| रमझम

सेंधिका सुब्बा
फेशनेवल शहर धरानकी युवती हुन् सेंघिका
। ब्रिटिस सैनिक परिवारकी एक्ली छोरी । आफ्ना साथीसङ्गीभन्दा केही
पृथक सोचाइ राख्ने सेंघिका समाजशास्त्रमा स्नातकोत्तर गर्ने तयारीमा
छिन् । उनको लक्ष्य पनि त्यस्तै छ- समाजसेवी बन्ने र सन्तुष्टिसँगै
नाम कमाउने । केही पत्रिकाका आवरण र केही म्युजिक भिडियोमा झुल्किसकेकी
उनी मोडलिङलाई 'पार्टटाइम शोख' मान्छिन् । भन्छिन्, "घुमफिर र
दृश्यावलोकन मेरा अरू रहरहरू हुन् ।"
तस्बिरः अनुपप्रकाश
शृङ्गारः चाहना ब्युटी पार्लर, बागबजार, काठमाडौँ
वृत्तचित्र
पंख फिजाउँदै नेपाली डकुमेन्ट्री

तस्बिर सौजन्यः नेपालय

|
| 'मेकिङ अफ सा-कर्णाली' र 'टीम नेपाल' । |
अहिले नेपाली
'सेल्युलाइड फिल्म'को स्तर र बजार अपेक्षाअनुरुप उक्सिन सकेको छैन
। प्रतिस्पर्धा र प्रविधिको जमानामा नेपाली फिल्मले अन्तर्रर्ााट्रयस्तर
त टाढाको कुरा, राष्ट्रियस्तरमा समेत आफ्नो मौलिक पहिचान र स्वरुप
निर्माण गर्न सकिरहेको छैन । यस्तो बेला बामे र्सर्दै गरेको नेपाली
डकुमेन्ट्री विधाले अन्तर्रर्ााट्रय महोत्सवहरूमा समेत उल्लेख्य उपस्थिति
जनाउन थालेको छ । केसाङ छेतेन, दीपेन्द्र गौचन, छिरिङ्गरितार शर्ेपा
जस्ता कुशल डकुमेन्ट्री-मेकरहरूले बनाएको बाटोमा नयाँ अनुहारका प्रशंसनीय
काम देखिन थालेका छन् आजभोलि ।
गत महिना मात्र सात नेपाली डकुमेन्ट्री अन्तर्रर्ााट्रय
महोत्सवहरूमा प्रदर्शित भए । गिरीश गिरीको टिम नेपाल ले इटलीमा सम्पन्न
खेलकुदसम्बन्धी 'मिलान इन्टरनेशनल फिक्ट्स फिल्म फेस्टिवल' मा सहभागिता
मात्र जनाएन, 'मेन्सन डि अनर' समेत प्राप्त गर्यो । विश्वभरिका एक
सय ९५ फिचर, फिक्शन र डकुमेन्ट्री फिल्म प्रदर्शित सो फेस्टिवलको र्सवाधिक
महत्त्वपर्ूण्ा 'गुल्यान्डे डि अनर अवार्ड' का निम्ति डकुमेन्ट्रीतर्फटिम
नेपाल अन्तिम चारमा छनौट भएको थियो ।
हालै काठमाडौँमा सम्पन्न 'फिल्म साउथ एसिया' मा एक मात्र
नेपाली डकुमेन्ट्रीका रूपमा टिम नेपाल ले सहभागिता जनाएको थियो । सञ्चारकर्मी
गिरीश गिरीले गृहनगर वीरगञ्जको एक फूटबल क्लबले भारतको सोनापुरसम्म
गरेको खेल-यात्रालाई 'टीम नेपाल' को विषय बनाएका छन् । भारत रेल्वेले
आयोजना गरेको प्रतियोगितामा भाग लिन गएको नेपाली टिमको यात्रा, दिनचर्या
र सीमा पार गर्दाको अनुभूति समेटिएको छ, 'नेपालय'द्वारा निर्मित ४५
मिनेट लामो सो डकुमेन्ट्रीमा । फूटबलका माध्यमबाट नेपाल-भारत सीमावर्ती
सम्बन्धलाई झल्काउन सफल यो डकुमेन्ट्री निकट भविष्यमै जर्मनी, फ्रान्सलगायतका
मुलुकमा पर््रदर्शन हुने भएको छ । सञ्चारकर्मी गिरी पत्रकारिताबाट
समय निकालेर डकुमेन्ट्री निर्माणको सिर्जनात्मक काममा जसरी सरिक भए
र जुनस्तरको सिर्जना पस्के, त्यो स्याब्बासीयोग्य छ । लगाव भए सिर्जनात्मक
काम जहाँ रहेर पनि गर्न सकिने उदाहरण देखाएका छन् गिरीले ।

'भेडाको ऊन जस्तो' को छायाङ्कन । |
गत महिना नै नेदरल्याण्डस्को एम्सटरडममा आयोजित 'हिमालय
फिल्म फेस्टिवल २००५' मा अर्का सञ्चारकर्मी दिलभूषण पाठकद्वारा निर्देशित
वृत्तचित्रहरू शुकबहादुर अधिकारी कक्षा-४, न्युजरुम बाहिर र डिमोन्स
डिलाइट प्रदर्शित भए । हिमालय आर्काइभ्स् नेदरल्यान्डस्द्वारा आयोजित
सो फेस्टिवलमा विभिन्न राष्ट्रका हिमालसँग सम्बन्धित ७० फिल्म पर््रदर्शन
गरिएका थिए । तिनैमध्ये थियो, इन्टरफेसको निर्माणमा दिलभूषणको सिर्जना
शुकबहादुर अधिकारी कक्षा-४, जुन ७९ वर्षा उदाहरणीय व्यक्तित्व शुकबहादुरमा
केन्द्रित छ । भारतमा झण्डै ५० वर्षो फिरन्ते जीवन बिताएर कास्की फर्किएका
उनी वृद्धवयमा आफ्नी नातिनीसँगै कक्षा ४ मा पढिरहेका छन् । उनै जोशिला
बूढाको दिनचर्या समेटिएको यो सिर्जना विनोदपर्ूण्ा छ, विषयवस्तुका
दृष्टिले आकर्ष पनि । न्युजरुम बाहिर मा अछामकी एक महिलाको गलत तवरको
गर्भपतनबाट भएको दर्दनाक मृत्युको कथा भेट्न सकिन्छ । कान्तिपुर टेलिभिजनमा
समाचार पढ्ने क्रममा दिलभूषणलाई त्यो विषयले निकै छोएपछि थप खोजीनिती
गरी उनले त्यसलाई डकुमेन्ट्रीको आकार दिएका हुन् । सामान्यतः समाचारवाचक
समाचारसँगैको भावनामा बग्दैनन् भनिन्छ । तर दिलभूषणले न्यूजरुम बाहिर
निस्कनासाथ समाचारलाई गम्भीरतापर्ूवक पछ्याए र एउटा खोजलाई श्रव्यदृश्यमा
लिपिवद्ध गरे । अनि, बनाए सम्भावनायुक्त डकुमेन्ट्री फिल्ममेकरको पहिचान
।
|
 |
 |
| तस्बिर सौजन्यः इन्टरफेस |
| गिरीश गिरी, किरणकृष्ण श्रेष्ठ
र दिलभूषण पाठक । |
एम्र्सर्टडम फेस्टिवलमै नेपाली साङ्गीतिक समूह 'नेपथ्य'सँग
सम्बन्धित तीन वटा डकुमेन्ट्री समेत पर््रदर्शन भएको निर्माण संस्था
नेपालयले जनाएको छ । लाङटाङ क्षेत्रमा 'भेडाको ऊनजस्तो' गीतको लय खोज्ने
क्रममा भएको रमाइलो यात्राबारे किरणकृष्ण श्रेष्ठले बनाएको भेडाको
ऊनजस्तो सो फेस्टिवलमा पुनः प्रदर्शित भयो, 'नेपथ्य'को साङ्गीतिक प्रस्तुतिसँगै
। 'फिल्म साउथ एशिया २००३' मा पुरस्कृत यो डकुमेन्ट्रीले फ्रान्सको
'एथ्नोग्राफी फिल्म फेस्टिवल २००५' मा उपस्थिति जनाइसकेको छ । एर्म्र्टडममा
किरणकृष्णद्वारा निर्देशित लिभ आवर स्कुल अलोन र मेकिङ अफ सा कर्ण्ााली
समेत प्रदर्शित भए । 'नेपथ्य' ले 'शान्तिका लागि शिक्षा' को सन्देशका
साथ देशका १५ स्थानमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा देखिएका,
भेटिएका कुराहरू नै लिभ आवर स्कुल अलोन का विषयवस्तु हुन् । यो डकुमेन्ट्री
नेपालमा समेत चाँडै र्सार्वजनिक गरिने नेपालयले जनाएको छ । यसैगरी
मेकिङ अफ सा कर्ण्ााली 'सा कर्ण्ााली ...' गीतको म्युजिक भिडियो छायाङ्कनका
क्रममा निर्मित डकुमेन्ट्री हो । दर्ुगम डोल्पाका विभिन्न भागमा एक
हप्ता लगाएर 'सा कर्ण्ााली..' को छायाङ्कन गरिएको थियो, हेलिकप्टरलाई
यात्राको माध्यम बनाउँदै । ठूलै लागतमा बनाइएको सो म्युजिक भिडियोको
अन्तरकथा समेत डकुमेन्ट्रीमा देख्न पाइनेछ ।
यी डकुमेन्ट्रीले नेपाललाई विभिन्न रूपमा अन्तर्रर्ााट्रय
जगतमा चिनाउने काम गरेका छन् । सबै सिर्जना प्राविधिक दृष्टिले अब्बल
नहोलान् तर यिनले भोलिका दिनमा नेपाली डकुमेन्ट्रीको फैलावटका निम्ति
फराकिलो क्षितिज उघारेका छन््, यसमा सन्देह छैन ।
•
कृष्ण शाह यात्री
सङ्गीत
सङ्गीत-शिक्षामा नयाँ "शिला"
नेपाली सङ्गीतको व्यावसायिक
धरातल निर्माणमा अगुवाई गर्ने संस्था- म्युजिक नेपालको यो मूल परिचयमा
वर्षौपिच्छे कुनै न कुनै अतिरिक्त चिनारी थपिन थालेको छ । प्रतिलिपि
अधिकारका निम्ति 'नेपाल प्रतिलिपि अधिकार संरक्षण समाज' मार्फ् आवाज
उठाउने अगुवा, सांस्कृतिक सर्म्वर्द्धन परिषदको संस्थापक, साहित्यिक/धार्मिक
कृतिलाई साङ्गीतिक स्वरुप दिने अभियन्ता आदि आदि । साउ अक्षरदेखि नै
विधिवत् नेपाली सङ्गीतको शिक्षारम्भ गराउने औपचारिक शिक्षालयको संस्थापक
बन्ने यसको आकाङ्क्षासमेत चाँडै साकार हुने भएको छ ।
१ वैशाख, २०६३ देखि औपचारिक पठनपाठन शुरु गर्ने लक्ष्य
लिएको सङ्गीत विद्यालय तथा अनुसन्धान केन्द्र 'नेपाल म्युजिक सेन्टर'को
हालै शिलान्यास भएपछि म्युजिक नेपालसँग थप नयाँ चिनारी जोडिएको हो
। काठमाडौँ-सिनामङ्गलमा निर्माणाधीन सङ्गीतालयलाई सङ्गीत-अनुरागीहरूले
नेपाली सङ्गीत शिक्षाको जगमा राखिएको पहिलो 'शिला' मानेका छन् । यसअघि,
कलेज तहमा वा प्रशिक्षण केन्द्रहरूमा मात्र विधिवत् सङ्गीत पढ्न पाइन्थ्यो,
प्राथमिक तहदेखि नै औपचारिक सङ्गीत सिकाउने कुनै संस्था/विद्यालय थिएनन्
। त्यसनिम्ति पाठ्यक्रमसमेत थिएन । त्यो अभावमा तल्लो तहदेखि नै औपचारिक
सङ्गीत शिक्षाको श्रीगणेश गर्ने हिम्मत देखाएको छ म्युजिक नेपालले
। प्रबन्ध-निर्देशक सन्तोष शर्माका अनुसार, आउँदो माघदेखि नै एउटा
'पाइलट ग्रुप' का निम्ति सङ्गीत प्रशिक्षण शुरु हुँदैछ ।
इतिहास-शिरोमणि बाबुराम आचार्य-पुत्र श्रीकृष्ण आचार्यको
सद्भावमा जुटेको पाँच रोपनी जमिन जग्गाधिकारी कञ्चन शर्मा र सन्तोष
शर्माले सङ्गीतालय-निर्माणका लागि र्समर्पण गरेका छन् । यो सदाशय सङ्गीतालय
स्थापनामा जुटेको अर्को उल्लेख्य संयोग हो । त्यही जमिनमा करीब पाँच
करोड रुपैयाँको लागतमा निर्माण हुने सङ्गीतालय -हे. नक्सा) मा एउटा
अनुसन्धान केन्द्र पनि स्थापना हुनेछ, त्यसलाई अन्ततः सङ्गीत अभिलेखालयको
स्वरूप दिने सञ्चालकहरूको योजना छ । नेपाली बालबालिकालाई लोकसङ्गीतको
फेदीदेखि नै औपचारिक शिक्षा दिँदै उनीहरूलाई सिर्जनात्मक बनाउने उद्देश्य
बोकेको छ सङ्गीतालयले, जहाँ प्रारम्भमा प्राथमिक तहदेखि क्रमशः स्नातक,
स्नातकोत्तर तहसम्मको पढाइ हुनेछ । बाल-बालिकाले हप्तामा एक वा दर्ुइ
दिन सङ्गीतालय धाएर ताल-सुरका मात्रा, सूत्रहरू सिक्न सक्नेछन् ।
म्युजिक नेपालले विद्यालय तहदेखि नै सङ्गीत शिक्षाको
पाठ्यक्रम निर्माण गर्ने दायित्व समेत पाएको छ । त्यसनिम्ति अम्बर
गुरुङ, रामशरण दर्नाल, कुमार बस्नेतलगायतका विज्ञहरू सम्मिलित पाठ्यक्रम
निर्माण समिति क्रियाशील भएको निकै भइसक्यो । ६ देखि १० र ११-१४ वर्षउमेर
समूहका विद्यार्थीहरूका निम्ति छुट्टाछुट्टै पाठ्यक्रमले अन्तिम रुप
पाउन मात्र बाँकी छ । पाठ्यक्रम निर्माणको यो अभियानलाई म्युजिक नेपालको
थप उपलव्धि मान्न सकिन्छ । नर्वेको रिक कन्र्सर्टिनीबाट प्राविधिक
सल्लाह र सद्भाव पाइरहेको निर्माणाधीन सङ्गीतालयको अर्को उल्लेख्य
लक्ष्य हो- निकट भविष्यमै मोफसलका दर्ुइ ठाउँमा यस्तै शिक्षालय चलाउने
र जेहेन्दार ५० विद्यार्थीलाई छात्रवृत्ति दिने । सन्तोष शर्मा भन्छन्,
"नेपाली सङ्गीत शिक्षाको श्रीगणेश हुन लागेको अनुभव गरेका छौँ
हामीले ।"
•
सुरेशराज न्यौपाने
अभियान
सुनौलो अभियान
आँखा छोपी दिउँ भने कानले
सुनिदिन्छ
कान पनि थुनी दिऊ त मनमा जलन हुन्छ
कतै थुप्रो बारुदको कतै धराप
बिन्ती फिर्ता लिइदेऊ सती त्रि्रो सराप
सुनौलो पुस्तकालय धरानका संरक्षक रमेशचक्र खड्का अहिले
'सुनौलो अभियान' लिएर सह-यात्रीहरूका साथ 'शान्ति पदयात्रा' मा निस्किएका
छन् । पर्ूर्वी सीमा काकडभिट्टाबाट शुरु भएको यो यात्रा इलाम, झापा,
मोरङ, धनकुटा, तेह्रथुम पुगिसकेको छ भने कात्तिकको अन्तिम सातादेखि
पदयात्रीहरू भ्ाोजपुर, खोटाङतर्फलागेका छन् ।
असोजको तेस्रो साता धरानका चार युवाले शुरु गरेको 'सुनौलो
अभियान मेची-महाकाली शान्ति पदयात्रा' को लक्ष्य शान्तिको आव्हान गर्दै
गीति अल्बम 'सुनौैलो अभियान' बेचेर त्यसको आर्जनले द्वन्द्वपीडित बालबालिकाका
लागि धरानमा आवासीय विद्यालय र वृद्धाश्रम खोल्नु रहेको छ । अभियानका
अगुवा रमेश भन्छन्, "पर्ूवका केही जिल्लाबाट राम्रो सहयोग प्राप्त
भएको छ । हामी उत्साहित छौँ ।" अल्बमको संस्थागत मूल्य थोरै नै
भए पनि गीत र समूहको योजना सुनेर प्रतिअल्बम पाँच सय, हजार रुपैयाँसम्म
सहयोग पाउने गरेको, सुरक्षाकर्मी तथा माओवादी समेतले गीत सुनेर खुशी
व्यक्त गरेको उनी बताउँछन् ।
पुस्तकालयका संरक्षक खड्का, अध्यक्ष लक्ष्मण अधिकारी,
संस्थापक उपाध्यक्ष कुवेर त्रिताल र पत्रकार जनकऋषि र्राईले प्रारम्भ
गरेको यो अभियानमा पुस्तकालयका सदस्य तथा शुभ-चिन्तकहरू प्ाालैपालो
सहभागी हुँदै आएका छन् ।
रमेशचक्र खड्का र कुलचन्द्र न्यौपानेका शब्द तथा दीप
श्रेष्ठ र लक्ष्मण अधिकारीको सङ्गीत रहेको 'सुनौलो अभियान'मा दीप श्रेष्ठ,
सत्य-स्वरुपराज आचार्य, कृष्णभक्त र्राई, जगदीश समाल, उत्तर भुजेल,
प्राश्ना शाक्य, जुना प्रर्साई, लक्ष्मण अधिकारी र महेश महराले स्वर
दिएका छन् । राष्ट्रिय भावनाले ओतप्रोत सङ्ग्रहका गीतहरूले जातीय,
भौगोलिक विभेद र द्वन्द्वले पारेको प्रभाव देखाउँदै शान्ति र विकासको
वकालत गरेका छन् ।
•
डम्बरकृष्ण श्रेष्ठ
कला
चाँदनीमा हिमाल

किरण पाण्डे
|
कलाकार के.जी.
रञ्जित यथार्थवादी शैलीका गतिशील चित्रकार हुन् । उनी सबै प्रकृतिका
कलामा नवीनताको खोजी गर्ने अगुवा स्रष्टा पनि हुन् । लामो कला-साधनाले
उनलाई आफ्नै शैलीमा रम्न सिकायो । त्यसैले ७१ वर्षो उमेरमा पनि तन्नेरी
जोश देखाउँदै जुनेली रातमा देखिएका हिमशृङ्खलाका अनुपम दृश्यलाई उनले
क्यानभासमा उतारेका छन् ।
हालै राजधानीको जे आर्ट ग्यालरीमा 'मुनलाइट पानोरामा'
शर्ीष्ाकमा रञ्जितका दर्ुइ दर्जन पेन्टिङ पर््रदर्शनमा राखिएका थिए
। पेन्टिङहरूको साझा विशेषता थियो- चन्द्रमाको प्रकाशमा देखिने मनमोहक
हिमाल । सिर्जनाको पृष्ठभूमि खोतल्दै रञ्जित भन्छन्, "फरक किसिमको
पेन्टिङ बनाउने मोह पाल्छु म । यो पटक रातिको हिमाल बनाउने मुड चल्यो
। काम गाह्रो भए पनि रमाइलो लाग्यो ।"
प्रदर्शित पेन्टिङहरूमा उनले सर्ूयास्तपछि क्रमशः छिप्पिँदै
गएको रात अनि सूर्योदयअघि विभिन्न समयमा चन्द्रमाको पृथक् उज्यालोमा
देखिने हिमशृङ्खलाका दृश्यलाई उतारेका छन् । पेन्टिङ बनाउँदा रञ्जितले
जति आनन्द लिए, त्योभन्दा धेरै सन्तुष्टिको अनुभव गरे दर्शकहरूले उनको
सिर्जनामा । कलाकार/ समीक्षक मदन चित्रकार भन्छन्, "कलाकार रञ्जितले
हिमालका पेन्टिङमा निकै मौलिकतासाथ आफूलाई उभ्याएका छन् । त्यसले अर्कैर्
यथार्थवादी रुप ग्रहण गरेर कलालाई नयाँ आयाम दिएको छ ।"
रञ्जितले २०३५ सालतिर शाही नेपाल वायु सेवा निगममा कार्यरत
रहँदा हिमाली आकर्षालाई नजिकबाट नियाल्ने मौका पाएका थिए । पर्यटकका
निम्ति हिमालका परिचय-पुस्तिका बनाउनका लागि उनले तीन महिना जति नेपालका
सबैजसो हिमालको अध्ययन गरे । "भविष्यमा हिमालको 'थिम'मा कुनै
काम गर्नु पर्ला जस्तो त्यो बेला नै लागेको थियो," उनी भन्छन्,
"हिमालमा अध्ययनका अथाह विषय छन् । हामीले गौरव गर्ने सम्पदा
पनि हो हिमाल । यसैलाई नयाँ तरिकाले प्रस्तुत गर्नुपर्छ भन्ने लाग्यो
र मैदानमा उत्रिएँ ।"
यसका निम्ति उनले फेरि पनि कञ्चनजंघा, नीलगिरी, धौलागिरि,
गौरीशङ्कर, नुप्चे, अन्नपर्ूण्ा, आमादब्लम आदि हिमालको अवलोकन गरे
। तिनलाई क्यानभासमा उतार्न उनलाई झण्डै डेढ वर्षलाग्यो । दिउँसोको
हिमालको परिकल्पना सजिलो हुन सक्छ तर रातमा चन्द्रमाको पृथक् प्रकाशमा
हिमालको रङ उतार्नु झण्डै दुःसाध्य काम थियो । रञ्जितले त्यो चुनौतीमा
आफूलाई सफल सावित गरे । उनले यसअघि नै मौलिक सिर्जनाका अनेकौँ शृङ्खला
तयार गरिसकेका छन् । यसअघि पनि रात्रिकालीन दृश्यमा नेपाली संस्कृतिका
विभिन्न पाटाहरूको दृश्याङ्कन गरी तयार गरिएको 'लिभिङ कल्चर' -२००३),
रातमा देखिएका मन्दिरहरूको दृश्यचित्र 'पासिङ कल्चर' -२००१), 'द फग्गी
मनिङ' -१९९९), 'न्यू होराइजन' -१९९९) जस्ता पर््रदर्शनीबाट राम्रै
ख्याति कमाइसकेका छन् रञ्जितले ।
समकालीन नेपाली कलामा रञ्जितका ती पर््रदर्शनी र कलाकृतिले
अलग्गै महत्त्व राख्छन् । उनले प्रायः रात र अँध्यारोलाई पेन्टिङको
विषय बनाउनुको कारण चाहिँ के नि - जवाफमा रञ्जित भन्छन्, "अँध्यारोले
नै उज्यालोको महत्त्व बढाउँछ ।"
•
यात्री
|