हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रतिक्रिया | दल-माओवादी समझदारी

समझदारीका १२ बुँदा

आज देशमा लोकतन्त्र, शान्ति, समृद्धि, सामाजिक अग्रगमन तथा स्वतन्त्र र्सार्वभौम नेपाल आम नेपाली जनताको प्रमुख चाहना हो । त्यसका निम्ति प्रमुख बाधक निरङ्कुश राजतन्त्र हो भन्ने कुरामा हामी पर्ूण्ा सहमत छौँ । निरङ्कुश राजतन्त्र अन्त्य गरेर पर्ूण्ा लोकतन्त्र स्थापना नगरेसम्म देशमा शान्ति, प्रगति र समृद्धि सम्भव छैन भन्ने हाम्रो स्पष्ट धारणा छ । त्यसैले निरङ्कुश राजतन्त्रविरोधी सम्पर्ूण्ा शक्तिहरूले निरङ्कुश राजतन्त्रका विरुद्ध आ(आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर निरङ्कुश राजतन्त्रलाई अन्त्य गरी पर्ूण्ा लोकतन्त्र स्थापना गर्ने समझदारी भएको छ ।

आन्दोलनको शक्तिले संसद्को पुनर्स्थापन गर्ने र त्यसको निर्ण्र्ााे अधिकारसम्पन्न र्सवदलीय सरकार, माओवादीसँग वार्ता र सहमतिका आधारमा संविधानसभाको निर्वाचन गरी पर्ूण्ा लोकतन्त्र स्थापना गरेर नै देशमा विद्यमान द्वन्द्वको समाधान गर्न सकिन्छ र र्सार्वभौमसत्ता र राजकीय सत्ता पर्ूण्ा रूपले जनतामा स्थापित गर्न सकिन्छ भन्ने कुरामा आन्दोलनरत सात राजनीतिक दलहरू पर्ूण्ा प्रतिबद्ध छन् । आन्दोलनरत लोकतान्त्रिक शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने र त्यसको निर्ण्र्ााे अन्तरिम सरकार बनाई संविधानसभाको निर्वाचन गरेर उल्लेखित लक्ष्य हासिल गर्न सकिन्छ भन्ने ने.क.पा. -माओवादी) को धारणा र प्रतिबद्धता रहेको छ । यो प्रक्रियागत कार्यसूचीको विषयमा आन्दोलनरत सात राजनीतिक दल र ने.क.पा. -माओवादी) बीचमा सम्वाद चलाउँदै जाने र साझा सहमतिको खोजी गर्ने समझदारी बनेको छ । उक्त लक्ष्य हासिल गर्न जनआन्दोलनको शक्ति नै एक मात्र विकल्प हो भन्ने कुरामा समझदारी भएको छ ।

देशले आज सशस्त्र द्वन्द्वको सकारात्मक समाधानका साथ स्थायी शान्ति स्थापनाको माग गरेको छ । त्यसैले हामी निरङ्कुश राजतन्त्रको अन्त्य र उक्त प्रक्रियागत आधारमा आउने संविधानसभाको निर्वाचन र पर्ूण्ा लोकतन्त्र स्थापनाको अग्रगामी राजनीतिक निकासद्वारा देशमा विद्यमान सशस्त्र द्वन्द्वको अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न दृढ सङ्कल्पित छौँ । यस प्रक्रियाद्वारा शान्तिपर्ूण्ा नयाँ राजनीतिक धारमा अघि बढ्न ने.क.पा. -माओवादी) प्रतिबद्धता व्यक्त गर्दछ । यसै सर्न्दर्भमा निरङ्कुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दाे अन्तर्रर्ााट्रय सुपरीवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने समझदारी भएको छ । वार्ता प्रक्रियामा समेत भरपर्दाे अन्तर्रर्ााट्रय समुदायको संलग्नतालाई हामी अपेक्षा गर्दछौँ ।

प्रतिस्पर्धात्मक बहुदलीय शासनप्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानूनी राज्यको अवधारणा, मौलिक हक आदि लोकतान्त्रिक मूल्यमान्यताप्रति ने.क.पा. -माओवादी) ले आफ्नो प्रतिबद्धता प्रस्टताका साथ संस्थागत ढङ्गले र्सार्वजनिक गर्दै तदनुरुप आफ्ना गतिविधिहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ने.क.पा.-माओवादी) ले सशस्त्र द्वन्द्वको क्रममा विस्थापित हुन पुगेका अन्य लोकतान्त्रिक पार्टर्ीी नेता, कार्यकर्ता र जनतालाई यथास्थानमा र्फकेर ससम्मान बसोबास गर्ने, उनीहरूको अन्यायपर्ूण्ा तरिकाबाट कब्जा गरिएका घरजग्गा, सम्पत्ति फिर्ता गर्ने र उनीहरूलाई निर्वाध ढङ्गले राजनीतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विगतका गल्ती कमजोरीहरूको आत्मसमीक्षा र आत्मआलोचना गर्दै भविष्यमा गल्ती कमजोरी हुन नदिन ने.क.पा. -माओवादी) ले प्रतिबद्धता व्यक्त गरेको छ ।

सात राजनीतिक दलहरूले विगतमा संसद र सरकारमा छँदा भएका गल्तीकमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्तीकमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त भएको छ ।

शान्ति प्रक्रियालाई अघि बढाउने सर्न्दर्भमा मानवअधिकारका मूल्यमान्यताहरूलाई पर्ूण्ा सम्मान गर्ने र तिनका आधारमा अघि बढ्ने तथा प्रेस स्वतन्त्रताको सम्मान गर्ने कुरा प्रतिबद्धता गरिएको छ ।

जनता र अन्तर्रर्ााट्रय समुदायलाई भ्रम दिने तथा राजाको निरङ्कुश र अवैधानिक शासनलाई वैधानिकता प्रदान गर्ने कुत्सित उद्देश्यका लागि अघि सारिएको नगरपालिकाको निर्वाचनको घोषणा र संसदको निर्वाचनको चर्चा एउटा कपटपर्ूण्ा चाल भएकाले त्यसलाई आ(आफ्नो ढङ्गले सक्रिय बहिष्कार गर्ने घोषणा गर्दै त्यस्तो निर्वाचनलाई असफल बनाउन आम जनतालाई आहृवान गरिएको छ ।

१० जनता र तिनका प्रतिनिधि राजनीतिक दलहरू नै राष्ट्रियताका वास्तविक पहरेदार हुन् । त्यसैले देशको स्वाधीनता, र्सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकताप्रति हामीहरू पर्ूण्ा रूपले प्रतिबद्ध छौँ । शान्तिपर्ूण्ा सहअस्तित्वका सिद्धान्तका आधारमा संसारका सबै मुलुकहरूसँग मैत्री सम्बन्ध र छिमेकी मुलुकहरू ख्ाासगरी भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्नु हामी सबैको साझा कर्तव्य हो । परन्तु आफ्नो निरङ्कुश र अवैधानिक शासन टिकाउन र देशभक्त जनतालाई भ्रम दिन राजा र राजावादीहरूले मण्डले राष्ट्रवादको हौवा खडा गर्ने र राजनीतिक दलहरूको देशभक्तिमाथि प्रश्नचिन्ह खडा गर्ने जुन मित्थ्या प्रयास गरिरहेका छन् त्यसबाट र्सतर्क रहन हामी सम्पर्ूण्ा देशभक्त जनसमुदायलाई आग्रह गर्दछौँ र अन्तर्रर्ााट्रय शक्तिहरू र जनसमुदायलाई नेपालको निरङ्कुश राजतन्त्रविरोधी लोकतान्त्रिक आन्दोलनलाई हरतरहले साथ दिन अपील गर्दछौँ ।

११ लोकतन्त्र शान्ति, समृद्धि, अग्रगामी सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, र्सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राखेर भएका हाम्रा यी समझदारीका आधारमा सञ्चालित हुने शान्तिपर्ूण्ा जनआन्दोलनमा सक्रिय सहभागिता जनाई आन्दोलनलाई सफल बनाउन हामी नागरिक समाज, पेशागत समुदाय, जनवर्गीय संघ(सङ्गठनहरू सबै जाति र क्षेत्रका जनता, पत्रकारजगत, बुद्धिजीवीहरू र आम नेपाली जनसमुदायमा हार्दिक आहृवान गर्दछौँ ।

१२ विगतमा दलहरूबीच भएका अनुपयुक्त व्यवहारहरूको सर्न्दर्भमा दल विशेषले आपत्ति जनाएका र छानबिनको माग गरेका घटनाहरूको सम्बन्धमा छानबिन गर्ने र दोषी पाइएमा दोषीलाई कार्वाही गरी र्सार्वजनिक रूपमा जानकारी गराउने साझा प्रतिबद्धता व्यक्त भएको छ । अब उप्रान्त दलहरूबीच समस्या उत्पन्न भए सम्बन्धित तह वा नेतृत्व तहमा छलफल गरेर सम्वादको माध्यमबाट समस्याहरूको समाधान गर्ने समझदारी भएको छ ।


सन्तुष्ट

"समझदारी अनुसार माओवादीले आफ्ना प्रतिबद्धतालाई व्यवहारमा निरन्तरता दिन्छन्/दिँदैनन् वा हिंसा र जबर्जस्ती रोक्छन्/रोक्दैनन्, त्यसका आधारमा यसलाई हेरिनेछ । ... नजिक र मैत्री छिमेकी राष्ट्रको रूपमा भारत-नेपालका सबै सम्बद्ध पक्षहरूको इमान्दारीपर्ूण्ा प्रयास र योगदानबाट शान्ति, स्थायित्व र आर्थिक विकासका गतिविधि चाँडै पुनःस्थापना हुने आशा राख्छ ।"
भारत, ८ मङ्सिर
"हाम्रो न्यूनतम कुरा के हो भने राजाले दलहरूसँग कुरा गनर्ैर्ैैर् । ... समस्या समाधान नभए हिंसात्मक गतिविधिमा र्फकन्छौँ भन्ने प्रचण्डको भनाइ चिन्ताजनक छ ।"
जेम्स एफ् मोरिआर्टर्ीीअमेरिकी राजदूत, ११ मङ्सिर
"यो सहमतिमार्फ् माओवादीले प्रजातान्त्रिक राजनीतिक निकासका लागि हिंसा त्यागेर मानवअधिकार उल्लङ्घनजन्य कार्य बन्द गर्छन् भने लामो समयदेखि प्रताडित नेपाली जनताका लागि यो स्वागतयोग्य कुरा हो ।"
बेलायत, १३ मङ्सिर
"महासचिव अन्नान दल-माओवादीबीच भएको समझदारीको स्वागत गर्नुहुन्छ । र, होसियारीका साथ यसको अध्ययन गरिरहनुभएको छ ।"
सं.रा.सं. का महासचिव कोफी अन्नान, ९ मङ्सिर
"समझदारी प्रक्रिया कसैले गर्‍यो होला, राष्ट्रका लागि शान्ति मूल कुरा हो, त्यसमा योगदान हुन्छ भने त्यो सकारात्मक हो ।"
मन्त्रिपरिषद उपाध्यक्ष कर्ीर्तिनिधि विष्ट, ९ मङ्सिर
"संसदवादी दलहरूसँग बसेर निकास खोज्न राजा असफल भएकैले दल-माओवादी ध्रुवीकरण सम्भव भएको हो । सङ्कटको निकास सैन्यबलबाट नभएकोले दल-माओवादी १२ बुँदे समझदारीलाई सकारात्मक मान्नर्ुपर्छ ।"
राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, ११ मङ्सिर
"यो समझदारी सकारात्मक छ । तर यसले पर्ूण्ाता प्राप्त गर्छ कि गर्दैन, त्यो विचारणीय छ ।"
पर्ूव प्रम लोकेन्द्रबहादुर चन्द, ७ मङ्सिर
"यो नयाँ परिस्थिति उत्पन्न हुनुमा सत्तापक्षको ठूलो योगदान छ ।"
राष्ट्रिय जनशक्ति पार्टर्ीी१० मङ्सिर

असन्तुष्ट

"यो सहकार्य शान्तिको बाटो होइन, अपवित्र गठबन्धन भएकोले बहिष्कार गर्नुपर्छ । ... उनीहरूको सम्झौतामा शान्तिको कुरा छैन, युद्ध झन् चर्कन्छ । ... ७ दल आतङ्ककारीको मतियार भएका छन् । त्यसैअनुरुप उनीहरूलाई कारबाही गर्नर्ुपर्छ  ।"
पर्ूव प्रधानसेनापति सत्चित शमशेर राणा, ८ मङ्सिर
"देशमा शान्ति स्थापनाको कुरा जसले भने पनि र जसले प्रयास गरेपनि सुखद् हो । तर पराइको खटनपटन र प्रयासमा हुने काम नेपालको हितमा हुँदैन ।"
परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे
८ मङ्सिर
"स्वार्थको गठबन्धन अप्राकृतिक बन्न पुग्यो भने दर्ुभाग्यपर्ूण्ा हुनसक्छ । हरेक चिजको उठान र बैठान स्वाभाविक हुनर्ुपर्छ ।... बाहिरबाट निर्देशित ढङ्गले शान्ति दिन सकिँदैन  ।"
सूचना तथा सञ्चारमन्त्री टङ्क ढकाल,
८ मङ्सिर
"सात दल र माओवादी साँच्चै शान्ति बहालीका लागि समझदारीमा गएका हुन् भने पहिले माओवादीले हतियार थन्क्याएर वार्तामा आउनर्ुपर्छ ।"
सभामुख तारानाथ रानाभाट
११ मङ्सिर
"विदेशीको दबाबले ल्याएको समझदारीमा हामी सहमति जनाउँदै गयौँ भने मुलुकमा विदेशीहरूको प्रमुखता कायम हुन्छ  ।"
नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे
१३ मङ्सिर
"के माओवादीले आफ्ना हतियार विदेशीलाई बुझाउनकै लागि उठाएका हुन् त - यो माओवादीहरूमा आएको सैद्धान्तिक विचलन हो ।"
संयुक्त जनमोर्चाका नेता चित्रबहादुर केसी
१० मङ्सिर

प्रस्तुतिः ध्रुव सिम्खडा
तस्बिरहरूः किरण पाण्डे, अजय जोशी