
कहिले आउँछ, कत्रो आउँछ; थाहा छैन । तर हामीकहाँ कुनै बेला
भुइँचालो आउँछ र ठूलै आउन सक्छ । त्यसले पहाड, मधेश, शहर, गाउँ
सबै हल्लाउँछ । त्यसको शिकार चाहिँ अव्यवस्थित बस्ती र कमसल
घरका बासिन्दा हुन्छन् । नेपालका सबै गाउँ र साना-ठूला शहर जोखिममा
छन् । काठमाडौँ उपत्यका सबैभन्दा बढी जोखिममा छ । हजारौँ घर
भत्किँदा, हजारौँ मानिस एकसाथ घाइते र हजारौँको मृत्यु हुँदा
चाहिने आश्रय, अन्नपानी, लुगाफाटो र औषधि उपचार मात्र होइन,
घाट र दाउराको पनि हाहाकार हुनेछ । तर भूकम्पले ती समुदायहरूमा
त्यति क्षति पुर्याउन सक्नेछैन, जससित यसबाट जोगिने अठोट, बुद्धि,
योजना र उद्यमशीलता छ । प्रत्येक घर भूकम्प थेग्ने बनाएर र प्रत्येक
नेपालीलाई पर्ूवतयारीमा सजग तुल्याएर सबैलाई क्षतिबाट जोगाउन
सकिन्छ । |
महाविनाशको
प्रतीक्षामा उँघ्दै-ब्यूँझीदै
•
शरद के.सी.
कार्यान्वयन
हुन नसकेको 'विल्डिङ कोड'
•
किरण नेपाल
भूकम्प
र धरान
•
डम्बरकृष्ण श्रेष्ठ
लसएन्जलसः
पूर्वतयारीले जोगाउँदो रहेछ
•
नीता गौतम दीक्षित
मुजफ्फरावादः
पूर्वतयारी पटक्कै थिएन
•
ल्यारी रोबट्सन
आउँछ
भूकम्प - कम गर्न सकिन्छ जोखिम
•
आमोदमणि दीक्षित
भूकम्पीय
जोखिम र प्रकोप व्यवस्थापन
•
लेखनाथ पोखरेल
भूकम्प
विरुद्धको लडाइँमा एनसेट-नेपाल
कथा
भुइँचालोपछिको काठमाडौँ
|