हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

'म रमाइली छु'

बीबीएसमा अध्ययनरत काठमाडौँ निवासी २३ वषर्ीया सब्बु शाहको चाहना ब्युटिसियन बन्नु हो भने सोख चाहिँ घुम्नु र बास्केटबल खेल्नु । 'मिष्टर हेण्डसम एण्ड मिस ब्युटिफुल ०५८' को मिस ब्युटिफुल र मिस क्याट्वाक् सब्बुले वर्षदिनपछिको 'मिस क्यापिटल' मा मिस प|mेण्डसीप र मिस फोटोजेनिकको उपाधि जितिन् । पाँच वर्षघि मोडलिङ थालेकी उनलाई आधा दर्जन म्युजिक भिडियोमा देख्न सकिन्छ । र्दर्जनौँ फेशन शोको अनुभवपछि 'काम अनुसार दाम' पाइरहेको बताउँछिन् उनी । साथीहरूसँग रमाइलो गर्न
मनपराउने सब्बु भन्छिन्, "म रमाइली छु ।"

तस्बिरः अनुपप्रकाश
मोडल स्रोतः द र्‍याम्प, पुतली सडक
शृङ्गारः चाहना ब्युटी पार्लर, बागबजार, काठमाडौँ


रिपोर्ट

'नाम' भन्दा 'दाम'को माया

डम्बरकृष्ण श्रेष्ठ/कृष्ण शाह यात्री


कशिसदास श्रेष्ठ

एकातिर मुलुक भित्र बढ्दो द्वन्द्व र बेरोजगारी, अर्कोतिर युरोप र अमेरिकामा हुने राम्रो कमाइ ! यस्तो अवस्थामा 'देशले हुत्याएको र परदेशले तानिरहेको' ठानेर विदेशिनेहरूको भीडमा 'नाम' कमाएका कलाकारहरू पनि मिसिने क्रम बढेको छ । कलाकारहरूलाई विदेशिने बाटो देखाइदिएका हुन्, नाटक र चलचित्रमा प्रसिद्धि कमाएका सरोज खनालले । एक दशकअघि श्रीमती र्सर्ूयमाला शर्मासहित सपरिवार अमेरिका पलायन भएका खनाल अहिले त्यहाँका नेपाली कलाकारमध्ये सबैभन्दा सम्पन्न मानिन्छन् । उनको जेठो छोरा अमेरिकी सेनामा जागिरे छन् । बाल्टिमोेर नजिकको उनको भव्य घर र लोभलाग्दो जीवनशैलीलाई धेरै नेपाली कलाकारहरूले आफ्नो लक्ष्य ठान्ने गरेका छन् ।

सरोज खनालपछि अमेरिका जानेहरूमा राजाराम पौडेल, कृष्टी मैनाली, करिष्मा मानन्धर, पूजा चन्द, सारङ्गा श्रेष्ठ, सुधांशु जोशी, सुवर्ण्र्ााोत्री, न्हुच्छेमान डङ्गोल, रवि लामिछाने, रोशनप्रताप राणा, गगन विरही, चन्द्रप्रकाश शर्मा आदि छन् । नायिका करिष्मा मानन्धर आफैँले निर्माण गरेको पछिल्लो फिल्म 'बाबुसाहेब'ले लगानी उठाउन नसकेपछि विरक्तिएर अमेरिका गएकी थिइन् । शुरुमा 'स्यान्डविच सेल्र्सगर्ल'को काम गरेकी उनी अहिले डिपार्टमेन्टल स्टोरमा काम गर्छिन् । 'ग्रीनकार्ड' पाइसकेकी करिष्माले बेलाबेलामा नेपाल आएर फिल्म खेल्छिन् पनि । हालै मात्र नेपाल आएकी करिष्माको नयाँ फिल्म 'पापी मान्छे' पर््रदर्शन भइरहेको छ ।

चार वर्षअघि अमेरिका जाने अवसर पाउँदा सारङ्गा श्रेष्ठ आफू खेलिरहेको फिल्म 'गोधूली'को एउटा गीतको सुटिङ पनि नसिद्ध्याई उडेकी थिइन् । डेढ वर्षेखि उनी एक अमेरिकी नागरिकसँग घरजम गरेर बसेकी छन्  । नायिका पूजा चन्द सात महिनाअघि अमेरिका पुगेकी हुन् । उनी बाल्टीमोरको एक व्यापारिक केन्द्रमा काम गर्दै मोडलिङमा पनि लाग्ने तयारीमा छिन्  ।

आठ वर्षपहिले अमेरिका पुगेका लोकगायक प्रेमराजा महतले त्यहाँ पनि गायनलाई निरन्तरता दिइरहेका छन् । रेष्टुराँमा कार्यरत महत हलिउडको एक फिल्ममा छोटो भूमिकामा अनुबन्धित समेत भएका छन् । नेपालमा मुनलाईट्स रर्ेकर्डस् खोलेर साङ्गीतिक क्षेत्रमा लागेका चन्द्रप्रकाश शर्मा व्यवसाय घाटामा गएपछि अमेरिका छिरेका हुन् । तर उनले उता फेरि मुनलाईट्स रर्ेकर्डकै नाममा र्फम खोलेर नेपाली आवाज भन्ने पत्रिका पनि प्रकाशित गरिरहेका छन् । "दैनिक १८ घण्टा गधा जस्तै जोतिएर केही पैसा कमाए पनि देशको माया मारेको छैन", शर्मा भन्छन्, "नेपाली सङ्गीतलाई विश्व बजारमा पुर्‍याउने प्रयासमा छु ।"

केही समयअघि अमेरिका पुगेका सञ्जीव प्रधान र सरिष्मा अमात्य दम्पती उतै बस्न थालेका छन् । 'बलिदान' चलचित्रकी नायिका अञ्जना सुब्बा पनि ६ वर्षघि नै अमेरिका गएका कलाकार श्रीमान् शैलेस श्रेष्ठसँग बस्न उतै पुगेकी छन् ।


सरोज

राजाराम

करिश्मा

कृष्ति

गौरी

प्रेमराजा

बिना

रुपा


पुजा

पलायनको निहुँ 'मालती मङ्गले'
चर्चित गीति नाटक 'मालती मङ्गले'को पर््रदर्शनका लागि गत वैशाखको अन्त्यमा अमेरिका पुगेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको टोलीका सात जना उतै बसे । अमेरिकाबाट नफर्किनेहरूमा नाटकमा मालतीको अभिनय गर्ने लक्ष्मी श्रेष्ठलगायत कृष्णमुरारी ढुङ्गेल, श्याम खड्गी, कृष्णमान तुलाधर, सङ्गीता शर्मा, सरस्वती राणा र तारा सुवाल छन् । जानेवेला टोलीनेता प्राज्ञ सरुभक्तले सबैलाई राष्ट्रको प्रतिनिधित्व गरेर जान लागेकोले इज्जतपर्ूवक र्फकनुपर्ने बताएका थिए । "चिन्तै नलिनुस्, फर्किन्छौँ, धोका दिँदैनौँ भन्थे, जाने बेला सबै", सरुभक्तले सुनाए, "देशकै प्रतिष्ठामा कलङ्क लाग्छ भनेपछि केही महिनामा फर्किने जवाफ दिए, तर फर्केनन् ।" अमेरिका जाँदा निजी खर्च भएको डेढ लाख रुपैयाँ नउठेकोले त्यति कमाएर फर्किने तर्क ती कलाकारहरूको थियो । नेराप्रप्रले हाजिर हुन ३५ दिने सूचना जारी गरेपछि भने सबैले राजिनामा पठाएका छन् ।

प्रज्ञा-प्रतिष्ठानकै पर्ूव कर्मचारी हेमन्त श्रेष्ठ अध्यक्ष रहेको अमेरिकाको 'एकेडेमी अफ नेपाली आर्ट एन्ड लिटरेचर' र 'डाँफे इन्टरटेनमेन्ट'को निम्तोमा गएको उक्त टोलीले तीन महिनामा ६ वटा अमेरिकी शहरमा मालती मङ्गलेका आठ वटा पर््रदर्शन गरेको थियो । "निम्तो पाउँदा विदेशमा नाटकको माग बढेकोमा गर्व महसूस भएको थियो", २२ वर्षेखि मङ्गलेको भूमिकामा अभिनय गर्दै आएका अभिनेता हरिबहादुर थापा भन्छन्, "उनीहरू बसिदिनाले प्रज्ञा-प्रतिष्ठानलाई त क्षति भयो नै, अव पछि जाने कलाकारहरूलाई पनि गाह्रो हुनेभयो ।"

नेपाल टेलिभिजनमा प्रसारण भइरहेको टेलिश्रृङ्खला 'परिचय'को मुख्य अभिनेत्री रुपा उपाध्याय थाहै नदिई एकाएक अमेरिका गएकी छन् । दर्ुइ महिनासम्म बाटो हर्ेदा पनि नफर्किएपछि निर्देशकले उनको ठाउँमा अर्कै कलाकार राखेका छन् । होचापुड्काहरूको विश्व सम्मेलनमा भाग लिन अमेरिका गएकी 'उपकार नेपाल'का अध्यक्ष कलाकार कृष्णा गौतम पनि फर्किएकी छैनन् ।

अमेरिकापछि जापान, बेलायत
कलाकारहरू अमेरिकापछि बेलायत र जापानमा बढी जाने गरेका छन् । जापान गएकाहरूमा विना बुढाथोकी, गौरी मल्ल, रुपा राना, खेम शर्मा र पार्वती अधिकारी छन् । त्यहाँको रेष्टुरेन्टमा लामो समय सांस्कृतिक कार्यक्रम चलाएकी रुपा राना अहिले नेपालकै कला क्षेत्रमा सक्रिय हुन थालेकी छन्  । खेम शर्मा चाहिँ विदेश जाने चक्करमा दलालले दर्ुइ वर्षघि ठूलो रकम खाइदिएपछि गत वर्षलामो प्रयत्न गरेर जापान पुगेका हुन् ।

गएको वर्षएशिया फाउन्डेशनको निमन्त्रणामा 'आनमया' नाटक पर््रदर्शन गर्ने सिलसिलामा जापान गएका सङ्गीतकार राज थापा अहिलेसम्म फर्किएका छैनन् । आनमयाका निर्देशक अनुप बराल भन्छन्, "त्यसरी बस्दाखेरी पछिका कार्यक्रममा पनि अप्ठ्यारो पर्ने भएकोले नबसे हुन्थ्यो जस्तो लाग्छ । उनी बस्नु हाम्रो लागि पनि अप्ठेरो कुरा हो ।"

चार वर्षघि सांस्कृतिक कार्यक्रमको एक टोलीसहित लन्डन गएका रङ्गमञ्चको अन्तर्रर्ााट्रय सञ्जाल इन्टरन्यासनल थियटर इन्ष्िटच्युट -आईटीआई), नेपाल शाखाका सदस्य मनिष श्रेष्ठ उतै हराए । रङ्गकर्मी गोविन्दसिंह रावत तीन वर्षेखि सपरिवार क्यानडामा छन् । नेपालमा छँदा कार्यक्रमका लागि भनेर कलाकारको रूपमा र्सवनाम समूहको नक्कली लेटरप्याड र छाप प्रयोग गरी विदेशमा मान्छे पठाउने गरेको पोल खुलेपछि उनलाई र्सवनामबाट निकालिएको थियो ।

नेपालमै आत्मसन्तुष्टि
अमेरिकामै बस्ने अवसर पाउँदा पनि छाडेर नेपाल र्फकने कलाकारहरू पनि छन् । कार्यक्रमको लागि अमेरिका पुगेका पपगायक धिरज र्राई यसै गरेर फर्किएका हुन् । "कति नेपाली कलाकारहरूले अमेरिकामै बस्न सुझाव दिँदै अनेक लोभ देखाउँदा श्रीमतीलाई पनि उतै बोलाएर बसौँ कि जस्तो लागिसकेको थियो", धिरज भन्छन्, "तर कमाइ भएपनि स्वदेशमा जस्तो स्वाभिमान र आत्मसन्तुष्टि नहुने लागेर फर्किएँ ।"

कार्यक्रम देखाउन पटकपटक अमेरिका पुगिसकेका हास्य कलाकार किरण के.सी. त्यहाँ धेरै नेपालीहरूले लोभलाग्दो जीवन बिताइरहेको बताउँछन्  । थुप्रै कलाकारहरू भेटे पनि कसैले 'बेकारमा अमेरिका आइएछ' नभनेकोले उनीहरूमा देश छाड्नु पर्दाको आत्मग्लानि नपाएको उनको अनुभव छ । तर के.सी. आफू चाहिँ तीन दशकमा आफूले कमाएको नाम र छवि नै ठूलो सम्पत्ति भएकोले दामको लागि विदेशिन नसकेको बताउँदै भन्छन्, "पैसाले आत्मसन्तुष्टि कहाँ पाइन्छ र -"

राष्ट्रका गहना मानिने कलाकारहरू विदेश पलायन हुनथालेको बारे प्राज्ञ सरुभक्त भन्छन्, "नेपालीहरू लाहुरिने परम्परा नै हो । तर, विदेशमै पलायन हुनुभन्दा त्यहाँ केही सिकेर स्वदेशको सेवा गर्न फर्किनु पो राम्रो ।"

साथमा, कशिसदास श्रेष्ठ अमेरिकामा


जीवनसाथी पनि पाएँ: सारङ्गा


अमेरिकन पतिका साथ सारङ्गा ।

देशको बिग्रिँदो अवस्थाले नेपाली फिल्म क्षेत्रलाई गम्भीर प्रभाव पारेको थियो । त्यस्तो अवस्थामा फिल्मी संसारबाट वास्तविक संसारमा पाइला टेक्ने बेला आएको अनुभवले मलाई अवसरको खोजीको निम्ति अमेरिका पुर्‍यायो । अहिले नेपाली विद्यालयमा केटाकेटीहरूलाई नृत्य सिकाउने लक्ष्मी श्रेष्ठको सहायक भएर काम गरिरहेकी छु । त्यसअघि मैले रेष्टुरेण्ट र फाष्ट फुडमा झण्डै चार वर्षकाम गरेँ  ।

यसै क्रममा एकजना विदेशीसँग परिचय भयो । मैले उनलाई सुखदुःख बाँड्ने र एकअर्काको चाहनाको ख्याल राख्ने राम्रो हृदयको जीवनसाथीको रूपमा पाएकी छु । फर्ुसदको समयमा मीठोमीठो नेपाली परिकार बनाएर श्रीमानलाई खुवाउँछु, टीभी हर्ेर्छर्ुु नेपाल र्फकन सही समय पर्खिरहेकी पनि छु  ।

डम्बरकृष्ण श्रेष्ठ


कला

ललितकलाका अशोक

अशोकमान सिंह नेपाली ललितकलाका एक सिद्धहस्त कलाकार मानिन्छन् । विशेषगरी एकदमै झञ्झटिलो र कम्ती कलाकारहरूले गर्ने 'एअर ब्रस आर्ट'मा दखल राख्ने ५० वषर्ीय कलाकार सिंह -हे. तस्बिर) ले वर्षौँदेखि यसलाई निरन्तरता दिँदै आएका छन् ।

तानसेनको जनता मा.वि. पढ्दाताका नै 'फोटोग्राफी' र 'फाइन आर्ट'को राम्रो प्रतिभामा गनिने सिंह कलाप्रतिको लगावले गर्दा एसएलसी दिएपछि नै पेन्टिङ र फोटोग्राफी सिक्न लखनऊ पुगे । फर्किएपछि उनले तानसेनमै 'अशोक आर्ट स्टुडियो' खोले र २०३० सालमा पाल्पामा एकल कला पर््रदर्शनी गरे । २०३६ सालमा काठमाडौँबाट कलाकारद्वय वैकुण्ठमान श्रेष्ठ र उज्वलकुन्दन ज्यापु पाल्पा पुग्दा उनीहरूले कलालाई फराकिलो पार्न काठमाडौँ आउने सुझाव दिएपछि अध्ययन र कला सिक्न उनी काठमाडौँ भित्रिए  ।

संयोगले आएकै वर्षललितकला क्याम्पसमा आईएफएको अध्ययन शुरु भएकोले उनी त्यहीँ भर्ना भए । क्याम्पसमा उनले वरिष्ठ कलाकारहरू कालीदास श्रेष्ठ, गोविन्द डङ्गोल, शशिविक्रम शाहको सङ्गतबाट कलामा राम्रो शिक्षा र प्रोत्साहन पाए । भन्छन्, "त्यसपछि मलाई कलामा निरन्तरता र नवीनता अनिवार्य कुरा हो भन्ने लाग्यो ।"

पढाइपछि उनले 'इन्जोय नेपाल' भन्ने पत्रिकामा 'ग्राफिक आर्ट'को काम शुरु गरे । र त्यहीँ, कामको सिलसिलामा स्वाध्यायनबाट हावाले 'कम्प्रेसर'को सहयोगबाट क्यानभासमा रङ छरेर चित्र बनाउने 'एयर ब्रस'लाई अँगाले, जुन आजसम्म कायम छ र त्यसमै आज उनी नाम कहलिएका अग्रणी कलाकारमा गनिन्छन् । हल्का स्केच गरेर ब्रसको प्रयोग नगरिकन एकदमै ध्यानपर्ूवक गरिने यो पेन्टिङ शैलीबारे अशोक भन्छन्, "धेरै सोचेर गर्नुपर्ने भएकोले यो सुपर रियालिस्टिक काम मानिन्छ, दुरुस्तै पनि देखिन्छ । अहिले कम्प्युटर प्रविधिले गर्दा यसमा कलाकारको त्यति उपस्थिति देखिँदैन  । तर यो जति गर्‍यो त्यति नै मज्जा आउँछ ।" अशोकले वाटर कलर, पेनानिङ्क, आयल कलरका साथै इलस्ट्रेशन, पोर्टर््रर्ेे ल्यान्डस्केप, फिगरेटिभ आर्ट, थान्काका विभिन्न माध्यम र शैलीमा काम गरे पनि उनको पहिलो रोजाइ भने 'एअर ब्रस आर्ट' नै हो ।

ग्राफिक आर्टमा समेत राम्रो दखल राख्ने अशोकमानले विभिन्न मासिक, दैनिक पत्रपत्रिकामा कला निर्देशकका रूपमा लामो अनुभव सँगालेका छन् । तीन दशक लामो ग्राफिक आर्टको अनुभव सँगालिएको उनको पुस्तक चाँडै प्रकाशित हुँदैछ । सिंह भन्छन्, "अहिले ग्राफिक आर्ट हरेक विधामा अनिवार्य भएको छ । यसको क्षेत्र र महत्त्व पहिलेभन्दा बढेको छ ।"

नेपालमा कला विषयको पाठ्यसामग्री र शैली व्यावहारिक नभएको बताउने अशोक अहिले १ देखि ५ कक्षासम्मका विद्यार्थीहरूका लागि कला विषयको पाठ्यपुस्तक डिजाइन गरिरहेका छन् । यी पुस्तकबाट विद्यार्थीहरूले सानो कक्षादेखि नै रङ र पेन्टिङलाई नजिकबाट बुझने क्षमता विकास गर्न सक्ने उनको दावी छ । विभिन्न संयुक्त कला पर््रदर्शनीहरूपछि उनी अब एकल कला पर््रदर्शनी गर्ने तरखरमा छन् । भन्छन्, "नयाँ पेन्टिङ बनाउने कामसँगै पुरानाको सङ्कलन पनि शुरु गरिसकेको छु । छिट्टै र्सार्वजनिक गर्ने सोचाइमा छु ।"

यात्री


कला

बसन्तको खोजी र सर्वनामको कथा

पच्चीस वर्षघि मञ्चन भएको नाटक 'हामी बसन्त खोजिरहेछौँ'ले समसामयिक नेपाली नाटक र रङ्गमञ्चमा ठूलो महत्त्व राखेको छ । यही नाटकबाट नेपाली रङ्गमञ्चले सडक नाटक शैली पायो, सिर्जनशील रङ्गकर्मीहरू जन्मायो, प्रतिबद्ध रङ्गसंस्था र्सवनामको बीजारोपण गर्‍यो ।

र्सवनामले हालै यो नाटकलाई अधिराज्यका २७ ठाउँमा फेरि मञ्चन गर्‍यो । तर समय र पात्रहरू फेरिए पनि पच्चीस वर्षअगाडि लेखिएको नाटक अहिले पनि सान्दर्भिक छ । निर्देशक अषेश मल्ल त्यसलाई दर्ुभाग्य मान्छन्, "अगाडि बढ्नुपर्ने बेलामा पुरानो नाटक मञ्चन गरेर हिँड्नु परेको छ । किनकि राष्ट्रले अहिले पनि हरियाली र उज्यालो खोजिरहेको छ ।"

२०३० को दशकको आरम्भतिर त्रिभुवन विश्वविद्यालय कर्ीर्तिपुरमा विद्यार्थी हुदाँ अशेष मल्ल, किशोर पहाडीहरूलाई भूगोलपार्कमा मान्छेहरूको भीडभाड देखेर त्यहीँ नाटक गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । अशेष भन्छन्, "त्यही पार्कमा मैले किशोरलाई एउटा नाटकको कथा सुनाउँदा उनले लेख्न भने । अनि लेखेँ- हामी बसन्त खोजिरहेछौं ।"

सडक नाटकबारे उनीहरूले त्यो बेला सोचेकासम्म पनि थिएनन्  । अशेष मल्ललाई त्यो नाटक क्याम्पसको खुला करिडोरमा नै किन नदेखाउने भन्ने लाग्यो र त्यहीँ मञ्चन गरे । उक्त नाटक विभिन्न चरण पार गर्दै २० भदौ २०३९ मा कर्ीर्तिपुरको कोरोनेशन गार्डर्ेेा मञ्चन भयो । खुला ठाउँको प्रस्तुति निकै प्रभावकारी बन्यो । "जनतामाझ खुला रूपमा जाँदा नाटकको सौर्न्दर्य नै चहकिदो रहेेछ", अनुभवले उत्साही बनाएको सुनाउँदै भन्छन् अशेष, "त्यसपछि सडक नाटकलाई नै निरन्तरता दिन थाल्यौँ । रङ्गमञ्चमा खर्च गरेर नाटक गर्ने पैसा नभएको बेला रङ्गमञ्चमात्र नाटक हैन, नाटकभित्रै रङ्गमञ्च जन्माउनु पर्छ भनेर र्सवनाम जन्मायौ  ।"

र्सवनामले २५ वर्षो अवधिमा आफूलाई बचाउने र नाटक गर्ने काम मात्र गरेको छैन, आफ्नो पृथक् मञ्चन शैलीको माध्यमले नेपाली रङ्गमञ्चलाई एउटा भिन्न मोड पनि दिएको छ । 'कालो इतिहास', 'कुमारजी आज्ञा गर्नुहुन्छ', 'सडकदेखि सडकसम्म', 'मृत्यु उत्सव' जस्ता दर्जनौँ नाटकहरूले र्सवनामको उचाइलाई धेरै माथि पुर्‍याएका छन् ।

कृष्ण शाह


डायरी

शोभनाको कत्थक

भारतको ५७ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको आयोजनामा १० माघमा वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा भारतकी चर्चित कत्थक नृत्याङ्गना शोभना नारायणले आफ्नो कला प्रस्तुत गरिन्  । राजदूत शिवशङ्कर मुखर्जीले उद्घाटन गर्नुभएको दर्ुइ घण्टा लामो प्रस्तुतिमा शोभनाले आफ्नो हातखुट्टाको चाल र शरीरको हाउभाउबाट महाभारत, रामायण र बुर्द्धदर्शनका कथालाई प्रस्तुत गरेकी थिइन् ।

मिष्टर एण्ड मिस राजधानी

दिनेश शाह र स्विटी शाक्यले यस वर्षो मिष्टर एण्ड मिस राजधानी उपाधि जितेका छन् । द एरो मोडलिङ एजेन्सीको प्रस्तुति र नेप्लीज मोडेल डट कमको आयोजनामा २ माघमा ललितपुरमा सम्पन्न प्रतियोगितामा २५ प्रतिस्पर्धी रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी सिद्धान्त घिमिरेले गरेका थिए ।

राजधानीमा माघी महोत्सव

विगतका वर्षँै आदिवासी थारूहरूले यस वर्षपनि १-२ माघमा राजधानीमा माघी महोत्सव मनाए । भृकुटीमण्डपमा आयोजित दर्ुइदिने महोत्सवमा थारू जातिको संस्कृति झल्कने डेढ दर्जन नृत्य, थारू परिकार घुघी, मुसाको मासुसँगै चर्चित थारू नाटक कम्लहरी र चलचित्र कमैया को पर््रदर्शनी गरिएको थियो । महोत्सवको आयोजना मध्य तथा सुदूरपश्चिमाञ्चल थारू साँस्कृतिक समूह तथा फूलबारी एफएमले गरेका हुन् ।

प्रज्ञा डबलीमा तीन नाटक

'सामूहिक रर्ङ्गकर्म अभियान २०६२' को दोस्रो श्रृङ्खलामा १ माघमा प्रज्ञा डबलीमा अशोक शिवाकोटीको 'सुर', हेमन्त गौतमको 'हिङ्गमाङको चौँरी' र मनोजबाबु पन्तको 'मान्छे प्रतियोगिता' नाटक मञ्चन भयो । डबलीमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान र राजधानीमा सक्रिय ६ नाट्य समूहको संयुक्त आयोजनामा महिनाको पहिलो शनिबार नाटकहरू निःशुल्क मञ्चन हुँदै आइरहेको छ ।

मिष्टर एण्ड मिस पूर्वाञ्चल

१७ प्रतिस्पर्धीलाई उछिन्दै विराटनगरका जय शर्मा -२०) ले 'पर्ूवाञ्चल सुपर मोडल कन्टेष्ट २००६'को र रेम्सा बास्तोला -२०) ले १२ जनालाई उछिनेर मिस पर्ूवाञ्चलको उपाधि जितेकी छन् । टी.एस. नेपालले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी विमलेश अधिकारीले गरेका थिए  ।


ढाँचा फेरियो 'पलेँटी'को

वर्षदिनअघि नेपालयले थालेको लघु साङ्गीतिक जमघट 'पलेँटी' १४ माघ देखि नयाँ ढाँचामा शुरु भएको छ । पलेँटीको दोस्रो वर्षो पहिलो कार्यक्रममा 'भैँसी लड्यो है माया' र 'एउटा खुल्ला किताब हुँ म' जस्ता चर्चित गीतकी गायिका डेजी बराइली प्रस्तुत भइन् ।

श्रोता र कलाकारबीचको सम्बन्धलाई निकट र सौहार्दपर्ूण्ा बनाउने उद्देश्यले सीमित श्रोतामाझ गायकलाई प्रस्तुत गरिने यो कार्यक्रम अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार सञ्चालन हुन्छ । 'पलेँटी कसेर आभासलाई सुनौँ' शर्ीष्ाक दिएर गत वर्षरि नै आभासलाई सुनाएको नेपालयले सन् २००६ मा भने प्रत्येक महिना फरक-फरक कलाकारलाई प्रस्तुत गर्नेछ । नेपालयका अर्पण शर्माका अनुसार, यस वर्षमुलुक भित्र र बाहिरका नेपाली आधुनिक सङ्गीतजगत्का अग्रज नेपाली कलाकारहरूलाई श्रोतासामु प्रस्तुत गरिनेछ  । डेजी बराइलीपछि भीम विराग, शाान्ति ठटाल, मञ्जुल, कुमार सुब्बा, कर्म योञ्जन र फत्तेमानलाई मानभवनस्थित 'आर'शालामा पलेँटी कसेर सुन्न सकिनेछ ।


नयाँ सिर्जना


प्रेमज्योति
मुना अर्यालद्वारा रचित भजन सङ्ग्रह
सङ्गीतः आनन्द र्राई
स्वरः उदय सोताङ, सङ्गीता प्रधान राना, मनीला सोताङ, सुधाकर पन्त, उदेश श्रेष्ठ, कुन्ती मोक्तान र विश्व नेपाली
प्रस्तुतिः ज्योति महिला साक्षरता केन्द्र


ग्रीनकार्डको लोभमा
उत्तम र्राईका आधुनिक गीतहरू
सङ्गीतः मदन दिपबिम
गीतकारः मदन दिपबिम, क्षेत्रप्रताप अधिकारी, भुपाल र्राई, रमण घिमिरे, कृष्णहरि बराल, चेतन कार्की, दिनेश अधिकारी, कालीप्रसाद रिजाल, रत्नशमशेर थापा र राजेन्द्र चोथाले
प्रस्तुतिः म्युजिक नेपाल


वार्ता

गिरीलाई भन्दा कोइराला र नेपाललाई देशको माया छ

किरण केसी, हास्य अभिनेता

नेपाल टेलिभिजनको हास्य टेलिशृङ्खला जिरे खुर्सानीको माध्यमबाट दर्शकहरूमाझ 'ए राता मकै' थेगोलाई प्रिय बनाउन सफल ४८ वषर्ीय किरण केसी प्रजातन्त्र अपरिहार्य भएको बताउँदै भन्छन्, "समस्या समाधानको निम्ति सबै पक्षबीच सम्वाद जरुरी छ ।"


किरण पाण्डे

नेपाली कलाक्षेत्रमा हास्य विधाको स्थान कस्तो छ ?
चलचित्र र रङ्गमञ्चको अभिन्न अङ्ग मानिने हास्य विधा टेलिकार्यक्रमको निम्ति समेत नभई नहुने भइसक्यो । तीतो सत्य, जिरे खर्ुसानी जस्ता कार्यक्रमको लोकप्रियताले यही देखाउँछ ।

समसामयिक राजनीत्रि्रति व्यङ्ग्य हुन छाडेको हो ?
सरकार र दलहरूले गरेका नराम्रा कामप्रति व्यङ्ग्य पटक्कै नभएको होइन  । पुत्लै जलाएर देखाउन त मिलेन । त्यसमाथि अहिले 'सेन्सर' पनि छ । प्रजातन्त्र आयो-आयो भन्छन्, तर कस्तो आयो-आयो, टिभीमा पनि सेन्सर झेल्नुपर्ने ।

तर, देशलाई गम्भीर प्रभाव पारिरहेको द्वन्द्वको कथा चाहिँ चलचित्रमा समेटिएको पाइन्न नि !
द्वन्द्वको कथामा चलचित्र बनाउँदा ठूलो जोखिम छ । सरकार-माओवादी दुवैको निशाना बन्ने अवस्था छ । यस्तोमा जोखिम लिने कसले ?

यस्तो अवस्थामा कलाकारहरूको दायित्व के त ?
देशको नराम्रो प्रवृत्ति माथि व्यङ्ग्य गरिरहेकै छाँै । प्रजातन्त्रको निम्ति पञ्चायतकालमा आफ्नो ठाउँबाट लडेकै हौँ । अहिले प्रजातन्त्रमा सङ्कट परेको बेला चुप लागेर बस्ने कुरै हुँदैन ।

किन अहिले देशमा प्रजातन्त्र छैन र ?
कोही प्रजातन्त्र मरिसक्यो, कोही आर्यघाटमा त कोही आईसीयुमा छ भन्छन्  । तर प्रजातन्त्र सधैँ रहिरहन्छ । यसलाई अहिले पुस-माघको बादलले ढाकेको मात्र हो, त्यो हट्छ ।

सरकारको चुनावी तयारीबारे के भन्नुहुन्छ ?
चुनाव हुनै सक्दैन र भए पनि त्यसको कुनै औचित्य छैन । चुनावको रौनक कतै देखिएको छैन । र्सवदलीय सरकार बनाएर चुनाव गरिएको भए हुन्थ्यो  ।

राजाको प्रत्यक्ष शासनको एक वर्षा तपाईँको अनुभव ?
१९ माघ आउन दलहरू पनि जिम्मेवार छन् । राजाले यसलाई निरन्तरता नदिएकै भए हुन्थ्यो । तैपनि राजाको बोलीमा 'प्रजातन्त्रै-प्रजातन्त्र' छ । व्यवहारमा पनि त्यसो भैदिए त मौसुफ २१ औँ शताब्दीका महान् राजा बनिबक्सन्थ्यो  ।

राजाको सरकारको काम प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
राजाले देशको शासन जनचाहना र देशलाई नबुझेका तुलसी गिरी जस्ताको हातमा दिनुहँुदैनथ्यो । यो देशको माया त तुलसी गिरीलाई भन्दा गिरिजाप्रसाद कोइराला र माधव नेपालहरूलाई नै बढी छ ।

नेपाली चलचित्रमा पूरै भारतीय नक्कल भयो भन्छन् नि ?
बसन्ती, प्रेमपिण्ड, मुनामदन, बसाइँ जस्ता चलचित्र हर्ेन दर्शक हलसम्म जाँदैनन् । भारतीय नायिकाले कट्टु देखाएको रङ्गलिा चलचित्र चाहिँ दर्ुइ सय दिन चल्छ । अनि के गर्नु ?

अनुशील


खेलकुद

प्याराग्लाइडिङ प्रतिस्पर्धा


किरण पाण्डे

ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल -टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखराको आयोजनामा १० माघमा सम्पन्न अन्तर्रर्ााट्रयस्तरको सातौँ नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगितामा नेपालका राजेश बमजमले तेस्रो स्थान हासिल गरे ।

रसियाका माश्लेनिकोभ डिमीट्जीले उपाधि प्राप्त गरेको सो प्रतिस्पर्धामा बेलायतका एडम हिलले दोस्रो स्थान प्राप्त गरे । पाँचदिन चलेको उक्त प्रतियोगितामा उत्कृष्ट अवतरणको उपाधि नेपालकै पाइलट सङ्र्घष्ा बिष्टले जिते । त्यस्तै 'वेष्ट एग्रोभ्याटिक' बेलायतका म्याट बेकरर्डाईकले प्राप्त गरेका छन् । प्रतियोगिताको जुनियरतर्फपहिलो र दोस्रो नेपालका अनिल गुरुङ र विनोद बमजम भएका छन् ।

२१ राष्ट्रका ७२ जना प्याराग्लाइडर पाइलटहरूको सहभागिता रहेको यो प्रतियोगिताले नेपालमा साहसिक पर्यटन क्षेत्रको विकास गर्न टेवा पुर्‍याउने विश्वास गरिएको छ । नेपालमा एक दशकअघि शुरु भएको प्याराग्लाइडिङ खेलका लागि पोखराको सराङ्कोट संसारकै उत्कृष्ट पाँच स्थलमध्ये मानिन्छ  । नेपालमा रहेको ब्ल्यु स्काई र सनर्राईज प्याराग्लाइडिङले गत वर्षमात्र एक हजार पर्यटकलाई उडाएका थिए ।

रमेश पौडेल


खेलकुद

धूलो बनाइँदैछ साख


तस्विर: मीन बज्राचार्ये, ग्राफिक्स सुरेशराज न्यौपाने
सङ्गीना वैद्य

नेतृत्वको पर्ूवाग्रही व्यवहारका कारण खेलाडीहरू विदेशिएका, खेलको स्तर खस्किएको र तेक्वान्दो संघमा विभाजन समेत भएको छ ।

दर्ुइ दशकयता हरेक अन्तर्रर्ााट्रय प्रतियोगितामा नेपालको इज्जत धान्ने खेलको रूपमा चिनिएको तेक्वान्दो आज पनि आम नेपालीको ध्यान खिच्न सफल छ । तर केही वर्षता यस खेलको व्यवस्थापकीय निकायमा देखिएको खिचातानी, मनमुटाव र फाटोले कतै यो साखलाई तल खसाल्ने त होइन भन्ने आशङ्का उत्पन्न गराएको छ । र, यो आशङ्कालाई तेक्वान्दो खेलाडीहरूको बढ्दो पलायनले पनि बल दिएको छ ।

सन् १९८६ को सोल ओलम्पिकमा तेक्वान्दो खेलाडी विधान लामाले पाएका कास्यपदक नै अहिलेसम्म नेपालले हासील गरेको एकमात्र ओलम्पिक पदक हो । त्यस्तै गरी सन् १९९७ मा अष्ट्रेलियामा सम्पन्न एसियाली तेक्वान्दो प्रतियोगितामा सङ्गीना वैद्यले नेपालका लागि एसियालीस्तरको पहिलो स्वर्ण्र्ाादक जितेकी थिइन् । एशियाली खेलतर्फपनि, सन् १९९८ को ब्याङ्कक एसियाडमा सविता राजभण्डारीले तेक्वान्दोबाटै पहिलो पटक नेपाललाई एसियाड रजत पदक दिलाएकी थिइन् । यसमा प्राप्त अन्य तीन कास्य पदक पनि तेक्वान्दोले नै दिलाएको थियो । सन् २००२ को बुसान एसियाडमा तीन वटा कास्यपदक पनि तेक्वान्दोबाटै प्राप्त भएका हुन् । काठमाडौँमा सम्पन्न आठौँ साफ खेलमा नेपालले तेक्वोन्दोबाट मात्रै १४ वटा स्वर्ण्र्ाादक प्राप्त गरेको थियो भने नवौँ साफमा पनि ६ वटा स्वर्ण्र्ााेक्वान्दोले नै दिलाएको थियो ।

तर, ओलम्पिकमा कास्य दिलाउने विधान लामा र एसियाडमा रजत दिलाउने सविता राजभण्डारी जस्ता अन्तर्रर्ााट्रय स्तरका खेलाडीहरू अहिले विदेशिएका छन् । यी दर्ुइसँगै नारायण गुरुङ, हरि तामाङ, लव गोर्खाली, दिवाकर महर्जन, रेणुका मगर, रुपाकुमारी स्यांगतान, निर्मल श्रेष्ठ, निरञ्जन श्रेष्ठ, किशोर श्रेष्ठलगायतका प्रतिभाशाली खेलाडीहरू पनि अमेरिका पुगेका छन् । यसैबीच सङ्गीना वैद्य पनि अमेरिका जाने तरखर गरिरहेकी बुझएिको छ ।


किरण पाण्डे

खेलाडीहरूको विदेश पलायन बढ्नुमा अधिकांश खेलाडीले नेपाल तेक्वान्दो संघको 'पर्ूवाग्रह'लाई प्रमुख कारण बताएका छन् । "यसको पछिल्लो उदाहरण झापाका प्रशिक्षक विजय न्यौपानेलाई मिति समेत तय भइनसकेको प्रथम साफ च्याम्पियनसीप तेक्वान्दो प्रतियोगिताको तयारीको नाममा कुनै पर्ूवाधार नभएको ताप्लेजुङमा सरुवा गर्नु हो", एक खेलाडी बताउँछन्  । नेतृत्वको 'पर्ूवाग्रही व्यवहार'का कारण तेक्वान्दो संघ विभाजित समेत भएको छ । नेपाल तेक्वान्दो संघप्रति असन्तुष्ट केही व्यक्तिहरूले 'अखिल नेपाल तेक्वान्दो संघ' गठन गरेका छन् ।

तेक्वान्दोका प्रमुख प्रशिक्षक दीपराज गुरुङलाई नक्कली प्रमाणपत्र वितरण गर्ने गरेको आरोपमा बर्खास्त गरिएको थियो । तर उनी किशोरबहादुर सिंह र रुक्मशमशेर राणाबीचको विवादमा दुवैलाई रिझाएर सो निर्ण्र्ााउल्ट्याउन सफल भएका छन् । विश्व तेक्वान्दो संघले कुनै पनि राष्ट्रिय संघलाई ब्ल्याकबेल्ट वितरण गर्दा ७० अमेरिकी डलर लिने गरेको भएपनि राष्ट्रिय संघले खेलाडीहरूबाट १२० डलर लिने गरेको छ । यसरी प्रत्येक ब्ल्याकबेल्टबाट जम्मा हुने अतिरिक्त ५० डलरको संघमा कुनै हिसाब-किताब छैन । नेपाल तेक्वान्दो संघका अध्यक्ष रुक्मशम्सेर राणा आफैँ पनि यसबारे "केही थाहा नभएको" बताउँछन् ।

खेलाडीको विदेश पलायनले आगामी दिनमा तेक्वान्दोको भविष्य नै कता जाने भन्ने प्रश्न उठिरहेको समयमा नेपाल तेक्वान्दो संघ चाहिँ समस्या सुल्झाउने भन्दा बल्झाउनेतर्फलागेको पाइएको छ । संघको नेतृत्वले अहिले आफूसँग असहमतहरूलाई पेल्ने नीति अख्तियार गरेको छ । असन्तुष्टहरूले 'व्रि्रोह' गरेर गठन गरेका अखिल नेपाल तेक्वान्दो संघको टोलीलाई दर्ुइ महिनाअघि गोर्खा हिल मार्सल आर्ट केन्द्रको आयोजनामा दिल्लीमा भएको प्रतियोगितामा भाग लिन जान नदिन संघले अन्तिम समयसम्म प्रयास गरेको खेलाडी अनुयाज गौतम बताउँछन्् ।

मनोज घिमिरे