तन्नेरीका कुरा
युवा इन्टरनेट
च्याट, इमेल र मनोरञ्जनबाहेक सूचना, शिक्षा
र जागिर अनि 'हृयाकिङ' र 'क्र्याकिङ'का लागि समेत लोकप्रिय छ इन्टरनेट
नेपाली युवामाझ ।
•
शैली बस्नेत
काठमाडौँकी एक युवती
र कालिम्पोङका एक युवकको केही वर्षघि दिल्लीमा गाँसिएको मित्रता, लगातार
इन्टरनेट च्याटपछि प्रेम र वैवाहिक सम्बन्धमा परिणत भयो । मानिसहरूका
जीवनमा यस्ता अनेकौँ फेरबदल ल्याइदिने माध्यम बनेको छ हिजोआज इन्टरनेट
।
आज बालकदेखि बूढाबूढीसम्म सञ्चार, मनोरञ्जन र सूचना-शिक्षाका
निम्ति इण्टरनेटको भरपुर प्रयोग गर्छन् । सन् १९९५ पछि र्सार्वजनिक
प्रयोगमा आएको इन्टरनेटको विकास १९६९ मा संयुक्त राज्य अमेरिकी रक्षा
विभागलेे गरेको हो । यसको प्रयोग शुरुमा क्यालिफोर्निया, सान्टा बारबारा
र उटाह् विश्वविद्यालय तथा स्टाडफोर्ड अनुसन्धान संस्थान -एसआरआई)
गरी चार ठाउँमा मात्र गरिएको थियो । संयुक्त राज्य अमेरिकालगायत केही
राष्ट्रले शुरुशुरुमा सरकारीस्तरमा सञ्चालित इण्टरनेट शिक्षा, अनुसन्धान
र सरकारी प्रयोजनमा मात्र सीमित हुनर्ुपर्छ; व्यावसायिक, व्यापारिक
एवं आमसञ्चारमा होइन भन्ने नीति लिएका थिए । तर तीब्र विकास र मूल्यमा
भारी कटौतीपछि र्सवसाधारणका लागि समेत खुला भएको एक दशकमै अर्बौँ मानिसहरू
इन्टरनेटका उपभोक्ता बनेका छन् । दर्ुइसय भन्दा बढी देशमा यसको उपयोग
हुन्छ ।
विश्वका अरू थुप्रै देशमा झैँ शुरु-शुरुमा नेपालमा पनि
इन्टरनेट सोखको साधनको रूपमा भित्रिएको थियो । नौ वर्षघि काठमाडौँको
साइबरमाथा टी हाउस नामक नेपालको पहिलो 'साइबर क्याफे'मा इन्टरनेट चलाउन
एक घण्टाको रु.१५ सय लाग्थ्यो । आज यो दर रु.१० सम्म झरेको छ । काठमाडौँमा
रु.५ मा आधा घण्टाको इन्टरनेटसहित चिया खुवाउने साइबर पनि छन् । टोलैपिच्छे
साइबरहरू खुलिरहेका छन् । टिक्न गाह्रो पर्दैन त भन्ने प्रश्नमा बालाजुस्थित
श्री साइबर एण्ड कम्युनिकेशनका निर्विकार जोशी भन्छन्, "वेभ क्यामेरा,
छरितो कनेक्सन, हेडफोन सुविधा,आदि दिएपछि मान्छे आइहाल्छन् । वरपर
आधा दर्जन साइबर भए पनि अपरान्ह ४ देखि ६ बजेको समयमा मकहाँ ठाउँ नपाएर
र्फकने मान्छे दिनहुँजसो हुन्छन् ।" मिडास टेक्नोलोजीका छत्रहरि
कार्कीका अनुसार 'अप्टिकल फाइबर' जस्तो उच्चस्तरीय एवं किफायती प्रविधि
प्रयोग हुनथालेको र उपभोक्ता बढ्दै गएकाले इन्टरनेट यति सस्तो र व्यापक
भएको हो ।
इन्टरनेटमा के गर्छन् युवाहरू ?
साइबरवालाहरू भन्छन्- च्याट । भर्खर इन्टरनेट चलाउन थालेका र किशोरकिशोरीहरू
'च्याटरुम'मा अपरिचितहरूसँग तथा अलि पाका युवाहरू 'मेसेन्जर'मार्फ्
परिचितहरूसँग च्याट गर्न बढी रुचाउँछन् । विदेशमा रहेका आफन्त र साथीहरूसँग
च्याट एवं इमेल मात्रै गर्नेहरू पनि भेटिन्छन् । च्याटबाटै साथी बनेर
नेपाल घुम्न आउने विदेशीहरू समेत भेटिन्छन् । च्याटबाट चिनेको एउटा
नेपाली साथी भेट्न भर्खरै मात्र यूरोपेली केटी जुलियान डस दर्ुइसातालाई
काठमाडौँ आएकी थिइन् ।
च्याटपछि युवाहरू बढी इमेल प्रयोग गर्छन् । 'हटमेल'
र 'याहू' बढी चल्तीमा रहेका इण्टरनेटमा आधारित इमेलहरू हुन् भने प्रयोगकर्तालाई
बढी ठाउँ दिने 'जिमेल' पनि छोटो समयमै लोकप्रिय भएको छ । त्यसपछि खेलकुद,
सङ्गीत, सिनेमा, यौन जस्ता विषयमा इन्टरनेट प्रयोग गर्ने युवाहरू पनि
प्रशस्तै भेटिन्छन् । वेबडिजाइनर अनिर श्रेष्ठ भन्छन्, "मैले
खोल्ने पहिलो साइट ददअ।अय। गप्कउयचतक हो । म खेलकुद र खेलाडीबारे जानकारीका
साथै अफिसमा काम गर्दै क्रिकेटको स्कोर हर्ेन यो साइट मन पराउँछु ।"
सिर्द्धार्थ वनस्थली स्कूलमा कक्षा ९ मा पढ्ने ढावा
घले खाजा खाने पैसा जोगाउँदै साइबरमा रेस्लिङ साइट हेरेर घण्टौँ बिताउँछन्
। युवतीहरू इमेल गर्न, महिला-पुरुष सम्बन्धका सामग्री पढ्न र राशिफल
हर्ेन बढी मन पराउँछन् । हाल विदेश पढ्न जाने तयारीमा लागेकी रोजी
बज्राचार्य भन्छिन्, "म राशिफलका तीन वटा साइट हर्ेर्छर्ुु त्यसमा
पनि लभस्कोप हर्ेन एकदम मजा लाग्छ ।"
मनोरञ्जनको नाममा इन्टरनेटमा यौन उत्तेजक अश्लील लेख, तस्बिर र भिडियो
हर्ेर्ने पनि त्यत्तिकै हुन्छन् । एक २४ वषर्ीय युवक सीधै भन्छन्,
"केटाहरूलाई सोध्ने हो भने 'पोर्न साइट' नै उनीहरूको प्राथमिकतामा
पर्छ ।"
पछिल्लो समय युवाहरूमा जष्छ।अom लोकप्रिय बनेको छ ।
यो साइटमा दर्ता भएपछि साथीहरूको ठूलो सञ्जाल बनाउने, इमेल र सन्देशहरू
आदानप्रदान गर्ने, दैनिकी लेख्ने, साथीको पेजमा गएर उसकैबारे टिप्पणी
गर्ने, फोटो ग्यालरी बनाउने जस्ता थुप्रै कामहरू गर्न सकिन्छ । पुराना
साथी भेट्न र नयाँ साथी बनाउन पनि सकिन्छ । यसको अर्को विशेषता हो-
समान रुचि भएकाहरूसँग कुनै ठोस विषयमा छलफल गर्न पाउनु । हाल स्नातकोत्तर
गरिरहेकी सृजना बस्नेत भन्छिन्, "मलाई इतिहासमा रुचि छ । इन्टरनेटमा
यसबारे थुप्रै कुरा पढ्ने गरेकी छु, तर छलफल गर्ने साइट भेटेकी थिइनँ
। जष्छ को इतिहास समूहमा रमाइलो छलफल गर्न पाइँदो रहेछ ।" यस्तै
छलफलका लागि 'फोरम' र 'ब्लग' साइटहरू पनि युवाहरूमाझ लोकप्रिय छन्
। ब्लगमा लेखकले आफ्नो लेख राख्छ, पाठकहरूले त्यसमा टिप्पणी गर्दै
जान्छन् । २५ वर्षी एक इराकी युवतीले सन् २००३ मा मूलधारका सञ्चारमाध्यममा
नआउने युद्धका पीडा लेखेर चष्खभचदभलमदयिन।दयिनकउयत।अom नामक ब्लगसाइट
शुरु गरेपछि ब्लगको विश्वव्यापी लोकप्रियता बढेको हो ।
युवाहरूका लागि केही उपयोगी र रमाइला
ठेगानाहरू
www.jobsnepal.com
www.youthinitiative.org.np
www.nepalsansar.com
www.loveanywhere.com
www.sajha.com
www.ktmrocks.com
www.chiyapasal.com
www.cybersansar.com
www.BMjobs.com.np
www.bigyapan.com.np
www.myktm.com
|
आजभोलि इन्टरनेटमा युवाहरूमाझ 'फाइल सेयरिङ' पनि लोकप्रिय
भएको छ । यसमार्फ् कुनै नेर्टवर्कका सदस्यले आ-आफ्नो हार्ड डिस्कमा
परस्पर आदान-प्रदान गर्न सकिने गरी राखेका फाइलहरू सबै सदस्यले हर्ेन
सक्छन् । ष्खिभधष्चभ, पबशबब नामक साइटहरू गीत सेयर गर्न उपयोगी मानिन्छन्
। लामो दूरीमा प्रत्यक्ष कुरा गर्न उपयोगमा आइरहेको छ, 'भीओआईपी' -भ्वाइस
ओभर इन्टरनेट प्रोटोकल) । दर्ुइ वा दर्ुइ भन्दा बढी मानिसहरूबीच कुरा
गर्न सकिने भीओआईपी अन्तर्रर्ााट्रय फोनकलको सस्तो र सुलभ विकल्प समेत
बनिरहेको छ ।
मनोरञ्जन र सञ्चारबाहेक विभिन्न उत्पादनशील कामका लागि
पनि युवाहरू इन्टरनेट प्रयोग गर्छन् । गेशन मानन्धरले वेबबाटै प्रोग्रामिङबारे
पढेर र किताबहरू 'डाउनलोड' गरेर तीन वर्षअगाडि लभउबष्ििथचष्अक।तघछ।अom
नामक वेबसाइट बनाए । उनले वेभ पत्रिकाले वाषिर्क रूपमा आयोजना गर्ने
गरेको 'वेभ वेब विनर' प्रतियोगितामा पनि एउटा वेबसाइट दर्ता गराएका
छन् । हाल प्राइम कलेजमा सूचना प्रविधिमा स्नातक गरिरहेका गेशन गृहकार्य/प्रोजेक्ट
गर्न र नयाँ कुरा थाहा पाउन इन्टरनेटको मद्दत लिन्छन् । हिजोआज कलेजहरूले
प्रोजेक्टमा जोड दिने गरेकाले युवा-विद्यार्थीहरूले शैक्षिक प्रयोजनका
लागि पनि इन्टरनेट चलाउन थालेका छन् । कुनै इन्साइक्लोपिडिया भन्दा
बढी जानकारी पाइने धष्पष्उभमष्ब।यचन विद्यार्थी र अनुसन्धानकर्ताहरूका
लागि उपयोगी साइट मानिन्छ ।
विदेश पढ्न जान चाहनेहरूका लागि त इन्टरनेट वरदान नै
सावित भएको छ । अब युवाहरूले महिनौँ लगाएर विदेशी विश्वविद्यालयबारे
जानकारी जुटाउनुपर्दैन- आफ्नो रुचिको विषयको विश्वविद्यालय र्'र्सच'
गर्यो अनि इमेल पत्राचार गरेर आफूलाई चाहिने कुराहरू मगायो, बस् ।
इन्टरनेटकै माध्यमबाट नेपालमा बसेर विदेशी शिक्षण संस्थाका 'अनलाइन
कोर्स' पढ्न सकिन्छ । उदाहरणका लागि, कम्प्युटर नेटवर्किङ सम्बन्धी
अनलाइन कोर्सका लागि विश्व प्रसिद्ध 'सिस्को'को सीसीएनए प्रशिक्षण
कार्यक्रम नेपालमै बसेर पूरा गर्न सकिन्छ । यस्तै पत्रकारिता, सङ्गीत,
लेखा, फेशनलगायत अरू धेरै विषयमा पनि अनलाइन कोर्सहरू उपलब्ध छन् ।
केही युवाहरूले इन्टरनेटमार्फ् 'अनलाइन जब' -जागिर)
पनि फेला पारेका छन् । काठमाडौँ कलेज अफ म्यानेजमेन्टका आइटी प्रमुख
विजय अधिकारी नेपालमै बसेर अमेरिकी प्राध्यापक क्यारेन लेमनका सहायकको
रूपमा काम गर्छन् । उनी विद्यार्थीहरूले साइटमा पठाएका प्रश्नको उत्तर
दिन्छन् र गृहकार्यको मूल्याङ्कन गर्छन् ।
गलत प्रयोग र समस्या
शैक्षिक प्रोजेक्ट तयार गर्ने विद्यार्थीहरूमा इन्टरनेटमा भएको जानकारी
जस्ताको तस्तै 'कपी' र 'पेस्ट' गर्ने एक प्रकारको चोरी प्रवृत्ति बढेको
छ । व्यवस्थापनमा स्नातक तहका एक विद्यार्थी भन्छन्, "इन्टरनेटमा
यति धेरै साइटहरू हुन्छन्, ती सबैमा लेखेको कुरा शिक्षकले पढेको हुँदैन
। त्यसैले ढुक्कले कपी-पेस्ट गरिन्छ । कहिलेकाहीँ दर्ुइ जनाको एउटै
लेखाइ भयो भने मात्रै शिक्षकले थाहा पाउने सम्भावना हुन्छ ।"
कतिपय किताबहरू बजारमा निक्लनुअघि वा निक्लने वित्तिकै अवैध रूपमा
डाउनलोड गरेर पढ्न सकिने गरी इन्टरनेटमा राखिएका पाइन्छन् । गत जुलाईमा
निस्केको हृयारी पोटरको छैठौँ पुस्तक पनि कतिले यसैगरी पढेका थिए ।
नेपालमा साइबर कानूनको प्रभावकारी कार्यान्वयन नहुनुको
फाइदा उठाउने युवाहरू पनि छन् । अरूको सफ्टवेयर कोडलाई अनधिकृत रूपमा
हेरफेर गरिने 'हृयाकिङ' र 'क्र्याकिङ' गर्न चाहनेहरूलाई त्यस्तो गर्न
सिकाउने साइटहरू अनगिन्ती छन् । यस्ता क्रियाकलापमा चाख राख्ने शङ्करदेवमा
एमबीएस गरिरहेका एक विद्यार्थी भन्छन्, "अरूलाई हानि पुर्याउने
गरी हृयाक गर्यो भने पनि यहाँ कुनै दण्ड हुँदैन ।" सीमित अवधिका
लागि प्रयोग गर्न पाइने सफ्टवेयर र गेमहरूको डेमो भर्सनलाई लामो समय
चलाउने जस्ता गैरकानूनी काम समेत भइरहेका छन् ।
नेपालमा प्रायः टेलिफोनबाट चलाइने इन्टरनेट सेवाको
सीमित 'ब्यान्डविथ'का कारण यसको क्षमता कम र गति सुस्त भएकोले इन्टरनेटका
सबै फाइदाहरू लिन नसकिएको गुनासो युवाहरूको छ । व्रोडब्यान्ड सुविधाबाट
यो समस्या हट्न सक्ने भएपनि टेलिफोनबाटै इण्टरनेट चलाउने उपभोक्ता
धेरै छन् । यसले गर्दा इन्टरनेटबाट ठूला-ठूला फाइल खोल्ने, डाउनलोड
गर्ने, रेडियो सुन्ने, भिडियो हर्ेर्ने आदि काम गर्न गाह्रो हुन्छ
। बीबीसीका कार्यक्रमहरू हर्ेन रुचाउने आइटी स्नातक पवन हर्जानी गुनासो
गर्छन्, "ब्यान्डविथले साथ दिएको भए छुटेका कार्यक्रमहरू पछि
आफ्नो फर्ुसदमा हर्ेन पाइन्थ्यो ।"
निकै चर्चामा आएको 'गुगलअर्थ'को प्रयोग पनि सीमित ब्यान्डविथकै
कारण सजिलो छैन । गुगलअर्थ स्याटलाइटसँग जोडिएको यस्तो सुविधा हो जसबाट
संसारको कुनै पनि भागलाई हर्ेन सकिन्छ । कुनै देशको राष्ट्र/सरकार
प्रमुखहरूको भवन, सैन्य निकाय लगायत विभिन्न संवेदशील क्षेत्रहरू सजिलै
हर्ेन सकिने गुगलअर्थर्लाई कतिपय राष्ट्रले 'सुरक्षाका निम्ति खतरनाक'
भनेर विवाद समेत उठाएका छन् ।
|