| खेलकुद |
यु-१९ युथ एशिया कप
कहाँ पुग्छ विजय यात्रा ?

विकास कार्की |
| बहराइनविरुद्धको खेलमा नेपाली खेलाडी । |
यु-१९ एशिया
कप क्रिकेट प्रतियोगिता आयोजना गर्न पाएका कारण स्वाभाविक रूपमा दङ्ग
रहेको नेपाली क्रिकेट जगतको खुशी प्रारम्भिक चरणका खेल नतिजासँगै चुलिएको
छ । र कनिष्क चौगाइँको नेतृत्वमा रहेको नेपाली युवा टोलीबाट फाइनल
खेलसम्म पनि यस्तै परिणाम आइरहने अपेक्षा गरेका छन् घरेलु दर्शकले
। पहिलो खेलमा बहराइनलाई ६७ रनमा सीमित गरेको नेपालले आफ्नो दोस्रो
पर््रदर्शनमा ब्रुनाइलाई २१ रनमै समेटेर पेभेलियन फर्काइदिएको थियो
। अहिलेसम्मका खेलहरूमा आक्रामक बलिङ गर्दै आएका अमृत भट्टर्राईले
आफूलाई उत्कृष्ट बलरको पङ्क्तिमा उभ्याएका छन् । कनिष्क चौगाईँ, रतन
रौनियार, शरद भेषवाकर, महेश क्षेत्री र ज्ञानेन्द्र मल्लको पर््रदर्शन
पनि सन्तोषजनक नै रहेको छ । नेपालसँगै कुबेत, यर्ुर्एइ र मलेशियाका
पर््रदर्शन पनि प्रशंसायोग्य थिए ।
क्रिकेट विश्लेषकहरूको भनाइमा अहिले-सम्मको
नेपालको पर््रदर्शन अपेक्षित नै हो । बलिङतर्फ'जुनियर लेभल' मा एसियामै
स्तरीय मानिएको नेपालले अपेक्षा अनुरुप नै पर््रदर्शन गरेको हो । त्यसो
त अहिलेसम्म प्राप्त सफलताका बाबजूद नेपाली क्रिकेटको विकासमा र्सार्थक
रहन्छ रहँदैन - नेपाली टोलीको विजय यात्रा उपाधिसम्म पुगेर टुङ्गन्िछ
वा त्योभन्दा अगाडि बढ्छ - यो प्रतियोगिताले घरेलु क्रिकेटलाई कुन
मोड दिन्छ - लगायतका प्रश्नहरू क्यानका अगाडि ज्यूँका त्यूँ तर्ेर्सिएकै
छन् । बरु अहिलेसम्मका खेलहरूबाट नेपालले केही कुराहरूमा प्रष्टिने
मौका भने पाएको छ । अफगानिस्तान, मलेशियासँगै खाडी राष्ट्रहरूले क्रिकेटमा
गरेको लगानी र उन्नतिले भोलिका दिनमा यु-१९ प्रतियोगितामा नेपालको
वर्चस्वलाई चुनौती दिने देखिन्छ ।
रोजगारका लागि विदेशमा रहेकाहरूलाई त्यहीँको
राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्न एशियन क्रिकेट काउन्सिल -एसीसी)ले
स्वीकृति दिएपछि पछिल्ला दिनमा खाडी राष्ट्रका टोलीमा दक्षिण एसियाली
विशेषगरी भारतीय र पाकिस्तानी मूलका खेलाडीहरूको बाहुल्य बढ्दो छ ।
कुबेत, कतार जस्ता राष्ट्रको क्रिकेटमा आएको सुधारका पछाडि यसलाई प्रमुख
कारण मानिन्छ । नेपाललाई त्यो सुविधा उपलब्ध छैन । नेपालले आफ्नो स्तर
बढाउन नियमित प्रशिक्षण, अन्य विदेशी टोलीसँगको नियमित अभ्यास तथा
व्यवस्थापकीय सुधारमा केन्द्रित हुनै पर्छ । क्यानका पर्ूव उपाध्यक्ष
विनयराज पाण्डे भन्छन्, "टोलीको क्षमता अभिवृद्धि तथा व्यवस्थापकीय
सुधार आदिमा अब पनि नचेत्ने हो भने नेपालको वर्चस्व रहँदैन ।"
यु-१९ टोलीका मेनेजर प्रदिप कार्की भने
टिमको भविष्यप्रति धेरै नै आशावादी हुनुहुन्छ । उहाँको भनाइमा १५ वर्षो
उमेर समूहको प्रतियोगिता तथा राष्ट्रिय टोलीबाट समेत खेलेका खेलाडीहरूको
बाहुल्यका कारण भविष्यमा यिनीहरूबाटै उत्कृष्ट राष्ट्रिय टोलीको निर्माण
हुनसक्छ ।
तर विगतका तीता अनुभवहरूले देखाएका छन्,
जुनियर लेभलमा उत्कृष्ट खेल पर््रदर्शन गर्ने खेलाडीहरू जति माथि उक्लन्छन्
तिनको खेलस्तर त्यति नै खस्कँदै गएको छ । सन् २००१ मा न्युजिल्यान्डमा
सम्पन्न जुनियर विश्वकपमा अहिले विश्व क्रिकेटमा छाएका पाकिस्तानी
युवा टोलीका कप्तान सलमान बटसँगै रियाज अप्रिmदी, इरफान फरहातलगायतका
खेलाडीहरू सम्मिलित टिमसँगै बाङ्लादेशलाई समेत पराजित गर्न सफल भएको
थियो नेपाल । प्रतियोगितामा क्रिकेटका हस्तीहरू-बाट नेपालले 'जाइण्ट
किलर'को उपमा समेत पाएको थियो । तर समय क्रमसँगै पछिल्ला वर्षरूमा
त्यो युवा टोलीको पर््रदर्शन र स्तर अस्थिर देखिएको छ । जसको मुख्य
कारण क्यानको व्यवस्थापकीय कमजोरीलाई मान्न सकिन्छ । अहिले पनि क्यानमा
क्रिकेटमा कुनै योगदान तथा व्यवस्थापकीय खुबी नभएकाहरूकै वर्चस्व छ
र उनीहरूमा व्यावसायिकता र पारदर्शिताको पनि अभाव छ । प्रतियोगिता
अघि कुनै विदेशी टोलीलाई ल्याएर अभ्यास खेल खेलाउने प्रचलन छैन । कुनै
एकेडेमी र नियमित प्रशिक्षणको निश्चित योजना समेत छैन । यस्तै अव्यवस्थाको
शिकार नबन्ला भन्न सकिन्न, अहिलेको अण्डर-१९ टोली ।
दर्ुइपटक विश्वकप खेलिसकेकोे नेपाली टोलीले
यु-१९ मा कमजोर प्रतिद्वन्द्वीविरुद्ध हालसम्म प्राप्त सफलताबाट गर्व
गरिहाल्नुपर्ने अवस्था छैन । किनभने नेपाली टोलीको पछिल्लो आवश्यकता
भनेको युवा खेलाडीको क्षमतालाई व्यवस्थित गर्दै, विगतमा नेपाली टोलीको
कमजोरी मानिँदै आएको ब्याटिङ पक्षमा उल्लेख्य सुधार ल्याएर उत्कृष्ट
राष्ट्रिय टोलीको निर्माण गर्नु पनि हो । जुन कुशल व्यवस्थापन, आर्थिक
पारदर्शिता र दर्ीघकालीन योजनाबाट मात्र सम्भव हुनसक्छ ।
•
मनोज घिमिरे
|