हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

डकैती र बलात्कारको चपेटामा तराईका गाउँ
जनताका निम्ति डाँका, प्रहरी र माओवादी उस्तै-उस्तै


वीरेन्द्रकुमार शाह
डकैतीमा संलग्न भएको आरोप लागेका घुमुआ प्रहरी विनोद यादव ।

तराईका मानिसहरूले राज्यले आफूलाई सधैँ उपेक्षा गर्ने गरेको छ भन्ने गुनासो त्यसै गरेका होइनन् । तर्राईमा राज्यको अहिलेको व्यवहारले यो कुरालाई झन् सिद्ध गरिदिएको छ । यस वर्षो वैशाखदेखि मङ्सिरसम्म मध्यतर्राईका रौतहट र र्सलाहीका तीन दर्जन गाउँमा झण्डै पाँच सय घर लुटिए, दर्ुइ दर्जन मानिस घाइते भए र आधा दर्जनको हत्या भयो । राजमार्गमा ६ दर्जन सवारीसाधन, सयौँ यात्रु र तिनका मालसामानहरू लुटिए । उता सिरहाका चार गाउँमा एक दर्जन महिलाको बलात्कार र तीमध्ये दुइजनाको हत्या भयो । राज्य, कानून र व्यवस्थाको उपस्थिति कतै देखिएन  ।

जनतालाई शान्तिसुरक्षा दिन यी क्षेत्रमा स्थापना भएका अनगिन्ती प्रहरीचौकी र कार्यालय तथा सैनिक बेसक्याम्प र गण-गुल्महरू पनि पीडित जनताका सहयोगमा सक्रिय हुनसकेनन् । उल्टै कति ठाउँमा डकैती र लुटपाटमा प्रहरीहरू समेत संलग्न भेटिए । आफूलाई 'नयाँ सत्ता' दावी गर्ने माओवादी र तिनका जनसङ्गठनले पनि स्थानीय जनताको पीडामाथि पीडा नै थप्ने काम गरेका छन् ।

आठ महिनामा पाँचसय डकैती

गाउँलेहरू रातिको खाना खाएर सुतेका मात्रै थिए, एकाएक गोली चल्यो । 'डाँका आयो', 'डाँका आयो' भन्ने हल्ला फैलियो । २७ कात्तिक २०६२ को रात र्सलाहीको भवानीपुर, बङलवाका शिवराज साह कानुको घरमा पसेका डाँकाले आफूलाई पक्रिन खोज्ने रामकैलाश राय यादव र राजीनन्द साहको ज्यान लिए र रामविश्वास साहलाई सख्त घाइते बनाए; अनि चार-पाँच घण्टा लगाएर पालैपालो गाउँका सयभन्दा बढी घर रित्याए ।

रामकैलाशको मृत्युको शोकबाट १७ मङ्सिरमा उनकी ५० वषर्ीया आमा जसियादेवी पनि मरिन् । श्रीमती सरोदेवीसहित ६ जना स-साना बच्चा मागेर खानुपर्ने अवस्थामा पुगेका छन् । राजीनन्द साहकी पत्नी र एक बच्चाको अवस्था पनि त्यस्तै छ । यो सम्वाददाता घटनास्थल पुग्दा रामकैलाशका भाइ रामदिनेश आमाको क्रियामा थिए भने श्राद्धको लागि गाउँलेहरू चन्दा बटुल्दै थिए ।

बितेका वर्षरूमा फाटफुट डकैती हुने गरेका रौतहट र र्सलाहीका दक्षिणी गाउँहरूमा यस वर्षत डाँकाहरूले ज्यादती नै गरेका छन् । रौतहट नागरिक समाजका अध्यक्ष जगरनाथ केसरी डकैती र लुटपाटले जनजीवन आतङ्कति भएको बताउँछन् । कैयौँ घटनामा घुमुआ प्रहरीहरूको संलग्नता रहेको स्थानीय बासिन्दाहरूको आरोप छ । सादा पोशाकमा खटाइने बहालवाला प्रहरीलाई 'घुमुआ' भन्ने चलन छ । तिनले प्रायः पेशेवर चोर, डाँका, अपहरणकारी र आत्मर्समर्पण गरी बसेका पर्ूव माओवादीलाई आफ्नो 'सहयोगी' का रूपमा लिएर हिँड्ने पनि गरेका हुन्छन् । गाउँलेले २२ कात्तिकमा रौतहटको झून्खुनवा, पथराका ४० घरमा भएको डकैतीमा संलग्न घुमुआ प्रहरी हवल्दार विनोद यादव र जवान विजयकुमार मिश्रलाई सैनिक गुल्ममा बुझाएका थिए । तर अहिले ती दुवै छुटेका छन् ।

प्रहरीको आन्तरिक छानबिनबाट उनीहरूलाई निर्दोष भेटिएकाले पर्ूववत् ड्यूटीमा खटाइएको रौतहटका प्रहरी उपरीक्षक केशवप्रसाद अधिकारी बताउँछन् । डकैतीमा प्रहरीलाई दोषी बनाई २२ जनाले दिएको जाहेरी नलिने प्रहरीले आफूमाथि निराधार आरोप लगाएको र आफ्ना दर्ुइ गाडी तोडफोड गरेको आरोपमा उल्टै पथराका ११ जनामाथि र्सार्वजनिक अपराधको मुद्दा लगाएको छ । यसबाट थप आक्रोसित पथराबासीले डकैतीमा प्रहरीको संलग्नताविरुद्ध नारा-जुलुस समेत गरेका छन् ।


रौतहटमा समातिएका डाँकाहरू ।

"यो त 'उल्टे चोर कोतवालके डाँटे' भने जस्तै भयो" गाउँलेहरूमाथि मुद्दा लगाइएको सुनेर आर्श्चर्यचकित पथराका रामाशंकरप्रसाद यादव भन्छन्, "लुटपाट हुँदा प्रहरी जवान मिश्रले लगाएको लुगा मैले नै खोसेको हुँ । डाँकाहरूले मलाई जोडले नहिर्काएका भए डकैतीमा संलग्न ती प्रहरीहरूलाई राति नै पक्रिन सक्नेथिएँ । भोलिपल्ट मुचुल्का गर्न आएका बखत चिनेर दुवैजनालाई बराहदल गुल्ममा बुझाएका थियौँ ।" डाँकाहरू आफ्नो घरमा पस्दा ती प्रहरीहरूले 'छाड्दे स्टाफ नै हुन्' भन्दै खासै लुटपाट नगरेको भन्ने पथराकै सेवानिवृत्त प्रहरी हवल्दार रामलखन राय यादवको भनाइले पनि डकैतीमा प्रहरीको संलग्नतालाई पुष्टि गरेको छ ।

यसअघि २८ असोजमा रौतहटको शिवनगर बजारबाट धान बेचेर फर्किने किसानहरूको पैसा लुट्दै गरेका घुमुआ प्रहरी वीरबहादुर यादवलाई पनि गाउँलेले पक्रेका र उनको मोटरसाइकल जलाइदिएर दर्ुइ घण्टा गौर-चन्द्रनिगाहपुर सडक जाम गरेका थिए । इलाका प्रहरी कार्यालय, गरुडामा कार्यरत प्रेमपुर गोनाही गाविस-३ का प्रहरी यादव अहिले थुनामा छन् । ११ असोजमा र्सलाहीको खैरबाधुरवा टोलमा भएको डकैतीमा प्रहरीको संलग्नताविरुद्ध पनि गाउँलेले पर््रदर्शन गरेका र गढैयाचौकीका प्रहरी हवल्दार रामेश्वर महतो र जवानद्वय रामनरेश साह र राजेश सिंहविरुद्ध जाहेरी दर्ता गराएका थिए । तर प्रहरी नायब उपरीक्षक रामबहादुर बस्नेतको संयोजकत्वमा बनेको छानबिन समितिले तिनको संलग्नताको आधार नभेटिएको ठहर्‍यायो ।

र्सलाहीमा हालै प्रहरीले चारजना डाँकालाई पक्रेको छ, जसमध्ये एक बङलवाका प्रभुप्रसाद साह पर्ूव सशस्त्र प्रहरी पनि हुन्  । प्रहरीबाट दर्ुइ वर्षघि भागेका साह केही समय माओवादी पनि बनेका थिए  । अन्य तीनजनामा र्सलाही, मानपुर-३ का रामप्रताप सहनी, भवानीपुर-८ का लालबाबु राय यादव र रौतहट, लक्ष्मीपुर-७ का सफी महमद छन् । त्यस्तै, ७ मङ्सिरमा रौतहटमा पनि ६ जना डाँका पक्रिएका छन्, जसमा धरमपुर गाविस-८ का दिनेश सहनी, नरेश सहनी, रामपुकार महतो र रघुजीराय यादव, मानपुर-२ का वीरबल सहनी र गम्हरिया-७ का इसरायल मियाँ छन् । प्रहरी उपरीक्षक केशवप्रसाद अधिकारीले यी गिरफ्तारीपछि रौतहटमा डकैती नै नभएको दावी गरे पनि त्यसपछि मात्रै रौतहटको राजमार्गको जङ्गल र चन्द्रनिगाहपुरको खैराटोल र पराहा डुमरियामा चारपटक डकैती भइसकेको छ ।

र्सलाही र रौतहटको सीमाक्षेत्र बागमती छेउका बस्ती नै डाँकाका लागि सुरक्षित बासस्थल भएको स्थानीय बासिन्दाहरू बताउँछन्  । यी जिल्लामा हुने डकैतीमा भारतीय डाँका पनि संलग्न रहने गरेको बताइन्छ  । रौतहट-र्सलाही सीमा नजिकैको भारत, पर्ूर्वी चम्पारणको घोडाहसन थानाका प्रभारी केएम गुप्ता भन्छन्, "अगरवाका रामविलास यादवसहित चार भारतीय डाँका मारिएपछि डकैती घटेको छ । यसबाहेक, एसएसबी -स्पेशल सेक्युरिटी फोर्स) का जवानलाई रात्रिगस्तीमा परिचालन गर्नुका साथै नेपाली सुरक्षा अधिकारीसँग पनि समन्वय गरेर काम गरिरहेका छौँ ।"

वीरेन्द्रकुमार शाह, बारा

एकैक्षेत्रमा एकदर्जन बलात्कार

बलात्कारपछि हत्याः मृतक प्रमिला र निर्मला ।

२५ वैशाखः काठमाडौँबाट नागरिकता लिन जन्मथलो सिरहा आएकी वडहरामाल-७, वथानटोेलकी प्रमिला कापरलाई काका रामप्रसादको छिमेकीका घरमा सुतिरहेको बेला हतियारसहित आएका नकावधारीहरूले बलात्कार गरी एक किलोमिटर पर कुलहीसदा मन्दिरको प्राङ्गणमा लगी घाँटी रेटेर मारे । त्यो रात उनीसँगै सुतेकी अर्की एक युवती पनि बलात्कृत भइन्  ।

जेठको अन्तिम साताः १०-१२ जना हतियारधारीले कर्जन्हाको एउटा पासवान परिवारकी छोरीलाई बलात्कार गरी 'घटना र्सार्वजनिक गरेमा प्रमिलालाई झैँ मारिदिने' धम्की दिएर गए ।

भदौको पहिलो साताः मिर्चैया बजारमा बास बसेकी वडहरामालकी शोभा गिरीलाई १० जना हतियारधारीले सिस्वानी गाउँको उखुवारी र हरेराम यादवको घरमा पटक-पटक बलात्कार गरेर हत्या गर्न खोजेका र अर्को हतियारधारी समूह आएर रोकेको थियो ।

२० असोजः कर्जन्हामै माइत बसेकी निर्मला साहलाई घाँस काट्न गएको बेला दिउँसै सामूहिक बलात्कार गरी घाँटी र हात काटेर हत्या गरियो ।

१० कात्तिकः कर्जन्हाका नरेन्द्र पास-वानकी श्रीमती सामूहिक बलात्कारको शिकार भइन् ।

२० कात्तिकः ६५ वर्षा अर्जुन मुखियाले कर्जन्हा, वतहाकी पासवान थरकी एक १० वषर्ीया बालिकालाई बलात्कार गरे  ।

२२ कात्तिकः कर्जन्हा-५ की देवीमाया पासवानले नातिनी र कालाबन्जार-७ का रमेश पासवानले आफ्नी श्रीमती माथि सामूहिक बलात्कार भएको गाउँलेहरूको भेलामा जानकारी गराए ।

७ मङ्सिर रातिः जमुवामा करीब १० जनाले एउटा पासवान परिवारका तीन युवतीलाई मध्यरातमा आँगनमा निकालेर बलात्कार गरे ।

सिरहाको पश्चिमी भेगका वडहरामाल, कर्जन्हा, कालाबन्जार र जमुवा गाविसमा आठ महिनामा एकदर्जन महिलाहरू बलात्कृत र तीमध्ये दर्ुइको हत्या हुँदा पनि प्रशासन र सुरक्षा निकाय हात बाँधेर बसेका छन् । बलात्कृत र मृतकहरू प्रायः गरीब र दलित परिवारका हुन् । "हामी गरीब र केही नजान्ने भएकाले कारबाही नभएको होला", प्रमिलाका काका रामप्रसाद भन्छन् । नरेन्द्र पासवानलाई गाउँलेहरूले रु.१ हजार उपचार खर्च जुर्टाई केही 'राहत' दिएका छन् ।


प्रहरी उपरीक्षक केशवप्रसाद अधिकारी ।

सिरहाका निमित्त प्रजिअ रामप्रसाद घिमिरे भन्छन्, "यति धेरै घटना भयो र - मलाई थाहै छैन ।" जिल्ला प्रहरी कार्यालयका प्रमुख शशिहरी सिलवाल चाहिँ एउटा घटनाबारे मात्रै थाहा भएको स्पष्ट गर्दै थप्छन्, "पीडितहरूले उजुरी नगरेकाले सबै थाहा भएन । केही घटनाबारे आन्तरिक तरिकाले अनुसन्धान भइरहेको छ ।" उता गाउँलेहरू प्रहरी चौकीहरूले नै 'असुरक्षा' को कारण देखाई उजुरी नलिएको बताउँछन्  । वडहरामाल घटनाबारे बिहानै बन्दीपुर सुरक्षा बेसक्याम्पलाई जानकारी गराए पनि क्याम्पले खासै चासो नलिएको गुनासो पनि गाउँलेहरूले गरे ।

सिरहाको यो भेगमा हतियार बोकेर समूहमा हिँड्नेहरूमा विभिन्न अपराधी समूहका अतिरिक्त माओवादी र उसबाट केही समयअघि फुटेको तर्राई जनतान्त्रिक मोर्चाका कार्यकर्ताहरू छन् । यी घटनामा चोरी या लूटपाट नभई बलात्कार र हत्या मात्रै भएकोले यी दर्ुइ समूह नै शङ्काको घेरामा परेका छन् । आपसी फूटपछिको द्वन्द्वका कारण यी दर्ुइ समूहबीच एकअर्कालाई बद्नाम गर्ने होड पनि चलिरहेको छ ।

कर्जन्हाका मकुन पासवान जमुवाका तीन पासवान युवतीलाई बलात्कार गर्नेहरूलाई खोजेर कारबाही गर्ने आश्वासन माओवादीले आफूलाई दिएका बताउँछन् । जिल्लास्तरका एक माओवादी नेता कपिल यादवले गाउँलेहरूसामु आत्मालोचना गर्दै आफ्ना कार्यकर्ताबाट केही गल्ती-कमजोरी भएको स्वीकार गरेका छन् । जनताको दबाबपछि माओवादीले कर्जन्हामा आमसभा गरी केही बलात्कारीको नाम र्सार्वजनिक पनि गरेका थिए । तर गाउँलेहरूले तीमध्ये केहीलाई पक्रेर कारबाही गर्न खोज्दा माओवादीका बुद्धि यादवले 'हामी नै कारबाही गर्र्छौँ' भनेर लगी केही समयपछि छाडिदिए । अहिले चाहिँ माओवादीले बुद्धिलाई पनि नियन्त्रणमा लिएर छानबिन गरिरहेको बताएका छन् ।

गाउँमा यस प्रकारको शृङ्खलाबद्ध बलात्कार हुन थालेपछि २२ कात्तिकमा तीन हजार भन्दा बढी मानिसहरू भेला भएर कर्जन्हाका जमिन्दार काशिन्दर मरवैताको संयोजकत्वमा '२७ सदस्यीय प्रतिकार समिति' गठन गरेका छन् । 'अपराधीलाई सामाजिक तथा कानूनी सजाय दिलाउन' बनाइएको यो समितिमा पर्ूव सांसद धर्मनाथ साह पनि छन् । काशिन्दर मरवैताकै अध्यक्षतामा माओवादीसँग वार्ता गर्नको लागि एउटा टोली पनि गठन भएको छ । संयोजक मरवैता भन्छन्, "माओवादीले कारबाही गर्ने भनी लगेकालाई छाडे, त्यै भएर हामी आफैँ प्रतिकार गर्न अगाडि सरेका हौँ । उनीहरूसँग वार्ता गर्ने प्रयास भइरहेको छ ।"

किसान परिवारकी कुसुमदेवी पर्ूर्वेसाहलाई गाउँघरका जुनसुकै भेला र जमघटमा गएर आँशु झार्दै दुःखपुकारा गरेको नदेख्ने कमै होलान् । जोसँग पनि छोरी निर्मलाको हत्याकै कुरा निकालेर रुन थाल्ने  कुसुमदेवी १० महिनाकी टुहुरी नातिनी बोकेर न्याय माग्दै हिँडेको दर्ुइ महिना भइसकेको छ । घाँस काट्न गएकी छोरीको बलात्कार र हत्या भएपछि उनको काँधमा अपराधीलाई सजाय दिलाउने र नातिनी पूजाको लालनपालन गर्ने जिम्मेवारी थपिएको छ । तीन वर्षघि धनुषा, हरिपुरका विरेन्दर साहसँग विवाह भएकी छोरीको घरपक्षले पनि खासै चासो देखाएको छैन । कुसुमदेवी भन्छिन्, "मलाई केही चाहिँदैन । अपराधीहरूलाई सजाय भएको हर्ेन पाइयोस् ।"

मनोज रसिक, विराटनगर

(घटनासँग सम्बन्धित केही नाम परिवर्तन गरिएका छन्  ।)

शृङ्खलाबद्ध डकैती, लुटपाट र हत्या

• ७ वैशाखः रौतहट, मतसरी भलोहियाका चार घर डकैती, रामपुकार साहको हत्या ।
• १८ वैशाखः र्सलाहीको सेखौना, बेलही, भवानीपुर, लौकट, हिरापुर र सुन्दरपुरमा एकसयभन्दा बढी घर लुट ।
• १४ जेठः र्सलाही, राजमार्गको जङ्गलमा चारवटा सवारीसाधन लुट ।
• ३० जेठः सोही ठाउँमा पाँच वटा सवारीसाधन लुट ।
• १२ असारः र्सलाही, हरिपुर जगरपुरमा दर्ुइ घर डकैती ।
• १५ असारः रौतहट, गौरको सपगडाचोकमा तीन पसल डकैती ।
• २८ असारः र्सलाहीको महेन्द्रराजमार्ग जङ्गलमा एक सवारीसाधन लुट ।
• १८ भदौः रौतहट, विश्रामपुरका ६ घर डकैती । दर्ुइजना घाइते ।
• १९ भदौः रौतहट, बसन्तपुरका तीन घर डकैती, डाँकाको गोलीबाट मनोज पासवान घाइते । बडहर्वाका तीन घर डकैती । एकजना घाइते । र्सलाही, राजमार्गको जङ्गलमा १० वटा सवारीसाधन लुट ।
• २४ भदौः र्सलाही, लौकट र सहोडवामा २३ घर डकैती ।
• २६ भदौः रौतहट, राजपुर तुलसी गाविसको हजमिनिया चोकमा एक पसलघर डकैती । ४५ वषर्ीया हदिशन खातुनको हत्या ।
• १ असोजः र्सलाही, राजमार्गको जङ्गलमा तीनवटा बस लुट ।
• ११ असोजः र्सलाही, खैरवा गाविसको धर्ुवाटोलका नौ घर डकैती ।
• १८ असोजः र्सलाही, हजरियाका १६ घर तथा सुन्दरपुर चोहडवाका तीन घर डकैती ।
• १९ असोजः र्सलाही, राजमार्गको जङ्गलमा पाँच बस-ट्रक लुट ।
• २२ असोजः रौतहट, झूनखुन्व्ाामा एक घर डकैती । एकजना घाइते ।
• ७ कात्तिकः रौतहट, डुमरिया मटिऔनका ४२ घर डकैती । गोली लागेर दर्ुइ घाइते ।
• ९ कात्तिकः र्सलाही, बगदहका दर्ुइ दर्जन घर डकैती । डाँकाको गोलीबाट हरिदास लामाको मृत्यु । गोडैता बजारको न्यू विवेक आयल स्टोर्ससहित १२ घर डकैती । राजमार्गको जङ्गलमा १२ बस-ट्रक लुट ।
• २४ कात्तिकः रौतहट, परोहा डुमरियाका दर्ुइ घर डकैती ।
• १० कात्तिकः र्सलाही, राजमार्गको जङ्गलमा एक यात्रुबस लुट ।
• ११ कात्तिकः सोही ठाउँमा १२ सवारीसाधन लुट ।
• १३ कात्तिकः र्सलाही, पडरिया गाविस शिवनगर टोलका ७० घर डकैती ।
• १५ कात्तिकः रौतहट, हर्दियामा एक घर डकैती । र्सलाही, लालबन्दी बजारको छविलाल पेट्रोलपम्पमा छुरा प्रहार र एकजना घाइते ।
• २२ कात्तिकः रौतहटको पथरी, वडहर्वा र सरुआढामा ४० घर डकैती । पाँच घाइते ।
• २६ कात्तिकः र्सलाही, भवानीपुर बङलवाटोलका १०२ घर डकैती । रामकैलाश राय यादव र राजीनन्द साह कानुको हत्या । रामविश्वास साह सोनार घाइते ।
• ९ मङ्सिरः रौतहट, राजमार्गको जङ्गलमा तीन बस लुट ।
• १३ मङ्सिरः र्सलाही, राजमार्गको जङ्गलमा आठ सवारीसाधन लुट र्।र् इश्वरपुरमा तीन घर डकैती र तीन वटा बस लुट ।
• १५ मङ्सिरः रौतहट, चन्द्रनिगाहपुर खैराटोलमा पाँच घर डकैती तथा परोहा डुमरियामा एक आयल स्टोर्समा डकैती । ६ जना घाइते ।
• १७ मङ्सिरः रौतहट, परोहा डुमरियामा दर्ुइ घर डकैती ।
• २५ मङ्सिरः रौतहट, राजमार्गको पौर्राई जङ्गलमा तीन बस-ट्रक लुट ।


जबर्जस्त प्रतिरोध

मोरङका शिक्षकहरूले माओवादीले 'लेभी' बुझाउन दिएको ८ मङ्सिरसम्मको अल्टिमेटम सकिएको भोलिपल्टै 'कुनै पनि राजनीतिक दल तथा संघसंस्थाले जबर्जस्ती तोकेको लेभी वा चन्दा नबुझाउने' सामूहिक निर्ण्र्ाागरेका छन् । ९ मङ्सिरमा सरस्वती मावि, इटहरामा सयौँको सङ्ख्यामा भेला भएका ती शिक्षकहरूले -हे.तस्बिर) शिक्षक र विद्यार्थीहरूले मानसिक तनाव एवं भयबाट मुक्त भएर स्वतन्त्र र शान्तिपर्ूण्ा रूपमा अध्ययन-अध्यापन गर्न पाउनुपर्ने तथा कुनै पनि संघ, सङ्गठन र आस्थामा प्रतिबद्ध शिक्षकहरूको जबर्जस्ती विचार परिवर्तन गराउने दुष्प्रयास कतैबाट हुनु नहुने प्रस्ताव पनि पारित गरेका छन् । माओवादीले अधिराज्यव्यापी रूपमा शिक्षकहरूबाट चन्दा उठाउँदै आएका कुरा नौलो होइन, तर शिक्षकहरूले सङ्गठित रूपमा त्यसको प्रतिरोध गर्ने निर्ण्र्ाागरेका सम्भवतः यो पहिलो घटना हो ।

सरस्वती माविका प्रधानाध्यापक टेकेन्द्र पुमुका अनुसार, यस क्षेत्रमा अखिल क्रान्तिकारीको नाममा माओवादीले २०५८ सालदेखि शिक्षकहरूब्ााट चन्दा लिन शुरु गरेका र महिनाको एकदिनको तलव लेभी बुझाउन दबाब दिने गरेका थिए । जनता निमावि, ठकठकेका शिक्षक चन्द्र पराजुली लेभी उठाउन माओवादीहरू २७ चोटिसम्म विद्यालय धाएका बताउँछन् । पछिल्लो पटक १ मङ्सिरमा इटहराका विद्यालयहरूमा आएका माओवादी कार्यकर्ता 'भानु' ले 'अहिलेसम्मको सम्पर्ूण्ा लेभी तुरुन्त नबुझाए सबै मास्टरहरूलाई देखाइदिन्छु' भन्ने धम्की दिएका थिए । शिक्षक युवराज पौडेल भन्छन्, "चन्दाको विषयलाई लिएर स्थानीय विद्यालयहरूमा धेरै पटक असहज परिस्थितिको सिर्जना भइसकेको छ । पढाइरहेकै बेलामा 'केही कुरा छ' भन्दै कक्षाकोठाबाट लिएर जान्छन्, जसले गर्दा विद्यार्थीहरू समेत भयभीत हुनेगरेका छन् । हामीले यस विषयमा उनीहरूसँग धेरै छलफल गर्‍यौँ, तर उनीहरूको व्यवहारमा कुनै परिवर्तन आएन ।"

माओवादीका ज्यादती विरुद्ध सङ्गठित भइरहेका बेला ३ मङ्सिरमा माओवादीले हिमालय निमाविका प्रधानाध्यापक देवी दाहाललाई मोरङकै रमाइलोमा भएको अखिल नेपाल शिक्षक सङ्गठनको भेलामा जबर्जस्ती लिएर गएकाले पनि आन्दोलित शिक्षकहरूलाई अरू उत्तेजित बनाएको थियो । शिक्षकहरू मात्र होइन, विद्यार्थीहरू समेत माओवादी ज्यादती विरुद्ध आन्दोलित हुने मनस्थितिमा पुगेका छन् ।

महेन्द्र बिष्ट


शान्तिले जगायो जोस र जाँगर


श्यामकृष्ण दाहाल

'शान्ति भएपछि मानिसमा केही गर्ने जाँगर, आँट र विश्वास पलाउँछ...' भन्दै हिंसा वेगवान् रहेको बेलामा भाषणहरू गरिन्थे । तर शान्ति आएपछि त्यस्ता दृश्यहरू व्यवहारमै देखिन थालेका छन् ।

माओवादीले बम पड्काएर ध्वस्त पारेको विद्युत् गृह मर्मत गर्न सरकारले त वास्ता गरेन नै, चार वर्षम्म भोजपुर बजारका बासिन्दाले पनि चासो राखेनन् । 'बनायो भने फेरि पड्काई दिइहाल्छन्' भनेर सबै पन्छिए  । तर माओवादीको एकतर्फी युद्धविरामको कारण तीन महिनासम्म लगातार छाएको शान्त वातावरणले विद्युत् उपभोक्ताहरूमा आश, विश्वास र बिजुलीको तृष्णा जगायो । भोजपुर बजारदेखि पश्चिमतर्फो सिक्तेल खोलामा अवस्थित २५० कि.वा. क्षमताको विद्युत् गृहबाट एक महिनाभित्रै बिजुली उत्पादन गर्न स्थानीय बासिन्दा अहिले एकाएक जर्ुर्मुराएका छन् । उपभोक्ता समिति बनेको छ, विद्युत् प्राधिकरणबाट विद्युत् गृह सञ्चालन गर्ने अधिकारसँगै मर्मतसंभारका लागि रु.४१ लाख समितिलाई प्राप्त भएको छ, कुलो-पोखरी सफा गर्ने र यन्त्र उपकरण किन्ने जडान गर्ने कार्य धमाधम भइरहेको छ । एक महिनापछि भोजपुर बजार पुनः झलमल्ल हुने विश्वास जागेको छ ।

ठीक यस्तै कार्य रुकुमको सदरमुकाम मुसिकोट आसपासमा पनि भइरहेको छ । महिनौँअघि माओवादीले बन्द गराएको बाँफीकोट भाक्लेस्थित स्यार्पुदह साना जलविद्युत् गृह पुनः सञ्चालन गर्न उपभोक्ता स्वयं लागिपरेका छन् । २०० किलोवाट क्षमताको उक्त विद्युत् गृहबाट छिटै बिजुली उत्पादन हुन थाल्ने समाचारले सबैभन्दा बढी खुशी एसएलसी र उच्च माविका विद्यार्थी एवं परीक्षार्थीहरू भएका छन् ।

श्यामकृष्ण दाहाल, भोजपुर
शेरबहादुर केसी, रुकुम


पाँचथर माओवादीमा पलायनको पहिरो


सुरेन्द्र सुवेदी

पाँचथर कारागारमा बन्दी माओवादी युवाहरू ।

पाँचथरको माओवादी राजनीतिमा यता आएर पलायन र आत्मर्समर्पणको तीब्र लहर चलेको छ । युद्धविरामको तीन महिनाको अवधिमा मात्रै झण्डै आधा कार्यकर्ता पलायन भएको कुरा माओवादीको एरिया ५ र ६ का इन्चार्ज लक्ष्मी न्यौपाने स्वीकार गर्छन् । यसरी पलायन हुनेहरूमा इलाका इन्चार्ज र जिल्ला कमिटी सदस्यदेखि जनमिलिसियासम्म छन् ।

युद्धविरामअघि पाँचथरमा माओवादीको पार्टर्ीीकिराँत स्वायत्त जिल्ला जनसरकार, इलाका जनसरकार, गाजस र जनमुक्ति सेनामा संलग्न माओवादी कार्यकर्ताको सङ्ख्या १४०५ रहेकोमा अहिले घटेर ८५६ मा झरेको छ । यीमध्ये पर्ूण्ाकालीन -एचटी) को सङ्ख्या १०४८ थियो । यहाँ प्रशासनसमक्ष आत्मर्समर्पण गर्ने १० जना, पक्राउ परेका १७ जना र नाम र्सार्वजनिक गर्दा कारबाहीको भागी बनिने भयले सेनासँग आत्मर्समर्पण गर्ने समेतको सङ्ख्या एक सयको हाराहारीमा पुगेको छ । पलायन हुनेहरूमध्ये प्रायः उत्तरी सीमाबाट भारत पसेका छन् । उनीहरू सिक्किममा बाटो खन्ने, सुन्तला टिप्ने, चिया बगानमा काम गर्ने जस्ता काम गरिरहेका छन् । यसरी पलायन हुनेहरू अव फेरि जनयुद्धमा नर्फकने बताउँछन् ।

थेवा उप नामका दिलकुमार नेम्वाङ, जीप -खडानन्द खतिवडा), जाँते भिडन्तमा खुट्टा भाँच्चिएका टीका नेम्वाङ, ओम उपनामका ओम घिमिरे, माङजाबुङ गाजस इन्चार्ज विपिन उप नामका विनोद चम्लागाई जस्ता एरिया इन्चार्जहरू सेनाको संरक्षणबाट विदेश जान हाल काठमाडौँमा रहेका छन्  । यी नेताहरू ठूलो परिमाणमा रकम सङ्कलन गरेर पलायन भएका हुन् । कार्यकर्ताहरू यसरी पलायन हुन थालेपछि माओवादीको जिल्ला नेतृत्व हड्बडाएको छ । जिल्ला कमिटी सदस्य तथा एरिया ५ र ६ का इन्चार्ज लक्ष्मी न्यौपानेले आफ्ना आधाभन्दा बढी कार्यकर्ता र नेता पलायन भएको स्वीकारेका छन् ।

एकमहिने युद्धविरामको बाँकी एक महिनाको अवधिमा थप १५ प्रतिशत माओवादी पलायन हुने जिल्लाको सुरक्षा संयन्त्रको अनुमान छ  । ठूलो सङ्ख्यामा भइरहेको पलायनकै कारण गाउँमा माओवादीको गतिविधि पनि स्वाट्टै घटेको छ ।

यहाँका माओवादीमा पलायनको तीब्रता कतिसम्म छ भने, जेलमा रहेकाहरू समेत आत्मर्समर्पण गर्न नपाएर छट्पटिन थालेका छन् । हाल पाँचथर कारागारमा १३ जना माओवादी छन् । उनीहरूले प्रशासनसमक्ष आत्मर्समर्पण गर्न पटक-पटक आग्रह गरिसकेका छन् । तर, प्रशासनले यी माओवादीलाई आत्मर्समर्पण गर्न दिएको छैन । आत्मर्समर्पण गर्न चाहनेहरूमा माओवादीको जिल्ला कमिटीका तत्कालीन सदस्य आकाश उपनामका छविलाल खनाल, वीरबहादुर योङया, पर्शुराम चापागाई, रामकुमार तुम्रोक, गोपाल गुरुङ, सुवास र्राई, बादल र्राई, सुरेश केरुङ, रमला र्राई, चन्द्र मग्राती, मेनुका र्राई, गोपाल ढुङ्गाना र मनिता गुरुङ रहेका छन् ।


डम्बरकृष्ण श्रेष्ठ

माओवादीको झुण्डबाट छुट्टएिर इटहरी व्यारेकको नियन्त्रणमा रहेकी जमुना वि.क. आठ महिनाको गर्भका कारण साथीहरूसँग भाग्न नसकेको बताउँछिन् ।

माओवादीको उच्च तहमा रहेका छविलाल खनाललाई राप्रपाका अध्यक्ष प्रेमराज थाम्सुहाङ र राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष हर्रि्रकाश सुवेदीले समेत जमानतमा रहेर आत्मर्समर्पण गराउने पहल गरेका थिए । तर उनीहरूको पहललाई सेनाले अस्वीकार गरेपछि त्यो हुन नसकेको बताइएको छ  । उनी आत्मर्समर्पण गरेर विदेश जाने वा फिदिममै किराना पसल गरेर बस्ने मनस्थितिमा रहेको बताउँछन् । कारागारका जेलर रेणुप्रसाद ओझाले माओवादी परित्याग गर्न चाहनेलाई आत्मर्समर्पणको वातावरण मिलाइदिन मानवअधिकारकर्मी तथा पत्रकारहरूसँग आग्रह गरेका छन् ।

दर्ुइ साताअघि माओवादीका पर्ूव जिल्ला सचिव मौसमकी श्रीमती कुमारी लावती, गोपाल ढुङ्गाना र मनिता गुरुङलाई सुरक्षाफौजले इलाम र पाँचथरको सीमा राँकेबजारबाट नियन्त्रणमा लिएको थियो । तीमध्ये कुमारीले आत्मर्समर्पण गर्न पाएकी छन् भने उनीसँगै पक्राउ परेका ढुङ्गाना र गुरुङलाई आत्मर्समर्पण गर्न दिइएको छैन । कुमारीलाई पेटमा बच्च्ाा भएको कारण देखाएर आत्मर्समर्पण गर्न दिइएको हो ।

जिल्लामा प्रशासन संयन्त्र सञ्चालन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष प्रेमराज थाम्सुहाङ आफूहरूले माओवादीलाई आत्मर्समर्पण गर्न दिनर्ुपर्ने कुरा उठाएपनि त्यो लागू नभएको बताउँछन्  । यस जिल्लाका निमित्त प्रजिअ वासुदेव दाहाल र सेनाप्रमुख कर्र्णोल टेकबहादुर सिंह बन्दी माओवादीहरूले आत्मर्समर्पण गर्न खोजेको कुराप्रति नै अनभिज्ञता प्रकट गर्दै पन्छिन खोज्छन् ।

सुरेन्द्र सुवेदी


हलो-जुवा बोक्नेहरूको र्‍याली

बसोबास र जीविकोपार्जनका लागि जग्गा माग्दै आन्दोलनमा उत्रिएका दाङका मुक्त कमैयाहरूले जिल्ला प्रशासन कार्यालयको गेटमा हलो जोतेर सरकारी बेवास्ताको अनौठो विरोध जनाए । सदरमुकाम घोराहीमा र्‍याली गरेर जिल्ला प्रशासन-मार्फ् सरकारलाई हलो-जुवा बुझाउने कार्यक्रमका साथ त्यहाँ पुगेका मुक्त कमैयाहरूलाई कार्यालय भित्र जान नदिइएपछि उनीहरूले आक्रोसित हुँदै गेटमा आधा घण्टा हलो जोतेर धान, मकै र गहुँ छरेका थिए । उनीहरूले जग्गाको यथाशीघ्र व्यवस्था नभए जिल्लामा रहेका सरकारी जग्गा जोत्ने चेतावनी पनि दिएका छन् ।

जिल्ला प्रशासन अगाडि हलो जोत्ने काममा मुक्त कमैया महिलाहरू बढी सक्रिय थिए । "जग्गा नभएपछि यो हलोको के काम - त्यसैले हलो बुझाउन आएका थियौँ, तर सरकारका मान्छेले हाम्रा कुरा सुन्न पनि चाहेनन् । यो सरकार मुक्त कमैयाको समस्याप्रति बहिरो र कानो बनेको छ", मुक्त कमैया समाजकी पुष्पा चौधरीले भनिन् । जिल्ला प्रशासन कार्यालयपछि हलो-जुवा बुझाउन जिविस पुगेका मुक्त कमैयाले त्यहाँ पनि प्रवेश गर्न पाएनन् । र्‍यालीमा सहभागी मुक्त कमैयाहरूले 'हलो छ, जोत्ने जमिन छैन', 'थाल छ, खाने अन्न छैन', 'जोस-जाँगर छ, काम गर्ने ठाउँ छैन' जस्ता नारा लगाएका थिए ।

मुक्त कमैयाका बालबालिकाहरू पनि निःशुल्क शिक्षाको मागसहित आन्दोलनमा उत्रिएका छन् । जिल्लाका एक हजारभन्दा बढी मुक्त कमैयाका बालबालिकाले विद्यालयको मुख देख्न नपाएका र विद्यालय गएका सयौँ बालबालिका पनि आर्थिक अभावका कारण विद्यालय छोड्न बाध्य भएका मुक्त कमैया समाज, दाङका अध्यक्ष टेकबहादुर रावत बताउँछन् ।

सागर पण्डित, दाङ


लोकप्रिय छ मृत्युको समाचार

झापाको कञ्चनजंघा एफएममा साँझ ७ बजेदेखि आधाघण्टा एउटा रुन्चे स्वरले मृत्युको खबर सुनाउँदै श्रोतालाई गम्भीर बनाउँछ । तीन वर्षेखि शनिबारबाहेक हरेक दिन १५-२० वटा मृत्युका खबर बटुलेर प्रसार गरिने कार्यक्रम 'समवेदना' ले एफएममा एउटा पृथक् पहिचान बनाएको छ ।

मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गर्ने र आफ्नै स्टेशनरी पसल चलाउने कार्यक्रमका सञ्चालक शिरो सान्दाइ -हे. तस्बिर) मृत्युको खबर सबै श्रोतामा छिट्टै पुर्‍याउन सके वेदना बाँडिन्छ र परिवारलाई केही सान्त्वना मिल्छ भन्ने ठानेर यस्तो कार्यक्रम चलाएको बताउँछन्  । खबरहरूको प्रमुख स्रोत श्रोता नै हुने गरेकाले कहिलेकाहीँ झूट्ठा विवरण पनि प्रसारण हुनगएकाले अहिले मृतकका निकट आफन्त, एफएमसँग सम्बन्धित व्यक्ति वा अन्य जिम्मेवार पक्षबाट आएको जानकारी मात्र प्रसारण गर्ने गरिएको छ ।

कार्यक्रममा मृत्युका विभिन्न प्रसङ्ग, स्वर्गीय गायक-गायिकाका गीत, मृत्युका खबर र अन्तमा पुनः कुनै स्वर्गीय स्रष्टाको गीत प्रसारण गरिन्छ । जीवन-मृत्युसम्बन्धी चिन्तन, श्रोताका प्रश्न र उत्तर, स्वास्थ्य सेवाको अवस्था र उपलब्धता, रोगब्याधी, महामारी, सुत्केरी गराउँदा ध्यान दिनुपर्ने कुरा, बच्चाको हेरविचार आदिबारे चेतनामूलक सन्देश पनि प्रस्तुत गरिन्छ । एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी भन्छन्, "त्यसैले होला कार्यक्रम लोकप्रिय छ र एफएम स्टेशनको लागि विज्ञापनको स्रोत समेत बनेको छ ।"

५०० वाट क्षमताको कञ्चनजंघा एफएम मेची अञ्चलका सबै भाग, कोशीको तेह्रथुम, धनकुटा र संखुवासभाको केही भाग, भारतका दार्जीलिङ, सिक्किम, डर्ुवर्स, पूणिर्या, जलपाइगुडी र पश्चिम बङ्गालका केही भाग तथा भुटानको दक्षिणी भागमा सुनिन्छ ।

गोपाल काफ्ले


गाउँ नै जल्यो, तर शहरले थाहा पाएन

गएको वैशाखमा एउटा सिङ्गो बस्ती नै खरानी पार्ने गरी भएको ओखलढुङ्गाको मुलखर्क(८, भुल्केटारको आगलागी शहर-बजार र सञ्चारमाध्यममा चर्चाको विषय बनेन । तर आगलागीमा परी सबै कुरा गुमाएका त्यहाँका ३२ परिवारको अहिले पनि विजोग नै छ, उनीहरू पुनःस्थापित हुनसकेका छैनन् । सो आगलागीमा परी लोमनकुमारी गौतमको मृत्यु भएको थियो । उनका श्रीमान् बाहिर भएकाले बाबुआमाको मायाबाट वञ्चित छोरी पवित्रा छरछिमेक र आफन्तहरूको सहारामा पढाइ अघि बढाइरहेकी छन् ।

आगलागीमा परेर दर्ुइ भैंसी, सात गाई-गोरु र २२ वटा बाख्रा समेत मरेका थिए । घरमा भएको अन्नपात, लत्ताकपडा र अन्य सरसामान केही बाँकी रहेनन् ।

डेढ-दर्ुइ दर्जन बाख्रापाठाले भरिभराउ हुने चक्रप्रसाद गौतमको खोरमा अहिले दर्ुइ-तीन वटा मात्र बाँकी छन् । "आगलागीबाट केही र त्यसलगत्तै आएको रोगले अरु सखाप भए", उनी भन्छन्, "खसी-बोका र बाख्रा बेचेर गर्जो टार्दै आएका हामीहरूलाई एकदमै अप्ठेरो परेको छ ।" एकवर्षघि सौर्य उर्जाबाट घरमा बत्ती बालेका गौतमलाई सोलार उपकरण जलेकोमा पनि चित्त दुःखेको छ । बगैँचाका आँप बेचेर गर्जो टार्ने मोतीलाल गौतम लगायत अन्य किसानहरू डढेर सुकेका आँपका बोट हर्ेर्दै दुःख मनाउँछन् ।

जिल्ला रेडक्रस, दैवीप्रकोप उद्धार समिति, जिविस र विभिन्न ठाउँका बासिन्दाबाट तत्काल राहत सहयोग पाएका पीडितहरू पछि-पछि आएर भने सहाराविहीन हुँदै गएका छन् । सञ्चारमाध्यमहरूको नजरबाट टाढा रहेकोले सहयोग गर्न चाहनेहरूले पनि थाहा नपाएको गाउँलेहरूको गुनासो छ । तैपनि आगलागीको कहालीलाग्दो क्षण बिर्सर्ेेउनीहरू गाउँलाई पहिलेजस्तै जीवन्त बनाउन कम्मर कसेर लागेका छन् ।

'साहस नेपाल' भन्ने एउटा गैर सरकारी संस्थाले आगलागीमा जलेको खानेपानीको पाइप फर्ेन सहयोग गरेको छ भने समुदाय सहयोग कार्यक्रम -सीएसपी) भन्ने अर्को संस्थाले प्रत्येक घरलाई छानो हाल्न रु.३२ हजार बराबरको जस्तापाता उपलब्ध गराउने वचन दिएको छ ।

दीपेन्द्र ढुङ्गाना


कोशी बाँधमा माओवादी बाधा

माओवादीले बहुचर्चित कोशी उच्चबाँधको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) तयार गर्ने क्रममा बाँध निर्माणस्थल, धनकुटाको आहालेस्थित सुनाखम्बी खोलाको दोभानमा डि्रलिङ गर्न लैजान लागिएका मेसिनहरू बराहक्षेत्रमा रोकेर राखेका छन् । उनीहरूले रु.५ लाख चन्दा दिएमा सम्बद्ध पक्षलाई ती सामान लैजान दिने शर्त राखेका स्थानीय बासिन्दाहरू बताउँछन् ।

मेसिनहरू रेखदेख गर्न राखिएका पुण्य भट्टर्राई -हे. तस्बिर) भन्छन्, "सामान यहीँ थुपारिएको छ । अब उनीहरूसँग कहिले कुरा मिल्छ, अनि छाड्लान् ।" चतरा बजारदेखि मोटरमा हालेर ल्याइएका ती समान 'अहिले नलानू, हामी बुझछौँ' भनेर माओवादीले रोकेका थिए । नेपाल-भारतबीच सन् १९९७ मा भएको सहमतिको आधारमा बराहक्षेत्रबाट चार किलोमिटर उत्तरमा निर्माण गर्ने भनिएको २६९ मिटर अग्लो कोशी उच्चबाँधको अध्ययनको सिलसिलामा केही महिनादेखि चतरादेखि बराहक्षेत्रसम्म एक दर्जनभन्दा बढी ठाउँमा डि्रलिङ गरेर र बाँध निर्माणस्थलमा बनाइएका सुरुङहरूमा पसेर माटोको परीक्षण गर्ने आदि कामहरू भइरहेका छन् ।

धरान, चतरा, विराटनगर, जनकपुरलगायतका ठाउँमा कोशी उच्चबाँधसँग सम्बन्धित बिना साइनबोर्डका कार्यालयहरू खोलिएका छन्, जहाँ कसैलाई छिर्न र सोधपुछ गर्न दिइँदैन । सरकारले पनि बाँध निर्माणबाट नेपाललाई के कस्ता फाइदा, बेफाइदा हुन सक्छन् भन्ने कुरालाई बहसको विषय बनाएको छैन । यिनै कारणले विभिन्न संघसंस्था र वातावरणविद्हरूले विरोध गर्दै आएका कोशी उच्चबाँधको बारेमा मूलधारका राजनीतिक दलझैँ माओवादी पनि मौन नै छन् । माओवादीसँग सहकार्य गर्दै आएको किराँत वर्कर्स पार्टर्ीी गएको असोजमा कोशी उच्चबाँधको अध्ययनका लागि धरानमा खोलिएको कार्यालयमा बम विष्फोट गराएको थियो ।

गोपाल दाहाल, बराहक्षेत


अदालत जान थाले मुस्लिम महिला


न्याय खोज्ने तयारीः नेपालगन्जमा आयोजित महिला अधिकार सम्बन्धी कार्यक्रममा तलाक पीडित महिलाहरूको उल्लेख्य उपस्थिति थियो ।

लोग्नेले तीनपटक 'तलाक' भनेको भरमा सम्बन्धविच्छेद हुने र स्वास्नीलाई अंश पनि दिनु नपर्ने अन्यायपर्ूण्ा चलनविरुद्ध मुस्लिम महिलाहरू अदालत जान थालेका छन् । यस विपरीत स्वास्नीले चाहिँ लोग्नेको सहमति बेगर र उसलाई निश्चित रकम नतिरी सम्बन्धविच्छेद अर्थात् 'खुला' गर्न पाउँदैनन् ।

नेपालगन्ज-९ की सबु वेहनाले हालै बाँके जिल्ला अदालतम-ुसा अंश मुद्दा दायर गरेकी छन् । नेपालगन्ज-१३ की ३२ वषर्ीया कौशरजहा इद्रिसी तलाक दिइएको १५ वर्षछि अदालत जाने तयारी गर्दैछिन् । सकरा वानु वेहना र सैजा अलि वेहनालाई अदालतले अंश दिलाइसकेको छ । महिलाहरू अदालत जान थालेपछि लोग्नेहरू पनि हच्किँदै छन् । अंश मुद्दा हाल्ने अधिकांश महिलाको चाहना लोग्नेसँग पुनर्मिलन होस् भन्ने हुन्छ । रनियापुर-३ की वुतुल खाँले अदालतबाट आधा अंश मात्र होइन, पत्नीको रूपमा पुनः घर फर्किन पनि पाइन् । नेपालगन्ज-१ की आयशा परिवन अदालत गएपछि उनको लोग्नेको मन बदलियो र चार वर्षछि फेरि घर भित्रिइन् ।


१५ वर्षघि लोग्नेबाट तलाक पाएकी कौशरजाहा इद्रिसी त्यसविरुद्ध बल्ल अदालत जाने तयारी गर्दैछिन् ।

तीनवर्षअघिसम्म पतिविरुद्ध एउटा पनि मुद्दा नहाल्ने गरेका मुस्लिम महिलाहरूको तर्फाट बाँके जिल्ला अदालतमा त्यसयता मात्र करीब २० वटा अंश र १० वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन् । मुस्लिम समुदायको बाहुल्य भएका कपिलवस्तु, वारा, पर्सा रौतहटलगायतका जिल्लामा पनि मुस्लिम महिलाहरू अदालत जान थालेका छन् । मुस्लिम नेतृ मोहम्मदी सिद्धिकी भन्छिन्, "यो अभियानलाई देशव्यापी बनाउनु जरुरी छ ।" अधिवक्ता अब्दुल अजीज मुसलमान यसलाई "मुस्लिम महिलाहरूमा आएको जागरण" भन्छन् ।

नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको र्सर्वेक्षण अनुसार नेपालगन्ज नगरपालिका क्षेत्रमा २३६ महिलालाई श्रीमान्ले तलाक दिएर छाडेका छन् । केन्द्रका अध्यक्ष मोहम्मद शेर वागवान भन्छन्, "तलाकको समस्या गाउँमा झन् चर्को छ ।" मुस्लिमहरूमा लोग्नेले सम्बन्धविच्छेद गर्न कम्तीमा एक-एक महिनाको फरकमा तीनपल्ट तलाक भन्नुपर्ने र तलाक दिँदा अनिवार्य रूपमा साक्षी राख्नुपर्ने कुरानमा उल्लेख भएको बताइन्छ  । तर, उक्त प्रावधानको दुरुपयोग गर्दै महिलाहरूमाथि ज्यादती भइरहेको छ । मुस्लिम धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरी पनि कुरानको गलत व्याख्या र प्रयोग भइरहेको बताउँछन् । भारत, बहराइचमा बिहे भएकी नेपालगन्ज-१३ की नजमा शेखलाई बिरामी भएपछि लोग्नेले उपचार गर्नुको साटो माइत पठाएर फोनबाट 'तँजस्ती रोगीलाई उपचार गर्नुभन्दा अर्की बिहे गर्छर्ुुभन्दै तलाक सुनाए । मोहम्मदी सिद्धिकी भन्छिन्, "धर्मको नाममा गलत संस्कारले प्रश्रय पाउँनुहुँदैन । देशको कानुनअनुसार मात्र सम्बन्धविच्छेद हुनर्ुपर्छ  ।"

रामेश्वर बोहरा


प्रेसविरोधी प्रशासकलाई अदालतको आदेश

राजाको निरङ्कुश शासनका खम्बा बनेका मध्यमाञ्चल क्षेत्रीय प्रशासक रविन्द्र चक्रवर्तीलाई स्वतन्त्र प्रेससँग एलर्जी हुने कुरा हेटौंडा सन्देश का सम्पादक सन्तोष न्यौपानेमाथि उनले पोखेको आक्रोशबाट पुष्टि हुन्छ । चक्रवर्तीले सम्पादक न्यौपानेलाई १९ मङ्सिरमा आठ घण्टा थुनेर विभिन्न आरोप र धम्की दिएका थिए ।

१६ कात्तिकको हिमाल खबरपत्रिका मा 'विचरा बन्दैछन्-चक्रवर्ती' भन्ने न्यौपानेको समाचार छापिएपछि चक्रवर्ती उनीविरुद्ध खनिएका हुन्  । पत्रकार न्यौपानेले, प्रशासक चक्रवर्तीले आफूलाई प्रचण्डको अन्तर्वार्ता साभार गरी छापेको, दलहरूको समाचारलाई प्राथमिकता दिएको, राजावादीहरूका क्रियाकलापको विरोध गरेको र मोबाइल खुलाउन दवाव दिएकोजस्ता आरोप लगाई 'फसाएरै छाड्छु' भनेको बताएका छन् ।
सम्पादक न्यौपानेले क्षेत्रीय प्रशासकले आफूलाई गैरकानूनी रूपमा दुःख दिएकोले त्यस्तो कार्य रोकी पाउँ भनी पुनरावेदन अदालत हेटौंडामा दायर गरेको रिटमा तत्काल निर्ण्र्ाादिँदै अदालतले पत्रकारलाई नधम्क्याउन प्रशासक चक्रवर्तीलाई आदेश दिएको छ ।

web stats analysis