हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

कृषक प्रेमी क्रिस


किरण पाण्डे

मानिसहरू क्रिस इभान्सले नेपाली बोलेको, लेखेको देखेर छक्क पर्छन् । अनि, उनले नेपाली समाज र यहाँको कृषि प्रणालीलाई बुझेको देखेर मख्ख पर्छन् । उनीसित भेट नहुनेहरूले उनको नेतृत्व र सम्पादनमा प्रकाशित पाँच वटा किताबहरूको सङ्ग्रह 'किसानको हाते किताब' पढेर पनि यी कुरा बुझन सक्छन् ।

बेलायती नागरिक क्रिस २०४१ साल फागुनमा भीएसओ स्वयंसेवकका रूपमा जाजरकोट वन कार्यालयमा खटिए । "पञ्चायतकाल थियो, सहभागिता भन्ने शब्द त त्यसबेलाको विकासे शब्दकोशमा पनि थिएन," उनी थप्छन्, "हामी विश्व खाद्य कार्यक्रमको प्रोजेक्टमा थियौँ जसको सबै कार्यक्रम रोममा बन्थ्यो र वृक्षरोपणका नाममा सल्ला मात्र रोपिन्थ्यो ।" दर्ुइ वर्षछि 'पर्मा-कल्चर' अर्थात् दिगो र उपयुक्त कृषि प्रणालीका बारेमा थाहा पाउनासाथ उनको जीवनले अर्कै मोड लियो ।

भीएसओमा साढे तीन वर्षकाम गरेपछि केही साथीहरूसित मिलेर जाजरकोटमा गृहस्थाश्रम केन्द्र खोलेका क्रिसले रहँदाबस्दा यतै बिहा गरे । अनि त्यसैताका भेटिएका डेनिस साथी याकुब यर्सपर्सनसित मिलेर नेपालीमा किताब लेख्न थाले । "यी किताबमा दिगो कृषिका अन्तर्रर्ााट्रय प्रविधि र स्थानीय परम्परागत तरिकाहरूको मेल छ । यसले किसानहरूलाई खर्च र दुःख घटाएर उत्पादन बढाउने प्रविधि सिकाउँछ" यस्तै दाबी गर्ने क्रिस अहिले एप्रोप्रिएट टेक्नोलोजी एसिया नामक संस्था खोलेर भारत र चीनमा समेत कार्यरत् छन् । पर्माकल्चरको विश्वव्यापी अभियानका सदस्य पनि हुन् उनी । "तर मैले यहाँको भाषा सिकेँ, यहीँको संस्कृतिभित्र पसेँ, त्यसैले मेरो सीपको अधिकतम् प्रयोग म नेपालकै लागि गर्न सक्छु", भावुक बन्दै क्रिस भन्छन् ।


रोलमोडल बलमाया


आलोक तुम्बाहाङ्फे

चितवन-फूलबारीको दलित/विपन्न परिवारकी एक बालिका- कुनै दिन समुदायकै 'रोलमोडल' बन्लिन् भनेर कसैले सोचेको थिएन । छात्रवृत्तिको सहारामा स्कूल, कलेज पढ्दै अन्ततः राष्ट्रिय दलित समाज कल्याण संघको शिक्षा-संयोजक बन्न पुगेकी बलमाया विश्वकर्मा अहिले 'सामाजिक विकास'मा पीएचडी गर्ने तयारीमा छिन् । भन्छिन्, "शिक्षाले अधिकारका लागि लड्ने आत्मबल दिँदोरहेछ । म नै हुँ त्यसको उदाहरण ।"

दश वर्षघि माध्यमिक शिक्षाका लागि सेभ द चिल्ड्रेन यूएसबाट छात्रवृत्ति नपाएकी भए उनको उच्चशिक्षाको रहर संभवतः बीचैमा अलपत्र पथ्र्यो । छात्रवृत्तिले उनको हिम्मत बढायो । फलतः पछाडि फर्केर हर्ेर्नै चाहिनन् । उनले भरतपुरको सप्तगण्डकी क्याम्पसबाट बीएड गरिन्  । र, तुरुन्तै काठमाडौँ आई एक जापानी अभिभावकको सहयोगमा गणितमा स्नातकोत्तर गरिन् । अहिले उनी आफूलाई छात्रवृत्ति दिने सेभ द चिल्ड्रेनको राष्ट्रिय बाल शिक्षा कार्यक्रमको समेत शिक्षा अधिकृत बनेकी छन् । सामाजिक उपेक्षाका थुप्रै तगाराहरू पन्छाउँदै यो तहमा पुगेकी बलमाया आफ्नो सङ्र्घष्ा र उपलब्धिलाई दलित, पीडित समुदायमा आत्मबल जगाउने काममा उपयोग गर्न चाहन्छिन् । भर्खरै विवाह-बन्धनमा बाँधिएकी २९ वषर्ीया बलमाया श्रीमान्सँग दाङ पुग्दा स्थानीय बासिन्दाबाट भव्य स्वागत पाएपछि झनै उत्साहित बनेकी छन् । भन्छिन्, "त्यतिखेर समाजकै विश्वास जितेको अनुभव भयो मलाई  । समाजले हामीलाई हर्ेर्ने सोचाइ, मानसिकतामा समेत परिवर्तन आएको छ  । मैले यसलाई शिक्षाको आलोक ठानेकी छु ।"