हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सूचनाप्रविधि

वैकल्पिक पत्रकारिताः ब्लग

उमेश श्रेष्ठ

९ माघ एकाबिहानै सञ्चारमाध्यमका कार्यालयहरूमा फ्याक्स आयो- श्री ५ बाट १० बजे महत्त्वपर्ूण्ा सम्बोधन बक्स हुँदैछ । सम्बोधन सकिनुअघि नै देशभरको सञ्चार सर्म्पर्क बन्द भयो । टेलिफोन, मोबाइल र इन्टरनेट सर्म्पर्क विच्छेद भयो । सञ्चारमाध्यमका कार्यालयहरूमा नबोलाइएका पाहुनाका रूपमा हतियारधारी सैनिकहरू बस्न आए । कैयौँ दिनसम्म कडा सेन्सरसीप लागू रहृयो  । केही दिनपछि लाजगालले टेलिफोन र इन्टरनेट चालु भयो । बन्दुक बोकेका 'अतिथि सम्पादक' हरूले समाचार सामग्रीहरूलाई सेन्सर गरी नै रहे । त्यसबेला प्रजातन्त्र र स्वतन्त्रताका आवाज निर्भिक रूपमा फैलाउने साहस गरे- ब्लग साइटहरूले र त्यसमा संलग्न थिए ब्लगरहरू ।

त्यतिबेला मुख्यतः दर्ुइ साइट यस काममा सक्रिय थिए- युनाइटेड वी ब्लग -युडब्लुबी) र रेडियो प|mी नेपाल  । युडब्लुबी कान्तिपुरमा कार्यरत केही पत्रकारहरूले सामूहिक रूपमा ब्लग गर्न भनी १९ माघअघि नै तयार पारेको ब्लग साइट थियो भने रेडियो प|mी नेपाल अज्ञात व्यक्तिहरूले १९ माघपछि खोलेको ब्लग साइट थियो । नेपालको सम्पर्ूण्ा सञ्चारमाध्यममा कडा सेन्सरसीप लागू भइरहेको बेला नेपालभित्र र बाहिरकालाई यी ब्लग साइटहरूले बिना सेन्सरको सत्य र तथ्य घटनाहरू प्रस्तुत गरेर आफूलाई वैकल्पिक सूचनाको स्रोतका रूपमा प्रस्तुत गरेको थियो ।

त्यसको एक वर्षनपुग्दै आज कम्प्युटर चलाउने धेरैले ब्लगका बारेमा थाहा पाइसकेका छन् । ब्लग साइटहरू पनि बग्रेल्ती खुल्न थालिसकेका छन् । एक दर्जन ब्लगहरू त नेपाली भाषामै छन् । लेखनका साथसाथै, आवाज -पडकास्ट) र दृश्य -भिडियो ब्लग) को प्रयोग पनि लोकप्रिय हुँदै गएको छ ।

के हो त ब्लग ?
ब्लग नियमित रूपमा सामग्री प्रस्तुत गर्ने एक किसिमको वेबसाइट हो । ब्लगमा पुराना सामग्री तल र नयाँ सामग्री क्रमशः माथि पर्दै जान्छन्  । ब्लग, वेब लगको छोटोरुप हो । नेपालीमा यसलाई आगन्तुक शब्दका रूपमा भित्र्याइएको छ । भारतमा भने यसलाई चिट्ठा भन्छन् । ब्लगमा राखिने लेख-रचनालाई ब्लग पोष्ट, पोष्ट वा इन्टि्रज भन्ने गरिन्छ ।

ब्लगमा लेख्नेलाई ब्लगर भनिन्छ । ब्लग लेख्ने, ब्लग सञ्चालन गर्ने कार्यलाई ब्लगिङ भनिन्छ । ब्लगको मुख्य विशेषता भनेको यसमा पत्र-पत्रिकाहरूमा जस्तो सादा लेखरचना नभई त्यससँग सम्बन्धित विषयहरू जस्तै लेख, फोटो, भिडियो, अडियो आदि पनि दिइएका हुन्छन् । तिनलाई अर्को वा आफ्नै वेबसाइटसँग लिङ्क गरिएको पनि हुनसक्छ । त्यसैगरी ब्लगमा राखिएका सामग्रीका बारेमा पाठकले तत्काल प्रतिक्रिया पनि लेख्नसक्छन्  । ब्लग लेख्नु इमेल लेख्नुजतिकै सजिलो हुन्छ । यसको व्यवस्थापन अन्य साइटको व्यवस्थापनभन्दा सरल हुनर्ेगर्छ । ब्लगको लोकप्रियता बढ्नुको अर्को कारण यो पनि हो ।

नेपालमा ब्लगको सुरुआत
ब्लगको पहिलो प्रयोग सन् १९९४ मा एक अमेरिकी कलेज विद्यार्थी जस्टिन हलले गरेको मानिए तापनि नेपालमा भने सन् २००३ देखि मात्र छिटफुट रूपमा प्रयोग हुन थाल्यो । तर ब्लगले वैकल्पिक पत्रकारिताको रूपमा लोकप्रिय हुन थालेको भने १९ माघको कदमपछि नै हो । यसअघि नै उज्ज्वल आचार्य र दिनेश वाग्लेले खोलेका युडब्लुबी पनि १९ माघपछि नै नेपालको र्सवाधिक लोकप्रिय ब्लग बन्न पुगेको हो । युडब्लुबी को एउटा पोष्टमा ब्लगर उज्ज्वलले लेखेका छन्, "हामीले हाम्रो साइटका पाठक यति धेरै बढ्लान् भनेर कहिल्यै पनि सोचेका थिएनौँ ।" १९ माघपछि नै जन्मिएर निकै ख्याति पाएको अर्को ब्लग रेडियो प|mी नेपाल भने हाल सक्रिय छैन ।

नेपाली भाषामा पहिलो पटक ब्लग पनि १९ माघपछि नै देखा परेको हो । २०६१ को चैतमा युनिकोड फन्टको प्रयोग गरी मेरो संसार नामबाट ब्लग शुरु भएको हो । मेरो संसार पछि युडब्लुबी ले पनि नेपाली भाषामा आफ्नो संस्करण शुरु गर्‍यो । त्यसैगरी राजधानी दैनिकमा कार्यरत दर्ुइ पत्रकार केपी ढुङ्गाना र बालमुकुन्द नेपालको सक्रियतामा ब्लगर नेपाल नामको अर्को नेपाली भाषाको ब्लग खुल्यो ।

नेपाली भाषाका अरू ब्लगहरू भने नेपाल बाहिरबाट सञ्चालित छन् । हङकङबाट कलमवीरका कलमहरू, पेरिसबाट नेपाल इन्फो यसमा प्रमुख छन् । खाडी मुलुकमा रहेका नेपालीहरूले पनि धेरै ब्लग खोलेका छन् ।

ब्लगको सामग्री यस्तै हुनर्ुपर्छ भन्ने र्सवमान्य सिद्धान्त कतै छैन । कसैले आफ्नो व्यक्तिगत डायरीका रूपमा यसलाई सीमित गरेका हुन्छन् भने कसैले लोकतन्त्र र स्वतन्त्रताको गम्भीर उद्देश्य बोकेको हुन्छ जसका कारण विश्वका कैयन् ब्लगरहरू जेलमा समेत कोचिएका छन् ।

ब्लगको लोकप्रियता भने व्यक्तिगत डायरीका सामग्रीका रूपमा रहँदा भन्दा पनि त्यसले वैकल्पिक पत्रकारिताको धार समाती प्रस्तुत हुँदा चुलिने गर्छ । हाल नेपालभित्रबाट सञ्चालित र वैकल्पिक पत्रकारिताका रूपमा अगाडि आएका ब्लगहरू अङ्ग्रेजी भाषाको युडब्लुबी र नेपाली भाषाका मेरो संसार र ब्लगरनेपाल हुन् ।

ब्लगमा नयाँ आयाम
अमेरिकामा ब्लग लोकप्रिय हुन थालेको सन् २००१ देखि मात्रै हो । सन् २००३ देखि ब्लग विश्वभर नै लोकप्रिय हुन थाल्यो । विश्वका कतिपय नेता, पत्रकार, लेखकसमेत ब्लग गर्ने गर्छन् । कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमलाई समेत ब्लगले पछाडि छाडिदिएको हुन्छ र मूलधारका सञ्चारमाध्यमको समाचार स्रोतसमेत ब्लग बन्नसक्छ ।

नेपालमा पनि मूलधारका सञ्चारमाध्यमहरूले दिन नसकेका कतिपय कुराहरूलाई ब्लगले अगाडि ल्याएका छन् । विशेषगरी अडियो र भिडियो ब्लगका कारण नेपालमा हाल जारी आन्दोलनका दृश्यहरूलाई विदेशमा रहेका नेपालीहरूले प्रत्यक्ष हर्ेर्ने र सुन्ने मौका पाएका छन् । स्रोत साधन र प्राविधिक ज्ञानको अभाव तथा ब्लगिङलाई अरू देशमा जस्तो पेशा बनाएर जानसक्ने स्थितिमा नभएकै अवस्थामा पनि नेपालमा अडियो-भिडियो ब्लग समेत सञ्चालन हुन सक्नु महत्त्वपर्ूण्ा मान्नु पर्दछ ।

काठमाडौँको नयाँबानेश्वरमा नागरिक समाजले आयोजना गरेको कार्यक्रममा अर्जुन पराजुलीले वाचन गरेको '०१७ साल भाग-२' को कविता र मङ्गलबजारको नागरिक सभामा रुबिन गर्न्धर्वले गाएको गीत न्युयोर्क र टोकियोमा नेपालीहरूले केही क्षणमै सुनिसकेका हुन्छन् । कर्ीर्तिपुरमा आयोजित नागरिक सभामा पढिएको स्नेह साय्मिको कविता सुनेर एकजना पाठकले वासिङटन डीसीमा कविको कविता वाचन गराउने प्रस्ताव गरेको पनि ब्लगकै कारणबाट हो ।

जर्मनीमा अध्ययनरत बाबु भट्टर्राई भन्छन्- यसबाट नेपालबाहिर रहेर पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको अनुभव प्रवासी नेपालीहरूलाई भइरहेको छ । हुनपनि काठमाडौँका चोक-चोकमा लागेका चर्का नारा नेपालमा त्यहीँ उपस्थितबाहेक अरूलाई थाहा नहुन सक्छ, तर सात समुद्र पारका दर्शकहरूले आफ्नो कम्प्युटरमा त्यसलाई हेरिसकेका हुन्छन् । हामीलाई यसले नेपाल बुझन सहायता गरेको छ र हामी आफैँ स्वदेशमा भइरहेको लोकतान्त्रिक आन्दोलनमा सहभागी भइरहेको अनुभूति गर्न पाइरहेका छौँ- क्यानाडामा अध्ययनरत सन्देश आचार्यको कथन छ ।

यस्ता भिडियो र अडियो सङ्कलन गरी इन्टरनेटमा राख्नु सजिलो भने छैन । यसका लागि थुप्रै समस्यासँग जुध्नुपर्ने हुन्छ । अडियो र भिडियो सामग्री रर्ेकर्ड गर्नु, त्यसलाई सम्पादन गर्नु र नेपालको कम गतिको इन्टरनेटमा अपलोड गर्नु कम्ती समय खाने चिज हैन ।

कसले हेर्छन् ब्लग ?
नेपाली समाचारमूलक ब्लगहरू मुख्यतः विदेशमा रहेका नेपालीहरूले हर्ेर्ने गर्छन् । प्रायः नेपाली ब्लगहरू अमेरिका र नेपालपछि कोरिया, खाडी मुलुकहरू, जर्मनी, बेलायत, भारत आदि देशबाट धेरैले हर्ेर्ने गर्छन् । रोमानियादेखि भुटान, आइसल्याण्डदेखि लिएर अप्रिmकाको नाइजेरियाबाट समेत ब्लग हर्ेर्ने गरिएको देखिएको छ । नेपाली भाषाको ब्लगका पाठक नेपाली मात्र हुने भए पनि अङ्ग्रेजी भाषाका ब्लगको पाठक भने नेपाली मात्र नभई नेपालका सम्बन्धमा रुचि राख्ने विश्वभरका व्यक्ति हुन्छन् ।
युडब्लुबी मा लेखिएका ब्लगको बारेमा मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरी आफैँले एउटा पत्रकार भेटघाटमा खण्डन गर्नुभएको थियो । त्यसैगरी मेरो संसार मा राजसंस्थाको आधिकारिक साइटमा रहेको व्याकरणीय त्रुटिका बारेमा ब्लग लेखेको २४ घण्टा नबित्दै अधिकांश त्रुटि सच्याइएको थियो  ।


ब्लग शुरु गर्ने पाँच चरणहरू
निःशुल्क ब्लग सुविधा उपलब्ध गराउने साइटमा जानुस् ।
निःशुल्क इमेल ठेगाना खोले जस्तै गरी आफ्नो खाता खोल्नुस् ।
खाता खोल्ने क्रममा तपाईँले दिनुभएको इमेल ठेगानामा ब्लग सुविधा उपलब्ध गराउने साइटले पठाएको निर्देशन पालना गर्नुस् ।
आफ्नो साइटमा युजर नेम र पार्सवर्ड प्रयोग गरी प्रवेश गर्नुस् ।
ब्लग लेख्न थाल्नुस् र सकिएपछि 'पब्लिस' लेखिएको बटनमा क्लिक गर्नुस् । तपाईँका विचार अब विश्वका कुनै पनि भागमा रहेका व्यक्तिले तपाइँको इन्टरनेट ठेगानामा गई पढ्न सक्छन् ।


नेपाली भाषाका केही ब्लगहरू
http://www.merosansar.com.np
http://www.bloggernepal.com.np
http://www.nepalblogs.com
http://www.hknepal.com/wp
http://nepalinfo.civiblog.org
http://laliguras.blogsome.com
http://chij.blogsome.com
http://ratnapark.blogsome.com
http://ramdahal.blogspot.com

ब्लग खोल्न सकिने केही साइटहरू
http://www.blogsome.com
http://www.blogger.com
http://www.wordpress.com
http://www.livejournal.com
http://www.myspace.com
http://www.blogeasy.com

अडियो/भिडियो
http://www.youtube.com
http://video.google.com
http://video.download.com
http://www.blastpodcast.com
http://www.podomatic.com
http://www.vimeo.com
http://www.podbazaar.com