जनता
साहित्य-सेतु

किरण पाण्डे |
शुरुमा उनी आएको
कसैलाई पत्तै भएन । जब हल्ला चल्यो, उनी र्फकने तयारीमा थिइन् । आफन्त
भेट्न असम-शोणितपुरबाट दर्ुइ साताअघि काठमाडौँ आएकी गीता उपाध्यायलाई
जे-जतिले भेटे, सबैको एउटै धारणा थियो, "साँच्चै उदाहरणीय रहेछ
यिनको भाषाप्रेम र साधना ।" नेपाल र असमबीच भाषा-साहित्यको सेतु
बनाउन तल्लीन गीता साहित्यिक पत्रकार संघले आयोजना गरेको स्वागत समारोहमा
भन्दै थिइन्, "पुगेन साहित्यिक आदानप्रदान । नेपालका पुस्तक,
पत्रपत्रिका असममा नपाउँदा हामी छट्पटाइरहेका छौँ ।"
चार दशकअघि नै गीताले यो छट्पटीको अनुभव गरेकी थिइन्
। अनूदित कृति 'एन प|mेंकको डायरी' मार्फ् साहित्यमा हात हालेकी, राजनीतिशास्त्रकी
पर्ूव प्राध्यापक गीताले असमी समाजमा नेपाली साहित्यको आलोक बाँड्ने
उद्देश्यले 'भानुभक्तको रामायण', महाकवि देवकोटाको 'मुनामदन' लगायतका
कृति असमियामा अनुवाद गरिन् र प्रशस्तै बटुलिन् पाठक तथा शुभेच्छाहरू
। नेपाली-असमी दुवै भाषाका उपन्यास, जीवनी, यात्रा-संस्मरणलगायतका
एक दर्जनभन्दा बढी कृतिकी लेखिका गीता अहिले चाहिँ अनुवादमै केन्द्रित
छिन्- नेपालीलाई असमी साहित्यको नयाँ स्वाद चखाउने अठोटका साथ । "सेतु
निर्माणकै अर्को चरण हो यो", असमिया नेपाली समुदायकी पहिलो महिला
प्राध्यापक, नेपाली-असमी दुवैमा लेख्ने पहिलो लेखिका, नेपाली साहित्य
परिषद असमकी पर्ूव अध्यक्ष गीता भन्छिन्, "असममा नेपाली कृति
नियमित नपुगे पनि नेपाली भाषा-साहित्यप्रति अगाध प्रेम छ । हामी हाम्रो
जातीय पहिचानलाई भुल्न, बिर्सन सक्दैनौँ । यसलाई मलजल गर्न पनि हामीले
लेख्नै पर्छ ।"
मिठाईजस्तै मीठो सफलता

जेबी पुन

|
अठ्तीस वर्षघि
लुँगी, गञ्जी र गम्छा भिरेर पसिनाले न्रि्रुक्क भिज्दै मिर्ठाई बनाउने
राधेश्याम हलवाईको अहिलेको ठाँटबाँट देख्दा उनका समकालीनहरू ज्रि्रो
टोक्छन् । भैरहवामा एउटा झुप्रोबाट मिर्ठाई पसल शुरु गरेका हलवाईसँग
यतिखेर सम्पत्ति, वैभव सबथोक छ । यो सबै उनले मिर्ठाई बेचेरै जोडेका
हुन् ।
जेठा छोरा पवनका नाममा मिष्ठान्न पसल चलाउँदै
आएका राधेश्यामका मिर्ठाईहरू देशविदेशसम्म लोकप्रिय छन् । भैरहवा-क्षेत्रबाट
विदेशिएका नेपालीहरूले आफन्तजनसँग मगाउने नियमित उपहारमै पर्छन् पवन
भण्डारका मिर्ठार्इर्र्त्यसमा पनि स्वादिलो पेडा -हे.बायाँ) । अझ उल्लेख्य
कुरा, भैरहवा पुग्ने जो-कोहीलाई पनि उनको पसलमा नपुगी धीतै मर्दैन
। पाँच वर्षघि खुलेको सुविधासम्पन्न पवन होटल अनि एक वर्षघि शुरु भएको
पवन मिष्ठान्नको बुटवल-शाखा समेतमा देख्न सकिन्छ राधेश्यामको खुबी
। व्यापार थला परेको अहिलेको अवस्थामा समेत भैरहवास्थित उनको पसलका
पचास कर्मीलाई भ्याई-नभ्याई छ । यसका पछाडि कुनै रहस्य छ कि - "शुद्धतामा
नो कम्प्रोमाइज, काममा उही पुरानै जोशखरोस" ५६ वषर्ीय हलवाई भन्छन्,
"गुणस्तर ब्रि्रेला भनेर आफ्नै रेखदेखमा काम गराउँछु ।"
मिर्ठाईकै आम्दानीबाट राधेश्यामका जेठा छोरा
राजनीतिशास्त्रमा एमए, माहिला छोराबुहारी दन्तचिकित्सामा उच्च अध्ययन
र कान्छा छोरा न्युजिल्याण्डमा होटल म्यानेजमेन्ट कोर्स गर्दैछन् ।
यी सबैका अभिभावक राधेश्याममा सम्पत्ति/ ख्यातिको दम्भ रत्तिभर देखिँदैन
। उस्तै छ, विनयी आनीबानी । मेहनतसाथ लागिपरे जुनसुकै क्षेत्रमा उन्नति
गर्न सकिने बताउँदै हलवाई भन्छन्, "गरे घरआँगनमै अवसरहरू छन्,
कतै जानै पर्दैन ।"
|