हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
वात्स्यायन

यसपटक

 

 


भनेको/सुनेको

"स्वच्छ र निष्पक्ष संविधानसभाको निर्वाचन हुने स्थितिमा त्यसबाट आउने परिणामलाई स्वीकार्न हामी प्रतिबद्ध छौँ, हामीले त्यसलाई धेरै पहिलेदेखि भनेका छौँ र अहिलेको समझदारीपत्रमा पनि त्यो कुरा स्पष्ट गरिएको छ ।"

-प्रचण्ड, अध्यक्ष, नेकपा (माओवादी)
(बीबीसी नेपाली सेवा, १२ मङ्सिर २०६२)


अङ्क र अर्थ

७१ जना युद्धविराम -१८ भदौ) देखि ११ मङ्सिर, ०६२ सम्म मारिनेहरूको सङ्ख्या  । यसमध्ये माओवादीद्वारा २५ र सुरक्षाफौजद्वारा ४६ जना मारिएका हुन्  ।

२०% कम्तीमा एक पटक बलात्कृत । संसारका हरेक ५ महिलामध्ये १ जना बलात्कृत भएकी हुन्छिन् ।

६ लाख प्रसव (सुत्केरी) सम्बन्धी समस्याबाट संसारमा बर्सेनि मर्ने आमाहरूको सङ्ख्या ।

स्रोतः जङ्गी अड्डा/डब्लुएचओ


हिँड्दा-हिँड्दै

बारा-मोतीसरका ११ वटा पोखरीमा विस्तारित गीता घिमिरे को मत्स्यफार्मबाट वर्षा करीब ६० लाख माछाका भुरा उत्पादन/बिक्री हुन्छन्् । अध्ययनको क्रममा कृषि अधिकृत श्रीमान्को सडक दर्ुघटनामा परी फिलिपिन्स गएको बेला उतै निधन भएपछि 'शोकमा कति बस्नु - जे होला, गरी हेरौँ' भन्दै उद्यमतिर लागेकी ४५ वषर्ीया गीता भन्छिन्, "काखमा बच्चा लिएर धेरै रोएँ तर शोकले 'जोहो' जुटाएन अनि १३ वर्षघि माछाको नर्सरी थालेकी हुँ ।"


वीरेन्द्रकुमार साह

कसरी चलाउनुहुन्छ नर्सरी ?
हेटौँडा, चितवन, जनकपुर, भैरहवा, त्रिशूली, फत्तेपुर आदि ठाउँबाट भुरा ल्याएर 'हृयाचिङ नर्सिङ' गरी नेपाली तथा भारतीय व्यापारीलाई बिक्री गर्छर्ुु त्यो बाहेक कमनकार्प माछाको प्रजनन गराएर आफैँ पनि भुरा उत्पादन गर्छर्ुु

वर्षा कति बेच्नुहुन्छ त्यस्ता भुरामाछा ?
पोहोर ५७ लाख भुरा बेचेँ । यो वर्ष४० लाख बेचिसकेँ । २० लाख बेच्न अझै बाँकी छ ।

नाफा कत्तिको छ त ?
शुरुका वर्षरूमा खासै फाइदा भएन । अहिले भने खर्च कटाएर वर्षो अर्ढाई लाख रुपैयाँ बचत हुन थालेको छ । सिजनमा आठ जना र बाह्रै मास चार जनालाई रोजगारी पनि दिएकी छु ।

यो सफलताको रहस्य के ?
१३ वर्षो मेरो अनुभव र अबला बनेर त्यसै बस्नुहुन्न भन्ने अठोट । अब छोरालाई पनि उसको बाबुझैँ कृषिविज्ञ बनाउने धोको छ ।