चिठी
• निर्भिक/विचारोत्तेजक
हिमाल को गताङ्क (१-१५ मङ्सिर) पहिलेझैँ सूचनाप्रद,
विश्लेषणात्मक एवं विचारोत्तेजक लाग्यो । पारदर्शी रूपमा सूचना सम्प्रेषण
गर्ने हिमाल को निर्भिकताका निम्ति फेरि पनि साधुवाद ।
'विदेशी पति र आमाका नाममा नागरिकता' शर्ीष्ाकको बहस
सामयिक छ । 'साइनो न सम्बन्धको सफर' निर्भिक पत्रकारिताको उदाहरण हो
। आवरण सामग्रीका रूपमा आएको 'शान्तिको पक्षमा पार्टर्ीी माओवादीको
पहिलो पाइला' ले हिंसा, अशान्ति एवं विस्थापनको मार खेपिरहेका निर्दोष
जनतालाई राहत दिएको छ भने 'विश्वास बढाउने अवसर' ले पार्टर्ीीेताहरूलाई
आफ्ना गल्तीकमजोरीको प्रायश्चित्त गर्न घच्घच्याएको छ । 'अभियान सफल,
पढाइ असफल' (रिपोर्ट, विद्यार्थी भर्ना) ले निराशाजनक शैक्षिक व्यवस्थापनको
यथार्थ तस्बिर प्रस्तुत गरेको छ । तर, 'न्यायमर्ूर्तिले अझ सोचून्'
शर्ीष्ाकको सम्पादकीय टिप्पणी चाहिँ मन परेन । कानूनी राज्यको पक्षमा
वकालत गर्ने सञ्चारकर्मी स्वयंले न्यायालयको निर्ण्र्ााो अपहेलना गर्नु
उचित होइन, यसले अव्यवस्था फैलाउने स्पष्ट छ । 'तन्त्रविद्यामा नेपालीहरूको
योगदान' (ग्रन्थसमीक्षा) भने ज्यादै वस्तुगत र अनुशीलनात्मक छ ।
केशवप्रसाद कोइराला
वाल्मीकि विद्यापीठ, काठमाडौँ
• तन्त्रज्ञान
पुनः आलोकित
'तन्त्रविद्यालोक' को समीक्षा (१-१५ मङ्सिर) ले तान्त्रिक
संस्कृति नेपाली संस्कृतिको अभिन्न अङ्ग हो र यसको स्रोत मानिने तन्त्रविद्या
नेपालीको सम्पत्ति पनि हो भन्ने तथ्यलाई पुनः स्पष्ट गरेको छ । तर
यसको ज्ञान केही रुढीग्रस्त, परम्परावादी धर्मगुरुका धर्मान्धताका
कारण धेरै फैलिन सकेन । यो विधा कर्मकाण्ड निर्वाहमा सीमित रहृयो ।
नेपालको यो समृद्ध संस्कृति अज्ञात रूपमा अँध्यारो कुनामा थन्किएर
रहेको स्थिति अद्यावधि छँदैछ ।
यो पृष्ठभूमिमा प्रा. विद्यानाथ उपाध्याय भट्टको तन्त्रविद्यालोक
ले तन्त्रको ज्ञानलाई आलोकित पारेको छ । यस्ता ग्रन्थ ज्यादै कम मात्र
र्सार्वजनिक हुन्छन् । त्यसैले जे भयो, आवश्यकताअनुुरुप भयो । यो कृति
स्तरीय छ, शास्त्रीय छ, नेपाली भाषामा भएकाले पठनीय छ, यत्किञ्चित
पृष्ठभूमि भएका पाठकका निम्ति सुबोध्य पनि छ । यसले तन्त्रविद्यासम्बन्धी
साङ्गोपाङ्ग ग्रन्थ निर्माण गर्नुपर्ने आवश्यकतालाई स्पष्ट पारेको
छ र त्यसनिम्ति अनुसन्धाताहरूलाई मूक आव्हान पनि गरेको छ ।
शिवप्रसाद पौडेल
पुतलीसडक, काठमाडौँ
• अतिरञ्जित
!
'चाइना कार्डको च्याँखे' -रिपोर्ट, १-१५ मङ्सिर) मा
ढाकामा हालै सम्पन्न तेह्रौँ र्सार्क शिखर सम्मेलनमा नेपालको भूमिकालाई
नकारात्मक धरातलमा ओराल्न खोजिएको पाएँ । त्यसमा नेपालको अडानको गर्व
गर्न लायक पक्ष उल्लेख छैन । तर्सथ, सो लेख विश्लेषणात्मक नभई आलोचनात्मक
जस्तो मात्र भयो ।
यसअघिका र्सार्क सम्मेलनहरूमा नेपालको भूमिका भारतको
आदेशमा टाउको हल्लाउनेबाहेक केही हुँदैनथ्यो । यो पृष्ठभूमिमा यसपल्ट
नेपालले भारतलाई समेत चुनौती दिएर खेल्न सकेको निर्ण्ाायक भूमिकालाई
कस्तो आँखाले हर्ेर्ने - फेरि, असल छिमेकीको नाताले निस्वार्थ सहयोग
गरिरहेको चीनलाई र्सार्कको पर्यवेक्षक मात्र हैन, सदस्य नै बनाउने
हो भने नेपाललगायत समग्र र्सार्कको क्षेत्रीय विकासले छलाङ मार्न सक्ने
सम्भावना हुँदैन र - त्यसैले 'चाइना कार्ड' बारेको नकारात्मक मूल्याङ्कन
यथार्थभन्दा बढी अतिरञ्जित भएको मेरो बुझाइ छ ।
तारानाथ नेपाल
मानेश्वाँरा-९, सिन्धुपाल्चोक
• साँच्चिकै
जोखिम
'त्यस्तो नहोस्' र 'हामी बाँकी छौँ' -हिमाल १६-२९ कात्तिक)
भूकम्पसम्बन्धी टिप्पणी/रिपोर्ट पढ्दा आङ नै सिरिङ्ग भयो । हिमाल ले
पाठकलाई सुसूचित गराएजस्तै राज्यले भूकम्पबाट हुनसक्ने धनजनको क्षतिलाई
न्यूनीकरण गर्न जनतालाई कसरी सुसूचित गर्दैछ भन्ने कुरामा हामी अनभिज्ञ
छौँ । यस्ता कुरा राज्यको दायित्वभित्रै पर्नुपर्ने होइन र ?
मधु र्राई
विराटनगर-१५
• 'हामी बाँकी छौँ'
ले औँल्याएझैँ हामी साँच्चिकै जोखिममा छौँ । खानेपानी संस्थानले दैनिक
८ करोड लिटर पानी राजधानीको जमिनमुनिबाट निकाल्ने गरेको छ, त्यसले
यहाँको जमिनको स्थिरतामाथि थप प्रश्न खडा गरेको छ । पानीको मात्रा
हर्ेदा यो उपत्यका भूकम्प आउनुभन्दा अगाडि नै भासिने खतरा पो देखिन्छ
।
भूमिगत जलसतहको दोहन दिनप्रतिदिन बढाउँदै लाँदा जमिन
भासिँदै गरेका प्रशस्त उदाहरणहरू छन् हामीकहाँ । यो विषयमाथि पनि हिमाल
मार्फ् खोजमूलक लेख पढ्न पाउने आशा गरेको छु ।
राजेश दली
बोहराटार, काठमाडौँ
• आपत्ति
!
हिमाल को लेखरचना खण्डमा प्रकाशनार्थ प्रेषित मेरो कविता
'युद्धविराम' लाई दशैँ अङ्क -१६ असोज-१५ कात्तिक) को 'पाठकपत्र' खण्डमा
छापेर लेखकीय स्वायत्तसत्तामाथि मानहानि गर्नुभएकोमा घोर आपत्ति प्रकट
गर्दछु । अब आइन्दा हिमाल लाई भनेर म कदापि लेखरचना पठाउँदिनँ । अरू
स्थापित र्सजकहरूलाई पनि मलाई जस्तै अपमान गर्ने गल्ती पुनः नदोहोरियोस्
भन्ने मेरो अनुरोध छ ।
रामविक्रम थापा
फाक्टाङ-२, खोटाङ
हामीले नमागी प्राप्त भएको कविताको सान्दर्भिकतालाई
ख्याल गरेर 'चिठी' स्तम्भमा स्थान दिँदा थापाजीको 'लेखकीय स्वायत्तसत्ता'मा
कसरी असर पर्यो र उहाँले किन अपमानित भएको ठान्नुपर्यो, हामीले बुझन
सकेनौँ । तथापि, कवि थापालाई हाम्रो आग्रह छ- हामीले नमागी वा पहिल्यै
छलफल नगरी हिमालमा प्रकाशनार्थ कुनै लेखरचना नपठाउनु होला । - सं
• सुनियोस्
यो आवाज
चितवनको मेघौली-१ निवासी घनश्याम कुमाल -३४) घाँसदाउरा
गर्न शाही चितवन राष्ट्रिय निकुञ्ज जाँदा सुरक्षाकर्मीबाट बिना सोधपुछ
चलाइएको गोलीबाट गएको ११ असोजमा मारिएपछि हामी आफन्तले आफ्नै रीतिसंस्कृतिअनुसार
सद्गत् गर्न लाश मागेका थियौँ । तर, सुरक्षा निकायले लाश र क्षतिपर्ूर्ति
केही दिन नसक्ने बतायो । त्यसपछि सम्बन्धित पक्षलाई दबाब दिन हामी
मानवअधिकार आयोगसमक्ष पुग्यौँ । आयोगले घटनाको छानबिन गरी लाश आफन्तलाई
बुझाउन पहल गरिदिने आग्रह सहित ४ कात्तिकमा सम्बद्ध सबै निकायलाई बोधार्थसहित
पत्र लेखेको थियो । सो पत्र लिएर विभिन्न कार्यालयमा गई यसबारे पहल
गरिदिन र चार नाबालक तथा मृतकको कमाइमा आश्रति उनकी पत्नी माया कुमाललाई
तत्काल राहत उपलव्ध गराइदिन अनुरोध गर्दा पनि कतैबाट केही हुन नसकेकाले
हामी दुःखी छौँ । हामी हिमाल मार्फ् हाम्रो बोली पुनः सबै सम्बद्ध
निकायसमक्ष पुगोस् भन्ने चाहन्छौँ ।
दर्ुगाबहादुर कुमाल
• स्तम्भकारद्वयलाई
पितृशोक
मुहर्ूत र ऋतुविचारका र्सजकहरू क्रमशः रविन् साय्मि
र ऋतुराज (वसन्त थापा) पितृशोकमा पर्नुभएका कारण हिमाल को यो अङ्कमा
ती स्तम्भहरू रहेका छैनन् । ऋतुराजका पिता इन्द्रबहादुर थापाको ७७
वर्षो उमेरमा ३ मङ्सिरमा दुःखद निधन भएको थियो । साय्मिका ७४ वषर्ीय
पिता कृष्णदास मानन्धरले ११ मङ्सिरमा देहत्याग गर्नुभयो ।
शोकको यस घडीमा हाम्रा स्तम्भकार द्वयसँगै उहाँहरूका
आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माहरूको चिरशान्तिको
कामना गर्दछौँ ।
सम्पादक तथा हिमाल परिवार
• नारी
भएर जन्मनुहोस्
आमा सिकिस्त विरामी हुनुहुन्थ्यो । भाइको परीक्षा आएको
थियो । यो अवस्थामा मलाई रजस्वला भयो । अब समस्या पर्ने भयो भनेर दिमागमा
अनेक तर्कना खेल्न थाले । रुढीग्रस्त समाजले मलाई बच्चैदेखि 'रजस्वला
हुँदा पर र्सर्नुपर्छ' भन्ने एउटा धारणा दिएको थियो । तर त्यो समस्याको
समाधान पनि मैले नै गर्नुथियो । त्यसैले रजस्वला भएको कुुरा मैले कसैलाई
भनिनँ । पूजाआजा गरेँ, खाना बनाएँ, गर्न सक्ने काम जति सबै गरेँ ।
यस्तो परिस्थितिमा रजस्वलालाई धार्मिक आँखाले हेरेर म पर सरेकी भए
मेरो घरमा अनेक समस्याहरू थपिन्थे । मैले जे गरेँ, त्यो समय र परिस्थितिअनुसार
ठीक थियो भन्ने ठान्छु म । एक महिलाले आफू विरामी भएको बेला पूजाआजा
गर्नु राम्रो कुरा हो, यदि उसले सक्छे भने । धर्म र संस्कारलाई वैज्ञानिक
बनाउनु आवश्यक छ ।
प्रसङ्ग १-१५ मङ्सिरको हिमाल मा प्रकाशित श्रीकृष्ण
गौतम -ललितपुर) को 'संस्कार सबै खराब हुँदैनन्' शर्ीष्ाकको चिठीको
हो । त्यो पढेपछि उहाँका तर्कहरूले मलाई आफैँभित्र उद्वेलित बनाए ।
उहाँका हरेक तर्क काँडा जस्ता बिझने र आदिम रुढीग्रस्त लागे । हो,
सबै संस्कार रुढीग्रस्त हुँदैनन् तर उहाँले जुन विषय -छाउपडी र रजस्वला)
माथि विचार राख्नुभयो, ती आफैँमा रुढीग्रस्त छन् ।
त्यसअघि हिमाल को 'नेपाली नारीः अवस्था र आकाङ्क्षा'
-हिमाल-विशेष, १६ असोज-१५ कात्तिक) मा रजस्वलाप्रथामाथि छापिएको टिप्पणीले
गौतमलाई चुप बस्न नदिनुको कारण उहाँको ब्राम्हणीय प्रवृत्ति र पुरुषत्वको
फर्ूर्ति हो भन्ने कुरामा दर्ुइमत छैन ।
एउटा सामान्य शारीरिक प्रक्रियामाथि अन्धविश्वासी र धार्मिक तर्कहरू
जोड्नु गौतमको मर्ूखता हो । रजस्वला सम्बन्धी प्रशस्त किताबहरू बजारमा
किन्न पाइन्छन् । धेरै 'गौतमजी'हरूले ती किताब पढ्नु आवश्यक ठान्छु
म । डा. भोला रिजाललगायतका डाक्टरहरूलाई भेटेर बुझे पनि हुन्छ ।
ल रजस्वला हुनु कुनै धर्म, देवता वा शक्तिसँग सम्बन्ध
राख्ने कुरा होइन । यो त जैविक प्रक्रिया हो । दिसापिशाव गर्नु, पसिना
आउनु, पुरुषको दाह्री पलाउनु वा महिलाको दाह्री नपलाउनु, स्त्रीले
गर्भधारण गर्नु जस्ता कुरालाई अबको समयमा पनि धार्मिक तथा साम्प्रदायिक
तराजुमा राखेर जोख्नु समाजलाई अझै पछाडि धकेल्न खोज्नु हो ।
ल 'श्रीमती रजस्वला हुँदा श्रीमान्ले विभिन्न कर्मकाण्ड
गर्न नहुने हुँदा पुरुष पनि रजस्वला भए जस्तै हो' भन्ने गौतमको अर्को
विचार सुन्दा मलाई उनीदेखि लाज लागेर आयो । रजस्वला हुँदा महिलालाई
कति पीडा हुन्छ, उहाँले भोग्नुभएको छ - उहाँको अर्को तर्कको आशय अनुसार
'श्रीमती रजस्वला हुँदा यौनसर्म्पर्क गर्न नपाउनु श्रीमान्का लागि
ठूलो पीडा हो ! ती चार दिन पुरुषले महान् काम गरिरहेका छन् !' आफू
सुहाउँदो नियम बनाउने पितृसत्तात्मक समाजका पुरुषहरूले आफूलाई पत्नीव्रत
देखाउने कस्तो नक्कले सोच - अनि, ब्राम्हणहरू पत्नीब्रता हुन्छन् भन्ने
कस्तो तर्क - मेरो गाउँमा धेरै बाहुनहरू छन् र मैले तिनका पत्नी, छोरीचेलीको
हालत पनि देखेकी छु । रजस्वला हुँदा घरको काम गर्न लगाउँदैनन् तर घरबाहिर
बारीखेतमा उनीहरूले धेरै गाह्रो काम गरिरहेका हुन्छन् । त्यो देख्दा
संवेदना भएका हरेक मान्छेलाई दुःख लाग्नुपर्ने हो । यस्तो रुढीग्रस्त
सोच राख्ने गौतमजी पनि ब्राम्हण नै हुनर्ुपर्छ । अनुसन्धान गरेर हेरौँ,
बाहुनभन्दा अरू जातजातिमा महिलालाई धेरै स्वतन्त्रता छ ।
ल श्रीमतीलाई खुट्टाको पानी खुवाउने, भात पकाउँदा वा
चुलोमा बस्दा महिलाले चोलो फुकाल्नुपर्ने जस्ता नियम कसले बनायो -
पुरुषले ।
ल रजस्वला हुँदा 'यो गर्न हुने र नहुने' भन्ने नियम
पुरुषहरूले नै बनाएका हुन् । त्यहाँ महिलाको स्वतन्त्रता र इच्छाले
कहाँ स्थान पाउँछ - रजस्वला भएकी महिलाले कुन काम गर्ने वा नगर्ने
भन्ने नियम बनाउने पुरुषले किन - आफूलाई सजिलो पर्ने गरी कामको छनौट
गर्न पाउने अधिकार महिलालाई नै हुनर्ुपर्छ ।
परम्परागत दृष्टिकोणका कारण ग्रामीण महिलाहरूका लागि
एउटा ठूलो यातना हो रजस्वला हुनु । पुरुषले एकखाले नियम बनाएका छन्,
ती नियममा त्यस्तो बेला आराम गर्नुपर्छ भन्ने नियम चाहिँ छैन; अधिकारबाट
वञ्चित र अछूत जस्तो बनाउने प्रपञ्च मात्रै छ । हिमाल मा प्रकाशित
गौतमको चिठीमा छाउपडी प्रथामाथि अन्तिममा आलोचना देखिएपनि उहाँले उल्लेख
गर्नुभएको नारीहरूलाई अझै दुःख दिने र अधिकारबाट वञ्चित गराउने संस्कार
हामीलाई चाहिँदैन । अर्को जन्ममा गौतमजी नारी भएर जन्मनुहोस् भन्ने
कामना गर्दछु । रुढीग्रस्त समाज र पुरुषत्वको अहम्सँग दिनप्रतिदिन
सङ्र्घष्ा गरिरहेका नारीहरूको साझा स्वर हो यो ।
समीचीता,
झापा, हालः काठमाडौँ
|