| अर्थ | संक्षेप
पोखरेलीलाई महोत्सवकै चटारो


सूदर्शन रञ्जित
|
यता आएर
पोखरा मेला र महोत्सवमय हुन थालेको छ । महोत्सव आयोजना नभएको कुनै
महिना नै छैन भन्दा हुन्छ । लेखनाथ महोत्सव -१०-१८ मङ्सिर) को 'हृयाङओभर'
नहट्दै १३-१७ पुसका लागि सडक महोत्सवको चटारो शुरु भएको छ । २०५३ सालमा
'पोखरा महोत्सव'को आयोजना गरेर महोत्सव संस्कृतिको सूत्रपात गर्ने
पोखरा उद्योग बाणिज्य संघले गत कात्तिकमा शैक्षिक मेला सम्पन्न गरेलगत्तै
औद्योगिक मेलाको तयारी थालेको छ ।
यहाँका पर्यटन व्यवसायीहरूका लागि आन्तरिक तथा वाहृय
पर्यटन पर््रवर्द्धनका लागि गतिलो माध्यम बनेका छन्, यस्ता मेला र
महोत्सवहरू । तिनले वर्षौभरि रोपाइ महोत्सव, कार्निभल महोत्सव, अन्तर्रर्ााट्रय
खाना महोत्सव, सडक महोत्सव, दाइँ महोत्सव, काहुँ डाडा महोत्सव, सराङकोट
महोत्सव, चङ्गा चेट, डुङ्गा दौड आदि गर्दै आएका छन् ।
महिनैपिच्छे हुने यस्ता महोत्सवहरूमा पोखरेलीहरूले समय
र पैसा यथेष्ट खर्च गर्न थालेका छन् । लेखनाथ महोत्सवको अन्तिम दिन
५० हजार दर्शकहरू भेला भए । आयोजकहरूका अनुसार महोत्सव अवधिभर २ लाख
दर्शक आए भने रु.८ करोडको व्यापार भयो ।
अधिकांश महोत्सवहरूको विशेष आकर्षा दोहोरी गीतहरू हुन
थालेका छन् । महोत्सवमा पाइने परिकारहरूका समेत पारखी हुँदै गएका छन्,
पोखरेलीहरू । फरक परिकारको स्वाद लिन रु.१०० को टिकट काटेर थुप्रै
पोखरेलीहरू अन्तर्रर्ााट्रय खाना महोत्सवमा पुगेका थिए । महिनाको साटो
हप्तैपिच्छे महोत्सव भइदिँदा अझै रमाइलो हुने ठम्याइ लेखनाथ महोत्सवमा
रमाइरहेकी रिमा गुरुङको छ । भन्छिन्, "बाहिरबाट आउनेलाई त हिमाल
र तालले लठ्ठ पार्छ तर हामी पोखरेलीहरू ताल कति जानु, हिमाल कति हर्ेर्नु
-"
बढ्दो लोकप्रियताले आयोजकहरूलाई हौस्याएको भएपनि आगामी वर्षरूमा महोत्सवहरूको
निरन्तरताको चुनौती भने छ । महोत्सव केका लागि भन्ने स्पष्ट छैन ।
स्थानीय कला तथा संस्कृतिले अझै पनि यथेष्ट ठाउँ पाइनसकेको गुनासो
पनि छ । तर आयोजकहरू भने यो मान्न तयार छैनन् । रेष्टुरेन्ट एण्ड वार
एशोसिएसन नेपालको आयोजनामा हुन गइरहेको सातौँ सडक महोत्सवमा कामीको
आरनदेखि पर्ूवको धाननाच समेत समेटिएको आयोजकहरू बताउँछन् ।
अर्थ | बजार
सूर्य क्लासिक बजारमा
उच्च र विशिष्ट ब्राण्ड नै चाहनेहरूका निम्ति र्सर्ूय
नेपाल प्रालिले र्सर्ूय क्लासिक नाममा नयाँ चुरोट बजारमा ल्याएको छ
। अन्तर्रर्ााट्रय ब्राण्डका आयातित चुरोटका पारखीहरूतर्फलक्षित र्सर्ूय
क्लासिक को कालो 'सोल्डर बक्स' आफैँमा विशिष्ट श्रेणीको छ । २० खिल्ली
प्याकेटको रु.१०० तोकिएको र्सर्ूय क्लासिक मा उच्च गुणस्तरको भर्जिनिया
सर्ुर्तीहरूको मिश्रण प्रयोग भएको जानकारी कम्पनीले दिएको छ ।
पेरीवेयर को नयाँ शो-रुम
भारतीय कम्पनी पेरीवेयर ले बाथरुमका सामानहरूको बिक्री
पर््रबर्द्धन र ग्राहक सेवाको निम्ति राजधानीमा थप नयाँ शो-रुम खोलेको
छ । त्रिपुरेश्वरमा अवस्थित क्लासिक स्यानिटेरी एण्ड ट्रेड कर्न्र्सनमा
पेरीवेयर का सामानहरू छान्न, किन्न र तिनको प्रयोगविधिबारे जानकारी
हासिल गर्न सक्छन् ।
मनकामना दर्शन अब प्याकेज
मा
हिमगिरि ट्राभल्स र मनकामना रिसोर्टले 'मनकामना दर्शन
प्याकेज' शुरु गरेका छन् । उक्त प्याकेजअर्न्तर्गत प्रतिव्यक्ति रु.१९००
तिरेपछि काठमाडौँदेखि काठमाडौँसम्मको यातायात, केवुल कारको टिकट, खाना-नास्ता,
रिसोर्टमा एक रात बासलगायत पूजाका सामग्रीका निम्ति समेत कुनै चिन्ता
गर्नु नपर्ने जानकारी सञ्चालकहरूले दिएका छन् । विद्यार्थी तथा कर्मचारीहरूलाई
३० प्रतिशतसम्म छूट दिइने यो प्याकेजमा मनकामना मन्दिरबाहेक लखनथापा
गुफा, बक्रेश्वर महादेव र बक्रेश्वर भगवतीसम्मको पदयात्रा पनि समावेश
गरिएको छ ।
त्रिपुरेश्वरमा
आँगन
नेपाल इन्भेष्टमेण्ट ब्याङ्कले नारायणगढमा नयाँ शाखा
सञ्चालनमा ल्याएको छ । नारायणगढ र त्यस आसपासका बासिन्दाहरूलाई आफ्नो
सेवा र सुविधा प्रदान गर्ने लक्ष्यका साथ शुरु गरिएको ब्याङ्कको यो
१३ औँ शाखा इन्टरनेटको माध्यमबाट अन्य सम्पर्ूण्ा शाखाहरूसँगको सञ्जालमा
जोडिएको छ ।
ज्रि्रो सफा गर्न ज्रिब्री
१८ वर्षेखि दाँत माझने ब्रस र दन्तमञ्जन उत्पादन गर्दै
आएको आरबी ब्रस इण्डस्टि्रजले ज्रि्रो सफा गर्नका लागि ओर्लेक्स टङ्ग
क्लिनर -ज्रि्री) बजारमा ल्याएको छ । यसले ज्रि्रोमा टाँसिएर रहेका
व्याक्टेरियालाई राम्ररी सफा गर्ने हुँदा मुख गन्हाउने समस्या कम हुने
दाबी कम्पनीको छ । यसको उपभोक्ता मूल्य रु.१७ तोकिएको छ ।
नबिल ब्याङ्कको शिक्षा सहयोग
ब्याङ्कङि सेवा सँगसँगै तिलगङ्गा आँखा अस्पताल र थ्रीस्टार
क्लबमार्फ् स्वास्थ्य सेवा एवं खेलकुद क्षेत्रलाई मद्दत पुर्याउँदै
आएको नबिल ब्याङ्कले शिक्षा क्षेत्रमा पनि सहयोगको हात बढाएको छ ।
सेन्टमेरीज स्कूलका पर्ूव विद्यार्थीको समूह आसमान को पहलमा ललितपुरको
लुभूस्थित मेरी वार्ड स्कूलका ८, ९ र १० कक्षाका सम्पर्ूण्ा विद्यार्थीको
पठन-पाठन सुधार्न ब्याङ्कले रु.२ लाख प्रदान गर्ने भएको छ । मूलतः
विपन्न समुदाय र परिवारका विद्यार्थीहरूको बाहुल्य रहेको यस विद्यालयको
प्रशासकीय तथा जनशक्तिसम्बन्धी खाँचो आसमान ले नै पर्ूर्ति गर्दै आएको
छ ।
|