हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | विश्लेषण

पार्टी र माओवादी मेल
विश्वास बढाउने अवसर

राज्यले 'रेसपोन्स' गरेन र पार्टर्ीीले पनि सोचेझैँ अघि बढेनन् भनेर माओवादीले युद्धविराम भङ्ग गर्नुहुँदैन । त्यसो भयो भने सहमति र सहकार्यका विषय ओझेलमा पर्छन्  । युद्धविरामले पार्टर्ीी माओवादीका बीचमा आत्मविश्वास बढाउँछ । अहिलेको सबैभन्दा ठूलो खाँचो भनेकै आपसी विश्वास बढाउनु हो ।

प्रा.कृष्ण खनाल

दिल्ली, फेरि एकपटक नेपाली राजनीतिको केन्द्रबिन्दु बन्न थालेको छ । एमाले महासचिव माधवकुमार नेपाल, काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला र सद्भावना पार्टर्ीी नेता हृदयेश त्रिपाठीको पछिल्लो भारत भ्रमण सकिएको छ । माओवादी नेतृत्व पनि पार्टर्ीीे विस्तारित बैठक -प्लेनम) सकेर उतै पुग्यो । प्लेनममा माओवादीले के निर्ण्र्ाागर्‍यो र्सार्वजनिक हुन बाँकी छ । तर धेरैको अनुमानमा; प्लेनमले आन्दोलनरत सात पार्टर्ीी माओवादीबीच लोकतन्त्रका लागि सहकार्य अगाडि बढाउने निर्ण्र्ाानै गरेको हुनर्ुपर्छ ।

माओवादी र एमालेबीच केही बुँदागत सहमति भएको र्सार्वजनिक भएको छ । अमेरिकी राजदूतले यसलाई 'सन्त्रासपर्ूण्ा' भन्दै हतियार नछाडुन्जेलसम्म त्यस्तो कुनै सहकार्य नगर्न र राजासँग 'एकता' कायम राख्न प्रमुख पार्टर्ीीलाई सचेत गराउँदै वक्तव्य जारी गरेका छन् । राजदूतको यो भनाइ आएपछि सम्बद्ध पार्टर्ीी जिम्मेवार नेताहरू आफ्नो अडानको प्रतिरक्षामा भन्दा बढी सफाई पेश गर्नपट्ट िलागेका छन्  ।

नेपालको राजनीतिक सङ्कटको सहज निकास अझै देखापरिराखेको छैन । खास गरेर १९ माघको राजाको कदमपछि परिस्थिति अरू जटिल बनेको छ । 'माओवादी हिंसाविरुद्ध' भनेर शाही सत्ताको पक्षमा जनताको समग्र र्समर्पण खोजिएको छ । त्यस्तो प्रयास सफल भयो भने त्यसले नेपाली राजनीतिलाई अन्ततः फासीवादमा पुर्‍याउनेछ भन्ने धेरैले बुझेका छन्  । र, त्यसैकारण पनि १९ माघपछि नेपाली राजनीति राजसंस्थाकै विरुद्ध ध्रुवीकृत हुनथालेको हो । राजाका कारणले लोकतन्त्रवादी पार्टर्ीी, नागरिक समाज र माओवादी एउटै नियतितर्फधकेलिएका छन् । यसले लोकतन्त्रको दायरा फराकिलो पार्न सबैलाई बाध्य बनाएको छ ।

माओवादी र दलहरूबीचको सहकार्य भनेको मूलतः लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउनकै लागि हो । यसका लागि सबैभन्दा पहिला आन्दोलनको लक्ष्य स्पष्ट रूपमा निर्धारण हुनु जरुरी छ । अहिले सात पार्टर्ीी अघिसारेको साझा सहमतिको कार्यक्रमले नेपालको लोकतन्त्रका विभिन्न पक्षहरूलाई समग्रतामा सम्बोधन गरेपनि त्यसमा निर्ण्ाायक परिवर्तनका लागि आवश्यक प्रहारबिन्दु अझै गौण छ ।

सहकार्य भनिसकेपछि, माओवादीलाई समेट्न उसका पनि कुराहरू सुन्नु जरुरी हुन्छ । हिजोका भनाइमा; माओवादीहरू 'जनवादी गणतन्त्र'को पक्षमा भएपनि पछिल्ला दिनमा उनीहरू संविधानसभाको माध्यमद्वारा राजनीतिक निकास खोज्ने कुरा गरिरहेका छन् । त्यसकारण, यो स्थितिमा संविधानसभालाई मूल लक्ष्य बनाएर आन्दोलन अगाडि बढाउँदा एउटा सहमति निर्माण हुनसक्ने देखिन्छ ।

५०/५५ वर्षो अनुभवले; नेपालमा 'संवैधानिक राजासहितको लोकतन्त्र'को अभ्यास गर्न नसकिने सिद्ध गरेको छ । त्यसलाई पार्टर्ीीले महसूस गरेर, नेपालमा राजसंस्थाको औचित्य सकियो, अब हामी गणतन्त्रको पक्षमा गयौँ, 'गणतन्त्रसहितको लोकतन्त्र'का लागि आन्दोलन गर्ने भने पनि हुन्छ । हैन अब एकैपटक गणतन्त्रको सवालमा राम्रो सहमति जुटाउन समस्या छ भने, कमसेकम संविधानसभा आन्दोलनको न्यूनतम लक्ष्य बन्नर्ुपर्दछ र, त्यसबाट माओवादीहरूलाई पनि आन्दोलनमा सहभागी हुने, भाग लिने मार्ग खुल्छ ।

तर, माओवादी र पार्टर्ीी मिल्ने बित्तिकै नेपालमा माओवादीले भनेको जस्तो राजनीति स्थापित हुने पो हो कि - एकदलीय कम्युनिष्ट अधिनायकवाद भित्रिने पो हो कि भन्ने स्वाभाविक आशङ्का पनि आफ्नो ठाउँमा छ । यस पृष्ठभूमिमा माओवादीको पनि लोकतन्त्रका प्रतिको प्रतिबद्धता प्रस्टसाथ आउनर्ुपर्दछ । गत दर्ुइ, अर्ढाई वर्षा अभिव्यक्ति र दस्तावेजहरू हर्ेदा लोकतन्त्रका केही कुराहरूमा माओवादी क्रमिक रूपले प्रस्ट हुँदै आएका छन् । तर पनि; लोकतन्त्रका विश्वव्यापी मान्यता, व्यक्तिको स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धाको राजनीति, आवधिक निर्वाचन, निर्वाचनमा जनताले दिएको म्याण्डेट अनुसार सत्ताको परिवर्तन र हस्तान्तरण तथा समग्रमा प्रतिनिधिमूलक राज्यसत्ताका बारेमा माओवादीका धारणाहरू अझै प्रस्ट रूपमा आउनु जरुरी छ । यो किन अत्यावश्यक छ भने माओवादीको लोकतान्त्रिक विश्वसनीयता बनेकै छैन । त्यस्तो विश्वसनीयता निर्माण नहुन्जेलसम्म उनीहरूले यी कुराहरूमा ध्यान दिनर्ैपर्दछ । सहकार्यको वातावरण बनाउने यो नै प्रमुख आधार हुनसक्दछ ।


मनमोहन स्वार

सहकार्य कठिन कुरा हो । २०४६ सालमा वामपन्थी र काङ्ग्रेसबीचको समीकरण धेरै आरोह/अवरोहपछि मात्र सम्भव भएको थियो  । अहिले माओवादी र सात पार्टर्ीीच सहमति भएर नयाँ शक्ति-समीकरण बन्न झनै गाह्रो छ । उदाहरणका लागि; एकातिर माओवादीको प्रवेशले लोकतन्त्रलाई कति मद्दत पुर्‍याउने हो भन्ने प्रश्न छँदैछ । त्यसमाथि, मानौँ माओवादी समेत समावेश हुनसक्ने एउटा लोकतान्त्रिक वातावरण बन्यो भने त्यसबेला आन्तरिक प्रतिस्पर्धा पनि हुन्छ । त्यस्तो आन्तरिक प्रतिस्पर्धामा एमालेको ठाउँ कहाँ रहन्छ, माओवादीको ठाउँ कहाँ रहन्छ - त्यसैले यो शक्ति-समीकरणले भोलिका कुराहरूलाई पनि धेरै हदसम्म आश्वस्त पार्नुपर्ने अवस्था आउँछ । स्वस्थ प्रतिस्पर्धामा जनतालाई आश्वस्त गरेर अगाडि बढ्ने कुरालाई कसैले नकार्न मिल्दैन । तर, वातावरण आफ्नो प्रतिकूल हुन्छ कि भन्नेमा चासो राख्नु स्वाभाविकै हो ।

नेपालको राजनीतिक परिवर्तनको प्रक्रियामा भारत बारम्बार एउटा स्थायी पक्षको भूमिकामा आइरहेको छ । यो कसैले चाहे पनि नचाहे पनि एउटा यथार्थ जत्तिकै भएको छ । खास गरेर निर्ण्ाायक राजनीतिक परिवर्तनका घडीमा भारतको भूमिका अहं देखिन्छ । अहिले पनि त्यो अवस्था विद्यमान छ ।

अहिले, माओवादीलाई निकासको बाटोमा आश्वस्त पार्न र द्वन्द्वरत राजा-पार्टर्ीीीचमा सहज निकासका लागि भारतले आफ्नै किसिमको अभ्यास गरिराखेको हुनसक्दछ । यस क्रममा नेपाली पार्टर्ीीलाई चिन्ता हुनु स्वाभाविक हो । एमाले त्यो समीकरणमा कहाँ रहने - अथवा नेपाली काङ्ग्रेस कहाँ रहने - त्यसले गर्दा बेलाबेलामा नेताहरूको दिल्ली दौड हुने गर्दछ ।

हामीले नेपालमा भारतको भूमिका कसरी निर्माण हुन्छ भन्ने पनि बुझनर्ुपर्छ । २००७ सालमा तत्कालीन भारतीय प्रम जवाहरलाल नेहरूले नेपालका सर्न्दर्भमा बीचको बाटो लिए । परम्परागत शक्ति -राजतन्त्र) लाई पनि जोगाउने लोकतन्त्रको अध्याय पनि प्रारम्भ गर्ने नीति अर्न्तर्गत राणा, राजा र नेपाली काङ्ग्रेसबीच समझदारी निर्माण गर्ने र त्यसैमार्फ् परिवर्तनको ढोका खोल्ने प्रयत्न भयो । १८ असोज २०५९ र १९ माघ २०६१ पछि भारतले लोकतन्त्रको अपरिहार्यतालाई स्पष्टसँग स्वीकारेको छ । तर सँगसँगै राजसंस्थाको निरन्तरताका निम्ति 'टु पिलर्स' अर्थात् बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको कुरा गर्न पनि छोडेको छैन ।

तर, बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई सँगसँगै लैजाने धेरै प्रयत्नहरू बारम्बार असफल भइसकेका छन् । जस्तो राजाले १९ माघपछि विभिन्न सञ्चारमाध्यमबाट भन्दै आएका छन् कि भावी कदमका बारेमा मैले मित्रशक्तिहरूलाई बेलैमा 'वार्न' गरेको हुँ । यदि अवगत गराएको भए बेलैमा उनीहरूले राजालाई किन त्यो गलत हुन्छ भनेनन् - किन दबाब दिन सकेनन् - यो सोचनीय छ । होइन राजाले जानकारी गराएका थिएनन् भने त्यसमा किन उनीहरू प्रतिवाद गर्न सक्दैनन् - यसले के देखाइरहेको छ भने यथास्थितिभन्दा पर नजाने प्रवृत्ति हाम्रा छिमेकी र मित्रशक्तिहरूमा पनि छ । यो कुरा हामीले बिर्सनुहुँदैन ।

सात पार्टर्ीीे आफ्नै इतिहास छ । दृष्टिकोण भिन्न हुँदा पनि २०४७ सालको संविधानको प्रक्रियाभित्र बसेर आ-आफ्नो राजनीतिलाई अगाडि बढाएका पार्टर्ीी हुन् यी । यी लोकतन्त्र, विधिको शासन र निर्वाचनमा विश्वास गर्छन् । सशस्त्र आन्दोलनको पक्षमा यिनीहरू छैनन् । यस्ता दलहरूले माओवादीलाई समझदारीमा ल्याउनु भनेको त सकारात्मकै हो नि ! आखिर यी पार्टर्ीी माओवादीको बन्दूक बोक्न त किमार्थ जाँदैनन्  । तर्सथ यस कुरालाई बिथोल्ने र यसबाट त्रस्त हुनुपर्ने कुनै कारण छैन  । साथै, विश्व राजनीतिको सर्न्दर्भमा लोकतन्त्रमा विश्वास राख्ने पार्टर्ीीले माओवादी जस्तो पार्टर्ीीोकतान्त्रिक प्रक्रियामा हावी नहोस् भनेर दृष्टिकोण बनाउनु पनि स्वाभाविक हो ।

अहिले राजनीतिक पार्टर्ीी गाउँ पसेका छन्  । कतिपय ठाउँमा माओवादीसँग असहमति पनि गरेका छन् । तर, राज्य त्यसलाई बिथोल्न उद्यत छ । ठाउँठाउँमा निषेधाज्ञा जारी गरेको छ । सभाहरूमा प्रहरी हस्तक्षेप भएका छन् । अन्ततः जनआन्दोलनलाई निर्ण्ाायक नबनाई सम्भवै देखिँदैन । तर, यसका लागि माओवादीहरूले आफ्नो एकपक्षीय युद्धविरामलाई निरन्तरता दिनु जरुरी छ । राज्यले 'रेसपोन्स' गरेन र पार्टर्ीी पनि सोचेझैँ अघि बढेनन् भनेर माओवादीले युद्धविराम भङ्ग गर्नुहुँदैन । त्यसो भयो भने सहमति र सहकार्यका विषयहरू ओझेलमा पर्नेछन् । युद्धविरामले गाउँघरमा भएको राजनीतिक पुनर्जीवनलाई निरन्तरता प्रदान गर्छ; पार्टर्ीी माओवादीका बीचमा आत्मविश्वास बढाउँछ । अहिलेको सबैभन्दा ठूलो खाँचो भनेकै आपसी विश्वासको हो ।

तथापि, अहिलेको प्राथमिक खाँचो चाहिँ पार्टर्ीीले आन्दोलनको स्पष्ट गन्तव्य बनाउनु नै हो । अबको परिवर्तनको गन्तव्य कम्तीमा पनि संविधानसभा हुनर्ुपर्छ । अर्कोतर्फ माओवादीहरूले पनि हतियारको मोह त्याग्नै पर्छ । यसको अर्थ अहिले एकैचोटि सबै हतियार फ्याँक्नु भन्ने हुँदैन । तर प्रतिरक्षाका लागि बाहेक हतियारको प्रयोग नगर्ने सवालमा उनीहरूले सहमति जनाउन सक्छन् । यदि राज्यले उनीहरूमाथि आक्रमण गरेमा प्रतिरक्षा हुनसक्ने तर उनीहरूले कसैका विरुद्ध पनि आक्रामक कार्वाही-नगर्ने खालको नीति वा आचारसंहिता निर्माण गर्न सकिन्छ ।

सात पार्टर्ीी माओवादीसँग अघि बढ्दा राजा चिढिन्छन् कि भारत, अमेरिकालगायत विदेशी शक्तिहरू रिसाउँछन् कि भन्ने चिन्ता देखिन्छ । यस्ता चिन्ताहरूबाट उनीहरू मुक्त हुनर्ुपर्छ । अमेरिकी राजदूत जेम्स एफ् मोरियार्टर्ीीे वक्तव्य आउनेवित्तिकै विभिन्न पार्टर्ीी प्रमुख नेताहरूले, आफ्नो लोकतन्त्र सबल बनाउने सवालको सहकार्य भनेर अडान राख्न सकेनन् । उनीहरू आत्तिन थाले । यस्ता कमजोरीबाट राजनीतिक नेतृत्व मुक्त हुनु जरुरी छ । त्यसैगरी माओवादीले पनि आफ्ना कार्यकर्तामा जस्तो जनवादी राज्य आउँछ भन्ने सपना बाँडेका छन्, त्यो मोह भङ्ग गर्दै अहिलेको यथार्थमा ओर्लने तयारी गर्दै जानर्ुपर्छ । सबैको साझा एजेण्डा बनेको लोकतन्त्रका प्रति माओवादीले पनि बन्दूकबिना नै अगाडि बढ्ने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्छ । उसले कार्यकर्तालाई नयाँ ढङ्गले प्रशिक्षित गर्दै लैजानर्ुपर्छ ।

समग्रमा माओवादी र सात राजनीतिक पार्टर्ीीमा निम्न कुरामा स्पस्ट हुनु जरुरी छ । पहिलो, अडान स्पष्ट हुनुपर्‍यो  । सात पार्टर्ीी खोजेको परिवर्तन के हो - राजासँग मेलमिलापको ठाउँ बाँकी छ भने त्यो के हो - छैन भने स्पष्ट हुनुपर्‍यो । आफ्ना तत्कालीन प्राथमिकताका आधारमा आन्दोलनको कुरालाई तलमाथि गर्नुभएन । जुन विगतमा देखिएको छ । यसो गर्दा दरबारलाई के असर पर्छ - बाहृय मित्रशक्तिहरूलाई के असर पर्छ भन्ने कुराबाट मुक्त हुनुपर्‍यो । किनभने लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउँदा हाम्रा कुनै पनि मित्रराष्ट्रलाई अप्ठेरो पर्दैन ।

त्यस्तै माओवादीहरू पनि; विगतमा झैँ अनुकूल पर्दा दरबारदेखि सबैलाई उपयोग गर्ने रणनीतिबाट मुक्त हुनुपर्‍यो । बन्दूक निर्ण्ाायक शक्ति हैन भन्ने कुरालाई सबैले बुझने गरी प्रस्ट पार्नुपर्‍यो । त्यसैगरी लोकतन्त्रका पक्षमा खुलेर लागेका मित्रराष्ट्रहरू पनि स्पष्ट हुनु जरुरी छ । उनीहरूको भनाइ सधैँ सन्तुलन कायम राख्ने हिसाबले मात्र आउनुभएन । उनीहरू परराष्ट्र नीतिका क्षेत्रमा सन्तुलन कायम गरुन् । तर नेपालको लोकतन्त्रका सर्न्दर्भमा यहाँ भित्रका सबै पक्षलाई सन्तुलनमा राख्छु भनेर दृष्टिकोण बनाउनुभएन । खासगरी भारत, अमेरिका, बेलायत जस्ता लोकतन्त्रमा विश्वास राख्ने राष्ट्रहरू स्पष्ट हुनु जरुरी छ । चीनको बारेमा धेरै गुनासो गरिरहनु आवश्यक छैन । किनभने उसले यहाँ लोकतन्त्र छ/छैन केही बोल्दैन ।

वार्तामा आधारित