हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरीका कुरा

ह्यारी पोटरको जादु

काल्पनिक कथा नरुचाउने २२ वषर्ीया स्नेहाको घरमा अर्काको नासोको रूपमा 'हृयारी पोटर'का पाँच वटा किताब आए । दुनियाँ पागल भएको यो शृङ्खलामा के रहेछ हेरौँ न त भनेर पहिलो भाग के उठाएकी थिइन्, पाँच वटै नसिद्ध्याई बस्न सकिनन् ।

शैली बस्नेत

बच्चादेखि वयस्कसम्मले नाक गाडेर पढ्ने बेलायती लेखिका जे.के. रोलिङको हृयारी पोटर नेपाली पाठकमाझ पनि लोकप्रिय छ । हृयारी पोटरको पछिल्लो; छैटौँ भाग १६ जुलाई २००५ मा निस्केको थियो । रोलिङ अहिले सातौँ भाग लेख्न व्यस्त छिन्  । हृयारी पोटरको नयाँ भाग निस्कनुअघि नै संसारभरबाट लाखौँ प्रति अग्रिम बुकिङ हुने गरेको छ । निस्कने दिन घण्टौँदेखि पसलहरूमा लाइन लाग्छ  ।

काठमाडौँका एजुकेशनल बुक हाउस, पिलग्रिम्स, बार्नस् एण्ड नोबेल र एकता बुक्समा धेरै बिक्ने किताबमध्ये पर्दछ, हृयारी पोटर  । ठमेलको बार्नस् एण्ड नोबेलबाट हृयारी पोटरका पहिला चार खण्ड हजार-हजार प्रति बिकेका छन् भने जमलस्थित एजुकेशनल बुक हाउसले छैटौँ भाग मात्रै ५०० प्रति बेचिसकेको छ । छैटौँ भाग निस्कने तीन महिनाअघि नै हृयारी पोटरको विज्ञापन र अग्रिम बुकिङ शुरु भइसकेको थियो । एजुकेशनल बुकका अन्जन श्रेष्ठ भन्छन्, "नेपालमा किताबको यस्तो विज्ञापन कहिल्यै भएको थिएन ।" तैपनि हालसम्म काठमाडौँ र पोखरामा सीमित हृयारी पोटर महङ्गो -छैटौँ भागको मोल रु.१४३२ पर्दछ) भएको कारण अन्य शहरमा बेच्न नसकिएको पुस्तक बिक्रेताहरू बताउँछन् ।

लेखिका जे.के. रोलिङका शब्दमा, किताबमा असल र खराबबीच द्वन्द्वको कथा छ । किताबको प्रमुख पात्र हृयारी पोटर आफ्ना मृत बाबु-आमाको वास्तविकता लगायत जादुको संसारबारे केही थाहा नभएको, सानिमाको घरमा बस्ने एउटा अनाथ केटो हुन्छ । ११ वर्षलागेपछि उसलाई जादुको विद्यालय, होगवार्टस्बाट बोलावट आउँछ र कथा शुरु हुन्छ । लर्ड भोल्डर्ेमर्ट कथाका मुख्य खलपात्र हुन्, जसको नाम लिन हृयारी, उनका धर्मपिता सिरियस ब्ल्याक र होगवार्टस्का प्रिन्सिपल डम्बलडोरबाहेक सबै डराउँछन् । हरेक शृङ्खलामा जादुको संसारका समस्या र जटिलताको सामना गर्दै आएको हृयारीको उमेर छैठौँ भागमा आइपुग्दा १६ वर्षपुगेको हुन्छ ।

यी शृङ्खलाका पात्रहरूसँग पाठक भिज्न सक्नुको कारण कल्पनाको संसार र संवेदना, हर्ष पीडार्,र् इष्र्या, विछोड जस्ता मानवीय भावनाको मर्मस्पर्शी चित्रण हो । कथावस्तु यति बलियो छ, त्यसमा डुबेका पाठकहरू निस्कने मनै गर्दैनन् । रातो बङ्गला स्कूलमा ८ कक्षामा पढ्ने आलोक अधिकारी भन्छन्, "उनीहरूको आफ्नै पैसा छ, यातायात छ, स्कूल छ, होस्टेल छ; यी सबै कुरा काल्पनिक भए पनि यति राम्ररी लेखिएको छ कि यस्तो पनि हुन्छ र - भन्ने नै लाग्दैन ।" १० कक्षाकी अदिती थप्छिन्, "बरु यस्तै भइदिए हुन्थ्यो जस्तो लाग्छ । ११ वर्षपुगेपछि मलाई पनि होगवार्टस्बाट लिन आउँछन् कि जस्तो लाग्थ्यो ।" मल्पी इन्टरन्याशनलबाट ए लेभल गरेका गिरिश सुवेदी काल्पनिक भए पनि कथाका हरेक कुरामा बलियो तर्क पाउँछन् ।


लेखिका रोलिङ

लेखिका रोलिङले एउटा कल्पनाको संसार बुनेकी छन् । समीक्षकहरूले उनको हातमा जादु छ भनेका छन् । किताब सरल अङ्ग्रेजीमा लेखिएको छ । अर्को भागमा के होला भन्ने कौतुहल जगाउनु यसको अर्को विशेषता हो । छैटौँ भागमा डम्बलडोरको मृत्युले हृयारी पोटरका सबै फ्यानमा सातौँमा के होला भन्ने खुल्दुली उत्पन्न गराएको छ । गिरिश भन्छन्, "किताब पढिसकेपछि आफूले सोच्छु नभने पनि दिमागले अझै अन्दाज लगाइरहेको हुन्छ  । यस्तो जादु थोरै किताबमा मात्र हुन्छ ।"

हृयारी पोटर बच्चाहरूका लागि हो कि ठूलाहरूका लागि भन्ने प्रश्न पनि उठ्ने गरेको छ । २४ वषर्ीय पवनको विचारमा यो बाल साहित्य होइन, किनकि यसको कथा र भावनाले सबैलाई तान्छ । लेखिका आफैँले पनि बालबालिकाको लागि मात्र नलेखेको बताएकी छन् । आफ्नो सन्तुष्टिको लागि लेख्ने गरेकोले वयस्कहरू पनि रमाउन सकेका उनको अनुमान छ ।

कथाको मुख्य पात्रझैँ लेखिका जे.के. रोलिङको जीवन पनि सङ्र्घष्ामय छ । किताब छापिनु अगाडिसम्म एक शिक्षिका रहेकी उनी संयुक्त अधिराज्यस्थित एडिनवर्गको चिसो एककोठे अपार्टमेण्टमा काखे छोरीलाई एक्लै हर्ुकाइरहेकी थिइन् । छोरी सुतेको बेला क्याफेमा बस्दै कथा लेख्ने गरेकी रोलिङ अहिले बेलायतकी रानी एलिजावेथ भन्दा धनी भएकी छन् । पुरुष पाठकहरूले एक लेखिकाको साहसिक कथा पढ्न नरुचाउलान् भनेर उनको पूरा नाम जोन क्याथलिन रोलिङ प्रयोग नगर्न सुझाव दिइएको थियो । उनी आज विश्वकै र्सवाधिक धनाढ्य लेखिका हुन् । हाल सातौँ किताब लेख्न व्यस्त रोलिङले हृयारी पोटर बिनाको जीवन अब बाँच्न गाह्रो हुने बताएकी छन् ।

हृयारी पोटरका फ्यानहरूलाई सातौँ भागले कथालाई कसरी अन्त्य गर्ला भन्ने ठूलो कौतुहल उत्पन्न गराएको छ । विदेशमा हृयारीका मिल्ने साथी रोन र हरमाइनीलाई नमार्न लेखिकालाई आग्रह गर्ने केटाकेटीदेखि, छोराछोरीले कहिले पढी सिद्ध्याउलान् र आफू पढुँला भनेर कर्ुर्ने बाबुआमाहरूसम्म छन् यसका फ्यानहरू । नेपालमा पनि हृयारीसँग जोडेर कापी-किताबभरि आफ्नो नाम लेख्ने, उसको नाम गाँसेर इमेल आइडी बनाउने, आफू हृयारीको 'वेस्टप|mेण्ड' भएको कल्पना गर्दै दैनिक पत्रिकामा चिठी पठाउनेसम्मका फ्यानहरू हृयारी पोटरले बटुलिसकेको छ ।

हृयारी पोटरको सफलताले युवापुस्तालाई के दियो - समाजशास्त्री हरि शर्मा भन्छन्, "टेलिभिजनले गर्दा पढ्न छाडेका वा वानी नै नबसाएका केटाकेटीहरूलाई यसले किताब समाएर बस्न लगाएको छ । उनीहरू पढ्न र किताब पसल छिर्न थालेका छन् ।" बाहृय विश्लेषकहरूले पनि एउटा ठूलो जमातलाई किताब पढ्न रमाइलो हुन्छ भन्ने ज्ञान दिन सक्नुलाई जे.के. रोलिङको सफलता एवं योगदानका रूपमा लिएका छन् ।

हृयारी पोटरका कथा पर्दामा पनि उतारिएको छ । शृङ्खलाका चार खण्ड हालसम्म चित्राङ्कन भइसकेका छन्, जसमा हृयारीको भूमिकामा ड्यानियल र्‍याडक्लिफ छन् । पछिल्लो हृयारी पोटर चलचित्र 'हृयारी पोटर एण्ड द गबलेट अफ फायर' ले संयुक्त अधिराज्यमा तीन दिनमै झण्डै डेढ करोड पाउण्डको व्यापार गरेर बेलायती सिनेमामा नयाँ इतिहास बनाएको छ  । सण्डे टाइम्स का अनुसार १६ वर्षो ड्यानियल र्‍याडक्लिफ बेलायतका सबैभन्दा धनी किशोर बनेका छन् ।

किताबले दिने अनुभूतिसँग मेल खाने पात्र चयन र भव्य सेटले रोलिङले रचेेको संसारलाई न्याय दिएको छ । तर पहिलो तीन भागले किताबको कथालाई दुरुस्तै उतार्न नसकेको विश्लेषकहरूको टिप्पणी छ । गत नोभेम्बर १८, २००५ मा दर्शक सामु आएको चौथो भागले भने विश्लेषकहरूको स्याबासी पाउन सफल भयो । कुमारी सिनेमाका असरफ शाहका अनुसार काठमाडाँैँमा दर्ुइ साता चलेको हृयारी पोटर एण्ड द गबलेट अफ फायरलेे मध्यम व्यापार गर्‍यो । अरू अङ्ग्रेजी चलचित्र भन्दा हृयारी पोटर हर्ेन बढी दर्शक आएका कुरा पनि उनले बताए ।


पुस्तक पढ्नेहरू के भन्छन् ?

डा. अपर्णा शर्मा,
नेपाल मेडिकल कलेज

हृयारी पोटरमा के राम्रो छ ?
लेखिकाको कल्पना, जसमा हराएको थाहै हुँदैन ।

किताब कसरी फेला पार्नुहुन्छ  ?
किनेर, पहिल्यै अर्डर गर्छु ।

घरमा अरू क-कसले पढ्छन् ?
म, बहिनी र बुबा । नपढे पनि आमालाई समेत हरेक पात्रको कथा थाहा छ । हाम्रो खानेबेलाको छलफलको विषय नै हुन्छ हृयारी पोटर ।

कथाको सबैभन्दा मनपर्ने पात्र  ?
हृयारीकी साथी हरमाइनी । ऊ नभएकी भए हृयारीले यति गर्न सक्दैनथ्यो  ।

मन नपर्ने नि ?
लर्ड भोल्डेमोर्ट । ऊ कतैबाट पनि दया नलाग्ने र कसै गरे पनि बुझन नसकिने खालको छ ।

यो शृङ्खला बन्द भएपछि के गर्नुहुन्छ  ?
म हृयारीलाई सम्झिरहनेछु । अरू पात्रहरूको कथा पनि पढियो, तर यस्तो उत्सुकता कहिल्यै भएन ।

अब हृयारी मर्‍यो भने के होला  ?
त्यो एउटा ठूलो क्षति हुनेछ । किनभने हृयारी पोटर अब एउटा 'हिरो' भइसकेको छ र धेरै मान्छेहरू ऊसँग जोडिइसकेका छन् ।


शुभेच्छा बस्नेत,
बीबीए, अमेरिका

कहिलेदेखि पढ्न थाल्नुभयो ?
तीन वर्षअगाडि चलचित्र हेरेपछि मन पर्‍यो, हल्ला छँदै थियो । अनि पढ्न थालेँ । चलचित्र खल्लो लाग्यो, किताब धेरै रमाइलो ।

के रमाइलो ?
सबै कुरा, विशेष गरी जादु । केही कुरालाई परिवर्तन गर्न सक्ने शक्ति मलाई एकदमै मनपर्छ ।

छैटौँ भाग कति दिनमा पढ्नुभयो  ?
दर्ुइ दिन । एकदमै व्यस्त थिएँ, त्यसैले । कति साथीहरूले ६७२ पानाको किताब तीन-चार घण्टामै सिद्ध्याए । अमेरिकामा त यो किताब एकदमै लोकप्रिय छ र चाँडै सिद्ध्याउने प्रतिस्पर्धा हुन्छ । छैटौँ भाग निस्कँदा पाँच सय बस्ने डोरमिटोरीमा चार सयको हातमा यही किताब थियो ।

तपाईंलाई मनपर्ने पात्र को हो नि ?
होजवार्टका प्रधानाध्यापक डम्बल्डोर, जो मरिहाल्यो । हरमाइनी पनि मनपर्छर्ेे उसले सबैलाई ठीक ठाउँमा राखेकी र सम्हालेकी छ । मौकामा बहादुरी पनि देखाउँछे । रमाइली पनि छे ।

हृयारी पोटर सकियो भन्दा कस्तो लाग्छ ?
म हृयारीलाई एकदम मिस गर्नेछु ।


प्रेमिता मोक्तान,
११ कक्षा, नोबेल एकेडेमी

कस्तो लाग्छ हृयारी पोटर ?
दामी । चलचित्र मन परेर पढेको, किताब झन् राम्रो रहेछ । यसमा बच्चादेखि बूढाबूढीसम्म सबैको भावना, प्रेम, समस्याहरू छन् । त्यसमाथि हामी नै जादुमा छिरेजस्तो र होगवार्ट स्कूल साँच्चै नै भइदिए हुन्थ्यो जस्तो लाग्छ ।

सातौँ भागमा हृयारी मर्‍यो भने के होला ?
भोल्डर्ेमर्टलाई मारेर मात्र मर्ला र झन् लोकप्रिय होला ।

मनपर्ने पात्र को हो ?
हृयारीको साथी रोनाल्ड विसले । ऊ झगडा र्रर् इष्र्या पनि गर्छ र हँसाउँछ पनि ।

मन नपर्ने नि ?
हरमाइनी । खाली पढ्यापढ्यै गर्छे ।

हरमाइनी र रोनाल्डबीच प्रेम भयो भने के होला?
झगडा मात्रै हुन्छ, सम्बन्ध राम्रो हुँदैन । तर हामीलाई पढ्न रमाइलो हुन्छ ।

यो शृङ्खला सकिएपछि कस्तो लाग्छ ?
खल्लो लाग्छ । दिमागमा वर्षौँदेखि भएको त्यत्रो जादुको संसार भताभुङ्ग हुन्छ । साँच्चिकैको कुनै कुरा बीचैमा हराएको जस्तो हुनेछ ।


पवन हर्जानी,
रेष्टुरेण्ट व्यवसायी, ठमेल

कहिलेदेखि पढ्न थाल्नुभयो ?
तीन वर्षघि सोझै तेस्रो भाग पढ्दा खासै केही लागेको थिएन, ६ महिनाअघि आठ दिनमा ६ वटै किताब पढेँ ।

लेखिका रोलिङको के कुरा मन पर्छ  ?
लेख्ने तरिका । हृयारीको भावना र उमेरसँगै विकास हुँदै गएको उनको लेखन गजबकै छ ।

सातौँ किताब कस्तो होला ?
छैटौँ किताबको अन्त्यमा यति ठूला काम र प्रश्नहरू छाडिएको छ, अब एउटै किताबमा सबै कुरा टुङ्गन्िछ भनेर पत्याउन गाह्रो छ । डम्बल्डोर मरेको हो भने हृयारीलाई एक्लै सङ्र्घष्ा गर्न गाह्रो हुनेछ ।

अर्को भागमा हृयारी मर्‍यो भने  ?
मलाई मर्छ होला जस्तो लाग्दैन । मर्‍यो भने हृयारीमाथि संसारभरि थुप्रैको जुन विश्वास छ, त्यो तहसनहस हुनेछ ।

तपाईँको मनपर्ने पात्र को हो  ?
म डम्बल्डोर र हृयारीको सम्वाद मन पराउँछु । छैटौँ भागमा डम्बल्डोर मर्दा मलाई दर्ुइदिनसम्म टाउकोमा कसैले बेस्सरी हानेर सोच्न नसक्ने बनाइदिएको जस्तो भएको थियो ।

यो शृङ्खलाको अन्त्यपछि के होला  ?
मलाई हृयारीको फिर्तीको आश हुनेछ ।

किताब बाहेक हृयारीसम्बन्धी सम्झिनलायक अरू केही ?
चलचित्र हेरेँ । समीक्षा र (dumbledoreisnotdead.com) साइट मनपर्छ  ।


एघार-एघार चोटि पढ्ने पनि छन्


मीन बज्राचार्य

रातो बङ्गला स्कूलमा १० र ८ कक्षामा पढ्ने दिदीभाइ अदिती र आलोक अधिकारी दुवै हृयारी पोटरका फ्यान हुन् । आलोकले त आफूलाई सबैभन्दा बढी मन परेको तेस्रो भाग एघार पटक पढिसकेका छन् ।

हृयारी पोटर पढ्न कसरी शुरु भयो ?
अदिती- साथीले भनेर । त्यसपछि मैले भनेर र चलचित्र मन पराएर भाइले शुरु गर्‍यो ।

सबैभन्दा मन परेको भाग ?
अदिती- पाँचौँ, तर सबै राम्रो छ । हृयारी ११ वर्षपुग्दा म पनि ११ पुग्न लागेकी थिएँ । किताबको स्कूल, झगडा, पढाइ सबै कुरा आफ्नै जस्तो लाग्छ  ।
आलोक- मलाई तेस्रो भाग मन पर्‍यो, जुन ११ चोटि पढिसकेँ । भाग १, २, ४ र ५ पाँच-पाँच पटक र ६ दर्ुइ पटक पढेको छु ।

किन त्यत्रो पटक ?
आलोक- कथा थाहा भइसके पनि मजा आउँछ । त्यहाँ अर्कै संसार छ ।

किताबमा सबैभन्दा रमाइलो लागेको कुनै घटना ?
अदिती- चौथो भागमा युगल जोडीको नृत्य, अनि रोनाल्डको हरमाइनीप्रतिको डाहा ।
आलोक- 'डम्बल्डोरको सैनिक' भन्ने समूह तयार गर्दा सबैले हृयारीको प्रशंसा गरेको मन पर्‍यो ।

मन पर्ने पात्र को को हुन् नि  ?
अदिती- हरमाइनी । ऊ एकदम सन्तुलित छे । सबैलाई राम्रो गर्छर्ेे
आलोक- डम्बलडोर । ऊ बिना हृयारी र उसको कथा अधुरो हुन्छ ।

कथाका पात्रमध्ये एकदिनको लागि को बन्न मनपर्छ ?
अदिती- रोनाल्डकी बहिनी जिनी । उसको जिम्मेवारी छैन र हृयारीको र्'गर्लप|mेण्ड' पनि हो ।
आलोक- डम्बलडोर, किनकि ऊ शक्तिशाली छ ।

किताब मागेर पढ्छौ कि किनेर  ?
आलोक- छैटौँ चाहिँ किनेर पढेको । युनाइटेड बुकमा त्यो भाग किन्ने म पहिलो थिएँ । दिदी र म कसले पहिला पढ्ने भनेर सिक्का पल्टाउँदा मैले जितेँ । म राति तीन बजेसम्म पढ्थेँ, अनि त्यतिबेला उठेर दिदी पढ्नुहुन्थ्यो  ।

किताबमा नरमाइलो लागेको क्षण  ?
अदिती- डम्बल्डोर, सेडि्रक डिगोरी र सिरिअस ब्ल्याक मर्दा । तीनैचोटि रोएथेँ ।

सातौँ किताबमा के होला ?
दुवै- के होला भन्ने अनुमान नै लगाउन सकिँदैन ।

हृयारी मर्‍यो भने नि ?
अदिती- भल्डर्ेमर्टलाई मार्न मर्‍यो भने त ठीकै छ, तर नरमाइलो हुन्छ  ।
आलोक- मलाई थाहा छ, हृयारी मर्दैन ।

किताब बाहेक हृयारी पोटरलाई कहाँ-कहाँ पाउँछौ ?
अदिती- हामी जे.के. रोलिङको र अरू थुप्रै वेबसाइटहरू हर्ेछार्ैँ । भिडियो गेम पनि खेल्छौँ । आलोकले हृयारी पोटरको छलफल गर्ने 'ब्लग' साइट खोल्न लागेको छ ।