जनता
उज्याला राना सर

रामेश्वर बोहरा |
बाहिरी आँखाले
नदेखे पनि कन्हैयालाल रानाको
सानैदेखिको इच्छा थियो- भित्री आँखाले संसार हर्ेर्ने र आफूजस्ता अरूलाई
पनि त्यसै गर्न सहयोग गर्ने । २०४९ सालमा एसएलसी र २०५२ मा 'ब्रेललिपि'मा
प्रमाणपत्र तह उत्तर्ीण्ा गरेपछि उनले नेपालगञ्जको मङ्गलप्रसाद माविमा
दृष्टिविहीन बालबालिकालाई ब्रेललिपिमा पढाएर यो कामको थालनी गरे ।
तर यतिले मात्रै मन मानेन र विभिन्न कारणले विचल्लीमा परेका १०८ जना
दृष्टिविहीन, बहिरा र अपाङ्ग बालबालिकालाई संरक्षकत्व प्रदान गर्न
पनि शुरु गरे । अहिले तीमध्ये तीन जनाले स्नातक गरेर जागिर समेत पाइसकेका
छन् ।
जन्मथलो कञ्चनपुरबाट नेपालगञ्ज आएर नेत्रहीन संघ-बाँके
खोली सामाजिक काम गर्न थालेका राना छामछाम-छुमछुम गर्दै गैरसरकारी
संस्थाहरूलाई गुहारेर बालबालिकाका लागि खर्च जुटाउँछन् । भन्छन्, "अहिले
त विभिन्न संस्थाबाट एक-दर्ुइ वर्षा लागि सहयोग मिलिरहेको छ, उनीहरूले
सहयोग गर्न छोडे भने के गर्ने होला भन्ने चिन्ता छ ।"
जन्मेको ६ महिनामै आँखाको ज्योति गुमाएका रानाको भित्री
ज्ञानको संसार कसैको भन्दा कम छैन । उनको त्याग, मेहनत र लगन हर्ेदा
धेरैले भन्छन् पनि- 'मान्छे हुनु त राना सर जस्तो !' कतिले उनलाई 'उज्याला
राना सर' पनि भन्ने गरेका छन् । आँखा छैन भनेर हीन भावना लिएर बस्नेलाई
उनको सल्लाह छ, "बाहिरी आँखा नभएर के भयो र - भित्री ज्योति त
छ नि ! हामीले निराश हुनुहुँदैन, केही गरेर देखाउनु पर्छ ।"
नेपाल
स्टार विष्णु
पाँच हजार
सङ्गीत प्रतिस्पर्धीलाई उछिनेर 'नेपाल स्टार' बनेकी छन्- धरानकी विष्णु
चेम्जोङ । नेपाल वन टेलिभिजनबाट प्रसारित साङ्गीतिक
प्रतिभा छनोटमा यो उपाधि जितेपछि विष्णुको गायन यात्रा अझ गतिशील बनेको
छ ।
नेपाल स्टार भएपछि विष्णुले रु.५ लाख नगद पुरस्कारसँगै
ख्यात्रि्राप्त भारतीय चलचित्र निर्देशक महेश भट्ट र नेपाली चलचित्र
निर्देशक नारायण पुरीका आगामी चलचित्रमा एक-एक वटा गीत गाउन पाउने
भएकी छन् । नेपाल स्टार बनेर टेलिभिजनमा देखा परेपछि उनका धराने शुभचिन्तकहरूले
विजय र्याली नै निकाले । त्यसमा परम्परागत लिम्बू पहिरनमा सिँगारिएर
निस्किएकी विष्णु सबैको आकर्षाको केन्द्र बनेकी थिइन् ।
धरानस्थित कौशिकी क्याम्पसमा बी.एड. दोस्रो वर्षा अध्ययनरत
विष्णुले चार वर्षेखि धरानकै सङ्गीत शिक्षिका अनुश्री बेनर्जीसित शास्त्रीय
गायन पनि सिकिरहेकी छन् । अहिलेसम्म आफ्नै अल्बम ननिकाले पनि अन्य
कलाकारहरूका अल्बममा उनले १० वटा जति गीत गाइसकेकी छन् । नेपाल स्टारको
उपाधि पाएपछि उत्साहित र आफ्नो साङ्गीतिक भविष्यप्रति बढी आशावादी
भएकी विष्णु चेम्जोङको चाँडै नै नयाँ अल्बम निकाल्ने योजना पनि छ ।
उनी भन्छिन्, "यो विजयले सङ्गीतप्रति मेरो जिम्मेवारी थपिएको
महसूस गरेकी छु । अब म एकल अल्बम निकाल्छु ।"
|