| •
कदी |
 |
इतिहासमा
चतुरालेहुँदै बद्री-केदारतिर
पैले पैले नेपालबाट
चारधाम तर्ीथयात्रा जानेहरू आफ्नो सबै ऋणपान तिरी, छोराहरूको अंशबण्डा
समेत गरिदिएर विदा हुन्थे रे ! छ महिना, वर्षदन लाग्ने त्यो जोखिमपर्ूण्ा
यात्राबाट फर्केर आउने नआउने टुङ्गो हुँदैनथ्यो रे ! कति त धाम गर्दागर्दै
परमधाम पनि पुग्थे रे !
'रे' का कुरा हुन् यी । तर, छापिएकै वृत्तान्तमा पनि
आजभन्दा ७० वर्षघि हरिद्वारबाट बद्रीकेदार पुग्न एक महिना लागेको कुरा
भेटिन्छ -बद्रीकेदार यात्रा तीस वर्षघि, केदारमणि आ.दी. २०२३) । भारतको
हरिद्वारसम्म रेल-मोटरमा पुगी त्यहाँबाट मात्र पैदल हिँडेको -श्री
३ बडामहारानी बालकुमारीदेवीको) यात्रादललाई त बद्रीकेेदार पुग्न त्यतिका
दिन लागेछ भने नेपाल, काठमाडौँदेखि नै हिँडेर त्यो यात्रा तय गर्नुपरेको
भए कति दिन लाग्दो हो भनी अनुमान गर्न आज गाह्रो पर्छ । तर मदन पुरस्कार
पुस्तकालयमा प्राप्त एउटा लेखोटले अनुमान होइन अनुगमन नै गर्न सकिने
पारिदिएको छ । लेखोट भने पनि एउटा किताबै छ त्यो, फुलिस्केप साइजको,
छालाले मोरेको बेलाइती कापी । त्यसका २५० जति पृष्ठ सबै भरिएका छैनन्
। बीचबीचमा ऐतिहासिक महत्त्वका धेरैथरी कुरा टिपिएका छन् । यहाँ त्यसैमध्येको
पृ. १०७ र १०८ को मात्र प्रसङ्ग उठाउन खोजिएको हो । एउटा पानामा शर्ीष्ाक
दिइएको छः"नेपालदेषी. श्रीवद्रिकेदारसम्म जान्या वासको तपसील"
भनिराख्न परेन, त्यस लेखोटको पृष्ठ १०७ मा काठमाडौँबाट बद्री-केदारसम्मको
पैदलयात्रा गर्दा तय गर्नुपर्ने दूरी र बासहरूको तेरिज रहेको छ । त्यसको
'तपसील' मा- "असामि - वास् - कोस्" भन्ने बाहेक अरू व्याख्या-विवरण
केही छैन । अर्कोमा शर्ीष्ाक छः 'पश्चिम्तरफबाट झुल्घाट्सम्मका बाटो'
।

पहिलोमा, असामि खण्डमा "काठमाडौंदेषि चतुर आलेको
पौवा" लेखिएको छ । 'वास्' खण्डमा '१' र 'कोस्' खण्डमा ६ लेखिएको
छ । यसको अर्थ- काठमाडौँबाट हिँडेर ६ कोसपर, पैलो बास चतुर आलेको पौवामा
बस्ने भन्ने निस्कन्छ । आजको 'चतुराले गाविस' को नाउँ चतुर आले -मगर)
भन्ने व्यक्तिले त्यसबेला बनाइदिएको पौवा -पाटी) बाट रहन पुगेको यसबाट
सजिलै बुझन सकिन्छ । यसरी हिँड्दै गई ३०३ कोस पार गरेपछि ५६औँ बासमा
'श्रीवद्रीनारायण' पुगिने उल्लेख छ । बद्रीनाथबाट थप ५३ कोस हिँडी
६७औँ बासमा 'श्रीकेदार' पुगिने बताइएको छ ।
यो तेरिज कैले तयार पारियो भन्ने जानकारी पाउन सकिँदैन
। यो कापीमा सारिएको चाहिँ डेढसय वर्षघि हो भन्ने पक्का छ । किनभने
यसमा सारिएको पछिल्लो नक्कल '१९११ साल चैत वदी २' को छ । र, त्यो कापीको
कागजमा पनि अङ्ग्रेजी 'वाटरमार्क' 'सी डब्ल्यू आई एल एम ओ टी १८५१'
स्पष्ट पढ्न सकिन्छ ।
यसरी एक सय पचास वर्षघि बद्री-केदारधाम जाने नेपालीहरूको
बासको सङ्ख्या गनेर अनि, गाउँका नाउँ सम्झेर आज के पाइन्छ भन्ने प्रश्न
पनि उठ्न सक्ला । तर, ऐतिहासिक महत्त्व भनेको गगनसिंहलाई गोली कसले
हान्यो अथवा भीमसेन थापा कसरी सेरिए- फुटेको शिशाको टुक्राले घाँटीमा
त्यस्तो गहिरो घाउ बनाउन सक्छ कि सक्दैन भनेर जिरह गर्नु मात्र पनि
होइन भन्ने लाग्छ । खाली राजकाजी कुरा बाहेक समाज के गथ्र्यो, सामाजिक
क्रियाकलाप कस्तो थियो भनेर खोज्नु, हर्ेर्नु पनि इतिहासकै पाटो हो
भन्नेमा दर्ुइमत नहोला । त्यतैतिरको जमर्को हो यो ।
तर सिङ्गै किताब भेट्टाउँदा पनि त्यतिबेलाको यात्रा
मार्ग -रुट) र बास बस्ने गाउँ-ठाउँहरू ठम्याउन अहिले सजिलो छैन । झुलाघाट
पार गरेपछि भारतपट्ट िपर्ने त कुरै छाडूँ नेपालभित्रका पनि ४२ मध्ये
आधाभन्दा बढी बास बस्ने ठाउँहरूको नाम ऐलेका नक्सामा खोजेर पनि पाइँदैनन्
। गोर्खा त हामीलाई थाहा छ भनूँ, तर त्यतिबेलाको 'गोषर्ा आश्राम' कहाँ
थियो भनेर कसरी जान्नु - त्यस्तै पोखराबाट चार कोस हिँडेपछि पुगिने
रहेछ 'पवै भांज्याङ्' । त्यो भञ्ज्याङ अचेल के नामले पुकारिन्छ, कसले
भन्ने - पवै भञ्ज्याङ त अझै पत्ता लगाउँला रे', तर त्यहाँबाट ६ कोस
परको 'धरम्पानि, हदम्नाथको घरमा' कसरी पुग्ने - यस्ता थुप्रै झयाउला
आइलाग्छन् । भूगोलका विद्यार्थी र अचेलका गाविसहरूलाई भने यी नामहरूले
निकै तान्लान् । किनभने, रिडिकोट्बाट काढा अनि त्यहाँबाट सिलगढि हुँदै
तिषागढि पुग्ने बाटोको अध्ययनले पक्कै पनि नयाँ सूचना उपलब्ध गराउने
छ ।
अब त्यो बासको तेरिजतिरै र्फकूँ फेरि । प्रसस्त नेपाली
यात्रुहरू सो बाटो जाने नभए यत्रो भूभारत गरी बासबासको तेरिज कसिने
थिएन पक्कै । त्यो पनि सरकारी स्तरमा । सरकारी स्तर भनेर किन भनियो
भने, यो जङ्गबहादुरकालीन दस्तावेज नत्र यसरी सुरक्षित राखिने थिएन
।
यो धाम जाने बाटोका साथै देशको पश्चिम सिमाना झुलाघाटसम्म
मात्रै जाने बाटो पनि छुट्टै दिइएको छ -बक्स) । देशको भूगोलको ज्ञान
राख्नु जरुरी भएर नै राणा प्रधानमन्त्रीहरूले यति मेहनत गरे-गराए होलान्
। राजकाजको सिलसिलामा राजधानीबाट बाहिर जाँदा कुन ठाउँ कति टाढा छ
त्यो थाहा पाउनु उनीहरूलाई आवश्यक भएको हुनर्ुपर्छ । आफ्ना सल्लाहकारहरूले
नै पनि आफूलाई झुक्याउलान् भनेर होला महाराज जङ्गबहादुरले देशभित्रका
बाटाघाटाको सूची बनाउन लगाई आफूसँगै राखेका रहेछन् ।
देखिसकियो, बद्री-केदार जाने तर्ीथयात्रीले महाकाली
नदी झुलाघाट भई तर्थे भने नेपालको सिमानासम्मको बाटो पनि झुलाघाटमै
पुगेर टुङ्गेको पाइन्छ । तर त्यहाँसम्म पुग्ने यात्रापथमा आनकातान
फरक छ -हे. नक्सामा रातो र हरियो रेखा) । पहिलो त बासको सङ्ख्यामै
अन्तर छ । एक-दर्ुइको होइन पूरै दश बासको भिन्नता छ । धाम जाँदा ४२औँ
बास -रातो रेखा) परेको झुलाघाट सिमानासम्म मात्र जाने बाटो जाँदा ३२
बासमै -हरियो रेखा) पुगिन्छ । यस्तो फरक किन पर्यो भन्न सकिँदैन ।
धाम जानेहरू तर्ीथहरू घुम्दैघुम्दै जाने भएर हो कि भन्नलाई पनि त्यस्तो
कुनै तर्ीथस्थानको यहाँ उल्लेख भेटिँदैन । तर्ीथ जानेहरू धपेडी नगरी
साना-साना बास गरेर हिँडे भनूँ भने पनि दुवै बाटामा बास ४-५-६ कोसमा
नै गरेको देखिन्छ । सिमानासम्म जाने बाटो अलि सोझो, छोटो पारिएको होला
भनेर चित्त बुझाउन पनि सजिलो छैन । नक्सा हर्ेदा हरियो रेखा पनि घुमेकै
देखिन्छ, नागवेली परेको । भनूँ सल्यानबाट जाजरकोट, दैलेख हुँदै कर्ण्ााली
तरी अछाम अनि बझाङ पुग्छ यो बाटो । अनि डोटी । यो त निकै 'जिगज्याक'
भयो ऐलेको हिसाबले । अछामबाट त्यत्तिमाथि उत्तर बझाङ पुगी फेरि झरेर
डोटी लाग्ने भन्नु 'छोटो' भनिएको बाटोलाई मिल्दैन । त्यसैले त्यस लगतको
बझाङ ऐले हामीले बुझने बझाङभन्दा निकै तल थियो कि भन्नुपर्ने हुन्छ
। बझाङका माननीय या जिविसका अध्यक्षहरूले यसबारे खोजतजास गर्नुहुन्छ
कि ! बझाङबाहेक यहाँ हामीलाई 'जुम्ला'ले पनि पिर्छ । यस फिरिस्तमा
परेको 'जुम्ला' डोटीबाट पाँच कोस पर छ । त्यसलाई यस बाटामा ३१औँ बास
बनाइएको छ, अनि त्यताबाट २१ कोस हिँडी पर झुलाघाट पुगिने भनिएको छ
। यहाँनिर आइपुग्दा हामी एकदमै अलमलमा पर्र्छौँ । पहिलो कुरा त अरूतिर
बढीमा कतैकतै दस कोसमा बास बसेको व्यवस्था देखाइएकोमा यहाँ अकस्मात्
२१ कोसको दूरीमा बास दिइएको छ । त्यो साधारणतः एक दिनको बाटो हुन सक्तैन
। सारै समथलको बाटो नभए एकैदिनमा २०/२१ कोस डाँडाकाँडा कोही हिँड्न
सक्तैन । त्यसैले यहाँनिर सार्ने मान्छेले नै गल्ती गर्यो कि भन्ने
पनि लाग्छ । अर्को कुरो, यो जुम्ला भनिएको बास, ऐले हामीले चिनेको
कर्ण्ााली अञ्चलको सदरमुकाम जुम्ला डोटीबाट निकै टाढा पूर्वोत्तरमा
पर्छ, पाँच कोस मात्र पर पश्चिममा होइन । त्यसो भए यो यहाँ भनिएको
जुम्ला कहाँ छ - त्यो ऐले कुन नामले चिनिन्छ - बुझनु आवश्यक छ ।
यसरी अल्मलिने केही कुराबाहेक केही निकै चाखलाग्दा कुरा
पनि फेला पर्छन् यी बाटाहरूको अध्ययन गर्दा । पैलो त धाम जाने बाटो
-रातो रेखा) मा पहिलो बास ६ कोस पर चतुरालेमा छ, महाकाली नदी अर्थात्
झुलाघाटसम्म मात्र जाने -हरियो रेखा) बाटोमा भने तीन कोस मात्र पर
पुगेर जितपुर -फेदी) मा बसिन्छ । रातो रेखामा दोस्रो बास नुवाकोटमा
छ भने हरियो रेखाले तेस्रो बास बनाएको छ 'नुवाकोट त्रिशूल् गंगा'लाई
। यो बाटो छैटौँ बासलाई गोर्खा पुग्छ, ऊ गोर्खामा बास बस्तैन, 'गोषर्ाआश्रम'
मा बस्छ । पोखरा त दुवै बाटा पुग्छन् नवौँ र दशौँ बासलाई । त्यसपछि
'दैलेष' नपुगी दर्ुइको भेट हुँदैन । त्यसपछि त ठेट झुलाघाटमा मात्र
मिल्छन् यी दर्ुइ- रातो २०४ कोसमा र हरियो रेखा १९६ कोसमा । तानसेन
रिडी, गुल्मी, जाजरकोट, अछाम, बझाङ, डोटी जस्ता ठाउँमा धामवाला बास
बस्दैनन् । केही बासका नामका हिज्जे फरक भएकाले ती दुवै एकै हुन् कि
के हुन् भन्ने पर्छ । सल्यान र सल्याना उही हो - भनूँ डोटी एउटामा
छ अर्कोमा सिलगढी । एउटा १७० कोस पर, अर्को १८० कोसमा काठमाडौँदेखि
। ती एउटै हुन् कि अर्को - यस्ता कुराको राम्रै अध्ययन हुनर्ुपर्छ
अनि मात्र यो यस्तै हो भन्न सकिएला । तर, यस्ता अप्ठेरो पर्ने केही
ठाउँहरू हुँदाहुँदै पनि यी दर्ुइ बाटाहरूको तुलना सूक्ष्मताका साथ
गरियो भने इतिहासका केही लुकेको कुरा पनि फेला पर्न सक्छन् । त्यसैले
हाम्रा भूगोलविद्, या अझ 'कार्र्टोग्राफर'हरूले यसतर्फअलि कति चासो
लिइदेलान् ?
बद्री-केदारसम्म जाने बासको
तपसील
| असामि |
वास् |
कोस् |
| चतुरआलेको पौवा |
१ |
६ |
| नुवाकोट् |
२ |
९ |
| सामरि |
३ |
१३ |
| चरंग्या |
४ |
१७ |
| गोषर्ाआश्राम् |
५ |
२५ |
| लुइटेल् |
६ |
३१ |
| कुंछा |
७ |
३६ |
| देउराली |
८ |
४२ |
| पोषरा |
९ |
४८ |
| पवैभांज्याङ् |
१० |
५३ |
| धरमपानि-हदम्नाथको घरमा |
११ |
५९ |
| वल्पाभांज्याङ् |
१२ |
६५ |
| कार्किकोट् |
१३ |
७० |
| घोर्मागाउँ |
१४ |
७३ |
| नञापौवा |
१५ |
७८ |
| लात्पेवाद |
१६ |
८३ |
| असुराकोट् |
१७ |
८७ |
| प्युठाना |
१८ |
९२ |
| वर्दिवाङ् |
१९ |
९६ |
| सल्यान् |
२३ |
११५ |
| मैटु |
२४ |
१२१ |
| लाबुको पौवा |
२५ |
१२७ |
| दैलेष |
२८ |
१४२ |
| दुल्लुको पौवा |
२९ |
१४६ |
| बन्डाडो |
३० |
१४९ |
| सिगौरिया |
३१ |
१५३ |
| कुचिगाउँ |
३२ |
१५८ |
| कुइका |
३३ |
१६० |
| कालागाउँ |
३४ |
१६६ |
| रिडिकोट् |
३५ |
१७१ |
| सिलगढि |
३७ |
१८० |
| तिषागढि |
३८ |
१८३ |
| वद्यगाउँ |
३९ |
१८९ |
| छेकरगाउँ |
४० |
१९४ |
| मैताडिषोला |
४१ |
१९९ |
| वैतडिझुलघाट् |
४२ |
२०४ |
| श्रीवद्रिनारायण |
५६ |
३०३ |
| श्रीकेदार |
६७ |
३५६ |
|
पश्चिमतिरबाट झुलाघाट जाने
बासको तपसील
| असामि |
वास् |
कोस् |
| जित्पुर |
|
३ |
| सिवुचा |
२ |
७ |
| नुवाकोट्त्रिशूल् गंगा |
३ |
१० |
| कटुंज्या |
४ |
१५ |
| सल्यान् |
५ |
२० |
| गोषर्ा |
६ |
२६ |
| लमजुंरागिनास् |
७ |
३१ |
| तन्हौकुंछा |
८ |
३४ |
| देउराली |
९ |
३९ |
| पोषरा |
१० |
४३ |
| पवै |
११ |
४८ |
| भुम्या |
१२ |
५२ |
| वनाम् |
१३ |
५६ |
| तान्सेन् |
१४ |
६१ |
| रिडि |
१५ |
६५ |
| गुल्मी |
१६ |
६९ |
| वाङ्ना |
१७ |
७४ |
| असूर्कोट |
१८ |
८० |
| प्यूठाना |
१९ |
८४ |
| भिरि |
२० |
९० |
| सषि |
२१ |
९६ |
| पाल्पा |
२२ |
१०३ |
| फाङ्वाङ् |
२३ |
१०६ |
| सल्याना |
२४ |
१११ |
| जाजर्कोट् |
२५ |
१२८ |
| दैलेष |
२६ |
१३९ |
| कर्ण्ााली |
२७ |
१५० |
| अछाम् |
२८ |
१६० |
| बझाङ् |
२९ |
१६५ |
| डोटि |
३० |
१७० |
| जुमला |
३१ |
१७५ |
| झुलघाट् |
३२ |
१९६ |
१ कोस् = करीब ३.२ किमि |
|