अनुभव | समीक्षा
तन्त्रशास्त्र सहयोगी

किताबः दशमहाविद्या
कृतिकारः ज्यो. पं. दण्डपाणि अर्ज्याल
प्रकाशकः दण्डपाणि अर्ज्याल स्मृति प्रतिष्ठान,
काठमाडौँ, २०६२
पृष्ठः १६०, मूल्यः रु.२५० |
तन्त्रशास्त्रको गहन
र आधिकारिक परिचय दिने पण्डित दण्डपाणि अर्ज्यालको
दशमहाविद्या मा निगमामय रहस्य, विद्या रहस्य, दशसङ्ख्या रहस्य, दशमहाविद्या,
श्रीविद्या महिमा, तन्त्र रहस्य र श्रीयन्त्र प्रकरण तथा लेखनविधि
आदि अध्यायहरू छन् ।
प्रथम अध्यायमा 'र्सर्ूय विद्या नै निगम हो' 'पृथ्वी
विद्या नै आगम हो' भन्दै विद्वान् लेखकले वैदिक र शास्त्रीय प्रमाणहरू
अघि सार्नुभएको छ । उहाँका सबल तर्कले जिज्ञासु पाठकलाई नयाँ ज्ञान
पाएको अनुभूतिसँगै नेपालमा पनि यति उपल्लोस्तरका तन्त्रसाधक रहेछन्
भनी गर्व गर्ने अवसर प्रदान गर्छन् ।
विद्या रहस्यमा 'ब्रहृमादि पाँच तत्वको उत्पत्तिक्रम'
र 'विश्वेश्वर प्रजापतिका कलाहरू' पनि त्यत्तिकै गहन छन् । यहीँ थाहा
भयो 'प्रजापति' शब्दको सही अर्थ । लेखाइ यति गम्भीर अनुभवसिद्ध छ कि,
हरेक वाक्यको अभ्रि्राय बुझन दोहोर्याई-तेहेर्याई पढ्नर्ुपर्छ ।
'दश महाविद्या प्रकरण' मा काली, तारा, षोडसी, भुवनेश्वरी,
छिन्नमस्ता, भैरवी, एक्ली महाविद्या धूमावती, बगलामुखी, मातङ्गी एवं
कमला तथा क्लीं महाविद्याहरूमा शिवको विषय प्रतिपादन पनि बडो राम्रोसँग
गरिएको छ । तथापि, प्रस्तुत ग्रन्थको बृहत्तर र मुख्य प्रतिपाद्य विषयवस्तु
'श्रीविद्या' र श्रीविद्याको व्रि्रह श्रीयन्त्र अनि श्रीयन्त्रको
लेखन प्रक्रिया हो । श्रीविद्या नै ब्रहृम विद्या हो, श्रीविद्या नै
आत्मशक्ति हो भन्दै लेखकले प्रामाणिक रूपमा विषय प्रतिपादन गर्नुभएको
छ । संहारक्रमबाट श्रीयन्त्र लेख्ने विधिलाई लेखकले रेखाचित्र कोर्दै
विस्तारपर्ूवक बताउनुभएको छ । विन्दु, त्रिकोण, अष्टार, अर्न्तर्दशार,
बहिर्दशार, चतर्ुदशार, अष्टदल कमल, षोडशदल कमल, तीनवृत्त र तीन भूपुरका
सबै देवता र ती देवताका मन्त्रहरू पनि दिइएको छ- जो प्रायशः दिने गरिँदैन
। लेखकको अभ्रि्राय साधकले अन्यत्र जान नपरोस् भन्ने हुनसक्छ ।
आस्थावान् र जिज्ञासु पाठकहरूको लागि यति उपयोगी ग्रन्थको
भूमिका डा. दर्ुगाप्रसाद दवाडीको छ जसमा उहाँले शैवदर्शन र शक्ति दर्शनको
प्रस्तुति अत्यन्त राम्रो गर्नुभएको छ । ग्रन्थको गरिमा अनुरुपको भूमिका
पठनीय, मननीय छ । ग्रन्थको आवरणमै श्रीयन्त्रको रंगीन चित्र दिइएको
छ । श्रीयन्त्र र यसका देवताहरूको ध्यान अनुरुपको सारै राम्रो पौवाचित्र
भक्तपुरको कला सङ्ग्रहालयमा छ । पशुपतिनाथको पर्ूव प्रवेशद्वारको दाहिने
रहेको गंगादेवी मन्दिरको गजुर नै पनि श्रीयन्त्र हो ।
•
श्रीकृष्ण गौतम
दुई पत्रकार दुई किताब

किताबः नेपालमा राजतन्त्र र
दलहरूबीचको सङ्र्घष्ा
लेखकः र्सर्ूय थापा
प्रकाशकः नवयुग प्रकाशन प्रा.लि., २०६२
पृष्ठः ३४८, मूल्यः रु.२००/५००

किताबः माघ-१९ को महाभारत
लेखकः किशोर श्रेष्ठ
प्रकाशकः आस्था प्रकाशन प्रा.लि., २०६२
पृष्ठः ८१, मूल्यः रु.१००
|
२३ शर्ीष्ाक र
चार परिशिष्टमा बाँडिएको पत्रकार र्सर्ूय थापा लिखित पुस्तक 'नेपालमा
राजतन्त्र र दलहरूबीचको सङ्र्घष्ा' ले नेपालमा राजतन्त्र, प्रजातान्त्रिक
र वामपन्थी दलहरूको धारणा, अन्तर्विरोध र इतिहासलाई कोट्याए र आजको
लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई राम्रो गुन लगाएको छ । तर, पुस्तकको
आकार, प्रकार र शैलीमा भयानक त्रुटिहरू फेला पर्छन् । कतिपय ठाउँमा
लेखकीय अज्ञानता समेत झल्किन्छ । राजतन्त्रको विश्लेषण गर्दा पुष्पलालदेखि
बीपी कोइराला र मोहनविक्रम सिंहलाई आफैँले 'जजमेन्ट' गर्नु कति न्यायोचित
हुन्छ भनेर लेखकले सोच्नुपर्ने थियो ।
कतिपय ठाउँमा -लेनिनको प्रसङ्गमा पृष्ठ ४१, लेनिनले
किन, कतिबेला र कहाँ भनेका हुन् -) घटनाको अभावमा विश्वसनीयताको समस्या
पर्छ । राजतन्त्रबारे सम्पर्ूण्ा दलहरूका धारणा सङ्कलन मात्र गरेर
प्रकाशन गर्न पाएको भए बढी जाति हुन्थ्यो । 'दलहरूबीचको सङ्र्घष्ा'भन्दा
वाम-प्रजातान्त्रिक दल र राजतन्त्रबीचको सङ्र्घष्ा भनिदिएको भए अझ
राम्रो हुनेथियो, किनकि दलहरूमा बद्री मण्डल सद्भावना र कमल थापाको
राप्रपा जस्ता पनि पर्दछन् ।
इतिहासमा राजसंस्थाको अनिवार्यता र आज त्यसको असान्दर्भिकता
बारे व्याख्या गर्दा वैज्ञानिक अध्ययन एवं ऐतिहासिक शिक्षालाई आधार
बनाउन सकेको भए र्सर्ूय थापाजीको राजतन्त्रबारेको अध्ययनलाई वैज्ञानिक
मान्न सकिन्थ्यो । प्रा. कृष्ण खनाल र कृष्ण पोखरेलका भूमिकाले चाहिँ
किताबको वजन र शोभा दुवै बढाइदिएका छन् । पुस्तकको सबभन्दा राम्रो
पक्ष परिशिष्टमा दिइएका बीपी, पुष्पलाल, मदन भण्डारी र मोहनविक्रम
सिंहका राजतन्त्रबारेका अवधारणाहरू हुन् । राजा र दलहरूबीचको अन्तरसङ्र्घष्ाको
प्रस्थान र निर्ण्ाायक बिन्दु कहाँ हो - वर्ग एवं वर्ग सङ्र्घष्ामा
राजा र दलहरूबीचको पक्षधरता कता हो - भन्ने जस्ता कुरा नआएकाले राजा
र दलहरूबीचको सङ्र्घष्ाको वैचारिक निरुपण भने हुनसकेको छैन ।
दल र राजसंस्थाबीचको झगडाको पछिल्लो प्रतिबिम्ब अर्का
पत्रकार किशोर श्रेष्ठको '१९ माघको महाभारत' मा राम्ररी अभिव्यक्त
भएको छ । षड्यन्त्रमा नेपालको दरबार कति निर्लिप्त छ भन्ने कुरा यसले
बलियो प्रमाण दिन्छ । नेपालमा राजदरबारको चलखेलमा राजनीतिक दलहरू मात्र
नभएर भारत र अमेरिका समेत अनभिज्ञ छन् भन्ने कुरा श्रेष्ठले औंल्याएका
छन्, जुन सजिलै पत्याउन र पचाउन गाह्रो पर्छ । लेखकको आत्मपरक शैलीले
गर्दा किताब पढ्न रुचिकर तर सबै प्रसङ्गमा विश्वास गर्न कठिन तुल्याएको
छ । नेपालका राजनीतिक दलहरू मुलुक र राजसंस्थाबारे अदूरदर्शी रहेको
प्रमाण १९ माघको घटना हो भन्ने लेखकको ठम्याइ चाहिँ सोह्रैआना सत्य
हो ।
जेहोस् सम्पर्ूण्ा विश्वास पाठकमा छाड्दै यी दर्ुइ पुस्तकले
नेपालमा गणतन्त्र स्थापना गर्न लागिपरेकाहरुलाई राम्रै गुन लगाएका
छन् ।
•
पुष्कर
प्राप्त कृति
|