हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | राजाको विदेश भ्रमण

साइनो न सम्बन्धको "सफर"

देशभित्र चौतर्फी विरोध र आलोचनाको भुमरीमा परेको '१९ माघ'को आफ्नो कदमप्रति अन्तर्रर्ााट्रय र्समर्थन जुटाउने राजाको व्याकुलता बुझन सकिएपनि; आर्थिक, राजनीतिक, सांस्कृतिक आदि कुनै साइनो-सम्बन्ध नभएका अप्रिmकी मुलुकहरूको तीन साता लामो भ्रमणको उद्देश्य र औचित्य ठम्याउन सबैलाई मुश्किल परेको छ ।

किरण नेपाल

२५ कात्तिकमा तीन साता लामो विदेश भ्रमणमा निस्किएको श्री ५ महाराजाधिराजको टोली अहिले -१ मङ्सिर) उत्तरी अप्रिmकी राष्ट्र ट्युनिसियामा छ । बाङ्लादेशको राजधानी ढाकामा तीन दिन र साउदी अरेबियाको रियादमा एक रात बिताएर ट्युनिस पुगेको यो शाही टोली त्यहाँबाट कता लाग्छ, कहिले कुन मुलुक जान्छ र को-कसलाई भेट्छ भन्ने औपचारिक र यकिन जानकारी नेपालमा कसैसँग छैन । नेपालका राजाहरूको विदेश भ्रमण अहिले जस्तो अनुमान र अन्यौलको विषय यसअघि कहिल्यै बनेको थिएन । विश्वका कुनै पनि राष्ट्राध्यक्षहरू यति गोप्य र रहस्यमय ढङ्गबाट शायद नै विदेश भ्रमण गर्छन् होला !

मन्त्रिपरिषदका अध्यक्ष समेत रहेका राजाका निम्ति ढाकामा आयोजित -२६-२७ कात्तिक) १३ औँ र्सार्क शिखर सम्मेलनमा उपस्थित हुनु स्वाभाविक थियो । त्यस्तै, नेपालका निम्ति खासै महत्त्व नराख्ने भए पनि सूचनाप्रविधि सम्बन्धी विश्व-सम्मेलन भएका कारण, राजाको ट्युनिसिया भ्रमणलाई पनि औपचारिक कार्य नै मान्न मिल्छ । तर, त्यसपछिका झण्डै दर्ुइसाता बिताइने अप्रिmकी राष्ट्रहरूको भ्रमणको औचित्य बुझन र अनुमान गर्न सबैलाई कठिन भएको छ । त्यसलाई राजा र राजपरिवारको निजी-सयल मान्न पनि मिल्ने देखिँदैन, किनभने भ्रमणका निम्ति राष्ट्रिय ढुकुटीबाट करोडौँ रुपैयाँ मात्र झििकएको छैन, शाही नेपाल वायुसेवा निगमको एउटा बोइङ जेटका अतिरिक्त वन्यजन्तु विभागलगायतका कैयौँ सरकारी कर्मचारीहरू समेत अप्रिmकाका विभिन्न मुलुकहरूमा परिचालित गरिएको छ ।

१९ माघमा मुलुकको शासनसत्ता हातमा लिएपछि राजाको यो दोस्रो विदेश भ्रमण हो । यसअघि ९-१० वैशाखमा इण्डोनेसियाको जकार्तामा सम्पन्न 'अप|mो-एशियाली' र ११ वैशाखमा चीनको 'बोआ फोरम फर एशिया'को वाषिर्क सम्मेलनमा राजाको सहभागिता भएको थियो । त्यसबेला राजाको भ्रमण कार्यक्रम दुवै सम्मेलन र केही दिनको निजी भ्रमण समेत गरेर करीब एकहप्ताको थियो भने वर्तमान भ्रमण तीन हप्ताको हुनेछ ।


सुन्दर श्रेष्ठ

अपारदर्शिता र अन्यौल
राजाको यो २१ दिन लामो भ्रमण-कार्यक्रम ६ दिनअघि, २० कात्तिकमा मात्र र्सार्वजनिक गरिएको थियो । जबकि राष्ट्रप्रमुखको औपचारिक विदेश भ्रमणको घोषणा दर्ुइसातादेखि एक महिनाअघि नै गर्ने कूटनीतिक परम्परा नेपालमै प्रचलित थियो । यस पटक शाही भ्रमणको र्सार्वजनिक जनाउ ढिलो मात्र दिइएन, अपुरो जानकारी पनि खर्टाई-खर्टाई मात्र दिइयो । २० कात्तिकको दरबारको विज्ञप्तिमा ढाकामा र्सार्क सम्मेलन, ट्युनिसमा सूचनाप्रविधि सम्बन्धी सम्मेलन र बुरुण्डीमा शाही नेपाली सेनाको निरीक्षणपछि 'अप्रिmकी महादेशका केही राष्ट्रहरूको भ्रमण' गर्ने कुरा मात्र उल्लेख थियो । त्यसपछि, २५ कात्तिकमा परराष्ट्र मन्त्रालयले राजा ढाकाबाट साउदी अरेबिया तथा बुरुण्डीबाट तान्जानिया, केन्या, दक्षिण अप्रिmका र इजिप्ट जाने थप सूचना र्सार्वजनिक गर्‍यो । तर सिङ्गो अप्रिmका महादेशकै फन्को लगाउने गरी हुनलागेको भ्रमणको उद्देश्य र प्रयोजन के हो भन्नेमा चाहिँ परराष्ट्र र दरबार त्यसपछि पनि मौन नै रहे ।

दरबार र परराष्ट्र मन्त्रालयले अपनाएको अभूतपर्ूव र अस्वाभाविक अपारदर्शी व्यवहारका कारण राजाको अप्रिmका भ्रमणको उद्देश्य र अर्थलाई लिएर राजधानीमा विभिन्न अड्कलबाजीहरू चलेका छन् । कसैले प्रकृति संरक्षणप्रेमी राजा अप्रिmकाका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षित क्षेत्रहरुको अध्ययन भ्रमणमा जान लागेको अर्थ लगाएका छन् । राजाका केही निजी मित्रहरू समेत अप्रिmकातिर लागेको चाल पाउनेहरूले चाहिँ राजदम्पतीको अप्रिmका भ्रमणलाई त्यहाँका सफारीमा शिकार खेल्न र बिदा मनाउने उद्देश्यसँग जोडेका छन् । कसैले चाहिँ ग्रहगोचरले उत्पन्न गरेको अशुभ घडी छल्नका निम्ति दक्षिणी गोलार्द्ध रोजिएको अर्थ निकालेका छन् । -नेपालका केही ज्योतिषीहरूले ७-१५ मङ्सिरको साता मङ्गल र शन्रि्रह वक्र भएका कारण राष्ट्रमा अनिष्ट हुने सम्भावना र्सार्वजनिक गरेका छन् ।) तन्त्रमन्त्र, साइत, पूजापाठ र तर्ीथाटनमा वर्तमान राजारानीको विशेष लगाव रहेको कुरा लगभग र्सार्वजनिक नै छ ।

रु १.५ करोड र २२ लाख डलर
शाही भ्रमणको प्रथम चरण -ढाका-ट्युनिसिया) मा १० जना पत्रकारसहित राजासँग ६५ जनाभन्दा बढीको टोली रहेको थियो । ढाका र्सार्क सम्मेलनमा परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, राजाका साथमा थिए भने ट्युनिसियामा मन्त्री पाण्डेसँगै सञ्चारमन्त्री टङ्क ढकाल र सूचनाप्रविधि आयोगका उपाध्यक्ष एवं राजाका नजिकका सल्लाहकार मानिने शरदचन्द्र शाहले राजाको सवारी चलाएका थिए  । तर ट्युनिसपछि भ्रमण दलबाट को-को फर्काइए र अरू को थपिए भन्ने जानकारी कसैसँग पनि छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.तर्ीथमान मास्के अप्रिmकी मुलुकहरूको भ्रमणका लागि ढाकादेखि नै राजासँगै रहँदै आएका छन् । राजाको सम्पर्ूण्ा भ्रमण अवधिभर सँगै रहने भनिएका रासस र टेलिभिजनका पत्रकारहरूलाई समेत बुरुण्डीको राजधानी बुजुम्बुरासम्मको मात्र यात्रा विवरण -ट्राभल आइटिनरी) दिइएको थियो । शाही भ्रमणको कार्यक्रम -आइटिनरी) माग्दा परराष्ट्रका अधिकारीबाट "बाँकी कार्यक्रम जहाँ पुगिन्छ त्यहीँ बताइनेछ, एलो फिवर भ्याक्सिन चाहिँ लगाइराख्नुहोला" भनी जवाफ पाएको कुरा भ्रमण दलमा परेका एक पत्रकारले बताएका थिए ।


किरण पाण्डे
"झण्डै १० मुलुकका १२ ठाउँको यात्रा गर्दा शाही टोली बोक्ने विमानले ३० हजार किमिभन्दा बढी दूरी तय गर्नेछ  । त्यति दूरी तय गर्न करीब दर्ुइ लाख अमेरिकी डलर मूल्यको करीब २ लाख १५ हजार लिटर हवाई इन्धन चाहिन्छ ।"

अर्थमन्त्रालयको एक उच्च स्रोतका अनुसार भ्रमणको एकसाताअघि बसेको मन्त्रिपरिषद बैठकले राजभ्रमणका लागि सरकारको र्सवसञ्चित कोषबाट दर्ुइ भिन्नाभिन्नै शर्ीष्ाकमा २२ लाख अमेरिकी डलर -रु.१६ करोड २८ लाख) र रु.१ करोड ५० लाख खर्च निकासा गरेको छ । यसअघि वैशाख २०६२ मा सम्पन्न जकार्ता र बोआओको भ्रमणका लागि सरकारी ढुकुटीबाट रु.५ करोड निकालिएको थियो ।

राजाको भ्रमणका लागि शाही नेपाल वायुसेवा निगमसँग रहेका दर्ुइमध्ये एउटा 'बोइङ-७५७' जेट झण्डै तीन साताका लागि बूक गरिएको छ । शानेवानिले साउदी अरेबियाको रियाद, ट्युनिसियाको ट्युनिस, बुरुण्डीको बुजुम्बुरा, केन्याको नैरोवी, दक्षिण अप्रिmकाको जोहान्र्सवर्ग र क्रुगर, तान्जानियाको किलिमन्जारो र इजिप्टको कायरोलगायतका शहरहरूका लागि उडान अनुमति लिएको छ । शानेवानि स्रोतका अनुसार राजदम्पतीलाई ढाका पुर्‍याएर दर्ुइ दिनका लागि नियमित उडानमा फर्केको निगमको जहाज, २८ कात्तिकमा ढाकाबाट रियादतर्फउडेपछि एकैपटक १७ मङ्सिरमा मात्रै काठमाडौँ आइपुग्नेछ  । एउटा जहाज राजाको भ्रमणमा १९ दिनसम्म व्यस्त रहने भएपछि शानेवानिले यो अवधिका करीब ३० प्रतिशत उडान रद्द गरेको छ । एउटा मात्र जहाजबाट सेवा सञ्चालन गर्नुपर्ने भएपछि निगमका अन्य उडानहरू पनि अनिश्चित हुनेछन्  । दर्ुइ विमानमार्फ् सात मुलुकका १० वटा सेक्टरमा उडान गर्दै आएको निगमले मुख्य पर्यटन सिजनमा उडान कटौती गर्नुपर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ ।

हुन त सरकारले निगमलाई यस्तो विशेष उडानका लागि प्रति उडान घण्टा ११ हजार डलरका दरले भाडा तिर्ने गर्छ । तर त्यसले निगमले व्यहोर्नुपर्ने घाटा पर्ूर्ति नहुने स्रोतको दाबी छ । शाही भ्रमणमा लगिएको विमानले उडान गर्ने अवधि भन्दा थन्केर बस्ने अवधि धेरै हुन्छ  । थन्केर बस्दा विमानस्थलहरूलाई पार्किङ र हृयाण्डलिङ शुल्कबापत करोडौँ रुपैयाँ तिर्नुपर्दछ । आफ्नो रुटभन्दा बाहिर उडान सञ्चालन गर्दा छुट्टै 'अफ रुट' शुल्क समेत तिर्नुपर्ने हुन्छ । त्यसो त उडानका लागि विमानले प्रयोग गर्ने इन्धनमा हुने खर्च नै दर्ुइ लाख डलरभन्दा बढी हुन आउँछ  । निगम स्रोत भन्छ, "त्यो क्षेत्रमा कहिल्यै उडान नगरेकाले खर्च कति होला भनेर हामीलाई पनि थाहा छैन, तर पनि उडान बाहेककै खर्च करोडौँको हुन आउने सामान्य अनुमान गर्न सकिन्छ ।"

निगमले व्यहोर्नुपर्ने प्रत्यक्ष घाटा जति छ, त्योभन्दा बढी अप्रत्यक्ष नोक्सानी हुनेछ । अहिले काठमाडौँमा उडान गर्दै आएका प्रायः सबैजसो विमानसेवाहरूले ८० देखि ९० प्रतिशत बुकिङ गरिरहेका छन्  । प्रमुख पर्यटकीय मौसम र माओवादीको एकतर्फी युद्धविरामका कारण क्रमिक रूपमा पर्यटक सङ्ख्यामा वृद्धि भइरहेको बेला निगमको भने झण्डै तीन सातासम्मको बुकिङ रद्द भएकाले यसको अन्तर्रर्ााट्रय विश्वसनीयता पुनः धरापमा परेको छ । काङ्ग्रेस प्रवक्ता डा. रामशरण महत भन्छन्, "यो भ्रमणको इकोनोमिक जस्टिफिकेशन नै छैन । राष्ट्रिय कोषको दुरुपयोग गरेर विदेश भ्रमणमा जाने राजाको कदमले शानेवानिलाई समेत जर्जरतातर्फधकेल्छ  ।"


राविन साय्मि

विदेशमा पनि विफल
आठ महिनाको प्रत्यक्ष शाही शासनमा नेपालको अन्तर्रर्ााट्रय छवि अभूतपर्ूव मात्रामा खस्केको छ । राजा र उनका मन्त्रीहरू विशेष गरी उपाध्यक्षद्वय र परराष्ट्र मन्त्रीले यसबीच अधिनायकवाद पुनर्स्थापनाको मात्र वकालत गरिरहेका छन् । अहिलेको भ्रमणका लागि तय गरेका मुलुकहरूको सुशासन, मानवअधिकार तथा प्रेस स्वतन्त्रताको स्थितिलाई हर्ेदा पनि राजा र उनको मन्त्रिपरिषद आफ्ना आकाङ्क्षा अनुरुपका मित्रमण्डलीकै खोजीमा लागेको बुझन्िछ ।

१९ माघको कदमपछि राजाको विदेश भ्रमणलाई निक्कै महत्त्व दिइँदै आएको छ । विश्वमञ्चमा राजाको उपस्थिति हुँदा १९ माघको कदमको औचित्य पुष्टि गर्न सजिलो हुने दरबारको ठम्याइ छ । दरबारसँग निकटस्थ एक उच्च अधिकृत भन्छन्, "नेपालस्थित अधिकांश विदेशी कूटनीतिज्ञहरू राजाको कदमको विरुद्ध उभिएका र राजनीतिक दल, मानवअधिकारवादी तथा सञ्चारकर्मीहरूको प्रभावमा परेका हुँदा विश्वमञ्चमै उपस्थित भएर आफ्नो कदमप्रति र्समर्थन जुटाउनु नै राजाका लागि श्रेयष्कर छ ।"

यता छिमेकी भारतसँगको सम्बन्ध अझै चिसिने क्रममा छ  । चीनलाई हठात् र्सार्कको परिधिमा ल्याउने नेपालको प्रस्तावले आगामी दिनहरूमा नेपाल-भारत सम्बन्धमा अरू जटिलता थपिन सक्ने आशङ्का उत्पन्न भएको छ । त्यसैगरी अमेरिका तथा पश्चिमी राष्ट्रहरूसँगको सम्बन्ध झनै चिसिँदो छ र ती मुलुकको भ्रमणका अवसरहरू पनि खुम्चिँदै गएका छन् । आन्तरिक राजनीतिको प्रत्यक्ष प्रभाव अन्तर्रर्ााट्रय सम्बन्धमा परेको स्पष्ट हुँदाहुँदै पनि, राजाको यति लामो र खर्चिलो विदेश भ्रमण उपलब्धिमूलक हुन्छ भन्ने सरकारी प्रचार आफैँमा हास्यास्पद देखिन्छ ।

शासन सत्ता हातमा लिएपछिका विदेश भ्रमणहरू राजाका लागि कतै पनि र्सार्थक बन्न सकेका छैनन् । भारतीय विदेशमन्त्री नटवर सिंहलगायत दरबार निकट केही भारतीयहरूको प्रयासले जकार्ता भ्रमणका अवसरमा प्रधानमन्त्री मनमोहन सिंहसँग मिलेको भेटघाटको अवसर त्यसपछिका दिनमा दरबारले सोचे जति फलदायी हुन सकेन । भारतीय प्रमसँगको भेटमा राजाबाट व्यक्त प्रतिबद्धताहरूका कारण भारतले तत्कालका लागि केही गैरविनाशकारी सैन्य उपकरणहरूको सहयोग खोलेको भएपनि त्यसपछि यसको निरन्तरता हुनसकेन । त्यसो त एकपटकका लागि खोलिएको सैनिक सहयोगलाई लिएर नेपाल र भारत भित्रै पनि विरोधका स्वरहरू निस्केपछि भारतीय प्रम सिंहले '१९ माघअघि सीमासम्म पुगिसकेका ट्रक, टेण्टलगायतका गैरविनाशकारी सैनिक सहयोग मात्र डिस्प्याच गरिएको' भन्ने स्पष्टोक्ति दिनु परेको थियो ।

जकार्तामै संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेटलाई पनि दरबारले आफ्नै कारणले गर्दा उपयोग गर्न सकेन । राजाले महासचिव कोफी अन्नानसँगको भेटमा 'मुलुकको स्थिति सुधार्न' १९ माघको कदम चालेको स्पष्ट गरेपनि शाही कदमका बारेमा राष्ट्रसंघको पर्ूवधारणामा परिवर्तन ल्याउन त्यो पर्याप्त भएन । बरु जकार्तामा व्यक्त प्रतिबद्धताहरू मध्ये राजबन्दीको रिहाइबाहेक अरू केही पूरा नभएका कारण गएको २९ भदौमा शुरु राष्ट्रसंघको ६० औँ महासभाका क्रममा महासचिव अन्नानले राजासँग भेट नगर्ने सङ्केत पाएपछि दरबारले सम्पर्ूण्ा तयारी पूरा भइसकेको राष्ट्रसंघ भ्रमणको कार्यक्रम रद्द गर्नुपरेको थियो । यो भ्रमणका लागि सरकारले झण्डै रु.१० करोड बजेट निकासा र न्यूयोर्क पुग्नुअघि २७ भदौमा युरोपका सम्पर्ूण्ा शाही नेपाली राजदूतहरूसँग जर्मनीको प|mान्कर्फटमा भेट्ने कार्यक्रम तय गरेको थियो । राजालाई प|mान्कर्फटसम्म पुर्‍याउन शानेवानिको विमान समेत बूक गरिसकिएको थियो ।

विदेश भ्रमणझैँ देश भित्र विभिन्न विकास क्षेत्रहरूमा भएका भ्रमण पनि राजाका लागि र्सार्थक बन्न सकेका छैनन् । मुलुकको वस्तुस्थिति बुझने नाममा ६ भदौ, २९ भदौ र १८ असोजमा क्रमशः सुदूर र मध्यपश्चिमाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा भएका राजाका अनौपचारिक भ्रमणले राजाको पक्षमा अलिकति पनि माहोल पैदा गरेको पाइँदैन । बरु उल्टो, राजाको भ्रमणपछिका दिनमा गाउँगाउँमा राजनीतिक दलहरूका गतिविधि तीब्र हुँदै र माओवादी-दल सहकार्यको सम्भावना बलियो बन्दै गएको छ ।

साइनो न सम्बन्ध
अहिलेसम्मका स्वदेश तथा विदेशका कुनै भ्रमणहरू र्सार्थक हुननसकेको पृष्ठभूमिमा, राजाले पुनः करोडौँको खर्चमा नेपालसँग राजनीतिक, आर्थिक सांस्कृतिक वा व्यापारिक सम्बन्ध नै नभएका मुलुकहरूको भ्रमण किन गर्नु परेको हो भन्ने आम जिज्ञासा अनुत्तरित छ । आफैँ गरीब र तहसनहस भएका अप्रिmकी मुलुकहरूसँग सम्बन्ध विस्तार गरेर नेपालले के अपेक्षा गरेको हो अथवा देशको कुन समस्या समाधानमा के योगदान पुग्छ भन्ने ठानेको हो भन्ने पनि स्पष्ट छैन । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. महतको विश्लेषणमा परम्परादेखि दह्रो सम्बन्ध रहँदै आएका छिमेकी तथा युरोप-अमेरिकाका विभिन्न मुलुकहरूले वास्ता नगरेपछिको पीडा बिर्सन र नयाँ मित्रको खोजीमा मात्र राजा अप्रिmका भ्रमणमा निस्केका हुनर्ुपर्छ । उनी भन्छन्, "निम्तो आएको पनि थाहा छैन, आए पनि द्वन्द्वले मुलुक जर्जर भएका बेला जानैपर्ने मुलुक होइनन् ती । त्यसैले यसलाई कुनै पनि हालतमा उचित मान्न मिल्दैन  । यसले देखाउँछ, मुलुकको समस्या समाधानमा राजा गम्भीर छैनन् ।"

राजाको भ्रमण भइरहेका यी अप्रिmकी मुलुकसँग नेपाली राजनीति तथा अर्थतन्त्रको टाढाको साइनो पनि छैन । सूचनाप्रविधि सम्बन्धी सम्मेलन हुँदै गरेको ट्युनिसियामा गएको ४ कात्तिकमा मात्र पहिलो पटक नेपाली राजदूत नियुक्त गरिएको हो । इजिप्टका लागि आवासीय शाही नेपाली राजदूत डा. रामभक्त पी.बी. ठाकुरलाई नै ट्युनिसिया समेत हर्ेर्ने जिम्मेवारी दिइएको छ । दक्षिण अप्रिmका र केन्यासँगको सम्बन्ध हर्ेर्ने काम पनि कायरोस्थित नेपाली दूतावासले नै गर्छ । बुरुण्डी र तान्जानियासँगको नेपाल सम्बन्ध कहाँको राजदूतावासले हर्ेछ भन्ने कुरा शायद परराष्ट्र मन्त्रालयलाई पनि थाहा छैन- किनभने मन्त्रालयको वेबसाइटमा त्यससम्बन्धी कुनै जानकारी भेटिँदैन ! सिङ्गो अप्रिmका महादेशमा, नेपालको दूताबास कायरो, इजिप्टमा मात्र छ ।

भ्रमण सूचीमा परेको अप्रिmकी मुलुक बुरुण्डीसँग नेपालको दौत्य-सम्बन्ध समेत छैन । इजिप्टका लागि पर्ूव राजदूत गोपीनाथ दवाडीलाई पनि अप्रिmकी मुलुकहरूको व्यापक शाही भ्रमणको औचित्य पहिल्याउन एकछिन घोरिनु नै पर्‍यो । भविष्यप्रति आशावादी बन्दै दवाडी भन्छन्, "मैत्री सम्बन्ध विस्तार गर्न तथा परस्पर हितका नयाँ-नयाँ विषयहरू खोज्नका लागि नै श्री ५ को भ्रमण भएको हुनर्ुपर्छ ।"

राजनीतिक मात्र नभई आर्थिक दृष्टिले पनि यी मुलुकहरूसँग नेपालको सम्बन्ध उल्लेख्य छैन । दक्षिण अप्रिmका र इजिप्टबाहेक अन्य कुनै पनि मुलुकसँग नेपालको व्यापार वाषिर्क रु.१ करोड नाघ्दैन । विगत तीन वर्षता इजिप्टसँगको व्यापार पनि करोडभन्दा कमै छ ।

विश्व ब्याङ्कको एक अध्ययनले सुशासनको क्षेत्रमा पनि यी मुलुकहरूको अवस्था खासै उल्लेख्य देखाउँदैन । विश्व ब्याङ्कले निर्धारण गरेको सुशासनका विभिन्न ६ परिसूचकमा राजाले भ्रमण गरिरहेका अधिकांश मुलुकको स्थिति अत्यन्त नाजुक छ । सन् २००४ को यो अध्ययनको टेबुल हर्ेर्ने हो भने लाग्छ, नेपाल आफूजस्तै बर्बाद भएका मित्रहरूको खोजीमा लागेको छ ।


सवारी रु.२० करोडको !

१३ औँ र्सार्क र सूचनासमाज निर्माण सम्बन्धी विश्व शिखर सम्मेलनको औपचारिक कार्यक्रममा सहभागी हुन देशबाट प्रस्थान गरेका राजाको बाँकी दर्ुइ साताको भ्रमण तालिका र्सार्वजनिक गरिएको छैन । हिमाल ले विभिन्न औपचारिक र अनौपचारिक स्रोतहरूमार्फ् जुटाएको जानकारी अनुसार ट्युनिसियापछि शाही भ्रमण टोली राष्ट्रसंघीय शान्ति कार्यक्रम अर्न्तर्गत खटिएका शाही नेपाली सेनाका जवानहरूलाई भेट्न बुरुण्डीको राजधानी बुजुम्बुरा पुग्नेछ । एउटा स्रोतले चाहिँ बुजुम्बुरा पुग्नुअघि नै भ्रमण टोली इजिप्टको कायरो पुग्ने जनाएको छ । कहिले र केका लागि कायरो जान लागिएको भन्ने चाहिँ थाहा हुन सकेन  । शाही टोलीको बुरुण्डी, बुजुम्बुरा यात्रा केन्याको राजधानी नैरोवीबाट शुरु हुनेछ । करीब करीब असफल राष्ट्रका रूपमा परिचित र हुतु र तुत्सीबीचको जातीय युद्धको भुमरीमा परेको बुरुण्डीमा आफ्नै विमान लान नसकिने भएकाले श्री ५ हरू नैरोवीबाट राष्ट्रसंघको जहाजमा बुजुम्बुरा पुग्ने कार्यक्रम छ । बुजुम्बुराबाट पुनः नैरोवी आएर शाही दलबल तान्जानियाको राजधानी दार एस सलाम पुग्नेछ । दार एस सलाममा कुनै कार्यक्रम नभए पनि तान्जानिया र केन्याको सिमानामा रहेको किलिमञ्जारो राष्ट्रिय निकुञ्ज जानका लागि शाही टोली त्यहाँ पुग्नेछ । 'ल्याण्ड अफ फायर एण्ड आइस'को नामले प्रसिद्धि कमाएको किलिमञ्जारो क्षेत्रमा २० वटा सक्रिय ज्वालामुखीहरू छन् भने सँगै वरफका पर्वतहरू पनि रहेका छन् । किलिमञ्जारो आफैँ अप्रिmका महादेशको सबैभन्दा अग्लो पर्वत र विश्वको ठूला ज्वालामुखीहरूमध्येको एक हो । यो क्षेत्र प्रकृत्रि्रेमीहरूका लागि विश्वकै उत्कृष्ट दृश्यावलोकनस्थलहरू मध्येमा मानिन्छ । अप्रिलदेखि जूनसम्म र नोभेम्बर तथा डिसेम्बरमा उल्लेख्य हिउँ पर्ने भएकाले अहिलेको सिजन त्यहाँ जानका लागि राम्रो मानिन्छ  । अन्तर्रर्ााट्रय विमानस्थल भएका कारण आफ्नै विमानमार्फ् पनि किलिमञ्जारो पुग्न सकिन्छ ।

किलिमञ्जारोपछि राजाको टोली दक्षिण अप्रिmकाको जोहान्र्सबर्ग पुग्नेछ । दक्षिण अप्रिmकामा शाही टोलीको प्रमुख गन्तव्य त्यहाँको विश्व प्रसिद्ध क्रुगर राष्ट्रिय निकुञ्ज हुनेछ । त्यहाँ पनि नेशनल पार्क नजिकै अन्तर्रर्ााट्रय विमानस्थल छ । वर्षा ५ लाखभन्दा बढी पर्यटकले यो निकुञ्ज अवलोकन गर्छन् । अप्रिmकाबाट र्फकने क्रममा मरिसस तथा मालदिभ्सको समेत भ्रमण गर्ने कार्यक्रम रहेको एक अर्को सूत्रको दाबी छ । यसको स्वतन्त्र पुष्टि हुनसकेको छैन । त्यसो त दक्षिण अप्रिmकाबाट उडेको विमान काठमाडाँै आइपुग्नुअघि इन्धन भर्नको निम्ति कम्तीमा एक पटक कुनै विमानस्थलमा ओर्लनै पर्ने हुन्छ । स्रोतहरूका अनुसार त्यस्ता विमानस्थल मरिसस वा माल्दिभ्सका पनि हुनसक्छन् । करीब ३० हजार किमिको राज-यात्राको क्रममा सरकारले निकासा गरेको झण्डै रु.१८ करोड खर्च हुनेछ । तर यो खर्चमा सरकारी अधिकारीहरूमाथिको खर्च, शानेवानिले व्यहोर्नुपर्ने प्रत्यक्ष र अप्रत्यक्ष घाटा समावेश छैन ।


सुशासनका ६ परिसूचकहरूको १०० मा कसको कति ?



राजाको भ्रमण छनौटमा परेका मुलुकहरूसँग नेपालको व्यापार (रु. हजारमा)

मुलुक आ.ब.१९९९/०० आ.ब.२०००/०१ आ.ब.२००१/०२ आ.ब. २००२/०३ आ.ब. २००३/०४
निर्यात आयात निर्यात आयात निर्यात आयात निर्यात आयात निर्यात आयात
बुरुण्डी - - - - - - - - - -
इजिप्ट २२८ ४८९९ १४४५ ११७५६ १० १३६९२ ९९ २०६४ १८७ ५७१९
केन्या ३१ २३८३ ४८३० २५८७ ३१६२ ३३४ १६६८
दक्षिण अफ्रिका ५०५३ ७३६५५ ८७७६ ४००२१ १००९८ ९०८८९ ७३९३ ११७००७ १६३५५ ३२१८१०
तान्जानिया ५२६४ २८३ १५
ट्युनिसिया १० ७९१४