हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक समीक्षा

कमलको कलम र आत्मकथ्य विधा

सीके लाल

राजनीति र संस्कृतिलाई समाजरुपी रथका दर्ुइ पाङ्ग्राका रूपमा लिने गरिन्छ । देख्दा दर्ुइ नितान्त भिन्न धारजस्ता देखिए पनि राजनीतिकर्मी तथा संस्कृतिकर्मीहरूका बीच तालमेल भएन भने समाजलाई अगाडि बढ्न गाह्रो हुन्छ । साहित्यकारहरू अन्य कलाकारहरूजस्तै संस्कृतिकर्मीहरूकै कोटिमा पर्दछन् । तर अक्षर्रकर्महरूमध्ये व्याख्यान, लेखन विधा अन्य साहित्य सृजनाभन्दा अलि भिन्न प्रकृतिको काम हो । व्याख्यान लेखनले सम्भवतः राजनीति तथा संस्कृतिलाई सामञ्जस्यमा राख्ने धुराको काम गर्दछ- समाजरुपी रथको अक्ष । शायद त्यसैले होला, प्रायः राजनीतिज्ञहरू उच्चकोटिका लेखक समेत थिए र छन् ।

अङ्ग्रेेजी आख्यानका सुप्रसिद्ध हस्ताक्षर भी.एस. नयपौलले कतै भनेका छन्- व्याख्यान -नन्-फिक्सन) ले मात्र समसामयिक विश्वका जटिलताहरूलाई प्रस्ट्याउन सक्दछ । उत्कृष्ट उपन्यासकारको त्यस्तो अभिव्यक्ति विडम्बनापर्ूण्ा आत्म-स्वीकृति जस्तो लाग्न सक्छ तर नयपौल आख्यानकार हुनुका साथै व्याख्यान लेखक पनि हुन् । उनका नवीनतम पुस्तकहरू यात्रावृत्तान्तको गद्य लेखनको त्यो उपविधामा पर्छन् जसलाई 'रिफ्लेक्सन्स' भन्न सकिन्छ  । यस प्रकारको परावर्तक निबन्ध लेखन संस्मरण मात्र होइन, किनभने रिफ्लेक्सन्समा विश्लेषण र विचार एकअर्कासँग गाँसिएर आउँछन् । निजात्मक निबन्ध, आत्मकथ्य तथा स्मृति-आख्यान जस्ता पदावलीहरू चलनचल्तीमा आइसकेका भए तापनि रिफ्लेक्सन्स शब्दको मर्म समात्न सक्ने पारिभाषिक अभिव्यक्ति नेपाली भाषामा अझै स्थापित भइसकेको छैन । त्यसो हुनाको मुख्य कारण आत्मकथ्यका नाउँमा लेखिएका अधिकांश लेखहरूको कामचलाउ गुणस्तर हो भन्दा फरक नपर्ला । नेपाली साहित्यका समालोचकहरूले आत्मकथालाई सम्मानजनक स्थान दिइसकेका भएतापनि आत्मकथ्यलाई गम्भीर उपविधाका रूपमा अझै पनि स्वीकार गरिसकेका छैनन्  । कमलमणि दीक्षितको नवीनतम सङ्ग्रह 'गुरुदक्षिणा' को भूमिकामा डा. ज्ञानु पाण्डेले आत्मकथ्यलाई आफ्नो मूल विधाको रूपमा अङ्गीकार गरेका लेखकलाई 'सिर्जना, समालोचना र सम्पादन तीनै क्षेत्रमा सिद्धहस्त... विशिष्ट साधक' का रूपमा प्रस्तुत गरेकी छन् । यी तीनै विधा आत्मकथ्य लेखनको अन्तरवस्तु मानिने हुँदा उनको यो टिप्पणी स्वाभाविक लाग्दछ  ।

आख्यानको अन्तरवस्तुका बारेमा एउटा बहुप्रचलित व्याख्या छः कुनै पात्र यात्रामा निस्किन्छ वा कुनै अपरिचित दृष्टिगोचर हुन्छ र घटनाहरू खुल्न थाल्दछन् । तर व्याख्यानमा भने व्यक्ति र स्थानको अन्तरसम्बन्धलाई लेखकले स्वयं आफ्नै अनुभव, स्मृति, आशा र डरको आलोकमा प्रस्तुत गर्दछ । व्याख्यानको मूलपात्र लखेक स्वयं हो । आत्मकथ्य अरूकै बारेमा लेखिएको भए तापनि त्यसलाई पढ्नेले लेखका पात्रहरूभन्दा लेखकसँग नजिकिने मौका बढी पाउँछ । 'गुरुदक्षिणा' भित्र परेका व्यक्तिस्मृति लेखहरूलाई नै लिउFm । अलि मियाँबारे 'प्रभावित छु', विष्णुप्रसाद धितालबारे 'विडम्बना भनेकै त्यै' वा धुस्वाँ साय्मिबारे 'गुरुभाइ' कथ्यहरू पढ्दा लेखकको समृद्ध व्यक्तित्वका विभिन्न आयामहरू खुलेको अनुभव हुन्छ । सँगसँगै ती स्वनामधन्य व्यक्तित्वहरूका बारेमा पनि केही कुरा थाहा हुन्छ, तर कथ्यको मूल विषय आत्मकथ्यमा गौण भएर प्रस्तुत हुन्छ । उदाहरणका लागि लेखक स्वयं मूल विषय भएको 'कथा दादाको' लाई लिँदा हुन्छ- त्यस कथ्यमा समेत रातो बङ्गला स्कूलका 'दादाजी' माथि कथ्यकार कमलमणि हावी छन् ।

गाथाकारका रूपमा घटना वा प्रवृत्तिको विवेचनामा अल्झिनुभन्दा लेखक कमल व्यक्तिचर्चामार्फ् आफ्नो कलमको कमाल देखाउन अलि बढी रुचाउँछन् भन्ने कुरा उनका सबै आत्मकथ्यहरूमा प्रस्टै देख्न सकिन्छ । त्यसमा झन् 'मुडखुले बाहुन' व्यक्तिचर्चाकै सँगालो भएको हुनाले 'लेखकले कति धेरै व्यक्तित्वहरूको आरति गर्नु परेको होला !' भनेर पाठकले गुनासो गर्ने ठाउँ छैन । तर लेखकले आफ्ना पात्रहरूको चयन के आधारमा गर्छन् होला - खुल्दुली यसकारण पनि लाग्दछ कि भूमिका लेखकहरूको सूचना र जानकारीमा कुनै तादात्म्य पाइँदैनः २०६१ असोजमा प्रकाशित पुस्तकका समालोचक गणेशबहादुर कामना गर्दछन्, "कमलमणि सय वर्षबाँचून् र जानुभन्दा अघि कम्तीमा पचास ओटा सङ्ग्रह नेपाली वाङ्मयलाई प्रदान गरून् ।" त्यसको ठीक एक वर्षछि प्रकाशित अर्काे सङ्ग्रहको मन्तव्य लेखिका पाठकलाई बताउँछिन् कि दीक्षितले 'यतिञ्जेलसम्म ६० ओटा कृतिहरू नेपाली साहित्यको मन्दिरमा चढाइसकेका छन् ।' हुन त 'सङ्ग्रह' र 'कृति' एउटै अर्थ राख्ने विषय होइनन्, तर दुवै भूमिका पढ्दा पाइने अनुभूति भने एउटै होः समालोचकहरूले दीक्षितका लेखनलाई खुलेर मूल्याङ्कन गर्ने गरेका छैनन् ।

बहुआयामिक रूपमा सक्रिय जीवन बिताइरहेका स्रष्टाहरूको पर्ूवाग्रहरहित समीक्षा उसै पनि सजिलो काम होइन । त्यसमध्ये पनि कमल दीक्षितको पहाडजस्तो उपस्थितिले अधिकांश समीक्षकहरूमा लघुताभास उत्पन्न हुन्छ भने त्यसमा अचम्म मान्नर्ुपर्ने कुनै कारण छैन । कुशल व्यवस्थापक, सफल लगानीकर्ता एवं असल रोजगारदाताका रूपमा उनको स्वतन्त्र व्यावसायिक प्रतिष्ठा छ । निस्वार्थ गुठियार, समर्पित साहित्यकर्मी तथा लगनशील संस्कृतिविज्ञको उनको सामाजिक पहिचान मदन पुरस्कार तथा रानी जगदम्बाको नाउँसँग जोडिएर चामत्कारिक रूपमा स्थापित भएको छ । स्कूले विद्यार्थीलाई छन्द कविता पढाउने, कोठे कविगोष्ठीमार्फ् छन्दको प्रचलन बढाउने तथा 'छन्दमा नून' जस्तो सृजनात्मक प्रयोगले छन्दबद्ध अभिव्यक्तिलाई प्रश्रय दिने उनको र्समर्पणलाई स्तुत्य नै मान्नर्ुपर्छ । गोरखापत्र का विविध पक्षहरूका अन्वेषक, 'नेपाली' को अटूट सम्पादक तथा मदन पुरस्कार पुस्तकालयका सङ्ग्रहकर्ता -क्यूरेटर) भएर गरेको उनको योगदान अतुलनीय छ भन्दा शायदै कसैले विमति जनाउला । तर, विडम्बना ! बहुआयामिक कमल दीक्षितको यो गह्रुँगो 'व्यक्तित्व' को बोझले गर्दा व्याख्यानकार कमल दीक्षित नराम्रोसँग थिचिएका छन् । उनका समीक्षकहरू औपचारिकताका लागि प्रशंसाका पुल बाँध्छन्, आँखाबाट ओझेल पर्नासाथ कुरा काट्छन् । लेखकको सबभन्दा ठूलो सम्मान- प्रखर तर तार्किक आलोचना- बाट किन हो कुन्नि कमल दीक्षित अहिलेसम्म बञ्चित रहन पुगेका छन् । त्यसैले उनको कलमको सुन आलोचकको आरनको आगोबाट लाभान्वित भएर टल्किन पाएन । सानो आत्मकथ्य र्-शर्ट रिफ्लेक्सन्स) विधालाई नेपाली साहित्यमा ५० वर्षघि सुरुआत गरेका कमल दीक्षित यो उमेरमा पनि त्यस्तो चाखलाग्दो शैलीको बिंडो अझैसम्म एक्लैजसो थामेर बसेका छन् । व्यक्ति र प्रवृत्तिका बारेमा निसङ्कोच छोटो, मीठो र आत्मपरक टिप्पणी लेख्न सक्ने खै अर्काे कमल दीक्षित - आफ्नो सम्पर्ूण्ा जीवन गद्यलेखनको एउटै उपविधामा खर्चेका मार्गर्-दर्शकका लागि योभन्दा ठूलो असफलता के होला कि उनले त्यत्रो पसिना चुहाएर खनेको गोरेटोमा हिँड्ने यात्री नै भेटिएनन् - कमल दीक्षितको सम्मानकै लागि भए पनि उनका पुस्तकहरू प्रकाशन गर्ने संस्था जगदम्बा प्रकाशनले हिमाल मा प्रकाशित वसन्त थापाको ऋतुविचार स्तम्भको सँगालो छाप्ने अग्रसरता लिनर्ुपर्दछ । धनर्ुधर अर्जुन र अश्वत्थामा नभइदिएका भए महषिर् व्यासको एक्लो प्रयासले मात्र द्रोणाचार्यको शास्त्रज्ञान शास्त्रका रूपमा स्थापित हुनसक्ने थिएन ।

आलोचकको बञ्चरो मात्र होइन, सम्पादकको कैँचीको लाभबाट समेत कमलका अधिकांश कथ्यहरू वञ्चित नै रहने गरेका छन् । प्रज्ञा-प्रतिष्ठानको 'झ' को झलक वा बनारसी 'झा' को झञ्कारभन्दा साझाको खुट्टी झार्‍यो 'झ'को झकल्लोलाई कुनै लेखकले यदि 'राष्ट्रवाद' सँग जोड्न खोज्दछ भने देवनागरी लिपि नेपालमा नेपालीमा मात्र नभएर अवधी, मैथिली, भोजपुरी र अन्य भाषाहरूमा समेत प्रयोग हुन्छ भनेर सचेत गराउने काम सम्पादकको हुन्थ्यो । त्यसो हुन नसकेकाले कमलका लागि काशी र प्रयागको 'झा' 'विदेशी बिगबिगी' बन्न पुगेको छ ।

असोज २०६१ मै प्रकाशित शाखासन्तान भन्ने व्याख्यानकारको रुचिको विषय गोरखापत्र सम्बन्धी लेखहरूको सँगालो हो । सामान्यतः पुराना लेखहरूको सङ्ग्रह पुस्तकाकारमा प्रकाशित नहुँदै बासी भइसकेको हुन्छ, तर विषयको छनौट चिरस्थायी तथा प्रस्तुति जीवन्त भयो भने एउटै लेख जति पटक पढे पनि नयाँ जस्तै लाग्छ । गोरखापत्र बारे लेखिएका कमलका कथ्यहरू सदावहार कोटिमा पर्ने पठनीय लेखहरू हुन् । २०६१ असोजकै अर्काे प्रकाशन झुसी र निम्ठो भने सँगालोका लेखहरूका साथै डा. माधव पोखरेलको प्रशस्तिलेखन परम्पराको उत्कृष्ट भूमिकाका लागि पनि पठनीय छ ।

मदन पुरस्कार स्वर्ण्र्ाार्षमनाउने सिलसिलामा 'नेपाली' को अङ्क १८५ स्वर्ण्र्ाार्षो विशेषाङ्कको रूपमा लोकार्पण हुने कार्यक्रम रहेको छ । यस प्रकारका अन्य साहित्यिक कार्यक्रमहरूमा जस्तै त्यहाँ पनि आयोजक-प्रायोजक कमलको कलमको कमालबारे प्रशस्त चर्चा-परिचर्चा होलान्  । तर जति नै अप्ठ्यारो लागे पनि भन्नै पर्ने एउटा कुरा नलेखी यो टिप्पणी टुङ्ग्याउन सकिँदैनः कठोर सम्पादन तथा प्रखर आलोचनाको अभावमा व्याख्यानकार कमल दीक्षित हिले पोखरीको जिगीषु कमल भएर फैलिनुको साटो सफा पोखरीको कोमल कुमुदिनीमा सीमित हुनपुगेका छन् । धेरै लेखे उनले 'एउटा लेखोट चाहियो' भन्नेहरूका लागि । धेरै गरे नेपाली भाषाको विस्तार र स्तरोन्नतिका लागि । शायद धुरा बनेर नेपाली समाजको रथलाई गति दिने भूमिकाका लागि अझै पनि कमल सक्षम छन् । उनको लेखनीको कमालबाट चमत्कृत पाठकहरू झुसी र निम्ठो को भूमिका लेखकसँग स्वरमा स्वर मिलाएर भन्छन्ः जीवेम शरदः शतम् ।


प्राप्त कृति

मध्यस्थता कार्यविधि कानुन
(कानूनी किताब)
लेखकः डा. लोकेन्द्र शर्मा वाग्ले
प्रकाशकः चन्द्रकला, चिराग र लोचन वाग्ले, स्याङ्जा, २०६१
पृष्ठः १९६, मूल्यः रु.१५०
रङ्ग वी डु, राइट वी डन्ट
(देश-चिन्तन, अङ्ग्रेजीमा)
लेखक/प्रकाशकः आदित्यमान श्रेष्ठ
वितरकः एकता बुक्स् डिष्ट्रिबर्ुर्टस् प्रा.लि. काठमाडौँ, २००५
पृष्ठः ३४२, मूल्यः रु.३५०
टुक्रा-टुक्रा आकाश
(गजल-सङ्ग्रह)
गजलकारर्ःर् इश्वरी कार्की वषर्ा
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. काठमाडौँ, २०६१
पृष्ठः ६४, मूल्यः रु.४०
अन्त्यारम्भ
(गद्यशैलीमा महाकाव्य)
कविः डा. कृष्णप्रसाद भट्टर्राई
प्रकाशकः पी.यु. प्रिर्न्र्टस, काठमाडौँ, २०६१
पृष्ठः १४०±, मूल्यः रु.१२५

'माटो' भित्रैको कथा
(यात्राको टिपोट-डायरी)
लेखकः राममणि रिसाल
प्रकाशिकः श्रीमती अरुणा
रिसाल, ललितपुर, २०६२
पृष्ठः ११२±, मूल्यः रु.६५

बाँदर्नीको माया
(बालकथा-सङ्ग्रह)
लेखकः स्याहुते दाइ
सम्पादकः शाश्वत पराजुली
प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ, २०६२
पृष्ठः ३२, मूल्यः रु.४०
के हो पपसङ्गीत -
(सङ्गीतसम्बन्धी आलेख-सङ्ग्रह)
लेखकः धीरज र्राई
प्रकाशकः यम र्राई (हङकङ) २०६२
पृष्ठः ८०, मूल्यः रु.१००
स्मृतिको पानामा
दर्ुगा बैरागी र्राई
(संस्मरणात्मक लेख-सङ्ग्रह)
सम्पादकः शुभचन्द्र र्राई, गणेश र्राई, महाजित र्राई 'शोभन'
प्रकाशकः श्रीमती विरही गीता र्राई, ओखलढुङ्गा, २०६२
पृष्ठः १२४±, मूल्यः रु.१००
लिपांगु इनापः अन्तिम आग्रह
(लघुकथा सङ्ग्रह नेपाली र नेवारीमा)
कथाकारः अगिब बनेपाली
प्रकाशकः भक्तपुर साहित्य प्रतिष्ठानका लागि सुमा श्रेष्ठ, भक्तपुर, २०६२
पृष्ठः १०२±, मूल्यः रु.७५
आशौच बार्दैछन् कविताहरू
(कविता-सङ्ग्रह)
कविः कुलबहादुर के.सी.
प्रकाशकः प्रगति एजुकेशन फाउण्डेशन, पोखरा, २०६१
पृष्ठः १०६ ±, मूल्यः रु.१००
जिन्दगी एक फोटो-प|mेम
(समकालीन हिन्दी कथाहरूको अनुवाद)
अनुवादकः कुमुद अधिकारी
प्रकाशकः वाणी प्रकाशन,
विराटनगर, २०६२
पृष्ठः
१५०, मूल्यः रु.१००
महारानी राजेन्द्रलक्ष्मी
(जीवनी)
लेखकः प्रकाश ए. राज
प्रकाशकः नवीन पब्लिकेशन्स, काठमाडौँ, २०६२
पृष्ठः ३४±, मूल्यः रु.५०