रमझम

बहु प्रतिभाशाली
रमिता
सङ्गीत र साहित्य भनेपछि भुतुक्कै हुने
हेटौँडाकी रमिता भण्डारी
यतिखेर मोडलिङ र इभेण्ट म्यानेजमेण्टमा व्यस्त छिन् । सन् २००० मा
मिस हेटौँडाको उपाधि जितेलगत्तै आफ्नै स्वर, सङ्गीत र रचनामा टिनर्एजर्स
नामक एल्बम निकालेकी थिइन् । त्यसयता उनले अल नेपाल मोडल कम्पिटिशन
२००२, वेष्ट कपल अफ दि इयर २००३ आदिमा उपाधिहरू जितेकी छिन् । बीबीएस
तेस्रो वर्षा अध्ययनरत रमिताको दिनचर्या टेली विज्ञापनहरू र म्यूजिक
भिडियोमा मोडलिङ र फेशन-शोहरूको आयोजना तथा कोरियोग्राफीमा बित्दो
छ । सँगै दोस्रो साङ्गीतिक अल्बम र "अधुरो प्रेम" नामक साहित्यिक
कृति प्रकाशनको तयारीमा छिन् ।
तस्बिरः अनुपप्रकाश
मोडल स्रोतः द र्याम्प, पुतली सडक
शृङ्गारः चाहना ब्युटी पार्लर, बागबजार, काठमाडौँ
रङ्गमञ्च
नेपाली रङ्गकर्ममा सांकेतिक नाटक

तस्बिरहरू डम्बरकृष्ण श्रेष्ठ
|
बहिरा
रङ्गकर्मीहरू रोजिना, वीरबहादुर र रश्मि । (बायाँबाट क्रमश:) |
जन्मँदै कान सुन्ने
र बोल्ने शक्ति गुमाएका बहिरा बीरबहादुर बोगटी नेपाली रङ्गमञ्चमा उम्दा
रङ्गकर्मीको रूपमा देखा परेका छन् । ६ वर्षघि 'ज्योतिपुञ्ज साइन थियटर'मा
रर्ङ्गकर्म सम्बन्धी प्रशिक्षण लिएपछि बीरबहादुर जस्ता आवाजविहीन प्रतिभाहरू
नेपाली रर्ङ्गकर्ममा उदाएका हुन् ।
बोल्न र सुन्न नसक्ने बीरबहादुर जस्ता कलाकारलाई मञ्चमा
ओरालिएको नेपाली रङ्गमञ्चकै इतिहासमा पहिलो साङ्केतिक भाषाको नाटक
"मान्छे मान्छेहरू" हो । नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले
आयोजना गरेको 'राष्ट्रिय नाटक महोत्सव २०५८' मा काठमाडौँ बहिरा संघले
प्रस्तुत गरेको आधा घण्टाको यो प्रयोगवादी नाटकका निर्देशक कृष्ण शाह
यात्री देशभरिबाट भाग लिएका ५६ वटा नाटकहरूलाई उछिनेर सर्वोत्कृष्ट
भएका थिए । दश जना बहिरा कलाकारले अभिनय गरेको यो नाटक प्रज्ञा भवन,
रसियन कल्चर सेन्टर, भक्तपुर डबली, बसन्तपुर डबली र पर्ूवाञ्चल नाटक
उत्सव २०५७ -उर्लाबारी) मा समेत मञ्चन भएको थियो भने यसलाई दृश्याङ्कन
गरी कोरियाको एक नाटक महोत्सवमा समेत पर््रदर्शन गरिएको थियो ।
सङ्केत नाटकलाई नेपाली रङ्गमञ्चको पछिल्लो उपलब्धिको
रूपमा लिइएको छ । रङ्गकर्मी यात्रीले ६ वर्षघि बहिराहरूलाई रर्ङ्गकर्म
सम्बन्धी प्रशिक्षण दिएर अभियानकै रूपमा यसको थालनी गरेका थिए । "मान्छे
मान्छेहरू" पछि भने आवाजहीन आवाजहरू, मान्छे, युद्ध र शान्ति
तथा आवाजलगायतका सङ्केत नाटकहरू मञ्चन भएका छन् । सङ्केत नाटकहरू जुनसुकै
भाषाका दर्शकहरूले पनि सहजै बुझन सक्छन् । अप्ठ्यारा, बोझलिा र पट्यारलाग्दा
लामा संवाद हुने नाटकहरूको विकल्पका रूपमा साइन थियटर नवीनतम प्रस्तुतिलाई
दर्शकहरूले रुचाउँदै आएको पाइन्छ ।
एक से एक बहिराहरू
बीरबहादुर बोगटी -३३) आज कान नसुन्ने मात्र हैन सुन्नेहरूका लागि समेत
उदाहरणीय बनेका छन् । बहिरा सीप विकास प्रतिष्ठानका जागिरे पनौतीका
उनी राष्ट्रिय बहिरा तथा सुस्त श्रवण महासंघका कोषाध्यक्ष पनि हुन्
। छोराछोरी बहिरा भएमा बाबुआमाहरूले विद्यालय पठाउन, घर बाहिर निकाल्न
लाज मान्ने र बाहिर निकाले पनि गोठाला र घरकै काममा मात्र दलाउने गरेको
बीरबहादुर बताउँछन् । राम्रा बहिरा रङ्गकर्मीको रूपमा परिचित बीरबहादुरले
आधा दर्जन नाटकसहित मोतीराम भट्टको नाटक "नैनीराम" मा एकल
अभिनय समेत गरेका छन् ।
तीन वर्षो उमेरमा कान सुन्न छाडेकी काठमाडौँ सोह्रखुट्टेकी
रोजिना श्रेष्ठ -२४) ले पब्लिक युथ क्याम्पसमा बीबीएससम्म पढेकी छिन्
। एकदमै राम्रो नृत्य गर्ने रोजिना एण्टेना नेपाल कुपण्डोलमा कम्प्युटर
अपरेटरको काम गर्छिन् । बहुद्देश्यिय मार्शल आर्ट केन्द्रमा साङ्केतिक
भाषाका शिक्षकको रूपमा समेत कार्यरत रोजिना ज्योतिपुञ्ज साइन थिएटरकी
उपाध्यक्ष पनि हुन् । आधा दर्जन नाटकसहित मुक चलचित्र "सुनौलो
किरण"मा समेत अभिनय गरेकी रोजिना परिवारबाटै सबैभन्दा बढी माया
र हौसला प्राप्त भएकाले आफू हरेक काममा सफल बन्दै गएको बताउँछिन् ।
उनी सङ्केत नाटकले बहिराका मन भित्रका कुरासँगै समस्याहरू उजागर गर्ने
बताउँदै भन्छिन्, "रर्ङ्गकर्मको माध्यमबाट समाजमा बहिराहरूको
सन्देश गएको छ । यसले बहिराहरूलाई जनावर जस्तो व्यवहार गर्नुहुन्न,
अरू सरह सक्षम छन् तर अवसरको खाँचो रहेको जानकारी सबैलाई दिएको छ ।"

सङ्केत नाटक "आवाज"
मा वीरबहादुर र रश्मि । |
जन्मजात बहिरा कुपण्डोलकी रश्मि अमात्य (२२) को प्रगति
पनि बीरबहादुर र रोजिनाकै जस्तो लोभलाग्दो छ । १० कक्षासम्म पढेकी
रश्मि रर्ङ्गकर्मसँगै चित्रकारितामा सक्रिय छिन् । आफ्नै प्रयासमा
सानैदेखि चित्र बनाउन थालेकी रश्मि पानी, तैल, स्केच सबै किसिमका चित्र
बनाउन सिपालु छिन् । ५ कक्षामा पढ्दा विद्यालयमै उनको एकल पर््रदर्शनी
भएको थियो भने आसाम, दार्जीलिङ र काठमाडौँमा पर््रदर्शनी भइसकेको उनका
चित्र जापान, अमेरिका, क्यानाडासम्म पुगेको छ, उनको कला तीन वटा पुस्तकको
गातामा समेत छाइसकेको छ । राजधानीमा एकल पर््रदर्शनी र बहिरा र सुन्नेहरू
लाई पेण्टिङ सिकाउने प्रशिक्षण केन्द्र खोल्ने तयारीमा उनी लागेकी
छिन् । ललितपुर बहिरा संघकी सचिव रश्मि सङ्केत नाटक "आवाज"मा
चित्रकारकै भूमिकामा समेत देखिएकी थिइन् । भन्छिन्, "म चित्रमा
आफूसँगै हराउँछु, क्यानभास मेरा लागि मानिस, प्रकृति र समाज हर्ेर्ने
ऐना हो ।"
नेपालमा रहेका झण्डै ६ लाख बहिराहरूले अझै पनि समाजमा
राम्रो स्थान पाउन सकिरहेका छैनन् । न्यूनतम सङ्ख्यामा मात्र बहिराहरूले
परिवारबाट उचित व्यवहार, शिक्षा-दीक्षाका साथै रोजगार पाउन सकेका छन्
। सानै उमेरदेखि शिक्षा, हेरचाह र मार्गदर्शन पाउने हो भने उनीहरू
पनि सुन्नेसरह नै राष्ट्रको एक जिम्मेवार र सक्षम नागरिक बन्न सक्छन्
। यसका पछिल्ला उदाहरण बनेका छन् बीरबहादुर, रोजिना र रश्मि जस्ता
धेरै बहिरा प्रतिभाहरू । नेपाली रङ्गमञ्चमा देखिएका अन्य उल्लेख्य
बहिराहरूमा दीपावली शर्मा, सुरेश शाही, रमेशलाल श्रेष्ठ, सुमन शाही,
प्रतिज्ञा शाक्य, धनुभाजु महर्जन, मनिष श्रेष्ठ रहेका छन् ।
आज बहिराहरूले रर्ङ्गकर्म सँगै समाजका अन्य क्षेत्रमा
समेत प्रगति गरिहेका छन् । समाजले उनीहरूलाई हर्ेर्ने दृष्टिमा परिवर्तन
ल्याउँदै अभिभावकहरूले साङ्केतिक भाषाको महत्त्वलाई बुझेर आफ्ना बहिरा
बालबालिकाहरूलाई समयमा नै शिक्षाका लागि पहल गरिदिनुपर्ने पनि देखिन्छ
। नेपालमा 'ज्योतिपुञ्ज साइन थिएटर' ले विगतका दिनहरूमा बहिरा तथा
सुस्त श्रवण क्षेत्रका समसामयिक समस्याहरू माथि केन्द्रित रही विभिन्न
उपयोगी तथा चेतनामूलक सङ्केत नाटक, वृत्तचित्र निर्माण तथा स्टेज कार्यक्रमहरूको
आयोजना गर्दै आइरहेको छ । कृष्ण शाह यात्री, कृष्णजीत र्राई, नवीन
खड्का, किशोर अनुराग, राजन उप्रेती, अशोक शिवाकोटीले आधिकारिक नेपाली
साङ्केतिक भाषाको प्रशिक्षण लिएर नियमित रर्ङ्गकर्म गर्दै आइरहेका
छन् । बहिराहरूको समस्या र तिनका समाधानका उपायलाई कथानक स्वरुप दिई
नाटक "आवाज" राजधानीका विभिन्न स्थानमा केही महिनाअघि मञ्चन
गरिएको थियो ।
•
डम्बरकृष्ण श्रेष्ठ
कुराकानी
राजनीतिक सहमतिबिना चुनाव गराउनुहुन्न
• नायिका
विपना थापा
अधिकांश सिनेकर्मीहरू र्समर्थनमा तर, चर्चित
नायिका विपना थापा सरकारले गराउन लागेको
नगर चुनावको विपक्षमा - राजनीतिक सहमतिबिनाको चुनाव रक्तपातपर्ूण्ा
हुन्छ भनेर उनी यसको विरोध गर्छिन् । राजनीतिमा रुचि नभए पनि राजनीतिक
परिवारमा हुर्केकी उनी खारिएको राजनीतिक 'गफ' गर्छिन् ।

डम्बरकृष्ण श्रेष्ठ
|
सहकर्मीहरू चुनावको पक्षमा रहेको
बेला तपाईँले चुनाव स्थगन गर्नु पर्छ पो भन्नुभयो, किन ?
चुनावले झन् द्वन्द्व बढाउँछ । देशको नागरिकका साथै कलाकार पनि भएकोले
जनचेतना जगाउने जिम्मेवारी ममा पनि छ । समस्या समाधानको दिशामा जानुपर्नेमा
रक्तपात निम्त्याउने खाल्डोतिर जानुअघि सोच्ने कि ! सोच्नुको अर्थ
हो, वार्ता गर्नु । चुनाव प्रजातान्त्रिक अभ्यास भएपनि राजनीतिक सहमतिबिना
अहिले चुनाव गराउनु भनेको रक्तपात निम्त्याउनु हो ।
चुनाव भएमा भोट हाल्न नजाने
त ?
अहँ, म त जान्न । म राजा विरोधी हैन, र्समर्थक हुँ । सरकारले के बुझनर्ुपर्छ
भने कसको लागि चुनाव गराउन लागेको हो । जसको लागि चुनाव गराउन लागेको
हो ऊ नै सुरक्षित रहने अवस्था छैन भने चुनावको के औचित्य - त्योभन्दा
त केही समय पर्खेर सबैको सहमतिमा चुनाव गराए राम्रो हुन्छ ।
त्यसो भए राजाले के गर्नुपर्ला
?
राजाले जनहितको निम्ति जनचाहना अनुसार चल्नर्ुपर्छ । हतियार बोकेर
हिँडेका पनि हाम्रै दाजुभाइ हुन् । घरमै गोलीको शिकार बनिरहेका निशस्त्र
पनि हाम्रै दिदीबहिनी हुन् । त्यसैले समस्या समाधान द्वन्द्वले भन्दा
वार्ताको माध्यमबाट गर्नर्ुपर्छ ।
प्रसङ्ग बदलौँ, सिने क्षेत्रमा
आफ्नो एक दशकलाई कसरी लिनुभएको छ ?
पहिलेको तुलनामा धेरै विकास भएको छ । स्तर बढेको छ । नयाँमा भन्दा
अहिले निकै आत्मविश्वास बढेको छ ।
तर एक दशकअघिका चलचित्र स्तरीय
मानिन्छन् त ?
पहिले समाज त्यति विकसित थिएन । वर्षदिनमा बन्ने एक-दर्ुइ चलचित्रलाई
सबैले महत्त्व दिएर हर्ेर्थे । यसो भन्दैमा त्यसबेलाका चलचित्र नराम्रो
भन्न खोजेको हैन । अहिलेका केही चलचित्र नराम्रा भए पनि तुलनात्मक
रूपमा राम्रा बढी छन् । यथार्थ र जिवन्त अभिनय पाइन्छन् ।
कतिपय चलचित्र मौलिक नभई अरुको
नक्कल गरिएको आरोप छ ?
नेपाली दर्शकले मौलिकता वा नेपालीपन भन्दा पनि बलिउड, हलिउडका जस्तो
स्तरीय चलचित्र खोज्छन् । विदेशी चलचित्रसँग दाँजेर उताको जस्तो नयाँपन
खोज्छन् । तर विदेशमा जस्तो लगानी हामीकहाँ हुँदैन । सीमित साधनस्रोतको
भरमा मेहनत गरेर राम्रै दिन खोजिरहेका छौँ ।
धेरैले भन्ने गरेको 'कथाले
मागे जति अङ्गप्रदर्शन गर्छु भनेको के हो ?
मैले त्यस्तो भनेको छैन । अङ्गपर््रदर्शन हाम्रो संस्कार, संस्कृतिमा
अटाउने हुनर्ुपर्छ । कथाले सुहागरातको वा बच्चालाई दूध खुवाएको दृश्य
माग्ला रे, त्यही गरेर देखाउन जरुरी छैन । सुहागरात के हो भन्ने सबैलाई
थाहै छ । त्यस्तो कुरा 'सिम्वोलिक' देखाउँदा भइहाल्छ । कथाले मागे
जति गर्छर्ुुन्नु मर्ूखता हो । कथाले त जे पनि मागिदिन्छ नि !
घरजम गर्ने बेला भएन ?
केटी मान्छेको बिहे गर्ने उमेर २५ देखि ३० हो भन्ने मान्यता मेरो परिवारमा
छ । त्यही बीचमै गर्नुपर्ला । गत वर्षेखि बिहे गर्ने दबाब आइरहेको
छ । तर अझै एक वर्षबिहे नगर्ने ।
बिहे 'लभ' कि 'एरेञ्ज' गर्ने
?
भाग्य हो कहाँ, कोसँग हुन्छ भन्न सकिन्न । अहिलेसम्म त एरेञ्ज नै हुन्छ
जस्तो छ । मन मिल्ने भेटियो भने लव म्यारिज पनि हुनसक्छ । अहिलेसम्म
चाहिँ त्यस्तो भेटेकी छैन ।
•
अनुशील
सिनेमा
भोजपुरीको बढ्यो माग

नायिका झरना थापा । |
नेपालमा निर्मित
भोजपुरी चलचित्रले भारतीय बजारमा उत्साहप्रद व्यापार गर्न सफल भएपछि
निर्माताहरूको ध्यान भोजपुरी चलचित्र निर्माणतिर बढेको छ ।
नेपालमै निर्मित कब होइ मिलनवा हमार ले देशका विभिन्न
शहरहरूमा ५१ दिनभन्दा बढी पर््रदर्शन भएर कर्ीर्तिमान नै स्थापित गरेको
थियो भने भारतीय क्षेत्र बिहार र उत्तरप्रदेशका विभिन्न हलहरूमा राम्रो
व्यापार गरेपछि निर्माताले पञ्जाबमा पर््रदर्शनका लागि रु.६ लाखमा
राइट नै बिक्री गरेका छन् ।
भोजपुरी भाषाको चलचित्र कब होइ मिलनवा हमार लाई भारतीय
बजारमा पुर्याएपछि नेपालका लागि थप बाहृय बजारको सम्भावना उजागर भएको
छ । निर्माता नन्दु श्रीवास्तवको अनुभव छ- भोजपुरी चलचित्रको बजार
ठूलो छ । मैले कति चलचित्र भारतलाई पैसा दिएर नेपालमा चलाएको छु ।
तर अहिले चाहिँ त्यहाँबाट पैसा आउँछ । किनभने उतापट्ट िभोजपुरी चलचित्रको
धेरै माग छ ।"
भारतमा भोजपुरी चलचित्र पुर्याउँदा राम्रो परिणाम
र लाभ आएको देखेपछि अहिले भोजपुरी भाषाको चलचित्र निर्माण गर्न अरू
पनि उत्साहित भएका छन् । नन्दुले फेरि ठूलो बजेट लगाएर अर्को भोजपुरी
चलचित्र निर्माण गर्ने गृहकार्यमा जुटेका छन्, साथसाथै "कब होइ
मिलनवा हमार" लाई मरिसस पठाउने तैयारीमा पनि लागेका छन् । विगतका
अनुभवलाई पाठका रूपमा लिएको उनको भनाइ छ, "अब भोजपुरीमा सिनेमा
स्कोप बनाउनर्ुपर्छ ।"
स्वस्तिक सिने आर्टस्मार्फ् निर्मित कब होई मिलनवा
हमार को लागत खर्च रु.८५ लाख रहेको छ । उक्त चलचित्रमा ९ वटा गीतहरू
प्रस्तुत गरिएको छ । नन्दु भन्छन्, "जनज्रि्रोमा भिज्न सक्ने
गीत त महत्त्वपर्ूण्ा पक्ष हो नै, यसबाहेक कथावस्तु र नृत्यले पनि
काम गरेको छ ।
कुमारीमाई मुभिजले भोजपुरी चलचित्र दिदी तोहर देवर
दिवाना को छायाङ्कन सम्पन्न गरेको छ । निर्माता रमाकान्त प्रसाद भन्छन्,
"भोजपुरीको ओभरसिज मार्केट छ ।" चलचित्र क्षेत्रमा लगानी
गर्नेले नाफा कमाउने ध्येय राखेको हुन्छ । भोजपुरी चलचित्रमा लगानी
गर्दा राष्ट्रिय भाषाको सेवाको साथै लगानी डुब्ने खतरा पनि हुँदैन
। रमाकान्तकै शब्दमा, भोजपुरी चलचित्रले सामाजिक कथ्यलाई समेटेको हुन्छ,
त्यसैले यो भारतमा पनि लोकप्रिय हुँदै गएको छ ।

"कब होइ मिलनवा हमार" को दृश्य
। |
अब त भारतका ठूला निर्माताहरू या त भोजपुरी फिल्म बनाउन
थालेका छन् कि हिन्दी फिल्महरूमा भोजपुरी गीत र नृत्य पस्किन थालेका
छन् । निर्माता रमाकान्त भन्छन्, "नेपालमा बनेको भोजपुरी फिल्मको
स्वाद फरक भएर नै भारतमा बजार लिन सकेको होला ।
भोजपुरी भाषामा चलचित्र निर्माण गर्दा विदेशी चलचित्रले
नक्कल गर्नुको साटो आफ्नो देशमा भएको कला, संस्कृति र उपलब्ध स्रोतसाधनको
उपयोग गर्दै चलचित्र निर्माण गर्दा आर्थिक भार बढी नपर्ने, वारि र
पारि सहजै छायाङ्कन गर्न सकिने, दुवैतिरका कलाकारहरूको उपयोग गर्न
सकिने भएकोले निर्माताहरूले लगानीतर्फसुनिश्चित हुने अवसरको रूपमा
लिएका छन् । भारत तथा भारतीय मूलका व्यक्तिहरू बसोबास गरिरहेका मुलुकहरूमा
भोजपुरी भाषाको प्रभाव र पहुँच राम्रो रहेको हुनाले भोजपुरी चलचित्र
निर्माणलाई प्रोत्साहन दिन सरकारले राहत दिने रणनीति अख्तियार गर्नुपर्ने
माग निर्माताहरूको रहेको छ ।
भारतीय राज्यहरू बिहार, उत्तरप्रदेश, पञ्जाव, महाराष्ट्र,
राजस्थान, हरियाणा, जम्मु-कश्मिर र पश्चिम बङ्गालमा भोजपुरी चलचित्रको
बजार छ भने तेस्रो मुलुकमा मोरिसस, सुरीनाम, गुएना, फिजी, टि्रनिडाड,
टोबेगो, सिङ्गापुर र मालदिभ्स रहेको छ । भारतमा समेत भोजपुरी फिल्म
बनाउने क्रम बढेको छ । तर पटना -बिहार) का फिल्म वितरक सज्जनप्रसाद
भन्छन्, "नेपालमा बनेको भोजपुरी फिल्म सस्तो र सुन्दर भएकोले
भारतीय दर्शकले मन पराएका हुन् ।" भारतीय भोजपुरी फिल्मले नेपालीलाई
प्रतिस्पर्धा बढाए पनि बजार कमी हुने छैनन् ।
•
चन्द्रकिशोर
सिनेमा
६ शहरमा चलचित्र महोत्सव
भारतीय राजदूतावास
तथा बीपी कोइराला नेपाल-भारत प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय
चलचित्र महोत्सव शुरु भएको छ । महोत्सव अर्न्तर्गत मुलुकका विभिन्न
शहरहरुमा मुगल-ए-आजम, बबी, प्यासा, चौधवी का चाँद, हिप हिप हर्ुरे
र गरम हवा गरी जम्मा ६ वटा पुराना हिन्दी चलचित्रहरुपर््रदर्शन भइरहेका
छन् । २३ पुस २०६२ मा धरानस्थित गणेश टाकिज सिनेमा घरमा नेपालका लागि
भारतीय राजदूत शिवशङ्कर मुखर्जीद्वारा महोत्सवको उद्घाटन सम्पन्न भएको
थियो । धरानपछि यी चलचित्रहरू जनकपुरमा १-३ माघ, वीरगञ्जमा ७-९ माघ,
पोखरामा ८-१० फागुन, नेपालगञ्जमा १२-१४ फागुन हुँदै काठमाडौँमा १९-२१
फागुनमा पर््रदर्शन हुने भएको छ । भारतीय चलचित्र मनपराइने नेपाली
समाजका युवा पुस्तालाई पुराना उत्कृष्ट चलचित्रको स्वाद दिन साथै २०
वर्षन्दा पुराना यी चलचित्र हर्ेन चाहेर पनि नपाएकाहरूलाई मनोरञ्जन
दिने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको हो । धरान महोत्सवको लगत्तै
शुरु भएको भारतीय चलचित्र महोत्सवमा दर्शकहरूको घुइँचो लागेको थियो
।
मुगल साम्राज्यमा दरबार र दासको भिन्नताबीच पलाएको
राजकुमार सलिम -दिलीप कुमार) र अनारकली -मधुवाला) बीचको प्रेमको मूलधार
रहेको चलचित्र मुगल-ए-आजम भारतीय सिनेमा इतिहासको एउटा कोसेढुंगा हो
। ऋषिकपुर र डिम्पल कपाडिया अभिनीत ववी, किशोर-किशोरीको प्रेम, बाधा
र विजयको चलचित्र हो । प्यासा र चौधवीका चाँद गुरु दत्तका उत्कृष्ट
चलचित्र हुन् जसमा प्यासा एक कविको भौतिक संसारमा पहिचानको लागि संर्घष्ाको
कथा हो भने चौधवीका चाँद प्रेम, दौँतरी, प्रतिष्ठा र अवरोधको मुस्लिम
पृष्ठभूमिमा बनेको चलचित्र हो । हिप हिप हर्ुरे एक कम्प्युटर इन्जिनियरको
कथा हो जसमा कथाका मुख्य पात्र संदीप चौधरी -राज किरण) को जीवनमा खेलकुदले
नयाँ प्रश्न खडा गर्छ । बलराज साहनीको मुख्य भूमिका रहेको गरम हवा
चलचित्रमा १९४७ को समयमा एक मुसलमान परिवारको जुत्ता बनाउने पारिवारिक
पेशालाई निरन्तरता दिने अथवा नयाँ बनेको देश पाकिस्तानमा बसाइँ र्सने
भन्ने अन्योल कथावस्तु रहेको छ ।
•
शैली
संगीत
दिलको संगीत

किरण पाण्डे |
चौवालीस वर्षघि पहिलो
पटक नेपाल आएकी थिइन् दार्जीलिङकी दिलमाया खाती । प्रवेशिका परीक्षा
दिएर फर्ुसदमा घुम्न आएकी दिलमाया कृष्ण कन्दङ्वामार्फ् रेडियो नेपालको
वाषिर्क गायन प्रतियोगितामा गाउन पुगिन् । शिवशङ्करको सङ्गीतमा गीत
थियो 'कति पीडा कति रोदन', नतिजा आयो उत्कृष्ट गायिकाको ।
खाती गत साता फेरि काठमाडौँमा देखा परिन् । तर घुम्न
होइन बकाइदा आफ्नो नयाँ गीतहरूको अल्बम 'दिलमाया' लिएर । दार्जीलिङ,
घुमपहाडकी दिलमाया खातीको नाम आधुनिक नेपाली सङ्गीतमा उचाइमा पुगिसकेको
छ । अहिलेसम्म लगभग डेढ सय गीत रर्ेकर्ड गराइसकेकी दिलमायाले गोपाल
योञ्जन, नारायणगोपाल, कर्म योञ्जन, नवीन बर्देवा, कमल दर्नाल, रत्नबहादुर
खड्गी आदिका सङ्गीतमा थुप्रै कालजयी गीतहरू गाएकी छन् । गन्तीमा चालीस
वटा जति त गोपाल योञ्जनसँग मात्रै रहेको छ ।
'विछोडको पीडा नसकी छोप्न', 'नछाम तिमीले के के दिलायौ',
'सावन फक्र्यो फेरि झर्यो', 'बचाइ राख सम्झनाभित्र', 'आजकल म पिरतीलाई'
आदि उनका लोकप्रिय गीतहरू हुन् जुन अझै पनि नेपाल बाहेक खर्सर्ाारेडियो,
अल इण्डिया रेडियोमा बारम्बार बजिरहन्छ । र पनि दिलमायालाई पहिलो पटक
काठमाडौँमा चिनाउने गीत चाहिँ 'हिमालको काखमा छ सानो मेरो गाउँ' हो
। भन्छिन्, "यो गीत मैले दार्जीलिङ र काठमाडौँका धेरै स्टेजहरूमा
गाएँ । म दार्जीलिङ फर्किएपछि यो गीत रर्ेकर्ड गर्न सकिनँ र पछि तारादेवीले
गरिन् ।"
आठ वटा गीतहरू सहितको उनको पछिल्लो अल्बममा डक्टर किराँत,
रत्नबहादुर खड्गी, कर्म योञ्जनको सङ्गीत तथा माधव घिमिरे, भूपाल र्राई,
जी. शाह, गीता त्रिपाठी आदिका शब्द रहेका छन् । भन्छिन्, "गाउँदिनँ
भनेकी भए पनि नेपालमा यति धेरै माया पाएँ कि सास रहुन्जेल गाउने जाँगर
पलाएको छ ।" 'दिलमाया' अल्बमलाई बजारमा ल्याउने अभिभारा लिएका
श्रद्धा डिजिटल रेकर्डिङका गायक शम्भु र्राई भन्छन्, "दिदीकै
गीत सुनेर गायक भएको हुँ । मैले उहाँको अल्बम निकाल्न पाउँदा ठूलो
छहारी पाएको अनुभव गरेको छु ।"
शिक्षण पेशामा संलग्न दिलमायाको स्टेज कार्यक्रम हेरेर
एक समय हिन्दी फिल्मका महारथी राजकपुर र मनमोहनकृष्णहरूले समेत आफ्नो
फिल्ममा गाउन अफर गरेका थिए । प्रशस्त अवसर हुँदाहुँदै पनि नेपाली
गीतमा नै भुलेकी दिलमाया मुर्म्बईतिर गइनन् । भन्छिन्, "मलाई
जहिले पनि नेपाली गीत नै गाइरहुँ जस्तो लाग्यो । यसैमा भुलिरहुँ जस्तो
लाग्यो ।"
बिहे समेत नगरी ६३ बसन्त पूरा गरिसकेकी दिलमाया "श्रोताहरूको
मायाले आफूलाई कहिल्यै एक्लो महसूस नगराएको" बताउँछिन् । भन्छिन्,
"बिहे गर्ने इच्छा नै भएन । स्वर मन पराएर धेरैले प्रस्ताव राखे
पनि । स्वतन्त्र स्वभावकी भएर हुनसक्छ, मैले बिहे गर्न बिर्सिएँ ।
शायद बिहे गरेको भए यसरी सङ्गीतमा लाग्न यस्तो स्वतन्त्रता पाउँदिनथेे
जस्तो पनि लाग्छ ।"
•
कृष्ण शाह यात्री
|