हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव फिचर | एचआईभी/एड्स

चुनौती चुलिँदै क्षमता उस्तै

सत्र वर्षघि नेपाल छिरेको एचआईभी/एड्सको चुनौती झान्-झान् व्यापक र जटिल हुँदै गइरहेको छ । तर त्यस्तो चुनौती सामना गर्न मुलुकको राजनीतिक, सामाजिक र प्रशासनिक सामर्थ्य भने बढेको, बढाइएको छैन ।

शरद के.सी.

शंका गर सबैलाईः एचआईभी भएकी एक महिलाले यो आफ्नो गल्तीले मात्र हुने रहेनछ भन्ने अनुभव गरेकी छन् । घरमै सीमित 'सती सावित्री' हरू पनि एचआईभीको जोखिममा छन् । यस मामिलामा 'लोग्नेलाई समेत शङ्का गर्नुस्' भन्ने अवस्थामा पुगेकी ती महिलाले सुनाइन्, "मलाई आफ्नै श्रीमान्ले एचआईभी सारिदिए र विधवा समेत बनाएर गए ।"

मेरो के दोष: पहिले यौनकर्मी रहेकी एक अधबैँसे महिलालाई आफ्नो विगत सम्झिँदा एकैसाथ आक्रोश, अपराध र ग्लानि हुन्छ । आफ्नो शरीरमा एचआईभी देखा परेपछि अरूबाट आफूलाई र आफूबाट अरूलाई सरेको सम्झिँदा उनलाई निकै दुःख लाग्छ । "मैले कण्डम प्रयोग नगरी यौन सर्म्पर्क गर्न नदिएको भए ..." उनले अलि अड्किँदै भनिन्, "तर मेरो के दोष - सक्दो सबैलाई कण्डम लगाउन भन्थँे, अहिले गल्ती मेरो मात्रै थिएन भनेर चित्त बुझाउँछु ।"

नसम्झाौँ ती दिनहरूः काठमाडौँ, महाराजगञ्जका एक २८ वषर्ीय युवकले सात वर्षछि लागूऔषधको कुलत त्यागे । तर त्यसबेला एचआईभी सार्ने एउटा जोखिमपर्ूण्ा माध्यम साझा र्सर्ुइको पनि प्रयोग गरेका उनी अहिले कतै आफूलाई पनि एचआइभी छ कि भन्ने डरले रगत जँचाउन हिच्किचाइरहेका छन्  । "घरकाले परिणाम स्वीकार्न सक्ने वातावरण बनाउन खोजिरहेको छु  । तर कसरी सक्नुहोला र - म एक्लो छोरा हुँ", कुराकानीका क्रममा रसाएका आँखा पुछ्दै उनले भने, "भो अब विगत नकोट्याउँ । म ती अँध्यारा दिनहरू बिर्सर्ेेबाँच्न चाहन्छु ।"


मीन बज्राचार्य

१७ वर्षघि पहिलोपल्ट देखापरेपछि असुरक्षित यौनसर्म्पर्क गर्ने र र्सर्ुइ प्रयोग गरेर लागूपदार्थ लिनेहरूलाई हुने ठानिएको एचआईभी/एड्स अहिले नेपाली समाजको तहतहमा प्रवेश गरिसकेको झल्को दिने यस्ता घटना प्रसस्त छन्  । एचआईभी सङ्क्रमण कुनै निश्चित समुदाय, वर्ग वा समाजका निम्ति मात्र नभई प्रत्येक घरपरिवारको निम्ति डर र त्रास बनिसकेको छ । मानिस कतिवेला बाटो बिराउँछ र एचआईभीको शिकार हुन्छ भन्ने अनुमान लगाउन सकिँदैन । तैपनि सरोकारवालाहरूले यसबारे लिनुपर्ने जति फिक्री लिएको देखिँदैन  ।

असुरक्षित यौनकर्म जारी छ । महिला बेचबिखन रोकिएको छैन  । यौन स्वास्थ्यप्रति पर्याप्त चेतना छैन । लागूऔषधका प्रयोगकर्ताहरू त्यत्तिकै बढेका छन् । मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता नष्ट गरेर उसको ज्यानै लिने एचआईभी जीवाणुको बढ्दो सङ्क्रमणले समाज र राष्ट्रलाई क्षतविक्षत पार्ने खतरा दिनपरदिन बढिरहेको छ ।

एचआईभी/एड्सको सबैभन्दा खतरनाक पाटो राष्ट्रको उत्पादनशील जनशक्ति त्यसको शिकार हुनु हो । सरकारी तथ्याङ्क अनुसार, अक्टुबर २००५ सम्ममा एड्स भएका ९२९ जनासहित ५,५६४ एचआईभी सङ्क्रमितहरूमध्ये १५ वर्षेखि २९ वर्षम्मका २८६७ जना छन् । जुन कुल पीडितको ५१ प्रतिशतभन्दा बढी हो । त्यसमा ३९ वर्षउमेरसम्मकालाई पनि जोड्ने हो भने यो सङ्ख्या ८७ प्रतिशत पुग्छ । यो त भयो सरकारी आँकडा । तर एचआईभी/एड्स हर्ेर्ने राष्ट्रसंघीय निकाय 'युनएनएड्स' को अध्ययनले नेपालमा एचआईभी सङ्क्रमितहरूको सङ्ख्या ६२ हजार पुगेको अनुमान गरेको छ । सरकारले सन् २००२ मा तयार पारेको एचआईभी/एड्स सम्बन्धी पञ्चवषर्ीय राष्ट्रिय रणनीतिमा उल्लेख गरिएको अनुमान/विश्लेषणले पनि एचआईभी सङ्क्रमणको भावी स्वरुप निकै डरलाग्दो देखाएको छ । त्यसमा 'प्रभावकारी कार्यक्रमको अभाव भएमा सन् २००५ सम्म १५ देखि ४९ वर्षउमेर समूहको मृत्युको प्रमुख कारण एड्स बन्नसक्ने' उल्लेख थियो ।

एचआईभीका बलिया भरिया
एचआईभीको सबैभन्दा ठूलो वाहक यौनकर्मी हुन् । सरकारी तथ्याङ्क अनुसार, ६०४ जना यौनकर्मी र उनीहरूका २९६३ जना ग्राहक एचआईभी सङ्क्रमित भएका छन् । यो सङ्ख्या कुल एचआईभी सङ्क्रमितको ६४ प्रतिशत हो । सन् १९९७ मा काठमाडौँमा गरिएको एक र्सर्वेक्षणमा २.७ प्रतिशत यौनकर्मीमा देखिएको एचआईभी २००० मा १७.३ प्रतिशतमा फैलिसकेको थियो । देशभर यौनकर्मी महिलाको सङ्ख्या ६० हजार रहेको सरकारी आँकडा छ । तर परिवर्तनका लागि कार्यरत महिला समूह -वाच) का परामर्शदाता डा. नारायणकाजी श्रेष्ठ यथार्थमा यो सङ्ख्या निकै बढी रहेको बताउँछन् । भारतबाट फर्किएका ७० प्रतिशत यौनकर्मीहरूमा एचआईभी पाइएको छ । भारतमा बेचिएका नेपाली चेलीहरूको सङ्ख्या डेढ लाखदेखि दर्ुइ लाख रहेको अनुमान छ । एचआईभीको जोखिम कम गर्न यौनकर्मीका ग्राहक घटाउने अभियान प्रभावकारी हुनसक्ने श्रेष्ठको धारणा छ । "त्यसको निम्ति यौनकर्मी महँगा हुनर्ुपर्छ", उनी भन्छन्, "तर यसोभन्दा यौन व्यवसायलाई प्रोत्साहन गरेको आरोप भने लाग्न सक्छ ।"

सङ्ख्याको हिसाबले यौनकर्मी र तिनका ग्राहकहरूमा बढी देखिए पनि वृद्धिदरको हिसाबले हर्ेर्ने हो भने एचआईभीको सङ्क्रमण र्सर्ुइबाट लागूऔषध लिनेहरूबीच बढी छ । सन् १९९१ मा काठमाडौँमा गरिएको एक र्सर्वेक्षणबाट लागूऔषधको र्सर्ुइ लिनेहरूबीच २ प्रतिशतमा देखिएको एचआईभी २००२ मा ६८ प्रतिशतमा देखापर्‍यो । राष्ट्रिय औसतमा यो सङ्ख्या ४० प्रतिशत छ । सरकारले देशभर ३० हजार लागूऔषध प्रयोगकर्ता रहेका अनुमान गरेको छ । तर पर्ूव र वर्तमान लागूऔषध प्रयोगकर्ता तथा उनीहरूसँग सम्बद्ध संस्थाहरूको सञ्जाल रिकभरी नेपालका कार्यकारी निर्देशक विजय पाण्डे भने उक्त सङ्ख्या ७० देखि ८० हजार रहेको बताउँछन् । तीमध्ये आधा जसोले सिरिञ्जबाट लागूऔषधको प्रयोग गर्छन् । "पहिला-पहिला चुरोट, गाँजा र चरेस हुँदै क्रमशः नशा बढ्दै जाँदा सिरिञ्जको प्रयोग गर्थे । पछिल्लो पुस्ता छोटो समयमै सिरिञ्जको प्रयोग गर्न पुगेको पाइएको छ", पाण्डे बताउँछन् ।

मुलुकमा व्याप्त हिंसाले आन्तरिक र बाहृय विस्थापन तथा बसाइँसराइ बढाउँदै लगेको बेला यस्तो चलायमान जनसङ्ख्या पनि एचआईभीको बाहक बनेको छ । भारतमा काम गर्न गएका मध्ये डोटीका १० तथा अछाम र कैलालीका ६ देखि ८ प्रतिशत मानिसमा एचआईभी फेला परेको थियो । त्यस्ता पुरुषहरूबाट घरमा बसेकी श्रीमतीलाई एचआईभी सरेका उदाहरणहरू पनि भेटिएका छन् । कतिपय महिलाहरूको अनुभवमा पतिले आफूलाई एचआईभी लागेको थाहा हुँदाहुँदै पनि पत्नीलाई नभनेर एचआईभी सारेका छन् । "श्रीमतीले जति सोधे पनि श्रीमानले आफूलाई एचआईभी भएको कुरा लुकाएका प्रशस्त उदाहरण छन्", एचआईभी पीडित महिलाहरूद्वारा स्थापित स्नेह समाजकी एक पदाधिकारी भन्छिन्, "त्यसैले अब त चिना वा राशि हेरेर भन्दा पनि रगतको रिपोर्ट हेरेर बिहे गर्नुपर्ने अवस्था आएको छ ।"

सन् २००२ मा गरिएको अनुमान अनुसार भारतमा १० लाखभन्दा बढी नेपाली पुरुषहरू कार्यरत छन् । त्यस्तै सरकारी आँकडामा ६ लाख मात्र भएपनि वैदेशिक रोजगार व्यवसायी संघका अनुसार, १५ लाखभन्दा बढी नेपाली तेस्रो मुलुकमा कार्यरत छन् । श्रीमान लामो समय बाहिर रहँदा परपुरुषसँग यौनसम्बन्ध राख्न पुग्ने महिलाहरू पनि जोखिममा परिरहेका छन् ।

समलिङ्गीहरूलाई पनि एचआईभी बाहकको रूपमा हेरिएको छ । पुरुष समलिङ्गीहरूमध्ये अधिकांश विवाहित भएकाले उनीहरूले श्रीमतीहरूलाई पनि एचआईभी सार्ने सम्भावना रहन्छ । समलिङ्गीहरूको क्षेत्रमा काम गर्ने संस्था ब्लु डायमण्ड सोसाइटीका अध्यक्ष सुनिलबाबु पन्तका अनुसार सोसाइटीको सर्म्पर्कमा १८ हजार समलिङ्गीहरू आएका भए पनि वास्तविक सङ्ख्या त्योभन्दा बढी हुनसक्छ ।

यी बाहेक एचआईभी भएर पनि रगतमा जीवाणु देखा नपरिसकेको अवस्था -विण्डो पिरियड) का मानिसहरूको रगत लिँदा वा उनीहरूसँग यौन सर्म्पर्क गर्दा पनि जीवाणु र्सर्ने गरेको छ । तर त्यसभन्दा पनि डरलाग्दो पक्ष, कुल सङ्क्रमितहरूमध्ये ८५ देखि ९० प्रतिशत नेपालीलाई आफू एचआईभी सङ्क्रमित भएको जानकारी छैन । यस्ता व्यक्तिहरूबाट पति-पत्नी वा यौनसाथीलाई र्सर्ने ठूलो सम्भावना रहन्छ ।

'रानो हराएको मौरी'
एचआईभी विस्तारको गति र क्षेत्र बढ्दै गएको अवस्थामा त्यसविरुद्ध राज्यको राजनीतिक प्रतिबद्धताको भने कमी देखिन्छ । एचआईभी विरूद्धको लडाइँमा बहुपक्षीय सहभागिताको वकालत गर्ने गरी प्रधानमन्त्रीको अध्यक्षतामा सन् २००२ मा गठन भएको राष्ट्रिय एड्स परिषदको बैठक चार वर्षा एकचोटी मात्र बसेको छ । स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय एड्स समन्वय समितिले पनि प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र मात्रै एउटा त्यस्तो निकाय हो, जसले सकी-नसकी सरकारी उपस्थिति र सक्रियता देखाउन खोजिरहेको छ । त्यसमा पनि पर्याप्त र दक्ष जनशक्तिको अभाव छ । नेतृत्व नै अस्थिर छ- विगत तीन वर्षा केन्द्रको नेतृत्वमा नौ पटक परिवर्तन गरियो ।

सम्बन्धित मन्त्रालय र तिनका अधिकारीहरूसँग समन्वयको अभाव र आपसी हानाथापका माझमा केन्द्रको क्रियाशीलता पनि त्यति सन्तोषप्रद देखिँदैन । स्वास्थ्य मन्त्रालयले केन्द्रले अन्तर्रर्ााट्रय सहयोगको सदुपयोग गर्न नसकेको भनेर असन्तुष्टि जनाउने गरेको छ । आफू अर्न्तर्गतको एउटा सानो निकायले दाताहरूबाट आउने डलर खेलाइरहेको छ भनी इष्र्या गरेर मन्त्रालयले हस्तक्षेप गर्ने गरेको र त्यसले गर्दा स्वतन्त्रतापर्ूवक कार्य सम्पादन गर्न नसकिएको केन्द्रका पदाधिकारीको बुझाइ छ ।

काम भने जति गरेपनि नसकिने छन् । सन् २००२ मा पाँच वर्षो निम्ति तयार परिएको विस्तृत रणनीति पल्टाउने हो भने पनि त्यसमा सरकारले जवाफ दिनुपर्ने कुराहरू थुप्रै छन् । त्यसमा सन् २००५ सम्ममा १ लाखदेखि २ लाखसम्म वयस्कहरू एचआईभीबाट सङ्क्रमित हुने र एड्सबाट वाषिर्क १० देखि १५ हजारको मृत्यु हुने अनुमान गरिएको थियो । तर, यस्ता गम्भीर विषयमा विस्तृत अध्ययन, अनुगमन वा सुपरीवेक्षणको काम भएको छैन  । बजेटको अभावले मात्रै यी काम नभएका होइनन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले भने रु.१४ करोड हाराहारीको वाषिर्क कार्यक्रम चलाउने प्रस्ताव तयार गरेको छ । तर कमजोर सरकारी संयन्त्रकै कारण, अन्तर्रर्ााट्रय दाताहरूले खडा गरेका ग्लोबल फण्डले सरकारलाई दिन तत्परता देखाएको १ करोड २० लाख अमेरिकी डलरको एड्स रोकथाम कार्यक्रम सञ्चालनको जिम्मा संयुक्त राष्ट्रसंघीय निकायमा पुग्यो । यस्तै कारणले गर्दा ग्लोबल फण्डले झैँ बेलायती सहयोग नियोग डिफिडले दिन खोजेको २ करोड ५० लाख अमेरिकी डलर पनि संयुक्त राष्ट्रसंघीय निकायकै व्यवस्थापनमा खर्च हुने लगभग निश्चित भएको छ । सरकारी अधिकारीहरूले दाताहरूमाथि पनि सरकारलाई आफ्नो रुचि अनुसार डोर्‍याउन खोजेको आरोप लगाउने गरेका छन् ।

श्री ५ को सरकारको सचिव रहिसकेका पोलिसी प्रोजेक्ट नेपालका राष्ट्रिय निर्देशक भोजराज पोखरेलको अनुभवमा अन्तर्रर्ााट्रय क्षेत्रबाट राम्रो आर्थिक र प्राविधिक सहयोग हुँदाहुँदै पनि सरकारले राष्ट्रिय परिचालनको नेतृत्व लिन नसकेकोले समस्याहरू देखापरेका हुन् । उनी भन्छन्, "राजनीतिक प्रतिबद्धता र नेतृत्वको अभावमा सरकारी तत्परता प्रभावकारी नबन्नाले एचआईभी विरुद्धको कार्यक्रम रानो हराएको मौरी जस्तो भएको छ ।"

यो चालाले सन् २०१५ सम्ममा एचआईभी सङ्क्रमण पर्ूण्ा रूपमा रोकेर त्यसको न्यूनीकरण गर्ने सहस्राब्दी लक्ष्य पूरा हुन गाह्रो छ । एचआईभी/एड्स नियन्त्रणको क्षेत्रमा भइरहेका कार्यक्रमहरूलाई नजिकबाट हेरिरहेका दाता, राष्ट्रिय-अन्तर्रर्ााट्रय संस्थाका प्रतिनिधि मात्र होइन, स्वयं सरकारी अधिकारीहरू पनि लक्ष्य पूरा हुनेमा विश्वस्त छैनन्  । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका कामु निर्देशक डा. श्यामसुन्दर मिश्र भन्छन्, "अहिलेको अवस्थामा सुधार नगर्ने हो भने लक्ष्य भेट्न गाह्रो छ ।"

बाँच्ने र बचाउने अभियान
एचआईभी रोकथामको निम्ति बरु प्रभावित र जोखिममा रहेका समुदाय आफैँ सक्रिय भएका उदाहरणहरू भेटिन्छन् । काठमाडौँमा एचआईभी सङ्क्रमित वा प्रभावित महिलाहरूले खोलेका संस्था मात्र डेढ दर्जन जति छन् । ललितपुर, सानेपास्थित स्नेह समाज त्यस्तै एउटा संस्था हो । समाजकी कार्यक्रम अधिकृत प्रोत्साह कटुवालका अनुसार, यसले उपचारका निम्ति आउने महिलालाई आश्रय दिन 'क्राइसिस सेन्टर' र सिलाई केन्द्र सञ्चालन गर्नुका साथै अछाम, बुटवल, चितवन, पोखरा र नवलपरासीमा सङ्क्रमित महिलाहरूको समूह निर्माण गरेको छ । "सङ्गठित र क्षमता अभिवृद्धि गराउनु संस्थाको उद्देश्य हो", भन्छिन् प्रोत्साह ।

प्रभावितहरूकै अग्रसरताले गर्दा उनीहरूप्रतिको सामाजिक र सरकारी दृष्टिकोण परिवर्तन भएर सहयोग जुटाउन सजिलो भएको पनि देखिन्छ  । रिकभरी नेपालले गएको २८-२९ कात्तिकमा ललितपुरमा आयोजना गरेको पर्ूव र वर्तमान लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सम्मेलनमा मन्त्री र वरिष्ठ सरकारी अधिकारीहरू समेत सहभागी भएका थिए । उक्त सम्मेलनले समस्यालाई कानून वा अपराधको दृष्टिकोणबाट मात्र नहेरी मानवअधिकार, सामाजिक, आर्थिकलगायत हरेक पक्षबाट हर्ेन थालिएको सन्देश दिएको थियो ।

तैपनि सरकारी निकायबीच आपसी सामञ्जस्य र स्पष्ट नीतिको अभावमा लागूऔषध प्रयोगकर्ता थप जोखिममा रहेको रिकभरी नेपालका कार्यकारी निर्देशक विजय पाण्डेको भनाइ छ । उनी भन्छन्, "स्वास्थ्य मन्त्रालय अर्न्तर्गतका निकायले प्रयोगकर्तालाई सिरिञ्ज बाँड्छन्, गृह मन्त्रालयअर्न्तर्गतका निकाय सिरिञ्ज भेट्यो कि समात्दै हिँड्छन् ।" लागूऔषधका पर्ूव प्रयोगकर्ता अश्विन थापा आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै भन्छन्, "दर्ुर्व्यसन रोग हो, तर यो निको हुन्छ भन्ने सोचाइ राखेर नीतिनिर्माण गर्नुपर्छ ।"

जीवनरक्षा र जीवनदायी संस्था 'लाल्स' का कार्यक्रम प्रबन्धक पद्माश्री श्रेष्ठ संस्थाले काठमाडौँ र ललितपुरका ८२ केन्द्रबाट लागूऔषध प्रयोगकर्तालाई दैनिक ८०० सिरिञ्ज वितरण गर्दै आएको बताउँछिन् । पर्ूव लागूऔषध प्रयोगकर्ताहरूको संस्था कम्युनिटी सपोर्ट प्रोग्रामका विजय गुरुङका अनुसार कार्यक्रमले पोखरामा पुनःस्थापना लगायतका कार्यक्रम सञ्चालन गर्न र आफ्नै अस्पताल बनाउन रु.२२ लाख चन्दा सङ्कलन गरी रु.१० लाखको जग्गा किनिसकेको छ ।

प्रभावित र सरोकारवालाहरू आफैँ सङ्गठित भएर अरूलाई जिउन वा जोगिन प्रेरित गर्नुको कारण चाहिँ के हुनसक्ला - "आफूलाई एचआईभी भएको रिपोर्ट देख्नुपर्दा छाँगाबाट खसेको अनुभूति हुन्छ । जीवन सकियो, आजभोलि नै मर्छर्ुुस्तो हुन्छ", स्नेह समाजकी एक पदाधिकारीले भनिन्, "त्यस्तो बेला उसलाई भरोसा दिनसक्ने सङ्क्रमित महिलाले नै हो । यो पनि जीवन लम्ब्याउने उपाय हो ।" अरूलाई बाँच्न प्रेरित गर्दा पाइने सन्तोषले आफ्नो जीवन पनि र्सार्थक भएको उनको अनुभव छ ।

एचआईभी
एचआईभी -हृयुमन इम्युनोडेफिसिएन्सी भाइरस) मानव शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई नष्ट पार्ने जीवाणु हो । जसको परिणामस्वरुप शरीर रोग तथा सङ्क्रमणहरू विरुद्ध लड्न असक्षम हुन्छ ।

एड्स
एड्स आफैँमा कुनै रोग नभई एचआईभीको कारण प्रतिरक्षा प्रणाली कमजोर भई विभिन्न खालका रोगहरूले आक्रमण गरेको अवस्था हो । त्यसकारण कुनै पनि व्यक्ति एड्सबाट न त सङ्क्रमित हुन्छ न त एड्सबाट उसको मृत्यु नै हुन्छ । बरु एड्सका कारण क्षयरोग वा निमोनिया जस्ता मौकापरक विभिन्न रोगहरूबाट मृत्यु हुन्छ ।

जोखिमपूर्ण व्यवहार
कुनै पनि व्यक्तिलाई एचआईभीको जीवाणुले आक्रमण गर्न सक्ने जुनसुकै खालका व्यवहारहरूलाई जोखिमपर्ूण्ा व्यवहार भनिन्छ । र्सर्ुइद्वारा लागूपदार्थको प्रयोग, र्सर्ुइ वा सिरिञ्जहरूको साटासाट, कण्डमको प्रयोग बिना गरिने यौनसर्म्पर्क र एकभन्दा बढी व्यक्तिसँग यौनसर्म्पर्क राख्नु जोखिमपर्ूण्ा व्यवहारका उदाहरणहरू हुन् ।

जीवन लम्ब्याउने प्रयास
सरकारले २०६० माघ मसान्तदेखि काठमाडौँ, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २५ जनालाई निःशुल्क एन्टिरेट्रोभाइरल -एआरभी) उपचार सेवा शुरु गर्‍यो । यद्यपि यो उपचारले एचआईभी/एड्स भएकाहरूको साह्रै सानो सङ्ख्यालाई मात्र समेट्न सकेको छ ।

एन्टिरेट्रोभाइरल औषधिहरूले एचआईभी जीवाणु फैलिने गतिलाई घटाउँछ । यसबाट एचआईभीले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पुर्‍याउने क्षतिलाई कम गराउने भएकोले सङ्क्रमित व्यक्तिहरू लामो समयसम्म बाँच्न सक्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, सङ्क्रमितहरू मध्ये ५ देखि १० प्रतिशतसम्मलाई एआरभी उपचार उपलब्ध हुनर्ुपर्छ । संयुक्त राष्ट्रसंघको एड्स हर्ेर्ने निकाय युएनएड्सको अनुमानअनुसार ६२ हजार सङ्क्रमित रहेको मान्ने हो भने नेपालमा ३१०० देखि ६२०० सम्मले यो उपचार पाउनर्ुपर्दछ  । यदि सङ्क्रमितहरूको सङ्ख्या साढे पाँच हजार रहेको सरकारी तथ्याङ्कलाई मान्ने हो भने २७५ देखि ५५० सम्मलाई उपलब्ध हुनुपर्ने देखिन्छ ।

सरकारले गत वर्षम्ममा ४५० जनालाई एण्टिरेट्रोभाइरल उपचार पुर्‍याउने लक्ष्य लिएको थियो भने यो वर्ष७५० जनाको लक्ष्य निर्धारण गरेको छ । तर हालसम्म यो उपचार टेकु अस्पतालमा करीब डेढ सय र भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा ११ जनालाई मात्र उपलब्ध छ । "हामीले लक्ष्य लिए जति सङ्क्रमितहरू समाज/परिवारको सम्भावित भेदपर्ूण्ा व्यवहार र दृष्टिकोणको डरले उपचार लिन नआउन पनि सक्छन्", राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ मेडिकल अधिकृत डा. पुलकित चौधरी बताउँछन् । तर डा. चौधरीले भने झैँ समाजको डरको कारणले मात्र मानिसहरू उपचार गराउन नआएका हुन् भन्न सकिँदैन । सरकारी लक्ष्य अनुसार काठमाडौँको त्रिवि शिक्षण अस्पताल र धरानको बीपी कोइराला अस्पतालमा शुरु भइसक्नुपर्ने एआरभी उपचारको अझै टुङ्गो छैन । राजधानी बाहिरका सङ्क्रमितहरूका निम्ति यस्तो उपचार सुविधा सुलभ छैन । एआरभी महङ्गो हुने भएकोले आफ्नै खर्चबाट यो उपचार गराउन सक्ने स्थितिमा धेरै सङ्क्रमितहरू छैनन् ।


सुरेशराज न्यौपाने
सन् २००२ मा काठमाडौँमा गरिएको एक र्सर्वेक्षणले र्सर्ुइबाट लागूऔषध लिनेहरूमध्ये ६८ प्रतिशतमा एचआईभी देखायो ।

चर्चाको शिखरमा कण्डम
'झल्िके दाइ छ, छैन कण्डम...', 'कण्डम लगाऔँ, एड्स भगाऔँ...', 'कण्डमबाट सुरक्षा यौन स्वास्थ्यको रक्षा...' 'जगेडा टायर झैँ कण्डम पनि साथै बोकौँ'- यस्ता प्रचारले कण्डमको परिचय नै एचआईभी/एड्ससँग जोडिन पुगेको छ । यसको प्रचार शैली र शब्द छनौट पनि आलोचनामुक्त छैन । यौनसर्म्पर्कलाई प्रेरित गरेको र उच्छृङ्खलतालाई प्रश्रय दिएको भन्ने गुनासो आएका छन्  । यस्ता शब्दावली र तिनका मर्मबारे र्सार्वजनिक चर्चा-विश्लेषणपछि परिमार्जन पनि गरिएको छ ।

जतिसुकै आलोचना भएपनि यौनकर्मीलाई एचआईभी वाहक बन्न नदिन कण्डमको प्रयोगमा वृद्धि जरुरी देख्नुहुने वाचका परामर्शदाता नारायणकाजी श्रेष्ठको विचारमा, यौनकर्मीहरूमा 'पैसा थप्छु कण्डम प्रयोग गर्दिनँ' भन्ने ग्राहकहरूलाई मनाउने क्षमता अभिवृद्धि गर्न जरुरी छ  । पञ्चवषर्ीय सरकारी रणनीतिमा २० प्रतिशत युवक र १० प्रतिशत युवतीहरूले विवाहपर्ूव यौन सर्म्पर्क गर्ने गरेको र तीमध्ये ६५ प्रतिशत युवकले र ७४ प्रतिशत युवतीहरूले आफ्ना यौनसाथीले कण्डम प्रयोग गर्नेगरेको विवरण उल्लेख छ । सन् १९९९ मा गरिएको एउटा र्सर्वेक्षणले, तर्राईका राजमार्गमा हिँड्ने ७५ प्रतिशत ट्रक ड्राइभरले यौनकर्मीसँग सर्म्पर्क राख्ने गरेको र तीमध्ये ७० प्रतिशतले मात्र कण्डम प्रयोग गर्ने गरेको देखाएको थियो । १.५ प्रतिशत ट्रक चालकमा एचआईभी देखिएको छ ।

आचरण सुधार्ने नैतिक शिक्षा दिएर मात्र नहुने भएकोले कण्डमको प्रयोग बढाउनु स्वाभाविक हो । पपुलेशन र्सर्भिस इन्टरन्यासनल नेपालका विवेकराज सिंहका अनुसार, तीन वर्षघिसम्म कण्डम प्रयोगको वृद्धिदर ८-९ प्रतिशत रहेकोमा हाल यो ३९ प्रतिशत पुगेको छ । उनी भन्छन्, "एचआईभीको जोखिम जतिजति बढ्दैछ, जोखिमपर्ूण्ा समुदायमा कण्डमको खपत पनि त्यति नै बढेको छ ।" तर, कण्डमको व्यापक प्रचारले एचआईभीलाई यौनसँग मात्र जोडेर हर्ेर्ने प्रवृत्तिलाई पनि बल पुर्‍याएको छ । 'यौन व्यवसायीसँग सर्म्पर्क गरेकैले एचआईभी भएको होला' भन्ने आम धारणाले एचआईभी सङ्क्रमितहरूलाई बाहिर आउन गाह्रो परेको धेरैको अनुभव छ । पुरुषभन्दा महिलालाई बाहिर आउन गाह्रो भएको अनुभव सुनाउँदै स्नेह समाजकी एक पदाधिकारी भन्छिन्, "समाजले विभेद गर्न छोडोस्, हामी खुलेर आउँछौँ ।"

अहिलेको चुनौती सामना गर्न दशौँ पञ्चवषर्ीय योजनाले स्वीकार गरेझैँ एचआईभी/एड्सलाई 'राष्ट्रिय विकासमा चौतर्फी प्रभाव पार्ने विषय' को रूपमा प्रस्तुत गर्न सक्नर्ुपर्छ । किनकि एचआईभी स्वास्थ्य वा यौन सम्बन्धी समस्या मात्र होइन । एचआईभी सङ्क्रमितहरू लामो र सक्रिय जीवन बाँच्न सक्छन् । यस्ता धेरैले सक्रिय र र्सार्थक जीवन बिताइरहेका पनि छन् ।


मोबाइल गेममा एचआईभी-सन्देश

मोबाइल फोन सेटको स्त्रिmनमा खेलिने क्रिकेट गेममा एचआईभीसम्बन्धी सन्देश - हो, नयाँदिल्लीस्थित जेक्यूएम सफ्टवेयर सिष्टमले मोबाइलमै क्रिकेट खेलाउने र मोबाइल प्रयोग गर्नेहरूलाई एचआईभी/एड्स नियन्त्रण र र्सतर्कतासम्बन्धी उपायहरू सिकाउने सफ्टवेयरको विकास गरेको छ । 'प्रिmडम प|mम एचआईभी/एड्स' को व्यानरमा प्रारम्भ गरिने यो 'मोबाइल गेम चेतना-अभियान' को उद्घाटन विश्व एड्स दिवस -१ डिसेम्बर) को अवसरमा दिल्लीकी मुख्यमन्त्री शिला दीक्षितले गर्ने भएकी छन् ।

गेमको डिजाइन मोबाइल प्रयोगकर्ताहरूको मनोविज्ञानलाई ध्यानमा राखेर गरिएको छ । यसले मोबाइल-गेममा झुत्तिइरहने युवाहरूदेखि आक्कलझुक्कल गेम खेल्नेहरूलाई समेत आकषिर्त गर्नेछ । यो 'मोबाइल गेम' मा ब्याट्समेनले 'कण्डम', 'विश्वासिलो यौनसाथी', एचआईभी सम्बन्धी विविध सूचना र 'एड्स रेड रिवन' जस्ता चिन्ह सङ्कलन गर्न ६० बल र ३०० सेकेण्डको समय पाउँछन् । म्याच जित्नका लागि सेफ्टी र ब्याटलिङ डेमन्स नामका ११-११ चरणहरू पार गर्नुपर्नेछ । खेलमा 'कौन बनेगा करोडपति' का जस्तै प्रश्नोत्तर, तीन लाइफलाइन र सही जवाफ 'लग' गर्ने सुविधासमेत छन् । 'रिवन चेस' त्यस्तै एउटा 'लाइभ गेम' हो जहाँ 'रेड रिवन' नै खेलाडी बन्छ र एचआईभी भाइरसले आफूलाई लखेटिरहेको सन्देश संसारका विभिन्न शहरहरूमा पुर्‍याउँछ । यसरी एउटा वटन थिच्नेबित्तिकै असङ्ख्य उपभोक्तासामु एचआईभी सचेतनाको सन्देश पुग्नेछ ।

१ डिसेम्बरमा रिलायन्स इन्फोकमका ९० लाख ग्राहकहरूले यी खेल निःशुल्क पाउनेछन् । आगामी वर्षरूमा अरू मोबाइल प्रयोगकर्ताका लागि पनि थप परिस्कारसहित यी खेल उपलव्ध हुनेछन् । जेक्युएम सफ्टवेयर सिष्टमले भारतबाहिर पनि यस्तो सन्देश प्रवाह गर्ने योजना बनाएको छ  । अर्को वर्षो डिसेम्बरसम्ममा यी खेलहरू स्थानीय भाषाहरूमै अप्रिmका, दक्षिण अमेरिका, पर्ूर्वी युरोप र दक्षिण पर्ूर्वी एसियामा पुर्‍याइनेछ  ।