हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

हत्याराको आत्महत्या

नगरकोटको चिहानडाँडामा बाह्र जनाको एकै चिहान भएको समाचार जति बेला सुनियो त्यति बेला नै आफूलाई त लागिसकेको थियो त्यो एकै जनाको काम हुनर्ुपर्छ भनेर । त्यति थाहा पाउन कुनै ठूलो जाँच आयोग गठन गरिराख्नै पर्ने थिएन ।

आखिर पत्ता लगाउनुपर्ने कुरै के थियो र ! त्यही निष्कर्षनिस्क्यो जो पहिलेबाटै प्रस्ट थियो । यस टुँडोबाजलाई त झन् पटक्कै द्विविधा थिएन । उसलाई पक्कापक्की थियो त्यो काण्ड वासुदेव थापा नामको सिपाही एक्लैले मच्चाएको हुनर्ुपर्छ भन्नेमा । हातमा बन्दुक हुनाले त्यसको तागतबाट मात्तिएको मानिसले यस्तो काम एक्लै गर्छ, कसैको सहयोग उसलाई चाहिँदैन ।

हरेक कुरामा मीनमेख गर्नेहरू हामीकहाँ प्रशस्त छन्  । कसरी एक्लो वासुदेवले त्यतिका मानिसलाई गोली हानी मार्न सक्छ - उनीहरूले शङ्का व्यक्त गरे ।

उनीहरूले इतिहासलाई बिर्सर्ेे उनीहरूले पाँच वर्षघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डलाई बिर्सर्ेे उस बेला पनि मन्दमतिका यस्तै खुराफातीहरूले खूबै हल्ला मच्चाएका थिए । उनीहरूले त्यस काण्डपछाडि भीषण षड्यन्त्र देखे । र्‍याम्बो शैलीमा यस्तो घटना एक जनाको हातबाट हुनै सक्तैन भने । उच्चस्तरीय आयोगको निष्कर्षाई समेत र्‍याट्या...ट्या... छानबिन भनेर खिल्ली उडाए ।

तर आज वासुदेव थापाले चलाएको प्रत्येक गोलीले त्यस्ता शङ्कालु विचारलाई छियाछिया पारिदिएको छ । दरबार हत्याकाण्डमा तत्कालीन युवराजले दश जनालाई गोलीको शिकार बनाइसकेपछि पिस्तोलले आफ्नै कन्चट उडाएका थिए भने नगरकोटमा सिपाही वासुदेवले एघार जनाको ज्यान लिइसकेपछि हातको एस.एल.आर. आफ्नै छातीमा पड्काए । यसबाट फेरि एकपटक पुष्टि भएको छ एक जनाको हातबाट धेरै जना मारिन सक्छन् भनेर ।

भोलि वासुदेवझैँ कुनै हतियारधारीले यही नेपालमा एक्लै तीस जनालाई मार्‍यो र पछि काँधमा चढाएको ट्याङ्कभेदी वाजुका लाई आफैँतिर फर्काएर आत्महत्या गर्‍यो भने पनि म त पत्याउँछु । गिनेस बुक अफ रर्ेकर्डस मा अभिलेख हुनसक्ने हत्याराको आत्महत्या जस्तो कुरालाई किन नपत्याउनु  ?

ब्याङ्कलाई डायलाइसिस

धेरैधेरै वर्षछि काठमाडौँ भूगोलपार्कस्थित नेपाल ब्याङ्क लिमिटेड केन्द्रीय कार्यालयको सङ्घार यसपटक टेक्न पुगिएको थियो । आफ्नो नाममा रहेको बचत खाता बन्द गरेर हिँडेपछि त्यस ठाउँमा फर्केर जाने काम पनि परेको थिएन ।

बीस-बाइस वर्षघिसम्म त्यस ब्याङ्कको चहलपहल नै अर्कै थियो । जुन विभाग, जुन शाखामा गए पनि ग्वाँइग्वाँइती भीड हुन्थ्यो  ।

तर समयले पल्टा खायो । एकएक गर्दै विदेशी सहभागिता र लगानी भएका ब्याङ्कहरू नेपाल प्रवेश गर्न थाले । तिनका आगमनबाट ब्याङ्क कारोबारको ढाँचा बदलियो । ग्राहकसेवाको शैली फेरियो । जे काम पनि फटाफट हुनेभयो( यूँ चेक दियो, यूँ भुक्तानी लियो । त्यति मात्र कहाँ हो र ! एउटा प्लास्टिक कार्डको भरमा मिसिनबाट जहिले चाहृयो तहिले नगद निकाल्न सकिने भयो ।

तर यी सबै परिवर्तनबाट जुद्धशमशेर श्री ३ हुँदा खुलेको नेपाल ब्याङ्कको भने चाल बदलिएन । ठूलो रकमलाई अक्षरेपीमा लेख्ने ठाउँ नपुग्ने नीलो मसीमा छापिएको भाउचर त्यस्तै छ । कर्ुर्सर्ीीे अडेसामा तौलिया राख्ने चलन उस्तै छ । कार्यालय भनेको विभिन्न आकारप्रकारका स्टीलको दराज जताततै ठड्याउनु हो भन्ने मानसिकता उस्तै छ । चेक दाखिला गरेपछि भुक्तानीका लागि पित्तलको टोकन दिने पद्धति उस्तै छ । टोकन नम्बरको पालो कराएर बोलाउने बानी उस्तै छ । सनमाइकाको पत्र ठाउँठाउँमा उप्किएका टेबुलहरू उस्तै छन् । तुना चुँडिएर कपडाको खोल एकातिर पोका परेका सोफाहरू उस्तै छन् । पानी र सरसफाइको अभावमा शौचालयको सडान्ध उस्तै छ ।

पहिले हेरी तरुना र चाहेमा मुस्काउन जान्ने अनुहारहरू टेबुल र काउन्टरमा देखिन्छन् । तर पुराना पुस्ताका कर्मचारीहरूको कार्यशैली शायद यी तरुनाहरूले विरासतमा पाएका छन् ।

हामी पतिपत्नीलाई बचत खाताको एउटा चेक साट्न ठ्याक्कै पैँतालीस मिनेट लाग्यो । हुन त लामो समयदेखि निष्त्रिmय रहेको खाता हुनाले त्यसमा केही अतिरिक्त समय लाग्नु स्वाभाविक थियो । तर त्यति पर्खनुपर्ने कुनै कारण थिएन जति हामीले पर्खनुपर्‍यो ।
एकताका त्यस्तो घुइँचो हुने ब्याङ्क अचेलभरि खालीखाली रहन्छ । विश्वले बीसौँबाट एक्काइसौँ शताब्दीमा पदार्पण गरेको पनि छ वर्षबितिसक्यो । नेपालमा प्रजातन्त्र आइवरी फर्केर गएको पनि चार वर्षभइसक्यो । तर पनि नेपालको यस माउ ब्याङ्कको गति भने सुध्रिएन । विदेशीलाई व्यवस्थापन ठेक्का दिएर नसुध्रिएको यस ब्याङ्कले विदेशी लगानीकै डायलाइसिस पो गर्नुपर्ने हो कि ?

दुई वादको भेद

ऋतुराज कार्यालय जाँदा-आउँदा दिनहुँ ओहोरदोहोर गर्ने बाटैमा पर्छन् भारतीय राजदूतावास र अमेरिकी राजदूतावासअर्न्तर्गतको अमेरिकन क्लब, जो नारायणहिटी राजदरबारको दक्षिणतर्फ अवस्थित छ ।

अमेरिकन क्लब र भारतीय राजदूतावास दुवैले झन्डैझन्डै एउटै समयमा पुरानो भत्काएर आफ्नो कम्पाउन्ड घर्ेर्ने नयाँ पर्खाल बनाए  । त्यसो गर्दा अमेरिकन क्लबले कान्तिपथतर्फको कुनोलाई गोलो बनाइदियो र राजदरबार्रतर्फको पर्खाललाई सारेर साबिकको फुटपाथलाई फराकिलो पारिदियो  । अब राजदरबारको दक्षिणतर्फको सडक पहिले हेरी खुला र हर्ेन लायक देखिन्छ  ।

उता भारतीय राजदूतावासले भने ब्रिटिस राजदूतावार्सतर्फ तीन मान्छे अग्लो पर्खाल बनाएको छ । ती दर्ुइ राजदूतावासको पर्खालबीच रहेको छेँडो अब सुरुङजस्तो लाग्दछ । एकताका त्यस छेँडोलाई दोहोरो गाडी चल्न सक्ने गरी फराकिलो बनाइने हल्ला चलेको थियो, जुन हल्लाले कपुरधारादेखि पूरै सामाखुसी एरियाका बासिन्दा फुरुङ्ग परेका थिए ।

तर कहाँ हुने त्यो छेँडो फराकिलो - भारतीय राजदूतावासले एक अङ्गुल नछाडी झन् अग्लो र बलियो पर्खाल पो लगाइदियो ।
दूतावासहरूमा सबैभन्दा ठूलो क्षेत्रफल हुने भारतीय राजदूतावास नै हो  । त्यति भइकन पनि भारतीयहरू अमेरिकीहरू झैँ उदार देखिएनन् यो मामिलामा ।

अमेरिकालाई 'साम्राज्यवादी' र भारतलाई 'विस्तारवादी' भन्ने गर्छन् कोहीकोही । कथित साम्राज्यवादीले चाहिँ जमिन छाड्न सक्दो रहेछ र विस्तारवादी भनाउँदोले चाहिँ एक इन्च पनि नछाड्ने रहेछ । यी दर्ुइको भेद त्यही हो कि क्या हो ?