हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
कदी

इतिहासमा

 

अठ्तीसौँ बास ल्हासामा


मीन बज्राचार्य
अहिलेको खासा बजारः जङ्गबहादुर पालामा यहाँ २० घर मात्रै रहेछन् ।

संस्कृतमा एउटा श्लोक छ 'काव्येषु नाटकाः रम्याः तत्रापिच शकुन्तला । तत्रापि चतुर्थोङ्कः तत्र श्लोक चतुष्टयः' । अर्थात् 'साहित्यमा नाटक विधा राम्रो हुन्छ, त्यसमा पनि -कालीदासको) शकुन्तला, त्यसमा पनि चौथो अङ्क र अझ त्यसभित्र समेत चार श्लोक अत्यन्त राम्रा छन् ।' यसरी त्यत्रो विशाल संस्कृत साहित्य-सागरलाई खुम्च्याएर चारोटा श्लोकमा समेटिएको छ ।

त्यस्तै भएको छ यहाँ, यस स्तम्भमा पनि । सम्पादकज्यूले महत्त्वाकांक्षी भएर यसलाई अति भव्य नाम दिनुभयो 'इतिहासमा' भन्ने ! तर कहाँ इतिहासको त्यो खुला फाँट - यो त नेपाली इतिहासभित्र मात्र सीमित छ । नेपालको इतिहासमा पनि यो राणाकालभन्दा उँधो/उँभो जान सक्तैन  । अनि राणाकालभित्रैको पनि एउटा साँघुरो घेरोमा बाँधिएको छ, यो । ऐले निकै ओटा लेखका लागि यस स्तम्भले जङ्गबहादुरको समयमा लेखिएको एउटा बेलाइती कापीमा कोरिएको हस्तलिखितलाई नै आफ्नो आधार बनाएको छ । त्यसैले यस स्तम्भमा झर्को लाग्दो एकरसता हुनगयो भने पाठकहरूले कदीको सीमा बुझििदनुपर्ला । त्यो 'बेलाइती कापी'मा जङ्गबहादुरकालीन अनेक प्रकारका दस्तावेजहरू छन् भनेर भनिसकियो । ती दस्तावेजहरू महाराज चन्द्रशम्शेर हुँदै ऐले मपुपुमा आइपुगेका छन् । मुलुकभित्रका तत्कालीन बाटाघाटाका बारेमा हामीले केही चर्चा गरिसक्यौँ । अब एउटा अर्को प्रसङ्ग ।

महाराज जङ्गबहादुरको शासनकालको एउटा प्रमुख घटना भोटयुद्ध पनि हो । अझ १९१४ सालतिरको 'भारतीय व्रि्रोह' नहुञ्जेलसम्म त उनका लागि सबभन्दा महत्त्वपर्ूण्ा कामै भोटयुद्ध थियो होला । त्यसैले हुनर्ुपर्छ यस कापीमा धेरै जसो कुरा भोटयुद्ध विषयक नै छन् । तिनको धारावाहिक त होइन टिपोट र चर्चा हामी यस स्तम्भमा चलाउँदै जानेछौँ ।

यस कापीमा भोट -तिब्बत)का कुराले बढी ठाउँ पाएका छन् भन्ने कुराको सबभन्दा ठूलो प्रमाण के भने पहिलो पेजमा नै "भोट्या बोलिबाट अंकको नाउँ" भनी एकदेखि सयसम्मको र त्यसपछि एकाई, दहाई गरी करोडसम्मका शब्द दिइएका छन्- "चींक, च्यू, ध्या, टों" आदि । तिब्बती -भोट) बोलीबाट अंकज्ञान गराइसकेपछि भोटतिरको बाटाको 'तेरिज' दिइएको छ । "काठमाडौँदेषी केरुंको बाटो गरि. टिगरि किल्ला जान्या वास्" र "काठमाडौँदेषी कुत्तिको बाटो ल्हासा जान्या वास्" का तेरिज कसिएको भेटिन्छ । -"ल्हासा जान्या वास्" भन्दा हालसालै शुरु भएको काठमाडौँ-ल्हासा बस सेवा भन्ने भान चाहिँ नपरोस् । यहाँ "वास्" भन्नाले बास बस्ने ठाउँ/गाउँ भन्ने बुझनुपर्ने हुन्छ ।) यात्रा र बासको विवरण मात्र नभई "गाइड" नै छ ञहाँ पछिबाट त । जस्तो एउटा हेरुँ, काठमाडौँबाट नवौँ बासको बयान  । लेखेको छ- "९ तातापानी देषी षासा -खासा) भंन्या गाउँमा वास् ४ कोस्मा पर्छ, तातापानीदेषी ।। -आधा) कोस् ढुंगाको सेढी छ. घोडा लैजान हुँदैन. तेस ढुंगाको सेढीदेषी १ कोस् गै. फलाम साघु छ. त्यो साघुवारि हाम्रो. पारि भोट्याको साध छुट्टयिो. साघुको लमाइ हात ५० गज मुड्या हात होला. ताहादेषी २ कोस्मा आर्को फलाम साघु १ छ. त्यो साघु १२ हात को लमाइ होला. ताहाँदेषी ।। -आधा) कोस् गै षासाभंन्या गाउमा पुग्छ. यो गाउसम्म बाटो पहाडको काषैकाष छ. षासा गाउमा भोट्या घर २० जसो होला. येस जगामा भोट्याका सिपाही १० हुद्दा १ षर्दार रहंछन्. उन्हेहरूले मानिस जाचि राहदानी दी. कुति पठाउछन्. रसद छैन. ३६ षासाबाट आधा कोस् देषी कुतिसम्म वास् २ मा मार्गदेषी चैत्रसम्म ठुलो हिउ पर्दामा बाटो थुनिंछ. बाटो वनाउन्या अगुवा १ भया दोचा -जुत्ता) लाइकन जान सधै हुंछ थुनिदैन."

यसरी प्रत्येक कोस- आधा कोसको वर्ण्र्ाागर्दै गई ३८औँ बासमा ल्हासा पुग्ने बताइएको छ । फौज हिँडाउन कहाँ अप्ठेरो छ, कहाँ रसद पाइन सक्छ, कहाँ पाइँदैन, कुन कुन ठाउँमा कति जना सिपाही या रैती भेटिन्छन् भन्ने यावत् कुरा यसमा लेखिएको छ । यो देख्ता लडाइँका लागि जङ्गबहादुरले निकै ठूलो तयारी गरेका रहेछन् भन्न गाह्रो हुन्न ।

यसमा, टिंगरी मैदानलाई गोर्खाली फौजले निकै ठूलो महत्त्व दिएको देखिन्छ । पैलो त केरुङबाट जाने बाटोलाई टिंगरी किल्ला पुगेर टुंग्याइएको छ । यो कुत्तीको बाटोमा पनि सोह्रौँ बास पारिएको टिंगरी पुग्ने बासको बयान यस्तो छ-

"१५ लंगुर पहाडमुनिबाट. टिगरी सालामा कोस ६ मा बास पर्छ, कोस ।। -आधा) उकालो छ. कोस ३ ।। -साढे तीन) को वह्रालो छ. कोस २ मैदान छ. टिगरी सालामा घर. ३० जसो होला. वह्रालो मुषैमा षोला १ छ अघिपछि तर्नु हुंछ. पानी परी षोली बढ्दा. २/४ घडी सम्म बन्द हुंछ. रसद पाइँदैन.... ६९ ।। १६ टिगरी सालादेषी टिगरी किल्लामा.३ कोसमा वास पर्छ. बाटामा घोडाहरू वितौल पर्‍यो भन्या. भासिंछ. टिगरी मैदानको पर्ूव पश्चिम कोस ६ होला. उत्तर दक्षिण कोस् १४ होला. मैदानका बीचमा षोल्साषोल्सी छ. थुम्कामा किल्ला १ बनाइ तालोय -शायद कमाण्डिङ अफिसर) १ र. चिनिञा सिपाही ५० भोट्या सिपाही ५०० षर्दार दोभास्या रहंछन्. किल्ला बाहिर घर २०० को अंदाज होला रसद अलि अलि किन्न पाइंछ... ७२ ।। -साढे बहत्तर कोस) ञाहासम्म हिउपर्दा बाटो थुनिंछ ।"

आफूले केही भन्नुभन्दा पनि उद्धृतांश नै बढी पर्नगयो यस लेखमा । तर यति उद्धृत नगरी कुराको मजमून बुझँिदैनथ्यो । ल्हासासम्मै पुग्ने बाटोको अत्यन्त सूक्ष्मताका साथ अध्ययन गरी महाराजलाई यो जाहेर गरिएको थियो भन्नेसम्म बुझन सकिन्छ होला यसबाट । आजलाई यति नै ।