हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
कदी

इतिहासमा

 

पूर्वतिर पाइतो सार्दा

अचेल हामीहरू नेपालको पर्ूव सिमाना भन्नासाथ काकडभिट्टा, मेची पुल सम्झन्छौँ । तर जङ्गबहादुरकालीन नेपालको पर्ूव सिमाना भनेको इलामपारिको जङ्गल सम्झिइँदो रहेछ । कोकले खोला र लिप्पे खोला तरेर ११ कोस पार गरी 'सिवाना तरफ जंगल्' मा पुगिँदो रहेछ त्यसबेला काठमाडौँबाट १११ कोस पर्ूव हिँडेपछि ।

सर्न्दर्भ बुझयिो होला- यो स्तम्भ फेरि एकपटक बाटो र बासहरूकै वृत्तमा र्फकेको छ । स्रोत उही हो १ पुसमा उल्लिखित बेलाइती जिल्लाबन्दी कापी । 'पश्चिमतर्फो सिवाना'को त्यत्रो चर्चा गरेपछि त्यहीँ देखिएको "पर्ूवतरफबाट सिवानासम्मको बाटो" लाई बेवास्ता गर्नुभएन  । तर यसबारे लेख्नुपर्दा समस्या पर्छ सामग्री नपुगेर । राजधानीबाट पर्ूव सिमानासम्म पुग्न जम्मा २० बास मात्र गरे पुग्दोरहेछ । यी बीस बासमा हामीलाई मनग्गे सामल पुग्दैन र हामीले अन्ततिर पनि चियाउनर्ुपर्ने हुन्छ । त्यो गर्दै गरुँला । पहिले हामीले काठमाडौँबाट पाइतो सारिहालौँ  ।

काठमाडौँबाट पर्ूवतर्फो यात्रामा निस्केपछिको पहिलो बास ४ कोस पर 'भादगाउँ' रहेछ । अनि अहिलेको बनेपा पारिको 'षड्पु' -खड्पु) पछि तेस्रो बासलाई 'दापचाफुलवारि' पुगिन्थ्यो भन्छ यो कापी । रोशी खोला र सुनकोशी गडतिरका दुम्जा अनि झाँगाझोलीमा बास बस्तै बेनी पुगिने रहेछ । पर्ूवमा बेनी भनेको तामाकोशी र सुनकोशीको सङ्गमस्थल हो । यहाँदेखि माथि आठौँ बास 'सालु भञ्ज्याङ' पर्छ । त्यसपछि ऐले बुझनिे चलनचल्तीका थोरै मात्र नाम बाँकी रहन्छन्- पन्धौँ र सोह्रौँ बासका 'षिकामाछा माझकिरात" र "धनकुट्टा पल्लो किरात" -७५ कोस) । यसबीच पर्ने चुपलु गलवा, बुइपा र वोखिन जस्ताका आधुनिक नाम र ऐलेको अवस्था पनि बुझनु उचित होला । त्यस क्षेत्रमा बसोबास गर्ने र नेपाली नक्सा केलाउनेहरूले त्यो पत्ता लगाइदेलान् ।

पहिले नै चर्चा गरिएको हो, नेपालका बाटाघाटाका बारेमा बुझन महाराज जङ्गबहादुरले चासो देखाएर यी सङ्कलन गराएका रहेछन् । तर दर्ुइतिर सिमानासम्म पुग्ने बाटोको ज्ञानले मात्र पुग्ने थिएन । त्यस कापीमा नेपालको पहाड र तर्राईका विभिन्न जिल्लाका सदरमुकामहरूको पनि खोजखबर गरिएको फेला पर्छ । उदाहरणार्थ भनूँ, त्यहाँ "पोषरादेषी उत्तर" भनी 'वेनी-वागलुङ कोस ५९' लेखिएको छ । हामीलाई ऐले थाहा छ पोखराबाट बाग्लुङ मात्र होइन बेनी पनि पश्चिम पर्छ उत्तर होइन । तर पनि त्यहाँ उत्तरै लेखिएको छ, किन - हुनसक्छ, बेनी जानलाई उसबेला, पोखराबाट पहिले केही उत्तरै लागी जानुपर्दो हो । तर यहाँ बीचको बास या बाटाको विवरण दिइएको छैन- ठाडो, ५९ कोस् मात्र भनी छाडिएको छ । यो पनि एउटा चाख लाग्ने विषय नै हो । अर्को चाखलाग्ने कुरा के छ भने 'तानसेन दक्षिण माझषंडसम्मको' भनेर त्यसै मन्तिर लेखिएको छ- 'बुटवल कोस् ६९' । हामी जान्दछौँ तानसेनबाट बुटवल त्यति टाढा छैन । भनेपछि, यहाँको यो ६९ कोस् भनेको तानसेनदेखि मात्र होइन पोखरादेखि नै हो, बेनी बाग्लुङ भएर पुग्ने बाटोको दूरी । त्यही बाटो अगाडि लाग्दा "माझषंड भगवानपुर कचहरि" पुग्छ ८१औँ कोसमा । त्यसैलाई तन्काएको होला 'बुटवलदेखि पश्चिम स्यूराजसम्मको' भनेर 'षजहनि नौ ल्हिया कचहरि कोस् ८७' र 'स्यूराज कोस् ९७' पनि । त्यसो हुँदा यो पोखरादेखिकै गणना गरेको हुनर्ुपर्छ  । तर उखानको 'ल्हासा जानु कुत्तीको बाटो' भने जस्तो पोखरादेखि स्यूराज -हालको तौलिहवा) पुग्न यस्तो घुमाउरो बाटो किन तर्जुमा गरियो भन्न सकिँदैन ।

झर्को लाग्ने गरी यसरी बाटाको चर्चा गर्नुको उद्देश्य के हो भन्ने लाग्ला पाठकलाई । यसमा रहस्य केही छैन । पर्ुखाहरू कसरी हिँड्थे, कुन बाटो लिन्थे भन्ने कुरा सामाजिक-राजनीतिक इतिहासमा चाख हुनेहरूको लागि निकै महत्त्वको हुन्छ । जस्तो भनूँ, कर्कप्याटि्रकहरू काठमाण्डू उक्लिँदा माथि त्रिशूली तरी नुवाकोट भएर आएका थिए । यो बेलायती कपीले भने जङ्गबहादुरको समयमा चित्लाङ-मार्खु गढीको बाटो खुलिसकेको जनाउ दिन्छ । तर राणाकालको पुछारतिर अत्यन्त चालू भइसकेको भीमफेदी बसेकै रहेनछ त्यसबेलासम्म, किनभने यहाँ चिसापानी गढीबाट एकदम हेटौँडा पुगेर मात्र बास बस्ने देखाइएको छ । अझ हेटौँडाबाट हिँडेपछि मकवानपुर हुँदै कलैया पुग्छ बाटो -४२ कोस्मा) । अनि अलौ कचहरि र कडरवाना कचहरि हुँदै -काठमाण्डूबाट) ६० कोस् पर सिसौटिया कचहरि पुगेर टुङ्गन्िछ यो दक्षिणतिरको बाटो । भन्नाले हाम्रो बिहारतिरको सिमाना सिसौटिया कचहरि थियो । यो कम चाख लाग्ने विषय हो ?

बिरसिलो बाटोको बयान र बास बस्ने ठाउँहरूको नाम उच्चारण गर्दै जाँदा पनि नेपाली सामाजिक परिवेशको बोध हुँदो रहेछ र नै हो यसरी यसमा श्रम खर्च गरेको मैले । यत्ति भइहाल्यो भने अब अलिकता अझै यसमा अल्झिउFm र यो प्रकरण टुङ्ग्याऊँ ।

माथि पर्ूवतिरको सिमाना छुँदा इलामको मात्र उल्लेख गरेको थिएँ मैले । तर त्यहाँ तर्राईतिरबाट पनि मेची सिमानाको जिकिर भएको छ । रंगेली कचहरि-अठ्मौजा-झापा भई मेची छुँदो रहेछ त्यो बाटाले पनि । तर मेचीमा काकडभिट्टा होइन "पाठाभारि मेचि" । यो पाठाभारि ऐले कहाँ पर्छ थाहा छैन । यहाँ दिएको पाठ अनुसार त्यो १४१ कोस्मा छ । तर, त्यो काठमाण्डूबाट होइन 'सुनकोसी-बेनी खुर्कोट'बाट । यो खुर्कोट नामले अर्को रहस्य खोल्छ । किन महत्त्वपर्ूण्ा भयो यो ठाउँ - किन ऐले जापानले बनाएको काठमाण्डू-बर्दीबास सडक पनि यही खुर्कोट भएर गुज्रेको  - तामाकोशी-सुनकोशी दोभान बेनीबाट दक्षिण पाँच बास पर बताइएको छ खुर्कोट  । तर, यो दूरी बेनीबाट नभई काठमाडौँदेखिको हुनर्ुपर्छ, किनभने बेनी र खुर्कोटबीच त्यति लामो दूरी छैन । त्यसैगरी खुर्कोटबाट ३० कोस् पर देखाइएको छ जलेश्वर जुन स्वाभाविकै लाग्छ । अनि खुर्कोटदेखि नै पर्ूव भनी 'उदैपुर. नेपालटार कोस् ४०" भनेको छ ञहाँ ।

अब चाहिँ साँच्चै बीट मारुँ यो बाटो र बासको प्रसङ्ग  । पढ्नेहरूलाई कति झर्को लाग्यो होला नामै नामको माला फिराएको देख्दा  । अब अर्को प्रसङ्ग अलि रसिलो छानुँला ।