हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | १८ माघको समीक्षा

'कु' पछिको कु-समय

राष्ट्रिय एकता र स्थिरताको प्रतीक ठानिएको नेपालको राजतन्त्र एक वर्षै फुटको कारक, असमानता र भेदभावको संरक्षक तथा अस्थिरताको वाहकको रूपमा स्थापित हुन पुगेको छ ।

नीलाम्बर आचार्य

राजा र जनताबीच भएको विधिवत् सम्झौतालाई लत्याउँदै, संविधानका अपरिवर्तनीय भनिएका बाध्यात्मक प्रावधानहरूलाई कुल्चँदै, संवैधानिक राजतन्त्रका सबै सीमाहरू नाघ्दै, दलहरूको शासकीय अधिकारसम्बन्धी बहुदलीय प्रजातन्त्रका सामान्य सिद्धान्तहरूको खिल्ली उडाउँदै र जनताबाट र्सार्वभौमसत्ता खोसेर आफ्नो हातमा लिँदै राजा ज्ञानेन्द्रले आफैँले आफूलाई मन्त्रिपरिषदको अध्यक्षता गर्न नियुक्त गरी प्रत्यक्ष हुकुमी शासन शुरु गरेको एक वर्षभयो  ।

१९ माघ २०६१ को राजा ज्ञानेन्द्रको दोस्रो 'कु' १८ असोज २०५९ को पहिलो 'कु'को तुलनामा बढी उदाङ्ग र नाङ्गो थियो । बितेको एक वर्षसाक्षी छ- दोस्रो 'कु' बढी दमनकारी र अपमानकारी थियो, राजनीतिक पार्टर्ीीवं नागरिकका विरुद्ध ठाडो रूपमा लक्षित थियो, प्रजातान्त्रिक अवधिका उपलब्धिहरू समाप्त पार्न, राज्यका सबै संरचनामा एकतन्त्रात्मक नियन्त्रण कायम गर्न र नयाँ एकतन्त्रात्मक संरचनाहरू निर्माण गर्न अभिपे्ररित थियो । राज्यसत्तामाथि नियन्त्रणमार्फ् राज्यका आर्थिक स्रोतसाधनका साथै समग्र समाजमाथि नियन्त्रण गर्न त्यो 'कु' अभिमुख थियो । प्रजातन्त्रसित २००७ सालको, २०१५ सालको र खासगरी २०४७ सालको प्रतिशोध लिनेे भावनाबाट त्यो सञ्चालित थियो । माओवादी युद्धलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न होइन, त्यसलाई अरू तीब्र पार्न त्यो उन्मुख थियो । यी कुराको प्रमाणको रूपमा- संविधानको पर्ूण्ा उपेक्षासाथ गरिएका एक वर्षयताका घोषणा, अध्यादेश, आदेश, नियुक्ति, शासन र प्रशासनमा ल्याइएका अनुहारहरू, धरपकड, गिरफ्तारी, दमन, शाही आयोगमा भ्रष्टाचारका तथाकथित मुद्दाहरू, अख्तियार र वित्तीय अनुशासनको उल्लङ्घन, सञ्चार क्षेत्र र न्यायक्षेत्रमा समेत एकतन्त्रात्मक पकड कायम गर्ने प्रयास, मानवअधिकारको दुरवस्था, मित्र राष्ट्रहरूमाथि व्यापक आक्षेप, गैरसरकारी संघसंस्थामाथि हस्तक्षेप, राजनीतिक दलहरूविरुद्धका दुष्प्रचार, हिंसात्मक द्वन्द्व, आर्थिक र राजनीतिक सङ्कटमा परेको मुलुकका अधिनायकद्वारा अप्रिmकी मुलुकहरूको अर्थहीन भ्रमण र राजधानीमा दिउँसै कर्फ्र्यु, राजपरिषद र यसका जिम्मेवार सदस्यहरूका गैर जिम्मेवार राजनीतिक गतिविधि आदि आदि थुप्रै कुराहरूका साथै एकतन्त्रात्मक संरचनाको रूपमा नगरपालिका चुनावलाई समेत उपयोग गर्न खोजेको तथ्य उल्लेख गर्न सकिन्छ ।

पहिलो 'कु'ले राजा र राजनीतिक पार्टर्ीीको सम्वाद बन्द गरेको थिएन, त्यही कारण त्यसले केही भ्रमहरू र्छन सकेको थियो । तर दोस्रो 'कु'ले सम्वाद र सहमतिका सबै सम्भावना बन्द गरिदियो र के देखाइदियो भने- राजा ज्ञानेन्द्र पर्ूण्ा एवं अखण्डित अधिनायकत्व, आफ्नो हुकुमप्रति निर्विवाद र्समर्पण, 'जनता'को ठाउँमा स्वाभिमान र अधिकारबाट विमुख पारिएका 'प्रजा', नागरिकको ठाउँमा आज्ञापालक 'सेवक', राज्यका संयन्त्रको ठाउँमा निजी रूपमा उनीप्रति उत्तरदायी संयन्त्र र विधिको शासनको ठाउँमा पर्ूण्ातः आफ्नो शासन चाहन्छन् ।

यसका लागि उनले- माओवादी जनयुद्धलाई निहुँ बनाए, प्रजातान्त्रिक प्रणालीअर्न्तर्गत सरकार र राजनीतिक पार्टर्ीीप्रति हुने खुला जनगुनासा र विरोधहरूलाई हतियार बनाए, पार्टर्ीीेतृत्वका अन्तरविरोध र कमजोरीहरूलाई उपयोग गरे, शान्ति, सुरक्षा, विकास जस्ता स्वाभाविक जनचाहनामाथि खेल्न खोजे, परम्पराको दुहाई दिए र राज्यको सेनालाई व्यक्तिगत सेनासरह प्रयोग गरे ।

'राज्यशक्तिको स्रोत जनता हुन्' भन्ने तथ्यप्रति वैरत्व -शत्रुता) व्यक्त गर्दै २३७ वर्षघिका सैनिक विजयहरूमा नै वैधता खोजियोे  । सेनामाथिको नियन्त्रणलाई शासनको आधार ठानियो । फलस्वरूप, हरेक व्यवस्थामा कायम रहनुपर्ने र राजतन्त्रभन्दा स्थायी चरित्र भएको मुलुकको सेना र जनताबीचको दूरी बढाउने काम हुन गयो । जनताले स्वीकार नगरेको कानून न वैध कानून हुन्छ, न शासन वैध शासन, न चुनाव वैध चुनाव, न शासक वैध शासक, न त कुनै निकाय नै वैध निकाय हुन्छ । र, इतिहासले के देखाएको छ भने, जो वैध हुँदैन त्यसलाई बन्दुकको बलमा टिकाउन खोजिन्छ तर त्यो टिक्न सक्दैन । जो कुरा स्वीकार्य हुँदैन त्यसलाई शक्तिको भरमा लाद्न खोजिन्छ तर जनताले त्यसलाई स्वीकार गरिहाल्दैनन्् । ती दुवैको जमाना अब बितिसक्यो ।

एक्काइसौँ शताब्दीको यो अति सामान्य राजनीतिक कखहरा हो । यसलाई राजा ज्ञानेन्द्रले बिर्सर्ेेले एक वर्षै नेपालको राजतन्त्र अभूतपर्ूव सङ्कटमा फसेको छ । एकताको प्रतीकको रूपमा सम्मान गरिएको संस्था फुटको कारकको रूपमा हेरिन थालेको छ । राष्ट्रियताको संरक्षकको रूपमा सोचिएको संस्था जनतामा असमानता र भेदभावको संरक्षकको रूपमा बुझन थालिएको छ । मुलुकको स्थिरताको प्रत्याभूति ठानिएको संस्थालाई अस्थिरताको वाहकको रूपमा लिन थालिएको छ ।

राज्यशक्ति र जनशक्तिका बीच १८ असोज, २०५९ देखि बढेको दूरी १९ माघ, २०६१ पछि शत्रूतापर्ूण्ा मूठभेडमा परिणत भएको छ । '१८ असोज'पछि पनि राजनीतिक पार्टर्ीी राजदरबारमा वार्तामा र सिंहदरबारमा शासनमा ल्याइएका थिए । यद्यपि ती 'प्रजातान्त्रिक सरकार' हुनुको सट्टा राजाको नियन्त्रणको 'शाही सरकार'मा परिणत भइसकेका थिए । १८ माघ २०६१ सम्म धुवाँकै भए पनि एउटा पर्दा कायम थियो । '१९ माघ'देखि त त्यो पर्दा पनि रहेन । शाही सरकार 'शाह सरकार'मा परिणत भयो र मुलुकमा प्रत्यक्ष शाहशाही शुरु भयो ।

यो एक वर्षा 'शाह सरकार'को पार्टर्ीी नागरिकविरोधी अभियान बढ्दै गयो । परिणामतः आज राजा ज्ञानेन्द्रको अधिनायकत्वको 'अधिराज्य' जनताबाट पर्ूण्ातः पृथकिएको छ, अर्धराज्यमा परिणत भएको छ । माओवादी त पृथक् छँदैथिए, मुलुकका प्रजातान्त्रिक शक्तिहरू पनि पृथक् भएका छन् । देशमा एक्लिएका राजा विदेशमा नएक्लिने कुरै थिएन । नेपालको राष्ट्रिय प्रतिष्ठा विश्व समुदायमा यति तल कहिल्यै खसेको थिएन । यो कुरा राजालाई अन्तर्रर्ााट्रय जगतमा गरिएको व्यवहारले पनि प्रस्टै देखाएको छ । त्रासबाट मुक्ति खोजिरहेका नेपालीको भागमा अरू त्रास थपिएको छ । शान्ति दिन्छु भनेर प्रजातन्त्र खोसेका राजाले शान्तिको सम्भावनालाई अझ टाढा पारिदिएका छन् । आफ्नो तर्फाट शान्ति अग्रसरता अपनाउने कुरा त परै छाडौँ, माओवादीको एकतर्फी युद्धविरामले समेत राजाको सकारात्मक सम्बोधन पाएन । अनि, मुलुकमा पुनः हिंसा र रक्तपातको श्रृङ्खला शुरु भयो । '१८ असोज' र '१९ माघ'ले गर्दा राजनीतिक रूपले निरस्त्र भएको राज्यसित माओवादी समस्याको राजनीतिक समाधान पहिल्याउने क्षमता नहुनु आर्श्चर्यको कुरा होइन । त्यसैले उसले सैनिकीकरणमा मात्र जोड दिइरहेको छ । आफू शान्तिप्रति अग्रसर नहुने राज्यले सात पार्टर्ीीले अपनाएको शान्ति अग्रसरतालाई समेत बुझन चाहेन र १२ बुँदे समझदारीको सकारात्मक शान्तिपक्षीय कुरालाई बलियो पार्नुको साटो उल्टै त्यसका विरुद्ध खनियो । यो यही बितेको एक वर्षभत्रको कुरा हो ।

राजा हरेक क्षेत्रमा विफल भएका छन् । माओवादीहरू युद्धमा फर्केका छन् । सात दलले आयोजना गरेका आन्दोलन, विरोध जुलुस र जनसभाहरूमा विशाल जनसागर भरिन थालेको छ । निषेधाज्ञाहरू तोडिएका छन् र एउटा जुलुस नियन्त्रण गर्न 'शाह-शासन'ले राजधानीमा बिहानदेखि साँझसम्मको कर्फ्र्यु लगाउने घटनासम्म भएको छ । राजधानीका दशौँ लाख नागरिकहरू दिउँसभर आफ्नै घरमा नजरबन्दमा परे- कर्फ्र्युका कारणले । शाह सरकारका कारिन्दाहरू जे सुकै भनुन्- न माओवादीको ढाड भाँचिएको छ, न राजनीतिक पार्टर्ीीको ढाड । राजनीतिक दलहरू आफ्नो गुमेको प्रभाव फेरि कायम गर्न सफल देखिएका छन् । तिनको लोकतान्त्रिक आन्दोलन झन्झन् फैलिरहेको छ । जनकपुर, नेपालगञ्ज, पोखरा, विराटनगर, काठमाडौँ आदिका जनसभाहरूले पनि यो देखाएका छन् । साथै कानून व्यवसायी, पत्रकार, प्राध्यापक, शिक्षकलगायत विभिन्न पेशाकर्मी, मानवअधिकारवादी, सचेत नागरिक, मजदुर र किसानका विरोध कार्यक्रमहरूले पनि यही देखाएका छन् । शहरहरू बढ्दो रूपमा अशान्त भएका छन् र शाह शासनसँगै सिङ्गो राजसंस्था बढ्दो रूपमा सङ्कटग्रस्त भएको छ ।

बितेको एक वर्षभत्र मुलुकका तीन वटा सबभन्दा ठूला पार्टर्ीीले दूरगामी महत्त्वका राजनीतिक निर्ण्र्ाागरेका छन् । नेपाली काङ्ग्रेस र प्रजातान्त्रिक काङ्ग्रेस दुवैले आफ्ना विधानबाट 'संवैधानिक राजतन्त्र' स्वीकार्नुपर्ने प्रावधान हटाइदिएर गणतन्त्रमा जानसक्ने सम्भावना खुला राखे भने मुलुकको दोस्रो ठूलो पार्टर्ीीमालेले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक दिशा निर्धारण गरेको छ । राजाको हुकुमको वा तथाकथित सदिच्छाको सम्मानको दायरालाई त नगरपालिकाको चुनाव बहिष्कारका घोषणाहरूले नै देखाएका छन् । सात पार्टर्ीीात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी समेत चुनाव बहिष्कार गरेको छ । राजदरबारको नजिक ठानिएको यस पार्टर्ीीत्र शाह सरकारका गृहमन्त्रीले 'कु' गर्ने प्रयास गरे, त्यसलाई औँल्याएर यो पार्टर्ीीई उसको सुरक्षित चुनाव चिन्हबाट निर्वाचन आयोगले बञ्चित गरिदिएपछि राप्रपाले केन्द्रीयस्तरमै बहिष्कारको निर्ण्र्ाालियो ।

राजतन्त्रको सङ्कटको गहिर्राई सबैले देख्ने गरी उदाङ्गएिको छ । राजाले जति चाहे पनि र जेजति गरे पनि उनी मुलुकलाई आफ्नो नियन्त्रणमा राख्न असफल भएका छन् । '१९ माघ'यता राजाबाट जनताले अपमान सहनु पर्‍यो, अन्तर्रर्ााट्रयस्तरमा अभूतपर्ूव रूपले प्रतिष्ठा गिरेको देख्नुपर्‍यो  । तर राजाको निरङ्कुशताविरुद्ध उठेका जनताले त्यो प्रतिष्ठा जोगाएका छन् । तिनीहरूले बढ्दो अन्तर्रर्ााट्रय सराहना र र्समर्थन पाइरहेका छन् । प्रजातान्त्रिक आन्दोलनप्रति देशभित्र र देशबाहिर निरन्तर बढिरहेको ऐक्यबद्धता यसको बलियो उदाहरण हो ।

लाग्दछ- मुलुक गणतन्त्रतिर अगाडि बढिरहेको छ । आफ्नो अधिनायकत्वको शासनप्रणाली कायम गर्न सत्तापलट गर्ने राजा ज्ञानेन्द्र, आफ्नो अधिनायकत्वको शासनपद्धति कायम गर्न जनयुद्ध सञ्चालन गरिरहेका माओवादी र जनताको र्सार्वभौमसत्तायुक्त लोकतान्त्रिक प्रणाली कायम गर्न आन्दोलनरत राजनीतिक पार्टर्ीीवं अन्य प्रजातान्त्रिक शक्तिहरूका पृथक् पृथक् ध्येय र चरित्रका क्रियाकलापले बितेको एक वर्षा मुलुकलाई गणतन्त्रको परिणामतिर लगेका छन् । राजा, राजनीतिक पार्टर्ीी माओवादीहरू एक वर्षता प्रकट भएका आ-आफ्ना अडानमा दृढ रहिरहे भने राजसंस्था इतिहास बन्न पुग्नेछ । गणतन्त्र त आउने छ तर त्यो कस्तो गणतन्त्र हुनेछ भन्न भने गाह्रो छ । बितेका घटनाहरूले राजतन्त्रबिनाको नेपालको दिशा देखाएका छन् । त्यसमा सबै कारकहरूको योगदान छ- कुनैको अचेतन रूपको त कुनैको सचेतन रूपको । तर त्यसपछिको नेतृत्व कसले लिने छ- प्रजातान्त्रिक शक्तिहरूले, माओवादीले अथवा कुनै दक्षिणपन्थी तत्वले - सेनाको केकस्तो स्थिति हुनेछ  - के मुलुक त्यो अवस्थामा पुग्नुभन्दा पहिल्यै कुनै सजिलो र कम पीडादायी समाधान फेला पार्न सम्भव छ - तर त्यसका लागि र्सवप्रथम राजाले शासनसत्ताको लोभ छाड्नर्ुपर्दछ । राजनीति गर्न र सत्ता सञ्चालन गर्ने काम एक्काइसौँ शताब्दीका राजाको होइन । राजनीतिक दलहरूको हो । तर यही कुरा राजा ज्ञानेन्द्र स्वीकार गर्न तयार छैनन् र सङ्कटलाई अझ बढाइरहेका छन् । १९ माघ र तत्पश्चात् त्यही भयो । अघिल्लो साता ७ माघको दिवाकालीन कर्फ्र्युपश्चात् त राजाको सत्तालोभ अझ कुरूप देखियो । त्यो कुरूपताको साक्षी बसन्तपुर अहिले पनि छ । त्यो कुरूपता 'बरु व्रि्रोह चर्कोस्, रगत बगोस्, नेपालीहरूको असुरक्षा बढोस्, तर राजनीतिक दलहरूको स्थान राज्यमा नबढोस् र राजाको निरङ्कुशता नघटोस्' भन्ने सोचाइमा प्रतिबिम्बित भएको छ ।
त्यही कुरूपताले गर्दा राजतन्त्रको भविष्य र मुलुकको भविष्य आपसमा बाझएिको अनुभव व्यापक रूपमा गरिन थालेको छ ।

ाजतन्त्रलाई अहिलेको स्थितिको प्रतिबिम्बको रूपमा हेरिन थालेको छ- असुरक्षा, द्वन्द्व र समस्याको रूपमा । सत्ता कहाँबाट आउँछ र केमा टिक्छ - यो प्रश्नको उत्तर माओवादी र राज्यले एकै किसिमले दिएको देखिन थालेको छ र राजतन्त्रले आफ्नो नैतिक पूँजी मासेको छ, आफ्नो नैतिक धरातल गुमाउँदै गएको छ ।

राजसंस्था भनेको राजाको संस्था हो, जनताको संस्था होइन  । मुलुकको नेतृत्व जनताको संस्थाले गर्नुपर्दछ र लिन सक्नर्ुपर्दछ  । त्यस्तो नेतृत्वले मात्र मुलुकलाई समाधानतिर लग्न सक्दछ । अहिले त्यस्तो नेतृत्व निर्माण हुन बाँकी छ । मुलुकका राजनीतिक शक्तिहरूले नै त्यस्तो नेतृत्व निर्माण गर्नुपर्दछ । तिनीहरूले अरूबाट आशा गर्न सक्दैनन् । यस्तो नेतृत्वले मुलुकको नेतृत्व लिएपछिमात्र मुलुकलाई च्याप्ने 'कु-समय'लाई मुलुकबाट विदा गर्न सकिनेछ ।


'१९ माघ'देखि शाही सरकार 'शाह सरकार'मा परिणत भयो र मुलुकमा प्रत्यक्ष शाहशाही शुरु भयो ।

त्रासबाट मुक्ति खोजिरहेका नेपालीको भागमा अरू त्रास थपिएको छ । शान्ति दिन्छु भनेर प्रजातन्त्र खोसेका राजाले शान्तिको सम्भावनालाई अझ टाढा पारिदिएका छन् ।

शाह सरकारका कारिन्दाहरू जे सुकै भनुन्- न माओवादीको ढाड भाँचिएको छ, न राजनीतिक पार्टर्ीीको  ।

राजाले जति चाहे पनि र जेजति गरे पनि उनी मुलुकलाई आफ्नो नियन्त्रणमा राख्न असफल भएका छन् ।

लाग्दछ- मुलुक गणतन्त्रतिर अगाडि बढिरहेको छ ।

राजा, राजनीतिक पार्टर्ीी माओवादीहरू अहिलेकै अडानमा दृढ रहिरहे भने राजसंस्था इतिहास बन्न पुग्नेछ ।

मुलुक भड्खालोमा पर्नुभन्दा पहिल्यै कुनै समाधान फेला पार्न सम्भव त छ, तर त्यसका लागि राजाले शासनसत्ताको लोभ छाड्नर्ुपर्दछ ।

राजतन्त्रले आफ्नो नैतिक पूँजी मासेको छ, आफ्नो नैतिक धरातल गुमाउँदै गएको छ ।