| प्रभाव फिचर
| एचआईभी/एड्स
विकासको मुद्दामा एचआईभी/एड्स
स्वीस सरकार विकास सहयोग -एसडीसी) ले एचआईभी/एड्सलाई
स्वास्थ्य समस्याको रूपमा मात्र नलिई, विकास प्रक्रियाको अपरिहार्य
सामाजिक मुद्दाको रूपमा मान्यता दिँदै आएको छ । एसडीसी नेपालको अभ्रि्रायअनुरुप
एचआईभी/एड्सलाई छुट्टै आयोजनाका रूपमा भन्दा पनि कार्यान्वयन भइरहेका
अन्य परियोजना तथा कार्यक्रमको मूलधारमा समाहित गरी विभिन्न कार्यक्रममार्फ्
यस सम्बन्धी चेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्् ।
सन् १९९२
देखि एसडीसीले नेपालमा एचआईभी/एड्सलाई आफ्ना कार्यक्रममा आवद्ध गर्न
थालेको हो । एचआईभी/ एड्सलाई 'ट्रान्र्सभर्सल थिम' को रूपमा लिएकै
कारण एसडीसीद्वारा सहयोग प्राप्त हुने सडक, प्राकृतिक स्रोत व्यवस्थापन,
व्यावसायिक सीप तथा दक्षता अभिवृद्धि, सुशासन स्थापना जस्ता सबै परियोजना
तथा कार्यक्रमहरूमा एचआईभी/एड्सबारे जानकारी दिने गरिएको छ । एसडीसीले
सन् २००३ देखि २०१० सम्मका लागि अघि सारेको स्वास्थ्य नीतिले एचआईभी/एड्सलाई
'मेनस्ट्रीम' गर्दै अरू परियोजना तथा कार्यक्रमसँग आवद्ध गर्ने गरेको
छ । जसले विकासमुखी हरेक सहयोगलाई देशको एचआईभी/एड्सको अवस्थासँग आवद्ध
गर्न र त्यसबाट हुने महामारीहरूको प्रभावलाई विश्लेषण गर्दै जोखिम
घटाउन सघाउने आकलन एसडीसीको छ ।
एसडीसीले यस क्षेत्रमा गरेका केही उल्लेखनीय
कार्यहरूलाई यस प्रकार छन्ः
· एसडीसीद्वारा सञ्चालित हरेक कार्यक्रममा एचआईभी/ एड्सलाई
सन् १९९२ देखि 'ट्रान्र्सभर्सल थिम' को रूपमा आवद्ध गर्दै आएको छ ।
· सन् २००० देखि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै एसडीसीले
एचआईभी/एड्स विरुद्ध विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
· एसडीसीका कार्यक्षेत्रहरूमा एचआईभीको सङ्क्रमण कम गर्न 'जेनरल वेलफेयर
प्रतिष्ठान' सँग सन् २००१-२००३ सम्म कार्यक्रमहरू सञ्चालन गरिएको थियो
।
हालसम्म पनि एचआईभी/एड्सलाई स्वास्थ्य समस्याकै रूपमा
लिन गरिएको परिपाटीलाई तोड्दै एसडीसीले एचआईभी/ एड्सलाई विकासका हरेक
कार्यक्रममा आवद्ध गर्दै आएको छ । जसरी लैङ्गकि मुद्दालाई विकासका
अन्य कार्यक्रमबाट अलग्याएर ठोस प्रतिफल पाउन गाह्रो भएको थियो, त्यसबाट
पाठ सिक्दै एसडीसीले एचआईभी/एड्सलाई सबै प्रकारका कार्यक्रममा आबद्ध
गर्दै जाने नीति लिएको हो । यसअनुरुप सञ्चालन गरिएका कार्यक्रमबाट
उत्साहजनक परिणामहरू प्राप्त भएको अनुभव एसडीसीको छ ।
ग्रामीण स्वास्थ्य विकास परियोजना
युवा-युवतीको अगुवाईमा एचआईभी/एड्स शिक्षा
एसडीसी तथा श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालयको द्विपक्षीय सम्झौता
अनुसार दोलखा र रामेछाप जिल्लामा विगत १४ वर्षदेखि ग्रामीण स्वास्थ्य
विकास परियोजना -आरएचडीपी) का कार्यक्रमहरू सञ्चालन भइरहेका छन्् ।
यस कार्यक्रममा परियोजनाले स्थानीय समुदाय, गैरसरकारी संस्था र सरकारी
कार्यालयबीच सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । आफू कार्यरत
ग्रामीण स्वास्थ्यका जटिलताहरूलाई कमी गराउँदै लाने प्रक्रियामा परियोजना
क्रियाशील छ ।
यो परियोजनाले विगतदेखि हालसम्म स्वास्थ्यमा स्थानीय
समुदायको संलग्नता बढाउन सञ्चालन गरेका कार्यक्रम र क्रियाकलापहरू
महत्त्वपर्ूण्ा बन्न पुगेका छन् । वि.सं. २०४८ बाट शुरु भएको प्राथमिक
स्वास्थ्य सेवा, मातृ शिशु स्वास्थ्य तथा परिवार नियोजन कार्यक्रमपछि
दोस्रो चरणमा २०४५ बाट ग्रामीण स्वास्थ्य विकास परियोजना लागू भएको
थियो । अहिले परियोजनाको २०५८ देखि २०६२ सम्मको तेस्रो चरण कार्यान्वयन
भइरहेको छ । परियोजनाले सहभागितात्मक विकासको माध्यमद्वारा स्थानीय
तहमा उपयोगी र समुदायले धान्नसक्ने स्वास्थ्य प्रणालीको विकासमा काम
गरिरहेको छ । यसका लागि स्थानीय पुरुष, महिला, बालबालिका तथा किशोर-किशोरी
सबैलाई कार्यक्रमको केन्द्रबिन्दुमा समेटिएका छन् । दोलखाका ५१ मध्ये
४३ र रामेछापका ५५ मध्ये ३० गाउँ विकास समितिहरूमा कार्यक्रमहरू सञ्चालन
भइरहेका छन् । परियोजना लागू भएका गाविसहरूमा रहेका करीब ४ लाख १६
हजार जनसङ्ख्यामध्ये ६८ प्रतिशतलाई परियोजनाले सेवा प्रदान गर्दै आएको
छ ।
दिगो र धान्न सक्ने स्वास्थ्य कार्यक्रम, सामाजिक समानता
र गरीबी अभिमुखीकरण, लैङ्गकि समानता र सन्तुलित लैङ्गकि विकास तथा
सशक्तीकरण र सहभागिताका सिद्धान्तअनुरूप कार्यक्रमहरू चलाउँदै आएको
आरएचडीपीले कार्यक्षेत्रका समुदायलाई सशक्तीकृत गरी उनीहरूकै सक्रिय
सहभागितामा स्थानीय स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न कार्यक्रम सञ्चालन
गरिरहेको छ । स्थानीय सामुदायिक सङ्गठनहरू, निजी क्षेत्र, विभिन्न
सहकारी तथा गैरसरकारी संस्थाहरूलाई समेट्दै स्वास्थ्य कार्यक्रममा
स्थानीय सहभागिता जुटाउने प्रयासमा परियोजना अग्रसर रहँदै आएको छ ।
केन्द्रीयस्तरमा स्वास्थ्य मन्त्रालयका विभिन्न निकायहरूसँग समन्वय
गरी सहकार्य गर्दै आएको छ भने जिल्ला तहमा जिल्ला जनस्वास्थ्य कार्यालय,
जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला महिला विकास कार्यालय
र अन्य गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । गाविस स्वास्थ्य
समन्वय समितिमा गाउँका प्रतिनिधि, गाविस पदाधिकारी, आमा समूह, स्वयंसेविका,
धामी-झाँक्री, शिक्षक, सुँडेनी र स्थानीय बासिन्दालगायत स्वास्थ्य
तथा उपस्वास्थ्य चौकीका प्रमुख रहेका हुन्छन् । गाउँ तहमा हुने सबै
स्वास्थ्य सम्बन्धी क्रियाकलाप यसै समितिमार्फ् हुने गर्दछ । यसले
गर्दा श्री ५ को सरकारको स्वास्थ्य निकाय र समुदायबीच रहिआएको दूरी
कम गर्न सहयोग मिलेको छ ।
 |
आरएचडीपीले एचआईभी/एड्सलाई आफ्नो हरेक कार्यक्रममा आवद्ध
गराउँदै विभिन्न सरोकारवालाबीच जनचेतना फैलाउने कार्यतर्फर्र्नि विशेष
महत्त्वका साथ पहल गर्दै आएको छ । विकासमुखी सबै सहयोगलाई देशको एचआईभी/एड्सको
अवस्थासँग आवद्ध गर्ने र त्यो क्षेत्रमा यस्ता महामारीहरूको प्रभावका
बारेमा गुणात्मक विश्लेषण गर्ने कार्य पनि यस संस्थाले गरेको छ ।
स्थानीय आमा समूह र किशोर-किशोरीहरूको सहयोगमा ग्रामीण
स्वास्थ्य विकास परियोजनाले विभिन्न लक्षितवर्गहरूमाझ चेतनामूलक एचआईभी/एड्स
सम्बन्धी कार्यक्रमहरू पनि सञ्चालनमा ल्याइरहेको छ । चेतनामूलक कार्यक्रममार्फ्
उनीहरूको व्यवहार परिवर्तन गर्ने प्रयासमा यस परियोजनाको सहयोगले र्सार्थक
भूमिका निर्वाह गरेको अनुभव विगतले देखाएको छ । विशेषगरी १० देखि १९
वर्ष उमेरका किशोर-किशोरीहरूमा यौन जिज्ञासा र यौन कौतुहलता बढी हुने
भएकोले यिनीहरूलाई यौन शिक्षाका साथ-साथै यौन रोग लगायत एचआईभी/एड्स
सम्बन्धी ज्ञान दिने कार्यक्रमलाई परियोजनाले महत्त्वका साथ अगाडि
सारेको छ । स्कूल जाने विद्यार्थी तथा नजाने युवा-युवतीलाई उमेर, समाजिक
परिवेश र लिङ्ग अनुसार विभिन्न समूहमा विभाजित गर्दै प्रभावकारीढङ्गले
'साथी शिक्षा' को संरचनामा आधारित चेतनामूलक कार्यक्रमहरूको सञ्चालन
पनि गर्दै आएको छ ।
'साथी शिक्षा' को अवधारणाबाट अभ्रि्रेरित यस कार्यक्रममा
विभिन्न जीवनपयोगी सीप सिकाइन्छ, जस्तै सिर्जनात्मक/ समालोचनात्मक
सोचाइ, समस्या समाधान गर्ने तरिका, लक्ष्य निर्धारण तथा निर्ण्र्ााक्षमतामा
अभिवृद्धि, अन्तरव्यक्ति सम्बन्ध तथा प्रभावकारी सञ्चार, आत्म-जागरण,
संवेग नियन्त्रण तथा तनावपर्ूण्ा स्थितिको सामना गर्ने क्षमता आदि
पर्दछन् । समुदायको सक्रियताले मात्र गाउँ-घरको स्वास्थ्य स्थिति बदल्न
सकिन्छ भन्ने सोच यस परियोजनाको छ । कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले
लान परियोजनाले स्थानीय जनस्वास्थ्य कार्यालय, रेडक्रस सोसाइटी र स्थानीय
विद्यालयको सहयोगमा स्वास्थ्य सम्बन्धी हाजिरीजवाफ, वक्तृत्वकला, कवितावाचन,
वादविवाद, दोहोरी गीत प्रतियोगिताको पनि आयोजना गर्दै आइरहेको छ ।
यिनै किशोर-किशोरी तथा युवा-युवतीलाई एचआईभी/एड्स सम्बन्धी सूचना र
सेवा उपलब्ध गराउने, प्रजनन स्वास्थ्य, एचआईभी/ एड्स तथा यौनजन्य सङ्क्रमणसम्बन्धी
जीवनोपयोगी ज्ञान र सुरक्षित यौन व्यवहारबारे सचेत बनाउने, एचआईभी/एड्स
भएकाहरूमाथि हुने सामाजिक भेदभाव र दर्ुर्व्यवहार हटाउने मूलभूत उद्देश्यका
लागि विद्यालय तथा ग्रामीण समुदायमा सचेत जनशक्ति तयार गर्न कार्यक्रमले
अपनाएको एक प्रमुख अभियान 'साथी शिक्षा' हो । यसरी युवाहरूकै पहलमा
गाउँघरका पुराना पुस्ताका मानिसहरूलगायत समुदायलाई नै जागरुक बनाउनु
नै यस कार्यक्रमको प्राथमिकता हो । स्थानीय समुदायको यो सक्रियताले
दुवै जिल्लाको स्वास्थ्यस्थितिको विकासमा अपनत्वको भावना बढेको छ र
स्वास्थ्यको विकासका लागि समुदायको सहभागिता अनिवार्य छ भन्ने अनुभव
परियोजनाले सँगालेको छ । स्वास्थ्य सेवाहरू समुदायले धान्न सक्ने हुनर्ुपर्छ
र आवश्यक सेवाहरू गाउँमै पाउन स्वास्थ्य सेवाहरूको सुदृढीकरण जरुरी
छ भन्ने मान्यता परियोजनाले राखेको छ । सबैको सहयोग र समन्वयले मात्र
परिणाममुखी लक्ष्यहरू प्राप्त गर्न सकिन्छ भन्ने अनुभव परियोजनाले
हासिल गरेको छ ।
 |
'भीएसबीके'ः स्वच्छ प्रविधिसँग
सामाजिक विकासको हातेमालो
वातावरणलाई मूल मुद्दा बनाई स्थानीय बासिन्दा र इँट्टा-भट्टा कामदारहरूबाट
विरोध आएपछि सन् २००२ को मध्यमा श्री ५ को सरकारले चिम्नी भट्टाको
लाइसेन्स खारेज गर्ने घोषणा गर्यो । अधिक उर्जाको खपत गर्दै कम इँटा
उत्पादन र बढी वातावरणीय प्रभाव यसका नकारात्मक पक्ष थिए । काठमाडौँ
उपत्यकामा उर्त्र्सजन हुने धूलोका कणहरूमध्ये ३१% इँटा-भट्टाबाटै हुने
गरेको र तिनले 'सल्फरडाइअक्साइड' जस्ता स्वास्थ्यमा प्रतिकूल असर पार्ने
ग्याँस पनि निष्काशन गर्ने भएकोले यस्ता प्रविधिको विकल्प खोजिनु अति
आवश्यक थियो । प्रदुषण कम गर्दै इँटाको माग पूरा गर्न विकल्पको रूपमा
एसडीसीको पहलमा भीएसबीके प्रविधि भित्र्याइएको हो । भारतलगायत अन्य
मुलुकहरूमा अति नै सफल भएको भीएसबीके प्रविधि प्रयोग गरेर हाल ललितपुरका
दर्ुइ वटा र भक्तपुर र झापाका एक-एक वटा इँटा-भट्टा सञ्चालन भइरहेका
छन् ।
मुलुकमा व्याप्त द्वन्द्व र बेरोजगारीका कारण ग्रामीण
पहाडी भेगबाट मानिसहरू कामका लागि बसाइँसराइ गर्ने प्रक्रिया तीव्र
हुँदै गएको छ । एक अनुमानअनुसार उपत्यकास्थित इँट्टा-भट्टामा मात्रै
कामको खोजीमा बर्र्सर्ेेन करीब ७० हजार मानिसहरू आउने गर्छन् । भट्टामा
सीप नचाहिने खालका कामको खोजीमा काभ्रे, रामेछाप, सिन्धुली, मकवानपुर,
दाङ, रुकुम र रोल्पाबाट धेरै मानिसहरू आउने गरेका र्सर्वेक्षणले देखाएको
छ । इँटा बनाउने र ओसार्ने काममा प्रायः महिला र पुरुषको सङ्ख्या बराबर
नै हुने गर्दछ ।
जनवरी २००३ मा परीक्षणको रूपमा शुरु भएको यस परियोजनाको
मूल उद्देश्य स्वच्छ प्रविधिमार्फ् वातावरणीय प्रभावतर्फउत्तरदायी
हुनुका साथै कामदारहरूलाई सामाजिक समानता प्रदान गर्नु पनि हो । यस
कार्यक्रमले उद्योगका लगानीकर्ता र स्थानान्तरण भएर आएका कामदारबीच
सामाजिक समन्वय गर्ने भूमिका खेल्दै आएको छ । लगानीकर्तालाई उद्योगमा
काम गर्न आउने कामदारमा आइपर्ने स्वास्थ्य समस्या र सामाजिक असमानतातर्फसंवेदनशील
बनाउँदा यी दर्ुइ बीचको सम्बन्ध सुदृढ हुने तथ्यलाई मध्यनजर गरी कार्यक्रमले
यसप्रकारको समन्वयकारी भूमिका निर्वाहको जमर्को गरेको हो । देशको असहज
परिस्थितिका कारण दातृ संस्थाद्वारा गाउँघरमा आफ्नो कार्यक्रम लान
गाह्रो भएको अवस्थामा स्थानान्तरण भएर आएका कामदारलाई केन्द्रमै जागरुक
बनाउँदा तिनीहरू पुनः गाउँघरमा फर्की सिकेको ज्ञान फैलाउने छन् भन्ने
कुरामा पनि कार्यक्रम विश्वस्त छ । अझ कतिपय स्थितिमा यस्ता समुदायहरू
आफ्नो गाउँमा नहुने भएकाले कार्यक्रम पुगेकै खण्डमा पनि त्यसबाट वञ्चित
हुने गरेको पाइएको छ ।
मुख्यतः यस उद्योगका कामदारहरू चलायमान र स्थानान्तरण
भइराख्ने हुनाले यिनीहरूमा सम्भाव्य असुरक्षित यौनसर्म्पर्कद्वारा
एचआईभी/एड्स हुनसक्ने खतरा बढी हुन्छ । यदि यस समुदायलाई एचआईभी/एड्सलगायत
अन्य यौन रोगका बारेमा व्यावहारिक ज्ञान नदिने हो भने उनीहरू गाउँघरमा
फर्केंपछि यौन सर्म्पर्कबाट अन्य व्यक्तिहरूमा पनि सङ्क्रमित हुनसक्ने
सम्भावना हुन्छ । तर्सथ 'साथी शिक्षा'को नमूना अनुरूप यस्ता कामदारहरूलाई
कार्यविभाजन, उमेर, लिङ्ग र जातिका हिसाबमा प्रजनन स्वास्थ्य, यौन
रोग र एचआईभी/एड्स जस्ता विषयहरूमा आधारभूत शिक्षा दिने गरिन्छ । शुरुमा
यौन सम्बन्धी विषयमा खुलेर कुरा गर्न नचाहने यस समुदायका व्यक्तिहरू
'साथी शिक्षा'बाट बनेको सहज वातावरणले गर्दा यौन सम्बन्धी समस्याहरू
निर्धक्क रूपमा एक-आपसमा व्यक्त गर्छन् र अनुभव आदान-प्रदान गर्छन्
। एचआईभी/एड्स के हो, यो किन र कसरी र्सछ, यसबाट बच्न के कस्तो आचरण
अपनाउनर्ुपर्छ भन्ने कक्षाबाट यी समुदायहरूमा ठूलै परिवर्तन आएको पाइएको
छ । यिनीहरूले सङ्क्रमण सम्बन्धी ज्ञानलाई जीवनोपयोगी बनाउँदै गएका
छन् । यस कार्यक्रमलाई सहयोग दिँदै दलित महिला संघको अगुवाईमा एचआईभी/एड्सलगायत
अन्य सामाजिक मुद्दामा कार्यक्रमहरू सञ्चालन भएका छन् । भीएसबीके कार्यक्रमअर्न्तर्गतका
उपत्यकामा रहेका उद्योगमा करीब तीन हजार कामदारहरूलाई 'साथी शिक्षक'
मार्फ् स्वास्थ्य र सामाजिक विषयहरूलाई समुदायमा चासोको विषय बनाउँदै
लगिरहेको छ । यस किसिमको चेतना र ज्ञानबाट मात्र यी समुदायका व्यक्तिहरूलाई
संवेदनशील बनाउन सकिन्छ र तिनीहरूको पहलमा आ-आफ्नो समुदायमा शिक्षाप्रद
ज्ञान बाँड्न टेवा मिल्नेछ भन्ने धारणा परियोजनाको छ ।
एफ-स्किलः सीपमूलक
तालिममा सामाजिक मुद्दा पनि
समाजमा गरीबी, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायत अन्य सामाजिक सेवा
तथा सुविधाबाट वञ्चित भएका मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दै गरेको
स्थितिमा तिनलाई रोजगारमुखी तालिम दिने सोचका साथ 'एफ स्किल'ले घुम्ती
तालिम अवधारणाको सुरुआत गरेको हो । स्थानीय तथा वाहृय बजारमा रोजगारका
अवसर पहिचान गरी त्यसै अनुरुप विगत दर्ुइ वर्षदेखि 'एफ स्किल' एसडीसीको
सहयोगमा सञ्चालित कार्यक्रम हो । हालसम्म २२२७ जना प्रशिक्षार्थीहरू
लाभान्वित भइसकेको यस कार्यक्रममार्फ् तालिम पाएकामध्ये ८० प्रतिशतले
तालिम अनुसारको काम गरिरहेका छन् । तर तालिम प्रदान गरेर प्रशिक्षार्थीलाई
आयमूलक काम लगाउनु मात्र यो कार्यक्रमको लक्ष्य भने होइन । सीपमूलक
तालिम सँगसँगै व्यक्तिको व्यवहार, आचार, नैतिकता र मानवीय गुणका साथै
लिङ्ग, धर्म र जातिका आधारमा हुने भेदभाव, कानूनसम्बन्धी जानकारी,
प्रजनन स्वास्थ्य, एचआईभी/एड्स सम्बन्धी जीवनोपयोगी ज्ञान तथा शिक्षा
पनि प्रदान गर्ने गरेको छ ।
तालिममा विशेषतः साधारण वा न्यून शिक्षा पाएकाहरू आउने
हुनाले तिनलाई सचेत बनाउँदै लैजान कानूनलगायत स्वास्थ्य तथा व्यावहारिक
ज्ञान दिन आवश्यक हुन्छ । यस कार्यक्रममा तालिमका लागि शारीरिक, मानसिक
र मनोवैज्ञानिक परिवर्तनबाट गुज्रिरहेका किशोरावस्थाका युवा-युवतीहरूको
जमात बढी आउने भएकोले यसमा जिम्मेवारपर्ूण्ा व्यवहार र स्वच्छ जीवनशैली
अपनाउन मद्दत पुर्याउन यौन तथा प्रजनन स्वास्थ्य र विकासबारे उपयुक्त
सूचना दिइन्छ । यस कार्यक्रममार्फ् तालिमप्राप्त प्रशिक्षार्थीहरू
चलायमान हुनसक्ने भएकोले यिनीहरूलाई एचआईभी/एड्स सम्बन्धी ज्ञान दिनु
अझै आवश्यक रहेको 'एफ-स्किल'को धारणा छ । परिवारबाट टाढा रहँदा अन्य
व्यक्तिहरूसँग असुरक्षित यौन सर्म्पर्क हुन गई एचआईभी/एड्स र्सनसक्ने
जोखिम विश्वव्यापी रूपमै चलायमान समुदायमा बढी पाइएको छ । यस कार्यक्रममार्फ्
तालिम प्राप्त व्यक्तिहरू हाल भारत, मलेसिया तथा खाडी राष्ट्रमा जाने
तयारी गरिरहेकाले यस समूहलाई सुरक्षित यौनसर्म्पर्कका उपाय अपनाउने,
कण्डम प्रयोग गर्ने र श्रीमान्-श्रीमती एक-अर्काप्रति इमान्दार हुने
भएमा एचआईभी/एड्सको जोखिमबाट धेरै हदसम्म बच्न सकिन्छ भन्ने ज्ञान
दिनु अझ महत्त्वपर्ूण्ा भएको छ । मूल रूपमा व्यावसायिक तालिमप्राप्त
व्यक्तिद्वारा चेतनामूलक तालिम दिँदा श्रव्य-दृश्य प्रविधि अपनाइन्छ
। शुरु-शुरुमा समूहमा यौन र प्रजनन स्वास्थ्यका बारेमा कुरा सुन्नर्/गर्न
अप्ठेरो लाग्ने गरे तापनि तालिमको सहज वातावरणद्वारा तिनलाई लागेका
यौनसम्बन्धी खुल्दुलीहरू खुला किसिमले सोध्न प्रेरित गरिन्छ ।
प्रशिक्षार्थीले चाहे मुलुकभित्र काम गरोस् वा बाहिर,
तिनीहरूमा यौनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै सम्भाव्य एचआईभी/एड्स
सङ्क्रमणबाट सचेत तुल्याई परिवार, समुदाय हुँदै राष्ट्र नै ग्रसित
हुनसक्ने जोखिमलाई कम गर्न सकियोस् भन्ने मूल उद्देश्यमा एफ-स्किलको
पहल महत्त्वपर्ूण्ा बनेको छ ।
|