हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

अमेरिकी टेनिसका नेपाली प्रशिक्षक


मीन बज्राचार्य

विश्वप्रसिद्ध टेनिस खेलाडीहरूले नेपालको 'हिमाली' कोर्टमा कुनै गरिमामय उपाधि पाउन पसिना बगाइरहेको क्षण; सुजय लामाले पालेको एउटा सपना हो  । यो काल्पनिक नभएर यथार्थ भइदिए, के हुन्थ्यो - विश्व प्रसिद्ध टेनिस प्रतियोगिताहरू युएस ओपन, फ्रेन्च ओपन, अष्ट्रेलियन ओपन र विम्वल्डनले जस्तै संसारभरका सञ्चारमाध्यमहरूमा यसले प्राथमिकता पाउँथ्यो । हिमशृङ्खलाको काखमा रमिरहेका टेनिस सुन्दरीका तस्बिरहरू प्रकाशमा आउँथे ।

सपनालाई यथार्थमा परिणत गर्न धेरै गाह्रो छ । तर असम्भव नै भने होइन, सुजयको विश्वास हो यो । अमेरिकाको इलिनोइ विश्वविद्यालयमा महिला टेनिस प्रमुख प्रशिक्षकका रूपमा कार्यरत सुजय भन्छन्, "चीन, जापान, इन्डोनेसिया र भारतमा समेत ठूला प्रतिस्पर्धा हुन थालिसकेको पर्रि्रेक्ष्यमा नेपालमा असम्भव भन्ने छैन ।" तर यसका लागि सबैभन्दा पहिले नेपाली टेनिसकै स्तर बढाउनुपर्ने उनको धारणा छ ।

दर्ुइहप्ते बिदा मनाउन केही समयअघि नेपाल आएका सुजयले रातो बङ्गला र लिटिल एन्जल्स स्कुलमा टेनिस क्लिनिक सञ्चालन गरेर करीब ६० जना बालखेलाडीको स्तर बुझने अवसर पाए । भन्छन्, "टेनिस सेन्स हाम्रा केटाकेटीमा रहेछ, त्यसलाई हर्ुकाउनर्ुपर्छ, भविष्य हाम्रो हातमा हुनेछ ।"

सन् १९९० को बेइजिङ एसियन गेम्समा नेपालबाट टेनिस खेलेका सुजय विम्बल्डनको जुनियर इभेण्टमा समेत छनोट भएका थिए । तर, घुँडाको समस्याले खेल्न चाहिँ पाएनन् । उनले अन्तर्रर्ााट्रय टेनिस महासंघ -आईटीएफ)को जुनियर पुरुष सिंगलतर्फ ५० औँ वरियता हासिल गरेका थिए । अमेरिकाको कलेजस्तरीय टेनिसमा दर्ुइ वर्षराष्ट्रिय च्याम्पियन रहे, सुजय । यतिखेर उनकै रेखदेखमा इलिनोइको टेनिस अमेरिकाको ७५ औँबाट २२ औँ स्थानमा उक्लिएको छ ।

विगत १८ वर्षेखि अमेरिकी टेनिसमा संलग्न सुजय नेपालका लागि ठोस योजना ल्याउने प्रण गर्दै फर्किएका छन् । त्यसो त उनकै पहल र अमेरिकी प्रायोजकको सहयोगमा २५ अनाथ बालबालिकाले काठमाडौँमा पढ्नुका साथै टेनिस खेल्ने अवसर पाइरहेका छन् । अब यहाँका प्रतिभाशाली बाल खेलाडीलाई अमेरिकामै लगेर टेनिसको प्रशिक्षण उपलब्ध गराउनु उनको भावी योजना छ । ७६ वर्षो उमेरमा समेत आफ्नै निजी कोर्टमा राजधानीका केटाकेटीहरूलाई टेनिस सिकाइरहेका आफ्ना बुबा हेम लामालाई प्रेरणाको स्रोत मान्छन्, सुजय । हाल मलेसियन पत्नी, एक छोरी र एक छोरासहित अमेरिकामा रहेका सुजयको अर्को निजी योजना छ, 'रिटायर्ड लाइफ नेपालमै बिताउने, बुबा जस्तै टेनिससँगै ।'

नेपालदेखि टाढा रहेपनि नेपाली टेनिसका गतिविधिदेखि उनी अन्जान छैनन् । वर्षा दर्ुइ-चार वटा मात्र प्रतियोगिता हुने गरेको र केही वर्षेखि राष्ट्रिय प्रतियोगिता हुन नसकेकोमा उनको चिन्ता छ  । खेल कौशल पर््रदर्शन गर्ने थलो भएन भने खेलाडीको स्तर कहिल्यै नबढ्ने बताउँदै उनी भन्छन्, "प्रतियोगिता नियमित र प्रशस्त हुँदा मात्र खेलाडी व्यावसायिक बन्न सक्छ, होइन भने खेलबाट उसको पलायन हुन्छ ।"

अहिले पनि नेपालका राष्ट्रिय च्याम्पियनहरू २० वर्षगाडिकै खेलाडीहरू हुन् । सुजयको ठहरमा यो दर्ुभाग्य हो । भन्छन्, "यो अवधिमा त दर्ुइ तीन जेनेरेसनका खेलाडी उत्पादन भइसक्नुपर्ने हो । तर भएन । त्यसैले पनि हाम्रो स्तर २० वर्षअगाडिकै जस्तो छ ।"
सुजयले नेपालमा टेनिस खेल्दा नेपाली क्रिकेटको नामोनिशान थिएन । यसबीचमा नेपाली क्रिकेटले एउटा छलाङ नै मारिसकेको छ । यसबाट नेपाली टेनिसले पाठ लिनुपर्ने उनी बताउँछन् । भन्छन्, "अखिल नेपाल टेनिस संघ सशक्त हुनसक्दा मात्र नेपाली टेनिसको दुरवस्था हट्न सक्छ ।"

आईटीएफले कम विकसित राष्ट्रहरूलाई दिने आर्थिक सहयोग प्राप्त गर्नेतर्फटेनिस संघले प्रयास गर्दा सफल होइने धारणा उनको छ  । इमान्दारीपर्ूवक काम गर्ने मान्छे निस्कने हो भने आफूले यसतर्फपनि केही सहयोग गर्ने वाचा सुजयको छ ।

दीपेन्द्र लामा