हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

सावधान ! बेलैमा सोचौं

स्वास्थ्य जस्तो संवेदनशील विषयलाई आवरण लेख -१६-२९ कात्तिक) बनाएकोमा हिमाल लाई मुरीमुरी धन्यवाद । शताब्दी अघिदेखि नै सीमित परिवारको वरिपरि घुमिरहेको नेपालको शासनसत्ताले देशको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा मात्र नभएर स्वास्थ्य क्षेत्रमा समेत असमानताको स्थिति पैदा गराएको छ । ग्रामीण भेगका अधिकांश जनता अहिले पनि सङ्क्रामक रोगको न्यूनतम औषधि नपाएर अकालमा ज्यान गुमाइरहेका छन् भने आधुनिक जीवनपद्धति अँगाल्ने उच्चवर्गीय र उच्च मध्यमवर्गीय जनता पर्ूण्ा रूपमा निको नहुने मधुमेह, उच्च रक्तचाप र मुटुरोगबाट पीडित हुँदैछन् । देशका शहरी क्षेत्रमा भएका अध्ययनहरूले समेत यी रोगले बिस्तारै महामारीको रुप लिन थालेको देखाएका छन् । मणिपाल शिक्षण अस्पतालमा पनि दैनिक आउनेमध्ये करीब २० प्रतिशत यी तीन रोगका बिरामी छन् ।

यस्तो स्थितिमा सम्भावित खतरा र रोग-नियन्त्रणबारे बेलैमा विचार नपुर्‍याए धेरैको अकालमै ज्यान जाने र धेरै अपाङ्ग भएर बाँच्नुपर्ने निश्चित छ । त्यसबाट मुक्तिका लागि निम्नानुसारका न्यूनतम सावधानी अपनाउन म हिमाल मार्फ् आम जनसमुदायमा आग्रह गर्दछु ।
जीवनपद्धतिमा सुधार गर्ने, धूमपान नगर्ने; नुन, चिल्लो, पीरो कम खाने; चिल्लो र बोसोयुक्त मासु धेरै नखाने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, तनावमुक्त जीवन बिताउने, निश्चित उमेर पुगेपछि र विशेष लक्षण देखिनासाथ स्वास्थ्यसंस्थामा गई नियमित जाँच गराउने, एकथरी रोग लागिसकेपछि त्यसलाई पर्ूण्ा नियन्त्रणमा राख्ने -किनभने रोगी मानिसलाई अर्को रोगले तुरुन्तै पछ्याउन सक्छ र अन्य अङ्गमा धेरै समस्या आउन सक्छन्), स्वास्थ्यस्थितिमा विशेष ध्यान दिने आदि ।

डा. रविन खड्का
मणिपाल शिक्षण अस्पताल, पोखरा


देशकै इज्जतमा धक्का !

'मन्त्रीको झूठ, देशको बदनाम' -देश/समाचार, १६-२९ कात्तिक) पढेपछि सम्बन्धित मन्त्रीलाई मात्र हैन, सरकारलाई नै 'ढाँट' भन्न मन लाग्यो ।

विशिष्ट ओहोदामा बसेपछि जे बोले पनि सत्य नै हुन्छ भन्ने परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको विचारलाई कदापि 'सुविचार' भन्न सकिन्न । मन्त्री पाण्डेले रूसले राजाको हरेक कदमलाई र्समर्थन गरेको झूठो विज्ञप्ति निकाली जनताको आँखामा छारो हाल्ने काम गरे पनि रूसी विदेश मन्त्रालयले त्यसको प्रतिवाद गरेको तथ्य र्सार्वजनिक गरेर हिमाल ले सरकारी प्रचारवाजीलाई उदाङ्गो पारिदियो । त्यसबाट 'निर्लज्ज' मन्त्रीहरूको त के इज्जत जान्थ्यो र - देशकै इज्जतमा पो धक्का लाग्ने हो कि ?

देवेन्द्र पौडेल
वडहरे-३, खोटाङ


नत्र पक्का छ विपत्ति

पाकिस्तानमा हालै गएको भूकम्पभन्दा ठूलो विनाशकारी कम्पन नेपालमा आउने सम्भावना बारेको रिपोर्ट 'हामी बाँकी छौँ' -१६-२९ कात्तिक) ले हाम्रा निर्माण-संरचना र तिनमा अपनाइएको सुरक्षा-र्सतर्कताको स्थितिबारे घोत्लिन बाध्य गरायो । सम्भावित भूकम्पबाट धेरै हानि हुन नदिन अपनाउनुपर्ने र्सतर्कताबारे व्यापक जनचेतना नजगाउने हो भने भोलिको विनाश र विपत्तिका निम्ति हामी आफू नै जिम्मेवार हुनेछौँ, प्रकृति होइन ।

सुव्रत स्वार, सुयश स्वार
पोबनं. ५०३, काठमाडौँ


मधेशलाई चेतना भयो

सम्पर्ूण्ा मधेशी समुदाय नै सत्तापक्षबाट भेदभाव र उपेक्षाको शिकार हुँदै आएको पृष्ठभूमिमा यसभित्रका महिलाहरू झन् पछाडि पर्नु अस्वाभाविक होइन । तापनि, 'नेपाली नारी अवस्था र आकाङ्क्षा' -हिमाल विशेष, १६ असोज-१५ कात्तिक) अर्न्तर्गत मधेशी महिलाको जातिगत विश्लेषण गर्दै तिनको दयनीय स्थितिको यथार्थ दर्शाउनुभएकोमा प्रा. डिल्लीराम दाहाललाई धन्यवाद ।

यो समुदायको पछौटेपनका लागि मूलतः पुरातनवादी सामाजिक संरचना र त्यहाँ व्याप्त रुढ्रि्रस्त सोच नै जिम्मेवार छन् भन्ने लेखकको दृष्टिकोणसँग असहमत हुने ठाउँ छैन । अझ विडम्बना के छ भने आडम्बर र देखासिकीका रूपमा ऋण काढेरै भए पनि फजुल खर्च गर्ने दर्ुगुणहरूलाई उनीहरू आफ्ना विशेष गहनाझैँ मान्ने गर्छन् । मधेशी समुदाय आफ्नो उन्नति चाहन्छ भने राजनीतिक सङ्र्घष्ाभन्दा पहिले आफूभित्रका यी कमी र कुरीतिविरुद्ध नै जेहाद छेड्नर्ुपर्छ । र, नारी शिक्षामाथि विशेष जोड दिनर्ुपर्छ  । सरकार र पार्टर्ीीले पनि महिला जागरणका लागि मधेशी मूलकै महिलालाई मौका दिने नीति अँगाल्नु बढी श्रेयस्कर होला ।

गैरसरकारी संस्थाहरूसँग समेत मधेशीहरूको उत्तिकै गुनासो छ । मानवअधिकार, मिडिया, महिला सशक्तीकरण, बालविकास, कानुनी सचेतना, सुशासन र सामाजिक उत्थानका क्षेत्रमा दर्जनौं संस्थाको नाम सुनिन्छ  । तर, तिनको नेतृत्वपङ्तिमा मधेशीलाई कति समावेश गरिएको छ त - नगण्य  ! अनि कसरी हुन्छ समावेशी-चरित्रको विकास ?

प्रा. दाहालको लेखमा उल्लिखित 'वजिका' भाषा कुन क्षेत्र, जाति र सांस्कृतिक समूहका महिलामाझ बोलिन्छ - लेखमा उल्लेख पाइएन, त्यसैले बुझएिन पनि ।

रामहृदय प्रसाद
जनकपुर नगरपालिका-५


प्रेरणा लिन ढिलाइ किन ?

नीलिमा काफ्लेको 'बीस वर्षछि कलेज र्फकँदा' -नेपाली नारी, अवस्था र आकाङ्क्षा, १६ असोज-१५ कात्तिक) ले फेरि एकपल्ट नारी वेदना र बाध्यताको स्मरण गरायो । काठमाडौँको सम्भ्रान्त परिवारकी एक महिलाले आफ्नो अठोट पूरा गर्न समयसँग बीस वर्षविश्राम माग्नु पर्‍यो भने ग्रामीण भेगका दिदीबहिनीहरू कसरी आफ्ना सपना साकार पार्न सक्लान्  - तर आँट, साहस र धर्ैयलाई ब्युँझाउन सके घरपरिवार र समाजलाई साथै राखेर पनि अघि बढ्न सकिँदोरहेछ । नीलिमा काफ्ले जस्ता उदाहरणहरू अरू पनि छन् । तिनबाट प्रेरणा लिन किन ढिलो गर्ने ?

रामहरि तिमल्सिना
पृथ्वीनारायण क्याम्पस, पोखरा


तीतो यथार्थ

'सङ्कटमा मातृभाषी स्कूल' -देश/समाचार, १६ असोज-१५ कात्तिक) ले मातृभाषाप्रति मोह भएका विद्यार्थीहरूलाई मात्र हैन, हामी पाठकलाई समेत निराश बनायो । नवलपरासी- दुम्किबासको लखन थापा मेमोरियल एकेडेमीमा आर्थिक सङ्कटले गर्दा मगर र गुरुङ्ग भाषी शिक्षक राख्न नसकिएको तीतो यथार्थ अन्यत्र पनि दोहोरिँदै जाने हो भने बहुजातीय, बहुभाषी राष्ट्रको नारा 'हरियो वन नेपालको धन' जस्तै उखान मात्रै बन्न के बेर  ?

धर्मराज पुन मगर
देवीस्थान-८, रुन्मा-घोरलेत
म्याग्दी


आमाहरूको अपील

हाम्रा छोरा हिमाल शर्मा -महासचिव, अनेरास्ववियु-क्रान्तिकारी) र छोरी बीना मगर -काठमाडौँ जिल्ला अध्यक्ष) लाई दर्ुइ वर्षअघिदेखि सरकारले निर्मम यातनाका साथ सैनिक हिरासतमा राखेको कुरा सञ्चार माध्यममार्फ् बेलाबेलामा र्सार्वजनिक भएका हुन् । र्सार्वभौम मानवीय कानुनको उल्लङ्घन गरी, अदालतले रिहा गर्ने आदेश दिए पनि अदालतकै अपहेलना गर्दै हिमाल र बीनालाई पुनः सैनिक व्यारेकभित्रै राख्ने कार्य सरकारले गरिरहेको हुँदा हामी आमाहरूले १४ कात्तिकमा राजदरबारमा समेत बिन्तीपत्र जाहेर गरेका छौँ । विन्तीपत्रको दर्ता नंं. ७२५० हो ।

हाम्रा छोराछोरीलाई पुनः बेपत्ता बनाउने कार्यबाट रोकिदिन, थुनामा राख्नैपर्ने भए र्सार्वजनिक कारागारमा स्थानान्तरण गर्ने कार्यमा सहयोग गरिदिनुहुन सञ्चारमाध्यम र मानवअधिकारकर्मीहरूसँग हार्दिक अपील गर्दछौँ ।

देवकला शर्मा र सावित्रीमाया मगर
काठमाडौँ


संस्कारः सबै खराब हुँदैन

'नेपाली नारीः आकाङ्क्षा र अवस्था' (आवरण विशेष, १६ असोज-१५ कात्तिक) भित्रको रजस्वलाप्रथामाथिको टिप्पणी 'एउटा फड्को' ले चुपचाप बस्न दिएन । त्यसमा उल्लिखित केही तर्कहरूमाथि असहमति जनाउँदै हिन्दु संस्कारअर्न्तर्गतको 'रजस्वला' विषयमा केही तथ्य कुरा पाठकसमक्ष प्रस्तुत गर्न चाहन्छु ।

संस्कारहरूको विविधता र तिनको औचित्यका दृष्टिले सनातन वैदिक हिन्दु धर्म अरूभन्दा धेरै अघि छ ।
घरका छोरीबुहारी त हैन, घरमूली महिला नै रजोवती हुँदा घरमा गरिने विशेष पूजाहरू उनी शुद्ध नहुँदासम्म स्थगित हुन्छन् । अनि, देवताको पूजाका लागि पाँच दिन र श्राद्धका लागि सात दिनसम्म बार्नुपर्छ । यस अर्थमा जोई मात्र हैन, पोई पनि रजस्वला भए समान भएन र ? सजातीय विवाहिता, धर्मपत्नी आफ्नो बायाँ नभई अग्निहोत्र यज्ञ गर्न मिल्दैन ।
सेती, महाकाली अञ्चलमा धर्मपत्नी रजस्वलाबाट नचोखिएसम्म मन्दिरका पुजारी पनि पूजा गर्न आफू नगएर अर्कैलाई पठाउँछन् । पति पनि नछुने जस्तो भएन र यो ? बाहुनहरू प्रायः एकपत्नीव्रती हुने कारण यो पनि रहेछ ।
रजस्वलाबाट शुद्धि नभएसम्म तीर्थस्नान र देवदर्शन गर्न हुँदैन, गरेमा आफ्नै अनिष्ट हुन्छ । पत्नी रजोनिवृत्त भएपछि मात्र हिन्दु-गृहस्थहरू तीर्थयात्रामा हिँड्नुको कारण त्यही हो ।
रजस्वला अवस्थालाई नछुने वा पर सर्ने भन्नुमा केही अभ्रि्राय छ । रक्तस्रावका बेला समागम गर्नु स्वास्थ्यका लागि हानिकारक छ भनेर क्रिश्चियनहरू पनि परहेज गर्छन्  ।
रजस्वला भएकी स्त्री पलङमा नचढ्नु भन्ने विधान समागम-निषेधकै लागि होला ।
रजस्वला हुँदाको पहिलो तीनदिनभित्रकी महिलाले फलिरहेको बोट जानी नजानी छोइन् भने फलहरू कुहिन र र्झन थाल्छन्  । देखेजानेको सत्य हो यो । त्यसैले रजस्वलाहरू तरकारी बारी, बगैंचामा जाँदैनन् । दोस्रो दिनकी रजस्वलाको र्स्पर्शको असर अझ प्रखर हुन्छ । यसबारे कसैले अनुसन्धान गरेको छ कि ?
रजस्वला अवस्थामा गरेको मन्दिर-दर्शन, तीर्थस्नान, पूजाआजा आदिको प्रायश्चित्त स्वरुप ऋषितर्पणी पूजा र लक्षवर्ती पूजा राखिएको हो ।
हिन्दु धर्मभित्रैका केही समुदायमा पर सरेको बार्ने चलन छैन वा पहिलो दिनमै शुद्धि गरिन्छ । हर्ेर्दै, बुझदै जाँदा यो चलन आपर्द्धम रहेछ भन्ने जानियो । आफ्ना, जुनसुकै उमेरका छोरी, बहिनी, दिदी, आमा एक्लै असुरक्षित पाएमा विधर्मीले जबर्जस्ती दुषित गरिहाल्ने, स्वास्नी बनाइहाल्ने अवस्था-अरब सागर किनारमा रहेका, पश्चिम र दक्षिण भारतका राज्यहरू महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक आदिमा थियो । त्यसैले चेलीबेटीलाई सुरक्षित राख्न बच्चैमा विवाह गरिदिने परम्परा बस्यो । सधवा स्वास्नीमान्छे अपेक्षाकृत सुरक्षित रहने हुँदा र विधवा भनी चिनेमा विधर्मी आक्रान्ताले स्वास्नी बनाइहाल्ने डर हुँदा विधवाको पहिरन पनि सधवाको जस्तै राखियो होला । अरब सागर किनारका ती प्रदेशहरूमा विधर्मी आक्रान्ताहरू आइरहे । अनि स्थायी बसोबास गर्न चाहने आक्रान्ताले आफ्नो साथमा स्वास्नी छोराछोरी ल्याएका हुँदैनथे भन्ने कुरा त इतिहास पढ्नेले जानेकै छन् । त्यसै कारण त्यहाँ स्वास्नीमान्छेलाई सदैव बाबु, छोरा वा लोग्नेको संरक्षण चाहिने भयो । त्यसैले पर र्सदा पनि घरको परिधिबाट बाहिर जान नपर्ने वा रजस्वला बार्न नपर्ने भयो । घरबाट माइती जाँदा दाजु, भाइ, बुबाको साथ अनि माइतीबाट घर आउँदा लोग्ने वा देवरको साथ अनिवार्य बन्न गयो । यही बाध्यता पछि गएर आपर्द्धम र अझपछि जीवनपद्धति बन्यो । यही आपर्द्धमले अहिलेका नारीवादीहरूलाई जुरुकजुरुक उचाल्ने 'पिता रक्षति कौमारे भर्ता रक्षति यौवने, पुत्रश्च स्थविरे भावे न स्त्री स्वातन्त्र्यमर्हति' -बाल्यावस्थामा बाबुले, युवावस्थामा पतिले र वृद्धावस्थामा छोराले रक्षा गर्छन्, स्त्रीलाई स्वतन्त्रता दिनुहुन्न) भन्ने सन्देशको अपव्याख्या गर्ने बल मिल्यो ।
भारतका ती प्रदेशहरूबाट जो आए, तिनले त्यहाँभन्दा धेरै सुरक्षित नेपालमा पनि त्यहींकै चलन ल्याए जुन एक संस्कृति बन्न गयो ।
तर रजस्वला नबार्ने चलनले यस्तो कुपरिणाम ल्यायो कि केही मन्दिरहरूमा एकपटक रजस्वला भएका महिलाहरूलाई सँधैभरि भित्र पस्नै नपाउने व्यवस्था गर्नुपर्‍यो, जस्तै धनकुटा बजारको निशान भगवती मन्दिर ।

यी सबै तथ्यलाई हर्ेदा पर सरेको बार्नु खराब चलन हो भन्न मिल्दैन । रजस्वला अवस्थामा तर्ीथस्नान गर्न, देवमन्दिर दर्शन गर्न निषेध गर्नु बेठीक हो भन्नु पनि युक्तिसंगत छैन । हो, यस प्रथाका 'अति' हरूको निराकरण भने हुनर्ैपर्छ । छाउपडी प्रथाको अति त हट्नर्ैपर्छ  ।

श्रीकृष्ण गौतम,
नाबु दोबाटो, ललितपुर-४