हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव फिचर | एचआईभी/एड्स

जसको सवाल, उसकै नेतृत्व

एचआईभी र एड्सविरुद्ध लड्न 'जसको सवाल उसकै नेतृत्व' को अवधारणाअनुरुप एचआईभी-सङ्क्रमितहरूलाई नै अग्रपङ्तिमा ल्याउनु जरुरी छ । त्यसनिम्ति स्थानीयस्तरका कार्यक्रम र तिनलाई सरोकारवाला र अन्य सम्वद्ध पक्षको निरन्तर भरथेगको खाँचो छ ।


डोटीका गाउँहरूमा चआईभी/एड्ससम्बन्धी सचेतना कार्यक्रम ।

डोटी जिल्ला अस्पताल, सिलगढीको एचआईभी/एड्स स्वेच्छिक परामर्श तथा जाँच केन्द्रमा जून-जुलाई २००४ मा जँचाउन पुगेका ७१ जनामध्ये ३४ जनामा एचआईभी पोजिटिभ देखियो । तीमध्ये धेरैजसो ४० वर्षुनिका विधवाहरू थिए । र, करीब ६० प्रतिशत वर्षदिन पनि नपुगेका शिशुका आमाहरू थिए । रोजगारीका लागि 'देश' -भारत) गइरहने श्रीमान्हरू अज्ञात कारणले मरेपछि गाउँमा उपेक्षित, अपहेलित जीवन बिताइरहेका विधवाहरूको रक्तपरीक्षणबाट देखिएको यो आँकडा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा एचआईभी सङ्क्रमणको एउटा भयावह दृष्टान्त हो । हामी सबैले यो स्थितिलाई गम्भीरतापर्ूवक लिनु जरुरी छ ।

सन् १९७८ मा स्थापित केएर नेपाल शुरुमा ग्रामीण भौतिक पर्ूवाधार विकास तथा सामाजिक कल्याणका विभिन्न गतिविधिहरूमा केन्द्रित थियो । विस्तारै यसको कार्यक्षेत्र फैलिँदै गयो । अहिले स्वास्थ्य, वन, ग्रामीण क्षेत्रको भौतिक पर्ूवाधार विकास तथा जलाधार व्यवस्थापनका विविध कार्यक्रमको कार्यान्वयनमा लागिपरेको केएरको प्राथमिकतामै परेको छ स्वास्थ्य क्षेत्र । त्यसअर्न्तर्गत बालबचाउ, पोलियो उन्मूलन, परिवार स्वास्थ्य, एचआईभी/एड्ससम्बन्धी विविध परियोजना सञ्चालन गरिरहेको यो संस्थाले भोलिको पुस्तालाई एचआईभी सङ्क्रमणबाट टाढै राख्ने अभियानमा हातेमालो गरिरहेको छ । डोटीमा सञ्चालित परियोजना त्यसकै एक अङ्ग हो  ।

यसअघि बझाङ र डोटीमा गरिएका अध्ययनहरूले ती जिल्लाका अधिकांश पुरुष कामका लागि 'देश' जाने र एचआईभी सङ्क्रमणका दृष्टिले जोखिमपर्ूण्ा क्रियाकलापमा संलग्न हुने गरेको तथ्य देखाएका थिए । ती तथ्यका आधारमा भारत आवतजावत गरिरहने पुरुषहरू, तिनका श्रीमती, त्यहाँका युवा र वादी महिलाहरूलाई एचआईभी सङ्क्रमणका दृष्टिले जोखिमयुक्त समूहका रूपमा पहिचान गरिएको थियो । त्यो समूहलाई व्यवहार परिवर्तनका विविध क्रियाकलापमा संलग्न गराउनुपर्ने आवश्यकता थियो । त्यसलाई महसूस गर्दै केएर नेपालले एचआईभी र एड्स रोकथाम, सेवा तथा सहयोग परियोजनाअर्न्तर्गत 'बानी परिवर्तन' का निम्ति विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । तर, सुदूरपश्चिमका पहाडी गाउँघरमा महामारीकै रूपमा फैलिन थालेको यौनरोग र एचआईभी सङ्क्रमणलाई रोक्न र जोखिमपर्ूण्ा समुदायको 'बानी परिवर्तन' लाई अझ द्रूततर बनाउन छोटो अवधिका कार्यक्रम मात्र पर्याप्त नहुने, त्यसको प्रभाव हर्ेनका लागि 'समुदायकेन्द्रित सघन कार्यक्रम' नै ल्याउनुपर्ने आवश्यकता केएर नेपालले महसूस गर्‍यो । त्यसका लागि एचआईभी सङ्क्रमित व्यक्तिहरूको आर्थिक तथा सामाजिक आयाम बुझनु जरुरी हुने केएरको ठम्याइ रहृयो । यस्ता कुराको बृहत् अध्ययन गरी भावी रणनीति तयार गर्नका लागि यो संस्थाले अप्रिल-सेप्टेम्बर २००४ मा डोटीका पोखरी, गाजरी, काडामाण्डू र गैरागाउँ गाविसमा ६ महिने अध्ययन सञ्चालन गरेको थियो । एचआईभी सङ्क्रमित व्यक्तिहरूप्रतिको सामाजिक दृष्टिकोण, उनीहरूको वर्तमान अवस्था तथा जीवनस्तर सुधार्ने उपाय र सेवाप्रदायकहरूको क्षमता तथा सीप विकासका निम्ति आवश्यक कुरा पहिचान गर्नु कार्यक्रमको मूल उद्देश्य थियो । कार्यक्रम कार्यान्वयनका क्रममा एचआईभी सङ्क्रमित, तिनका परिवार, स्वास्थ्यकर्मी र स्थानीय समुदायसँग अन्तरक्रिया र छलफलहरू भएका थिए ।

अध्ययनले पहिल्याएका केही मूलभूत तथ्यहरू थिएः
· एड्सका कारण श्रीमान् गुमाएका विधवाहरूलाई समाजले चरित्रहीन, अनैतिक भएको लान्छना लगाइरहेको छ ।
· एचआईभी सङ्क्रमणको शङ्काको घेरामा रहेका व्यक्तिहरूले समाजबाट अनपेक्षित हेलाहोचो व्यहोरिरहेका छन् ।
· कामको सिलसिलामा भारत गइरहने व्यक्तिको जवान अवस्थामै मृत्यु भएमा उनकी विधवालाई एचआईभी सङ्क्रमण भएको ठान्दै सोही अनुरुप व्यवहार गरिन्छ  ।
· एचआईभी सङ्क्रमितहरूलाई घरपरिवारबाट अलग्गै बस्न बाध्य पारिन्छ । उनीहरूलाई मेलापर्वमा समेत उपेक्षा गरिन्छ ।
· त्यसैले उनीहरू सङ्क्रमणको कुरा लुकाउँछन्, छोराछोरीका बारेमा धेरै पीर मान्छन्, दिनभर हाँसीखुसी बिताए पनि रातभर रुने गर्छन्् ।
· जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरू समेत एचआईभी सङ्क्रमितहरूसँग काम गर्नु नपरे हुन्थ्यो भन्दै पन्छिन खोज्छन् ।
· कतिपय घरपरिवार एचआईभी र एड्सकै कारण पुरुषविहीन/ श्रमशक्तिविहीन भइसकेका छन् ।

यो परिवेशमा एचआईभी सङ्क्रमित र शङ्काको घेरामा रहेका व्यक्तिहरूको स्वतन्त्रतापर्ूवक बाँच्न पाउने अधिकारसमेत हनन् भइरहेको थियो । सामाजिक, आर्थिक सेवामा उनीहरूको पहुँचसमेत दिनदिनै घट्दै गइरहेको थियो । त्यो समूह समाजको सीमान्तकृत वर्गमा रूपान्तरित हुने सम्भावना थियो । एचआईभी र एड्सविरुद्ध लड्न 'जसको सवाल उसकै नेतृत्व' को अवधारणाअनुरुप एचआईभी सङ्क्रमितहरूलाई नै अग्रपंक्तिमा ल्याउनुपर्ने; तालिम, प्रशिक्षण र आर्थिक टेवाहरूमार्फ् सङ्क्रमितहरूको सशक्तीकरण गरिनुपर्ने, सङ्क्रमितहरूमाथि भइरहेको हेलाहोचोलाई कम गर्न सामुदायिक सहयोग समूह गठन गरिनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै केएर नेपालले जनवरी-जुलाई २००५ मा डोटीका चार गाविसमा 'जिपा' -गेन इन पावर फर एड्स फाइट) कार्यक्रम सञ्चालन गर्‍यो । एचआईभी र एड्स नियन्त्रणको काम सङ्क्रमित र प्रभावितहरूको बृहत् संलग्नतामा हुनर्ुपर्छ भन्ने मान्यता बोकेको जिपाले कार्यक्रमको प्रत्येक चरणमा सङ्क्रमित र उनीहरूका साथीहरूको संस्था 'र्स्पर्श नेपाल' लाई अग्रपङ्तिमा उभ्याएर डोटीका गाजरी, पोखरी, काडामाण्डू र गैरागाउँ गाविसका सङ्क्रमित, प्रभावितहरूलाई नै सामुदायिक सहयोग समूहमा गोलबन्द गर्ने काम गर्‍यो । त्यस्ता समूहमा सङ्क्रमित, प्रभावितहरूसँगै समुदायलाई सकारात्मक रूपमा अघि बढाउन खोज्ने समाजसेवीहरू पनि सहभागी थिए । प्रत्येक गाविसमा तीन वटा समूह बनाइएको थियो । सङ्क्रमित व्यक्ति नै अनिवार्य रूपमा समूहको कोषाध्यक्ष हुने व्यवस्था भएकाले पनि सङ्क्रमितहरू नै अघि लागेर यस्ता समूहलाई सघाउने वातावरण बन्यो ।


घरघरमा एचआईभी/एड्ससम्बन्धी अन्तरक्रिया ।

कार्यक्रमअर्न्तर्गत एचआईभीको जोखिमका बारेमा सङ्क्रमितहरूलाई बुझाउन र उनीहरूको क्षमता-अभिवृद्धि गर्न अन्तरक्रिया, तालिम, समन्वयात्मक बैठकहरू सञ्चालन गरिए । सङ्क्रमण नियन्त्रणको उपाय उपलव्ध छ भन्ने सन्देशका साथ उपचार-साक्षरता सम्बन्धी तालिम दिइयो । सङ्क्रमितहरूले सकारात्मक सोचाइ राख्न सके उनीहरूको आयु लम्बिने विश्वासका साथ आशावादी दृष्टिकोण बढाउने गतिविधिमा उनीहरूको संलग्नता बढाइयो । एचआईभी सङ्क्रमितहरूलाई पनि अरू नागरिकसरह बाँच्ने अधिकार छ, उनीहरूलाई स्वास्थ्योपचार, शिक्षा वा सेवाका क्षेत्रमा कुनै किसिमको भेदभाव गरिनुहुन्न भन्ने जस्ता सन्देश प्रवाह गर्दै आफ्ना अधिकारको पैरवी गर्ने काममा सङ्क्रमित र प्रभावितहरूको क्षमता बढाउने उद्देश्यले विविध गतिविधि सञ्चालन गरियो । स्थानीयस्तरमा पैरवी गर्ने 'रिफ्लेक्ट' अवधारणाअनुरुप एचआईभी सङ्क्रमित र प्रभावितहरूलाई उनीहरूको अवस्था, आवश्यकता र अधिकारबारे जानकार बनाउने उद्देश्यले प्रशिक्षक तयार गर्नुका साथै गाविसस्तरमा पैरवी कार्यक्रम शुरु गरिए  । कार्यक्रम कार्यान्वयनकै क्रममा सङ्क्रमितहरू स्थानीय लवजमा भन्न थालेका थिए, "अधिकार मागिबटि पाइनैन, यी ता हामी अगाडि गइबट, खोसीबट लिनु पड्डो छ ।" -अधिकार मागेर पाइँदैन, यो त आफैँ अगाडि बढेर खोसेर लिनर्ुपर्छ ।)

तथापि, समाजबाट उपेक्षित र अपहेलित सङ्क्रमितहरूलाई जीवन-निर्वाहका निम्ति दिगो भरथेग उपलव्ध गराउन सशक्तीकरण सम्बन्धी तालिमहरू मात्र पर्याप्त थिएनन् । उनीहरूलाई भौतिक, आर्थिक उत्प्रेरणाको उत्तिकै खाँचो थियो । यो तथ्यलाई दृष्टिगत गर्दै जिपा परियोजनाअर्न्तर्गत स्थापित १२ वटा सामुदायिक सहयोग समूहलाई आयआर्जनमा सघाउन सुरुआती रकम -सीड मनी) उपलब्ध गराइयो । समूहका अध्यक्ष र कोषाध्यक्षले सञ्चालन गर्ने गरी राष्ट्रिय बाणिज्य ब्याङ्क, सिलगढी शाखामा खाता खोलियो । अधिकारका लागि पैरवी, वातावरणीय सरसफाई, अवसरवादी सङ्क्रमणको उपचार र आयआर्जनका लागि समूहलाई सुरुआती रकम उपलब्ध गराएर त्यसका सदस्यहरूलाई सबल बनाउने प्रयास र्सार्थक भएको कार्यक्रममा संलग्न व्यक्तिहरूको अनुभव छ ।

तर, सवलीकरणको काम थोरै लगानी र छोटो समयको प्रयासबाट मात्रै संभव हुँदैन । सम्बन्धित क्षेत्र वा वर्गलाई चार-पाँच वर्षम्म निरन्तर सहयोग उपलब्ध गराउन सके मात्र यो अभियानले र्सार्थकता पाउँछ  । त्यसैले अन्य दातृनिकायबाट स्रोतसाधन जुटाएर यिनलाई अझ सबल र सक्षम बनाउनु जरुरी देखिन्छ । केएर नेपालकी स्वास्थ्य कार्यक्रम संयोजक निर्मला शर्मा भन्नुहुन्छ, "सबलीकरण अभियानको नेतृत्व स्थानीय समूहरूले नै लिन थालेका छन् । उनीहरूलाई अझ सहयोग गर्नका निम्ति थप स्रोतसाधनको खाँचो छ । हामी त्यस्तै स्रोत जुटाउने/खोज्ने प्रयासमा छौँ ।"

जिपा परियोजनाको कार्यान्वयनका क्रममा केएर नेपालले सँगालेको एउटा उल्लेख्य अनुभव के हो भने एचआईभी रोकथाम सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका निम्ति तिनमा सङ्क्रमित र प्रभावितहरूको संलग्नता जरुरी छ । जबसम्म उनीहरू अग्रपङ्तिमा आउँदैनन्, एचआईभी सङ्क्रमण फैलिरहन्छ र रोकथामको काम कठिन हुन्छ । सङ्क्रमितहरूलाई भविष्यप्रति आशावादी बनाउन तालिमले मात्र पुग्दैन, स्रोतमाथिको उनीहरूको पहुँच बढाउने काम पनि उत्तिकै आवश्यक छ । एचआईभी सङ्क्रमितहरूले आयआर्जनका निम्ति निर्व्याजी ऋण लगायतका आर्थिक उत्प्रेरणा पाउनासाथ उनीहरूमा उद्यम गर्ने हौसला बढेको डोटीको उदाहरणले देखाएको छ । केएर नेपालका एचआईभी/एड्स विशेषज्ञ नुरप्रसाद पन्त भन्नुहुन्छ, "त्यहाँ एचआईभी सङ्क्रमित र प्रभावितहरूले आफैँ उद्यम गर्न थालेपछि समाजका अन्य व्यक्तिले उनीहरूलाई हर्ेर्ने दृष्टिकोणमा पनि क्रमिक रूपमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।"


एचआईभी/एड्ससम्बन्धी अन्तरक्रिया ।

पन्तका अनुसार, सामुदायिक सहयोग समूह निर्माणका निम्ति पहिलो आवश्यकता हो- यसको स्पष्ट कार्यनीति । कार्यक्रमको स्थायित्व, समूह-निर्माण र त्यसको सुपरीवेक्षणका लागि सरकार वा सम्वद्ध कुनै निकाय अग्रसर हुनु पनि उत्तिकै जरुरी छ । जिपाको कार्यान्वयनका क्रममा प्राप्त उपलब्धि र सिकाइहरू यो क्षेत्रमा कार्यरत अन्य निकाय र संस्थाहरूका लागि समेत अनुकरणीय हुन सक्छन् । एचआईभी सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा सङ्क्रमितको हेरचाह र उपचारमा समाजका सबै वर्गलाई समेट्दा उपयोगी प्रतिफल प्राप्त हुने कुरा डोटीमा सञ्चालित कार्यक्रमले राम्ररी देखाएको छ ।

तर, यो काम सहज र पर्याप्त छैन । त्यसनिम्ति स्थानीयस्तरका साझेदार संस्थाहरूलाई समेत सहभागी बनाएर जिल्लास्तरमा योजना बनाउनु आवश्यक छ । यिनै कुरालाई दृष्टिगत गर्दै केएर नेपालले एचआईभी र एड्स नियन्त्रणका लागि 'ग्लोबल फण्ड' अर्न्तर्गत दर्ुइ वटा परियोजनामा काम गर्ने निर्ण्र्ाागरेको छ । पहिलो हो, समुदाय तथा जिल्लास्तरका नेतृत्व तहका व्यक्तिहरूका लागि एचआईभी सचेतना कार्यक्रममार्फ् जिल्ला एड्स योजनाको तर्जुमा । र, दोस्रो हो- एचआईभी सङ्क्रमित तथा प्रभावितहरूका लागि जिल्लास्तरीय मनोसामाजिक हेरचाह र सहयोगसम्बन्धी योजना । अगष्ट-अक्टोबर, २००५ मा चितवन, डोटी र झापामा सम्पन्न पहिलो तथा अछाम, डोटी, बाँके, चितवन र झापामा सम्पन्न दोस्रो कार्यक्रममार्फ् जिल्लास्तरीय योजनाहरूको प्रारम्भिक खाका तयार भएको छ । तिनलाई सरोकारवाला र सहयोगी संस्थाले अन्तिम रुप दिई कार्यान्वयन गर्न सके मात्र एचआईभी सङ्क्रमित र प्रभावितहरूको अधिकार सुनिश्चित गर्न सकिन्छ । जिल्ला एड्स समन्वय समिति, जिविस र साझेदार संघसंस्थाहरूले देखाएको प्रतिबद्धताका आधारमा निकाल्न सकिने अर्को निष्कर्षहो- अब जिल्ला-जिल्लामा एचआईभी र एड्स नियन्त्रणका क्षेत्रमा हुने गतिविधिहरू यी र यस्तै योजनाअर्न्तर्गत गरिएको खण्डमा बढी प्रभावकारी हुनसक्छन् ।

समाजमा मर्यादित जीवन बिताउन पाउनु एचआईभी सङ्क्रमित र प्रभावितहरूको अधिकार पनि हो । 'जसको सवाल, उसैको नेतृत्व' को अवधारणाअनुरुप सङ्क्रमित र प्रभावितहरूलाई अघि बढाएको खण्डमा मात्र एचआईभी र एड्स रोकथाममा आशातीत उपलब्धि हासिल गर्न सकिन्छ । र, स्वास्थ्यसम्बन्धी सहस्राब्दी लक्ष्य प्राप्त गर्ने एउटा बाटो यो पनि हुनेछ ।


फूलमतीको आत्मबल

फूलमती ऐरै -नाम परिवर्तन), ३२, एचआईभी सङ्क्रमित विधवा हुन् । विवाह भएको तीन वर्षनपुग्दै फूलमतीका श्रीमान्को मृत्यु भयो  । उनी कामको सिलसिलामा भारतको मुर्म्बई गइरहन्थे । त्यसैले गाउँलेहरूले उनको मृत्यु एचआईभी/एड्सकै कारणले भएको हो भनी ठोकुवा गर्थे र फूलमतीलाई पनि एचआईभी भएको ठानी हेलाहोचो गर्थे । उनी समाजले दिएको पीडा सहेर बाँच्न विवश थिइन् ।
उनै फूलमती डोटीस्थित सामुदायिक सहयोग समूहमा आवद्ध भएपछि उनमा बेग्लै उत्साहको सञ्चार भयो । विस्तारै उनी एचआईभी सम्बन्धी धेरै कुरा बुझने भइन्, अधिकारबारे पनि सचेत हुन थालिन् । अहिले उनी समूहका प्रत्येक क्रियाकलापमा सक्रिय भएर काम गर्न थालेकी छन् । आफूजस्तै अधिकार खोसिएकाहरूको हकहितका लागि दिनरात खटिरहन्छिन् । यस्तो कामबाट सन्तुष्टि मिल्ने र सारा पीरव्यथा भुल्ने कुरा उनले हालैको एक अन्तरक्रियामा बताइन्  । समूहको प्रतिनिधित्व गर्दै सङ्क्रमितहरूले उपचार पाउनर्ुपर्छ भन्ने माग बोकेर उनी धेरैपल्ट स्वास्थ्य संस्था पनि पुगिसकेकी छन् । र, थुप्रैको उपचारमा सहयोग पुर्‍याएकी छन् । यसले उनलाई जीवनको र्सार्थकता महसूस गराएको छ । यो सबै 'जसको सवाल उसकै नेतृत्व' कार्यक्रमको उपलव्धि भएको उनी बताउँछिन् ।


डोटीका एचआईभी सङ्क्रमितहरूको साझा आवाज

· एचआईभी र एड्सको उपचारमा हामीलाई सहयोग गरियोस् ।
· हाम्रा बालबच्चा तथा असहाय केटाकेटीलाई शिक्षा दिइयोस् ।
· हामीलाई पुनःस्थापन गरियोस् ।
· विधवा र कम उमेरका महिलालाई व्यावसायिक सीप तथा काम उपलव्ध गराइयोस्  ।
· सरकारी सहयोग र तालिम हामीकहाँ पनि आइपुगोस् ।
· वृद्धभत्ताजस्तै एचआईभी सङ्क्रमित भत्ता दिइयोस् ।
· हेलाहोचो नगरियोस् र समुदायमा स्वास्थ्य सचेतनाका कार्यक्रम ल्याइयोस्  ।