खेलकुद
अन्योलमा फूटबल लीग

किरण पाण्डे |
'ए डिभिजन' क्लबहरूबीच शुरु भएको यस वर्षो राष्ट्रिय
लीग फूटबल प्रतियोगिता ५ पुससम्मका लागि स्थगित भएको छ । यसअघि दशैँ
र तिहारका कारण १८ असोजमा स्थगित लीग २१ कात्तिकमा शुरु गर्ने तालिका
आयोजक अखिल नेपाल फूटबल संघ -एन्फा) ले प्रकाशित गरेको थियो । तर २१
कात्तिकमा शुरु भएर तीन चरणको खेलपछि पुनः स्थगन गर्ने एन्फाको अर्को
निर्ण्र्ााो क्लबहरूले विरोध गरेपछि एकाएक ५ पुससम्मका लागि लीग स्थगन
हुन पुगेको हो ।
एन्फा अध्यक्ष गणेश थापा यू-१७ र यू-१९ एसियन कप छनोट
फूटबल प्रतियोगिता र साफ च्याम्पियनसीप फूटबल प्रतियोगिता सञ्चालन
गर्नुपरेका कारण लीग स्थगन गर्नुपरेको बताउँछन् । तर जानकारहरू लीग
स्थगनलाई एन्फा नेतृत्वको अदूरदर्शिताको परिणाम मान्दछन् । तिनको भनाइमा
एन्फाले खेल तालिका मिलाउन नसकेका कारण स्थगनको चटारो आइपरेको हो ।
नाम उल्लेख गर्न नचाहने एक एन्फा पदाधिकारीका अनुसार एसियन फूटबल काउन्सिल
तथा दक्षिण एसियाली फूटबल महासंघको तालिकालाई एन्फाले बेवास्ता गर्दै
लीग तालिका प्रकाशित गरेकै कारण यो सङ्कट आइपरेको हो ।
एन्फा अध्यक्ष थापा भने विविध कारणले साफ च्याम्पियनसीप
पछि र्सर्दै आएका कारण मिति यकिन गर्न गाह्रो परेको विडम्बना व्यक्त
गर्छन् । भन्छन्, "आवश्यक पर्दा लीगका खेलहरू पछि सार्दै जाने
गरिको तालिका बनाएका थियौँ ।"
त्यसो त साउनको दोस्रो सातामा एन्फाले लीगको खेल तालिका
प्रकाशमा ल्याउनुअघि नै २७ असारमै एएफसीले एन्फालाई यू-१७ र यू-१९
को खेल तालिकासहित आयोजनाको दाबीका लागि पत्राचार गरिसकेको थियो ।
त्यस्तै सन् २००५ को अन्त्यसम्ममा साफ च्याम्पियनसीप आयोजना हुने निर्ण्र्ााचौथो
साफ च्याम्पियनसीपकै दौरानमा ढाकामा बसेको एएफसीको बैठकले तय गरिसकेको
थियो भने एकपटकको स्थगन पछि २१ कात्तिकमा लीग शुरु हुनुअघि १२ कात्तिकमै
सिङ्गापुरमा बसेको एएफसीको बैठकले यो खेलको मिति तय गरेको थियो । तर
त्यसअघि लीगका दर्ुइ खेल कात्तिकसम्मका लागि सरेको बताए पनि एन्फाले
साफ च्याम्पियनसीपका बारेमा भने क्लबहरूलाई कुनै जानकारी गराएको थिएन
। नेपाली राष्ट्रिय टोलीका पर्ूव खेलाडी सुनिल तुलाधर हरेक पाटोमा
क्लबहरू कमजोर तथा एन्फा बलियो रूपमा प्रस्तुत हुने भएका कारण एन्फाले
आफूले चाहेजस्तो निर्ण्र्ाागर्दै आएको बताउँछन् । भन्छन्, "चित्त
बुझेपनि नबुझे पनि एन्फाको निर्ण्र्ाामान्नैपर्ने बाध्यता क्लब तथा
खेलाडीहरूका अगाडि छ ।"
तीन महिनाको स्थगन अवधि कसरी उपयोग गर्ने भन्ने कुरा
क्लबहरूले अझै निश्चय गर्न सकेका छैनन् । लामो अन्तरालको स्थगनले मुश्किलले
खेलाडीको तलब मात्र दिनसक्ने हैसियतका क्लबहरूलाई थप आर्थिक सङ्कटतर्फधकेलेको
छ । सङ्कटा क्लबका इन्द्रमान तुलाधरका अनुसार स्थगनका कारण उनको क्लबमा
मात्र थप रु.१ लाखको आर्थिक व्ययभार थपिएको छ । मिडटेबलमा प्रतिस्पर्धार्
गर्दै रहेका जावलाखेल, आरसीटी, प|mेन्ड्स र एनआरटीको हालत पनि करीब
करीब सङ्कटाकै जस्तो हो ।
स्थगनको समयावधि धेरै हुँदा खेलाडीहरूको नियमित प्रशिक्षण
हुनसकेको छैन । जसले गर्दा ती क्लबहरूको आगामी पर््रदर्शनमा उल्लेख्य
असर पर्ने निश्चित छ । मोफसलका खेलाडीको बाहुल्य रहेका कारण यी क्लबहरूले
अहिले ती खेलाडीहरूलाई राजधानीमै राखेर प्रशिक्षण गराउन सकेका छैनन्
।
क्लबहरूको स्थिति दयनीय भएको भएपनि तुलनात्मक रूपमा
आर्थिक रूपमा सशक्त रहेका प्रहरी, सशस्त्र प्रहरी तथा सेनाको टिमलाई
भने स्थगनले खासै असर पारेको छैन । विना कुनै प्रतिस्पर्धा सोझै ए
डिभिजनमा प्रवेश पाउँदै आएका यी विभागीय टिमहरूले आगामी दिनमा क्लबहरूले
व्यहोर्नु परेको प्रशिक्षण अभावको अवस्थाको फाइदा उठाउने सम्भावना
बलियो बनेको छ ।
लिग स्थगनको असर मोफसलका विभिन्न प्रतियोगिताहरूमा पनि
परेको छ । मङ्सिर-फाल्गुन बीच पोखरामा हुने गरेको आहा गोल्डकप, इटहरीमा
हुने हृदयेन्द्र गोल्डकप, धरानको बूढा सुब्बा गोल्डकप र झापामा हुने
त्रिभुवन च्यालेन्ज शिल्ड पनि अनिश्चयको घेरामा परेका छन् ।
•
मनोज घिमिरे
युवाहरूको अर्को सफलता

अनुपप्रकाश |
| यु-१९ एसिया कप विजेता टिमका कप्तान कनिष्क
चौगाइँ । |
करीब १५
हजार घरेलु दर्शकमाझ ४ मङ्सिरमा कर्ीर्तिपुर क्रिकेट मैदानमा नेपाली
युवा खेलाडीहरूले अर्को इतिहास रचे । त्यो दिन नेपाली टोली सन् २००१
र २००३ को विजयलाई निरन्तरता दिँदै यु-१९ एसिया कप क्रिकेटको उपाधि
जित्न सफल भयो । फाइनल भिडन्त थियो यु-१९ एसिया कपको चिरपरिचित प्रतिद्वन्द्वी
मलेसियासँग । उक्त खेलमा नेपालले मलेसियालाई पहिले ब्याटिङ गर्न निम्त्याउँदै
८३ रनमा आउट गर्यो । सानो विजय लक्ष्यलाई पूरा गर्न नेपाली टोलीलाई
खासै मेहनत गर्नु परेन, त्यो पूरा भयो २५.३ ओभरमै । र, नेपालले यु-१९
एसिया कप विजय शृङ्खलामा हृयाटि्रक गर्नुका साथै टेष्ट नखेल्ने एसियाली
राष्ट्रहरूमध्येबाट सन् २००६ मा श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकपमा
पनि आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । प्रतियोगिताको अर्को दाबेदार
मानिएको मलेसियालाई सस्तैमा आउट गर्न मुख्य भूमिका रहृयो, नेपाली अलराउण्डर
बन्टु बटाजुको । उनी एक्लैले पाँच मलेसियन खेलाडीहरूलाई पेबेलियन फर्काउन
सफल भए, अन्ततः फाइनलको म्यान द म्याच पुरस्कारको विजेता पनि ।
नेपाली खेलाडीहरू सहभागी अन्य टोलीको तुलनामा प्रतियोगिताका
सुरुआती चरणहरूबाटै हरेक पक्षमा सबल र सुदृढ देखिएका थिए । शुरुमा
केही कमजोर आँकिएको नेपाली ब्याटिङ लाइनअपले फाइनल नजिकिँदै जाँदा
आफूलाई झनै बलियो साबित गर्न सफल भयो । फाइनलसम्मको यात्रामा नेपालले
ब्रुनाइ, बहराइन, सिङ्गापुर र कुवेतलाई पराजित गरेको थियो । नेपाली
टोलीको उत्कृष्ट पर््रदर्शन, त्यसमा पनि कप्तान कनिष्क चौगाईं, शरद
भेषवाकर, बन्टु बटाजु तथा अमित भट्टर्राईको ब्याट र बलको जादु कर्ीर्तिपुरमा
उपस्थित हजारौँ दर्शकहरूले पछिसम्म सम्झिरहने छन् । नेपाली युवा टोलीको
यस पर््रदर्शनको थप श्रेय जान्छ श्रीलङ्कन प्रशिक्षक रोय डायस र केही
हदसम्म क्यानलाई पनि । यस उपलब्धिले नेपाली क्रिकेटमा सफलताको अर्को
अध्याय त थपेको छ, साथै यस्तै पर््रदर्शन सिनियर टोलीबाट पनि गराउने
चुनौती तर्ेर्सिएको छ, क्यानका सामु । जसका लागि क्यानले कुशल व्यवस्थापन,
क्रिकेट विशेषज्ञ, पुराना कुशल खेलाडीहरू र दूरगामी योजनाहरूका साथ
अगाडि बढ्नुपर्ने हुन्छ । त्यसो त यु-१९ एसिया कप लगत्तै काठमाडौँमा
सम्पन्न आइसीसीको विकास बैठक र त्यसका सहभागी अध्यक्ष एहसान मनी तथा
अन्य पदाधिकारीहरूको सकारात्मक प्रतिक्रियाले पनि आगामी दिनमा नेपाली
क्रिकेटले थप गतिलिने विश्वास धेरैले गरेका छन् ।
•
सुरेशराज न्यौपाने
|