जनता
क्रिकेटका 'क्युरेटर' कोमल

किरण पाण्डे |
सेतै कपाल
फुलेका, हट्टा-कट्ठा जीउडालका कोमलबहादुर
पाण्डे (६४) लाई कर्ीर्तिपुरस्थित क्रिकेट मैदानमा
कहिले पीच बढार्दै त कहिले पानी हाल्दै गरेको भेटिन्छ । उनको चिन्ता
कर्ीर्तिपुर क्रिकेट मैदानको अन्तर्रर्ााट्रयस्तरलाई कायम राख्नु हो
।
पाण्डेले विदेशमा क्रिकेट पीच र मैदानको हेरचाह गर्ने (क्युरेटर) को
आधा दर्जन प्रशिक्षण लिइसकेका छन् । उनी भन्छन्, "मेरो उद्देश्य
नै पीचले ब्याट्सम्यान र बलर दुवैलाई उत्कृष्ट पर््रदर्शन गर्न सहयोग
गरोस् भन्ने हो ।" उनकै मेहनतले कर्ीर्तिपुरको मैदानमा तीन दिवसीय
अन्तरमहादेशीय प्रतियोगिता, एमसीसी टुर, फास्ट ट्रयाक, अण्डर-१९ एसिया
कपजस्ता अन्तर्रर्ााट्रय खेलहरू सफलतापर्ूवक सम्पन्न भएका छन् ।
गत मङ्सिरमा अण्डर-१९ एसिया कपका लागि उनले दर्ुइ महिना
अघिदेखि गरेको मेहनतको सबैले प्रशंसा गरेका थिए । त्यसबेला नेपाली
टीमले कप जित्दा गौरवान्वित भएका कोमल भन्छन्, "प्रतियोगिता सफल
हुँदा त मेरो खुशीको सीमा नै रहेन ।"
तीन वर्षघि भारतीय अण्डर-१९ टोली आउँदा खेलको अघिल्लो
रात पानी पर्दा राति ११ बजे पनि 'पीच' छोप्न कर्ीर्तिपुर पुगेको घटना
उनमा अझै ताजा छ । नेपाली क्रिकेटको सफलताको पछाडि खेलाडी र प्रशिक्षकसँगै
'क्युरेटर' कोमलको ठूलो हात छ । खेल मैदानको हेरचाहमा शरीरले साथ दिएसम्म
खटिरहने उनको चाहना अनुकरणीय छ ।
संक्रमितका सहयोगी

डम्बरकृष्ण श्रेष्ठ |
सामाजशास्त्रमा स्नातक
पढ्दै अनिता श्रेष्ठको
इच्छा थियो- महिला र एचआईभी एड्स क्षेत्रमा काम गर्ने । पाँच वर्षघि
पढाइ सकिनासाथ २८ वषर्ीया अनिताले रिचमण्ड फेलोशीप नेपालमा चाहना अनुसारकै
काम पाइन् । र, शुरु गरिन् दर्ुर्व्यसनी महिलाहरूको सशक्तिकरणबारे
अनुसन्धान । यस क्रममा दर्ुइ सय महिला दर्ुर्व्यसनी तथा सङ्क्रमितलाई
भेट्दा आफूले बुझेभन्दा भयावह स्थिति पाइन् उनीहरूको । भन्छिन्, "महिलाहरू
नजानिँदो किसिमले दर्ुर्व्यसनमा फसेर एचआईभी सङ्क्रमित भइरहेका छन्
।" ती महिलाहरूले उनीसँग भनेका थिए- 'हामी त बिग्रियौँ-बिग्रियौँ
। छोराछोरीहरूको बिजोग छ, उनीहरूलाई हेरिदिए पुग्थ्यो ।' उनीहरूकै
आग्रह अनुसार अनिताले अमेरिकामा पढिरहेका नेपाली विद्यार्थीहरूको सहयोगमा
१६ जना बालबालिकालाई पढ्ने अवसर दिलाएकी छन् ।
हाल सहारा परामर्श केन्द्रकी परियोजना संयोजक अनिताले
मनोविज्ञान र परामर्श विषयमा भर्खरै स्नातकोत्तर सकिन् । उनको संस्थाले
एचआईभी एड्स तथा जोखिममा परेका व्यक्तिहरूलाई परामर्श र तालिम दिने
काम गर्दछ । यसबाहेक उनी एचआईभी एड्ससम्बन्धी परामर्श सेवा र अध्ययन-अनुसन्धानमा
पनि समय दिन्छिन् । आत्मसन्तुष्टिको लागि यस क्षेत्रमा समर्पित भएर
लागेकी बाल साहित्यकार सौरभकिरण श्रेष्ठकी धर्मपत्नी अनिता परिवारबाट
आफूले पूरा सहयोग पाइरहेको बताउँछिन् ।
|