हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरीका कुरा | करिअर

आइटीको भविष्य अझै छ उज्यालो

आइटी कोर्स पूरा गर्नेबित्तिकै पहिलेजस्तो तुरुन्तै जागिर पाइँदैन । तर आइटी पढेकाहरूको बजार, माग नै घटेको भने होइन, तिनको माग हिजोभन्दा बढेकै छ । हो, बजार/स्थान चाहिँ बदलिएको छ । आज आइटी स्नातकहरूको माग अमेरिकामा नभई भारतमा छ । त्यतै किन नलाग्ने  ?

मनोज घिमिरे

सूचनाप्रविधि (इन्फर्मेशन टेक्नोलोजी/आइटी) तथा व्यवस्थापनमा स्नातक अञ्जिन प्रधानले परीक्षाफल निस्कनुअगावै राम्रो जागिर भेटे । तर, आइटी-स्नातक बीना मानन्धरले ६ महिना खोज्दा पनि कुनै काम फेला पारिनन् । निराश बीना अमेरिका उड्ने तयारीमा छिन् । एउटै बजारमा उत्तिकै शैक्षिक योग्यता भएकाहरूको यस्तो भिन्न अवस्था किन त - कारण अनेक छन् ।

प्रमाणपत्रको मात्र भर पर्नु आफ्नो गल्ती भएको बताउने बीनाको अनुभवमा कलेजले विद्यार्थीलाई 'एक्सपोजर' नदिँदा उनीहरू अल्मलिँदा रहेछन् । इर्न्र्टनसीप र पढाइकै क्रममा संलग्न गराइने 'प्रोजेक्ट'हरू विद्यार्थीका लागि 'एक्स्पोजर' का प्रमुख माध्यम हुन् जसमार्फ् उनीहरूले व्यावसायिक ज्ञान र बजारसँग सर्म्पर्क बढाउन पाउँछन्  । तर कतिपय कलेजले विद्यार्थीलाई इर्न्र्टनसीपमा नपर्ठाई सैद्धान्तिक ज्ञानमै सीमित राखेको पाइन्छ । जागिर नपाएर छट्पटाइरहेकी बीना त्यसकै उदाहरण हुन् । अञ्जिन भने इर्न्र्टनसीपकै कारण जागिर पाउन सजिलो भएको बताउँछन् ।

नेपालमा आइटी सम्बन्धी थुप्रै कोर्सहरू सञ्चालित छन् । ब्याचलर अफ कम्प्युटर इन्फर्मेशन सिष्टमस् -बीसीआइएस), ब्याचलर अफ बिजनेस इन्फर्मेशन सिष्टम्स -बीबीआइएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेशन्स -बीसीए), ब्याचलर अफ इन्फर्मेशन म्यानेजमेन्ट -बीआइएम) जस्ता कोर्सहरूको नाम फरक भएपनि विषयवस्तुमा खासै भिन्नता छैन । तर नामको भिन्नताले अभिभावक र विद्यार्थीदेखि जनशक्ति खपत गर्ने कम्पनीहरूलाई समेत अन्यौलमा पार्ने गरेको छ । काठमाडौँ विश्वविद्यालय, कम्प्युटर विभागका प्रमुख मनीष पोखरेल त यस्ता कोर्समा नब्बे प्रतिशत समानता रहेको र विद्यार्थीहरूसँगै विश्वविद्यालयहरू आफैँ पनि अल्मलिएको बताउँछन्  । कोर्स र अध्यापनको तौरतरिकामा एकरुपताको कमीले गर्दा नेपालमा उत्पादित आइटी जनशक्तिको सिङ्गो र साझा पहिचान स्थापित हुनसकेको छैन ।

'आइटी के हो' नबुझी, राम्रो 'स्कोप' छ मात्र भनेर पनि थुप्रै विद्यार्थीहरू यसमा होमिएका छन् । मनीषका अनुसार प्रतिदिन नयाँ प्रविधि सिक्नुुपर्ने यो विषयको गहनता बुझदै नबुझी पढ्न थालेकाहरूले जसोतसो कोर्स पूरा त गर्लान् तर उनीहरूबाट धेरै आस गर्न सम्भव हुँदैन । कर्मचारी सञ्चयकोषका सिनियर सिस्टम म्यानेजर दीपक रौनियार भन्छन्, "क्षमता विकास नगरी परीक्षा मात्र पास गर्नेको यो क्षेत्रमा कुनै भविष्य छैन ।" यसकारण पनि कोर्स पूरा भएपछि आइटी छोडेर अर्कै पेशा अँगाल्नेहरू देखिएको उनको मूल्याङ्कन छ ।

सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा वाषिर्क ६ हजार विद्यार्थी लिनसक्ने आइटी कोर्सहरू छन् भने वाषिर्क करीब चार हजार आइटी स्नातकहरू तयार भइरहेका छन् । पाँच-सात वर्षघि जनशक्तिको कमी हुँदा आइटीमा सुनौलो भविष्य देखेर उत्साहित भएको सरकार र निजी क्षेत्रमा जनशक्तिको पर्याप्ततासँगै अहिले एउटा नैराश्य छाएको छ । कारण हो- बर्सर्ेे चार हजार नयाँ जनशक्ति समेट्न सक्ने आइटी बजार नेपालमा विकास नै हुनसकेको छैन ।

सम्भावना छ, खोजी छैन
देशको निरन्तर खस्कँदो शासन, सुरक्षाव्यवस्था र अर्थतन्त्रका कारण बढ्दो आइटी जनशक्ति खपत हुने नयाँ बजार तत्काल आश गर्ने अवस्था छैन  । उच्चस्तरीय आइटी आयोग गठन भए पनि नेपालमै उत्पादित जनशक्ति यतै खपत हुने अवसर सिर्जना गर्न सरकार असफल देखिएको छ । विश्वव्यापी उपस्थितिका लागि आवश्यक पर्ने विदेशी प्रोजेक्टको कुरा त झन् टाढाको विषय भयो  । इन्जिनियरिङकी प्राध्यापक तिमिला यमी थापा भन्छिन्, "निजी क्षेत्रको सम्पर्ूण्ा स्रोत-साधन पनि देशको मार्केटिङ गर्न पर्याप्त हुँदैन । यसका लागि सरकार नै लाग्नर्ुपर्छ ।" विज्ञहरूका विचारमा विदेशी कम्पनीको विश्वास जित्न ठूला प्रोजेक्टहरूको अनुभव देखाउन सक्नर्ुपर्छ जुन अहिले सरकारले मात्र गर्न वा ल्याउन सक्छ । रौनियार भन्छन्, "भारत सरकारको 'इ-सेवा' जस्तै प्रोजेक्ट नेपालमा शुरु भएमा यहीँको जनशक्ति अपुग हुन्छ र दशौँ वर्षा लागि काम सिर्जना हुन्छ । सरकारले शहरबजारमा रहेका आफ्ना सबै कार्यालय 'कम्प्युटराइज्ड' गरेमा ठूलो जनशक्ति त्यहीँ खपत हुन सक्छ ।"

यो पृष्ठभूमिमा, बनेपामा निर्माणाधीन आइटी पार्कले धेरै आइटी व्यवसायीहरूलाई आशावादी बनाएको थियो । सरकारी पहलमा बन्न लागेको यो पार्कमा निजी कम्पनीहरूलाई अन्तर्रर्ााट्रयस्तरको भौतिक सुविधासँगै कर-छूटलगायतका अन्य सुविधा समेत उपलब्ध गराउने प्रारम्भिक योजना थियो  । तर पार्क निर्माणमा भइरहेको ढिलाइ र सरकारी बेवास्ताका कारण त्यहाँ कम्पनीहरू र्सर्ने/खुल्ने सम्भावना झन्झन् टाढिँदै गएको छ । यता आएर बनेपाको भौगोलिक दूरी र सुरक्षासम्बन्धी प्रश्नहरू समेत उठ्न थालेका छन् । यिनै समस्यालाई दृष्टिगत गरेर यो पार्कलाई टाढै बसेर सुविधा लिन सकिने 'भर्चुअल पार्क' का रूपमा विकास गर्ने अवधारणा पनि अगाडि सारिएको छ । तर पार्कले कहिले पर्ूण्ा स्वरुप पाउने हो, त्यो नै निश्चित छैन ।

सीप छ - निराशाको कुरै छैन
विभिन्न समस्याका बाबजुद व्यावसायिक कार्यक्षमता भएका आइटी स्नातकहरूको माग बजारमा अहिले पनि छ । आइटी विज्ञ गौरव उपाध्याय भन्छन्, "कम्पनीहरूलाई राम्रो मान्छे पाउन गाह्रो छ । राम्रा विद्यार्थीहरू प्रायः विदेशिने हुनाले यसो भएको हुनसक्छ । जो योग्य छैनन्, उनीहरूले काम नपाउनु अस्वाभाविक हैन ।" विज्ञहरूका अनुसार आइटी क्षेत्र अथाह छ । यसका प्रोग्रामिङ, नेटवर्किङ, इन्फर्मेशन सेक्युरिटी जस्ता विभिन्न पक्षमध्ये कुनै एक क्षेत्रमा करिअर बनाउन सकिन्छ । आइटीका स्नातक तहको कोर्समार्फ् यी सबै पक्षलाई बुझेर, पेशा बनाउने क्षेत्रको यकिन गरी त्यसैमा आफ्नो कौशल बढाए जागिर खोज्न समस्या हुँदैन । उदाहरणका लागि प्रोग्रामिङतिर लाग्नेले जति सक्यो धेरै 'प्रोग्रामिङ ल्याङ्वेज' सिकेमा बजारमा बिक्ने सम्भावना बढी रहन्छ । अझ कलेजहरूले पनि बजार विश्लेषण गरेर केको माग छ भन्ने जानकारी दिइराख्ने हो भने विद्यार्थीले त्यही अनुरुप आफूलाई तयार पार्न सक्छन् । अञ्जिनका अनुसार शुरुमा यो क्षेत्रमा छिर्न गाह्रो भए पनि एकपटक काम पाइसकेपछि पछाडि फर्केर हर्ेर्नुपर्दैन । त्यसैले पढ्दापढ्दै सानै भए पनि काममा अल्झिनु वेश हुने उनको सुझाव छ ।

आइटी-दक्षता भएका विद्यार्थीहरूका लागि अर्को अवसर हुनसक्छ- अनलाइन जागिर । आइटीमा शारीरिक उपस्थिति जरुरी नभएकाले उनीहरू पश्चिमी मुलुकका अनलाइन जागिर वा प्रोजेक्टमा काम गर्न सक्छन् । योग्य व्यक्तिले त थोरै लगानीमा आफ्नै उद्यम पनि शुरु गर्न सक्छन् । यस मामिलामा आइटी क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरू सहयोगी हुनसक्छन् । त्यस्तै एक गैरआवासीय नेपाली, विजय निरौलाद्वारा स्थापित 'अमेरिका टु थाउजेण्ड'मा कार्यरत पवन राणाभाट भन्छन्, "अमेरिकी ग्राहक व्यापार बाहेक केही पनि बुझदैनन् । काममा दिनरात पनि भन्दैनन् । हाम्रा लागि यो चुनौती पनि हो र अवसर पनि । उनीहरूको स्तरको काम दिन सकेमा धेरै काम भित्रिन सक्छ ।" आइटी सल्युसन्स्का अमित जोशीका अनुसार, नेपालमा 'डेस्कटप एप्लिकेशन्स' भन्दा 'वेभ डेभलपमेन्ट'को काम विदेशबाट बढी भित्रिरहेको छ । त्यसैले तुरुन्तै काम पाउन 'वेभ डेभलपमेन्ट'तिर लाग्नु वेश हुने उनको सुझाव छ ।

आइटीको प्रयोगले सम्पर्ूण्ा कार्यप्रणालीलाई बढी उत्पादनमूलक बनाउन सकिने तथ्यप्रति नेपाली कम्पनीहरू पनि सजग हुँदैछन् । त्यसैले नेपालको बजारमा आइटीका साथै व्यवस्थापनको समेत ज्ञान भएको जनशक्तिको खाँचो रहेको रौनियारको ठम्याइ छ । विशुद्ध आइटीमै काम गर्नेहरूलाई पनि आफ्नो उत्पादन बेच्नका लागि व्यवस्थापकीय ज्ञान र 'इन्टर्रपर्सनल स्किल' त चाहिन्छ नै ।

हिजो जस्तो, कुनै आइटी कोर्स गर्नेबित्तिकै पश्चिमी मुलुकमा रोजगारी पाइहाल्ने अवस्था आज छैन । तर यसको अर्थ आइटीको 'स्कोप' वा काम घटेको होइन; सरेको हो, स्वरुप बदलिएको हो । टाढा रहेर गर्न सकिने कामलाई पश्चिमी राष्ट्रहरूले भारतलगायतका अन्य देशतर्फ'आउटसोर्स' गरिरहेका छन् । त्यसैले आइटी व्यवसायीहरू भारतको बढ्दो सफलताबाट लाभ उठाउन युवापुस्तालाई सुझाव दिन्छन् । अहिले भारतमा आइटी जनशक्तिको अत्यधिक माग छ, यो माग/सङ्ख्या सन् २००८ मा २२ लाख पुग्ने भारतीय सूचनाप्रविधि मन्त्रालयको अनुमान छ । गौरवको विचारमा, यसकारण पनि आजभोलि भारतीय कम्पनीहरूले नेपाली आइटी जनशक्तिलाई स्वीकार्न थालेका छन् । भारतमा संसारका प्रायः सबै प्रमुख आइटी कम्पनीहरूका शाखा हुनाले त्यहाँ अन्तर्रर्ााट्रयस्तरका प्रोजेक्ट र व्यावसायिक अनुभव प्राप्त गर्न सकिन्छ । नेपाली विद्यार्थीले थ्रीडी गेमिङ्ग एनिमेशन, मल्टिमिडियालगायतका नयाँ विषयमा अध्ययन र अनुभव बटुल्न सकेमा भविष्यमा नेपाल आइटीका विविध पक्षका लागि भरपर्दो केन्द्रका रूपमा स्थापित हुनसक्ने सम्भावना पनि उत्तिकै छ । र, यसका लागि छिमेकमा उपलब्ध ठूलो बजारमा केही समय काम गरी अनुभव र नयाँ ज्ञान एवं काम नेपाल भित्र्याउन सकिन्छ ।

समस्या भए पनि यस क्षेत्रमा अझै सम्भावनाको कमी छैन  । संसार फेरि आइटी बिनाकोे युगमा र्फकने पनि होइन । त्यसकारण यसको विकास अनिवार्य र अवश्यम्भावी छ । आइटीले नै शताब्दीयौँ पुराना स्थापित उद्योगलाई उछिन्दै माइक्रोसफ्टका बिल गेट्स र व्रि्रोका हासिम प्रेमजीलाई क्रमशः विश्व र भारतको र्सवाधिक धनी व्यक्ति बनाएको छ । आकर्ष पारिश्रामिक दिने अन्तर्रर्ााट्रय पेशा पनि यही हो । तर, यस्तो बहुआयामिक एवं गतिशील विषयमा सफलता पाउन विद्यार्थीहरूले बजार र कार्यमुखी हुनर्ैपर्छ । व्यक्तिगत तहबाट स्तरीयता र व्यावसायिकता दिनसक्नेहरूको माग बजारमा सधैँ रहन्छ ।