पर्यावरण | विश्व सिमसार दिवस
सङ्कटमा जलजीवीहरू
•
डा. तीर्थबहादुर श्रेष्ठ

रविन श्रेष्ठ |
| कोशी टप्पु आरक्ष बाहिरको सिमसारमा माछा मार्नेका
हुल । |
'ग्रिगोरियन क्यालेण्डर'का
पानाहरू पल्टाउँदा वर्षौभरि विभिन्न अन्तर्रर्ााट्रय दिवसहरू छरपस्ट
भेटिन्छन् । यसै क्रममा २ फरवरी -यसपटक २० माघ) का दिन 'विश्व सिमसार
दिवस' पर्न आउँछ । यो दिवस प्रत्येक वर्षएउटा नयाँ नाराका साथ सन्
१९९७ देखि मनाउन थालिएको हो । हुन त विश्व सिमसार महासन्धि सम्पन्न
भएको ३५ वर्षपुगिसकेको छ । सन् १९७१ को २ फरवरीका दिन क्यास्पिएन सागरको
तटमा अवस्थित इरानको रामसार शहरमा सम्पन्न महासन्धिलाई 'रामसार महासन्धि'
भन्ने चलन छ । यस महासन्धिको मूल लक्ष्य जलमा आश्रति पक्षीको वासस्थानको
सुरक्षा गर्नु हो । हजारौँ किलोमिटरको यात्रा तय गर्ने पक्षीहरूलाई
तिनको उडान मार्गमा आवश्यक वासस्थानको सुविधा प्रदान गर्नु यसको उद्देश्य
हो । त्यसैले अन्तर्रर्ााट्रय महत्त्व बोकेका सिमसार मात्र 'रामसार
सूची'मा समावेश हुने गरेका छन् । महासन्धिमा हस्ताक्षर गरेका प्रत्येक
राष्ट्रले आफ्नो देशमा कम्तीमा एउटा सिमसार रामसार सूचीमा समावेश गराउनुपर्ने
प्रावधान रहिआएको छ । त्यस्ता सिमसारलाई रामसारस्थल -रामसार साइट)
भन्ने चलन छ ।
नेपाल सन् १९८७ देखि रामसार महासन्धिको पक्षधर बन्दै
आएको छ र यहाँको कोशी टप्पु वन्यजन्तु आरक्ष रामसार सूचीमा दर्ता गरिएको
छ । हुनत यो आरक्ष दर्ुलभ अर्ना -जङ्गली भैँसी-राँगा) का लागि निर्धारित
क्षेत्र हो तर सप्तकोशीले निर्माण गरेको यहाँको सिमसार चराचुरुङ्गीलाई
आश्रय दिने अनुपम स्थलको रूपमा स्थापित हुनपुगेको छ । यसका लागि कोशी
ब्यारेजले विशेष सहयोग पुर्याएको छ । तर कोशी सम्झौताका कारण विश्व
सिमसारको महत्त्व बोक्ने यो क्षेत्रको अधिक अंश श्री ५ को सरकारको
पर्ूण्ा नियन्त्रण र नेपालीहरूको पहुँचभन्दा बाहिर पर्न गएको छ । त्यस
क्षेत्रमा बर्सर्ेे लगभग २६० प्रजातिका पक्षीहरू आश्रय लिन आउँछन्
। विभिन्न थरीका पानीहाँस, कर्याङकुरुङ, चखेवाचखेवी, भुँडिफोर, गरुड
र अनगिन्ती चराचुरुङ्गीहरू मध्यएसिया र साइवेरियादेखि विचरण गर्दै
आइपुग्दछन् । एकै उडानमा पाँचौँ हजार सिलसिले हाँस भर्ुर आकाशमा उड्ने
र सल्ल पानीमा बस्ने दृश्य कोशी टप्पुको विशेषता हो । पक्षी विशेषज्ञ
र पक्षीप्रेमीका लागि यो क्षेत्रको विशेष महत्त्व छ । कोशीको जलाशयमा
नेपालमा मात्र पाइने जलकपुरलगायत अनेकौँ थरीका अरू माछा र दर्ुलभ सोंस
-डल्पिmन) तथा घडियाल गोही समेत पाइन्छन् । जैविक विविधताको महत्त्वले
गर्दा यहाँको सिमसारमा आश्रति स्थानीय आदिवासी जनजातिहरू आफ्नो जीविकोपार्जनमा
केही बाधा अड्चन भोग्दैछन् । तिनको अस्तित्व नै ओझेलमा पर्न गएको छ
। यस्तै तथ्यलाई मध्यनजरमा राखेर यस वर्षो विश्व सिमसार नाराले गरीबीलाई
आफ्नो विषय बनाएको छ । नाराले भन्दछ "गरीबीको मुहारमा सिमसार
जीवनरेखा हुन्" -इन द फेस अफ पोभर्टर्ीीेट्ल्याण्डस आर लाइफ लाइन)
।

नारायणी किनारमा झटिगुन्टासहित बोटेको
बास ।

सिमसारमा आश्रति दङ्गोरा थारू ।
|
| डा. तीर्थबहादुर श्रेष्ठ |
सिमसारमा आश्रति नेपाली धेरै होलान् तर पूरा जीविका
नै सिमसारको सेरोफेरो भित्र सीमित केही नेपाली आदिवासी जनजातिहरू वर्तमान
विकासको मूलधारभन्दा धेरै टाढा छन् । यस वर्षो विश्व सिमसार दिवसको
अवसरमा तिनीहरूप्रति हामी सबैको ध्यान केन्द्रित होस् भन्ने शुभकामना
व्यक्त गर्नु सान्दर्भिक हुन्छ । हाम्रा प्रतिबद्धता, अठोट र योजनाहरूको
कार्यान्वयन पक्षमा दह्रो पाइला चाल्न सकिएन भने यस्ता दिवसहरू आउँछन्,
जान्छन् । सिमसारमा आश्रति गरीबहरू अति गरीब वर्गमा पर्दछन् । माछा
र ताल, बल्छी र जाल अनि नदीकिनारका घाट, बगर, डुंगा र दुवाली बाहेक
तिनका स्थायी पूँजीका रूपमा घर, घडेरी वा जग्गाजमिन साह्रै न्यून हुन्छ
।
विश्व संरक्षण संघ नेपालले गरेको एक र्सर्वेक्षण अनुसार
नेपालको मधेश र तर्राईका २० विभिन्न जनजाति सिमसारसँग सम्बद्ध छन्
। तीमध्ये १० वटा जनजातिहरू -कुमाल, थारू, दनुवार, दुसाँध, दर्राई,
माझी, केवट, बोटे, मल्लाह र मुसहर) राष्ट्रिय जनगणनामा परेका छन् भने
अन्य १० आदिवासी जनजातिहरू -सुनाहा, वाँतर, सहानी, वरहामुस, कुशर,
कछारे, झाँगड, गोंगी, मुखिया र पोडे)का बारेमा जनगणनाको तथ्याङ्क समेत
छैन । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा
पनि तिनको उल्लेख हुनसकेको छैन । यी जनजातिमध्ये धेरैजसो लोपोन्मुख
पनि छन् । डा. चैतन्य सुब्बाले विश्व आदिवासी दिवस, ९ अगस्त २००१ को
प्रतिवेदनमा यस्ता लोपोन्मुख जनजातिको ९० प्रतिशत जनसङ्ख्या निरपेक्ष
गरीबीका रेखामुनि पर्न आउने विश्लेषण गरेको पाइन्छ । तर्सथ, लोपोन्मुख
वन्यजन्तु, चराचुरुङ्गी र वनस्पति मात्र हैन लोपोन्मुख आदिवासी जनजातिको
संरक्षण र सर्म्बर्द्धनको कुरा पनि सिमसार व्यवस्थापनको कार्यक्षेत्र
भित्र पर्नु जरुरी देखिन्छ । सिमसारको सही उपयोग गर्न आवश्यक ज्ञानको
खानी पनि आदिवासी जनजाति नै हुन् । यी जनजाति विलाए भने हाम्रो जैविक
विविधताको ठूलो ज्ञान-भण्डार लोप हुन्छ र त्यस क्रममा तिनले आर्जेका
परम्परागत प्रविधिलगायत घाँस, बाँस, पात, पराल र पटेरबाट बन्ने गुन्द्री,
माला, डोका, डाला र कतिपय कलात्मक सीप पनि हराएर जानेछन् । कमलका गट्टा
र सिंगडा काफलदेखि अनेकौँ खाद्य-वनस्पति सम्बन्धी ज्ञान पनि हराउँछ
। माछाका जात्रि्रजाति र तिनका आनिवानी बारेको आधारभूत ज्ञान र संरक्षण
विधि पनि नष्ट हुन्छन् ।
यी सबै कुरालाई ध्यानमा राखेर राष्ट्रिय सिमसार नीति-२०५९
ले सिमसार क्षेत्रमा आश्रति विभिन्न जनजातिहरूको अनुभव, अभ्यास, सीप
र ज्ञानको संरक्षण गर्दै तिनका आधारमा संरक्षण र व्यवस्थापन गर्ने
भनेर जनसहभागितामा विशेष जोड दिएको छ । कबुलियती वन जस्तै गरीबका लागि
कबुलियती सिमसारको व्यवस्था पनि छ । तर यस्ता नीतिलाई कार्यान्वयनमा
उतारिएको उदाहरण भने छैन । तर्सथ, यस वर्षो अन्तर्रर्ााट्रय दिवसलाई
हृदयदेखि नै मनन् गर्ने हो भने जलजीवी जनजातिका लागि विशेष कार्यक्रम
तर्जुमा हुनर्ैपर्छ, नत्र भने कर्ण्ाालीका सुनाहा र देशानी थारूहरू,
गण्डक र नारायणीका मल्लाह, बोेटे, मुसहर, केवट, कुमाल, माझी, दर्राई
र दनुवारहरू तथा कोशीका राजवंशी, गोंगी अनि झाँगडहरू पनि विकासको मूलधारबाट
धेरै धेरै टाढा पर्न गई हाम्रो राष्ट्रिय सम्पदा चकनाचूर हुन जाने
खतरा बढ्नेछ ।
नेपालका राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा 'मध्यवर्ती
क्षेत्र'को व्यवस्थापनले स्थानीय बासिन्दाहरूलाई संरक्षणको फल चाख्ने
अवसर दिएको छ । तर आदिवासी जनजातिहरूले अशिक्षा र गरीबीको कारण यसबाट
पनि यथोचित फाइदा लिनसकेका छैनन् । उनीहरूले प्रयोग र परिचालन गरिआएका
स्रोतहरूको उत्पादकत्व बढाउने, उनीहरूकै ज्ञान, सीप र प्रविधिको विकासमा
बढी लगानी गर्ने र उनीहरूको आफ्नै ठाउँ र थलोमा स्व-स्थानीय विकासका
अवसरहरू सिर्जना गर्ने कार्यक्रम अगाडि नबढेसम्म सिमसार तथा जैविक
विविधताको संरक्षण र सदुपयोगमा जलजीवी आदिवासी जनजातिको समावेशीकरण
हुन कठिन देखिन्छ । सिमसारमा आश्रति गरीबका लागि भन्दा पनि गरीबहरूलाई
समावेश गरेर विशेष कार्यक्रम सञ्चालन गरेमा निश्चय नै कार्यक्रमको
उत्पादकत्व बढ्ने विश्वास गर्न सकिन्छ । यस वर्षो विश्व सिमसार दिवसको
नाराले प्रकृति संरक्षणका ठूलाठूला आयोजना भित्र जलजीवी स्थानीय आदिवासी
जनजातिलाई निःसन्देह समावेश गर्न सघाउ पुर्याओस् भन्ने कामना गरौँ
।
|