| •
कदी |
 |
इतिहासमा
अठ्तीसौँ बास ल्हासामा

मीन बज्राचार्य |
| अहिलेको खासा बजारः जङ्गबहादुर पालामा यहाँ
२० घर मात्रै रहेछन् । |
संस्कृतमा एउटा श्लोक
छ 'काव्येषु नाटकाः रम्याः तत्रापिच शकुन्तला । तत्रापि चतुर्थोङ्कः
तत्र श्लोक चतुष्टयः' । अर्थात् 'साहित्यमा नाटक विधा राम्रो हुन्छ,
त्यसमा पनि -कालीदासको) शकुन्तला, त्यसमा पनि चौथो अङ्क र अझ त्यसभित्र
समेत चार श्लोक अत्यन्त राम्रा छन् ।' यसरी त्यत्रो विशाल संस्कृत
साहित्य-सागरलाई खुम्च्याएर चारोटा श्लोकमा समेटिएको छ ।
त्यस्तै भएको छ यहाँ, यस स्तम्भमा पनि । सम्पादकज्यूले
महत्त्वाकांक्षी भएर यसलाई अति भव्य नाम दिनुभयो 'इतिहासमा' भन्ने
! तर कहाँ इतिहासको त्यो खुला फाँट - यो त नेपाली इतिहासभित्र मात्र
सीमित छ । नेपालको इतिहासमा पनि यो राणाकालभन्दा उँधो/उँभो जान सक्तैन
। अनि राणाकालभित्रैको पनि एउटा साँघुरो घेरोमा बाँधिएको छ, यो । ऐले
निकै ओटा लेखका लागि यस स्तम्भले जङ्गबहादुरको समयमा लेखिएको एउटा
बेलाइती कापीमा कोरिएको हस्तलिखितलाई नै आफ्नो आधार बनाएको छ । त्यसैले
यस स्तम्भमा झर्को लाग्दो एकरसता हुनगयो भने पाठकहरूले कदीको सीमा
बुझििदनुपर्ला । त्यो 'बेलाइती कापी'मा जङ्गबहादुरकालीन अनेक प्रकारका
दस्तावेजहरू छन् भनेर भनिसकियो । ती दस्तावेजहरू महाराज चन्द्रशम्शेर
हुँदै ऐले मपुपुमा आइपुगेका छन् । मुलुकभित्रका तत्कालीन बाटाघाटाका
बारेमा हामीले केही चर्चा गरिसक्यौँ । अब एउटा अर्को प्रसङ्ग ।
महाराज जङ्गबहादुरको शासनकालको एउटा प्रमुख घटना भोटयुद्ध
पनि हो । अझ १९१४ सालतिरको 'भारतीय व्रि्रोह' नहुञ्जेलसम्म त उनका
लागि सबभन्दा महत्त्वपर्ूण्ा कामै भोटयुद्ध थियो होला । त्यसैले हुनर्ुपर्छ
यस कापीमा धेरै जसो कुरा भोटयुद्ध विषयक नै छन् । तिनको धारावाहिक
त होइन टिपोट र चर्चा हामी यस स्तम्भमा चलाउँदै जानेछौँ ।
यस कापीमा भोट -तिब्बत)का कुराले बढी ठाउँ पाएका छन्
भन्ने कुराको सबभन्दा ठूलो प्रमाण के भने पहिलो पेजमा नै "भोट्या
बोलिबाट अंकको नाउँ" भनी एकदेखि सयसम्मको र त्यसपछि एकाई, दहाई
गरी करोडसम्मका शब्द दिइएका छन्- "चींक, च्यू, ध्या, टों"
आदि । तिब्बती -भोट) बोलीबाट अंकज्ञान गराइसकेपछि भोटतिरको बाटाको
'तेरिज' दिइएको छ । "काठमाडौँदेषी केरुंको बाटो गरि. टिगरि किल्ला
जान्या वास्" र "काठमाडौँदेषी कुत्तिको बाटो ल्हासा जान्या
वास्" का तेरिज कसिएको भेटिन्छ । -"ल्हासा जान्या वास्"
भन्दा हालसालै शुरु भएको काठमाडौँ-ल्हासा बस सेवा भन्ने भान चाहिँ
नपरोस् । यहाँ "वास्" भन्नाले बास बस्ने ठाउँ/गाउँ भन्ने
बुझनुपर्ने हुन्छ ।) यात्रा र बासको विवरण मात्र नभई "गाइड"
नै छ ञहाँ पछिबाट त । जस्तो एउटा हेरुँ, काठमाडौँबाट नवौँ बासको बयान
। लेखेको छ- "९ तातापानी देषी षासा -खासा) भंन्या गाउँमा वास्
४ कोस्मा पर्छ, तातापानीदेषी ।। -आधा) कोस् ढुंगाको सेढी छ. घोडा लैजान
हुँदैन. तेस ढुंगाको सेढीदेषी १ कोस् गै. फलाम साघु छ. त्यो साघुवारि
हाम्रो. पारि भोट्याको साध छुट्टयिो. साघुको लमाइ हात ५० गज मुड्या
हात होला. ताहादेषी २ कोस्मा आर्को फलाम साघु १ छ. त्यो साघु १२ हात
को लमाइ होला. ताहाँदेषी ।। -आधा) कोस् गै षासाभंन्या गाउमा पुग्छ.
यो गाउसम्म बाटो पहाडको काषैकाष छ. षासा गाउमा भोट्या घर २० जसो होला.
येस जगामा भोट्याका सिपाही १० हुद्दा १ षर्दार रहंछन्. उन्हेहरूले
मानिस जाचि राहदानी दी. कुति पठाउछन्. रसद छैन. ३६ षासाबाट आधा कोस्
देषी कुतिसम्म वास् २ मा मार्गदेषी चैत्रसम्म ठुलो हिउ पर्दामा बाटो
थुनिंछ. बाटो वनाउन्या अगुवा १ भया दोचा -जुत्ता) लाइकन जान सधै हुंछ
थुनिदैन."
यसरी प्रत्येक कोस- आधा कोसको वर्ण्र्ाागर्दै गई ३८औँ
बासमा ल्हासा पुग्ने बताइएको छ । फौज हिँडाउन कहाँ अप्ठेरो छ, कहाँ
रसद पाइन सक्छ, कहाँ पाइँदैन, कुन कुन ठाउँमा कति जना सिपाही या रैती
भेटिन्छन् भन्ने यावत् कुरा यसमा लेखिएको छ । यो देख्ता लडाइँका लागि
जङ्गबहादुरले निकै ठूलो तयारी गरेका रहेछन् भन्न गाह्रो हुन्न ।
यसमा, टिंगरी मैदानलाई गोर्खाली फौजले निकै ठूलो महत्त्व
दिएको देखिन्छ । पैलो त केरुङबाट जाने बाटोलाई टिंगरी किल्ला पुगेर
टुंग्याइएको छ । यो कुत्तीको बाटोमा पनि सोह्रौँ बास पारिएको टिंगरी
पुग्ने बासको बयान यस्तो छ-
"१५ लंगुर पहाडमुनिबाट. टिगरी सालामा कोस ६ मा
बास पर्छ, कोस ।। -आधा) उकालो छ. कोस ३ ।। -साढे तीन) को वह्रालो छ.
कोस २ मैदान छ. टिगरी सालामा घर. ३० जसो होला. वह्रालो मुषैमा षोला
१ छ अघिपछि तर्नु हुंछ. पानी परी षोली बढ्दा. २/४ घडी सम्म बन्द हुंछ.
रसद पाइँदैन.... ६९ ।। १६ टिगरी सालादेषी टिगरी किल्लामा.३ कोसमा वास
पर्छ. बाटामा घोडाहरू वितौल पर्यो भन्या. भासिंछ. टिगरी मैदानको पर्ूव
पश्चिम कोस ६ होला. उत्तर दक्षिण कोस् १४ होला. मैदानका बीचमा षोल्साषोल्सी
छ. थुम्कामा किल्ला १ बनाइ तालोय -शायद कमाण्डिङ अफिसर) १ र. चिनिञा
सिपाही ५० भोट्या सिपाही ५०० षर्दार दोभास्या रहंछन्. किल्ला बाहिर
घर २०० को अंदाज होला रसद अलि अलि किन्न पाइंछ... ७२ ।। -साढे बहत्तर
कोस) ञाहासम्म हिउपर्दा बाटो थुनिंछ ।"
आफूले केही भन्नुभन्दा पनि उद्धृतांश नै बढी पर्नगयो
यस लेखमा । तर यति उद्धृत नगरी कुराको मजमून बुझँिदैनथ्यो । ल्हासासम्मै
पुग्ने बाटोको अत्यन्त सूक्ष्मताका साथ अध्ययन गरी महाराजलाई यो जाहेर
गरिएको थियो भन्नेसम्म बुझन सकिन्छ होला यसबाट । आजलाई यति नै ।
|