प्रतिक्रिया | दल-माओवादी समझदारी
समझदारीका १२ बुँदा
१ आज देशमा लोकतन्त्र, शान्ति, समृद्धि,
सामाजिक अग्रगमन तथा स्वतन्त्र र्सार्वभौम नेपाल आम नेपाली जनताको
प्रमुख चाहना हो । त्यसका निम्ति प्रमुख बाधक निरङ्कुश राजतन्त्र हो
भन्ने कुरामा हामी पर्ूण्ा सहमत छौँ । निरङ्कुश राजतन्त्र अन्त्य गरेर
पर्ूण्ा लोकतन्त्र स्थापना नगरेसम्म देशमा शान्ति, प्रगति र समृद्धि
सम्भव छैन भन्ने हाम्रो स्पष्ट धारणा छ । त्यसैले निरङ्कुश राजतन्त्रविरोधी
सम्पर्ूण्ा शक्तिहरूले निरङ्कुश राजतन्त्रका विरुद्ध आ(आफ्ना ठाउँबाट
प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी
निर्माण गरेर निरङ्कुश राजतन्त्रलाई अन्त्य गरी पर्ूण्ा लोकतन्त्र
स्थापना गर्ने समझदारी भएको छ ।
२ आन्दोलनको शक्तिले संसद्को पुनर्स्थापन
गर्ने र त्यसको निर्ण्र्ााे अधिकारसम्पन्न र्सवदलीय सरकार, माओवादीसँग
वार्ता र सहमतिका आधारमा संविधानसभाको निर्वाचन गरी पर्ूण्ा लोकतन्त्र
स्थापना गरेर नै देशमा विद्यमान द्वन्द्वको समाधान गर्न सकिन्छ र र्सार्वभौमसत्ता
र राजकीय सत्ता पर्ूण्ा रूपले जनतामा स्थापित गर्न सकिन्छ भन्ने कुरामा
आन्दोलनरत सात राजनीतिक दलहरू पर्ूण्ा प्रतिबद्ध छन् । आन्दोलनरत लोकतान्त्रिक
शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने र त्यसको निर्ण्र्ााे
अन्तरिम सरकार बनाई संविधानसभाको निर्वाचन गरेर उल्लेखित लक्ष्य हासिल
गर्न सकिन्छ भन्ने ने.क.पा. -माओवादी) को धारणा र प्रतिबद्धता रहेको
छ । यो प्रक्रियागत कार्यसूचीको विषयमा आन्दोलनरत सात राजनीतिक दल
र ने.क.पा. -माओवादी) बीचमा सम्वाद चलाउँदै जाने र साझा सहमतिको खोजी
गर्ने समझदारी बनेको छ । उक्त लक्ष्य हासिल गर्न जनआन्दोलनको शक्ति
नै एक मात्र विकल्प हो भन्ने कुरामा समझदारी भएको छ ।
३ देशले आज सशस्त्र द्वन्द्वको सकारात्मक
समाधानका साथ स्थायी शान्ति स्थापनाको माग गरेको छ । त्यसैले हामी
निरङ्कुश राजतन्त्रको अन्त्य र उक्त प्रक्रियागत आधारमा आउने संविधानसभाको
निर्वाचन र पर्ूण्ा लोकतन्त्र स्थापनाको अग्रगामी राजनीतिक निकासद्वारा
देशमा विद्यमान सशस्त्र द्वन्द्वको अन्त्य गरी स्थायी शान्ति स्थापना
गर्न दृढ सङ्कल्पित छौँ । यस प्रक्रियाद्वारा शान्तिपर्ूण्ा नयाँ राजनीतिक
धारमा अघि बढ्न ने.क.पा. -माओवादी) प्रतिबद्धता व्यक्त गर्दछ । यसै
सर्न्दर्भमा निरङ्कुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको
क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा
भरपर्दाे अन्तर्रर्ााट्रय सुपरीवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र
र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने
समझदारी भएको छ । वार्ता प्रक्रियामा समेत भरपर्दाे अन्तर्रर्ााट्रय
समुदायको संलग्नतालाई हामी अपेक्षा गर्दछौँ ।
४ प्रतिस्पर्धात्मक बहुदलीय शासनप्रणाली,
नागरिक स्वतन्त्रता, मानवअधिकार, कानूनी राज्यको अवधारणा, मौलिक हक
आदि लोकतान्त्रिक मूल्यमान्यताप्रति ने.क.पा. -माओवादी) ले आफ्नो प्रतिबद्धता
प्रस्टताका साथ संस्थागत ढङ्गले र्सार्वजनिक गर्दै तदनुरुप आफ्ना गतिविधिहरू
अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
५ ने.क.पा.-माओवादी) ले सशस्त्र द्वन्द्वको
क्रममा विस्थापित हुन पुगेका अन्य लोकतान्त्रिक पार्टर्ीी नेता, कार्यकर्ता
र जनतालाई यथास्थानमा र्फकेर ससम्मान बसोबास गर्ने, उनीहरूको अन्यायपर्ूण्ा
तरिकाबाट कब्जा गरिएका घरजग्गा, सम्पत्ति फिर्ता गर्ने र उनीहरूलाई
निर्वाध ढङ्गले राजनीतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता
व्यक्त गरेको छ ।
६ विगतका गल्ती कमजोरीहरूको आत्मसमीक्षा
र आत्मआलोचना गर्दै भविष्यमा गल्ती कमजोरी हुन नदिन ने.क.पा. -माओवादी)
ले प्रतिबद्धता व्यक्त गरेको छ ।
७ सात राजनीतिक दलहरूले विगतमा संसद
र सरकारमा छँदा भएका गल्तीकमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता
गल्तीकमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त भएको छ ।
८ शान्ति प्रक्रियालाई अघि बढाउने
सर्न्दर्भमा मानवअधिकारका मूल्यमान्यताहरूलाई पर्ूण्ा सम्मान गर्ने
र तिनका आधारमा अघि बढ्ने तथा प्रेस स्वतन्त्रताको सम्मान गर्ने कुरा
प्रतिबद्धता गरिएको छ ।
९ जनता र अन्तर्रर्ााट्रय समुदायलाई
भ्रम दिने तथा राजाको निरङ्कुश र अवैधानिक शासनलाई वैधानिकता प्रदान
गर्ने कुत्सित उद्देश्यका लागि अघि सारिएको नगरपालिकाको निर्वाचनको
घोषणा र संसदको निर्वाचनको चर्चा एउटा कपटपर्ूण्ा चाल भएकाले त्यसलाई
आ(आफ्नो ढङ्गले सक्रिय बहिष्कार गर्ने घोषणा गर्दै त्यस्तो निर्वाचनलाई
असफल बनाउन आम जनतालाई आहृवान गरिएको छ ।
१० जनता र तिनका प्रतिनिधि राजनीतिक
दलहरू नै राष्ट्रियताका वास्तविक पहरेदार हुन् । त्यसैले देशको स्वाधीनता,
र्सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकताप्रति हामीहरू
पर्ूण्ा रूपले प्रतिबद्ध छौँ । शान्तिपर्ूण्ा सहअस्तित्वका सिद्धान्तका
आधारमा संसारका सबै मुलुकहरूसँग मैत्री सम्बन्ध र छिमेकी मुलुकहरू
ख्ाासगरी भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्नु हामी सबैको
साझा कर्तव्य हो । परन्तु आफ्नो निरङ्कुश र अवैधानिक शासन टिकाउन र
देशभक्त जनतालाई भ्रम दिन राजा र राजावादीहरूले मण्डले राष्ट्रवादको
हौवा खडा गर्ने र राजनीतिक दलहरूको देशभक्तिमाथि प्रश्नचिन्ह खडा गर्ने
जुन मित्थ्या प्रयास गरिरहेका छन् त्यसबाट र्सतर्क रहन हामी सम्पर्ूण्ा
देशभक्त जनसमुदायलाई आग्रह गर्दछौँ र अन्तर्रर्ााट्रय शक्तिहरू र जनसमुदायलाई
नेपालको निरङ्कुश राजतन्त्रविरोधी लोकतान्त्रिक आन्दोलनलाई हरतरहले
साथ दिन अपील गर्दछौँ ।
११ लोकतन्त्र शान्ति, समृद्धि, अग्रगामी
सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, र्सार्वभौमिकता र स्वाभिमानलाई
केन्द्रमा राखेर भएका हाम्रा यी समझदारीका आधारमा सञ्चालित हुने शान्तिपर्ूण्ा
जनआन्दोलनमा सक्रिय सहभागिता जनाई आन्दोलनलाई सफल बनाउन हामी नागरिक
समाज, पेशागत समुदाय, जनवर्गीय संघ(सङ्गठनहरू सबै जाति र क्षेत्रका
जनता, पत्रकारजगत, बुद्धिजीवीहरू र आम नेपाली जनसमुदायमा हार्दिक आहृवान
गर्दछौँ ।
१२ विगतमा दलहरूबीच भएका अनुपयुक्त
व्यवहारहरूको सर्न्दर्भमा दल विशेषले आपत्ति जनाएका र छानबिनको माग
गरेका घटनाहरूको सम्बन्धमा छानबिन गर्ने र दोषी पाइएमा दोषीलाई कार्वाही
गरी र्सार्वजनिक रूपमा जानकारी गराउने साझा प्रतिबद्धता व्यक्त भएको
छ । अब उप्रान्त दलहरूबीच समस्या उत्पन्न भए सम्बन्धित तह वा नेतृत्व
तहमा छलफल गरेर सम्वादको माध्यमबाट समस्याहरूको समाधान गर्ने समझदारी
भएको छ ।
सन्तुष्ट
 |
"समझदारी अनुसार माओवादीले आफ्ना
प्रतिबद्धतालाई व्यवहारमा निरन्तरता दिन्छन्/दिँदैनन् वा हिंसा
र जबर्जस्ती रोक्छन्/रोक्दैनन्, त्यसका आधारमा यसलाई हेरिनेछ ।
... नजिक र मैत्री छिमेकी राष्ट्रको रूपमा भारत-नेपालका सबै सम्बद्ध
पक्षहरूको इमान्दारीपर्ूण्ा प्रयास र योगदानबाट शान्ति, स्थायित्व
र आर्थिक विकासका गतिविधि चाँडै पुनःस्थापना हुने आशा राख्छ ।"
भारत, ८ मङ्सिर |
 |
"हाम्रो न्यूनतम कुरा के हो भने राजाले दलहरूसँग
कुरा गनर्ैर्ैैर् । ... समस्या समाधान नभए हिंसात्मक गतिविधिमा
र्फकन्छौँ भन्ने प्रचण्डको भनाइ चिन्ताजनक छ ।" जेम्स
एफ् मोरिआर्टर्ीीअमेरिकी राजदूत, ११ मङ्सिर |
 |
"यो सहमतिमार्फ् माओवादीले प्रजातान्त्रिक
राजनीतिक निकासका लागि हिंसा त्यागेर मानवअधिकार उल्लङ्घनजन्य
कार्य बन्द गर्छन् भने लामो समयदेखि प्रताडित नेपाली जनताका लागि
यो स्वागतयोग्य कुरा हो ।"
बेलायत, १३ मङ्सिर |
 |
"महासचिव अन्नान दल-माओवादीबीच भएको समझदारीको
स्वागत गर्नुहुन्छ । र, होसियारीका साथ यसको अध्ययन गरिरहनुभएको
छ ।"
सं.रा.सं. का महासचिव कोफी
अन्नान, ९ मङ्सिर |
 |
"समझदारी प्रक्रिया कसैले गर्यो होला, राष्ट्रका
लागि शान्ति मूल कुरा हो, त्यसमा योगदान हुन्छ भने त्यो सकारात्मक
हो ।"
मन्त्रिपरिषद उपाध्यक्ष कर्ीर्तिनिधि
विष्ट, ९ मङ्सिर |
 |
"संसदवादी दलहरूसँग बसेर निकास खोज्न राजा
असफल भएकैले दल-माओवादी ध्रुवीकरण सम्भव भएको हो । सङ्कटको निकास
सैन्यबलबाट नभएकोले दल-माओवादी १२ बुँदे समझदारीलाई सकारात्मक
मान्नर्ुपर्छ ।"
राप्रपा अध्यक्ष पशुपति शमशेर
राणा, ११ मङ्सिर |
 |
"यो समझदारी सकारात्मक छ । तर यसले पर्ूण्ाता
प्राप्त गर्छ कि गर्दैन, त्यो विचारणीय छ ।"
पर्ूव प्रम लोकेन्द्रबहादुर
चन्द, ७ मङ्सिर |
 |
"यो नयाँ परिस्थिति उत्पन्न हुनुमा सत्तापक्षको
ठूलो योगदान छ ।"
राष्ट्रिय जनशक्ति पार्टर्ीी१०
मङ्सिर |
असन्तुष्ट
 |
"यो सहकार्य शान्तिको बाटो होइन,
अपवित्र गठबन्धन भएकोले बहिष्कार गर्नुपर्छ । ... उनीहरूको सम्झौतामा
शान्तिको कुरा छैन, युद्ध झन् चर्कन्छ । ... ७ दल आतङ्ककारीको
मतियार भएका छन् । त्यसैअनुरुप उनीहरूलाई कारबाही गर्नर्ुपर्छ
।"
पर्ूव प्रधानसेनापति सत्चित
शमशेर राणा, ८ मङ्सिर |
 |
"देशमा शान्ति स्थापनाको कुरा जसले भने पनि
र जसले प्रयास गरेपनि सुखद् हो । तर पराइको खटनपटन र प्रयासमा
हुने काम नेपालको हितमा हुँदैन ।"
परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे
८ मङ्सिर |
 |
"स्वार्थको गठबन्धन अप्राकृतिक बन्न पुग्यो
भने दर्ुभाग्यपर्ूण्ा हुनसक्छ । हरेक चिजको उठान र बैठान स्वाभाविक
हुनर्ुपर्छ ।... बाहिरबाट निर्देशित ढङ्गले शान्ति दिन सकिँदैन
।"
सूचना तथा सञ्चारमन्त्री टङ्क
ढकाल,
८ मङ्सिर |
 |
"सात दल र माओवादी साँच्चै शान्ति बहालीका
लागि समझदारीमा गएका हुन् भने पहिले माओवादीले हतियार थन्क्याएर
वार्तामा आउनर्ुपर्छ ।"
सभामुख तारानाथ रानाभाट
११ मङ्सिर |
 |
"विदेशीको दबाबले ल्याएको समझदारीमा हामी
सहमति जनाउँदै गयौँ भने मुलुकमा विदेशीहरूको प्रमुखता कायम हुन्छ
।"
नेमकिपा अध्यक्ष नारायणमान
विजुक्छे
१३ मङ्सिर |
 |
"के माओवादीले आफ्ना हतियार विदेशीलाई बुझाउनकै
लागि उठाएका हुन् त - यो माओवादीहरूमा आएको सैद्धान्तिक विचलन
हो ।"
संयुक्त जनमोर्चाका नेता चित्रबहादुर
केसी
१० मङ्सिर |
प्रस्तुतिः ध्रुव सिम्खडा
तस्बिरहरूः किरण पाण्डे, अजय जोशी |