हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश - समाचार

माओवादी छाड्दै विदेशतिर


जिल्ला प्रशासन कार्यालय पर्वतमा आत्मर्समर्पण गर्दै धनबहादुर क्षेत्री ।

पर्वतमा पार्टर्ीी युद्धबाट माओवादीको पलायन हुने र आत्मर्समर्पण गर्ने क्रम बढेको छ  । हालै जिल्ला प्रशासनसमक्ष गण्डकक्षेत्रका 'प्लाटुन भाइस-कमाण्डर' धनबहादुर क्षेत्री -धरण) र केही समयअघि मगरात मुक्तिमोर्चाका संयोजक जीत पुनले आत्मर्समर्पण गरेका तथा अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष गोपाल भण्डारी भागेका छन् । पर्वतका प्रजिअ हुमप्रसाद अधिकारी पुस मसान्तभित्र आत्मर्समर्पण गर्न आउने माओवादीलाई माफी दिइने निर्ण्र्ााभएको बताउँछन् ।

पाँच वर्षघि कक्षा ८ मा पढ्दापढ्दै माओवादी नाचगानबाट प्रभावित भएर त्यस पार्टर्ीी लागेका पर्वत, उरामपोखरा-४ का क्षेत्रीले गुल्मीको वामीटक्सार, स्याङ्जाको वालिङ्ग, गोर्खाको तार्कुघाट हमलामा भाग लिएका थिए । तार्कुघाटमा उनको हात र खुट्टामा चोट समेत लागेको थियो । माओवादीले पार्टर्ीीाडेर जानेलाई 'कायर' भन्ने गरे पनि उनी त्यहाँ बसेर केही हुँदैन भन्ने जानेर आत्मर्समर्पण गरेको बताउँछन्  । अघिल्लो दशैँताका पाल्पाबाट भागेर एक वर्षपोखरामा लुकी बसेका क्षेत्रीले अहिले विदेशमा काम गर्न जान आत्मर्समर्पण गरेका हुन् । क्षेत्रीका अनुसार माओवादीमा पार्टर्ीीाड्ने क्रम बढिरहेको छ र उनीसँगै म्याग्दीका 'प्लाटुन कमाण्डर' र्सर्ूयबहादुर रोक्का -दिल) ले पनि पार्ट्ीडेका छन् ।

यसअघि आत्मर्समर्पण गर्ने जीत पुन पनि वैदेशिक रोजगारीमै जाने तयारीमा छन् । नेकपा -माले) को भातृसङ्गठन अनेरास्ववियु तथा एमाले जिल्ला नेतृत्वमा काम गरिसकेर माओवादीमा लागेका पुनले वीभत्स बेनी आक्रमणबाट वितृष्णा भएर पार्टर्ीीाडेका थिए । पार्टर्ीी लागि चन्दा सङ्कलन गर्ने जिम्मेवारी लिएका अखिल क्रान्तिकारीका गोपाल भण्डारी चाहिँ मोटो रकम बोकेर भारत गएको आशङ्का छ, तर माओवादीले यसबारेमा केही बताएको छैन । नेतृत्वले यस्ता कुरालाई सकेसम्म ढाकछोप गर्ने गरेको धनबहादुर क्षेत्री बताउँछन् ।

दुर्गाप्रसाद शर्मा, पर्वत


माओवादीको बहुलट्ठी आदेश

माओवादी कार्यकर्ताहरूमा आफूलाई दैव वा दैत्य ठान्ने बहुलट्ठीपन पलाइसकेको हो - रुकुमको ठाँटी -बैरागीठाँटी) बजार साविकको ठाउँबाट उठाएर नजिकै भलाक्चा डाँडामा र्सार्न तिनले जनतालाई दिएको निर्देशनले यस्तै प्रश्न उठाएको छ । बजार भन्ने कुरा जहाँ पायक पर्छ, त्यहाँ मात्र फस्टाउन सक्छ । कसैको आदेश-निर्देशले भएका बजार बन्द हुनसक्छन्, तर नयाँ बजार मौलाउन सम्भव हुँदैन ।

माओवादीले 'जनयुद्धलाई अप्ठ्यारो पारेको' निहुँमा ठाँटीबजारलाई २०६१ पुसमा बन्द गराएका हुन् । उनीहरूले नजिकैको भलाक्चा डाँडामा बजार बसाल्न निर्देशन दिएका थिए, तर माओवादीले भनेको भन्दैमा अपायक भलाक्चामा बजार बस्न सम्भव थिएन, बसेन । तैपनि माओवादीले जिद्दी गर्न छोडेका छैनन् । रुकुम जिल्लाका 'जनसरकार सदस्य' द्रोण भन्छन्, "जनयुद्धको आवश्यकता अनुसार जहाँ पनि बजार बन्द गर्न र खोल्न सकिन्छ ।" यद्यपि यो बजारले 'जनयुद्ध'लाई के अप्ठ्यारो पार्‍यो भन्ने कुरा माओवादीले खुलाएका छैनन् । उनीहरूले गत वर्षसँगसँगै बन्द गराएको स्रि्रुतु बजार स्थानीय जनताको दबाबमा खुलाएका छन् । झुल्नेटा र बैरागीठाँटी चाहिँ अझै खोल्न दिइएको छैन । बजार किन उठाएको भनी प्रश्न उठाउनेलाई माओवादीले 'विरोधी' को बिल्ला भिराउने गरेका छन् । डरकै कारण व्यापारीहरूले पनि केही भन्न सकेका छैनन् ।

जिल्ला सदरमुकाम मुसिकोटमा मोटरबाटो पुगेपछि ठूलो व्यापारिक केन्द्र बनेको बैरागीठाँटी बजार भलाक्चा, धिवाङ, सिम्ली, अर्मा, खलङ्गाका साथै रुकुमकोट, पिपल, घिङ, प्व्ााङ, मग्मा, दुलीजस्ता टाढा-टाढाका गाविसका जनतालाई समेत पायक पर्छ । तर एक वर्षेखि यहाँका व्यापारी-व्यवसायीहरू विचल्लीमा परेका छन् । कैयौँ त पसलघर त्यत्तिकै छाडेर अन्यत्र सरेका छन् । माओवादीबाटै मानबहादुर र चन्द्रबहादुर ओलीको पसल लुटिएपछि व्यापारीहरूले पसलका सामान घर-घरमा थन्क्याउनुपरेको छ । विस्थापित व्यापारी मानबहादुर ओली भन्छन्, "बजार बन्द गरेर जनतालाई नै मर्का परेको छ, यसो गर्नुहुँदैनथ्यो  ।" ठाँटीमा १०० भन्दा बढी पसल थिए ।

गङ्गा बीसी, रुकुम


बिर्सिइँदैछन् शरणार्थी


सुरेशराज न्यौपाने

१५ वर्षेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका करीब १ लाख ३५ हजार नेपालीभाषी भुटानीहरूको जीवन झन्झन् कष्टकर बन्दै गएको छ । एकातिर आर्थिक सहयोग गरिरहेका दातृसंस्थाहरूले खर्च कटौती गर्दा जीवन गुजारा गर्न कठिन भएको छ भने अर्कातिर क्षेत्रीय र अन्तर्रर्ााट्रय मञ्चहरूमा उनीहरूको मुद्दा ओझेलमा पर्दै गइरहेको छ । दाताहरूले शिविरमा शिक्षा, स्वास्थ्य, सब्जी, मट्टतिेललगायतका बस्तुका निम्ति दिँदै आएको सहयोग कटौती गरेका छन् । यता नेपाल सरकारले शरणार्थीहरूलाई विदेश जान चाहिने कागज-पत्र बनाइदिन बन्द गरेको छ । भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल भन्छन्, "शरणार्थीले पाउनुपर्ने सामान्य सुविधा कटौती गरिनुका साथै 'ट्राभल डकुमेन्ट' मा पनि रोक लगाइएपछि अब हामी जाने कहाँ -"

यसरी, खाने स्रोत र जाने ठाउँ बन्द भएपछि शरणार्थीहरू निस्सासिन र छट्पटाउन थालेका छन् । यही क्रममा २५ कात्तिकमा शरणार्थी शिविरका दर्ुइ दर्जन महिलाहरू काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको कार्यालय हातामा धर्ना दिन आइपुगे । २५ कात्तिक, अर्थात् नोभेम्बर ११- भुटानी नरेश जिग्मे सिङ्घे वाङ्चुकको ५० औँ जन्मोत्सव तथा १३ औँ र्सार्क शिखर सम्मेलनको अघिल्लो दिन पनि परेको थियो ।

खुदुनाबारी शिविरकी छात्रा टीकादेवी रिजाल क्यारिटासले 'प्लस टु' पढ्न दिँदै आएको रु.५ हजार यो वर्षेखि कटौती गरेको बताउँछिन्  । शिविर भित्रका स्कूलहरूको शैक्षिक स्तर कमजोर बन्दै गएको छ । पढेका युवायुवतीहरू ठूलो सङ्ख्यामा बेरोजगार छन् । औषधि उपचार खर्च पनि कटौतीमा परेकोले शरणार्थीहरू सामान्य उपचारबाट समेत वञ्चित भएका छन् । धर्नामा सहभागी बेलडाँगी-एक्सटेन्सन शिविरकी देउमाया गिरीले मौसम अनुसारको सब्जी पनि दिन छोडिएको र शरणार्थीका भान्सामा अहिले तरकारीको नाउँमा आलु र खर्ुसानी बाहेक केही नभएको बताइन् । हुँदाहुँदा दैनिक उपभोगका लागि शरणार्थीहरूलाई प्रतिव्यक्ति हप्तामा आधा लिटरका दरले उपलब्ध गराइँदै आएको मट्टतिेलमा पनि कटौती गरिएको छ र बाहिर जङ्गलमा दाउरा लिन जान पनि रोक लगाइएको छ ।

स्थल मार्गबाट नेपाल र भारत आवतजावत गर्दा दुवै देशका नागरिकले आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्थाले पनि भुटानी शरणार्थीहरूको चिन्ता बढाएको छ । हाल पश्चिमको नेपालगञ्ज-रुपैडिया नाकामा मात्र लागू भएको यो नीति पर्ूवको काकडभिट्टामा लागू भएपछि त्यसको प्रत्यक्ष मारमा उनीहरू पर्नेछन् । त्यस्तो कुनै परिचयपत्र अर्थात् 'आइडी' नहुने शरणार्थीहरूलाई भारतीय सुरक्षा अधिकारीहरूले सिलिगुडी क्षेत्रमा उपचार गर्न जानबाट समेत रोक लगाउने छन् । यसबारे चिन्ता प्रकट गर्दै नेता रिजाल भन्छन्, "अब शरणार्थीहरूले नेपाल बाहिरका हरेक यात्राबाट वञ्चित हुनुपर्नेछ  ।"

तर भुटानी शरणार्थीहरूको सबैभन्दा ठूलो समस्या चाहिँ उनीहरूको स्वदेश र्फकने अधिकारका बारेमा भुटान, नेपाल, भारत अथवा विश्व समुदायकै चासो मर्दै जानु भएको छ । यसबारेमा पहिले जस्तो चर्चा पनि हुन छोडेको छ ।


पैसाका निम्ति अपहत्ते


डम्बरकृष्ण श्रेष
केही महिनाअघि संखुवासभाको गुफापोखरी क्षेत्रमा चन्दाका निम्ति माओवादीको बाटो छेकाइमा परेका पर्यटकहरू ।

माओवादीका छापामार एवं कार्यकर्ताहरू आफ्नै सिद्धान्त र अनुशासन मिचेर पैसाका निम्ति अपहत्ते गर्ने स्थितिमा पुगेको कुरा यताका केही घटनाले देखाएका छन्  ।
सामान्यतः विदेशी पर्यटकलाई हानि नपुर्‍याउने र चन्दा लिए पनि पार्टर्ीी तोकेको दरमा एकजनासँग एकपटक भन्दा बढी नलिने आफ्नै घोषित नीति विपरीत उनीहरू पर्यटकबाट पैसा धुत्न थालेका छन् । केही दिनअघि सगरमाथा आधार शिविरतर्फजाँदै गरेका दर्जनौँ पर्यटकलाई धम्क्याएर प्रतिव्यक्ति रु.१० हजार भन्दा बढी रकम असुलिएको छ । डर, त्रास देखाई पर्यटकबाट पैसा झार्ने घटना सगरमाथा क्षेत्रमा व्यापक हुँदै गएको पर्यटन व्यवसायीहरूको गुनासो छ ।

उता हुम्ला, मुगु पुगेका पर्यटकहरू चाहिँ माओवादीको आपसी कलह र गुटबन्दीका कारण मारमा परेका छन् । त्यहाँ अहिले एउटै पर्यटकले माओवादीका विभिन्न जिल्ला र गूट-उपगूटका समूहपिच्छे पैसा नतिरी उम्कन पाउँदैनन् । जबकि, युद्धविराम भन्दा अघिसम्म कुनै एक ठाउँ वा एउटा समूहलाई पैसा तिरेको रसिद देखाएपछि दोहोर्‍याई- तेहेर्‍याई पैसा तिर्नुपर्दैनथ्यो  ।


संरक्षक नै तस्करीमा

सुनसरीको रामधुनी क्षेत्रका वन उपभोक्ता समूहका केही पदाधिकारीहरू नै खुलेआम वन्यजन्तु चोरीशिकारी र काठ तस्करीमा लागेका छन् ।

रामधुनी क्षेत्रको २२ सय हेक्टर वनमा यही नामका १० वटा सामुदायिक वन उपभोक्ता समूह छन् । तीमध्ये एक महेन्द्रनगर-७ को समुहका अध्यक्ष लक्ष्मीनारायणसिंह ठकुरीले आफ्नो समूहमा यस्ता कुनै समस्या नभएको बताउँदा उनकै घरअगाडिको खोरबाट आवाज आइरहेको थियो- 'घ्वाँक्... घ्वाँक्... ।' "यो बँदेल नि -" प्रश्न भर्ुइँमा खस्न नपाउँदै उनले जवाफ फर्काए, "यो त डेढ वर्षघि समातेको हो, मेरो छोरा सुरजले पालेकोे ।" २०५६ सालमा गठन भएको वन उपभोक्ता समूहका अध्यक्ष ठकुरी आफूलाई वन्यजन्तु समात्नुहुँदैन भन्ने थाहा नभएको बताउँदै भन्छन्, "भर्खर सुन्दैछु ।"

सामुदायिक वनका अध्यक्षले वन्यजन्तु समातेर पालेको भन्दा अनौठो छ- गएको ७ भदौमा सिक्दारटोलको समूहले वन्यजन्तु बेचेको घटना  । 'उपभोक्ता समितिले रु.५५ सयमा बँदेलको बच्चा बेचेको र रकम समूहमा आम्दानी बाँधिएको' भन्ने कागज नै गरेको छ । दर्ुइ-चार पदाधिकारीको यो काममा केही निरक्षर उपभोक्तालाई साक्षी राखिएको छ । यसमा समूहको निर्ण्र्ाानभएको कुरा अध्यक्ष विष्णुलाल माझीले नै स्वीकार गरेका छन्, "हाम्रो मौखिक सल्लाह भएको हो, बैठक चैँ भएन ।" वन्यजन्तु बेच्न समूहको निर्ण्र्ाााट पनि नपाइने मानपुर रेञ्जपोष्ट, सिंगियाका रेञ्जर नुरमोहम्मद मिया बताउँछन् ।

बँदेल समूहकै लेखा समिति सदस्य तथा उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष डिल्ली कार्कीले किनेका छन् । समूहका सचिव नारायण चौधरी भन्छन्, "कार्कीले एम्बुलेन्स किन्न २५ हजार रुपैयाँ मागेका थिए, त्यसैको लागि बँदेल बेचेर पैसा पनि उनैलाई दियौँ ।" समूहले कार्कीलाई बँदेल मात्र दिएको छ भने कार्कीले समूहलाई रु.२५ हजार प्राप्त भएको रसिद दिएका छन् । उद्योग बाणिज्य संघको त्यो रसिदमा सक्कली नम्बर टिपेक्सले मेटेर अर्कै नम्बर लेखिएको छ ।

समूहका पदाधिकारीहरूले शुरुमा महादेव माझीले समातेर रु.२२ सयमा पर्ूण्ा कार्कीलाई त्यो बँदेल बेचेको थाहा पाएर कार्कीलाई रु.१ हजार जरिवाना गर्राई अर्कालाई बेचेका थिए । पदाधिकारीहरूको यस्तो जालझेलपर्ूण्ा काम देखेर उपभोक्ता मात्र होइन, कार्यसमितिका सदस्यहरू समेत छक्क परेका छन् । समिति सदस्य सुरेश माझी भन्छन्, "मलाई यो समितिमा बस्नै मन छैन । त्यहाँ हामीले बोल्नै पाउँदैनौँ ।" उपभोक्ता राजेन्द्र दाहाल थप्छन्, "हरिणको बच्चा पनि पक्रिएका थिए क्यारे, तर पछि मर्‍यो भने । के गरे कुन्नि, थाहा छैन ।"

यही २ कात्तिकमा महेन्द्रनगर-८, कालापानीको समूहका टोल समिति संयोजक श्रीलाल उरावले पनि बँदेलका दर्ुइ वटा पाठा महेन्द्र उच्च माविका शिक्षक-शिक्षिका घनश्याम विष्ट र अञ्जु चापागाईलाई बेचेका छन् । यो काममा श्रीलाललाई आफ्नै ज्वाईं प्रकाश उरावसहित सत्यनारायण र दिसी उरावले सघाएका थिए । उनी भन्छन्, "तीन वटा भेटिएकोमा एउटा त कुकुरले मारिहाल्यो, दर्ुइटा चैँ समातेका थियौँ ।" रु.२५ सय र २ हजारमा बेचिएका ती बँदेलबाट आफूले नौ सय रुपैयाँ पाएको सत्यनारायण बताउँछन् ।

सुनसरीकै सिंगिया-२, सिक्दार माझीटोलको समूहका सदस्य लक्ष्मण साहका बारीमा बाँसको झयासझुसले छोपेको अवस्थामा सखुवाका आधा दर्जन गोलिया काठ देखिए । ती काठका लागि उनले समूहमा रसिद काटेका थिएनन्  । किन नकाटेको भन्दा उनले "अध्यक्षसँग चामलको पैसा बाँकी भएकोले त्यसैमा कटाएको" भन्ने जवाफ दिए ।

तैँ चूप्, मै चूप् !
समूहहरूमा हुनसक्ने यस्ता घटनाको रेखदेख गर्न रामधुनी सामुदायिक वन उपभोक्ता समूह समन्वय समितिले बनाएको 'अनुगमन समिति' का अध्यक्ष रसिक तिम्सिनालाई यस विषयमा सोधेेमा उनको उत्तर हुन्छ, "कसैले समातेको कुरै भन्दैनन्, के अनुगमन गर्नु -" तर रेञ्जरले घरैमा गएर श्रीलालले बँदेल पक्रेको जानकारी गराउँदा पनि अध्यक्षले कारबाही गरेनन् । किन  - भन्छन्, "त्यो भागेको छ, केही दिनमै कायलनामा गराउँछु । तर त्यसो गर्नेलाई पक्रिएर राख्ने ठाउँ पनि त हुनुपर्‍यो नि ! हामीसँग थाना, प्रहरी छैनन् ।" उनले भागेको भनेका श्रीलाल चाहिँ त्यो बेला घरमै थिए ।

रेञ्जर नुरमोहम्मद मिया व्यक्ति या समूह कसैले पनि वन्यजन्तु पक्रिन, शिकार गर्न र बेच्न नपाउने कानूनी व्यवस्था रहेको बताउँछन्  । भन्छन् "यहाँ हरिण र बँदेलको बच्चा समाइँदा मैले वनमा छाडिदिनू, नत्र कोशीटप्पु आरक्षमा दिनू भनेको थिएँ, कसैले टेरेन । के कुरा गर्नुहुन्छ यहाँको - समूहका अध्यक्षहरू घरघरमै पाल्छन् ।" त्यस्तालाई कारबाही गर्न के ले छेक्यो त भन्ने प्रश्नको मियासँग पनि उस्तै तयारी जवाफ छ, "कसैले जानकारी नै दिँदैन ।" आफैँलाई थाहा भएर त केही नगर्नेले अर्काले दिएको जानकारीका आधारमा के गर्लान्, पत्याउन गाह्रो छ । तै पनि उनी थप्दैथिए, "हामीले केहीलाई सुराकी राखेका छौँ, अपराधीहरूको ब्ल्याकलिष्ट बनाउँदैछौँ ।"

गोपाल दाहाल, सिंगिया


अब माओवादीको पनि 'लोकतान्त्रिक आन्दोलन'

युद्धविराममा माओवादीहरू के गरिरहेका होलान् - अझै युद्धका लागि शक्तिसञ्चय या अरू केही - सुदूर तथा मध्यपश्चिमका केही ठाउँमा चाहिँ उनीहरू यतिबेला लोकतान्त्रिक आन्दोलनमा आफ्नो भूमिकाबारे छलफल गर्दै अन्तरिक्रया कार्यक्रम गरिरहेका छन् । मूलधारका राजनीतिक दलहरूकै ढाँचाशैलीमा भइरहेका यी कार्यक्रममा राजनीतिक दलका कार्यकर्ता र विभिन्न वर्ग तथा समुदायका व्यक्तिहरूको सहभागिता देखिएको छ ।

"हाम्रो पार्टर्ीीान्तिपर्ूण्ा निकास आउँछ भने लोकतन्त्रलाई स्वीकार गर्दछ र लोकतान्त्रिक गणतन्त्र नै साझा निकास हुनसक्छ भन्नेमा विश्वास गर्दछ" २९-३० असोजको केन्द्रीय समिति बैठकको निर्ण्र्ााजानकारी गराउँदै १२ कात्तिकमा कैलालीको उर्मा गाविस-८, भादागाउँस्थित दीपेन्द्र चारपाते प्राविको चौरमा आयोजित अन्तरक्रिया कार्यक्रममा माओवादी 'बटालियन कमिसार' रोशनले भने- "तर यो -लोकतन्त्र) न हाम्रो रणनीति हो, न पर्ूण्ारूपमा कार्यनीति नै !"

माओवादी नेता-कार्यकर्ताहरूले यस्ता अन्तरक्रियालाई 'बृहत्तर लोकतान्त्रिक मोर्चा' निर्माणको प्रस्थानबिन्दु मानेका छन्  । यसबाट १० वर्षेखि सशस्त्र 'जनयुद्ध' गर्दै आएको माओवादी युद्धबाट थाकेकोे, रुपान्तरण प्रक्रियामा अगाडि बढेको, राजनीतिक दलहरूसँग मोर्चामा आउन चाहेको वा भ्रम सिर्जना गरेर आफू बलियो बन्ने प्रयासमा लागेको- के हो - भन्ने प्रश्न उठिरहेका छन् । माओवादी भने यसलाई 'रणनीतिक महत्त्वको कार्यनीतिक विषय' भन्छन् । कैलाली-बर्दिया र्'इन्चार्ज' एटमको कथन छ, "हामी हाम्रो लक्ष्यमा स्पष्ट छौँ । लोकतन्त्रमा राजतन्त्रको अस्तित्व रहँदैन । यो न विचलन हो, न थकावट; बरु प्रतिगमनविरुद्ध लोकतन्त्रका लागि आन्दोलनरत राजनीतिक दलहरूबीच सशक्त मोर्चा बनाउने प्रयास हो ।"

युद्धविरामपछि सम्भवतः पहिलो पटक माओवादीले आफ्ना लामा, पट्यारलाग्दा र शास्त्रीय भाषण सुनाउने होइन, विपक्षीहरूलाई बोल्न दिने र अरूको विचार सुन्ने आँट देखाएका छन् । "हाम्रा कमीकमजोरी पनि खुला रूपमा प्रस्तुत गर्नुहोस्, हामीले के गर्नुपर्छ भन्ने सुझाव पनि दिनुहोस्" कैलाली अन्तरक्रियाको शुरुमै रोशनले आग्रह गरेका थिए । सहभागीहरूले पनि निर्धक्क भएर बोले । "हामी तपाइँहरू -माओवादी) को शक्तिलाई स्वीकार गर्र्छौँ, तर तपाईँहरूले भनेको जस्तो सत्ता स्वीकार्दैनौँ र त्यो छ भन्ने विश्वास पनि गर्दैनाँै । अहिले माओवादीले गाउँमा सत्ता कायम गरेका छौँ भन्नु बन्दुकको करामत मात्रै हो", एमालेका दर्ीघ सोडारीले भनेका थिए । धेरैजसो सहभागीले लोकतन्त्रलाई माओवादीलेे 'न रणनीति त पर्ूण्ा कार्यनीति' भन्नुको पछाडि कुनै चाल -ट्याक्टिस) हुनसक्ने शङ्का प्रकट गरेका छन् भने कतिपयले लोकतान्त्रिक आन्दोलनमा आफ्नो भूमिकाको खोजी गर्ने तहसम्म आइपुग्नुलाई 'रुपान्तरण अभ्यासको सुरुआत' ठानेका छन् । थरीथरीका टिप्पणीबीच पनि 'माओवादीले शुरु गरेको राजनीतिक संवादलाई स्वागत गर्नुपर्छ, खेरजान दिनुहुन्न' भन्नेमा सबैको सहमति देखिएको छ । पर्ूव सांसद महेश्वर पाठकले त यतिसम्म भनेका छन्, "माओवादी यस्तै अन्तरक्रिया र शान्तिपर्ूण्ा सभाजुलुस गर्छन् भने राज्यले पनि थपडी बजाएर स्वागत गर्नुपर्छ ।"

माओवादी राष्ट्रिय-अन्तर्रर्ााट्रय अवस्थालाई बुझेर यस दिशामा आएका हुन् भने स्वागतयोग्य नै मान्नर्ुपर्छ भन्ने काङ्ग्रेसका केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीको धारणा छ, "तर उनीहरूबाट शान्तिपर्ूण्ा रूपमा लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउन ठोस र वस्तुगत प्रतिबद्धता नआएसम्म सहकार्य सम्भव छैन ।" एमालेका सेती अञ्चल सचिव दिनेशचन्द्र सुवेदी भने माओवादी पार्टर्ीी रुपान्तरणको प्रक्रिया प्रारम्भ भइसकेको बताउँदै भन्छन्, "झापा आन्दोलनबाट तत्कालीन मालेलाई रुपान्तरण हुन निकै समय लाग्यो, तर माओवादी माथि राष्ट्रभित्र र बाहिरबाट बढ्दो दबाबका कारण यिनीहरू छोटो समयमै रुपान्तरणको प्रक्रियामा आइपुगेका छन् ।"

माओवादीले भने रुपान्तरणको कुरा स्वीकार गरेका छैनन्  । "समाजवादमा प्रवेश गर्न पनि पहिले पूँजीवादी क्रान्ति सफल हुनर्ुपर्छ र यसका लागि बृहत्तर लोकतान्त्रिक मोर्चाको विकल्प छैन" भन्ने कुरालाई सबै तहका माओवादी नेताहरूले कण्ठ पारेका छन् । जनमोर्चाका कैलाली जिल्ला अध्यक्ष ओमप्रकाश पुन भन्छन्, "माओवादीले भन्ने गरेको रणनीतिक महत्त्वको कार्यनीतिक सवाल विशिष्ट अवस्थाको शक्ति सन्तुलनको स्थितिमा तल वा माथि जानु हो ।"

जे भए पनि माओवादीले लोकतन्त्र र संयुक्त मोर्चाको कुरा गर्न थालेपछि वातावरण केही खुकुलो भएको छ । नेपाली काङ्ग्रेसले यस क्षेत्रमा सञ्चालन गरेको 'लोक जागरण कार्यक्रम' मा पनि उनीहरूले कुनै अवरोध गरेनन् । काङ्ग्रेसको कार्यक्रमप्रति कैलाली, फूलवारी क्षेत्रका माओवादर्ीर् इन्चार्ज 'सङ्र्घष्ा' को टिप्पणी थियो, "मान्छे मार्नुहुन्न भन्ने चेत माओवादीलाई १० वर्षछि आयो । राजालाई काँधमा चढाउनुहुन्न भन्ने ज्ञान काङ्ग्रेसलाई एकसट्ठी वर्षपछि भयो । जनतामा आफ्ना विचार राख्न सबैलाई खुला छ । यसले सहकार्यलाई मजबुत पार्न भूमिका खेल्नेछ  ।"

माओवादीको लोकतान्त्रिक राजनीतिक अभियान कति अगाडि जान्छ, कोही भन्न सक्ने अवस्थामा छैन, तर सबैतिरबाट सकारात्मक दृष्टिकोण राखिने र अविश्वासको वातावरण हटाउने हो भने निकासका आधार बन्नेमा सबै एकमत देखिन्छन् ।

मनमोहन स्वाँर, धनगढी


केन्द्रमा मान्ने, गाउँमा पेल्ने

संसदवादी दलहरूप्रति माओवादीको नीति

अर्घर्ााँची, प्यूठान, रोल्पालगायतका जिल्लाहरूमा हिजोआज माओवादी युद्धविराम भङ्गपछिको सम्भावित सन्त्रासबारे बढी चर्चा हुने गर्दछ । भित्तामा 'रणनीतिक प्रत्याक्रमणको चरणबद्ध सङ्र्घष्ालाई सफल पारौँ' भन्ने नारा लेखिएका छन् । यसले स्थानीय जनता सम्भावित युद्ध र त्यसको असर सीधा ग्रामीण क्षेत्रमा पर्ने कुरादेखि चिन्तित देखिन्छन् ।

सात दल र माओवादीबीच राजनीतिक सहमतिको चर्चा चले पनि स्थानीयस्तरमा सबैभन्दा मारमा दलकै कार्यकर्ता परेका छन् । अर्घर्ााँचीको पाली गाविसका पर्ूव अध्यक्ष तथा एमाले केन्द्रीय सल्लाहकार सदस्य नजिर मियाँ माओवादीले मागेको रु.१ लाख चन्दा दिन नसकेर गाउँ जान सकेका छैनन्  । उक्त रकम नबुझाए उनलाई कारबाही गर्ने धम्की दिइएको छ । गुल्मी, मानकोटका काङ्ग्रेस महासमिति सदस्य रवि ज्ञवालीको घरजग्गा माओवादीले कब्जामा लिएका छन् । अर्घर्ााँची, अङ्गुरी गाविसका काङ्ग्रेसबाट निर्वाचित पर्ूव अध्यक्ष हिम्मतबहादुर टण्डन र नेका क्षेत्र नं. २ का पर्ूव सभापति रमेश खनाल पनि घर र्फकन सकेका छैनन् । एमाले अर्घर्ााँचीका पर्ूव उपसचिव रामजी घिमिरे सदरमुकामबाट आफ्नो घर मैदान गाविस जान नसकेको पाँच वर्षपुगेको छ । उनीहरूमाथि विविध आरोपहरू लगाइएका छन्, तर यसको मूल कारणचाहिँ पञ्चायतकालदेखि सङ्र्घष्ारत यस्ता कार्यकर्ताहरूलाई गाउँमा चलखेल गर्न दिए आफ्नो प्रभाव घट्ने माओवादीको बुझाइ नै हो । त्यसैले माओवादीले प्रभावशाली दलका कार्यकर्तालाई नियन्त्रित रूपमा मात्र काम गर्न दिएका छन् ।

माओवादीका गाउँका यस्ता क्रियाकलाप हर्ेदा सात राजनीतिक दलसँग वार्ता र सहमति कायम गर्ने कुरामा उनीहरू इमान्दारीपर्ूवक तयार भएको देखिँदैन । तथापि, दलहरूसँग कार्यगत एकता गर्न सके द्वन्द्व दर्ुइ ध्रुवीय भई राजासँग आफू आमनेसामने हुने माओवादीको दाउ देखिन्छ । केन्द्रमा दलसँग एकता र स्थानीय तहमा आफ्नो एकलौटी नियन्त्रण कायम राख्ने माओवादीको रणनीतिले यही देखाउँछ । 'राजनीतिक दललाई नियन्त्रण नगरी गाउँमा आफ्नो प्रभाव कायम नरहने' पुरानो बुझाइ माओवादीले त्यागेको पाइँदैन । तर यो तथ्यप्रति राजनीतिक दलहरू पनि अनभिज्ञ भने छैनन् । 'केन्द्रमा एकता, स्थानीय तहमा नियन्त्रण'को नीतिमार्फ् माओवादी काङ्ग्रेस र एमालेको स्थान लिन लालायित भएको पोल खुल्छ ।

माओवादीले राजनीतिक रूपमा प्रभावशाली कार्यकर्ता जन्माउन सकेको छैन । परिणामतः एमाले-काङ्ग्रेसका पुराना कार्यकर्ता गाउँ र्फकनेवित्तिकै उनीहरू ओझेलमा पर्नेछन् । माओवादीका अर्घर्ााँची जिल्ला सचिव ठाकुर नेपाल रु.२८ लाखसहित पलायन भएको कुरा धारापानी गाविस-७ मा आयोजित कार्यक्रममा स्वयं माओवादी 'एरिया कमाण्डर' विप्लवले र्सार्वजनिक गरे । पम्फा भुसाल र टोपबहादुर रायमाझी दर्ुइ जना पोलिटब्यूरो सदस्य रहेका अर्घर्ााँचीको सङ्गठनमा जिल्ला तहदेखि स्थानीय तहसम्म प्रभावशाली कुनै पनि कार्यकर्ता पाइँदैनन् ।

राजनीतिक दलप्रति केन्द्र र स्थानीय तहमा माओवादीले स्पष्टतः दोहोरो रणनीति अख्तियार गरिरहेको पाइन्छ । यसले गर्दा एकअर्काप्रति विश्वास गर्ने वातावरण बन्न सकेको छैन । माओवादीले आफूलाई स्थानीय तहदेखि नै सुधार्नुपर्ने खाँचो टड्कारो देखिन्छ ।

अर्जुन ज्ञवाली


फरक रहेन युद्धविराम


चूडामणि मैनालीका बाबु-आमा ।

पर्ूवका केही ठाउँका माओवादी ज्यादती युद्धविराम अघिको भन्दा फरक रहेनन् । २१ कात्तिकमा माओवादीले झापा, कुमारखोद बजारमा मानसिक सन्तुलन ब्रि्रेका चूडामणि मैनालीको हत्या गरे । हतियार भिरेर चन्दा उठाउँदै हिँडेका माओवादीसँग चुरोट खाने पैसा मागेको निहुँमा विवाद हुँदा उनलाई कोख र कञ्चटमा गोली हानिएको थियो ।
दर्ुइ महिनादेखि बाबुको बरखीमा बसेका ६० वषर्ीय शिवप्रसादलाई छोराको शोक पनि थपिएको छ । दुःखित आमा तुलसादेवी विलौना गर्छिन्, "उपचार गर्न सहयोग गर्नुपर्नेलाई कसरी मार्न सकेका होलान् !" गाउँलेले 'पागल हो नमार, नमार' भन्दाभन्दै पनि नछाडेका बताउँदै स्थानीय कुवाडीदेवी प्राविका प्रधानाध्यापक ज्ञाननाथ उप्रेती प्रश्न गर्छन्, "आखिर उनीहरूको युद्धविरामको परिभाषा के हो -"

१७ कात्तिकमा अपहरण गरिएकी खोटाङ, लिच्कीकी निर्मला बस्नेतलाई माओवादी कार्यकर्ता रहेका आफ्नै श्रीमानले परपुरुषसँग लागेको उजुरी दिएका आधारमा मारियो । आत्मर्समर्पण गरी घरमा बसेकी तेह्रथुम, सिम्ले-६ की ५५ वषर्ीया जानुका भण्डारीको पनि माओवादी अपहरण र कुटपिटमा परेर ज्यान गएको छ । अहिले उनकी छोरी कृष्णकुमारी पनि अपहरणमा परेकी छन् । माओवादीले मागेको रु.२ लाख चन्दा नदिएकोले इलाम, मङ्गलबारेका रुद्र ढुङ्गानालाई बेपत्ता पारिएको छ भने यसअघि अपहरित माईमझुवाका १३ वषर्ीय मनोज गुरुङको अझै खबर छैन । मोरङ, इटहराका श्यामजङ्ग कार्की पनि बेपत्ता छन् । मोरङकै, टाँडीका कृष्ण घिमिरेलाई घिसार्दै लगेर कुटपिट गरी विस्थापित भाइ, गाविसका मुखिया लोकनाथ घिमिरेलाई ल्याउन धम्की दिइएको छ । छोरो सेनामा भएको कारण इलाम, नाम्सालिङका नरेन्द्र देवानको घरमा २१ कात्तिकदेखि तालाबन्द छ । परिवारसहित छिमेकमा शरण लिएका देवानलाई पाकेको धान समेत काट्न दिएका छैनन् ।

युद्धविरामयता सुरक्षाफौजले पनि माओवादीविरुद्ध कार्वाहीमा धेरै सफलता हात लागेको दावी गरेको छ । १८ भदौयता पर्ूर्वी क्षेत्रमा ५६ जना माओवादी पक्राउ परेका, ३५ जनाले आत्मर्समर्पण गरेका र आधा दर्जन सुरक्षा कार्वाहीमा मारिएका सेनाको पर्ूर्वी पृतनाले जनाएको छ । ३ कात्तिकमा सेनाले ताप्लेजुङ, सिनामबाट माओवादीले डिल्लीप्रसाद, इन्द्र र निरमाया गुरुङका घरमा लुकाएका डेढसय भन्दा बढी बम, बम बनाउने सामानलगायत ८१ वटा जग्गाधनीपर्ुजा फेला पारेको छ ।

१३ कात्तिकमा इलामका 'सेक्सन कमाण्डर' भोजकुमार नेपाली र कालीबहादुर लिम्बु, 'मिलिसिया' राजकुमार र्राई र सोलुका १ नं 'एरिया सदस्य' रविकुमार र्राईले आत्मर्समर्पण गरेका छन् भने धनकुटाका ६ नं 'एरिया इन्चार्ज' शुक्र केरावारी, मोरङकी एक युवतीलाई लिएर बेपत्ता भएका छन् ।

डम्बरकृष्ण श्रेष्ठ, पूर्वाञ्चलमा


किशोरहरू पनि बेचिन थाले


प्रकाश चौधरी ।


जग्गु डगौरा ।


भीमबहादुर ।

चेलीबेटी बेचबिखनविरोधी अभियानबाट हतोत्साहित दलालहरू अब नेपाली युवाहरूलाई बेच्ने काममा सक्रिय भएका छन् । असोजमा मात्रै कञ्चनपुरको महेन्द्रनगर, प्रगतिटोल र सुडा गाविसका थारू समुदायका २४ जना युवा भारतमा बेचिए, जसमध्ये ६ जना १३ वर्षमुनिका किशोर थिए ।

गौरीफण्टा र गड्डाचौकी नाकाहुँदै हरियाणा पुर्‍याइएका ती युवालाई गाउँकै मङ्गल चौधरी र उनका साढुभाइहरू कैलाली, फूलबारीका रन्जित र हरिलाल चौधरीले लगेका हुन् । धेरैलाई घरमा समेत थाहा नदिई लगिएको थियो । प्रगतिटोलकी जैडिनिया डगौरा भन्छिन्, "दशैँको मुखमा छोरालाई लगे, हामीलाई केही बताएनन् ।" एकाएक टोलका केटाहरू गायब भएपछि चिन्तित परिवारमध्ये धेरै कराउने घिसियादेवी र बजारीलाई चुप लगाउन दलालहरूले पञ्जाबसम्म लगेर छोराहरूसँग फोन -०१३१-२४८५४५१ र ०१३१-२२४१६५)मा कुरा गराउँदा उनीहरूले रुँदै घर लैजान भनेकाले बेचिएको शङ्का उब्जिएको थियो, कात्तिकको दोस्रो साता लालबहादुर, रामप्रसाद, दासुराम र प्रकाश चौधरी भागेर आएपछि पक्का भयो । बाँकी युवाहरू कुन ठाउँमा कस्तो अवस्थामा छन् भन्ने कुरा यिनलाई पनि थाहा थिएन ।

उनीहरूलाई हरियाणाका दलाल पिन्टु र लक्कीको जिम्मा लगाएर नेपाली दलालहरू फर्किएका थिए । लालबहादुर भन्छन्, "पिन्टु र लक्कीले हामीलाई एकदर्ुइ जना-एकदर्ुइ जना गरेर मालिकको जिम्मा लगाए ।" गाईभैँसीको गोबर सोहोर्ने र उखुबारीको काममा लगाइएका उनीहरूलाई मालिकले 'पिन्टुले तिमीहरूलाई बेचेको हो' भनेपछि लालबहादुर र दासुराम उखुबारी नै उखुबारी भागेर हरियाणाबाट बिना टिकट रेल चढी दिल्ली पुगेका र त्यहाँ काम गरी २४७ रुपैयाँ बाटो खर्च बनाएर घर फर्किएका हुन् । दासुराम भाग्न खोज्दा दर्ुइपटक मालिकले समातेर यातना दिएको बताउँछन् । यस्तै कथा प्रकाश र रामप्रसादको पनि छ, जो मालिक बजार गएको बेला घरको साइकल ३५० रुपैयाँमा बेचेर आएका थिए ।

यति कुरा थाहा भएपछि १५ कात्तिकमा प्रगतिटोल विकास समितिको भेलाले मङ्गललाई समातेर प्रशासनमा बुझायो । बाँकी दलाललाई पक्राउ गर्न प्रहरीले जाँगर देखाएको छैन । जिल्ला प्रहरी कार्यालयबाट एक किलोमिटर पर बस्ने फोनमा कुरा गरेका महिला र भागेर आएका केटाहरू सबैसँग सोधपुछ गरिएको छैन । ज्रि्रका प्रमुख, प्रहरी उपरीक्षक मधुप्रसाद पुडासैनी 'पीडितहरूबाट उजुरी नआएको' उही तयारी जवाफ दिन्छन् । टोल विकास समितिका विक्रम चन्दले समितिले अभिभावकहरूको तर्फाट संयुक्त उजुरी हाल्ने बताएका छन् भने माइती नेपाल, कञ्चनपुरका केशव कोइरालाले बेचिएका युवाहरूको उद्धार गर्न सहयोग पुर्‍याउने वचन दिएका छन् ।

यसैबीच, १९ कात्तिकमा हिमराइट्स लाइफलाइनले मुर्म्बईको रेस्क्यु फाउण्डेशनको सहयोगमा महाराष्ट्रको चन्दन जिल्लास्थित निलेश फलाम कारखानामा बन्दी बनाई अत्यन्त अमानवीय अवस्थामा काममा लगाइएका रौतहट, वरियारपुरका भाग्यनारायण, रामविलास र रामप्रसाद सहनीलाई मुक्त गरेको छ । गाउँकै दलाल गणेश सहनीले भदौमा त्यहाँ पुर्‍याएका २७ जनामध्ये २४ जना यसअघि नै भागेर आएका र तिनैले जानकारी गराएपछि यी तीन जनाको उद्धार भएको थियो । अहिले पनि त्यहाँ केही भुटानी र बाङ्लादेशी कामदारहरू बाँकी नै रहेका रामविलास बताउँछन् ।

खगेन्द्र पन्त, महेन्द्रनगर
संजय कार्की, रौतहट


माग्दै हिँड्छन् जमिन्दार

धनुषा र महोत्तरीका विस्थापित तथा माओवादीहरू एकअर्कामाथि 'सुराकी' र 'डकैती' गरेको आरोप-प्रत्यारोप गरिरहेका छन् । विस्थापितले आफूहरूलाई सुराकी भन्दै लखेटेर माओवादीले गाउँ-गाउँमा डकैती गरिरहेका आरोप लगाएका छन् भने सुरक्षाकर्मीले पनि पछिल्ला डकैतीमा माओवादी नै संग्लन रहेको बताएका छन् । तर माओवादीका धनुषा 'इलाका इन्चार्ज' राकेशले भने ग्रामीण र शहरी क्षेत्रका डकैती र बलात्कारका अधिकांश घटना विस्थापित र सुरक्षाकर्मीहरूको मिलोमतोमा भएका दाबी गरेका छन् ।

एकतर्फी युद्धविराम हुँदा पनि ढुक्क भएर गाउँ फर्किन नसकेका विस्थापितहरू गाउँमा सुरक्षा बेसक्याम्प वा प्रहरी पोस्टसम्म स्थापना भए फर्किन इच्छुक देखिन्छन् । कतिले यस पटकको छठ पर्व गाउँमै गएर मनाउने हिम्मत पनि गरे । विस्थापितहरूमा गाउँका जमिन्दार, धनीमानी, पर्ूव सांसद र एमाले-काङ्ग्रेसका नेता-कार्यकर्ता धेरै छन् । लाखौँको सम्पत्ति गाउँमा छोडेर उनीहरू जनकपुरमा धर्मशालाका साँघुरा कोठामा १०-१२ जना कोच्चिएर बसेका र ५-१० रुपैयाँ मागेर गुजारा चलाउने अवस्थासम्म पुगिसकेका छन् । हिजो गाउँमा अरूलाई काममा लगाउनेहरू अहिले आफैँ ज्यालामजदुरी समेत गर्छन् ।

धनुषा, उमाप्रेमपुर गाविसका निवर्तमान अध्यक्ष ७० वषर्ीय गंगोई महतो भन्छन्, "सुरक्षाकर्मीबाट एउटा माओवादी कार्यकर्ता मारिएपछि माओवादीले सुराकी गरेको आरोप लगाएर हाम्रो परिवारलाई मार्ने उर्दी जारी गरे र रातारात भागेर आउनुपर्‍यो ।" गाउँमा उनको २० बिघा खेत, १० कोठे पक्कीघर र साबुन कारखाना गरी एक करोडभन्दा बढीको सम्पत्ति छ । साबुन कारखाना चलाउने छोरा रामअशिषलाई माओवादीले ६ महिनाअघि नै मारिसकेका थिए । गाउँमा भेटनरी काम गरेर बसेका सबैलाका रामबली साहले डेढ वर्षेखि आफ्नो १० बिघा खेतको उपयोग गर्न पाएका छैनन् । ०५४ सालमा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित साह यसबीच चारपटक मात्र गाउँ जान सकेका छन्, त्यो पनि प्रहरी सुरक्षा लिएर । महोत्तरी, गौशालाका सुलेमान धाबी जनकपुरको मिल्स एरियामा मासु बेचेर गुजारा चलाउँछन् ।

सरकारले केही सहयोग नगरेको विस्थापितहरूको गुनासो छ  । बरु कतिलाई विदेशमा कार्यरत आफन्त र चिनजानका मानिसहरूले गाउँमा चोरीडकैती हुनसक्नेे डरले जनकपुरमा आफ्नो नाममा पठाइदिने गरेका पैसाले गुजारा गर्न केही राहत पुगेको छ ।

अजित तिवारी, जनकपुर