अर्थ | संक्षेप
११ वटा एम्बुलेन्स दान

शैली बस्नेत |
आफ्नो गणतन्त्र दिवसको
अवसर पारेर भारतीय राजदूतावासले विभिन्न स्वास्थ्य, सामाजिक तथा शैक्षिक
संस्थाहरूलाई रु.१ करोडभन्दा बढी मूल्यका एम्बुलेन्स र लाखौँ रुपैयाँका
पुस्तक वितरण गरेको छ । एम्बुलेन्स पाउनेहरूमा दर्ुगम जिल्ला दार्चुला
र डँडेलधुरालगायत उदयपुर, सिन्धुली, सिरहा, कञ्चनपुर, नवलपरासी, गोरखा,
काभे्र, धनकुटा र झापाका ११ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरू छन्
। नेपाल-भारत आर्थिक तथा प्राविधिक सहायता कार्यक्रमअर्न्तर्गत वितरण
गरिएका ती एम्बुलेन्सहरू भारतीय गणतन्त्र दिवस -१२ माघ) का दिन राजदूत
शिवशङ्कर मुखर्जीले सम्बद्ध संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नुभएको
थियो । एउटा एम्बुलेन्सको मूल्य करीब रु.१० लाख रहेको छ । सोही अवसरमा
अधिराज्यका विभिन्न १६ विद्यालयलाई पुस्तक पनि वितरण गरिएको थियो ।
•
शैली बस्नेत
नेउबा महासंघमा बौद्धिकहरू
नेपाल उद्योग बाणिज्य
महासंघले आफ्नो आर्थिक र व्यावसायिक नीतिनिर्माणमा विशेषज्ञ र बौद्धिक
व्यक्तित्वहरूको योगदान सुनिश्चित गर्ने उद्देश्यले महासंघका अध्यक्ष
चण्डीराज ढकालको संयोजकत्वमा विज्ञ समूह -'थिङ्क ट्याङ्क') गठन गरेको
छ । उक्त समूहमा पर्ूव महान्यायाधिवक्ता बद्रीबहादुर कार्की, अर्थ
विज्ञहरू डा. विश्वम्भर प्याकुर्याल, डा. मदनकुमार दाहाल, डा. पुष्कर
बज्राचार्य, प्रशासनविद् डा. द्वारिकानाथ ढुङ्गेल र उद्योगपति पद्म
ज्योति रहनुभएको छ । राष्ट्रिय योजना आयोगका पर्ूव सदस्य डा. युवराज
खतिवडालाई स्थायी आमन्त्रित सदस्यका रूपमा राखिएको छ । समूहको सदस्यसचिवमा
राजेन्द्रबहादुर श्रेष्ठ रहनुभएको छ ।
'थिङ्क ट्याङ्क'को गठनले मुलुकको समग्र आर्थिक नीतिका
सम्बन्धमा सरकार, निजी तथा र्सवजनिक क्षेत्र तथा आम जनसमुदायबीच विचार
आदानप्रदान हुने विश्वास महासंघको छ । यो समूहले राष्ट्रिय, क्षेत्रीय
एवं अन्तर्रर्ााट्रय आर्थिक विषयमा प्राथमिकता क्षेत्रको पहिचान गरी
अध्ययन गर्ने/गराउने जस्ता कार्यहरू गर्नेछ ।
जहाँ चाहियो त्यहीँ अक्सिजन
अमेरिकी कम्पनी निडेक मेडिकलद्वारा निर्मित स्वास्थ्योपचारका
क्रममा अक्सिजन आपर्ूर्ति गर्ने स्वचालित उपकरण नुभो अक्सिजन कन्सनट्रेटर
नेपालको बजारमा आइपुगेको छ । करीब २५ केजी वजन रहेको उक्त उपकरणमार्फ्
कोठाकै हावाबाट शुद्ध अक्सिजन तानी प्रयोग गर्न सकिने जानकारी अधिकृत
बिक्रेता विकास र्सर्जिकल कर्न्र्सनले दिएको छ । प्रति मिनेट ५ लिटरसम्म
अक्सिजन बनाउन सक्ने यस उपकरणको उपभोक्ता मूल्य रु.१ लाख ५ हजार तोकिएको
छ । अक्सिजनका प्रचलित सिलिण्डरभन्दा हलुका भएका कारण यो उपकरण अस्पताल
र घर जहाँ प्रयोग गर्न पनि सजिलो छ ।
११८ प्रतिशतले नाफा वृद्धि
चौधरी ग्रुपद्वारा प्रबर्द्धित युनाइटेड फाइनान्सको
आव २०६१/६२ को खुद मुनाफा अघिल्लो वर्षो तुलनामा ११८ प्रतिशतले बढेर
रु.८० लाख ४३ हजार पुगेको छ । उक्त आवमा यसको निक्षेप सङ्कलन र कर्जा
प्रवाह पनि क्रमशः १६ र ७२ प्रतिशतले बढी रु.३३ करोड २६ लाख र रु.५२
करोड ९४ लाख पुगेको छ । हालै सम्पन्न साधारण सभाका अवसरमा शेयरधनीहरूलाई
७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा पनि गरिएको छ । यस फाइनान्सले
विशेषतः मोटरसाइकल, आवास र घरायसी सामानहरूमा कर्जा प्रदान गर्ने गरेको
छ ।
'काठमाडौँ मल'मा नुनदेखि सुनसम्म
'नुनदेखि सुनसम्म, एउटै छानामुनि तपाईको संसार' भन्ने
नाराका साथ काठमाडौँ सुन्धारास्थित सञ्चयकोष भवनमा व्यापारिक-व्यावसायिक
कारोबार शुरु भएको छ । १० रोपनी ६ आना जग्गा अर्थात् २ लाख वर्गफिट
क्षेत्रफल ओगटेको उक्त ९ तले भवन 'केटीसीएन' नामक संस्थाले १५ वर्षा
निम्ति भाडामा लिई 'द काठमाडौँ मल' का नाउँमा व्यवसाय शुरु गरेको हो
। यसमा ब्याङ्क, ट्राभल एजेन्सी, बीमा कम्पनी, सहकारी संस्था, डिपार्टमेन्टल
स्टोर, रेष्टुरेन्टलगायत ५०० वटा विभिन्न स्वदेशी तथा विदेशी सरसामानका
पसल रहेका छन् । ३५० वटा गाडी र एकहजार वटा मोटरसाइकल पार्किङको व्यवस्था
रहेको यस भवनमा निकट भविष्यमै शिशु स्याहार केन्द्र तथा मनोरञ्जन पार्क
शुरु गरिने जनाइएको छ ।
लायन अब खोलमा
महाशक्ति सोप एण्ड केमिकल इण्डष्ट्रिजले बिना खोल -र्यापर)
बिक्री गर्दै आएको लायन लुगाधुने साबुनलाई खोलमा प्याक गरेर पुरानै
मूल्यमा बजारमा ल्याउने भएको छ ।
कपडालाई चम्किलो पार्न 'अप्टिकल ब्राइटनर', राम्रो
फिँज र नरमपनाको निम्ति नरिवलको तेल र बास्नाको निम्ति कागती मिसाइएको
तथा 'फिलर्स' को मात्रा शून्य पारिएका कारण नयाँ लायन ले अन्तर्रर्ााट्रय
गुणस्तर कायम गर्ने विश्वास इण्डष्ट्रिजका कार्यकारी निर्देशक राहुल
लोहियाले प्रकट गरेका छन् ।
'पैसा नाङ्गो साबुनको, काम राम्रो साबुनको' भन्ने नाराका
साथ बजारमा ल्याइएको लायन को खुद्रा मूल्य रु.१० तोकिएको छ । नेपालमा
खुला अर्थात् 'र्यापर' नभएको साबुन वाषिर्क रु.७५ करोडको खपत हुने
गर्छ ।
युनाइटेडको नाफा डेढ करोड
युनाइटेड इन्स्योरेन्स कम्पनीले आव २०६१/६२ मा गरेको
कुल नाफा रु.१ करोड ५४ लाख ८७ हजारमध्ये बोनसका रूपमा आफ्ना कर्मचारीलाई
रु.१५ लाख ४८ हजार बाँड्ने निर्ण्र्ाार्सार्वजनिक गर्दै १२ औँ साधारण
सभा सम्पन्न गरेको छ । गत आवको तुलनामा यस अवधिमा प्रिमियम सङ्कलन
२५.५ प्रतिशतले वृद्धि भई रु.११ करोड ४० लाख पुगेको पनि बताइएको छ
। युनाइटेडले अग्नि, सामुन्द्रिक, मोटर, जोखिम र विविध बीमा योजनाहरू
सञ्चालन गर्दै आएको छ ।
ट्याली को नयाँ संस्करण
लेखा व्यवस्थापन सम्बन्धी कम्प्युटर सफ्टवेयर ट्याली
एकाउन्टिङ प्याकेज को नयाँ संस्करण नेपालका लागि ट्याली को अधिकृत
बिक्रेता सीएनसी प्रालिले स्थानीय बजारमा बिक्री-वितरण गर्न थालेको
छ । ट्याली ७.२ को यो प्याकेजमार्फ् विभिन्न स्थानमा छरिएर रहेका कुनै
पनि संस्थाका शाखाहरूको मौज्दात हर्ेन र समन्वय गर्न सजिलो हुने दाबी
बिक्रेताको छ । यस प्याकेजको मूल्य रु.११ हजार ७ सय तोकिएको छ ।
औँलाको छापले खुल्ने सेफ
बहुमूल्य गरगहना, कागजपत्र र नगद राखिएको सेफको ताला
फोडिएला वा साँचो हराउला भन्ने पीरबाट मुक्त गराउन निश्चित व्यक्तिको
औँलाको छाप पढेर मात्र खोल्न मिल्ने कोरियन सेफ नेपाली बजारमा भित्रिएको
छ । हरेक व्यक्तिका औँला छाप पृथक् हुने भएकोले चाबीद्वारा खोल्न सकिने
सेफको तुलनामा 'बुमिल' कम्पनीको योे सेफ धेरै नै सुरक्षित हुने दाबी
गरिएको छ । ९ जना व्यक्तिसम्मको औँलाको छाप सञ्चय गर्न मिल्ने यो सेफले
१ सेकेन्डभित्रै औँलाको छाप मिल्यो मिलेन भन्ने प्रतिक्रिया दिन्छ
। नेपालमा यसको बजार पर््रबर्द्धन काठमाडौँस्थित होम फर्निचर्सले गरिरहेको
छ ।
नयाँ प्रविधिको बायोग्यास प्लान्ट
वैकल्पिक उर्जा पर््रवर्द्धनको क्षेत्रमा कार्यरत इनोभेटिभ
इन्टरप्राइजेजले जैविक फोहोर, घाँस, पात र परालबाट ग्यास निकाल्न मिल्ने
पुक्सिन वायोग्यास प्लान्ट बजारमा ल्याएको छ । डाइजेस्टरमा दिनदिनै
गोवर भरिराख्नु पर्ने प्रचलित गोबरग्यास प्लान्ट भन्दा भिन्न प्रविधिमा
निर्मित यो प्लान्टले एक पटक भरिएपछि ६ देखि ८ महिनासम्म उर्जा उपलब्ध
गराउन सक्ने दाबी कम्पनीको छ । रु.३० हजार पर्ने यो प्लान्टबाट उत्पादित
ग्यास चुल्हो, बत्ती, हिटर आदि उपकरण बाल्नका निम्ति प्रयोग गर्न सकिन्छ
।
एभरेष्ट ब्याङ्कको सुनौलो भविष्य
बालबालिकाको उच्च शिक्षा र व्यापार विस्तारको निम्ति
एभरेष्ट ब्याङ्कले सुनौलो भविष्य योजना नामक विशेष निक्षेप योजना प्रारम्भ
गरेको छ । यस योजनाअर्न्तर्गत एकदेखि पाँच वर्षम्मको अवधिका लागि शुरुमा
न्यूनतम रु.५०० र हरेक महिना रु.१०० का दरले रकम जम्मा गर्नुपर्नेछ
। निश्चित अवधि पूरा भएपछि अधिकतम प्रतिफल दिँदै ब्याङ्कले एकमुष्ट
सावाँ रकम र अर्धवाषिर्की ब्याज निक्षेपकर्तालाई भुक्तान गर्ने जनाइएको
छ ।
|