हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अनुभव | समीक्षा

तन्त्रशास्त्र सहयोगी


किताबः
दशमहाविद्या
कृतिकारः ज्यो. पं. दण्डपाणि अर्ज्याल
प्रकाशकः दण्डपाणि अर्ज्याल स्मृति प्रतिष्ठान, काठमाडौँ, २०६२
पृष्ठः १६०, मूल्यः रु.२५०

तन्त्रशास्त्रको गहन र आधिकारिक परिचय दिने पण्डित दण्डपाणि अर्ज्यालको दशमहाविद्या मा निगमामय रहस्य, विद्या रहस्य, दशसङ्ख्या रहस्य, दशमहाविद्या, श्रीविद्या महिमा, तन्त्र रहस्य र श्रीयन्त्र प्रकरण तथा लेखनविधि आदि अध्यायहरू छन् ।

प्रथम अध्यायमा 'र्सर्ूय विद्या नै निगम हो' 'पृथ्वी विद्या नै आगम हो' भन्दै विद्वान् लेखकले वैदिक र शास्त्रीय प्रमाणहरू अघि सार्नुभएको छ । उहाँका सबल तर्कले जिज्ञासु पाठकलाई नयाँ ज्ञान पाएको अनुभूतिसँगै नेपालमा पनि यति उपल्लोस्तरका तन्त्रसाधक रहेछन् भनी गर्व गर्ने अवसर प्रदान गर्छन् ।

विद्या रहस्यमा 'ब्रहृमादि पाँच तत्वको उत्पत्तिक्रम' र 'विश्वेश्वर प्रजापतिका कलाहरू' पनि त्यत्तिकै गहन छन् । यहीँ थाहा भयो 'प्रजापति' शब्दको सही अर्थ । लेखाइ यति गम्भीर अनुभवसिद्ध छ कि, हरेक वाक्यको अभ्रि्राय बुझन दोहोर्‍याई-तेहेर्‍याई पढ्नर्ुपर्छ ।

'दश महाविद्या प्रकरण' मा काली, तारा, षोडसी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, एक्ली महाविद्या धूमावती, बगलामुखी, मातङ्गी एवं कमला तथा क्लीं महाविद्याहरूमा शिवको विषय प्रतिपादन पनि बडो राम्रोसँग गरिएको छ । तथापि, प्रस्तुत ग्रन्थको बृहत्तर र मुख्य प्रतिपाद्य विषयवस्तु 'श्रीविद्या' र श्रीविद्याको व्रि्रह श्रीयन्त्र अनि श्रीयन्त्रको लेखन प्रक्रिया हो । श्रीविद्या नै ब्रहृम विद्या हो, श्रीविद्या नै आत्मशक्ति हो भन्दै लेखकले प्रामाणिक रूपमा विषय प्रतिपादन गर्नुभएको छ । संहारक्रमबाट श्रीयन्त्र लेख्ने विधिलाई लेखकले रेखाचित्र कोर्दै विस्तारपर्ूवक बताउनुभएको छ । विन्दु, त्रिकोण, अष्टार, अर्न्तर्दशार, बहिर्दशार, चतर्ुदशार, अष्टदल कमल, षोडशदल कमल, तीनवृत्त र तीन भूपुरका सबै देवता र ती देवताका मन्त्रहरू पनि दिइएको छ- जो प्रायशः दिने गरिँदैन  । लेखकको अभ्रि्राय साधकले अन्यत्र जान नपरोस् भन्ने हुनसक्छ ।

आस्थावान् र जिज्ञासु पाठकहरूको लागि यति उपयोगी ग्रन्थको भूमिका डा. दर्ुगाप्रसाद दवाडीको छ जसमा उहाँले शैवदर्शन र शक्ति दर्शनको प्रस्तुति अत्यन्त राम्रो गर्नुभएको छ । ग्रन्थको गरिमा अनुरुपको भूमिका पठनीय, मननीय छ । ग्रन्थको आवरणमै श्रीयन्त्रको रंगीन चित्र दिइएको छ । श्रीयन्त्र र यसका देवताहरूको ध्यान अनुरुपको सारै राम्रो पौवाचित्र भक्तपुरको कला सङ्ग्रहालयमा छ । पशुपतिनाथको पर्ूव प्रवेशद्वारको दाहिने रहेको गंगादेवी मन्दिरको गजुर नै पनि श्रीयन्त्र हो ।

श्रीकृष्ण गौतम


दुई पत्रकार दुई किताब


किताबः
नेपालमा राजतन्त्र र
दलहरूबीचको सङ्र्घष्ा
लेखकः र्सर्ूय थापा
प्रकाशकः नवयुग प्रकाशन प्रा.लि., २०६२
पृष्ठः ३४८, मूल्यः रु.२००/५००


किताबः माघ-१९ को महाभारत
लेखकः किशोर श्रेष्ठ
प्रकाशकः आस्था प्रकाशन प्रा.लि., २०६२
पृष्ठः ८१, मूल्यः रु.१००

२३ शर्ीष्ाक र चार परिशिष्टमा बाँडिएको पत्रकार र्सर्ूय थापा लिखित पुस्तक 'नेपालमा राजतन्त्र र दलहरूबीचको सङ्र्घष्ा' ले नेपालमा राजतन्त्र, प्रजातान्त्रिक र वामपन्थी दलहरूको धारणा, अन्तर्विरोध र इतिहासलाई कोट्याए र आजको लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई राम्रो गुन लगाएको छ । तर, पुस्तकको आकार, प्रकार र शैलीमा भयानक त्रुटिहरू फेला पर्छन् । कतिपय ठाउँमा लेखकीय अज्ञानता समेत झल्किन्छ । राजतन्त्रको विश्लेषण गर्दा पुष्पलालदेखि बीपी कोइराला र मोहनविक्रम सिंहलाई आफैँले 'जजमेन्ट' गर्नु कति न्यायोचित हुन्छ भनेर लेखकले सोच्नुपर्ने थियो ।

कतिपय ठाउँमा -लेनिनको प्रसङ्गमा पृष्ठ ४१, लेनिनले किन, कतिबेला र कहाँ भनेका हुन् -) घटनाको अभावमा विश्वसनीयताको समस्या पर्छ । राजतन्त्रबारे सम्पर्ूण्ा दलहरूका धारणा सङ्कलन मात्र गरेर प्रकाशन गर्न पाएको भए बढी जाति हुन्थ्यो । 'दलहरूबीचको सङ्र्घष्ा'भन्दा वाम-प्रजातान्त्रिक दल र राजतन्त्रबीचको सङ्र्घष्ा भनिदिएको भए अझ राम्रो हुनेथियो, किनकि दलहरूमा बद्री मण्डल सद्भावना र कमल थापाको राप्रपा जस्ता पनि पर्दछन् ।

इतिहासमा राजसंस्थाको अनिवार्यता र आज त्यसको असान्दर्भिकता बारे व्याख्या गर्दा वैज्ञानिक अध्ययन एवं ऐतिहासिक शिक्षालाई आधार बनाउन सकेको भए र्सर्ूय थापाजीको राजतन्त्रबारेको अध्ययनलाई वैज्ञानिक मान्न सकिन्थ्यो । प्रा. कृष्ण खनाल र कृष्ण पोखरेलका भूमिकाले चाहिँ किताबको वजन र शोभा दुवै बढाइदिएका छन् । पुस्तकको सबभन्दा राम्रो पक्ष परिशिष्टमा दिइएका बीपी, पुष्पलाल, मदन भण्डारी र मोहनविक्रम सिंहका राजतन्त्रबारेका अवधारणाहरू हुन् । राजा र दलहरूबीचको अन्तरसङ्र्घष्ाको प्रस्थान र निर्ण्ाायक बिन्दु कहाँ हो - वर्ग एवं वर्ग सङ्र्घष्ामा राजा र दलहरूबीचको पक्षधरता कता हो - भन्ने जस्ता कुरा नआएकाले राजा र दलहरूबीचको सङ्र्घष्ाको वैचारिक निरुपण भने हुनसकेको छैन ।

दल र राजसंस्थाबीचको झगडाको पछिल्लो प्रतिबिम्ब अर्का पत्रकार किशोर श्रेष्ठको '१९ माघको महाभारत' मा राम्ररी अभिव्यक्त भएको छ । षड्यन्त्रमा नेपालको दरबार कति निर्लिप्त छ भन्ने कुरा यसले बलियो प्रमाण दिन्छ । नेपालमा राजदरबारको चलखेलमा राजनीतिक दलहरू मात्र नभएर भारत र अमेरिका समेत अनभिज्ञ छन् भन्ने कुरा श्रेष्ठले औंल्याएका छन्, जुन सजिलै पत्याउन र पचाउन गाह्रो पर्छ । लेखकको आत्मपरक शैलीले गर्दा किताब पढ्न रुचिकर तर सबै प्रसङ्गमा विश्वास गर्न कठिन तुल्याएको छ । नेपालका राजनीतिक दलहरू मुलुक र राजसंस्थाबारे अदूरदर्शी रहेको प्रमाण १९ माघको घटना हो भन्ने लेखकको ठम्याइ चाहिँ सोह्रैआना सत्य हो ।

जेहोस् सम्पर्ूण्ा विश्वास पाठकमा छाड्दै यी दर्ुइ पुस्तकले नेपालमा गणतन्त्र स्थापना गर्न लागिपरेकाहरुलाई राम्रै गुन लगाएका छन् ।

पुष्कर


प्राप्त कृति


१९९७ देखि २०१७ सालः
एक अवलोकन

(दस्तावेजमा आधारित संस्मरण)
लेखकः अरविन्द रिमाल
प्रकाशकः टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान, २०६२
पृष्ठः ५६८, मूल्यः रु.५००


नेपालः सेलिब्रेट रोटरी
(सामाजिक, आर्थिक लेखहरूको सङ्गालो)
सम्पादनः विश्वकेशर मास्के
प्रकाशकः रोटरी क्लब-नेपाल, काठमाडौँ, सन् २००५
पृष्ठः ३९२, मूल्यः रु.५००/८००

गणितबाट रमाइलो
(गणितमा चाख जगाउने बाल पुस्तक)
सङ्कलन/सम्पादनः माधव शर्मा
प्रकाशकः रत्न पुस्तक भण्डार, २०६२
पृष्ठः २८, मूल्यः रु.४०