हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

राजावादी बन, सित्तैँमा अङ्ग्रेजी सिक

राजाको अपारदर्शी र एकलौटी राज्यको ढुकुटीको कसरी दुरुपयोग गरिँदैछ भन्ने थाहा पाउन सँगैको यो लिखत पर्याप्त हुनसक्छ । तर, अङ्ग्रेजी भाषा प्रशिक्षणको लोभ देखाएर युवा-विद्यार्थीहरूलाई राजाको निरङ्कुश शासनको पक्षमा तान्न लागिपरेका महाकाली अञ्चल प्रशासक महेन्द्रमान व्यथित -हे.तस्बिर) ले यस्तो कामका लागि केन्द्रबाट कति रकम पाएका छन्, कति खर्च गर्दैछन् भन्ने यकिन आँकडा भने पाउन सकिएको छैन ।

राजाले आफ्नो राजनीतिक दूतका रूपमा सीधै नियुक्त गरेका प्रायः सबै अञ्चल प्रशासकहरूले समाज-व्यवस्था भाड्ने यस्तै काम गर्ने गरेका छन् । त्यसनिम्ति उनीहरूलाई हिसाब देखाउनु नपर्ने गरी राज्यको ढुकुटीबाट रकम दिने गरिएको पञ्चायतकालको अनुभव छ । कतिपय अञ्चल प्रशासकहरूले सामुदायिक वन, व्यापारी, ठेकेदार, तस्कर, विकास आयोजना आदिमार्फ् आफैँ पनि करोडौँ रुपैयाँ उठाउने गर्छन् । पञ्चायतकालमा यस्तै कार्य गरेर बद्नाम भएका कारण प्रजातन्त्र पुनर्स्थापनालगत्तै अञ्चलाधीश पद खारेज गरिएको थियो । अहिलेका अञ्चल प्रशासक '१९ माघ' को कदमपछि नियुक्त भएका हुन् । यिनीहरूमध्ये प्रायः सबैजसो 'मण्डले' पृष्ठभूमिका छन्- जसलाई पञ्चायतकालमा 'पाँच खत माफ हुन्छ' भन्ने गरिन्थ्यो ।

महाकाली अञ्चल प्रशासकको 'सक्रियता र निर्देशन' मा सञ्चालन गरिएको भनिएको उक्त अङ्ग्रेजी भाषा प्रशिक्षणको मूल उद्देश्य सोझा-सीधा र निमुखा जनतालाई भ्रममा पारी निरङ्कुश शासनको पक्षमा तान्ने प्रपञ्च हो भनेर बुझन र्फमको व्यहोरा नै पर्याप्त छ । र्फममा प्रशिक्षण कसले र कहाँ दिने, र त्यो कुन स्तरको हुन्छ भन्ने जस्ता आधारभूत जानकारी छैनन्, तर प्रशिक्षण लिन चाहनेले राजाको निरङ्कुशताको पक्षमा खानर्ुपर्ने शपथको भने पर्ूण्ा पाठ नै दिइएको छ ।


नेपालगञ्जमा सङ्गठित यौनव्यापार


नाज्मा हास्मीले व्यवसाय चलाइरहेको घरमा छापा मार्दै प्रहरी ।

विष्फोट र गोलीको आवाजले प्रायः त्रस्त र आतङ्कति रहने नेपालगञ्जमा सम्साँझै सडक सुनसान हुन्छ, तर यौनधन्दा चलाउनेहरूलाई यसले केही असर पारेको छैन । केही समयअघि पर्ूवप्रहरी हवल्दार अर्जुन केसी र एक पर्ूवप्रहरी निरीक्षककी श्रीमती कमला धामी रङ्गेहात पक्राउ परेपछि चाहिँ तीन-चार वर्षेखि निर्धक्क यौन व्यवसाय चलाइरहेकाहरू केही डराएका छन् ।

सधैँ ग्राहकको भीड लाग्ने नेपालगञ्ज-५, गणेशपुरस्थित अर्जुन केसीको 'रेष्टुरेन्ट' केटीहरूको मोलमोलाइ गरेर विभिन्न होटलमा पठाउने सर्म्पर्क केन्द्र थियो । गएको २६ मङ्सिरमा त्यहाँ छापा मारिँदा केसीले भर्खरै एक युवतीलाई ग्राहकका साथ बसपार्क रोडको मकालु होटल पठाएका थिए । प्रहरीद्वारा मुद्दा चलाइएका केसी जेलमा छन् भने होटल मालिक भरत खड्का अदालतको आदेशबाट छुटेका छन् । केसीविरुद्ध प्रहरीको समेत संरक्षणमा यौनधन्दा चलाएको आरोप लगाएर ५० भन्दा बढी टोलबासीले प्रशासनमा उजुरी हालेका र यसको चर्चा माथिसम्मै पुगिसकेकोले प्रहरीलाई आफ्नो वर्दीमा लागेको दाग मेटाउन पनि यो कदम चाल्नु जरुरी भैसकेको थियो । प्रहरी नायव उपरीक्षक वसन्त लामा भन्छन्, "टोलबासीको सूचना सही रहेछ ।"

अर्जुन केसी समातिएको पाँच दिनपछि १ पुसमा बसपार्क रोडकै दैलेखी होटलबाट प्रहरीले केटी र ग्राहकहरूसहित होटलमालिक कमला धामीलाई पक्रियो । यस क्रममा आफ्ना श्रीमान् पर्ूवप्रहरी निरीक्षक नरसिंह धामीले वहाल हुँदा दार्चुलाबाट प्रहरीमा भर्ती गराइदिन्छु भनेर ल्याएका युवतीलाई समेत उनले यो धन्दामा लगाएको पत्ता लागेको छ र ती युवतीकै उजुरीको आधारमा कमलालाई थुनामा राखेर मुद्दा चलाइएको छ । प्रहरीले विगत एक-डेढ वर्षता गर्दै आएका अरू कारबाहीले पनि नेपालगञ्जमा सङ्गठित रूपमा यौन व्यवसाय चलेकोे पुष्टि गरेका थिए । गएको भदौयता चार र त्यसअघि पाँचजना यौन व्यवसाय सञ्चालक पक्राउ परेका र एकजना फरार भएका छन् ।

नेपालगञ्जको सबैभन्दा व्यस्त सदरलाइनमा रहेको यदुकुमारी गिरीको एभरेष्ट होटलमा २८ भदौमा प्रहरी पुग्दा तीन युवती ग्राहकसँग भेटिएका थिए । सर्ुर्खेतरोडको नारायणी रेष्टुरेन्टकी विमला शर्मा गौचनले २५ भदौमा ग्राहकसित होटल ओसिस इनमा पठाएकी दर्ुइ युवती पक्राउ परे पनि उनी आफैँ चाहिँ अझै फरार छिन् । डेढ वर्षघि नेपालगञ्ज-१४, इद्गाहरोडमा यौनधन्दा चलाउने एउटा घरै फेला परेको थियो, जहाँ १५ वषर्ीया बालिकालाई समेत यो पेशामा लगाइएको पाइयो । प्रहरीले त्यहाँबाट मिना भन्ने नाज्मा हास्मी, उनका सहयोगी रतन शर्मा र हेमराज मौर्यलाई समातेको थियो । त्यसअघि नेपालगञ्ज-१२ को एउटा शङ्कास्पद घरबाट माया गोडिया र भारत, गोण्डाका सत्यप्रकाश पाण्डे पक्राउ परेका थिए ।

रु.५०० देखि ७-८ हजारसम्मको दरमा चल्ने यस व्यवसायमा सामान्यतया केटी र सञ्चालकले आधा-आधा पैसा पाउँछन् । यस्तो पेशामा समातिने धेरैजसो युवतीहरू आफूलाई जबर्जस्ती यो काममा लगाइएको बताउँछन् र उनीहरूलाई प्रायः र्सार्वजनिक अपराधमा केही महिना थुनेर छाड्ने गरिन्छ  । तर उनीहरूलाई जबर्जस्ती धन्दामा लगाउनेहरूलाई जीउ मास्ने बेच्ने ऐनअनुसार १५ वर्षम्म कैद हुनसक्ने व्यवस्था छ । प्रनाउ लामा भन्छन्, "यस्तो व्यवसाय गराउनु अपराध हो र तिनलाई कारबाही गर्न प्रहरी लागेको छ । यसरी माध्यम नै बन्द गरिदिन सके वेश्यावृत्ति त्यसै रोकिन्छ  ।"

प्रहरी स्रोतका अनुसार, नेपालगञ्जका करीब ६५० होटलमध्ये १५-२० प्रतिशतमा यस्तै धन्दा बढी हुन्छ । झण्झटबिना मोटो रकम कमाइने भएकोले होटल व्यवसायी पनि यसैमा मक्ख छन् । एक होटल व्यवसायी भन्छन्, "बाहिरबाट आउने ग्राहकले केटी नै खोज्छन्, यति नगरे होटेलै चल्दैन  ।" नाम चलेको एउटा तारे होटलमा केटीहरूको अल्बम राखेर ग्राहकहरूलाई फोटो देखाई बोलाउने गरिएको र कलेज-प्लस टुमा पढ्ने कतिपय केटीहरू समेत आउने गरेको प्रहरी सूत्रले बताएको छ ।

नेपालगञ्जमा कहाँ-कहाँ कस-कसले यस्तो धन्दा चलाउँछन् भन्ने प्रहरीलाई थाहा छ । टोलबासीको दबाब र प्रहरीको सक्रियताले केहीलाई पक्राउ गरिएपनि धेरै पक्राउ पर्लान् भन्ने आश गर्न चाहिँ गाह्रै छ  । धेरै हदसम्म प्रहरीकै परोक्ष-अपरोक्ष संरक्षणमा हुनेगरेको यस्तो धन्दाका उल्लेख्य ग्राहकहरू पनि सेना र प्रहरीकै मानिसहरू हुने गर्दछन्  । फेरि आफूमध्ये कतिलाई 'महिनावारी' बुझाइरहेकाहरूलाई पक्राउ गर्न प्रहरीलाई पनि त्यति सजिलो छैन । तैपनि प्रहरी नायव उपरीक्षक लामा भन्छन्, "ठूलो समूह सङ्गठित रूपमा संलग्न रहेकोे भन्ने खबर छ, अनुसन्धानपछि त्यसविरुद्ध कडा एक्सन लिइनेछ ।"

रामेश्वर बोहरा, नेपालगञ्ज

अधिकांश गाउँले केटी

अर्जुन केसीको ललाइफकाइमा परेर यौनधन्दामा लागेकी बर्दिया, वैदीकी सीता -नाम परिवर्तित) घरको दर्ुर्व्यवहार सहन नसकेर नेपालगञ्ज आएकी थिइन् । दिदीको घरमा बस्दाबस्दै अर्जुनसँग सर्म्पर्क भयो । शहरबजारमा बस्न पैसा पनि चाहियो । साढेदर्ुइ वर्षेखि यस्तो काम गरिरहेकी सीताको एउटा बच्चा पनि छ । उनी भन्छिन्, "यही काम गर्दागर्दै एउटा पुलिससित माया पनि बसेको थियो । तर ऊ कता गयो कता । अब घर जाउँ भनेपनि सबैले थाहा पाइसके ।"

नेपालगञ्जका दलालहरूले वेश्यावृत्तिमा लगाउने केटीहरू अधिकांश गाउँकै हुनेगरेका छन् । दलालहरू गाउँसम्म पुगेर उनीहरूलाई ल्याउँछन् । कति माओवादीले लैजान्छन् भनेर शहर पसेकाहरू छन् । कलेज पढ्न आएकाहरू खर्च धान्न गाह्रो भएर लागेका पनि भेटिन्छन्  । कम उमेरमै लाग्नेहरूको सङ्ख्या पनि बढिरहेको छ । अधिकारवादीहरूले चाहिँ यौन व्यवसायले कानूनी मान्यता पाउनुपर्ने माग गरिरहेका छन् ।


सुरक्षा फौजको सफलता

२५ हजार बम बनाउन पुग्ने माओवादीको कच्चा पदार्थ बरामद
मोरङको बाहुनी-४, नयाँ टोलस्थित एउटा घरबाट १० माघमा सुरक्षाफौजले २५ बोरा र दर्ुइ वटा काठको डिब्बामा राखिएको अवस्थामा करीब ११ क्विन्टल जिलेटिन र २० हजार थान 'डेटोनेटर' फेला पारेको छ । माओवादीको बम बनाउने कच्चापदार्थ मानिएको यो विघ्न विष्फोटक पदार्थ फेला पर्नुलाई सुरक्षा निकायले ठूलो सफलता ठानेको छ । भारतको राजस्थानमा निर्मित ती वस्तुहरूबाट २५ हजारभन्दा बढी बम बनाउन सकिने शाही सेनाको इटहरीस्थित पर्ूर्वी पृतना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यसको एकहप्ताअघि मात्र धनकुटामा आयोजित मेची-कोशी स्तरीय एउटा सभामा बोल्दै नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य 'अपार'ले तीन महिनाभित्र पर्ूवाञ्चल क्षेत्रमा ठूलो आक्रमण गर्ने घोषणा गरेका थिए । यी सामान त्यसैको तयारीको क्रममा ल्याइएको हुनसक्ने सुरक्षा निकायको अनुमान छ । विष्फोटक पदार्थ लुकाउन सहयोग पुर्‍याएकोमा धनीलाल, नुनीलाल, गोठु, सारथान र आशालाल चौधरी तथा ओसारपसार गर्न सहयोग पुर्‍याएकोमा गाडीधनी महादेव मण्डल र चालक लालश्री ऋषिदेव पक्राउ परेका छन् ।

महेन्द्र बिष्ट, विराटनगर


बमबारीमा सर्वसाधारण

हेटौँडाबाट ६० किलोमिटर पर्ूव फापरबारीमा ८ माघको रात भएको सुरक्षाकर्मी-माओवादी भिडन्तमा सैनिक हेलिकप्टरले मानवबस्तीमा समेत बमबारी गर्‍यो । मकवानपुर, सिन्धुली र ललितपुर जिल्लाको संगमस्थल झुरझुरेमा भएको सो भिडन्त र बमबारीबाट लम्कना गाउँ निवासी रामबहादुर भोलनका पाँच वषर्ीय नातिको मृत्यु भयो  । घटनामा मारिएका र्सवसाधारणमा ३४ वषर्ीय मानबहादुर बजु र ८५ वषर्ीय प्रतापसिंह बजु पनि छन् ।

भिडन्तमा ६ जना सुरक्षाकर्मी, २६ माओवादी र तीन र्सवसाधारण मारिएका तथा २० सैनिक घाइते भएका पुष्टि भएको छ । घटनास्थलमा भेटिएका माओवादी कम्पनी कमिसार 'ज्वाला'ले ६० जनाभन्दा बढी सैनिक मारिएका दाबी गरे पनि पत्याउने आधार भने भेटिएको छैन । स्थानीयबासीले सैनिकहरूले र्सवसाधारणलाई हामी जनता हौँ भन्दाभन्दै गोली हानेर मारेको बताएका छन् भने सेनाले उनीहरू क्रस फायरिङ -दोहोरो गोली हानाहान)मा परेर मारिएको बताएको छ ।

त्यो दिनको घटना सम्झेर अझै आतङ्कति झुरझुरे, थलीलगायत त्यस क्षेत्रका बासिन्दा आकाशमा हेलिकोप्टर देख्दा समेत तर्सिन्छन्  । भोलिपल्ट घटनास्थल पुगेका पत्रकारहरूसँग पनि उनीहरू खुलेर बोलेनन्  । घटनास्थलमा गोलीका खोका, रगतका टाटा र रगताम्ये कपडाहरू जताततै भेटिएका, दर्ुइदर्जन बढी घरमा गोलीका डोब देखिएका, 'नाइट भिजन' हेलिकोप्टरको बमबारीमा परेर दर्ुइ र्सवसाधारणका घर र गोठ ध्वस्त भएका थिए -हे.तस्बिर)  । मनध्वज मोक्तान र प्रतापसिंहको घरमा लागेको आगो तीन दिनसम्म निभेको थिएन । गोठमा बाँधिएका बस्तुभाउ त्यहीँ डढेका थिए । मृतकहरूको चार दिनपछिमात्र अन्तिम संस्कार भएको थियो । स्थानीयबासी रामबहादुर बजु भन्छन्, "गाउँका अधिकांश व्यक्ति भीरबाट हाम्फालेर बचेका थिए  ।"

अहिलेसम्म रेडक्रसले दिएका भाँडाकँुडा र ओढ्ने बाहेक पीडितले केही पाएका छैनन् ।

सन्तोष न्यौपाने, हेटौँडा


बलिदानको मूल्य
अपमान र यातना


विजय ढकालका बाबु र आमा ।

सुरक्षा कारबाहीमा परेर ज्यान गुमाउने माओवादी नेता-कार्यकर्ता र लडाकुका धेरै परिवार आफूलाई सरकार र माओवादी दुवैतिरबाट प्रताडित महसूस गर्छन् ।

माओवादीका वैकल्पिक केन्द्रीय सदस्य थमनबहादुर परियारको निधन भएको तीन महिना हुँदा पनि परिवारले आधिकारिक जानकारी पाएको छैन  । सञ्चारमाध्यम र एक अपरिचित फोनकलको आधारमा पाँच दिनपछि मृत्युसंस्कार शुरु गरियो । माओवादीले तेह्रौँ दिन कास्की, माझठानास्थित उनको घरमा श्रद्धाञ्जलि कार्यक्रम गरे, तर पोखरामा बस्दै आएका श्रीमती र छोरालाई खबर गरेनन् ।

माओवादीमा लागेर ज्यान गुमाउने कार्यकर्ता र तिनका परिवारप्रति उनीहरूको व्यवहार मर्नेहरूको सङ्गठनात्मक हैसियत, स्थानीय कार्य-कर्ताको विवेक, उनीहरूसँगको सम्बन्ध, आन्तरिक गुटबन्दी आदिबाट प्रभावित हुने गरेको र कैयौँ कार्यकर्ताहरूको मृत्युसँगै परिवारप्रतिको दायित्व र सम्बन्ध समेत समाप्त हुनेगरेको पाइन्छ ।

वर्षदिनअघि १६ मङ्सिर २०६१ मा स्याङ्जाको सिर्सर्ेेेटमा मारिएका पर्वत, बर्रर्ााैरका खड्गबहादुर कुँवरका दाजु कृष्णले उनको आधा गाडिएको लाश खाडलबाट निकालेर सद्गत गरेका थिए । पेन्सन पाक्न लागेको स्थायी शिक्षकको नोकरी छोडेर माओवादी बनेका कुँवरकी आमा केशमाया, श्रीमती सुमित्रा र तीन वर्षो छोरा सफल छिमेकीको घरमा शरण लिइरहेका छन् भने ६ वर्षा छोरा शिखरलार्इर्र्आफन्तले पालेका छन् । परिवारलाई बिहान-बेलुकीको छाक र्टार्न समस्या छ । "ऊ त गयो-गयो, कलिली बुहारी र सन्तानको बिचल्ली भयो", आमा भन्छिन् । 'आतंककारी' घोषित श्रीमानको पेन्सन माग्न प्रशासनमा जाने आँट श्रीमतीलाई छैन । माओवादीबाट पनि कुनै सहयोग/सान्त्वना मिलेको छैन । सुमित्रा भन्छिन्, "छोराहरू पढाउने बाटो मात्रै भइदिए मेरो एक्लो ज्यान जसरी भए पनि पाल्न सक्थेँ ।"

२०५८-५९ मा चार महिनाको अन्तरालमा दर्ुइ छोरी यामकुमारी र लक्ष्मीलाई गुमाएका स्याङ्जा, अर्चलेका धनसुवा गुरुङले 'शहीदको बाबु'को रूपमा अभिनन्दन गर्न माओवादीले आयोजना गरेका समारोह बहिस्कार गरेका थिए । "मैले अबिर लगाएर मेरा छोरी र्फकन्छन् र -" उनी भन्छन्  । उनीहरू मारिएपछि पार्टर्ीी त परिवारलाई केही गरेन नै, सदरमुकामबाट गस्तीमा आएको सरकारी सुरक्षाफौजले पनि घर खानतलासी र केरकार गरेर दुःख दिएको थियो ।

मारिएका युवतीका दर्ुइ वर्षेखि पार्टर्ीी सबै जिम्मेवारीबाट राजिनामा दिएर बसेका दाजु तिलबहादुर गुरुङ भन्छन्, "रगतको नाता भन्दा वर्गीय नाता दरिलो हुन्छ भन्थे, आफैँलाई परेपछि मात्रै वास्तविकता थाहा हुँदोरहेछ । परिवारलाई आवश्यक सहयोग र सान्त्वना नदिई समारोहमा मौनधारण गरेर र स्मारिका बनाएर मात्रै दायित्व पूरा हुँदैन ।" यस्ता विषयमा पार्टर्ीीे माथिल्लो तहमा चिनजान र पहुँच भएका परिवारले मात्रै क्षतिपर्ूर्ति र सम्मान पाउने तर तल्लो तहका सामान्य कार्यकर्ताका परिवारसँग सम्बन्ध नै नहुने गरेको उनी बताउँछन् ।

धनसुवा गुरुङले जेठी छोरी मारिएको कान्छी छोरीबाट र कान्छी मारिएको छोराबाट थाहा पाएका हुन् । परिवारले दुवैको शव देख्न पाएन । लक्ष्मीको दाहसंस्कार पुतलीबजारस्थित आँधीखोलाको किनारमा बेवारिसे रूपमा भएको प्रत्यक्षदर्शीहरू बताउँछन् । केही कार्यकर्ताको अनौपचारिक जानकारीको आधारमा उनीहरूको मृत्युसंस्कार गरिएको बताउँदै तिलबहादुर भन्छन्, "बहिनीहरू अझैपनि जिउँदै भेटिन्छन् कि भन्ने आश लाग्छ  ।"

२०५८ माघमा मारिएका स्याङ्जा, पक्वादीका हरि खनालको निधनको एक वर्षम्म पार्टर्ीी परिवारसँग कुनै सर्म्पर्क गरेन । अखिल नेपाल शिक्षक सङ्गठन -क्रान्तिकारी)का कार्यकर्ता खनालको परिवार पार्टर्ीीभत्रको गुटबन्दीको शिकार भएको सङ्गठनका तत्कालीन सदस्य मित्रबन्धु पौडेल बताउँछन्  ।

वर्षदिनअघि कास्की, निर्मलपोखरीमा मारिएका माओवादीका कास्कीर्-पर्वत निमित्त इन्चार्ज तथा कास्की सेक्रेटरी विजय ढकाल -विश्वास)को परिवारलाई सद्गत गर्न समेत अवरोध खडा गरिएको थियो । हाल माओवादीबाट राजिनामा दिएर बसेका उनका बाबु घनश्याम ढकाल भन्छन्, "हामीले छोराको मृत्युपछि कुनै कुराको अपेक्षा गरेका थिएनौँ । तर त्यसपछि जे भयो, संवेदनहीनता र संवेदना शून्यताको हद थियो ।" ढकालले छोराको अवसानको एक वर्षनबित्दै आफ्नै अभिभावकत्वमा हर्ुकाएका भतिजा कृष्णलाई पनि गुमाएका थिए ।

लाशमा पनि राजनीति
सुरक्षा कारबाहीमा मारिएका लडाकुहरूको शव एक त सरकारी पक्षले दिँदैन, केही गरी दिइहाले पनि पार्टर्ीीार्यकर्ताले अवरोध खडा गर्छन् । बल्लतल्ल विजयको शव पाएको परिवारलाई कार्यकर्ताहरूले 'परम्परागत संस्कृतिअनुरुप दाहसंस्कार गर्नु शहीदको अपमान हो' भनेर रोक्न खोजेका थिए । एक आफन्त भन्छन्, "उनीहरूले परिवारका सदस्यले परम्परागत संस्कृति अनुरुप जलाउन, काजक्रिया गर्न र रुन समेत नपाउने बन्देज लगाएका थिए ।" तर स्थानीय सञ्चारकर्मी र मानव अधिकारकर्मीहरूको दबाबपछि माओवादीले दाहसंस्कार गर्न परिवारलाई स्वीकृति दिएका थिए ।

थमन परियारको शव पाउन उनका छोरा राजुले पाँच दिनसम्म सञ्चारमाध्यम र मानवअधिकारवादी गुहारेपछि एक माओवादी कार्यकर्ताले पार्टर्ीी आफ्नै मान्यताअनुरुप दाहसंस्कार गरेको जानकारी दिएका थिए  ।

शशि पोखरेल, पोखरा


भ्रमण 'अनौपचारिक' खर्च औपचारिक


सूचना विभाग

राजरानीको १७ पुसदेखि ९ माघसम्म भएको पर्ूवाञ्चल भ्रमणलाई सरकारी सञ्चारमाध्यमले 'अनौपचारिक' भने पनि भ्रमणको खर्च सरकारी बजेट रकमबाट व्यहोरिएको छ  । नागरिक समाज फिदिमका अध्यक्ष छवि बाँस्कोटा र पाँचथर क्याम्पस स्ववियु सभापति सोमबहादुर थापाले जनताका लागि आवश्यक पुलपुलेसा, सडक, खानेपानी योजना निर्माण गर्न लगाउनुपर्ने खर्च सिध्याउने यो कामलाई उचित मान्न नसकिने विचार व्यक्त गरेका छन् ।

सेनाको पर्ूर्वी पृतना इटहरीलाई मुकाम बनाएर राजदम्पतीबाट पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, ओखलढुङ्गा, सोलुखुम्बु, सिरहा र खोटाङ जिल्लाको भ्रमण भएकोे थियो । जिविसहरूले आधिकारिक निर्ण्र्ाागरेर विकास बजेटबाट भ्रमणका विभिन्न खर्च व्यहोरेका छन्, जसमा पाँचथर जिविसले रु.३ लाख ३० हजार, इलामले रु.५ लाख र ताप्लेजुङले रु.२ लाख ७ हजार खर्च गर्ने निर्ण्र्ाागरेका छन् । यसरी १० वटा जिविसको विकास बजेटबाट मात्रै रु.३५ लाखभन्दा बढी खर्च भएको अनुमान छ । खर्चको बिल आइरहेकोले रकम अझै बढ्ने जिविस सूत्रहरू बताउँछन् । यी खर्च हेलिप्याड, स्वागतद्वार र मञ्च निर्माण, सरसफाइ, सजावट र जनपरिचालनजस्ता कामका लागि भएका हुन् । कतिले वास्तविक खर्चभन्दा दशौँ गुणा बढीको किर्ते बिल बनाएर लूट मच्चाएका छन् -हे. हिमाल, १-१५ माघ) ।

आर्थिक नियम अनुरुपको खर्च मात्र स्वीकृत गर्ने अडान लिएर नक्कली बिल भुक्तानी गर्न अस्वीकार गर्ने पाँचथरका निमित्त स्थानीय विकास अधिकारर्ीर् इश्वरकुमार गिरीको सरुवा भएको छ । तीन महिनाअघि मात्र पाँचथर आएका गिरीलाई ४ माघमा संखुवासभा जिविसको योजना अधिकृत बनाएर पठाइएको छ । उनलाई पर्ूवमन्त्री पद्मसुन्दर लावतीको दबाबमा सरुवा गरिएको बुझएिको छ । गिरीले स्थानीय विकास सहायक मन्त्री रोशन कार्कीलाई फोन गरेर यो कुरा बताउँदा 'उहाँ -लावती) हाम्रै नेता हुनुहुन्छ, उहाँले भनेको मान्नू' भन्ने जवाफ पाएका थिए ।

राजावादीहरूले स्थाविअ गिरी र प्रजिअ गोविन्दमणि भर्ूतेलविरुद्ध 'राजाको भ्रमणमा असहयोग गरेको' आरोप लगाई पर्चावाजी गर्ने, आफ्नो पक्षका पत्रपत्रिकामा लेखाउने काम समेत गरेका छन् । गिरीलाई राप्रपाका १५ जना कार्यकर्तालाई 'विशेष अधिवेशन'मा काठमाडौँ जान प्रतिव्यक्ति रु.२ हजार नदिएको र प्रजिअ भर्ूतेललाई गिरीको संरक्षण गरेको आरोपहरू पनि लगाइएको छ ।

उता राप्रपाको कथित अधिवेशनमा गएका जिविस सभापति बमबहादुर योङ्याले काठमाडौँबाट आफू नआई भ्रमण खर्चको बिल भुक्तानी नगर्नू भन्ने आदेश दिएका थाहा भएको छ । तर उनले यो आदेश नक्कली बिलको भुक्तानी रोक्न नभई त्यसमा आफ्नो भाग पनि सुनिश्चित गर्न दिएको राणा पक्षधर राप्रपा कार्यकर्ताहरू बताउँछन् । यसैबीच, पर्ूव सांसद अइन्द्रविक्रम थाम्सुहाङले भ्रमणको नाममा जिविसको विकास बजेटमा भएको लूट छानबिन गर्न अख्तियारमा उजुरी गरेका छन् । उनी भन्छन्, "म यस्तो लूटको छानबिन पक्कै हुनेछ भन्नेमा आशावादी छु ।"

सुरेन्द्र सुवेदी, पाँचथर


भर्ना अभियानको असर

पर्ूवाधार र सुविधा केही नथपी गएको वैशाखमा विशेष अभियान चलाएर तर्राईका जिल्लामा भर्ना लिइएका विद्यार्थीहरू अहिले विद्यालय छाड्न थालेका छन् । कक्षाकोठा त थिएनन् नै, बाक्लो हुस्सु र बढ्दो चिसोका कारण चौरमा बसेर पनि पढ्न नसकिने भएपछि यो स्थिति आएको हो । मोरङ्ग, मझारे-८ को महेन्द्र प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भएका ३२० विद्यार्थीमध्ये अहिले मुश्किलले सय जना पढ्न आउँछन् । जिल्लाको ग्रामीण भेगका धेरैजसो सामुदायिक विद्यालयको अवस्था यस्तै छ ।
मझारेकै वडा नं.९ स्थित जनप्रिय प्राविमा त गारो समेत भत्किएको स्कूलघरभित्र एउटै कोठामा तीन वटा कक्षा र विद्यालय प्रशासन समेत चलाउने गरिएको छ । भर्ना भएका १२० विद्यार्थीमध्ये धेरै जसो विद्यालय आउन छाडिसके ।

भर्ना अभियानको क्रममा घर-घर गएर अभिभावकलाई नानीहरूलाई पढ्न पठाउनर्ुपर्छ भनी सम्झाउन-बुझाउन गएका शिक्षकहरू हिजोआज जान सकेका छैनन् । महेन्द्र प्राविका सहायक प्रधानाध्यापक कलाचन्द विश्वास भन्छन्, "यस्तो चिसोे छ । भित्र राखेर पढाउने ठाउँ छैन । कसरी केटाकेटीहरूलाई पठाइदेऊ भन्न जाने - उनीहरूसँग न्यानो लुगा पनि हुँदैन । खुल्ला चौरमा बसेर पढ्नर्ुपर्छ । अनि कसरी आउन् -" यसरी पढ्न आउन छाडेपछि उनीहरू फेरि कहिल्यै विद्यालय नआउने हुन् कि भन्ने डरले जनप्रिय प्राविका सहायक-शिक्षक कलेश्वरकुमार साहले जाडो सकिएपछि फेरि घर-घर गएरै ल्याउने योजना बनाएका छन् ।

भौतिक पर्ूवाधारको अभावले विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या घटेको मोरङ्गका जिल्ला शिक्षा अधिकारी सुशील पाण्डेयलाई पनि थाहा छ । "त्यसलाई रोक्न हामी पनि सक्दो प्रयास गरिरहेका छौँ  । गैरसरकारी संघसंस्थाको सहयोगमा केही विद्यालयमा भवन बन्दैछन् । शिक्षकहरू थपिएका छन् । पर्ूवाधार जुटाउन ढिलो भएकोले पनि विद्यार्थी घटेका हुन्", उनी भन्छन् । गएको वैशाखमा सरकारी विद्यालयहरूको भौतिक क्षमता र जनशक्तिमा सुधार तथा वृद्धि केही नगरी चलाइएको भर्ना अभियानमा मोरङ्गमा मात्रै झण्डै २७ हजार विद्यार्थी भर्ना भएका र ती सबैजसो उतिबेलैदेखि ठूलो अभावका बीच पढ्दै आएका थिए ।

सुनिल न्यौपाने, विराटनगर


जनसत्ताको ज्यादती

भोजपुर, लर्ेखर्कका सर्ुदर्शन चौलागाईका ११ वषर्ीय छोरा प्रकाशलाई छिमेकका एक दलित बालकलाई 'पिसाब खुवाएको' आरोपमा माओवादी 'जनसत्ता'ले शरीरभरि नीलडाम हुनेगरी पिटेको र उनकी एक दिदीलाई समेत दुःख दिएको छ ।

आपसमा खेलिरहेका केटाकेटीले 'प्रकाशले पिसाब खुवाएको' भनेको भन्ने माओवादीको दाबी छ । प्रकाश चाहिँ भित्तामा पिसाब फर्ेदा छिट्टा मात्र परेको बताउँछन् । स्थानीय एक शिक्षकका अनुसार, माओवादीले सर्ुदर्शनकी १५ वषर्ीया छोरी दर्ुगादेवी चौलागाईले सुरक्षाकर्मीसामु आत्मर्समर्पण गरेकोमा उनीसँग बदला लिएका हुन् । आत्मर्समर्पण गर्न बहिनीलाई चिठ्ठी लेखेको भनेर उनीहरूले दर्ुगाकी दिदी खड्गकुमारीलाई आफूसँगै लगी दर्ुइ दिनपछि छाडिदिएका थिए ।

सर्ुदर्शनले आत्मर्समर्पण गर्ने छोरीलाई १७ माघसम्म गाउँमा झकिाउन अल्टिमेटम समेत पाएका थिए । छोरीले माओवादीमा लाग्दा र छोड्दा आफूसँग कुनै सल्लाह नगरेको बताउँदा पनि केही नलागेपछि ५९ वषर्ीय सर्ुदर्शन १४ गते राति एक नातिनी र चार छोराछोरीसहित सदरमुकाममा शरणार्थी बन्न पुगेका र उनको परिवारलाई मानवअधिकारवादी र पत्रकारको आग्रहबाट २० माघमा गाउँमा पुनर्स्थापित गरिएको थियो ।

माओवादीका भोजपुर जिल्ला सेक्रेटरी भावना ढकाल -सिर्जना)ले दलित परिवारसँग भएको झगडाका सम्बन्धमा सामान्य सोधपुछ गर्न टोली पठाएको स्वीकार गर्दै यसलाई आत्मर्समर्पणसँग जोडेर दुःख दिइएकोमा आत्मालोचना गरेकी छन् । तैपनि माओवादीले दर्ुगालाई फिर्ता बोलाउनुपर्ने माग छाडेका छैनन् । गाउँमा सुरक्षाकर्मीबाट आफूविरुद्ध केही घटना भएमा त्यसको जिम्मा सर्ुदर्शन र दर्ुगाले लिनुपर्ने उनीहरूको अडान छ ।

श्यामकृष्ण दाहाल, भोजपुर


छब्बीस करोडको आयोजना अलपत्र

माओवादीले चन्दा मागेकाले सर्ुर्खेत उपत्यकाका करीब ६० हजार जनतालाई पानी ख्वाउन निर्माण भइरहेको झुप्रा खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य रोकिएको छ । आयोजनामा 'काम गर्ने वातावरण नभएको' भन्दै ठेकेदार कालिका कन्स्ट्रक्सनले १५ पुसमा उपभोक्ता संस्थालाई निर्माण कार्य स्थगित गरेको पत्र बुझाएको हो । माओवादीले आयोजनाको रु.२० करोडको निर्माण बजेटबाट ४ प्रतिशत मागेको थाहा भएको छ ।

कुल रु.२६ करोडको लागतमा निर्माण हुन लागेको यस आयोजनाको लागि आधा रकम एसियाली विकास ब्याङ्कको ऋण सहयोगबाट सरकारले अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम झुप्रा बृहद् खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगर विकास कोषको ऋण र जनसहभागिताबाट जुटाएको छ । संस्थाका अध्यक्ष बालाराम शर्मा भन्छन्, "माओवादीले जनताले आफ्नो गाँस काटेर लगानी गरेको आयोजनाबाट पैसा उठाउन खोज्नुले उनीहरूको नियत उदाङ्गो भएको छ ।" २०६१ असारमा शुरु गरेर दर्ुइ वर्षा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको अहिलेसम्म करीब एकचौथाइ काम सम्पन्न भएको संस्थाले जनाएको छ । निर्माण कम्पनीले सम्झौता भङ्ग गरेमा आयोजना पुनः सञ्चालन गर्न लागत निकै बढ्ने अध्यक्ष शर्माको अनुमान छ ।

उपभोक्ता संस्थाले जनाएअनुसार, दैनिक ८० लाख लिटर खानेपानीको आवश्यकता भएको र १८ लाख लिटरभन्दा बढी आपर्ूर्ति हुननसकेको सर्ुर्खेत उपत्यकामा यो आयोजना सम्पन्न भएमा कम्तीमा १५ वर्षो समस्या र्टर्नेछ  । आयोजनाले वीरेन्द्रनगर नगरपालिका, उत्तरगङ्गा र लाटीकोइली गाविसका पूरै र जर्बुटा गाविसका चार वडामा १५ हजार धारा वितरण गर्ने लक्ष्य राखेको छ ।

कलेन्द्र सेजुवाल, सर्ुर्खेत


शहीद सप्ताहमा शहीदकै अपमान

शहीद दिवसको मुखैमा आएर जिल्ला विकास समिति नुवाकोटले आफ्नो सभा कक्षबाट शहीदहरू गङ्गालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्रीका तस्बिर हटाएर शाहवंशीय राजाका पृथ्वीनारायण शाहदेखि वीरेन्द्र, दीपेन्द्र हँुदै ज्ञानेन्द्रसम्मका १३ पुस्ताको तस्बिर राखेको छ । शहीदका तस्बिरलाई चाहिँ जिविसको भण्डार कोठामा पुराना स्टोभ, भाँडाकुँडा र कागजातहरूको थुप्रोमा फ्यालिएको छ । सँगसँगै जिविस सभापतिको कार्यकक्षमा राखिएका बीपी कोइराला, मदन भण्डारीलगायतका नेताहरूको तस्बिर पनि भण्डारमा फालेर राजाहरूकै तस्बिर टाँगिएको छ ।

तस्बिर हटाइएकोबारे हिमाल सँग कुरा गर्दै सभापति शेषमान लामाले भने, "हामीले कहाँ हटाएका छौँ र - हर्ेर्नुस् न, स्टोररुममा सुरक्षितसँग राखेका छौँ ।"

कपिलदेव खनाल, नुवाकोट


विलायो तारा


मीन बज्राचार्य

आफ्नै जीवनसँग विगत आठ वर्षेखिको सङ्र्घष्ामा अन्ततः ८ माघको रात उहाँको हार भयो । बाथ र नशासम्बन्धी रोगबाट पीडित गायिका तारादेवीको अवसानबाट नेपाली सङ्गीतको आकाशबाट एउटा तारा मात्र अस्ताएन, साङ्गीतिक क्षेत्रको लागि अपूरणीय क्षति समेत भयो ।

नेपालमा बनेको प्रथम चलचित्र आमा की गायिका तारादेवी आफैँ सङ्गीत सृजना पनि गर्नुहुन्थ्यो । उहाँ स्वरसम्राट नारायणगोपालसँग युगल गीत गाउने र नेपाली गीतिनाटकमा स्वर दिने प्रथम गायिका पनि हुनुहुन्थ्यो  । तारादेवीले तीनदशक रेडियो नेपालमा सेवा गरेर एक दशकअघि अवकाश पाउनुभएको थियो । उहाँले आधुनिक गीत-सङ्गीत सिर्जना र पर््रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याउनुभएको छ ।

१० वर्षघि जेठो छोरा शशिको क्यान्सरबाट निधन भएपछि उहाँको कष्टकर जीवन शुरु भएको थियो । छोराको असामयिक निधनको चोट नमेटिँदै आठ वर्षघि विमान चालक पति शिवबहादुर श्रेष्ठको निधन भएपछि त जीवनमा पूरै शून्यता नै छायो । पछिल्लो पटक राजकीय प्रज्ञा-प्रतिष्ठानमा नातिकाजी सङ्गीत सम्मान ग्रहण गर्न उपस्थित हुनुभएकी उहाँ अस्वस्थताका कारण केही समयदेखि बोल्न र हिँड्डुल गर्न नसक्ने हुनुभएको थियो । जीवनको अन्तिम घडीसम्म उहाँ नर्भिक अस्पतालमा मृत्युसँग सङ्र्घष्ा गरिरहनुभएको थियो ।

६१ वर्षो उमेरमा दिवङ्गत आधुनिक सङ्गीत क्षेत्रकी स्वरकिन्नरी तारादेवी २ माघ २००२ मा इन्द्रचोकमा जन्मिनुभएको हो। । सात वर्षो उमेरदेखि गीत गाउन थालेकी तारादेवी पाँच दशकसम्म सङ्गीत साधनामा समर्पित रहनुभयो  । उकाली ओरालीहरूमा, सोचेजस्तो हुन्न जीवन, ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, कालीपारे दाइ कति राम्रो, फूलको थुँगा बगेर गयो, निर्दोष ती मेरा पछयौरीमा, यति ठूलो संसारमा जस्ता कालजयी गीतकी गायिका अव नरहे पनि तारादेवीको स्वरमा बज्ने यीलगायत चार हजार गीतले उहाँलाई सम्झाइरहने छन् । जादुमय स्वरकी धनी तारादेवीले राष्ट्रिय, आधुनिक, लोक र भजन सबै किसिमका गीत गाउनुभएको छ ।

सङ्गीतमा स्नातक तारादेवी सुप्रसिद्ध गोरखा दक्षिण बाहु प्रथम, इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कारलगायत विभिन्न मानपदवी, पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्थ्यो ।

अनुशील


वियोगीसँगको विछोड

नेपाली पत्रकारितामा पाँच दशकदेखि सक्रिय वरिष्ठ पत्रकार गोविन्द वियोगीको ७६ वर्षो उमेरमा निधन भएको छ ।

२००८ सालदेखि पत्रकारितामा लागेका वियोगी नेपालको इतिहासमा एउटा सङ्र्घष्ाशील र गम्भीर पत्रिकाको रूपमा स्थापित मातृभूमि साप्ताहिकका प्रकाशक तथा सम्पादक हुनुहुन्थ्यो । उहाँले यो पत्रिका तत्कालीन पञ्चायती शासनमा राजधानीमा दर्ता नपाएर वीरगञ्जबाट निकाल्न शुरु गर्नुभएको थियो  । वियोगीले दर्ुइ-दर्ुइ पटक तत्कालीन नेपाल पत्रकार संघको सभापतिको जिम्मेवारी निर्वाह गरी त्यसै हैसियतमा २०४६ सालको जनआन्दोलनमा पत्रकारहरूको नेतृत्व गर्नुभएको थियो । नेपाल पत्रकार महासंघले एक प्रेस विज्ञप्ति प्रकाशित गरी वियोगीको योगदान र सफल नेतृत्वबाटै महासंघ आजको अवस्थामा आइपुगेको जनाएको छ ।

मृत्युको अन्तिम घडीसम्म पनि नेपाली पत्रकारिताको बारेमा चिन्तित वियोगीको २ माघमा आफैँ अध्यक्ष रहेको सम्पादक समाज नेपालको बैठकमा भाग लिइरहेको बेला हृदयघात भई शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्दागर्दै निधन भएको थियो । उहाँको निधनबाट नेपाली पत्रकारहरूले एक शालीन, सुसंस्कृत र धर्ैयवान् सहकर्मी, अभिभावक तथा सकारात्मक चिन्तक गुमाएको महसूस गरेका छन् । व्यक्तिगत व्यवहार र संस्कारदेखि व्यावसायिक कार्य र मर्यादाजस्ता जीवनका हरेक पक्षमा देखिएका पत्रकार गोविन्द वियोगीका यिनै गुण नै पछिल्लो पुस्ताका नेपाली पत्रकारहरूले उहाँबाट सिक्नुपर्ने कुरा हुन् ।


सत्तालाई सघाउने आक्रमण


किरण पाण्डे

विगतका थुप्रै अनुभवलाई बेवास्ता गर्दै फेरि माओवादीले दलहरूमाथि दमन गर्न सरकारलाई बहाना दिए, थानकोटमा आक्रमण गरेर । राष्ट्रिय-अन्तर्रर्ााट्रय जगतबाट एक्लिँदै ढल्न लागेको राजाको सत्तालाई नयाँ अडेस बनेको छ यो हमला ।

१८ पुसमा एकतर्फी युद्धविराम तोडेपछि काठमाडौँ उपत्यकामा आक्रमण गरेर माओवादीले राजधानी आसपासका सुरक्षा-सञ्जाललाई छिन्नभिन्न पार्न र 'रणनीतिक प्रत्याक्रमणको दोस्रो चरण' अर्न्तर्गत 'ढाडमा टेकेर टाउकोमा हान्ने' पर्ूवाभ्यास गर्न खोजेका हुनसक्छन् । तर, सातदलको आन्दोलन चर्किँदै गएको बेला भएका यी आक्रमणले दलहरूलाई अघोषित प्रतिबन्ध लगाउन सरकारलाई बहाना दिएका छन् । थानकोट आक्रमणको केही दिन अघिसम्म तुलसी गिरीले 'ढाड भाँच्चिएको' भनेका माओवादीहरू 'स्वचालित आधुनिक हतियार लिएर राजधानी छिरेको' बताउन शरम मानेनन् कमल थापाले र त्यही निहँुमा ७ माघको पर््रदर्शन हुन नदिन राजधानीमा दिउँसै कर्फ्यू लगाए  ।

सात दलसँगको १२ बुँदे समझदारीपछि संयमित हुनुपर्ने माओवादीले हिंसात्मक क्रियाकलापलाई जति बढावा दिन्छन् राजालाई त्यति निरङ्कुश बनाउँछन् । माओवादीको विगत १० वर्षो अनुभवले बहुदलीय व्यवस्थालाई डगमग पारेर एकैपटक संविधान बाहिरको निकास खोज्दा ०४६ सालको जनआन्दोलनका उपलब्धि समेत गुमेको प्रस्ट पारिसकेको छ । बहुदलीय व्यवस्था माथि प्रहार गर्दा दरबारलाई फाइदा पुग्छ र त्यही निहुँमा प्रतिगमन जन्मिन्छ भन्दा त्यसलाई 'स्यालहुइयाँ' ठान्ने डा. बाबुराम भट्टर्राईको विश्लेषण १८ असोज र १९ माघले गलत सावित गरिसकेका छन् । हिंसा र हत्याले नै परिवर्तन आउने भए ०५२ देखि ०६२ सालसम्मका करीब ५० वटा ठूला भिडन्तमध्ये ४५ वटामा माओवादीले 'जित्दा' १९ माघ आउने थिएन ।

माओवादी वर्षौँ लड्न सक्लान्, तर जित्न सक्दैनन् । बरु दलहरूको शान्तिपर्ूण्ा आन्दोलनले निरङ्कुश राजतन्त्रविरुद्ध जनमानसमा परिवर्तन ल्याएको र माओवादीका बन्दुकले भन्दा बढी दरबारलाई तर्सर्ााो छ । माओवादीको व्रि्रोह त दरबारका निम्ति शासन लम्ब्याउने र अन्तर्रर्ााट्रय र्समर्थन जुटाउने साधन बनेको छ । दलहरूको आन्दोलन कमजोर हुनु भनेको माओवादीका लागि न जित्न सक्ने, न पछाडि हट्न सक्ने अवस्थामा पुगेको 'जनयुद्ध'बाट निकासको मार्ग अवरुद्ध हुनु पनि हो । यदि माओवादीहरू १२ बँुदे सम्झौताप्रति प्रतिबद्ध छन् भने उनीहरूले फेरि हतियार बिसाएर शान्तिपर्ूण्ा आन्दोलनमा सहयोग गर्नर्ुपर्छ । त्यसो भएमा दलहरूको आन्दोलनलाई दमन गर्ने बहाना अन्त्य भएर शाही सरकारको आयु छोट्टनिेछ । अन्यथा, जनता दलका पक्षमा देखिएपछि राजा र माओवादी दुवै आत्तिएका तथा छुट्टाछुट्टै ध्रुवबाट दलहरूलाई कमजोर पार्ने कदम चालिरहेका आशङ्का र विश्लेषण गर्नेहरूलाई बल पुग्नेछ ।

अर्जुन ज्ञवाली