हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन | धनुषा

उस्तै छ जनकपुर

जिल्लाका रूपमा धनुषा र महोत्तरीका बीच खासै विभेद देखिँदैन । तर धनुषाले महोत्तरीको जस्तो ख्याति कमाउन सकेको छैन । दुवै जिल्लाको अस्तित्व धानेको छ जनकपुरधामले  । धनुषा र महोत्तरीका मानिसहरू आफ्नो परिचय जनकपुरबासीकै रूपमा दिने गर्दछन् ।

जानकी मन्दिर, गङ्गा र धनुष सागर, अहिले सरकारी-गैर सरकारी मिचानमा परेको बाह्र विघा मैदान, नेपालको एकमात्र रेलवे स्टेशनदेखि जानकी मन्दिरसम्म फैलिएको बजार र बढ्दो प्रतिस्पर्धाका कारण ओझेलमा पर्न थालेको जनकपुर चुरोट कारखाना ! भौतिक रूपले सरर्सर्ती हर्ेदा योभन्दा बढी केही छैन जनकपुरको परिचय । तर, मिथिला संस्कृतिको प्रतीक भूमिका रूपमा जनकपुरको प्रभाव नेपाल र भारतको मिथिला क्षेत्रभरि नै फैलिएको छ । जनकपुर बिनाको मिथिला सोच्न पनि सकिँदैन ।

जनकपुर हिन्दू धर्मको पुण्यभूमि मात्र नभएर नेपाली राजनीतिक चेतना र ऊर्जाको अगुवा शहर पनि हो । मुलुकमा प्रजातान्त्रिक आन्दोलन सुस्ताएका बेला स्वर्गीय महेन्द्रनारायण निधि मिल्स एरियामा रहेको आफ्नो सानो घरबाट 'हिमालेशिया' र 'मिथिला मिहिर'जस्ता त्यतिबेलाका बहुचर्चित छापाहरूमा लेख लेखेर काठमाडौँको सरकारलाई आफ्ना विरुद्ध राजकाज मुद्दा दर्ता गराउन बाध्य पार्नुहुन्थ्यो । निर्वासनबाट स्वदेश फर्किएपछि स्वर्गीय सरोजप्रसाद कोइराला प्रजातन्त्रका लागि युवा आन्दोलनको पर्ुनर्संयोजनमा व्यस्त हुनुभएको थियो । त्यतिबेला जनकपुरमा सुरक्षाकर्मीहरूको काम कोइरालाको निगरानी गर्नुबाहेक केही हुँदैनथ्यो । अहिले र आगामी धेरै लामो समयसम्म पनि यी दर्ुइ महारथीको उल्लेख बिना जनकपुरको चर्चा पर्ूण्ा भएको मानिने छैन ।

प्रजातन्त्रको पुनःस्थापनाका लागि आफ्नो जीवन आहुति दिनेहरूको निकै लामो सूची खडा गरेको छ जनकपुरले । तर, प्रजातन्त्रको पुनःस्थापनापछि पनि शहरमा कुनै आधारभूत परिवर्तन देखिएको छैन । केही नयाँ घरहरू बनेका छन् । बजारमा सुविधाहरू एकहदसम्म बढे पनि शहरका सबै सडकहरू कालोपत्र भएका छैनन् । केही चोकहरू थपिएका छन् भने केही चोकहरूको नयाँ नामकरण गरिएको छ । धनुषा र महोत्तरीसहितको जनकपुरले उद्योगी र व्यवसायीहरूलाई आकषिर्त गर्न नसकेको मात्र होइन, धार्मिक पर्यटनका अनन्त सम्भावनाहरूलाई पनि सङ्गठित गर्नसकेको छैन । जनकपुरलाई जयनगरसँग जोड्ने नेपालको एकमात्र रेल सेवाको सुधार र बिस्तारमा भारत सरकारले रुचि देखाएर र्सर्वेक्षण शुरु पनि गरिसकेको थियो । तर, माओवादीहरूले अवरोध खडा गरेर पचासलाख मूल्य बराबरका र्सर्भेका सामानहरू जफत गरिदिएपछि ऐतिहासिक रेलवेको सुधार र बिस्तार सपना बनेको छ । जानिफकारहरूका अनुसार, माओवादीहरूले सामान फिर्ता दिए र्सर्भेको काम अझै शुरु हुन सक्दछ । रेलवेको सुधार र विस्तारले जनकपुर क्षेत्रको कायापलट हुने कुरामा कसैलाई पनि सन्देह छैन ।

"खै, राजालाई बम हान्ने शहर भनेर हो कि किन हो, जनकपुरको विकासमा केन्द्रले कहिल्यै कुनै चासो देखाएको छैन" जनकपुर नगरपालिकाका एकजना पर्ूव सदस्य भन्दछन् । नगरपालिकाको आफ्नो कुनै भरपर्दो स्रोत छैन । पोखरीहरूको व्यवस्थापन गर्न सके सडक सम्याउन र नाला बनाउनसम्म सकिन्थ्यो होला । तर, केन्द्रीय राजनीतिले यहाँका प्राथमिकताहरूलाई छोपिदिएको छ । शिवधारी र स्मृतिनारायणलाई छाडी नै दिँदा पनि लीला कोइराला र विमलेन्द्र निधिको राजधानीमा राम्रै पहुँच हुँदा पनि जनकपुरको खासै विकास भएन । अरूको त के कुरा गर्ने र ?

जनकपुर विकासै हुन नसक्ने गरीब शहर होइन । राम-जानकीका नाममा छुट्याइएका हजारौँ हजार बिघा जग्गामाथि र्सार्वजनिक नियन्त्रण स्थापित हुनसकेको छैन । मठ-मन्दिरका पुजारीहरू स्वयं नै अतिक्रमणलाई प्रोत्साहित गर्दछन् भने भूमाफियाको सक्रियता पनि उत्तिकै छ । भू-स्रोतको राम्रो व्यवस्थापन भए जनकपुर मिथिलाको र्स्वर्ग नै बन्न सक्दछ । तर, परम्परादेखि जेलिएको गाँठो खोल्न कोही तयार देखिँदैनन् । गर्न सक्नेहरू 'चलेकै छ, चलिरहन्छ' भनेर नीच मारेर बसेका छन् । माओवादी हिंसा सङ्ग्रालिएपछि जनकपुरका मानिसहरूमा गतिहीनता बढेको छ । बजार सम्साँझै बन्द हुन्छ  । चौपालको परम्परा छिन्नभिन्न भएको छ ।

ढल्केवर र जनकपुरबीच महेन्द्रनगरमा औरही नदीको पुल भत्किएपछि विगत एक वर्षेखि जनकपुर अगम बनेको छ । उता, विघि नदीको पुल भत्किएकाले जनकपुरदेखि लोहारपट्टी-विजलपुरासम्मको रेल सेवा पनि बन्द छ । जनकपुर शहरदेखि कमला नदीसम्मको धनुषाको पर्ूर्वी भागका सबै गाउँ विकास समितिमा सडक पुगेका छन् । तर, ती सडकहरूमा सवारीका नाममा ट्रयाक्टरसम्म पनि चल्न सक्ने अवस्था छैन । राजनीतिक र आर्थिक दुवै कारणले महत्त्वपर्ूण्ा रहेको यदुकुहा जनकपुरपछि धनुषाको दोस्रो महत्त्वपर्ूण्ा व्यापारिक केन्द्रका रूपमा स्थापित छ । पहिले फेन्सी दुकानहरूको निकै चल्ती थियो भने अहिले बजारमा चहलपहल केही छैन । तैपनि, स्थानीय एक-दर्ुइ दुकानवालाले बेलायती रक्सीका बोतल सजाएर राख्न छाडेका छैनन् । एकजना व्यापारी सुरक्षा बेसक्याम्पतिर इसारा गर्दै भन्दछन्, "कहिलेकहीँ त्यता पनि सप्लाइ पुर्‍याउनर्ुपर्दछ, त्यसैले राखेको ।"

बिहान साँझ अलिकति चहलपहल गाविस भवनसँगैको शहीद पार्कमा हुन्छ जहाँ २०४६ को जनआन्दोलनका पाँच महिला शहीदहरूको प्रतिमा राखिएको छ । त्यसपछि जे जति चहलपहल हुन्छ त्यो स्कूल क्षेत्रमा हुन्छ  । २०१६ मा स्थापित यहाँको जनता उच्च माध्यमिक स्कूलले अहिलेसम्म ज्ञानकूपी परम्परालाई धानेर छात्रावास चलाएको छ । महिनाको २२ किलो चामल, पाँच किलो दाल, तरकारी र दाउरा बापत १३५ रुपैयाँ र बिजुली खर्च बापत वाषिर्क ५०० रुपैयाँ बुझाएपछि विद्यार्थीले छात्राबासमा बास पाउँछन् । अहिले सयजना जति विद्यार्थीले यो सुविधा पाएका छन् ।

खजुरा र महिनाथपुर रेलवे स्टेशन नपुगेसम्म कतैबाट निकास नपाइने यदुकुहामा हिंसाका कारण सामाजिक र आर्थिक परिवेश बदलिएको छ । मानिसहरू माओवादी र सरकारवादी कसैको पनि कुरा गर्ने मनस्थितिमा देखिँदैनन् । तैपनि यदुकुहाले आफ्नो राजनीतिक आकर्षा भने धानेकै छ  । पर्ूव सांसद शिवधारी यादवले अहिलेसम्म गाउँ छाड्नु परेको छैन । यद्यपि हिंसाका कारण विस्थापित हुनेहरूको सङ्ख्या निकै बढी छ । विस्थापितहरूको भीड हर्ेन जनकपुर शहरतिर भन्दा पनि भारतको जयनगरतिर जानर्ुपर्दछ । माओवादीहरूले यस क्षेत्रमा आफ्नो सङ्गठन बिस्तार गरेपछि त्यसलाई रोक्न सरकारले सुरक्षा बेसक्याम्प खडा गरे पनि सुरक्षाको प्रभाव बजारभित्रै पनि खासै देखिँदैन । हरेक नयाँ र 'शङ्कास्पद' मानिसको पछाडि माओवादीको भेषमा घुम्ने सुरक्षाकर्मीहरू माओवादीले भत्काएको प्रहरी चौकीको संरक्षणमा लागेका छन् । स्तम्भकारले हिमाल का लागि त्यो भग्नावशेषको तस्बिर खिच्नलाग्दा एकजना झोले सुरक्षाकर्मीले हाँक लगाए, "कसलाई सोधेर तस्बिर खिच्न लागेको - सरकारी सम्पत्तिको तस्बिर जथाभावी खिच्ने हो ?"