हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विश्लेषण | दल-माओवादी समझदारी

ध्रुवीकरण तीब्र पार्नुपर्छ

रघु पन्त


सात दल र माओवादीलाई एउटै धार र सहमतिमा रहन नदिने राजाको प्रयत्नले नै अन्ततः नयाँ ध्रुवीकरणको प्रक्रियालाई तीव्र पार्न बल पुर्‍याउनेछ ।

दल-माओवादी समझदारीले नेपालको विद्यमान त्रि-पक्षीय राजनीतिक द्वन्द्वलाई द्विकोणीय -राजा-जनता) बनाउने आधार प्रदान गरेको छ । तर राजालाई पर्ूण्ा निषेध भने यसले लिइसकेको छैन । सहमतिमा आउन तयार भए 'अझै ठाउँ छ है' भन्ने सन्देश राजालाई प्रस्ट रूपमा दिइएको छ । राजतन्त्रसँग द्वन्द्वभन्दा सम्भव भए अझै पनि सहमति खोज्नर्ुपर्छ भन्ने नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस -प्रजातान्त्रिक) जस्ता पार्टर्ीीको चाहनालाई समझदारीले ठाउँ दिएको छ । अर्थात् यो समझदारीले नयाँ राजनीतिक ध्रुवीकरणसँगै सहमतिको सन्देश पनि बोकेको छ ।

'संविधानसभा' लाई समझदारीको साझा बिन्दु बनाई अघि सारिएका १२ बुँदाहरूले राजासहितको संविधानसभाको सम्भावनालाई ध्यान दिएको देखिन्छ  । तर समझदारीले सङ्केत गरेको ठाउँमा राजा सहजै आउनेछन् भन्ने अपेक्षा गर्नु, बालुवाबाट तेल निस्कने आशा गर्नुजस्तै हो । राजा, सम्पन्न समझदारीभित्र आफ्नो ठाउँ खोज्नुको साटो समझदारीलाई ध्वंस गर्ने कामतिर लाग्नेछन्  । सात दल र माओवादीलाई एउटै धार र सहमतिमा रहन नदिने राजाको प्रयत्नले नै अन्ततः नयाँ ध्रुवीकरणको प्रक्रियालाई तीव्र पार्न बल पुर्‍याउनेछ  ।

दल-माओवादी समझदारीको विभिन्न संघ/संस्थाका साथसाथै राष्ट्रिय जनशक्ति पार्टर्ीी राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीस्ता राजा र सात दलको बीचमा बसेका पार्टर्ीीले समेत स्वागत गरेका छन् । राजाको १९ माघको निरङ्कुश कदमको विरोध गरेझैँ गर्ने तर आन्दोलनमा उत्रन नसक्ने र्सर्ूयबहादुर थापा र पशुपति शमशेर राणा जस्ता मानिसहरूका लागि पनि, आफ्नो उभिने ठाउँ कतातिर छान्ने हो भन्ने दबाब यो समझदारीले पैदा गरेको छ । राजा सहमतिको लागि तयार नभएको खण्डमा राजतन्त्रप्रति निरपेक्ष बनेका नेपाली काङ्ग्रेसका दुवै घटकहरूलाई संवैधानिक वा 'सेरेमोनियल' राजतन्त्रको सट्टा गणतन्त्रको दिशातिर लग्ने बाध्यता पनि विस्तारै परिस्थिति स्वयंले उत्पन्न गर्नसक्छ ।

तथापि, युवा पुस्ताले चर्को रूपमा उठाइरहेको र आम जनसमुदायले समेत र्समर्थन गर्न थालेको गणतन्त्रको आवाजलाई सहजै आत्मसात् गर्ने अवस्थामा सात दल अझै पुगेका छैनन् । र, माओवादी पनि सात दलसँगको समझदारीमा गणतन्त्रको मागलाई संविधानसभाको मातहतमा राख्न तयार भएको छ । यस हिसाबले, आफूलाई जनभावना अनुकूल साँचो अर्थमा संवैधानिक राजा बनाउने अवसर राजाको लागि अझै पनि बाँकी छ । राजाले यो अवसरलाई उपयोग नगरी निरङ्कुश भएरै फेरि पनि अघिबढ्न खोजे भने ध्रुवीकरणको प्रक्रिया एउटा तात्विक निष्कर्षा पुग्न बाध्य हुनेछ ।

राजाले दल र माओवादीबीचको समझदारीलाई नकारात्मक रूपमा लिएर अघिबढ्न खोजेको खण्डमा, सात दलभित्रका संवैधानिक राजतन्त्र-पक्षधरहरूका अगाडि गणतन्त्रमा जानैपर्ने परिस्थिति उत्पन्न हुनेछ । राजा सम्वादमा आउन र समझदारी खोज्न तयार नभएपछि दलहरूले मात्र त्यस्तो खोजी गर्नुको कुनै अर्थ हुनेछैन । तर राजाले कथं तत्काल सात दलसँग गम्भीर सम्वाद र सहमति खोज्ने पहल गरे भने अहिले शुरु भएको राजनीतिक ध्रुवीकरणको प्रक्रिया स्वतः धीमा हुनेछ । र, 'संविधानभित्रका शक्तिहरू मिल्नर्ुपर्दछ' भन्ने आवाज चर्किन तथा सात दललाई माओवादीसँग भएको समझदारीबाट पछि हटाएर राजासँग सहमति खोज्न राष्ट्रिय-अन्तर्रर्ााट्रय दबाब बढ्न थाल्नेछ  । तर दलहरूले अब यस्ता दबाबलाई झेल्दै माओवादीसँग भएको समझदारीलाई कार्यान्वयन गरेरै छोड्ने अठोट गर्न सक्नर्ुपर्दछ । जसरी माओवादीका कतिपय कुरा मान्दै उनीहरूलाई शान्तिपर्ूण्ा राजनीतिको मूलधारमा ल्याउन दलहरू सफल भए, त्यसरी नै उनीहरूले राजालाई जनताको एजेण्डा मान्न बाध्य पार्नुपर्दछ । राजा र माओवादी दुवैलाई निकास र ठाउँ दिने क्षमता दलहरूसँग मात्र छ ।

दलहरू आफ्नो एजेण्डा, कार्यक्रम र पुग्ने ठाउँको बारेमा स्पष्ट हुनर्ुपर्छ । अन्ततः माओवादीहरू दलहरूलाई पछ्याउन र साथ दिन बाध्य हुनेछन्, किनभने माओवादीलाई दिनका लागि राजासँग केही पनि छैन  । न त माओवादीसँग नै राजालाई दिन केही छ । माओवादी देखिने गरी गणतन्त्रको मागबाट पछि हट्न सक्दैन । उसले जनवादी गणतन्त्रको नारा दिएर नै बन्दूक उठाएको थियो । आज ऊ 'लोकतन्त्र कि गणतन्त्र'को नारा दिइरहेछ । राजाले सात दलको माग मान्ने छैनन् र अन्ततः सात दल राजाबाट पर्ूण्ा निराश भएर गणतन्त्रको मागमा आउन बाध्य हुनेछन् भन्ने विश्लेषण माओवादीको छ । यो विश्लेषण आधारहीन छैन ।

दलहरू र माओवादीबीच एकता र मेल हुनेछैन भन्ने अनुमान गरेर एकैपल्ट दल र माओवादीलाई पेल्न तम्सेका राजा दल र माओवादीबीच समझदारी भएपछि नराम्ररी झस्केका छन् । राजतन्त्र विरुद्ध शुरु हुन लागेको ध्रुवीकरणले आफूलाई एक्ल्याउने खतरा उनले अनुभव गरिसकेका छन्  । त्यसैले आफू विरुद्धको ध्रुवीकरणलाई उनले रोक्न खोज्नेछन् । तर कसरी  ?

राजाले माओवादी र दलहरूलाई दमनद्वारा नियन्त्रण गर्ने उपाय रोजे भने, सात दल र माओवादी अझ छिटो नजिकिने छन्, ध्रुवीकरणको प्रक्रिया अत्यन्त तीव्र हुनेछ । अर्थात् राजाको शासन चाहने एकातिर र लोकतन्त्रवादीहरू अर्कोतिर हुनेछन् । बीचमा कुनै ठाउँ हुनेछैन । त्यस्तो अवस्थामा 'बहुदलीय व्यवस्था' र 'संवैधानिक राजतन्त्र' भनेर रटना गरिरहने अन्तर्रर्ााट्रय शक्तिहरूले पनि बाध्य भएर बहुदलीय व्यवस्थाको मात्र नाम लिन थाल्नेछन् । ती राजाबाट पूरै निराश हुनेछन् ।

यस्तो सम्भाव्य ध्रुवीकरणले गृहयुद्धलाई अझ तेज बनाउनेछ  । मर्ने-मार्ने क्रम तीव्र हुनेछ । थुप्रै राजनीतिक नेता र कार्यकर्ताहरू मारिनेछन्, थुनिनेछन् । मानवअधिकारको व्यापक रूपमा उल्लङ्घन भई नेपालका शासकहरू अन्तर्रर्ााट्रय अदालतमा अपराधीका रूपमा उभिनुपर्ने अवस्था उत्पन्न हुनेछ । यस्तै क्रमहरू पछि अन्ततः जनताले नै जित्नेछन् र नेपालमा गणतन्त्र जन्मन सक्छ ।

अहिलेसम्म बहुपक्षीय रहेको राजनीतिक द्वन्द्वले दर्ुइपक्षीय स्वरुप ग्रहण गर्ने दिशा बल्ल समातेको छ । यो प्रक्रियालाई तेज गतिले दौडाउनु आवश्यक छ । जनताका सबै शक्तिहरू एकातिर र राजा पर्ूण्ा रूपले अर्कोतिर उभिने अवस्था स्वयं राजा र उनकै आसेपासेहरूले बनाउँदैछन्  । नेपाली जनतालाई शक्ति र शासनाधिकारको स्रोत नमान्ने राजालाई जनताले कहिल्यै स्वीकार्ने छैनन् ।

फूलाई जनताभन्दा माथि ठान्ने दरबारिया चिन्तनलाई नपछारेसम्म नेपाली लोकतन्त्र कहिल्यै बलियो हुनेछैन । लोकतन्त्र र कमारोतन्त्रबीचको ध्रुवीकरण आजको आवश्यकता हो । सात दल र माओवादीबीचको यो बाटोतर्फसम्पर्ूण्ा राजनीतिक शक्तिलाई हिँडाउन सकेको खण्डमा मात्रै शक्ति र लोकतन्त्र छिटो प्राप्त हुनेछ ।