हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

फेरि उखुको मूल्य विवाद

तर्राईका उखु किसानहरू चिनी मिल चल्ने समय आइसक्दा पनि उखुको मूल्य निर्धारण नभएपछि विगतमा जस्तै आन्दोलित भएका छन् । नेपाल उखु उत्पादक महासंघले यस वर्षउखुको प्रति क्वीन्टल मूल्य रु.१७९ तोक्न चिनी उद्योग संघका पदाधिकारीहरूलाई दबाब दिएको छ । तर संघका पदाधिकारीहरू भने भारतबाट हुने चोरी पैठारीको कारण देखाएर मूल्य बढाउन मानिरहेका छैनन् । भारतको बिहारमा प्रति क्वीन्टल भा.रु.९८ निर्धारण भएको उखुको मूल्यमा राज्य सरकारले भा.रु.५ थपिदिएर १०३ पुर्‍याएको छ ।

गत सिजनमा चिनी मिलहरूले उखुको मूल्य प्रति क्वीन्टल रु.१४६ कायम गरेका थिए । पछि लुम्बिनी चिनी कारखाना आफैँले बढाएर रु.१७० पुर्‍यायो । गतसाल चिनी कारखानाले निर्धारण गरेको मूल्यकै आधारमा उखु उत्पादकहरूले प्रति क्वीन्टल रु.१७९ हुनुपर्ने माग गरेको महासंघका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन् । ११ मङ्सिरमा उखु उत्पादक महासंघ र चिनी उद्योग संघका बीच भएको बैठकमा हाललाई मिल सञ्चालन गर्ने र २६ मङ्सिरमा बस्ने बैठकले उखुको मूल्य निर्धारण गर्ने सहमति भएपछि दर्ुइ साताको लागि विवाद मत्थर भएको छ ।


५३ वर्षछि दर्ता

२००९ सालमा स्थापना भएको जनकपुर उद्योग बाणिज्य संघ ५३ वर्षछि मात्र दर्ता भएको छ । स्वर्ण्र्ाान्ती मनाइसकेको संस्थालाई निर्वाचनमा उठेको एउटा विवादले गर्दा दर्ता हुन बाध्य तुल्याएको हो  ।

संघको गत माघमा सम्पन्न चुनावमा निर्वाचन आयोगले एशोसिएट सदस्यमा उठेका प्रदिप चौधरीको उम्मेदवारी सदर गरी कैलाश र्सराफको उम्मेदवारी बदर गरिदिएपछि र्सराफले जनकपुर उद्योग बाणिज्य संघ दर्ता नभएकोले यो अवैधानिक छ, दर्ता गरेर मात्र निर्वाचन हुनर्ुपर्छ भनेर पुनरावेदन अदालतमा रिट हाले । त्यसपछि मात्र अध्यक्ष निर्मलकुमार चौधरी, महासचिव श्याम साहलगायतका पदाधिकारीले संघलाई विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका हुन् ।


अर्को चाउचाउ जे-मी

मायोज, लेकाली, रुचि, हर्ुर्रर्ेेादि ब्राण्डका चाउचाउहरूको उत्पादक हिमालयन स्न्याक्स एण्ड नुडल्सले शहरी उपभोक्तालाई लक्षित गर्दै जे-मी नाउँको नयाँ तयारी चाउचाउ बजारमा ल्याएको छ । मेटालिक खोलमा प्याक गरिएका कारण लामो समयसम्म जे-मी को गुणस्तर कायम रहने कम्पनीको दाबी छ । ७५ ग्राम तौल रहेको यसको उपभोक्ता मूल्य रु.१० तोकिएको छ ।


पुरुषका लागि फेयर एण्ड हृयाण्डसम

परिवारका महिला सदस्यहरूले सङ्ग्रह गरेको क्रिम लुकिछिपी लगाएर काम चलाउँदै आएका पुरुषहरूको निम्ति सौर्न्दर्य प्रशाधनहरूको उत्पादक भारतीय कम्पनी इमामी लिमिटेडले फेयर एण्ड हृयाण्डसम उत्पादन गर्न थालेको हो । अमेरिकी कम्पनी एक्टिभर कर्पको प्राविधिक सहयोगमा उत्पादित फेयर एण्ड हृयाण्डसम पुरुषको कडा छालाकै निम्ति विशेष रूपमा तयार पारिएको कम्पनीले जनाएको छ । यसले पुरुषको छालालाई र्सर्ूयको बैजनी -अल्ट्रा भ्वायलेट) किरण र प्रदूषणबाट सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । सौर्न्दर्य क्रिमको बजारमा पुरुषकै निम्ति कुनै उत्पादन नभए पनि २५ प्रतिशत ग्राहक पुरुषहरू हुने गरेको र्सर्वेक्षणहरूले देखाउने गरेका थिए ।



इन्भेष्टमेण्ट ब्याङ्कको नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट ब्याङ्कले नारायणगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नारायणगढ र त्यस आसपासका बासिन्दाहरूलाई आफ्नो सेवा र सुविधा प्रदान गर्ने लक्ष्यका साथ शुरु गरिएको ब्याङ्कको यो १३ औँ शाखा इन्टरनेटको माध्यमबाट अन्य सम्पर्ूण्ा शाखाहरूसँगको सञ्जालमा जोडिएको छ ।


कुकुरको पौष्टिक आहार पेड्रि्री

लामो समयदेखि घरपालुवा कुकुरको व्यवसायमा संलग्न एभरेष्ट केनल क्लबले कुकुरका लागि निर्मित पौष्टिक आहार पेड्रि्री नेपालको बजारमा ल्याएको छ । काठमाडौँ उपत्यकाका ४५ हजार कुकुर-पालकहरूलाई लक्षित गरी ल्याइएको पेड्रि्री मा कुकुरलाई चाहिने सम्पर्ूण्ा पोषणतत्व रहेको केनलको दाबी छ । अमेरिकी प्रविधिमा भारतमा निर्मित पेड्रि्री साना र ठूला कुकुरका लागि भिन्नाभिन्नै प्याकमा उपलब्ध छ ।


यामाहाका दूत जोन अब्राइम

भारतीय सिने अभिनेता तथा उत्साही मोटरसाइकल चालक जोन अब्राइम दर्ुइ वर्षा निम्ति यामाहा मोटर साइकलहरूको 'ब्राण्ड एम्बेसडर' बनेका छन् । अब्राइमको प्रभावशाली व्यक्तित्वबाट नेपाली युवाहरू समेत प्रभावित भएका कारण उनलाई 'ब्राण्ड एम्बेसडर' बनाउँदा यहाँको बजारमा पनि यामाहा मोटरसाइकलको बजार-पर््रबर्द्धनमा टेवा पुग्ने विश्वास अधिकृत बिक्रेता मोरङ अटो वर्क्सको छ । हाल नेपालमा यामाहाका जी फाइभ, फेजर, लिबेरो र क्रक्स मोडलहरू उपलब्ध छन् ।