| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
"मेरा लागि राजा र माओवादी अध्यक्ष प्रचण्ड
दुवै एकै हुन् ।"
सिस्टर
निर्मला
४ माघ, २०६२, अन्नपर्ूण्ा पोष्ट ।
"म राजालाई माघ १९ मा आफूले लिएको प्रत्यक्ष शासन
समाप्त भएको शाही घोषणा गर्न र राजनीतिक दलहरूको नेतृत्वमा अधिकारसम्पन्न
अन्तरिम सरकार गठन गर्न आग्रह गर्दछु ।"
पूर्व प्रम कृष्णप्रसाद
भट्टर्राई
११ माघ, २०६२ मा जारी वक्तव्यको एक अंश
अङ्क र अर्थ
१५ प्रतिशत
दक्षिण एसियामा उपयोग हुने वषर्ात्को पानी । वषर्ात्को बाँकी ८५ प्रतिशत
पानी बगेर समुन्द्रमा पुग्छ/खेर जान्छ ।
१.२७ करोड
माओवादीको संखुवासभा जन-सरकार उप-प्रमुख सुरेशकुमार दाहाल र गाउँ सेक्रेटरी
बिर्खबहादुर न्यौपानेले फरार हुनुअघि कुम्ल्याएको रकम ।
२०.८६ करोड
बितेको वर्ष (सन् २००५) मा संसारमा बिक्री भएका कम्प्युटरको सङ्ख्या
।
स्रोतः द हिन्दू, ने.समाचारपत्र, इटी
हिँड्दा-हिँड्दै
बलिउडको चलचित्र निर्माण र अभिनयलाई थाती राखेर
नगरनिर्वाचनको प्रचारमा आएकी मनिषा
कोइराला भन्छिन्, "प्रजातन्त्र र बहुदलप्रति
राजा प्रतिबद्ध देखिएकोले मैले 'सपोर्ट' गरेकी हुँ ।"

खगेन्द्र कट्टेल |
यहीबेला नेपाल किन आउनुभएको ?
निर्वाचनलाई सहयोग गर्न । चुनावभरि नेपालमै रहन्छु ।
त्यसो भए निर्वाचन प्रचारकै लागि आउनुभएको
हो ?
म अहिले आउनुको मुख्य कारण त्यही नै हो ।
कुन पार्टर्ीीे प्रचार गर्दै हुनुहुन्छ ?
पार्टर्ीीोइन । ५० वर्षकाङ्ग्रेसमा खट्नुभएका विनोद अर्याल -विराटनगरका
मेयर) को प्रचार गर्न आएकी हुँ ।
ठूलो जनसमुदाय त निर्वाचनको विरोधमा छ नि
?
माओवादी त्रासकै कारण यस्तो भएको हो ।
दलहरुको बहिष्कारलाई चाहिँ के भन्नुहुन्छ
?
माओवादीको धम्की नभएको भए दलहरुको बहिष्कारले मात्र यस्तो प्रभाव पर्ने
थिएन ।
गिरिजाबाबु र नेपाली काङ्ग्रेसकै विपक्षमा
देखिनु'भो नि ?
बीपीको लाइनबाट हट्ने जो कोहीको भए पनि म त्यसको विपक्षमा हुन्छु ।
यो निर्वाचनले बीपीको लाइनलाई मजबूत पार्छ
त ?
बीपी सधैँ राष्ट्रिय मेलमिलापको पक्षमा उभिनुभयो । उहाँको त्यही लाइनले
नै अहिलेको समस्या हल गर्छ । र, निर्वाचनले नै मेलमिलाप गराउँछ भन्ने
मलाई लाग्छ ।
प्रसङ्ग बदलौँ, बलिउड आफ्नो अनुकूल हुन छाडेपछि
यता आएको चर्चा छ नि ?
त्यो त म यसअघि पटकपटक आउँदा पनि यस्तै भनेको सुन्थेँ । तर त्यस्तो
होइन ।
बलिउडमा के गर्दै हुनुहुन्छ ?
भर्खरै मेरो मुख्य भूमिका रहेको दरवाजा बन्द रखो र तुलसी चलचित्रको
काम सकेँ । आगामी मार्चदेखि अन्य तीन चलचित्र आफैँ निर्माण गर्दैछु
।
|