नेपालको सिमानासम्मको बाटो पनि झुलाघाटमै पुगेर टुङ्गेको पाइन्छ । तर त्यहाँसम्म पुग्ने यात्रापथमा आनकातान फरक छ -हे. नक्सामा रातो र हरियो रेखा) । पहिलो त बासको सङ्ख्यामै अन्तर छ । एक-दर्ुइको होइन पूरै दश बासको भिन्नता छ । धाम जाँदा ४२औँ बास -रातो रेखा) परेको झुलाघाट सिमानासम्म मात्र जाने बाटो जाँदा ३२ बासमै -हरियो रेखा) पुगिन्छ । यस्तो फरक किन पर्‍यो भन्न सकिँदैन । धाम जानेहरू तर्ीथहरू घुम्दैघुम्दै जाने भएर हो कि भन्नलाई पनि त्यस्तो कुनै तर्ीथस्थानको यहाँ उल्लेख भेटिँदैन । तर्ीथ जानेहरू धपेडी नगरी साना-साना बास गरेर हिँडे भनूँ भने पनि दुवै बाटामा बास ४-५-६ कोसमा नै गरेको देखिन्छ । सिमानासम्म जाने बाटो अलि सोझो, छोटो पारिएको होला भनेर चित्त बुझाउन पनि सजिलो छैन । नक्सा हर्ेदा हरियो रेखा पनि घुमेकै देखिन्छ, नागवेली परेको । भनूँ सल्यानबाट जाजरकोट, दैलेख हुँदै कर्ण्ााली तरी अछाम अनि बझाङ पुग्छ यो बाटो । अनि डोटी । यो त निकै 'जिगज्याक' भयो ऐलेको हिसाबले । अछामबाट त्यत्तिमाथि उत्तर बझाङ पुगी फेरि झरेर डोटी लाग्ने भन्नु 'छोटो' भनिएको बाटोलाई मिल्दैन । त्यसैले त्यस लगतको बझाङ ऐले हामीले बुझने बझाङभन्दा निकै तल थियो कि भन्नुपर्ने हुन्छ  । बझाङका माननीय या जिविसका अध्यक्षहरूले यसबारे खोजतजास गर्नुहुन्छ कि ! बझाङबाहेक यहाँ हामीलाई 'जुम्ला'ले पनि पिर्छ । यस फिरिस्तमा परेको 'जुम्ला' डोटीबाट पाँच कोस पर छ । त्यसलाई यस बाटामा ३१औँ बास बनाइएको छ, अनि त्यताबाट २१ कोस हिँडी पर झुलाघाट पुगिने भनिएको छ  । यहाँनिर आइपुग्दा हामी एकदमै अलमलमा पर्र्छौँ । पहिलो कुरा त अरूतिर बढीमा कतैकतै दस कोसमा बास बसेको व्यवस्था देखाइएकोमा यहाँ अकस्मात् २१ कोसको दूरीमा बास दिइएको छ । त्यो साधारणतः एक दिनको बाटो हुन सक्तैन  । सारै समथलको बाटो नभए एकैदिनमा २०/२१ कोस डाँडाकाँडा कोही हिँड्न सक्तैन । त्यसैले यहाँनिर सार्ने मान्छेले नै गल्ती गर्‍यो कि भन्ने पनि लाग्छ । अर्को कुरो, यो जुम्ला भनिएको बास, ऐले हामीले चिनेको कर्ण्ााली अञ्चलको सदरमुकाम जुम्ला डोटीबाट निकै टाढा पूर्वोत्तरमा पर्छ, पाँच कोस मात्र पर पश्चिममा होइन । त्यसो भए यो यहाँ भनिएको जुम्ला कहाँ छ - त्यो ऐले कुन नामले चिनिन्छ - बुझनु आवश्यक छ ।

यसरी अल्मलिने केही कुराबाहेक केही निकै चाखलाग्दा कुरा पनि फेला पर्छन् यी बाटाहरूको अध्ययन गर्दा । पैलो त धाम जाने बाटो -रातो रेखा) मा पहिलो बास ६ कोस पर चतुरालेमा छ, महाकाली नदी अर्थात् झुलाघाटसम्म मात्र जाने -हरियो रेखा) बाटोमा भने तीन कोस मात्र पर पुगेर जितपुर -फेदी) मा बसिन्छ । रातो रेखामा दोस्रो बास नुवाकोटमा छ भने हरियो रेखाले तेस्रो बास बनाएको छ 'नुवाकोट त्रिशूल् गंगा'लाई  । यो बाटो छैटौँ बासलाई गोर्खा पुग्छ, ऊ गोर्खामा बास बस्तैन, 'गोषर्ाआश्रम' मा बस्छ । पोखरा त दुवै बाटा पुग्छन् नवौँ र दशौँ बासलाई । त्यसपछि 'दैलेष' नपुगी दर्ुइको भेट हुँदैन । त्यसपछि त ठेट झुलाघाटमा मात्र मिल्छन् यी दर्ुइ- रातो २०४ कोसमा र हरियो रेखा १९६ कोसमा । तानसेन रिडी, गुल्मी, जाजरकोट, अछाम, बझाङ, डोटी जस्ता ठाउँमा धामवाला बास बस्दैनन् । केही बासका नामका हिज्जे फरक भएकाले ती दुवै एकै हुन् कि के हुन् भन्ने पर्छ । सल्यान र सल्याना उही हो - भनूँ डोटी एउटामा छ अर्कोमा सिलगढी । एउटा १७० कोस पर, अर्को १८० कोसमा काठमाडौँदेखि  । ती एउटै हुन् कि अर्को - यस्ता कुराको राम्रै अध्ययन हुनर्ुपर्छ अनि मात्र यो यस्तै हो भन्न सकिएला । तर, यस्ता अप्ठेरो पर्ने केही ठाउँहरू हुँदाहुँदै पनि यी दर्ुइ बाटाहरूको तुलना सूक्ष्मताका साथ गरियो भने इतिहासका केही लुकेको कुरा पनि फेला पर्न सक्छन् । त्यसैले हाम्रा भूगोलविद्, या अझ 'कार्र्टोग्राफर'हरूले यसतर्फअलि कति चासो लिइदेलान् ?

बद्री-केदारसम्म जाने बासको तपसील

असामि वास् कोस्
चतुरआलेको पौवा
नुवाकोट्
सामरि १३
चरंग्या १७
गोषर्ाआश्राम् २५
लुइटेल् ३१
कुंछा ३६
देउराली ४२
पोषरा ४८
पवैभांज्याङ् १० ५३
धरमपानि-हदम्नाथको घरमा ११ ५९
वल्पाभांज्याङ् १२ ६५
कार्किकोट् १३ ७०
घोर्मागाउँ १४ ७३
नञापौवा १५ ७८
लात्पेवाद १६ ८३
असुराकोट् १७ ८७
प्युठाना १८ ९२
वर्दिवाङ् १९ ९६
सल्यान् २३ ११५
मैटु २४ १२१
लाबुको पौवा २५ १२७
दैलेष २८ १४२
दुल्लुको पौवा २९ १४६
बन्डाडो ३० १४९
सिगौरिया ३१ १५३
कुचिगाउँ ३२ १५८
कुइका ३३ १६०
कालागाउँ ३४ १६६
रिडिकोट् ३५ १७१
सिलगढि ३७ १८०
तिषागढि ३८ १८३
वद्यगाउँ ३९ १८९
छेकरगाउँ ४० १९४
मैताडिषोला ४१ १९९
वैतडिझुलघाट् ४२ २०४
श्रीवद्रिनारायण ५६ ३०३
श्रीकेदार ६७ ३५६

पश्चिमतिरबाट झुलाघाट जाने बासको तपसील

असामि वास् कोस्
जित्पुर  
सिवुचा
नुवाकोट्त्रिशूल् गंगा १०
कटुंज्या १५
सल्यान् २०
गोषर्ा २६
लमजुंरागिनास् ३१
तन्हौकुंछा ३४
देउराली ३९
पोषरा १० ४३
पवै ११ ४८
भुम्या १२ ५२
वनाम् १३ ५६
तान्सेन् १४ ६१
रिडि १५ ६५
गुल्मी १६ ६९
वाङ्ना १७ ७४
असूर्कोट १८ ८०
प्यूठाना १९ ८४
भिरि २० ९०
सषि २१ ९६
पाल्पा २२ १०३
फाङ्वाङ् २३ १०६
सल्याना २४ १११
जाजर्कोट् २५ १२८
दैलेष २६ १३९
कर्ण्ााली २७ १५०
अछाम् २८ १६०
बझाङ् २९ १६५
डोटि ३० १७०
जुमला ३१ १७५
झुलघाट् ३२ १९६

१ कोस् = करीब ३.२ किमि

web stats analysis