हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | १८ माघको समीक्षा

आत्मपराजयको कठघरामा राजा

हामी लोकतन्त्रका सर्न्दर्भमा बारम्बार बेलायतको उदाहरण दिने गर्र्छौँ । तर त्यहाँ राजालाई पनि दण्ड दिएको कुरालाई भने उपेक्षा गर्र्छौं । तर्सथ, राजा ज्ञानेन्द्र अब सम्झौतामा आउन चाहन्छन् भने '१९ माघ'को कदम र त्यसपछिको क्षतिको छानबिन हुनर्ुपर्छ  । राजालगायत सबै जिम्मेवार पदाधिकारीलाई दण्डका भागी बनाउन सक्नर्ुपर्छ  ।

प्रा. कृष्ण खनाल


सूचना विभाग

राजा ज्ञानेन्द्रको १९ माघ, २०६१ को कदमलाई बेलायती राजदूतले त्यतिबेलै 'आत्मपराजयी -सेल्फडिफिटिङ) कदम' भनेर टिप्पणी गरेका थिए । अघिल्लो साता -६/७ माघ २०६२) फेरि '१९ माघ'को मिनी रिहर्सल गरियो । एकाबिहानै पार्टर्ीीेता तथा अगुवा नागरिकहरू गिरफ्तार गरिए । फोन सर्म्पर्क बिच्छेद गरियो । ७ माघको दिनभर कर्फ्र्यु लगाइयो । यसले '१९ माघ'को राजाको कदम बेलायती राजदूतले भनेजस्तो आत्मपराजयी मात्र नभएर आत्मघाती नै हुन थालेको सङ्केत दियो । सम्पर्ूण्ा दोष राजनीतिक दलहरूमाथि थोपरेर आफूलाई चोखो देखाउने अनि मध्ययुगीन शैलीमा 'म नै सबथोक हुँ' भनी हुकुमी शासन गर्ने राजा ज्ञानेन्द्रको नाटकले राजसंस्थालाई नै 'द एण्ड'मा पुर्‍याएको छ ।

७ माघमा काठमाडौँमा उर्लने जनलहरको सम्भावित परिणतिबाट चिन्तित राजाले फेरि वार्ताको नाटक मञ्चन गर्ने प्रयत्नमा देखिन्छन्  । यतिखेरै भारतीय जनता पार्टर्ीी नेता लालकृष्ण आडवानीको काठमाडौँ आगमनको चर्चा हुँदैछ । लोकतान्त्रिक मुलुकका नेताहरूमध्ये आडवानी एकमात्र त्यस्ता नेता हुन् जसलाई रमेशनाथ पाण्डेले 'शाही कु'को सविस्तार वर्ण्र्ाागर्न पाएका थिए । उनको आगमन शाही निरङ्कुशतावादीका लागि उत्साहको विषय हुन सक्छ । तर बुझनुपर्ने कुरा के छ भने आडवानी पनि लोकतन्त्रका विरुद्ध शाही 'कु'को र्समर्थक बन्न सक्तैनन् । बरु उनको भ्रमणले विपक्षी दलका नेतासहित सिङ्गो भारत, नेपालमा लोकतन्त्रको पक्षमा छ भन्ने कुराको थप पुष्टि गर्नसक्छ । आफ्नै देशमा 'हिन्दुत्व'को नारा दिनका लागि राजा नचाहिएका आडवानीले नेपालमा राजाको वकालत आवश्य ठान्दैनन् भन्ने कुरा बुझन गाह्रो पर्दैन ।

'१९ माघ' नेपालको राजनीतिमा १ पुस २०१७ कै समकक्षी मानिएको छ । फरक यत्ति हो कि त्यतिबेला निर्वाचित संसद थियो, संसदको विश्वासप्राप्त सरकार थियो भने '१९ माघ'मा संसद थिएन, न संसदको विश्वासप्राप्त सरकार नै । सरकारमा चार दलहरू रहेका भए पनि त्यसको संवैैधानिक हैसियत थिएन  । राजाको निगाहमा त्यो सीमित थियो । राजदरबारको एउटा सूचनाबाट त्यो सरकार हट्न सक्थ्यो । किन हटाएको भनेर कसैले प्रश्न गर्ने थिएनन् । यसका बाबजूद बाउको अनुसरण गर्दै व्यापक रूपमा सेना परिचालनका साथ आफैँले नियुक्त गरेको सरकारको बर्खास्ती एवं राजनीतिक दलका नेता/कार्यकर्तादेखि बुद्धिजीवी, स्वतन्त्र व्यवसायीसम्म सबैलाई बन्दी बनाएर चालिएको राजाको यो कदमलाई कसैले 'शाही कु' त कसैले 'निरङ्कुश राजतन्त्रको पुनरुत्थान' भने । राष्ट्रिय तथा अन्तर्रर्ााट्रय तहमा यसको व्यापक विरोध, निन्दा र आलोचना समेत भयो । शव्दाबली जे भए पनि राजाको यो कदम लोकतन्त्रको विरुद्ध शाही सैनिक शासनको उद्घोष हो भनेर आम रूपमा चिनिएको छ । यसले नेपालको शासन/प्रशासनलाई पर्ूण्ातया सेनामाथि आश्रति बनाएको मात्र होइन राजसंस्था स्वयंको पनि त्यही नियति बनेको छ ।

'१९ माघ'पछिको एक वर्षा भयो के त - मुलुकका समस्याप्रति राजाको दृष्टिकोण असान्दर्भिक र नकारात्मक मात्र नभई ध्वंसोन्मुख समेत छ भन्ने प्रमाणित भएको छ । राजा निकास होइन अवरोधको खोजीमा छन् भन्ने कुरा पुष्टि भएको छ । जनता अरू आन्दोलित भएका छन् । राजनीतिक पार्टर्ीीले जनर्समर्थनको पुनः प्राप्तिसँगै बन्दूकको बलमा राज्यसत्ता जित्छौँ भन्ने माओवादीलाई लोकतन्त्रको पक्षमा ल्याएका छन् । सात दल र माओवादीका बीच भएको १२ बुँदे समझदारीले लोकतन्त्र र शान्तिका लागि जनतामा पहिलो पटक आश जगाएको छ । यसमा प्रयुक्त 'निरङ्कुश राजतन्त्रको अन्त्य' भन्ने शब्दावलीले सहमतिमा आउन राजालाई पनि ठाउँ दिएको प्रस्ट नै देखिन्छ  । जनता यसको कार्यान्वयन भएको हर्ेन चाहन्छन् । राजनीतिक दलहरूका पछाडि बढेको जनर्समर्थन यसैको द्योतक हो । तर राजा भने यसको परीक्षण गर्न समेत तयार देखिएनन् । परिणामस्वरुप, गणतन्त्र नै लोकतन्त्रको अभिन्न गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । राजसंस्थाको दिनगिन्ती शुरु भएको छ ।


रविन साय्मि

अघिल्लो साता, ७ माघ दिनदहाडै कर्फ्र्यु लगाउनु भनेको दलहरूको आन्दोलनले उत्कर्षस्थापित गरेको प्रमाण हो । त्यसले राजासँग सत्ता टिकाउन बलबाहेक अरू कुनै विकल्प बाँकी नरहेको जनाउ दिएको छ । यसबाट १९ माघको कदमलेे निरन्तरता दिन खोजेको शाही सैन्यसत्ता समाप्त भएको पुष्टि हुन्छ । हो, समाप्तिको रुप भने देखिन बाँकी नै छ । २०४६ सालमा राजा वीरेन्द्रले त्यो रुप, समय बाँकी छँदै देखे । तर वर्तमान राजाले भने सबै समय र अवसर गुमाएर गणतन्त्रको जनघोषणा पछि मात्र त्यो देख्ने स्थिति बन्दै गएको छ । वास्तवमा कुनै पनि आन्दोलनको चरमोत्कर्ष सत्तामा बस्नेहरूकै अन्धोपन, अकर्मण्यता, ज्यादती र त्रासका कारण निर्माण हुने गर्छ । वर्तमान सत्ताको व्यवहारलाई ढल्न लागेको त्यस्तै शासकको स्वाभाविक परिणतिका रूपमा लिन सकिन्छ ।

'१९ माघ' सम्पर्ूण्ा रूपमा असफल हुनुथियो, त्यो भएको छ । यसमा कुनैै आर्श्चर्य मान्नुपर्ने कारण छैन । बरु यसले मुलुकमा थप हिंसा, मूठभेड र बरबादी ल्याएको छ । यसका लागि सम्पर्ूण्ा रूपमा राजा जिम्मेवार र दोषी छन् । ढल्ने बेलामा अहिलेका राजाले पनि लोकतन्त्र मान्छु भन्ने नै छन् । र्सवदलीय सरकार, संसदको पुनर्स्थापनालगायत संविधानसभासम्म स्वीकार गरेर भए पनि आफू र आफ्नो जहान परिवारको हैकम जोगाउन लाग्ने नै छन् । अहिले संवादको हल्ला पनि चल्न थालेको छ । दरबारका सूत्रहरू सलबलाउन थालेका छन् । कूटनीतिक पहल बढेको छ । मुलुकलाई थप तनाव र मूठभेडबाट जोगाउने तथा लोकतन्त्रकै पुनर्स्थापनाका लागि भनेर राजासँग सम्झौता र समझदारी नहोला भन्न पनि सकिन्न । राजनीतिले संभावना र सम्झौताको खोजीलाई बन्देज गर्दैन । तर सम्झौता भनेको केवल सत्ताको लेनदेन मात्र होइन( निश्चित सिद्धान्त र उत्तरदायित्वका प्रति साझा सहमति र प्रतिबद्धता मुख्य कुरा हो । आजसम्म राजासँग लोकतन्त्रका लागि भएका सम्झौताहरू सत्ताको लेनदेनमा मात्र सीमित भएका छन्, सिद्धान्त र उत्तरदायित्वको प्रतिबद्धता एवं सहमति गौण हुने गरेका छन् त्यसैकारण, राजाले सजिलै सरकारहरु भङ्ग गर्ने गरेका छन् ।

लोकतन्त्रका लागि संवादका सबै बाटो तोडिसकेका राजासँग फेरि पनि लेनदेनका लागि संवाद र सम्झौता गर्नु भनेको नेताहरूका लागि पनि आत्मपराजयी र आत्मघाती सावित हुनेछ । जनता उठेका बेलामा पटकपटक चुक्ने हो भने तिनले सधैँभरि 'नेता'को पगरी भिरिराख्न पाउने छैनन्  । हो, अझै पनि सात राजनीतिक दलहरू र माओवादीबीच भएको १२ बुँदे सहमतिको कार्यान्वयन सम्झौताको एउटा आधार हुन सक्छ । तर यसका लागि पनि कम से कम '१९ माघ'को र्सवथा गलत र अवाञ्छित कदम र त्यसका कारण मुलुकले भोग्नु परेको बरबादी एवं दर्ुगतिका लागि राजा जिम्मेवारी लिन, क्षतिपर्ूर्ति व्यहोर्न र दण्डित हुन तयार हुनर्ुपर्छ । दण्डहीनतालाई जोगाएर न लोकतन्त्रको जग बस्छ न उत्तरदायी शासनको सुरुआत नै हुन सक्छ ।

हामी लोकतन्त्रका सर्न्दर्भमा बारम्बार बेलायतको उदाहरण दिने गर्र्छौँ । तर त्यहाँ राजालाई पनि दण्ड दिएको कुरालाई भने उपेक्षा गर्र्छौं । त्यहाँ मुलुकलाई गृहयुद्धबाट जोगाउन नसकेका कारण चार्ल्स प्रथमको टाउको काटियो । केही समयको अन्तरालपछि उनका उत्तराधिकारीलाई राजा बनाए पनि सन् १६८८ मा भएको 'ग्लोरियस रिभोल्युसन' पछि जब संवैधानिक राजतन्त्रको पद्धित प्रारम्भ भयो तत्कालीन राजा जेम्स प्रथमलाई गद्दीच्यूत गरियो र नयाँ राजालाई गद्दीमा राखियो । लोकतन्त्र नमान्ने राजा विश्वबाट लोप भएर गएका छन् । तर राजा नहुँदैमा विश्वमा लोकतन्त्र समाप्त भएको छैन, न कुनै देशले अस्तित्व नै गुमाएको छ । राजसंस्था लोकतन्त्रको न अनिवार्य शर्त हो न अपरिहार्य सिद्धान्त नै । हामीले राजाका अवाञ्छित व्यवहार र क्रियाकलापका बारेमा कहिल्यै प्रश्न गरेनौँ । २०४६ सालमा पनि हामीले न नेपाली जनताका अधिकारका विरुद्ध राजाले गरेका दमन, धनजनको क्षतिमाथि प्रश्न उठायौँ न मुलुकको पछौटेपनको जिम्मेवारीका बारेमा नै । अरू त कुरै छोडौँ, आन्दोलनरत ५० दिनका दमनकारी घटनाहरूका लागि पनि कसैलाई जिम्मेवार मानिएन । मानौँ, राजाको उदारमनाका कारण २०४६ मा 'बहुदलीय प्रजातन्त्र'को घोषणा भयो । त्यसैले नेपालमा 'प्रजातन्त्र' भनेको राजाको निगाह, लहड र सुविधाको विषयमा सीमित रहृयो । लोकतान्त्रिक पद्धति र प्रक्रियाको स्वस्थ विकासको त कुरै छाडौँ संस्थागत निरन्तरतासम्म पनि पाउन सकेन । तर अब पनि यही प्रवृत्ति दोहोरिनुहुँदैन ।

तर्सथ, राजा यदि फेरि सम्झौतामा आउन चाहन्छन् भने '१९ माघ'को कदम र त्यसपछिको क्षतिको छानबिन हुनर्ुपर्छ । राजालगायत जिम्मेवार सबै पदाधिकारीलाई दण्डका भागी बनाउन सक्नर्ुपर्छ । लोकतन्त्रको पर्ुनर्वहालीको घोषणा राजाबाट होइन जनताको र्सार्वभौम सभाबाट हुनर्ुपर्छ । संविधानसभाको निर्वाचनको परिणाम स्वीकार गर्ने प्रतिबद्धता र्सार्वजनिक गर्नु जरूरी छ । भोलिका पुस्ताले लोकतन्त्रका लागि राजासँग फेरि सङ्र्घष्ा गर्नु नपर्ने गरी गरिएको यो आन्दोलनको गन्तव्य शायद यसभन्दा कम हुनु नपर्ने हो ।