हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

महको सपना
सिंहले भन्यो "अँ, बुझें !"


विलाश राई

७ मङ्सिरको साँझपखको कुरा हो । मह-चौतारी को सूटिङ गर्दागर्दा लखतरान परेपछि, एकछिन् 'फ्रेस' हौँ भनेर सदर चिडियाखानातिर लाग्यौँ । चिडियाखानामा थुप्रै परिवर्तन आइसकेको देखेर दङ्ग पर्‍यौँ । पहिला पहिला कति पटक गइयो होला तर उही हात्ती, गैँडा, बाघ, भालु, बाँदर र चराहरू हेरेर फर्किइन्थ्यो । यसपाला चिडियाखानाको एउटा खुला र शानदार कम्पाउण्डमा मस्त सुतिरहेको सिंह देखेपछि हाम्रो थकाईसकाई एकैछिनमा चट् भयो । खूब हेर्‍यौँ, त्यो सिंहलाई । सिंहको उपस्थितिले चिडियाखाना र देशकै इज्जत बढेको लाग्यो । राति सुत्न ओछ्यानमा पल्टँदासम्म पनि मन चङ्गा भइरहृयो  ।

भोलिपल्ट, स्टूडियोमा भेट हुनासाथ हामी एकअर्कोलाई रातिको सपना सुनाउने हतारमा थियौँ । तर गजब चाहिँ के भयो भने, दुवैले एउटै, उही चिडियाखानाकै सपना देखेछौँ- अल्पविराम, पर्ूण्ाविराम समेत उस्तै  ! सिंहले "अँ, बुझेँ !" भनेर टाउको हल्लाएकै बेला हामी दुवै झल्याँस्स ब्यूँझएिछौँ । त्यो अद्भुत सपना चाहिँ जस्ताको तस्तै यस्तो थियोः

सिंह राखिएको दर्ुइ रोपनीको खुल्ला कम्पाउण्डसँगै ब्वाँसोको खोर रहेछ । ब्वाँसाहरू सिंहलाई उक्साउँदा रहेछन्ः "सिंह सर ! जनावरहरूमा हजुरको जस्तो बल, हजुरको जस्तो रुप, हजुरको जस्तो फर्ूर्ति र तागत अरू कसैको हुँदैन भन्ने कुरा संसारलाई थाहा छ । यस्तो थाहा हुँदाहुँदै पनि एउटा बाघले नेपालका मान्छे खाएर उत्पात मच्चाएको छ रे ! कसैको केही सीप लागेन रे ! सात जना स्याल पनि त्यो बाघलाई समाउँछौँ भनेर हिँडेका छन् रे ! हा हा हा... स्यालहरूले पनि त्यस्तो बाघ समाउन सक्लान् - बरु हजुरले गएर एक झापड लगाइदिनुभयो भने त्यो बाघ डरैले इण्डिया छिर्छ । त्यसपछि सबैले हजुरको जयजयकार गर्नेछन् । नत्र हजुरको इज्जत खत्तम ! अस्तिसम्म गाउँमा मात्रै घुम्ने त्यो नरभक्षी बाघले भोलि यहीँ आएर हजुरलाई नै च्यालेन्ज नदेला कसरी भन्नु - अझ यहाँभित्रै छिर्न पनि खोज्ला ! छिर्‍यो भने यत्रा जनावरहरूलाई के के गर्ला, त्यो मात्तेकोले ! त्यसैले हजुरले यहाँबाट जसरी भए पनि बाहिर गएर त्यो बाघलाई खोजेर ठीक पारिदिनर्ुपर्छ !"

धर्ूत ब्वाँसाहरूको कुरा सुनेर सिंहलाई खूब रीस उठ्छ  । ऊ बेस्कन गर्जन थाल्छ ।

चिडियाखानाको बाहिरी पर्खालमा बसेको सेतो परेवाले ब्वाँसाका सबै कुरा सुनिरहेको थियो । उसलाई ब्वाँसाहरूले सिंहलाई दिएको सल्लाह मन परिरहेको थिएन । ब्वाँसाहरू अर्को कुनामा राखिएको खानेकुरामा झुत्तिएको मौका पारेर त्यो परेवाले सिंहलाई सम्झाउँदै भन्यो, "हेर वनका राजा ! त्यस्ताहरूको कुरा सुनेर आवेशमा नआउनुस्, आराम हुँदैन, प्रेसर बढ्छ । त्यो मात्तेको बाघ सबैको समस्या भएको मलाई पनि थाहा छ । तर त्यसलाई तह लगाउन अरू नै लागिपरेका छन् । ढिलोचाँडो त्यो आफैँ पनि थाक्छ । बाहिर जङ्गल पनि सुरक्षित छैन आजकल । सिंह भएर शहर पस्नु झनै राम्रो हुँदैन । यहाँ हजुरसँगै हामी पनि सुरक्षित छौँ । लाउन, खान, ओखतिमूलो यो चिडियाखानाले पुर्‍याएकै छ । सबैले हजुरलाई उच्च स्थानमा राखेर मान-इज्जत गरेकै छन् । हजुर जस्तोले आवेशमा आउन सुहाउँदैन । यहाँबाट बाहिर जाने त सोच्नै हुँदैन !"

तर सिंहले परेवाको कुरालाई अलिकति पनि वास्ता गरेन । ब्वाँसाहरूको कुराले उसको रगत तात्तिइसकेको थियो । यत्तिकैमा उसको दैनिक आहार- मासु राखिदिन चिडियाखानाका कर्मचारीले कम्पाउण्डको ढोका खोले । त्यही बेलामा ती कर्मचारीलाई समेत धकेलेर लडाउँदै सिंह बाहिर निस्कियो । चिडियाघर र शहर-बजारमा समेत हाहाकार मच्चियो । सबै चराचुरुङ्गी र जनावरहरूले ठूलो विस्मात माने ।

चिडियाखानाका अधिकृतहरू पनि ज्यादै चिन्तित भए । मिटिङ बस्यो, अब कसरी सिंहलाई फेरि कम्पाउण्डमा फर्काउने भनेर त्यहाँ लामो छलफल भयो ।

चिडियाघरका मङ्की र हङ्की नाम गरेका दुइटा बाँदर रूखको हाँगामा बसेर अधिकृतहरूको मिटिङमा भएका कुरा सुनिराखेका थिए । तिनले आफ्नो एउटा माग पूरा गरिदिने भए सिंहलाई फर्काउन लागिपर्ने प्रस्ताव राखे । उनीहरूको माग चाहिँ सिंहलाई फर्काउन सकेको खण्डमा उनीहरूलाई खोरबाट बाहिर जान दिनुपर्ने थियो । सिंह शहर पसेदेखि नै अब के के हुने हो भनेर त्राहिमाम् भएका चिडियाघरका अधिकृतहरूले बाँदरद्वयको प्रस्तावलाई तत्काल सहर्षस्वीकार मात्रै गरेनन्, आ-आफ्नो खल्तीबाट रुमाल झकिेर पसिना पनि पुछे ।

हङ्की र मङ्की हातमा एउटा एउटा मोबाइल फोन, दूरबिन र ढाडमा भिरेको झोलामा खानका लागि काँक्रो, मकै, स्याउ, सुन्तला टन्न राखी सिंह खोज्न बाहिर निस्के । सीएनएन, बीबीसी, स्टार, आजतक समेत सबै टेलिभिजनमा, नेपालको चिडियाघरबाट सिंह बाहिर निस्केर शहर पसेको समाचार मात्रै प्रसारण भइरहेको थियो । गाउँ, शहरबजार जताततै साँझ पर्नासाथ चकमन्न हुन थालेको थियो । विद्यार्थीहरू स्कूल, कलेज जान पनि डराएका देखिन्थे ।


किरण पाण्डे
हरिवंश-मदनकृष्ण

उता, नरभक्षी बाघलाई ठीक पार्न भनी निस्किएको सिंह बाटो सुँघ्दैसुँघ्दै पुल्चोकस्थित युएन बिल्डिङको गेटनिर पुग्छ । युएनको गेट पालेले हत्तर न पत्तर गेट बन्द गर्छ । सिंह बागमतीतिर ओरालो लाग्छ  ।

बाघको गन्ध पछ्याउँदै हिँडेको सिंहले एउटा सानो जङ्गल देख्छ । त्यो जङ्गल इण्डियन एम्बेसीभित्रको हुँदोरहेछ । सिंहलाई गेटमा देख्नासाथ इण्डियन एम्बेसीको गेट किपरले पनि ढोका लगाउँछ । नजिकै ब्रिटिश एम्बेसीले पनि गेट लगाइदिन्छ । ब्रिटिश एम्बेसीका मान्छेले अमेरिकन एम्बेसीमा फोन गरिदिन्छन् ।

केही दिनपछिको कुरा हो । स्वयम्भू जङ्गलको एउटा रूखको हाँगामा बसेर हङ्की बाँदर दूरबिनले शहर हर्ेदै हुन्छ । हर्ेदाहर्ेदै उसले हनुमानढोका नजिक तलेजु भवानीको मन्दिरमा मान्छेको हूल देख्छ । अझै नियालेर हर्ेदा त्यो हूलको बीचमा सिंह गर्जिरहेको देखिन्छ । हङ्की हत्तरपत्तर मोबाइलमा फोन लगाउँछ । वनकालीको रूखमा बसेको उसको साथी मङ्की फोन उठाएर सोध्छ, "हलो ! केही गुड न्यूज छ -" "अँ, छ । तुरुन्तै हनुमानढोका आउनुपर्‍यो, सिंहज्यू तलेजु मन्दिरमा हुनुहुन्छ, मान्छेहरू एकदम डराएका छन् ।" हङ्कीले एकैसासमा भनिसक्छ । "ल त तु. आएँ" भन्दै मङ्की फोन राख्छ ।

तलेजुको भीडमा केही विदेशी पर्यटकहरू पनि हुन्छन् । तीमध्ये एकजना डिस्कभरी च्यानलमा काम गर्ने वाइल्ड लाइफ विशेषज्ञ भन्दैथिए, "म समात्न सक्छु यो सिंहलाई, मैले धेरै वटा यस्ता बिच्केका सिंह, बाघ, भालु, हात्तीलाई समातेको छु ।" अर्को एक भारतीय पर्यटक भन्दैथिए, "म त र्सकसमा काम गर्ने मान्छे हुँ । त्यहाँ मेरो काम नै सिंह, बाघ, भालु, हात्ती नचाउने हो ।" अत्तालिएका र डराएका रैथाने मान्छेहरू चाहिँ "लौन जसले समाते पनि समातिदेऊ यो सिंहलाई, जसले भएपनि हुन्छ  !" भन्दैथिए । त्यत्ति नै बेला एउटा वृद्ध मान्छे कराउँछ, "हुँदैन, हुँदैन यो हाम्रो देउताको मन्दिरमा तिमी विदेशीहरू उक्लन पाउँदैनौँ  । तिमीहरू परै बस, मन्दिरमा नउक्ल ।"

यही बेला हस्याङफस्याङ गर्दै हङ्की र मङ्की आइपुग्छन्  । दुवै हात जोडेर सिंहलाई अभिवादन गर्छन् । हङ्की झुकेर भन्छ, "सिंहज्यू हामी तपाईंलाई लिन आएका ।" हङ्की र मङ्कीलाई देखेर सिंह एकछिन् अलमलमा पर्छ । तर तत्कालै "नकराऊ तिमीहरू" भनी भीडबाट बाहिरिन्छ र बेपत्ता हुन्छ ।

तलेजुबाट चिप्लिएको सिंह धेरै कालसम्म कतै देखापरेन  । कता अलप भो कता !

सात महिनापछि एकदिन अचानक स्वयम्भूको जङ्गलमा हङ्की र मङ्कीले लम्पसार परेर सुतिरहेको अवस्थामा सिंहलाई फेला पार्छन् । बाघ खोज्न भौँतारिँदा भौँतारिँदा सिंह गलिसकेको हुन्छ । टाइममा खान-सुत्न नपाएपछि उसका खुट्टा काम्न थालेका छन्, दुब्लो भएको छ । वास्तवमा बिरामी नै भइसकेको छ । उसले चिडियाघरमा आरामले सुतेको, मान्छेले फोटो खिचेको, ठेक्काको मासु खाएको झलझल सम्झन पनि थालेको छ ।

हङ्की र मङ्की विस्तारै सिंह भएतिर अघि बढ्छन् । स्वयम्भूका अरू बाँदर पनि पछि लाग्छन् । सिंह सुतेको नजिकैको रूखमा चढेर हङ्की र मङ्की सिंहलाई साष्टाङ्ग दण्डवत् चढाउँदै भन्न थाल्छन्, "हे प्रभु ! हामी त साना जनावर हौँ । हजुरको बल, बुद्धि, विवेकको के कुरा गरौँ, तैपनि भनेको मान्नुहुन्छ भने फर्किउFm, उतै चिडियाघरमै जाउFm, हजुर समेत हामी सबैको त्यहीँ भलो हुन्छ, हजुर भनेको चिडियाघरको शोभा पनि हो, मान हो, इज्जत हो । हजुर नहुँदा चिडियाघर नै शून्य भएको छ  ।" यत्तिकैमा सिंह गर्जन्छ, "मलाई सञ्चो छैन यहाँ आएर नकराओ  ।"

लखतरान भएको सिंहसँग यसपटक हङ्की र मङ्की सजिलै हच्किँदैनन्  । "सञ्चो भएन भने हामीसँग औषधि छ, ब्लड प्रेसर हर्ेने मिसिन-ड्रि्री छ" भनेर व्यागबाट सबैथोक झक्िदछन् । उपचारको सामान देखेपछि सिंह केही नरम हुन्छ । "लौ हेर त" भनेर खुट्टा पसारिदिन्छ ।

हङ्की सिंहको ब्लड प्रेसर नाप्न थाल्छ । मङ्की चाहिँ स्टेथेस्कोप सिंहको छातीमा राखेर मुटुको चाल गनिरहेको हुन्छ । यत्तिकैमा आत्तिएको स्वरमा हङ्की कराउँछ, "राम राम ! प्रेसर त औधी नै बढिसकेको रहेछ, सिंहज्यू ! यस्तो बेलामा चिन्ता केही लिनुहुँदैन । आराम गर्नुपर्छ, मीठो मीठो गीत-सङ्गीत सुन्नर्ुपर्दछ... ।" अलि टाढै बसेर हङ्कीका कुरा सुनिरहेका रैथाने दुइटा बाँदर हत्तपत्त एउटा रेडियो झक्िदै सोध्छन्, "यी हामीसँग यहीँ छ एफएम रेडियो, बजाउFm - गीत सुन्ने कि सङ्गीत  - एउटा बाँदरले रेडियो खोल्छ ।

रेडियोबाट आवाज आउँछ "यो अनुशासित एफएम २०६२ हो  । अब सुन्नुहोस् समाचार... होइन सूचनाः "केही समय अगाडिदेखि समाजमा डर, भय, त्रास र रक्तपात मच्चाइरहेको जङ्गली बाघ आज लैनचौर छेउको एउटा जङ्गलमा समातिएको छ । त्यो बाघलाई शुरुदेखि नै पिछा गरिरहेका सात वटा स्यालले जनताको सहयोगमा घेरामा पारी त्यहाँ पुर्‍याएका हुन् । बाघले तत्काल आक्रमण नगरोस् भनी उसलाई लठ्याउनका निम्ति देश विदेशका जनावर विशेषज्ञहरूले तत्कालै 'ट्रयाङ्कूलाइजर' हानेका छन् । यो खबर फैलिनासाथ मान्छेहरू खुशीले नाचगान गर्न थालेका छन् । यसै उपलक्ष्यमा डरत्रासले वषर्ाैँदेखि सुत्न नपाएका जनताहरूले तीन दिन छुट्टी मनाई आनन्दले गहिरो न्रि्रामा सुत्ने निर्ण्र्ाापनि गरेका छन् ।"

'सूचना' भनिन थालेको एफएम रेडियोको समाचार सुन्नासाथ सिंह टाउको ठाडो पार्छ । हङ्की र मङ्कीले "आखिर स्याल र जनताहरूले नै समातेछन् त्यो बाघलाई, जाउFm अब हामी चिडियाघरमा । आनन्दले त्यहीँ बसौँ, त्यहीँ हामी सुरक्षित हुन्छौँ" भन्दै फेरि सम्झाउँछन् ।

सिंहले टाउको हल्लाउँदै भन्छ, "अँ, बुझेँ !