हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज   | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

नेपाल र आइ.टी.

कुरा काट्नेहरू धेरै देखिए राजाको अप्रिmका भ्रमण किन र केका लागि गरिएको थियो भनेर  । सरकारी वायुसेवा कम्पनीलाई कुँजो बनाएर त्यतिका समय घुम्नु र राष्ट्रको ढुकुटीबाट करोडौँ रुपैयाँ उडाउनुको के प्रयोजन - उनीहरूको प्रश्न थियो  ।

अप्रिmकालाई तानाशाहहरूको खानी नै भने हुन्छ । बितेको आधा शताब्दीमा त्यहाँ एकसेएक तानाशाहहरू देखिए । हेलसिलासी, इदि अमिन, वोथा, इयान स्मिथ, मोबोटु, गद्दाफी, आराप मोई, बोकासा । यी त केही ज्वाजल्यमान हस्तीहरू मात्र हुन् । जसमध्ये धेरैजसो परमधाम गइसके । तर तिनीहरूले स्थापना गरेका परम्परालाई अघि बढाउने तानाशाह अझै छन्  । जस्तै, जिम्बाबेका र्रबर्ट मुगाभे ।
त्यस्ता तानाशाहहरू जन्माउने ठाउँमा राजा ज्ञानेन्द्र तानाशाही टिकाउने र लम्ब्याउने विद्या सिक्न अवश्य गएका होइनन् । प्रजातन्त्रप्रति हाम्रा राजाको तुमुल प्रतिबद्धता रहेको छ । एक्काइसौँ शताब्दीका हाम्रा प्रजातान्त्रिक राजाले अप्रिmकी तानाशाहहरूबाट सिकिरहनुपर्ने केही कुरा छैन ।

नभुलौँ, राजा ज्ञानेन्द्रको सवारी शुरुमा टयुनिसियामा भएको थियो जहाँ सूचना प्रविधि -आइ.टी.) बारे अन्तर्रर्ााट्रय सम्मेलन भइरहेको थियो । सवारीसाथ त्यस बेलाका सूचनामन्त्री र देशमा बहुदल आएपछि सिङ्गापुर गई त्यहाँबाट आइ.टी. विषयमा प्रवीणता हासिल गरेर फर्किएका एक विशेषज्ञ पनि थिए ।

नेपालको सरकारले पोहोर साल जसरी टेलिफोन, मोबाइल, इमेल, इन्टरनेट एकसाथ बन्द गरेर देखाइदियो- त्यो अझसम्म संसारको कुनै देशले गर्न नसकेको काम हो । पोहोर माघ १९ गतेको वाषिर्की जस्तै पारेर सरकारले यस वर्षमाघ ६ गते बिहान मोबाइल फोन र टेलिफोन जसरी बन्द गरेर फेरि एकपटक आफ्नो निपुणता प्रमाणित गरेको छ । हामीकहाँ चुट्कीमा सारा टेलिफोन लाइनलाई आवाजहीन बनाउन सकिन्छ । चुट्कीमा मोबाइललाई 'इममोबाइल' बनाउन सकिन्छ । चुट्कीमा इन्टरनेटलाई 'डिसकनेक्ट' गर्न सकिन्छ । यस्तो उन्नत ज्ञान त ती विकसित मुलुकहरूमा पनि छैन जहाँ टेलिफोन र सञ्चारका अरू प्रविधिहरूको प्रादर्ुभाव भएको थियो ।

यस्तो प्रविधिमा निपुण नेपाल आइ.टी. सम्मेलनमा भाग लिन जानु स्वाभाविक मात्र होइन सान्दर्भिक पनि थियो । त्यो नबुझी राजा अप्रिmका किन सवारी भएको भनी रडाको मच्याउने ?

ग्यासका गुमस्ता

चाडबाडको बेला, पैरोले राजधानी आउने सडक थुनिएको बेला, बन्द हुने हल्ला चलेको बेला र जाडो मच्चिएको बेला खाना पकाउने ग्यासको माग हृवात्त बढ्छ । त्यस्तो बेला हाम्रो टोलका ग्यासवाला साहुजीको पारो पनि हृवात्त चढ्छ । अहिले जाडो बाँकी नै छ र बन्दै बन्दको हल्ला पनि छ । परिणामतः ग्यास दर्ुलभ भएको छ । यस्तो बेला साहुजीको दर्शन पनि दर्ुलभ हुन्छ । साहुजीको पसलको फोन उठ्दैन । उठे पनि 'छैन' र 'थाहा छैन' को रुखो र छोटो उत्तर हुन्छ  । कतिपय अवस्थामा त पसलको ढोकै बन्द हुन्छ ।

पन्ध्र वर्षनाघ्यो होला ती साहुजीले ग्यासको डिलरसीप लिएको र आफूले तिनका पसलबाट ग्यास लिन थालेको । तर ग्यासको कमी भएको बेला केही मोलाहिजा देखाउँदैनन् साहुजी । फोनमा चिन्नै इन्कार गर्छन्  । सामुन्ने गएर खडा भए पनि चिने जस्तो गर्दैनन् । बडो निरपेक्ष भावमा तपाईंको घर कहाँ हो 'रे भनेर सोध्छन् ।

साहुजीको अर्को विशेषता पनि छ । खाली सिलिन्डर लिएर पसलमा गए भरेभोलि भनेर पर्खाउँछन् । फोनबाट अर्डर गरे तुरुन्त कारिन्दालाई साइकलमा सिलिन्डर पठाउँछन् । किनभने सवाल २५ रुपैयाँको ढुवानी दस्तुरको छ जो कारिन्दासित मिलेर उनी थुक नलाई निल्छन् ।

मानिस भन्छन्, साहुजी बडो चुइयाँ र खुराफाती छन् । भित्री गोदाममा ग्यास लुकाएर राख्छन् । अनि बढी दाम तिर्नेलाई खुसुखुसु दिन्छन् । नराम्रो भाषामा भन्ने हो भने ग्यासको कालाबजारी गर्छन् । तर झूटो कुरा गर्नुहुँदैन आफूसित बढी मोल कहिल्यै मागेका छैनन् र अभावमा सजिलैसित ग्यास पनि दिएका छैनन् ।

यसपालिको पूरै जाडो ग्यासको डिपडिप नै रहृयो र साहुजीको पारो पनि चढेको चढ्यै रहृयो । ओहो, यसपटक त ग्यासको सट्टा ग्राहक फारम पो हातमा थमाइदिए पालो नम्बर लेखेर । अब ग्यास पनि कोटामा पाइने चिनी वा चामल जस्तो भयो । पैसा तिरेर ल्याएपछि हिटर बाल्नलाई चलाऊँ कि, खाना पकाउनलाई चलाउFm कि, नुहाउन पानी तताउनलाई चलाउFm कि त्यससित साहुजीलाई केको सरोकार ?

ग्यासका यस्तै गुमस्ताहरू अरू टोलमा पनि होलान् । शायद उनीहरूले पनि यसरी नै ग्राहकहरूलाई ग्यासको फाराम दिएका होलान् ।
ग्यासका यस्तै गुमस्ताहरूले चलाउने अर्थतन्त्रलाई हाम्रा नव्य अर्थशास्त्रीहरूको भाषामा 'प्रिm मार्केट इकोनोमी' भनिन्छ कि क्या हो ?

शान्तिपर्ूण्ा निर्वाचन


उसोभए तपाईंले उम्मेदवारी दर्ता गर्नुभयो हैन? ल त मैले यहाँ बरखी बारेँ!

नगर निर्वाचन न गर भन्ने सबैको प्रचण्ड विरोध भइरहेको अवस्था छ । तर अन्य भलाद्मी नागरिकहरू जस्तै म विश्वस्त छु यो निर्वाचन एक हुन्छ, दर्ुइ हुन्छ, तीन हुन्छ ।

एकजना महान्यायाधिवक्ता थिए जसले सर्वोच्च अदालतको इजलासमै 'हिन्दू अधिराज्यमा राजाको बोली नै कानून हुन्छ' भन्ने उद्घोष गरेका थिए । उनले ठीकै भने, यो हिन्दू अधिराज्य नै हो । संविधानमा त्यस्तै लेखिएको छ । राजाको बोली नै कानून हुन्छ । उनले ठीकै भने यहाँ त्यस्तै भइरहेको छ । उनको यही महाज्ञानका कारण उनी महान्यायाधिवक्ताबाट न्यायाधीश बनाइए । राजेच्छा भएपछि जे पनि हुन सक्छ ।

त्यस्तै यो आसन्न नगर निर्वाचन पनि राजेच्छा हो । राजेच्छा भन्नु नै देवइच्छा हो र देवइच्छा अवश्यमेव पूरा हुन्छ ।

कसैले भाग लिऊन् वा नलिऊन्, कोही उम्मेदवार बनून् या नबनून् त्यसको मतलब छैन । कसैले भाग नलिँदैमा निर्वाचन असफल हुने होइन  । निर्वाचन अवश्य सम्पन्न हुन्छ र हालसम्म देखिएको लक्षणअनुसार निर्वाचन शान्तिपर्ूण्ा ढङ्गले सम्पन्न हुन्छ । किनभने चुनावको दिन पनि घूसपैठ रोक्न र शान्ति बहाल गर्न सरकारले काठमाडौँ र ललितपुरमा माघ ७ का दिन लगाएझैँ शायद दिउँसै कर्फ्यु लगाउँछ । राजा, राष्ट्र र राष्ट्रियतालाई शान्ति चाहिन्छ र शान्ति बहाल गर्ने कर्फ्युभन्दा अर्को भरपर्दो उपाय के हुनसक्छ ?