हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन | चैनपुर- संखुवासभा

सडक, सडक, फेरि पनि सडक !

चैनपुर होइन, चयनपुर । साना-तिना लडाइँ र झगडाले थाकेका तत्कालीन राजाहरूको 'चयन' गर्ने थलोका रूपमा प्रस्तुत हुँदैआएको चैनपुर कुनै बेला एउटा ठूलो पहाडी शहर थियो । तिब्बतमा दलाई लामाको राज्य छउन्जेल चैनपुर 'भोटे'हरूको गोला बजार थियो । यसले ताप्लेजुङ र सिक्किमसम्म आफ्नो व्यापारिक महत्त्व कायम गरेको थियो । चैनपुरेहरू अहिलेसम्म त्यही इतिहासको अभिमानमा बाँचेका छन् । यदाकदा उनीहरूको यो अभिमान दम्भका रूपमा समेत प्रस्तुत हुने गर्दछ ।

जिल्लाहरूको पुनर्विभाजनका क्रममा २०२४ सालमा सरकारी कार्यालयहरू खाँदबारी र्सर्ने क्रम शुरु भएपछि चैनपुर ओरालो लाग्न थाल्यो । बजारको चमक-दमक धमिलिँदै गयो । २०३१ सालमा सबै सरकारी कार्यालय खाँदबारी सरेपछि चैनपुर पूरै ओझेलमा पर्‍यो । तैपनि, वि.सं. १९६१ मा स्थापित पर्ूव ६ नम्बरको न्यायपालिका -अदालत) लाई चैनपुरेहरूले विस्थापित हुनबाट जोगाए । अहिले पनि संखुवासभाको जिल्ला अदालत चैनपुरको गौरव धानेर टिकेको छ ।

तर, हिंसात्मक द्वन्द्वको चर्को रापले सेकिएको यो भेगमा मुद्दा-मामिला न्यूनतम बिन्दुमा झरेका छन् । २४ वैशाख २०५८ को आक्रमणमा माओवादीहरूले पराजय व्यहोर्नु परे पनि उनीहरूको प्रभाव विस्तारमा त्यसले खासै अन्तर ल्याएन । आफ्नो नेतृत्वमा सशस्त्र प्रहरी बलको गठनपछि चैनपुरका भूमिपुत्र स्वर्गीय कृष्णमोहन श्रेष्ठले सशस्त्र प्रहरी 'बेसक्याम्प' को स्थापना गरे । यसबाट चैनपुर बजारले निकै सुरक्षित भएको अनुभव गरे पनि बजार बाहिरका गाउँ र वस्तीहरूमा हिंसाको दबाब घट्न सकेन । चैनपुर नजिकको खराङ गाविसमा गस्ती गरिरहेका एकजना सुरक्षाकर्मीले बताए, "हामीले जनतालाई सुरक्षाको अनुभूति दिनसकेका छैनौँ । वास्तवमा जनताको अवस्था दर्ुइ साँढेहरूको मिचाइमा परेको बाच्छाको जस्तै छ ।"

चैनपुर बजार र सदरमुकाम खाँदबारीबीचको सम्बन्ध निकै चिसो छ । खाँदबारीमा बस्ने जिल्ला विकास समिति अक्करको भीर फोडेर धनकुटाको लेगुवासँग मोटरबाटोले जोडिन जति उत्साहित देखिन्छ, त्यति नै चैनपुर-बसन्तपुर सडक निर्माणप्रति उदासीन छ । जिल्ला विकास बजेटको एक प्रतिशत हिस्सा पनि चैनपुर र आसपासका वस्तीहरूको विकासका लागि नछुट्याएको आरोप लगाउनुहुन्छ उद्योग बाणिज्य संघका महासचिव राम दाहाल । उहाँको भनाइ छ, "हामीहरू जिल्लाको मूलधारबाट काटिँदै गएका छौँ । यो राम्रो प्रवृत्ति होइन ।"

करुवा र कुरौनीका लागि ख्याति कमाएको चैनपुरमा करुवा उद्योग आवश्यक कच्चा पदार्थ र भरपर्दो बजारको अभावमा सुस्ताइसकेको छ । दूध, तरकारी र फलफूल उत्पादनले बजारवासीलाई आत्मनिर्भर बनाएको छ भने अलैँची खेतीको प्रचूरताले द्वन्द्वको अवस्थामा पनि गाउँका जनतालाई एक हदसम्म आर्थिक रूपले स्वतन्त्र बनाएको छ । गुफापोखरीका हरि खनालका शब्दमा, "शान्ति भए विकासका अनन्त सम्भावनाहरूको ढोका खुलेका छन् । हामी पसिना बगाउन तयार छौँ । तर, हाम्रो पसिनामा आफ्नै भाइछोराको रगत मिसिन थालेपछि हामीले कसरी काम गर्ने - यसपटक उनीहरूले युद्धविराम गरेपछि हामीले सोचेका थियौँ, अब सरकारले पनि युद्धविराम गर्ला र शान्तिवार्ता होला । तर, सरकार अलिकति पनि नलच्किएको देख्दा हाम्रो चित्त दुःखेको छ । मान्छे मात्रै मारेर त यो समस्याको समाधान कसरी होला र -"

मोटरबाटोले कतैबाट नजोडिनुलाई स्थानीय बासिन्दाले चैनपुरको दर्ुभाग्य सम्झिएका छन् । "सयौँपल्ट र्सर्भे भयो, सयौँ प्रयास र प्रयत्नहरू भए, तर पनि मोटरको बाटो पिलुवाबाट माथि उक्लिन सकेन । बाटो बने हामी बसन्तपुर हुँदै धनकुटा-धरानसँग जोडिन्थ्यौँ । हाम्रा उत्पादनले बजार पाउँथे र चैनपुरले नयाँ जीवन पाउँथ्यो" उद्योग बाणिज्य संघ चैनपुरका पर्ूवअध्यक्ष पर्वत श्रेष्ठ भन्नुहुन्छ "हामीसँग अलिकति मात्र पर्ूवाधार भए चैनपुरलाई साँच्चै चयनपुर बनाउने हिम्मत छ हामीमा ।"

मोटरको बाटो बन्न नसक्नुमा पनि हिंसात्मक द्वन्द्व नै कारक रहेको छ । माओवादीहरूले विकासका बारेमा कुनै दृष्टिकोण बनाउन सकेको देखिएको छैन । जिल्लामा ठूलो आक्रमण भएको छैन । जनताले यसका लागि माओवादीका केन्द्रीय नेता रहेका वासु शाक्यलाई जस दिने गरेका छन् । शाक्य चैनपुरकै हुन् । व्रि्रोहीहरूले सडक निर्माण बजेटको १३ प्रतिशत हिस्सा मागेपछि बिच्किएका आर.एन.डी.पी. र 'र्‍याप' जस्ता सहयोगीहरू एकपटक फेरि चैनपुर फर्किएका छन् । सडक निर्माणका लागि ५० वटा उपभोक्ता समूहको गठन पनि भइसकेको छ । तर, सडक योजना पटकपटक बन्दै ब्रि्रँदै गरेकोले सहयोगीहरूले न त छिटो सडक निर्माण हुने प्रतिबद्धता व्यक्त गर्न सकेका छन्, न जनताले नै छिटै बाटो बन्ने कुरामा विश्वास गर्न नै सकेका छन् । यता आएर, ढिलोचाँडो चैनपुर र बसन्तपुरबीच मोटर चल्ने सम्भावना बढेको छ । तर, अहिलेको चैनपुरका लागि यति मात्र पर्याप्त छैन । स्थानीय स्रोतको परिचालन राम्रोसँग हुन नसकेको खण्डमा मोटरको बाटोले चैनपुरलाई अर्को धनकुटा जस्तै अर्को असान्दर्भिक बजार नबनाउला भन्न सकिँदैन । यसतर्फचैनपुरवासीले त्यति विचार पुर्‍याउन सकेका छैनन्  ।

१५०० जनसङ्ख्या भएको बजारबाट तीस परिवार विस्थापित भइसकेका छन् । बजारको माथिल्लो भाग चकमन्न देखिन्छ । अलिकति चहलपहल बजारको तल्लो भागमा मात्र छ । बजारमा टेलिफोन सेवा जोगिए पनि सँगैका गाउँहरू सञ्चारविहीन छन् । जिल्ला विकास समितिका पर्ूवसभापति तुलसी न्यौपाने भन्नुहुन्छ, "जिल्ला यसै पनि विकट छ, त्यसमा सञ्चारको समस्याले सङ्कट थपेको छ । हामीले जिल्लाका सबैजसो गाउँमा टेलिफोन पुर्‍याएका थियौँ, तर माओवादीहरूले सबै ध्वस्त पारिदिए ।"

चैनपुरेहरूले चन्दा नदिएको झोँकमा व्रि्रोहीहरूले सशस्त्र प्रहरीलाई पानी दिएको आरोप लगाएर चैनपुरमा पानी आपर्ूर्ति गर्ने सिद्धपोखरीछेउको जलाशायको पाइप काटिदिएपछि बजार र छेउछाउका वस्तीमा पानीको हाहाकार भयो । उद्योग बाणिज्य संघ, खानेपानी उपभोक्ता समिति र मानवअधिकारवादीहरूको पहलमा बल्लतल्ल गएको भदौको अन्त्यमा पाइप जोडियो । त्यसपछिका दिनहरूमा व्रि्रोहीहरू केही नरम देखिएका छन् । तरुण दलका स्थानीय नेता कुमारबाबु अधिकारी भन्नुहुन्छ, "एकपटक त गाउँ नै छाड्नुपर्ने अवस्था पनि आएको थियो । तर अहिले स्थिति सुध्रिएको छ । विकास र राजनीतिक दलहरूको क्रियाकलापमा उनीहरूले खासै अवरोध नगर्लान् भन्ने आशा पलाएको छ ।"