| प्रभाव फिचर
| एचआईभी/एड्स
चासो, चिन्ता र चुनौतीको दशक
•
डा. पुलकित चौधरी

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र

लुथरन विश्व फेडरेशन

सेभ द चिल्ड्रेन नर्वे
|
पालमा १७ वर्षघि, सन् १९८८ मा पहिलोपल्ट
एचआईभी फेला परेको हो । त्यतिबेलासम्म संसारभरि द्रुतगतिमा फैलिन थालिसकेको
एचआईभी धेरै देशको चासो, चिन्ता र र्सतर्कताको विषय बनिसकेको र रोकथाम
तथा नियन्त्रणका कार्यक्रमहरू शुरु भइसकेका थिए । सन् १९८८ मा नै नेपालले
पनि 'एचआईभी/एड्स नियन्त्रण परियोजना' शुरु गर्यो र यसबारे सूचना,
शिक्षा र जनचेतना जगाउने प्रारम्भिक कार्यक्रमहरू गर्न थाल्यो । तर
यी कार्यक्रमहरू केही शहरी क्षेत्र, वर्ग र प्रचार-प्रसार सामग्रीमा
मात्रै सीमित थिए । र्सवसाधारणले पनि एचआईभी/एड्सलाई सहजै स्वीकार
गरिसकेका थिएनन् ।
शुरुमा नेपालका सरकार र जनताले एचआईभी/एड्सलाई
स्वच्छन्द यौन जीवनशैली र नैतिकतासँग मात्र गाँसेर हेरे । धेरैलाई
यो हाम्रोजस्तो देशमा होइन, छाडा र समलिङ्गी यौनसर्म्पर्क गर्ने अमेरिका
र युरोपजस्ता मुलुकमा मात्रै हुन्छ भन्ने विश्वास थियो । त्यसैले पनि
शुरुका कार्यक्रमहरू सीमित शहरी क्षेत्र, वर्ग र समुदायमा मात्रै केन्द्रित
भएका हुन् । कार्यक्रमलाई गम्भीरताका साथ अगाडि बढाइएको र विस्तार
गरिएको पनि थिएन । प्र्रतिबद्धताको त झनै अभाव थियो । आम मानिसहरूले
पनि एक कानले सुनेर अर्को कानले उडाउने हल्लाको रूपमा लिए । एचआईभी
सङ्क्रमित व्यक्तिहरू पनि भेदभाव, घृणा र लाञ्छनाका डरले एचआईभी भएको
कुरा आफ्नै परिवार र साथीभाइहरूलाई समेत नभनी लुकाएर र दुःख-कष्ट झेलेर
बसिरहे । र्सवसाधारण मानिसहरूले त एचआईभी वा एड्स भएका व्यक्तिहरू
कस्ता हुँदारहेछन् भनेर देख्नसम्म पनि पाएनन् । पहिलो केस देखापरेको
झण्डै एक दशकसम्म एचआईभीप्रति नेपालको प्रतिक्रिया र अनुभव यस्तै रहृयो
।
यो अवधिमा नेपालमा एचआईभी/एड्स प्रत्यक्ष
रूपमा बाहिर धेरै नदेखिए पनि भित्रभित्रै चाहिँ यौन व्यवसायी, लागूपदार्थ
दर्ुर्व्यसनी र तिनीहरूसँग यौनसर्म्पर्क र साझा र्सर्ुइ प्रयोग गर्नेहरूबीच
भूसको आगो झैँ फैलिरहेको थियो । जोखिम समूहमा रहेका यी मानिसहरूमध्ये
सन् १९९१ सम्म थोरै सङ्ख्यामा मात्र देखिएको एचआईभीले पाँच वर्षै 'राष्ट्रिय
महामारी' को रुप लियो । अरू देशको अनुभवले पनि यही देखाएको छ- थाइल्याण्डमा
सरकारले बेलैमा ध्यान नदिँदा तीन-चार वर्षै विकराल रुप लिएको थियो
।
रोकथाम र नियन्त्रणको प्रयास
यस्तै अनुभवका आधारमा सरकारले सन् १९९५ मा एचआईभी सम्बन्धी १२ बुँदे
राष्ट्रिय नीति ल्यायो, जसले एचआईभी/एड्सलाई स्वास्थ्य क्षेत्रको मात्रै
नभई बहुआयामिक र बहुपक्षीय समस्याको रूपमा चित्रित गर्दै यसविरुद्ध
बहुपक्षीय प्रयासको खाँचो स्वीकार गरेको थियो । सरकारले एचआईभी रोकथाम
र नियन्त्रण कार्यक्रमलाई विकेन्द्रीकृत रूपमा गाउँ-गाउँ र समुदायहरूसम्म
लैजाने तथा जिल्लास्तरीय एड्स समन्वय समितिमार्फ् यस क्षेत्रमा कार्यरत
संस्थाहरूको समन्वय र पारस्परिक सहयोग सुनिश्चित गर्ने नीति लिएको
छ । नीतिमा एचआईभी जस्तो संवेदनशील एवं जटिल समस्याको समाधान सरकारीस्तरको
प्रयासले मात्रै गर्न नसकिने भएकोले गैरसरकारी, सामुदायिक र दातृसंस्थाहरूसँग
साझेदारी, सहकार्य एवं सामुहिक प्रयास गर्ने कुरामा जोड दिइएको छ ।
अधिराज्यका कुनै पनि संघसंस्थाले एचआईभी परीक्षण गरेको रिपोर्ट श्री
५ को सरकार, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा पठाउनुपर्ने
व्यवस्था गरिएको छ, जसले गर्दा एकीकृत राष्ट्रिय तथ्याङ्क भण्डार सिर्जना
गर्न मद्दत पुगोस् । एचआईभी रोकथाम र नियन्त्रणमा सुरक्षित यौन व्यवहारको
पर््रबर्द्धन, कण्डमको प्रयोग र उपलब्धतामा जोड दिइएको छ । एचआईभी/एड्स
भएका व्यक्तिहरूलाई लाञ्छना लगाउन, भेदभाव गर्न र उनीहरूको इच्छा विपरीत
गोपनीयता भङ्ग गर्न नपाइने नीति छ । रगत दिनुअघि एचआईभी परीक्षण गरी
सङ्क्रमण नभएको रगत मात्र दिनुपर्ने व्यवस्था गरिएको छ ।
नीतिले देशमा सञ्चालित एचआईभी/एड्स रोकथाम,
नियन्त्रण र उपचार कार्यक्रमहरूको प्रभावकारी अनुगमन र मूल्याङ्कनमा
पनि जोड दिएको छ । यद्यपि सरकारको नीतिको कार्यान्वयन भए-नभएको कुराको
अनुगमन र मूल्याङ्कन त्यति प्रभावकारी हुन भने सकेको छैन । यसका लागि
उचित संयन्त्र, प्रणाली, प्रक्रिया र जनशक्तिको व्यवस्था हुनुपर्ने
देखिएको छ । समग्रमा नीतिको पालनामा कमी-कमजोरी नै धेरै भेटिएका छन्
भने कतिपय बुँदाहरू राम्रोसँग कार्यान्वयन भएका पनि छन् । तीमध्ये
एउटा सुरक्षित रक्त सञ्चार हो, जसबाट अहिलेसम्म जम्मा नौ जना -जसमध्ये
केही त विदेशमा अङ्ग प्रत्यारोपण गरेर आउनेहरू छन्) व्यक्तिमा मात्र
एचआईभी सरेको रर्ेकर्ड छ ।
श्री ५ को सरकारका यी नीतिगत कुरालाई कार्यगत
रूपमा कति गम्भीरतापर्ूवक लिइयो, एचआईभी रोकथाम र नियन्त्रणमा के-के
कदम चालिए, ती कार्यक्रमहरू कति प्रभावकारी भए भन्ने कुराको विश्लेषण
सन् २००० मा गरिएको थियो, जसले मुख्य रूपमा निम्न कुराहरूको सिफारिस
गरेको थियोः
· एचआईभी/एड्सबाट सबभन्दा बढी प्रभावित
जोखिम समूहहरूमा तत्काल प्रभावकारी रूपमा लक्षित कार्यक्रमहरू सञ्चालन
गर्ने र अन्य समूहमा फैलनबाट रोक्ने ।
· युवा एवं रोजगारको खोजीमा विदेशिने चलायमान जनसङ्ख्या समूहलाई एचआईभी/यौनरोग
र्सनबाट रोक्ने ।
· केन्द्र र शहरी क्षेत्रमा सीमित कार्यक्रमलाई विस्तार गर्ने र कार्यक्रम
सञ्चालन गर्ने संघसंस्थाहरूको क्षमता एवं कार्यक्षेत्र वृद्धि गर्ने
।
· राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रको नेतृत्व, व्यवस्थापन क्षमता
र बजेट वृद्धि गरी यसलाई केन्द्रीय भूमिका निर्वाह गर्न सक्षम र सुदृढ
बनाउने ।
· सङ्क्रमित व्यक्तिहरूलाई हेरचाह, सहयोग र उपचार उपलब्ध गराउने ।
श्री ५ को सरकारले सन् २००२-०६ का लागि
राष्ट्रिय एचआईभी रणनीति तथा कार्ययोजनाहरू पनि तयार गरेर राष्ट्रसंघद्वारा
निर्धारित केही प्रतिबद्धताहरू समेत पूरा गरेको छ, जसमा सरकारी, गैरसरकारी
र नागरिक समाजको व्यापक एवं र्सार्थक साझेदारीको माध्यमबाट नेपालमा
एचआईभी/एड्सका कार्यक्रमहरू प्रभावकारी एवं परिणाममुखी बनाउने लक्ष्य
लिइएको छ । यसको कार्यान्वयनको क्रममा सरकारले नीतिगत कमजोरी, संरचनागत
र संस्थागत बाधा-अवरोध, प्रशासनिक, प्रक्रियागत एवं प्रणालीगत कमी-कमजोरी
र ढिलासुस्ती हटाउने, सक्षम जनशक्तिको व्यवस्था गर्ने र साझेदार-सहकर्मी
संस्थाहरूसँग प्रभावकारी सहयोग, समन्वय र सहकार्य गर्ने कुरामा गम्भीरतापर्ूवक
लाग्नुपर्ने खाँचो महशुस गरेको छ ।
कमजोरी धेरै छन्
कार्यान्वयनमा व्यवस्थापकीय कमी-कमजोरी, स्पष्ट जिम्मेवारीको अभाव
देखिएको छ । उच्चतम तहको प्रतिबद्धता सुनिश्चित गर्न प्रधानमन्त्रीको
अध्यक्षतामा गठन भएको राष्ट्रिय एड्स परिषद् अहिलेसम्म एउटा बैठकमा
मात्र सीमित हुनपुगेको छ । राष्ट्रिय एड्स समन्वय समिति कार्य रूपमा
निष्त्रिmय छ भने कतिपय जिल्ला एड्स समन्वय समितिहरू पनि सक्रिय र
कार्यमूलक हुनसकेका छैनन् । स्वदेशी/विदेशी स्रोतसाधनहरूको पर्ूण्ा
सदुपयोग हुनसकेको छैन । कार्यान्वयनमा देखिएका समस्याको दर्ीघकालीन
समाधानमा र्सार्थक र प्रभावकारी प्रयास भएको देखिँदैन । सुधारका लागि
सक्षम नेतृत्व र सुदृढ व्यवस्थापन हुनर्ुपर्छ भन्ने सल्लाह र सुझाव
आए पनि अवलम्बन गरिएको छैन । यसो हुनुका कारणहरूमा निर्ण्र्ााहमा गम्भीरता
र प्रतिबद्धताको कमी, प्रतिबद्धता पूरा गर्ने अठोट र इमान्दारीको कमी,
कार्यान्वयनमा अनिश्चितता, संरचना र प्रक्रियागत सुधारको खाँचो, कर्मचारीहरूमा
मनोबल, प्रोत्साहन र उत्प्रेरणाको कमी जस्ता कुराहरू देखापरेका छन्
।
एचआईभी/एड्सका क्षेत्रमा थुप्रै राष्ट्रिय तथा अन्तर्रर्ााट्रय
गैरसरकारी संघसंस्थाहरू काम गरिरहेका छन् । तर वर्तमान स्वरुप र संरचनामा
श्री ५ को सरकारका निकायहरू तिनलाई समेटेर र अगुवाई गरेर लैजान सकिरहेका
छैनन्; उल्टो लाचार, विवश एवं निष्त्रिmय छवि लिएर हाँसोको पात्र बनी
बसेका छन् । सम्पर्ूण्ा संस्थाहरूको अनुगमन शुरु गर्नु र समन्वयको
नेतृत्व लिनुपर्ने सरकारी निकायहरू आफैँमा कति सक्षम, स्थिर, सुदृढ
र प्रभावकारी छन् भनेर केलाउनुपर्ने भएको छ ।
हामीले सहस्राब्दी विकास लक्ष्य एवं राष्ट्रसंघीय एचआईभी
रोकथाम लक्ष्य हासिल गर्न आफ्ना राष्ट्रिय नीति, रणनीति र कार्ययोजनाहरूको
प्रभावकारी कार्यान्वयन गर्नु र त्यस क्रममा देखिएका नीतिगत र संस्थागत
प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालले उपरोक्त
लक्ष्य अनुसार सन् २०१५ सम्ममा एचआईभी सङ्क्रमण नियन्त्रण गर्ने र
घटाउने हो भने सशक्त व्यवस्थापन, प्रभावकारी कार्यान्वयन र अनुगमन
एवं मूल्याङ्कनमा सुधार तथा स्रोत परिचालनसँगै त्यसको व्यवस्थापन गर्न
चाहिने प्रशासनिक एवं आर्थिक प्रणाली विकास गर्नैपर्ने हुन्छ र समुदाय,
व्यक्ति एवं परिवारको तहसम्म पुग्नर्ुपर्दछ ।
संसारका कुनै पनि मुलुकमा एचआईभी महामारीको आगो सरकारी
दमकलहरूले मात्र निभाउन सकेका छैनन् । यो एउटा संस्था, समुदाय, परिवार
र व्यक्तिले मात्रै जित्नसक्ने युद्ध होइन । यसका लागि व्यक्ति, परिवार,
समाज, राष्ट्र र अझ संसारकै सामुहिक एवं साझा प्रयास जरुरी हुन्छ ।
हरेक व्यक्तिले आ-आफ्नो ठाउँबाट यो प्रयासमा साथ दिने प्रण गर्नु वर्तमान
समयको माग हो । व्यक्तिको प्रयासले सामाजिक एवं राष्ट्रिय प्रयास बन्नेछ,
राष्ट्र-राष्ट्रको प्रयास सम्पर्ूण्ा विश्व मानवको प्रयास बन्नेछ र
अन्ततः हामी एचआईभी/एड्स माथि नियन्त्रण गर्न र विजय हासिल गर्न समेत
सक्नेछौँ । संयुक्त राष्ट्रसंघीय विशेष महाधिवेशनले विश्वव्यापी प्रतिबद्धता
र प्रणको लागि सम्पर्ूण्ा संसारलाई आहृवान गरेको यसैको लागि हो । यस
वर्षो विश्व एड्स दिवसमा यही प्रतिबद्धता र प्रण पूरा गर्न हामी पनि
कृतसङ्कल्पित छौँ ।
अप्रिmकाको स्थिति यहीँ आउन सक्छ
नेपालमा प्रभावकारी रोकथाम एवं नियन्त्रणको कार्यक्रम चलाएर, यौन व्यवसायी
र लागूपदार्थ दर्ुर्व्यसनीहरूको समूहमा फैलिसकेको एचआईभीको डढेलोलाई
तिनको सर्म्पर्कमा रहेका अन्य जनसङ्ख्या समूह र र्सवसाधारणमा फैलिन
नदिन घेरा हाल्नु जरुरी भइसकेको छ । यसका लागि हामीसँग समय र अवसर
एकदमै कम छ । समयमै प्रभावकारी रोकथाम र नियन्त्रण भएन भने पछि गएर
पछुताउनु सिवाय हामीसँग केही उपाय बाँकी रहने छैन । यदि यो समयलाई
सदुपयोग गरेनौँ र मौका गुमायौँ भने एचआईभीको आगोले हाम्रो समाज र राष्ट्रलाई
पनि तहसनहस पार्नेछ । एचआईभीजस्तो भित्रभित्रै फैलिने महामारीले हामीलाई
मात्र छोड्दैन । अप्रिmकाका केही देशहरूमा त्यस्तो स्थिति आइसकेको
छ ।
आगोले छिमेकीको घरलाई मात्र त छोएको छ नि भनेर चुपचाप
लागेर बस्यौँ भने त्यो आफ्नै घरसम्म पनि आइपुग्नेछ । र, एकदिन प्रत्येक
घरपरिवार, गाउँ र वस्ती सखाप पार्नेछ । छिमेकीको घरमा आगो लाग्यो भनेर
उभिएर हर्ेर्ने कि मेरो घरमा पनि र्सन सक्छ भनेर निभाउन सहयोग गर्ने,
तपाईँ हाम्रै हातमा छ । अहिले हामी अप्रिmकाको उदाहरण दिन्छौँ, भोलि
हाम्रै देश र जनसङ्ख्याको उदाहरण लिनुपर्ने स्थिति आउनेछ ।
एचआईभी/एड्स यस्तो समस्या हो, जसलाई जति लुकाएर राख्यो,
त्यति बढ्दै जानेछ । जनचेतनाको अभावले अहिले यही भइरहेको छ । यसलाई
हामीले अझै पनि गम्भीर समस्याको रूपमा स्वीकार गरेका छैनौँ । नेपालमा
एचआईभी सङ्क्रमण भएको भनी अनुमान गरिएका ६२ हजारमध्ये ९० प्रतिशतलाई
आफू एचआईभी सङ्क्रमित भएको थाहा छैन । उनीहरू जति अन्धकारमा रहन्छन्
एचआईभी/एड्स त्यति नै बढेर जान्छ । जस्तै, अहिले यौन व्यवसायीमा भएको
एचआईभी तिनका ग्राहकहरूमा र्सर्दैछ, ग्राहकहरूका माध्यमबाट तिनका श्रीमती,
श्रीमान् हुँदै अन्य यौन साथीहरूमा र्सछ । यौन व्यवसायीका ग्राहकहरू
भमरा जस्तै हुन्, जसले एउटा फूलबाट एचआईभी टिपेर थुप्रै फूलहरूमा र्सार्न
सक्दछन् । लागूपदार्थ सेवन गर्नेहरूबीच पनि एउटै र्सर्ुइ प्रयोग गरेर
अरूहरूलाई सङ्क्रमण हुनसक्छ र तिनीहरूले आ-आफ्नो घरपरिवारमा गएर श्रीमती,
श्रीमान वा अन्य यौनसाथीहरूलाई र्सार्न सक्छन् । त्यस्ता यौनसाथीका
अन्य यौनसाथीहरू हुन सक्छन् । यसरी एचआईभी गणितीय होइन, ज्यामितीय
अनुपातमा एकबाट दर्ुइ, दर्ुइबाट चार गर्दै हजारौँ-लाखौँ व्यक्तिमा
सरिरहेको छ ।
एचआईभी/एड्स वनको डढेलो जस्तै हो, जसलाई शुरुमै र समय
छँदै घेरा हालेर निभाउन सकिएन भने चारैतिर फैलिँदै जान्छ र सम्पर्ूण्ा
जङ्गल सखाप हुन्छ । त्यसैले हामीले एचआईभीप्रतिको आफ्नो दृष्टिकोण
बदल्नै पर्छ । यसबारे जान्ने/बुझने र सुरक्षित व्यवहार गर्ने काम गरेर
आफू पनि बच्नर्ुपर्छ, अरूलाई पनि बचाउनु पर्छ । किनभने एचआईभी आजको
यथार्थ हो, हटेर हैन डटेर यसको सामना गर्नुपर्दछ । हामी सबै एचआईभी/एड्सलाई
रोक्ने प्रतिबद्धता पूरा गरौँ- यही नै समयको माग हो ।
एचआईभी रोक्ने काम सरकारको मात्र होइन
'एड्स रोक्ने प्रतिबद्धता पूरा
गरौँ' भन्ने नाराका साथ यस वर्षविश्व एड्स दिवस मनाइँदैछ, नेपालको
सर्न्दर्भमा यो नारा कति सान्दर्भिक छ ?
हाम्रो देशमा एचआईभी/एड्सको स्थिति हर्ेदा अझै पनि नेपाल 'लो प्रिभालेन्स'
भएको देशमा पर्दछ । कुनै देशमा जनसङ्ख्याको पाँच प्रतिशत भन्दामाथिलाई
एचआईभी/एड्स छ भने त्यसलाई 'हाई प्रिभालेन्स' भएको देश भनिन्छ । तर
हाम्रो देशमा केही यस्ता समूह छन्, जसमा एचआईभी/एड्स केन्द्रित रूपमा
देखिएको छ । जस्तैः यौनकर्मी, र्सर्ुइबाट लागूपदार्थ प्रयोग गर्ने
व्यक्ति, बसाइँसराइ गरिरहने समुदाय ।
एड्स रोक्ने प्रतिबद्घताको नारासहित विश्व एड्स दिवस
मनाउनु आम जनताको सचेतना बृद्धिका लािग महत्वपर्ूण्ा अवसर हो । त्यसैले
हाम्रो सर्न्दर्भमा यो अत्यन्तै उपयोगी र आवश्यक देखिन्छ ।
एड्स सम्बन्धी विगतका कार्यक्रमलाई
हर्ेदा हामी प्रतिबद्धता पूरा गर्ने रणनीति अनुरुप साँच्चिकै अघि बढिरहेका
छौँ त ?
हामीले 'मल्टिसेक्टोरल अप्रोच' को माध्यमबाट एचआईभी/एड्स रोक्ने रणनीति
अनुसार काम गरेका छौँ । सबै पक्षको सहभागिता भएमा स्वास्थ्य तथा जनसङ्ख्या
मन्त्रालयले उक्त लक्ष्य पूरा गर्ने प्रतिबद्घता व्यक्त गरेको छ ।
सन् २०१५ सम्ममा नेपालले पर्ूण्ा
रूपले एचआईभी रोक्ने प्रतिबद्धता देखाएको छ । उक्त लक्ष्य प्राप्तिका
लागि कस्तो किसिमको रणनीति तयार पारिएको छ ?
नेपालले सहस्राब्दी विकास लक्ष्य घोषणापत्रमा हस्ताक्षर गरेको छ ।
सन् २०१५ सम्म एचआईभी/एड्स सङ्क्रमण दरलाई रोक्ने र घटाउने लक्ष्य
पूरा गर्न नेपालले पाँचवषर्ीय राष्ट्रिय एचआईभी/एड्स रणनीति तर्जुमा
गरेको छ र रणनीतिको कार्यान्वयन गर्न राष्ट्रिय कार्ययोजना र वाषिर्क
कार्यक्रमहरू तर्जुमा गरी विभिन्न सरकारी, गैरसरकारी संस्थाहरूको साझेदारीमा
त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको छ । 'पब्लिक प्राइभेट पार्टनरसीप'
-पीपीपी) र बहुपक्षीय सहभागितामा ती कार्यक्रमहरूको सफल कार्यान्वयन
गर्न हामी प्रयासरत छौँ ।
एचआईभी/एड्सको सङ्क्रमणलाई कम
गर्ने कार्यमा नेपालले कस्तो प्रतिबद्धता देखाउनु पर्छ ?
प्रत्येक देशले 'थ्री वन्स' सूत्रको प्रतिबद्घता देखाउनु पर्नेेछ ।
जसमा एचआईभी/एड्समा कार्यरत सबै सहभागीहरू एउटै दायरा भित्र रहेर काम
गर्ने, राष्ट्रिय समन्वयकर्ता निकायले बहुपक्षीय कार्यक्रम तर्जुमा
गर्ने र अनुगमन एवं मूल्याङ्कनको परिपाटीमा एकरुपता अपनाउने कुरा पर्दछन्
।
विभिन्न गैरसरकारी र सामुदायिक
संस्थाहरूले राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले प्रभावकारी
ढङ्गले काम गर्न सकेन र दाताको एजेण्डालाई मात्र प्राथमिकता दियो भन्ने
गरेका छन् । तपाईंलाई के लाग्छ ?
त्यो कुरा सत्य होइन । श्री ५ को सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले
मात्र एचआईभी/एड्स रोक्ने होइन । यसमा बहुपक्षीय संलग्नता र बहुपक्षीय
प्रतिबद्घताको आवश्यकता पर्दछ ।
एचआईभी/एड्सको क्षेत्रमा सकारात्मक
परिवर्तन आएको छ त ?
अवश्य छ । राष्ट्रिय एचआईभी/एड्स रणनीति र त्यसको कार्यान्वयनकै कुरा
गरौँ । त्यसमा लाग्ने श्रोत र साधनको लागत अनुमान गरिएको छ । रणनीतिको
आधारमा वाषिर्क कार्यक्रमहरू तर्जुमा भएका छन् । हेरचाह, सेवा र उपचारको
क्षेत्रमा नेपाल, दक्षिण एसियाली देशहरूमध्ये एन्टीरेट्रोभाईरल उपचार
शुरु गर्ने भारतपछि दोश्रो देश भएको छ । आमाबाट बच्चामा र्सन नदिन
रोकथाम कार्यक्रमको संचालन, स्वेच्छिक परामर्श तथा परीक्षण सेवाको
विस्तार र दोश्रो चरणको र्सर्वेक्षण प्रणालीको शुरुवात भएको छ ।
एचआईभी/एड्सको क्षेत्रमा
सेभ द चिल्ड्रेन नर्वेको अनुभव
नेपालमा
एचआईभी/एड्स प्रभावित जिल्लाहरूमध्ये अछाम अति जोखिमपर्ूण्ा भएको जानकारी
प्राप्त भएपछि सन् २००० मा सेभ द चिल्ड्रेन युकेले स्थानीय संस्था
गंगोत्री ग्रामीण विकास मञ्चसँग सहकार्य गर्दै एचआईभी/एड्स विरुद्धको
कार्यक्रम शुरु गरेको थियो । यस कार्यक्रमलाई सन् २००४ देखि सेभ द
चिल्ड्रेन नर्वेले अझ सशक्त पार्दर्ै परिमार्जित रूपमा निरन्तरता दिँदै
आएको छ । कार्यक्रम शुरु गर्दाका अवस्थामा त्यहाँको समुदायमा एचआईभी/एड्स
सामुहिक चासोको विषय बनेको थिएन र यसबारेमा तिनीहरू खुलेर कुरा गर्दैनथे
। शुरुमा 'बम्बै रोग' भनेर चिनिने यो रोगले मानिसहरूमा अत्यधिक डर
र त्रास सिर्जना गरेको थियो । रोग किन र कसरी र्सछ भन्ने कुराबाट अनभिज्ञ
समाजले एचआईभी सङ्क्रमितहरूलाई गोठमा वा छुट्टै राख्ने गर्दथ्यो र
अछूतसरह व्यवहार गरिन्थ्यो । यतिसम्म कि सङ्क्रमित व्यक्तिका जहान
परिवारलाई समेत हेलाँ र दर्ुर्व्यवहार गरिन्थ्यो । एचआईभी/एड्स लागेको
व्यक्तिको लाश जलाउँदा धुँवाबाट एचआईभी/एड्स र्सछ भनेर परम्परागत संस्कार
विपरीत लाशलाई गाड्न समेत लगाइन्थ्यो ।
यस संस्थामार्फ् चलाइएको 'सोभा अभियान' ९क्यअष्ब ख्ियगिलतभभचक
ब्नबष्लकत ब्क्ष्म्क्-क्इख्ब्ब्० ले एचआईभी/एड्स विरुद्ध जनचेतना फैलाएर
गाउँ तथा समाजमा सामाजिक चेतना जगाउनुका साथै एचआईभी/एड्स प्रभावित
व्यक्तिहरूलाई भेदभाव तथा दर्ुर्व्यवहारबाट जोगाउन सहयोग पुर्याएको
छ । कार्यक्रमले यस अभियानसँग आवद्ध हुन चाहने १२ वर्षमाथिका जुनसुकै
व्यक्ति सोभाको सदस्य बन्न सक्ने प्रावधान राखेको छ । केही वर्षेखि
यो कार्यक्रम डोटीमा पनि सञ्चालन हँुदै आएको छ । हालसम्म डोटी र अछाममा
गरी ५००० भन्दा बढी सोभाहरू एड्स विरुद्धको सामाजिक अभियानमा जुटेका
छन् । भविष्यमा एड्स विरुद्ध योजना तयार गर्नका लागि सेभ द चिल्ड्रेन
नर्वेको सहयोगमा अछाम र डोटीका सोभाहरूले आ-आफ्नो गाउँको एचआईभी/एड्सको
अवस्था विश्लेषण गर्दै तथ्याङ्क सङ्कलन पनि गर्दै आएका छन् ।
बढीभन्दा बढी साथीहरू वा चिनेजानेका व्यक्तिहरूलाई
समाहित गर्दै समुदायमा चेतनाको बिगुल फुक्ने सोभाको अथक प्रयासको परिणामस्वरुप
एचआईभी/एड्स लागेका व्यक्तिहरूलाई घृणा, लाञ्छना र भेदभाव गर्ने प्रवृत्ति
धेरै हदसम्म घटेको छ । साथै एचआईभी/एड्सको सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने
उपायहरू प्रयोगमा आउन थालेका छन् । एचआईभी/एड्स गाउँमा भित्रिनुमा
महिलाहरूको कुनै दोष छैन, यो कामको खोजीमा भारत गएका पुरुषहरूमार्फ्
भित्रिएको हो भन्ने तथ्य पनि बुझन थालेका छन् । अछाम र डोटीमा जस्तै
भ्ाारतका बम्बैमा कामको खोजीमा गएका नेपालीहरूबीच पनि सोभा अभियान
शुरु भइसकेको छ । यतिमात्र नभएर एचआईभी/एड्स लागेका व्यक्तिहरूले आवश्यक
सेवा तथा औषधि-उपचार पाउनु उनीहरूको अधिकार हो भन्ने कुरा पनि बुझेर
आवाज उठाउन थालेका छन् । यस किसिमको चेतना र ज्ञान भएर मात्र पुग्दैन
भन्ने कुरा पनि समुदायले बुझेका छन् ।
एचआईभी/एड्सको सङ्क्रमणपछि गरीबीको मारमा पिल्सिएकाहरू
उपचार गराउन न काठमाडौँ धाउन सक्छन्, न त अन्य कुनै श्रोतबाट औषधि-उपचार
नै जुटाउन सक्छन् । यस्तो अवस्थामा यी जिल्लाहरूमा कार्यरत संस्थाले
संयोजन तथा सहकार्य गर्दै सशक्त साझा र एकीकृत प्रयासमा जुट्नुपर्नेर्
अवाश्यकता टड्कारो देखिन्छ । समुदायको पनि यही धारणा छ ।
अछामका १५ गाविसमा एचआईभी/एड्स
कुल जनसङ्ख्या - ४९९५० कुल घरधुरी - ९७७८
एचआईभी/एड्सबाट सङ्क्रमित व्यक्तिहरूको घरधुरी - १६७
एचआईभी/एड्सका कारण भएका विधवा - १२६
एचआईभी/एड्सबाट भएका टुहुरा - ६४२ (१५० बालिका)
एचआईभी/एड्स, द्वन्द्व र अन्य कारणले समेत भएका टुहुरा - १३४२
(तथ्याङ्क सङ्कलनः 'सोभा', असोज २०६२)
एचआईभी/एड्सको रोकथाममा
लुथरन विश्व फेडरेशनको पहल
लुथरन विश्व
फेडरेशन नेपालका अति नै दर्ुगम क्षेत्रका विपन्नहरूमाझ विगत २० वर्षेखि
काम गर्दै आइरहेको संस्था हो । जुनबेलासम्म विपन्न नागरिकलाई सशक्तीकरण
गरिँदैन त्यस बेलासम्म मुलुकको सुदृढ विकास हुनसक्दैन भन्ने संस्थाको
मान्यता रहँदै आएको छ । सामाजिक समानतासहित आधारभूत विकासमा पहुँच
पाउनु सबै नेपालीको नैर्सर्गिक अधिकार हो र हरेक समाज प्रजातान्त्रिक
पद्धतिअनुरुप चल्नर्ुपर्छ भन्ने परिकल्पना यस संस्थाले लिएको छ । यी
उद्देश्य प्राप्तिका लागि लुथरन विश्व फेडरेशनले विभिन्न निकाय तथा
संस्थाहरूसँग सहकार्य गर्दै थुप्रै सामाजिक कार्यमा आवद्ध हुँदै आएको
छ ।
दिदीसँग एचआईभी/एड्ससम्बन्धी दर्ुइदिने तालिममा
गएर केही कुरा सिकेपछि ती कुरा अरूलाई सिकाउन पाउँदा म ज्यादै
खुशी छु । मलाई यो काम गर्दा घरपरिवारले नराम्रो दृष्टिले हर्ेर्थे
। एचआईभी/एड्ससम्बन्धी कुरा गर्दा तँलाई हाम्रो छेउमा यस्तो
कुरा गर्न लाज लाग्दैन भन्थे । यस्तो काम गर्दा कति पैसा पाउँछेस्
समेत भने । यसो भन्नेहरूले आफैँ या आफ्नो परिवारलाई एड्स लाग्दा
अरूले भेदभाव र घृणा गरे भने कस्तो लाग्ला - एक पटक सोचौंँ ।
मीना चौधरी, झापा
शुरुमा मलाई पनि एचआईभी/एड्सको ज्ञान कमै थियो
। तर अहिले कसैले तर्क गर्न खोज्छ, प्रश्न गर्छ भने त्यसको जवाफ
दिन सक्छु । हुन त म यसबारे सम्पर्ूण्ा रूपमा जानकार छु भन्न
खोजेको होइन, मैले नजानेको कुरा भए त्यसको जवाफको लागि फेरि
अध्ययन गर्छु, जान्ने मानिसहरूलाई सोध्छु अनि जवाफ दिन्छु ।
प्रकाश र्राई, झापा
एक्काइसाँै शताब्दीसम्म आइपुग्दा पनि मैलेे एचआईभी/एड्सको
नाम सुनेको थिइनँ । जब म सशक्तीकरण समाज नेपालको एकदिने एचआईभी/एड्स
सचेतना कार्यक्रममा सहभागी हुन पुगेँ अनि मलाई यस प्राणघातक
रोगबारे थाहा भयो । त्यसदेखि यता म महिला र पुरुषहरूलाई एचआईभी/एड्सबाट
बच्ने ज्ञान दिइरहेको छु ।
जीते परियार, ललितपुर |
लुथरन विश्व फेडरेशनले अन्य संघसंस्था/निकायहरूसँग सहयोग/साझेदारीमा
काम गराउने गर्दछ । अन्तर्रर्ााट्रय समुदाय र नागरिक समाजमार्फ् र्सार्वजनिक
चेतनाको वृद्धि गर्नु/गराउनु, क्षेत्रीय तथा सीमा वारपार सहयोग र राष्ट्रिय
क्षमताको सबलीकरण गर्दै विभिन्न निकायहरूबीच समन्वयको संयन्त्र विकास
गरी तदारुकताका साथ विकासका क्रियाकलाप गर्नु पनि संस्थाको उद्देश्य
हो ।
मुलुकको र्सवाङ्गीण विकासका लागि समाजमा एचआईभी/एड्स
सम्बन्धी चेतना दिँदै सशक्तीकरण गर्दै लैजानर्ुपर्छ भन्ने सोच रहिआएको
यस संस्थाले विभिन्न गैर संस्थाहरू आवद्ध भई 'साथी शिक्षा' नमूनामार्फ्
विद्यालय जाने विद्यार्थी, विद्यालय नजाने युवा-युवती तथा किशोर-किशोरी,
आमा समूह, शिक्षक, धर्मगुरु, धामीझाँक्रीलाई समूहबद्ध गरी कार्यक्रम
सञ्चालन गर्दै आएको छ । यिनैमध्येबाट कार्यक्रमले तालिम दिई 'साथी
शिक्षक' चयन गर्दछ र यिनीहरूकै सहयोगमा उनीहरूकै समुदायमा एचआईभी/एड्सलगायत
अन्य सामाजिक विषयहरूमा परामर्श तथा सल्लाह दिने गर्दछ । हाल यस्ता
कार्यक्रमहरू ललितपुरका ९ गाविस, रामेछापका ५ गाविस, डोटी, कैलाली
तथा बाँकेका जम्मा २६ गाविस र मोरङ तथा झापाका २२ गाविसमा सञ्चालित
छन् । पश्चिममा सञ्चालित यस कार्यक्रमले कमैया र हलिया जस्ता विपन्न
वर्गलाई समेटेको छ भने पर्ूवमा भुटानी शरणार्थी र यौन व्यापारमा लागेका
महिलाहरूलाई । देशको मध्यभागमा भने यसले स्थानान्तरण भएका मानिस तथा
दलित समुदायमाझमा आफ्ना कार्यक्रमहरू चलाउँदै आएको छ ।
एचआईभी/एड्स चेतना दिने कार्यक्रममार्फ् काम भइरहेका
५३ वटा गाविसका ६५ प्रतिशत जनतालाई सचेत बनाइसकेको र सन् २००७ को अन्त्यसम्म
यो अंश ७५ प्रतिशतसम्म पुर्याउने लक्ष्य राखेको छ । चरणवद्ध रूपमा
सञ्चालन हुने यस कार्यक्रमले 'साथी शिक्षा' हुँदै समुदायलाई नै आवद्ध
गराउने नमूनालाई नै प्रयोगमा ल्याउनाले धेरै व्यक्तिहरू लाभान्वित
हुने गरेको अनुभव सँगालेको छ । समुदायलाई उचित ज्ञान, धारणा र व्यवहारद्वारा
परिमार्जित गर्दै लैजाँदा तिनीहरू सशक्त र संवेदनशील हुने मान्यता
यस संस्थाद्वारा सञ्चालित हरेक कार्यक्रममा रहन्छ । एचआईभी/एड्स विरुद्ध
चेतना अभिवृद्धिका लागि गरिने कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय
तथा समुदायमा निबन्ध, लेख तथा कविता प्रतियोगिताका साथसाथै सडक नाटकहरू
पनि सञ्चालन गरिँदै आएको छ ।
आउँदा दिनहरूमा अधिकारमा आधारित अवधारणाका परियोजनाहरूलाई
ध्यान दिने संस्थाको योजना छ । अधिकारमा आधारित अवधारणाले संस्थाका
केही आधारभूत कार्यशैलीमा परिवर्तन ल्याउन सक्छ । संस्थाले एचआईभी/एड्स
सङ्क्रमितहरूलाई यससम्बन्धी क्रियाकलापमा बढीभन्दा बढी समावेश गराउनेछ
।
|