| •
किशोर नेपाल |
 |
डेटलाइन | फापरबारी-मकवानपुर
द्वन्द्वसँग मितेरी लाएर बाँचेको गाउँ
काठमाडौँ उपत्यकाभित्र हिंसात्मक द्वन्द्वको उपस्थिति
र प्रभाव 'न्यून रहेको' भ्रमको पर्दा उर्घार्न धेरै टाढा जानुपर्दैन
। ललितपुरसँग सिमाना जोडिएको मकवानपुरको फापरबारी पुगेपछि त्यो पर्दा
आफैँ उघ्रिन्छ । फापरबारीबाट ६ घण्टामा उपत्यकाभित्र चापागाउँसम्मको
यात्रा पूरा हुन्छ । तर्राईको रौतहटसँगको सम्बन्धले गर्दा ललितपुरको
गिम्दी र ठूला दर्ुर्लुङ, काभ्रेको तालढुङ्गा र सिन्धुलीको पिपलमाडी
जस्ता गाउँहरूका लागि फापरबारीको व्यापारिक महत्त्व अनादिकालदेखि स्थापित
छ । काभ्रेबाट धान ल्याएर नून साट्ने व्यापार निकै पछिसम्म चलेको थियो
। फापरबारीको आफ्नै इतिहास पनि छ । तामाङ राजाहरूको राजधानीका रूपमा
कुनैवेला फापरबारीको शान थियो । अहिले पनि स्थानीय बासिन्दाहरू सात
नम्बर वडामा रहेको तामाङ राजा गोल्मेको दरबारको भग्नावशेष गर्वसाथ
देखाउँछन् ।
नजिक भएपनि ललितपुरदेखि फापरबारीसम्मको यात्रा निकै
कष्टकर छ । पहाडको चिसोबाट ओर्लिनेवित्तिकै भाभरको गर्मीले पोल्न थाल्ने
ढाडे र चौरी खोलाको बगरमा रहेको अनकण्टार फापरबारी अहिले द्वन्द्वको
एउटा प्रमुख केन्द्रका रूपमा रहेको छ । स्थानीय मानिसहरूका अनुसार
माओवादीका अध्यक्ष प्रचण्डले पनि धेरै पटक फापरबारीको परिक्रमा गरिसकेका
छन् । हातमा अत्याधुनिक टेलिफोन सेट, कम्मरमा कट्टा र झोलामा सकेट
बोकेका माओवादी पार्टर्ीी स्थानीय नेता कार्यकर्ताहरू यहीँबाट आफ्ना
महत्त्वपर्ूण्ा गतिविधिहरू सञ्चालन गर्दछन् । त्यसैले पनि, पत्रकार,
सामाजिक कार्यकर्ता र गैरसरकारी संस्थाका परिचालकहरूका लागि फापरबारी
प्रवेश त्यति सजिलो छैन । स्थानीय बासिन्दाहरू भन्छन्, "राम्रो
आशय राखेर आउनेहरूलाई यहाँ कसैले केही गर्दैन । तर, विना उद्देश्य
यस्तो अनकण्टारमा को नै आउँछ र - त्यसैले पनि चेकिङ अलि कडै छ ।"
फापरबारीका बासिन्दाहरूले माओवादीसँग दुःखमनाउ गर्नुपर्ने
कुनै कारण अहिलेसम्म भेटेका छैनन् । उनीहरूले बजारछेउ ढाडे खोलामा
"शहीद स्मृति रातोे पुल" बनाइ दिएर वेतिनी र धियाल गाउँका
मानिसहरूलाई समेत सजिलो बनाइदिएका छन् । सेनाले फूर्केचौरमा माओवादीले
बनाएका स्वागतद्वार भत्काइदिएपनि पुल भत्काएको छैन । "यस्तो विकासको
कामगरे त हामीले पनि मर्नुपर्ने थिएन" पुल देखेपछि एकजना सैनिक
अधिकृतको यो अभिव्यक्ति फापरबारीका बासिन्दाले बिर्सिएका छैनन् । २८
पुस २०५८ मा यस क्षेत्रका माओवादीका लोकप्रिय नेता रुद्र पाख्रिन मारिएपछि
धेरैले यो भेगमा माओवादी प्रभाव कम हुने सोचेका थिए । तर, पछिल्ला
दिनहरूमा उनीहरूले आफ्नो सङ्गठनात्मक हैसियत निकै बलियो बनाएका छन्
। बेलाबेलामा यो क्षेत्रमा गस्तीका लागि सेना नआउने होइन, तर स्थानीय
रूपमा कतै पनि उनीहरूको प्रभावकारिता देखिँदैन । खासगरेर, स्थानीय
बासिन्दाहरूको घर जथाभावी खानतलासी गर्ने, र्सचका नाममा सामान्य मानिसका
संवेदनामा ठेस पुर्याउने काम गर्ने र रुखो बोलीवचन तथा हात चलाइहाल्ने
खरो व्यवहारका कारण सेना आउँदा मौन रहने चलन विकसित भएको छ । यही मङ्सिरको
शुरुमा र्सचको क्रममा र्राईगाउँ पुगेको १७६ जनाको सैनिक गस्ती धरापमा
पर्दा दर्ुइ सैनिकको मृत्यु भएको -पृतनाका अनुसार एक सैनिक) र तीनजना
घाइते भएका थिए । पछि त्यही टोली पाथीभरामा रोल्पाबाट भोजपुरका लागि
हिँडेका माओवादी छापामारहरूको सङ्ख्यात्मक र हतियारका हिसाबले निकै
ठूलो टोलीबाट घेरिएको थियो । तर, मूठभेड भएन । एकजना माओवादी कार्यकर्ताले
बताए, "हामीले आक्रमण नगरेर युद्धविरामको पालना गरेका हौँ । उनीहरूको
अनावश्यक हस्तक्षेपबाट बच्न धराप त थाप्नै पर्ने थियो ।"
"ल, अब शुरु भयो हाम्रो यात्रा" भन्दै दर्ुइ
पटक फापरबारीलाई लक्ष्य बनाएर हिँडेपनि तेस्रोपटक मात्र हाम्रो प्रयास
सफल भएको थियो । हेटौँडा नगरपालिकाको सीमा सकिएर हटियागाउँ प्रवेश
गर्नेवित्तिकै पत्रकार प्रताप विष्ट उत्साहित भएका थिए । धानवाली र
दालवाली भित्र्याउन व्यस्त किसानहरूलाई देखाउँदै प्रतापले बताए, "अघि-अघि
मकवानपुरे राजाहरू गढीमा बसेर यहाँको उव्जनी खान्थे । जाडो महिनामा
तल फाँटमा र्झर्थे र गर्मीमा धर्ुर्सिङ उक्लिन्थे । अहिले सरकारहरू
हटिया नाघेर यता र्झर्दैनन् ।" हुनपनि, मकवानपुरको वास्तविक अवस्था
हर्ेन यतै आउनर्ुपर्दछ । किनभने जिल्ला यतै फैलिएको छ( हटियादेखि बागमतीछेउको
र्राईगाउँसम्म । मकवानपुरको दक्षिण भन्नु नै हेटौँडा हो । पश्चिम-उत्तरतिर
सुविधाजनक बाटोघाटो छ । पालुङ तरकारी खेतीले सम्पन्न छ । ठूलो विकासको
कुरा गर्ने हो भने पहिलो र दोस्रो कुलेखानी जलविद्युत् योजना नै छ
। राजमार्गको सुविधाले विस्थापित नगर्दासम्म काठमाडौँ टेकुसम्म सामान
ओर्सार्न तारमार्ग -रोपवे) चलेकै थियो । पश्चिमतिर रजहरसम्म उद्योग-धन्दा
छ । लोथर पुगेपछि त जिल्लाको सिमाना पनि टुङ्गन्िछ ।
हटिया काटेर चूरे पहाड र बगरको बाटो छिचोल्दै रामधुनी,
ठूलो देमार, फूर्केचौर र छतिवनसम्म उब्जाउ जमिन निकै फैलिएका छन् र
माओवादी नाराहरूले पनि उत्तिकै ढाकिएका छन् । जनसङ्ख्याको हिसाबले
नेपालकै सबभन्दा ठूलो २० हजार जनताको गाउँ छतिवन क्षेत्रफलका हिसाबले
पनि ठूलो छ । पहाडका गाउँमा एउटा वडाबाट अर्को वडा छिचोल्न तीन दिन
लाग्नु अस्वाभाविक होइन । तर चूरेको खोंचमा रहेको गाउँको ८ नम्बर वडाबाट
९ नम्बर वडा पुग्न दिनभरि लाग्नु आर्श्चर्य नै हो । बाराको निजगढ पुगेर
बकैयाको नामले चिनिने सिमाध नदीको किनारमा रहेको हात्तीसूँडे वस्तीसम्म
बिजुलीका खम्बाहरू देखिएपनि फापरबारीमा बिजुली पुगेको छैन । टेलिफोनको
कुरै नगरे भयो । मकवानपुरको विकासे नक्सामा हटियादेखि र्राईगाउँसम्म
६६ किलोमिटर कृषि सडक देखिएपनि सडक कुन हो र बगर कुन हो भन्ने छुट्याउन
सडक विशेषज्ञहरूलाई पनि मुश्किल पर्दछ । तैपनि, हेटौँडा र र्राईगाउँका
बीच दैनिक आठ वटा बस ओहोरदोहोर गर्दछन् र चार वटा स्टाण्डवाइ रहन्छन्
। फापरबारीबाट उता वेतिनी, धियाल र शिखरपुरका वस्तीतिर मोटरबाटो पुगेको
छैन ।
नदी कटानका कारण फापरबारीको अस्तित्व सधैँ सङ्कटमा
पर्ने गरेको छ । आधुनिक विकासको हिसाबले यो बजारले आफ्नो भौतिक स्वरुपमा
खासै परिवर्तन ल्याउन नसकेपनि द्वन्द्वको पृष्ठभूमिमा यसको पहिचान
लुकेको छैन । बजारको बीचमा रहेको गाविस भवनको एउटा कोठा रेडक्रसले
प्रयोग गरेकै कारण सिङ्गो भवन सवूत रहेको छ । न्यूनतम सुविधाहरू नभएपनि
लोकहित माध्यमिक विद्यालयले शिक्षाको उज्यालो रेखा कोरेको छ । एउटा
स्वास्थ्यकेन्द्र विरामीको बोझले आफैँ रोगाउन थालेको छ । तरपनि, फापरबारी
जीवन्त छ । यहाँका मानिसहरूले जीवनको अर्थ बुझेका छन् र द्वन्द्वहरूसँग
मिलेर बाँचेका छन् ।
|