हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | दूरसञ्चार

मोबाइल फोनः झन्-झन् बर्बाद

नेपाल टेलिकम मोबाइल फोनको दुरवस्था सुधार्न पनि नसक्ने र खास समस्या पनि ग्राहकलाई बताउन नसक्ने 'प्यारालाइसिस' को रोगीजस्तो भएको छ ।


किरण पाण्डे

नेपाल टेलिकमको मोबाइल फोन प्रयोग गर्ने करीब दर्ुइ लाख ग्राहक कैयौँ महिनादेखि हैरान छन् । नेर्टवर्क सङ्केत नपाइनु, नेर्टवर्क व्यस्त हुनु, 'सर्म्पर्क हुनसकेन' भन्ने जवाफ आउनु वा कुरा गर्दागर्दै लाइन काटिने जस्ता समस्या घट्नुको सट्टा झन्झन् बढ्दै गएका छन् । टेलिकमका महाप्रबन्धक सुगतरत्न कंसाकारले यसै पत्रिकामार्फ् "दशैँपछि सबै ठीक हुने" आश्वासन दिएका थिए । तर समस्या किन जस्ताको तस्तै - यो प्रश्नको जवाफ खोज्न हिमाल ले अघिल्लो साता महाप्रबन्धक कंसाकारको मोबाइलमा फोन गर्दा दर्ुइ पटक 'अहिले सर्म्पर्क हुनसकेन' भन्ने जवाफ आयो । मोबाइलको नेर्टवर्कले सजिलै भेट्ने, भद्रकाली प्लाजास्थित आफ्नो कार्यालयबाट सञ्चार मन्त्रालय, सिंहदरबार गइरहेका कंसाकारको मोबाइलमा तेस्रो पटकको प्रयासमा मात्रै सर्म्पर्क हुनसक्यो ।

मोबाइलको गुणस्तरमा यो विघ्न गिरावट आउनुलाई नेपाल टेलिकमले 'मोबाइल सेवामा हुँदै गरेको विस्तार' का कारण उत्पन्न अस्थायी समस्या बताउने गरेको छ । टेलिकमको भनाइमा हाल चालु करीब दर्ुइ लाख मोबाइलको सेवा विस्तार गरेर १० लाख पुर्‍याउन काम भइरहेको छ र त्यसकै कारण उपभोक्ताहरूले हैरानी व्यहोर्नु परिरहेको हो । महाप्रबन्धक कंसाकार त यसलाई "घरको तला थप्दा सिढी फोहोर भएको" भनेर हलुकासँगै पन्छाउन खोज्छन् ।

तर, 'सिढी यतिविघ्न फोहोर' पार्ने कथाहरू कम रोचक छैनन् । नेपाल टेलिकमलाई दूरसञ्चार उपकरण आपर्ूर्ति गर्ने चीनका दर्ुइ ठूला कम्पनीको आन्तरिक प्रतिस्पर्धा र खिचातानीले मोबाइल विस्तार परियोजनाको काममा ढिलाइ भइरहेको कुरा टेलिकमका कर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार करीब रु.५० करोड लागतको यो परियोजनाको काम पाएको चीनको जेडर्टर्ीइ कर्पोरेशन र दोस्रो प्रतिस्पर्धी 'हुवाइ' कम्पनीका बीचको द्वन्द्वले सेवा विस्तारको कार्य करीब दर्ुइ महिना ढिलाइ भइसकेको छ । ग्लोवल टेण्डरमा प्रतिलाइन मोबाइलका निम्ति जेडर्टर्ीइले ८ डलर र हुवाइले १४ डलर उल्लेख गरेका थिए । सबभन्दा न्यून भएका कारण जेडर्टर्ीइले परियोजना हात पार्‍यो । तर नेपालको दूरसञ्चार क्षेत्रमा प्रविधि र उपकरणमा पहिलेदेखि वर्चस्व राख्दै आएको 'हुवाइ' ले यसमा चित्त बुझाउन सकेन । उसको सहयोग बिना नयाँ र पुरानो प्रविधि एवं उपकरण आपसमा जोड्न सम्भव थिएन ।

यता आएर जेडर्टर्ीइ र हुवाइबीचको मनमुटाव टुङ्गएिको, हुवाइले सफ्टवेयर कन्ट्रोल, सोर्सकोड लगायतका कुरामा जेडर्टर्ीइलाई सहयोग दिन थालेको र परियोजनाको काम तीब्र गतिमा अगाडि बढेको दाबी टेलिकमका पदाधिकारीहरूले गरेका छन् । उनीहरूका अनुसार हुवाइ कम्पनीले चीनबाट झकिाएका केहि समेत गरेर ३० जना इन्जिनियरहरू अहिले काम गरिरहेका छन्  र दर्ुइ वा तीन हप्ता भित्र हाल चालु रहेका सबै मोबाइल नयाँ कम्पनीका उपकरणमा सार्ने काम सम्पन्न हुनेछ । त्यसनिम्ति आगामी साताको कुनै एक रात -११ बजेदेखि बिहान ३-४ बजेसम्म) मोबाइल फोन बन्द हुनसक्छन्  । धेरै पटक अपत्यारिला सावित भइसकेका नेपाल टेलकमका अधिकारीहरू यसपटक कति सत्य बोलिरहेका छन् भन्ने कुरा आगामी १०-१५ दिनमै स्पष्ट हुनेछ  । उनीहरूका अनुसार हुवाइ कम्पनीका सम्पर्ूण्ा संयन्त्र उपत्यका बाहिर सारिनेछन् भने राजधानीमा जेडर्टर्ीइका प्रविधि र उपकरणमार्फ् १० लाखसम्म मोबाइल वितरण गर्न सकिने व्यवस्था हुनेछ ।

तर दर्ुइ चिनियाँ कम्पनीहरूको द्वन्द्वका कारण मात्र मोबाइल फोनको सेवा बर्बादीको स्तरमा झरेको नेपाल टेलिकमका अधिकारीहरूको कथन मानिसहरूलाई पत्यारिलो लागिरहेको छैन । सेवाबाट आजित भएका ग्राहकहरू अहिले नेपाल टेलिकमको मोबाइललाई 'याक चुरोट' समेत भन्न थालेका छन् । र्सर्ूय टोवाको आएपछि जनकपुर चुरोट कारखानाको उत्पादन ओरालो लागेझैँ निजी क्षेत्रले सेवा आरम्भ गरेपछि नेपाल टेलिकम ओरालो लाग्न थालेको सर्न्दर्भमा यो चर्चा चल्ने गरेको हो ।

हुनपनि, १९ माघमा राजाले सत्ता एकलौटी पारेपछि, टेलिकमलगायतका सञ्चार क्षेत्रमा सेनाले व्यापक हस्तक्षेप गर्‍यो । नेपाल टेलकमको मोबाइल फोन महिनौँ बन्द गरियो । यहीबेला राजाका एकमात्र ज्वाइँको समेत संलग्नता रहेको स्पाइस सेलको मोबाइल सेवा शुरु भयो । यसले गर्दा मानिसहरूलाई नेपाल टेलकमको सेवास्तर खस्किनुमा निजी क्षेत्रका व्यवसायीको हात छ कि भन्ने शङ्का पैदा हुनथाल्यो । यो शङ्का निवारण गर्ने कार्य आजसम्म कसैले गरेको छैन । दूरसञ्चार प्राधिकरण मौन रहेको छ भने टेलकम अधिकारीहरू आफ्नो प्रतिद्वन्द्वीप्रतिको शङ्का हटाउन किन अघि र्सर्थे ! बरु आफ्नो कमजोरीका निम्ति अर्कोतिरै औंला तेर्स्याउन उनीहरूलाई सजिलो भएको छ ।

यस्तै एउटा घटना घटी पनि सकेको छ । २१ असोजमा नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने एकजना ग्राहकको मोबाइलमा 'विजेश्वरी' भनेर ठाउँ देखिएपछि स्पाइस सेलले आफ्नो सिस्टममा हस्तक्षेप गरेको आशङ्का टेलिकमका अधिकारीहरूले गरे । आशङ्काको आधार मोबाइलमा नम्बरसँगै ठाउँ -लोकेशन) देखाउने सुविधा स्पाइससँग मात्र हुनु, नेपाल टेलकमसँग नहुनु थियो । नेपाल टेलिकम र स्पाइस सेलका उच्च अधिकारीहरू बीच छलफल भएपछि यो मुद्दा अगाडि बढाइएको छैन । यसको जानकारी दूरसञ्चार प्राधिकरणका अध्यक्ष सुरेशकुमार पुडासैनीसम्म पनि पुगेको छ । तर, त्यो सामान्य प्राविधिक गडबडी मात्रै थियो या प्रतिस्पर्धी कम्पनीका बीचमा भएको नियोजित हस्तक्षेप भन्ने यकिन जानकारी प्राप्त हुनसकेको छैन ।

यस सम्बन्धमा स्पाइस सेलका प्रमुख कार्यकारी अधिकृत दामीर कारायेभ भने त्यस्तो कुनै समस्या नै नपरेको बताउँछन्  । उनी भन्छन्, "हामी दूरसञ्चार प्राधिकरणले दिएको फ्रिक्वेन्सी प्रयोग गरिरहेका छौँ, नेपाल टेलिकमको सेटमा हाम्रो फ्रिक्वेन्सी आउने भन्ने त हुँदैहुँदैन । नेपाल टेलिकमको ग्राहकको सेटमा केही समस्या आउँछ भने त्यो उसको समस्या होे ।"

शिव गाउँले