रमझम

तिर्सना गुरुङ
'मिस टीन गुरुङ' को अवार्ड जित्नासाथ
तिर्सना गुरुङका अघि टेलिभिजन च्यानलका प्रस्तावहरू आए,'एङ्करिङ' का
लागि । 'हतार नगरौं' भन्दै उनी पन्छिइन् । मिडिया र ग्ल्यामरका विविध
विधामा रुचि हुँदाहुँदै पनि तत्काल त्यता नजाने उनको सोचाइ छ । किन
त - काठमाडौंमा बीबीए पहिलो वर्षा अध्ययनरत् पोखरेली किशोरी तिर्सनाको
जवाफ थियो, "पहिले पढाइ । अनि मात्रै करिअरको चिन्ता ।"
फर्ुसदमा सङ्गीत, खेलकुदमा लगाव देखाउने तिर्सना खानेकुराको राम्रै
पारखी सम्झिन्छिन् आफूलाई । "पछि म फुड-प्रोडक्शनतिर लाग्न सक्छु,"
उनको यो योजनाले कुन कोल्टो फर्ेर्ने हो, टुङ्गो नभए पनि "सफल
उद्यमी महिला चाहिँ पक्कै बन्छु" जस्तो आत्मविश्वासपर्ूण्ा जवाफ
छ तिर्सनासँग । त्यस्तै अठोटका साथ उनले सँगालेको अर्को सपना हो- दर्ुइ,
तीन वर्षछि मिस नेपाल कन्टेष्टमा भाग लिने र जित्ने । नीलिमा गुरुङपछि
पोखराबाट दोस्रो मिस नेपाल बन्ने आकाङ्क्षा छ उनीभित्र । दर्ुइ, तीन
वर्षछि मात्रै किन - उनी भन्छिन्, "सुन्दर भएर मात्र भएन, अलि
'म्याचर्ुअर्ड' पनि त हुनुपर्यो ।
तस्बिरः अनुपप्रकाश
शृङ्गारः चाहना ब्युटी पार्लर, बागबजार, काठमाडौँ
कला
राष्ट्रकै निधि

तस्बिरहरु: किरण पाण्डे
|
 |
आजभन्दा पचासी वर्षघिको
दृश्य सम्झना गरौँ- चुरे शृङ्खलाको फेदीमा कोसौँ फैलिएको चारकोसे झाडी,
त्यसको बीचैबीच हिँडिरहेको एक युवक, हातमा लाल्टिन र केही कुची-कलम,
मनमा जङ्गली जनावर, डाँकू र औलोकोे डर- फेरि उसलाई मानिसले खचाखच भरिएको
डुङ्गाबाट गङ्गा नदी तर्नुपर्ने जोखिमपर्ूण्ा चुनौती अनि पटनाबाट रेलगाडीको
तेस्रो श्रेणीमा यात्रा गर्दै कलकत्ता पुग्नुपर्ने असजिलो भोगाइ ।
त्यो रोमाञ्चपर्ूण्ा यात्रामा निस्केका युवक थिए तेजबहादुर चित्रकार
-२७ अक्टोबर १८९८- १९७१) र उनमा थियो कलाप्रतिको पर्ूण्ा र्समर्पण
र त्यसका लागि जुनसुकै जोखिम उठाउन सक्ने आत्मविश्वास ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले युवक तेजलाई
कलकत्ताको गभर्मेन्ट कलेज अफ आर्टस्मा पाश्चात्य कलाको विधिवत् अध्ययनका
लागि सन् १९२२ मा पठाएका थिए । तेजको कलाप्रतिको लगाव र प्रतिभाबाट
प्रभावित कलेजका प्राचार्य सर पर्सर्ीी्राउनले पत्रमार्फ् चन्द्रशमशेरसँग
थप दर्ुइ वर्षअध्ययनको चाँजो मिलाउन सिफारिस गरेका थिए । यसले पनि
देखाउँछ प्रतिभाशाली तेजको परिचय । उनको काँधमा पाश्चात्य कलाको प्रचारप्रसार
र त्यसको संस्थागत विकास गर्ने चुनौतीपर्ूण्ा जिम्मेवारी पनि थियो
जसलाई उनले सहर्षस्वीकारेका थिए ।
तेज शुरुमा दरबार हाईस्कूलमा कला-शिक्षक बने, अलिपछि
जुद्धकला पाठशालाको प्रमुख । सोही हैसियतले उनले वि.सं. २००४ देखि
२०१९ सम्म कला अध्यापन गरे । तत्पश्चात् २०२२ सम्म राजकीय प्रज्ञा-प्रतिष्ठानद्वारा
सञ्चालित कला कक्षमा र २०२६ सम्म नेपाल ललितकला संस्था -नाफा) मा चित्रकला
सिकाए । नाफाको कार्यकारिणी सदस्यका नाताले उनले सन् १९६६ देखि १९६९
सम्म कला क्षेत्रमा विविध योगदान दिए ।
तेजले चित्रकलाको प्रत्येक विधामा उच्चकोटिको कौशल हासिल
गर्नुका अतिरिक्त जीवनभर प्रत्येक विधालाई निरन्तरता दिएका थिए । जीवनयात्राका
यस्तै शृङ्खलाहरूमा उनले बनाएका सयौँ सिर्जनामध्येका ७४ चित्र काठमाडौँस्थित
नाफा ग्यालरीमा पर््रदर्शन भइरहेका छन् । २१ मङ्सिरसम्म जारी रहने
'एन इमेज अफ लाइफटाइम' शर्ीष्ाकको यो पर््रदर्शनी नेपाली कलाका यी
शिखरपुरुषको योगदान बुझने र सम्झने विशिष्ट अवसरसमेत बनेको छ ।
विद्यार्थीकालमा तेजले तैल माध्यममा जेजति चित्र बनाए,
त्यो स्तर कुनै पनि नेपालीले आजसम्म हासिल गर्न सकेको देखिन्न । उनका
तैल-चित्रहरू अन्तर्रर्ााट्रय स्तरका छन् । सन् १९२५ देखि १९२९ सम्म
बनाइएका 'व्यक्ति-चित्र' तथा 'न्यूड स्टडी' ले उनमा निहित अनुशासन,
धर्ैय, मानव शरीरको बनोट सम्बन्धी ज्ञान र तैल माध्यमको सौर्न्दर्यलाई
आत्मसात् र उपयोग गर्ने खुबी स्पष्ट देखाउँछन् । तर, यो शैलीलाई उनले
निरन्तरता दिएनन् । उनी स्वयंको व्यक्ति-चित्रमा यसको पर्ूण्ा प्रयोग
देखिन्छ भने राजा त्रिभुवनको चित्रमा आंशिक मात्र । नाफाको पर््रदर्शनीमा
राखिएका राजा त्रिभुवनको अर्को चित्र -१९२७), एलिजावेथ द्वितीया, जुद्धशमशेर,
जुद्धशमशेरकी आमा र चन्द्रशमशेरका चित्रहरू परम्परागत शैलीमा निर्मित
छन् । यसकालका महत्त्वपर्ूण्ा व्यक्तिचित्रहरूमा बङ्गाली बाबु, मुस्लिम
मान्छे, मुस्लिम भलाद्मी, बङ्गाली महिला, सन्त, मिश्रति नश्लको व्यक्ति
आदि रहेका छन् । यसैकालका उत्कृष्ट रेखाचित्रहरूमा सिसाकलमको 'न्यूड
स्टडी', गोलकलमको 'हेड स्टडी' र मसीकलमबाट बनेको पुरुष-महिलाको चित्रलाई
लिन सकिन्छ । 'गावस' माध्यमका उनका चित्रहरूको सङ्ख्या थोरै छ तथापि,
लामाहरू र नेवारी महिलाका चित्र अति सहज ढङ्गबाट प्रस्तुत गरेर उनले
यो माध्यममा पनि आफ्नो दख्खल प्रमाणित गरेका छन् ।
जलरङ्ग माध्यममा तेजले निकै साधना गरेका थिए । उनले
सन् १९२३ मा बनाएको 'आँप-आलु-काँक्रो'लाई निर्जीव वस्तुचित्र -स्टील
लाइफ स्टडी) विधाको पहिलो नेपाली चित्रका रूपमा लिन सकिन्छ भने सन्
१९२७ मा निर्मित 'मेरा पिता' ले मुहार हर्ेर्दै बनाइएको, पश्चिमी शैलीको
पहिलो जलरङ्ग चित्रको ख्याति पाएको छ । त्यसपछिका दर्ुइ दशकहरूमा उनले
काठमाडौँ उपत्यकाको नेवारी समुदाय र पहाडी तामाङ जनजीवनलाई विषयवस्तु
बनाएर धेरै चित्र बनाएका थिए, तीमध्ये बीस चित्र पर््रदर्शनीमा समाविष्ट
छन् जसमा व्यक्ति-चित्रण र दृश्य-चित्रणबीच कुशल समन्वय देख्न सकिन्छ
। यस विधाका महत्त्वपर्ूण्ा चित्रहरूमा काठ बोक्दै तामाङ पुरुष महिला,
धिमे साङ्गीतिक टोली, घुम ओढेको परिवार, भलाकुसारी गर्दै, भोटबाट सन्देश,
डल्ला फुटाइरहेकी ज्यापू महिला, डोकोमा सालको पात बोकेकी तामाङ महिला,
कुमाले दाइ, धान कुट्न व्यस्त महिला र मञ्जुश्री मन्दिरको प्रवेशद्वार
रहेका छन् । यो विधाका उनका कृतिहरूलाई नेपाली जलरङ्ग चित्रकलाको भरपर्दो
ऐतिहासिक स्रोत नमानी आधुनिक नेपाली कलाको विकासक्रमकै आधारभूत उपलब्धिका
रूपमा बुझनु उपयुक्त हुन्छ ।
तैल-माध्यममा अपेक्षाकृत बढी काम गरेका तेजले यसका प्रत्येक
पक्षलाई आत्मसात् गर्दै उच्चकोटिका कृति रचेका छन् । उनका चित्रहरूमा
विविधता छ जसलाई विषयगत र शैलीगत दृष्टिकोणबाट हर्ेदा अझ स्पष्ट हुन्छ
। उनको कार्यलाई निर्जीव वस्तुचित्रण, व्यक्ति-चित्रण, दृश्य/प्रकृति-चित्रण,
व्यक्ति तथा प्रकृति-चित्रणका आधारमा विभाजन गर्न सकिन्छ । वस्तुचित्रण
अर्न्तर्गतका तैल चित्रहरूमा उनले नेपाली कला संस्कृति झल्काउने पानस,
विभिन्न किसिमका सुकुण्ड भिन्न-भिन्न कोणबाट बनाएको देखिन्छ । त्यसअघि
पनि उनले 'चायदानी फुलदानी कप', कलकत्ताको कागती सोडा बोत्तल, कोबरा
मार्का बूट, क्रीम र पेपरवेटजस्ता चित्रहरू बनाएका थिए । सन् १९३०
र १९४० का दशकहरूमा तेजले शिकारका ठूलाठूला चित्रहरू बनाएका थिए तीमध्ये
राणापरिवारका कतिपय चित्र अहिले अप्राप्य छन् । जुद्धशमशेरकी आमा,
एलिजावेथ द्वितीया, चाउएनलाई र उनी स्वयंको व्यक्तिचित्र नेपालमा बनेका
प्रभावशाली व्यक्ति-चित्र हुन् । तेजका तैल माध्यमका दृश्य-चित्रहरू
पनि धेरै छन् । नेपालको प्रकृतिलाई चित्रण गर्दा उनले तिनमा आत्मीयता
पोखेका छन् । स्तरका हिसाबले पनि ती चित्रहरू बढी परिष्कृत लाग्छन्
। यो श्रेणीमा कुलेखानी खोला-बगर, पशुपति आर्यघाट, अन्नपर्ूण्ा मन्दिर,
बल्खु खोला, त्रिशूली नदी, बज्रवाराही मन्दिर, मञ्जुश्री मन्दिरको
प्रवेशद्वार र भक्तपुरको र्सर्ूयविनायक पर्दछन् । यी सबैमा नेपाली
धर्तीको अनुहार देख्न सकिन्छ । तेजका भाव-चित्रहरूको सङ्ख्या थोरै
भए पनि गुणात्मक रूपले ती सबै श्रेष्ठ छन् । उनले भावात्मक चित्रहरूको
निरुपणमा प्रकृति र व्यक्ति चित्रण दुवैको अधिकतम उपयोग गरेका छन्
। तर्सथ, राष्ट्रकै निधि बनेका छन् यस्ता कृतिहरू । शिव-पार्वतीको
प्रसन्न मुद्रा, शिवले पार्वतीको लाश बोकिहिँडेको, चौतारीमा तामाङ
युगल, दृष्टिकर्ताकै चित्र-सृष्टि, चित्रकारको परम्परा-निर्वाह, 'ज्यापू
किसानलाई पत्नीलाई निर्देशन' र 'दर्ुइ किसान महिलाको आपसी कुराकानी'लाई
उच्च दर्जाका भावचित्र भन्न सकिन्छ ।
शैलीगत दृष्टिले तेजको प्रकृति चित्रणमा दर्ुइ किसिमका
विशेषता देखिन्छन् । एक अति यथार्थवादी शैली र अर्को सरलीकृत प्रभाववादी
शैली । दर्ुइ शैलीबीच सीमा कोर्न भने सजिलो छैन । कलकत्तास्थित बेलायती
बगैँचा, पशुपतिको आर्यघाट, कुलेखानी, त्रिशूली र बल्खु खोलाका चित्रहरूलाई
प्रभाववादी शैलीका चित्र भन्नु उपयुक्त हुन्छ । तर, वस्तुचित्रण, व्यक्तिचित्रण
र भावचित्रणमा यथार्थवादी शैली मात्र प्रयोग भएको पाइन्छ उनका चित्रहरूमा
।
स्वच्छ मन र प्रयोगधर्मी मस्तिष्क भएको कलाकारका कलाकृतिमा
अन्तर्निहित गुण समसामयिकताको परिधिभित्र मात्र सीमित रहँदैन बरु भावी
पिँढीमा समाहित हुँदै र्सवकालिक बन्छ । तेजका कृतिहरू आज पनि सान्दर्भिक
छन् । उनका कलाभित्र अन्तर्निहित सौर्न्दर्य र जीवनलाई आज पनि उसरी
नै अनुभूत गर्न सकिन्छ । हो, कलाबाट पनि जीवनको र्सार्थकताबोध हुनसक्छ
। तेजबाट प्रभावित नेपालका लब्धप्रतिष्ठित कलाकारहरूबाट यस्तै सत्यको
प्रतिपादन भइरहेछ । यसमा स्व. अमर चित्रकार, स्व.कुलमान चित्रकारलगायत
तेजकै पुत्र मदन, छोरी शारदाकोे नाम उल्लेख हुनु आवश्यक छ । यस कार्यमा
ऊर्जा थप्ने उद्देश्यका साथ सिर्द्धार्थ आर्ट ग्यालरीबाट यो ऐतिहासिक
पर््रदर्शनी आयोजनामा देखाइएको चासोको उच्च मूल्याङ्कन गर्नैपर्छ ।
मदन चित्रकारका शब्दमा, "तेजबहादुर कलाकार बाहेक अरू केही थिएनन्
।" सत्य छ यो कथन ।
•
रतनकुमार राई
सङ्गीत
सँगसँगै वेदना र व्यङ्ग्य
अभिनेता हरिवंश
आचार्यको विशेषता नै हो उनको बहुमुखी खुबी । उनको गायक व्यक्तित्व
केही वर्षघि नै र्सार्वजनिक भएको हो । यद्यपि, त्यो सोखमा सीमित थियो
। त्यसलाई माझदै, परिष्कार दिंदै उनले अहिलेसम्म निकै गीत गाइसकेका
छन् । 'हामी पनि हुइकिऊँ बुइनी साझा बसैमा' को अनौठो स्वर 'सारङ्गी
रेटौँला मौका मिले फेरि भेटौँला' सम्म आइपुग्दा सुनौँ सुनौँ लाग्ने,
बेग्लै आकर्षायुक्त भइसकेको छ । प्रमाण बनेको छ- लक्ष्मी न्यौपानेको
साथमा हरिवंशले स्वरसङ्गीत दिएको 'सारङ्गी रेटौँला..' को चढ्दो लोकप्रियता
।
म्युजिक डटकमले र्सार्वजनिक गरेको 'सारङ्गी रेटौँला...'
अल्बममा रहेका आठ गीतमा हरिवंशले आफ्नो साङ्गीतिक लगाव र सिर्जन-क्षमतालाई
मजैले उनेका छन् । प्रायः गीत लोकपप शैलीका छन् । 'म परें नेपाली,
हिमाली पहाडी मधेसी नेपाली', 'नेपाल घुमी कहिल्यै पनि लागेन थकाइ'
जस्ता मीठा, मर्मस्पर्शी गीत पनि छन् यसमा । अनिल सिंहले साथ दिएको
'के गर्छस् मङ्गले आफ्नै ढङ्गले' र सपनाश्रीले स्वर थपेकी 'चौध नम्बर
बसमा चढौँला' जस्ता पपशैलीका गीतमा लोकबोली उन्न सफल हरिवंशले अल्बममा
प्रायः सबै गीतमा वेदना र व्यङ्ग्य सँगसँगै पस्केका छन् । केही गीत
'मेरी आमा सारै नै बाठी छन्' कै पुनरावृत्तिजस्तो लागे पनि हरिवंश
र अल्बममा उनका सहयोगीहरू हरिशरण सायमी, जीवित जल्मी, राजन इशान र
नरेन्द्र कंसाकारको साझा मेहनतको यो प्रतिफल सुन्दा नौलो, चखिलो लाग्छ
। सङ्गीतमा सारङ्गीको प्रयोग त झन् स्वादिलो लाग्छ । लोकभाकामै र्याप,
डिस्को, रक सङ्गीतको फुलबुट्टा मिसाउन सफल हरिवंशले 'सारङ्गी रेटौँला'
मार्फ् आफ्नो प्रतिभामा अर्को आयाम थपेका छन्, आफ्नो गायकीलाई थप परिमार्जनतिर
डोर्याउँदै ।
कलाकार
छुच्ची/फरासिली

अजय जोशी
|
कर्कशा, छुच्ची,
घमण्डी जस्ता असामाजिक विशेषणहरू सङ्गम भण्डारीको चरित्रका लागि सुहाउँदा
छन् । तर, पर्दामा मात्र । करीब दर्ुइ दशकको अभिनय-यात्रामा यिनै विशेषणको
सेरोफेरोमा आफ्नो कला प्रस्तुत गर्दै आएकी सङ्गम यथार्थ जीवनमा पर्दा
भन्दा निक्कै भिन्न, फरासिली, मिजासिली छन् ।
रेडियो नेपालको बाल कार्यक्रममार्फ् कला क्षेत्रमा प्रवेश
गरेकी सङ्गम पछिल्लो समयकी एक व्यस्त चरित्र अभिनेत्री हुन् । ज्ञानेन्द्र
देउजा निर्देशित वरमाला र लवकुश को छायाङ्कन भर्खरै सकिएको छ । नेपाल
टेलिभिजनमा प्रसारण हुने हिजो आजको कुरा त जागिरजस्तै भएको छ । र,
शुरु भएको छ- हास्य टेलिशृङ्खला खुच्चिङ को काम । दोहोरी गीतका म्युजिक
भिडियोहरूमा समेत उनको माग बढ्न थालेको छ ।
नेटिभीको सिरियल निमित्त नायक बाट शुरु भएको सङ्गमको
टेलि-अभिनय निर्माणाधीन खुच्चिङ सम्म पुग्दा उनले चलचित्र, टेलिशृङ्खला,
म्युजिक भिडियो, नाटकमा गरी सयौँ चरित्रमा अभिनय गरिसकेकी छन् । झण्झट
धेरै हुने भएकाले गर्ने/नगर्ने भन्दाभन्दै दर्जनभन्दा बढी चलचित्रमा
अभिनय गरिसकेकी छन्् । तिलहरी, लोभिपापी, गोपीकृष्ण, परिवार, जय बाबा
पशुपतिनाथ, चेलिबेटी, भानुभक्त, दिदी, चट्याङ, सम्पत्ति, मुनामदन,
वरमाला, लवकुश, बगर आदिमा उनको कला देख्न सकिन्छ । भन्छिन्, "तर,
मेरो लगाव टेलिफिल्ममै बढी छ ।"
आठ कक्षामा पढ्दापढ्दै भागेर रेडियो नेपालको बाल कार्यक्रम
पुगेकी थिइन् सङ्गम । अनि, तीजका गीत र चौतारी को रेकर्डिङमा पुग्न
थालिन् । त्यसरी शुरु भएको लामो कलायात्राका क्रममा आफूले कमाएको पर्दाको
चरित्र नै भएको ठहर सङ्गमको छ । आम दर्शकमा परेको नकारात्मक छविले
उनलाई दुःखित हैन, हषिर्त तुल्याउँछ । भन्छिन्, "कसैले कुनै महिलालाई
नराम्रो भन्नुपर्दा 'कस्ती सङ्गम भण्डारी जस्ती' भनिदिँदा जस्तो आनन्द
कहिल्यै हुँदैन ।" प्रारम्भिक दिनहरूमा निक्कै गाह्रो हुने भएपनि
अहिले यो क्षेत्रको आम्दानीले व्यक्तिगत खर्च र्टार्न सकिने सङ्गमको
अनुभव छ । त्यसो त आयस्रोतकै लागि विज्ञापन व्यवसाय पनि अँगालेकी छन्
सङ्गमले । र, त्यहीँबाट दर्जनौं टेलिविज्ञापनसमेत बनाइसकेकी छन् ।
सङ्गमलाई व्यस्त बनाउने अर्को माध्यम हो, युनेस्को कलाकार
समूह । युनेस्कोको सहयोगमा गठन भएको यो समूहले जनचेतनाका विभिन्न कार्यक्रमहरू
प्रस्तुत गर्ने गर्छ । र, चरित्र-अभिनयमा लागेकाहरूको हकहितमा आवाज
उठाउँछ ।
कथा वस्तुको मुख्य आकर्षा हुने भएपनि यहाँको कलाक्षेत्रमा
चरित्र अभिनयमा लाग्नेहरूप्रति सञ्चार, समाज र स्वयं सिनेक्षेत्रले
पनि बेवास्ता गरेको सङ्गमको गुनासो छ । पारिश्रमिक होस् या सम्मान,
चरित्र अभिनेता-अभिनेत्रीहरू प्रायः पछाडि नै छन् । भन्छिन्, "चरित्र
अभिनय नहुँदा कथावस्तु फिक्का हुन्छ तर किन हो अझै पनि यसतर्फलागेकाहरूलाई
कलाकारकै रूपमा स्वीकार्न गाह्रो भएको देखाइन्छ ।"
•
किरण
|