हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

राजाका सामु जनताको उत्सव


तस्बिरहरू डम्बरकृष्ण श्रेष्ठ

धरान उत्सवः घण्टाघर र भूकम्प स्मारक
उद्घाटन गर्दै प्रमुख अतिथि भीसी लिम्बू (तल) ।

धरानबासीले पुस २० देखि २२ सम्म 'धरान उत्सव-२०६२' का रूपमा मनाए । देश-विदेशमा स्थापित धरानेहरूको आर्थिक सहयोगमा निर्मित घण्टाघर र भूकम्प स्मारकको विधिवत् उद्घाटन भयो । तर १७ पुसमै धरानदेखि १७-१८ किमी टाढा, इटहरी ब्यारेकमा गएर बसिरहेका राजालाई न त कसैले घण्टाघर वा स्मारकको उद्घाटनको लागि आग्रह गरे न महोत्सव अवलोकन गर्ने निम्ता नै पठाए । २२ पुसमा महोत्सवको समाप्तिपछि आफैँले गाडी हाँकेका राजा बारम्बार धरान बजारमा देखिन थालेपछि, राजाबाट उद्घाटन गराउन नपाएकोमा कतिपयले विस्मात् पनि प्रकट गर्न थालेका थिए । भिक्टोरिया पदक विजेता भूपू गोर्खा सैनिक रामबहादुर लिम्बूका हातबाट उद्घाटन गराइएको भानुचोकस्थित घण्टाघर र भूकम्प स्मारक हर्ेनकै लागि एकदिन राजाले गाडीको गति सीमित पारेका थिए ।

महोत्सव आयोजक समितिका कतिपय सदस्यहरूले शुरुमै सबै उद्घाटन राजाबाट गराउनुपर्ने माग र अडान नराखेका थिएनन् । तर बहुसङ्ख्यक सदस्यहरू त्यसको विपक्षमा उभिए । परिणामतः तीनै थोक उद्घाटन गर्ने सौभाग्य भूपू गोर्खा लिम्बूलाई प्राप्त भयो । क्षेत्रीय प्रशासक जगदीश खड्काले पनि कुनै अवसर पाएनन् । एकमात्र सरकारी प्रतिनिधिका रूपमा मञ्चमा बस्न पाएका कोशी अञ्चल प्रशासक रणबहादुर चन्दले पनि राजा र सरकारको गुणगान गर्न थालेपछि बोल्दाबोल्दै माइकमै अवरोधको सामना गर्नु परेको थियो ।
धरान उत्सव, घण्टाघर र भूकम्प स्मारक उद्घाटन कार्यक्रममा राजा र राजाको सत्ता पक्षधरहरू किनारामा पर्नुको एउटा बुझन सकिने कारण '१९ माघ' नै हो । अघिल्लो वर्षतत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गराउने तयारी हुँदाहुँदै १९ माघ आएका कारण सबै कार्यक्रम विथोलिएको थियो ।

धरान उत्सव मूल आयोजक समितिका संयोजक एवं पर्ूव मेयर मनोजकुमार मेयाङ्बोलाई वर्तमान सत्ताका पदाधिकारीहरू मध्येबाटै उद्घाटन गराउन दबाब पनि परेको थियो । तर उनले 'लाहुरेको शहरका रूपमा चिनिएको धराने जनताको चन्दाबाट निर्मित स्मारकहरूको उद्घाटन वीरयोद्धाबाटै होओस् भन्ने सबैको चाहना छ' भनेर सरकारी दबाबलाई पन्छाए । उनी भन्छन्, "जनताले गरेका विकास निर्माणका सामाजिक कार्यमा कुनै किसिमको विवाद र द्वन्द्व नहोस् भनेर यस्तो गरिएको हो ।" संयोजक मेयाङ्बो राजालाई भेट्न इटहरी पनि गएनन् ।

मेयाङ्बो नगरप्रमुख हुँदा ०५५, ०५६ र ०५७ मा धरान महोत्सव, धरान शतवाषिर्की महोत्सव र धरान उत्सव आयोजना गरिएका थिए । नगर प्रमुखको पद सकिए पनि उनी आफूले शुरु गरेका विकास निर्माणका काम पूरा गर्न सक्रिय रहँदै आएका छन् । घण्टाघरको लागि रकम जुटाउन दर्ुइपटकसम्म उनी आफैँ हङकङ पुगेका थिए । मेयाङ्बो भन्छन्, "आफ्नो ठाउँको विकास निर्माण र सामाजिक कार्यका लागि पार्टर्ीीराजनीति केही हर्ेर्नुहुन्न । धरानमा जनसहभागिताको जुन लहर छ यसबाट अरू ठाउँका जनताले पनि धेरै कुरा सिकिरहेका छन् ।"

जापानमा रहेका धरानेहरूको आर्थिक सहयोगमा घण्टाघरसँगै २०४५ सालको भूकम्पमा परी दिवंगत भएकाहरूको सम्झनामा भूकम्प स्मारकको निर्माण गरिएको छ । उद्घाटन समारोहमा हङकङको धरान घण्टाघर निर्माण तथा आर्थिक सङ्कलन समितिका संयोजक तेजबहादुर र्राईले धरान नगरपालिकाका सचिव दिवाकर बास्तोलालाई घण्टाघरको चावी हस्तान्तरण गरेका थिए ।

तीन दिनमा तीन लाख दर्शक सहभागी भएको धरान उत्सवमा विविध जातीय मौलिक पहिरन, गीत, सङ्गीत, नृत्यसँगै विविध परिकार तथा औद्योगिक सामग्रीका २२० स्टल रहेका थिए ।

डम्बरकृष्ण श्रेष्ठ


राजमार्गमा माओवादीको रजाइँ


तस्बिरहरू रामेश्वर बोहरा

कोहलपुरका सैनिक र सशस्त्र प्रहरी व्यारेकबाट मुश्किलले ३२ किलोमिटर पश्चिम महेन्द्र राजमार्गको रम्भापुरमा सेनाको अर्को व्यारेक छ । तर, २५ पुसको दिनभरि राजमार्गको यो खण्ड माओवादी नियन्त्रणमा थियो । ठाउँठाउँमा ढुङ्गा र काठको थुप्रो राखेर अवरोध खडा गरिएको थियो । सडकमा माओवादी सेना छ्याप्छ्याप्ती देखिन्थे ।

माओवादीले त्यस दिन बर्दियाको बाँसगढीमा आयोजित जनसभाको 'सुरक्षा'का लागि १० किमी टाढासम्म आफ्ना सशस्त्र लडाकाहरू तैनाथ गरेको थियो । कोहलपुर र रम्भापुरका दर्ुइ सुरक्षा क्याम्पका बीचमा यस्तो खुल्ला सैन्य गतिविधि गर्दा पनि उनीहरू ढुक्क देखिन्थे । माओवादीका बाँके-बर्दिया इन्चार्ज 'अथक' माओवादीले यसरी नै राजमार्गलाई नियन्त्रणमा लिँदै शहर कब्जा गर्ने तयारी गरिरहेको बताउँछन् ।


५ पुसको दिउँसो महेन्द्र राजमार्गको कोहलपुर-चिसापानी खण्ड (बर्दिया) चार घण्टासम्म माओवादीका कारण अवरुद्ध भयो ।

माओवादीले २५ पुस दिनभर राजमार्ग कब्जा गरेर कार्यक्रम गर्न लागेको जानकारी पहिल्यै पाए पनि सरकारी सुरक्षा निकायले कुनै प्रतिक्रिया देखाएनन् । स्थलमार्गबाटै त्यहाँ पुग्न सक्ने सुरक्षाकर्मीहरूले त्यो जोखिम मोल्न नचाहेको देखियो । बरु एउटा सैनिक हेलिकप्टरले कार्यक्रमस्थल वरपर र राजमार्ग अवरुद्ध भएका ठाउँमा चार-पाँच फन्को लगाएको थियो । हेलिकप्टर आउँदा सभाका सहभागीहरू केही आतङ्कति भई भागाभाग गरेका र माओवादीका केही कार्यक्रम प्रभावित भएका थिए । बाँसगढी बजारमा दर्ुइ वटा ब्रिगेडको सैन्य पर््रदर्शन र केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम हुन सकेन ।

माओवादी स्रोतका अनुसार, त्यस दिन उनीहरूको ठूलो आक्रमणका लागि सैन्यटोली केन्द्रीकृत गर्ने कार्यक्रम थियो । त्यहाँको सैन्य तयारी हर्ेदा हप्ता दिनभित्रै आसपासका ठाउँमा कतै ठूलै आक्रमण हुने योजना रहेको बुझन्िथ्यो । माओवादीले त्यसको पर्सिपल्टै २७ पुसमा धनगढी, टीकापुर र सुख्खड बेसक्याम्पमा आक्रमण गरेका तथा बर्दिया जिविस भवनमा बम विष्फोट गराएका थिए ।

रामेश्वर बोहरा


बाह्रबुँदे समझदारीको असर
गाउँबस्तीमा रौनक र्फकंदै


लुहाम, सल्यानमा कर संकलन
गर्दै माओवादी कार्यकर्ता ।

दल-माओवादी १२ बुँदे समझदारीपछि युद्ध र हिंसाको थिलथिलोमा परेका रोल्पा र रुकुमका गाउँबस्तीहरूमा शान्तिको आभास हुन थालेको छ । हिजोको जस्तो मारकाट, रक्तपात र वैमनस्यता छैन । हत्या, अपहरण, कुटपिटका घटनामा उल्लेख्य कमी आएको छ । स्थानीय एक गाउँलेको भनाइमा, 'धेरै वर्षछि रुकुम र रोल्पाका जनताले केही हदसम्म शान्तिको अनुभूति गर्न पाएका छन् ।'

प्रमुख दलहरू नेकपा -एमाले) र नेपाली काङ्ग्रेस 'लोकतान्त्रिक जागरण अभियान' सहित गाउँमा पुगेका छन् । दलहरू गाउँमा जाँदा आफ्नो जनाधार कमजोर हुने र आफ्ना क्रियाकलापको विपक्षमा उभिने पंक्ति तयार हुँदैजाने हुनाले माओवादीलाई यो कुरा त्यति मन नपरे पनि दलको अभियानमा बाधा चाहिँ पुर्‍याएका छैनन् ।

गाउँमा दलका कार्यक्रमहरूमा व्यापक जनसहभागिता देखिएको छ । हिजो उजाड लाग्ने गाउँबस्तीमा राजनीतिक गतिविधि बढेपछि एकखालको रौनक छाएको छ । राजनीतिक सहअस्तित्वको वातावरण पनि क्रमशः निर्माण हुनथालेको छ । राजनीतिक दलहरू निरङ्कुश राजतन्त्रको भण्डाफोर गर्दै लोकतन्त्रको आन्दोलनका लागि जनतालाई जागरुक, सङ्गठित र परिचालित गर्न सफल भएका छन् । दल र आन्दोलनविरुद्ध फैलाइएका भ्रमहरू निवारण हुँदै गएका छन् ।

१२ बुँदे समझदारीपछि जनताले आर्थिक क्षेत्रमा पनि केही राहत अनुभूति गरेका छन् । राप्तीमा माओवादीको 'मगरात स्वायत्त प्रदेश' अर्न्तर्गत 'जिल्ला जनसरकारहरू'ले सडक-बाटोहरूमा 'कर तथा राजस्व सङ्कलन कार्यालय' राखेर असुल्ने गरेको १ देखि २० प्रतिशतसम्मको 'आयात-निर्यात कर' उठाउन यता आएर बन्द गरेका छन् । माओवादीले हिजो उजाड पारेका बजारहरू पनि फेरि बस्न थालेका छन् । रुकुमको झुलनेटा बजारले पुनर्जीवन पाएको छ । सल्यानका खरिबोट, सल्लीबजार आदिमा पनि चहलपहल बढ्न थालेको छ ।

माओवादी ज्यादतीले गर्दा गाउँबाट रुकुम, रोल्पा, जाजरकोट, सल्यान र सर्ुर्खेतका सदरमुकाम तथा नेपालगञ्ज र घोराहीजस्ता शहरमा विस्थापित थुप्रै राजनीतिक कार्यकर्ता एवं र्सवसाधारण जनता पनि १२ बुँदे समझदारीमा टेकेर परिवारसहित गाउँ फर्किरहेका छन् । राजधानीबाट पनि गाउँ फर्किने क्रम शुरु भएको छ । कुनै समय 'मृत्युदण्डको वारेन्ट' जारी गरिएका एमालेका रोल्पा जिल्ला सचिव शान्तकुमार ओली समेत घर फर्किएका छन् ।

विकास कार्यमा अवरोध नपुर्‍याउने माओवादी वचनबद्धताका कारण रोकिएका विकास निर्माणका काम फेरि हुन थालेका छन् । माओवादीले सरकारी योजना र बजेटलाई पूरै अस्वीकार गरे पनि संघसंस्थामार्फ् हुने विकास निर्माण र सामाजिक कामहरू रोकिएका छैनन् । सल्यान सितलपाटीदेखि बांगेलाकुरीसम्मको सडक मर्मत हुँदैछ ।

समस्या पनि छन्
तर, अझै कैयौँ समस्या सुल्झिन बाँकी पनि छन् । गाउँगाउँमा माओवादीले सात राजनीतिक दलसँग सहकार्य भइरहेको बताउँदै कतिपय ठाउँमा आठ दलको संयुक्त कार्यक्रम हुने भन्ने प्रचार समेत गरिरहेका छन् । केही दिनअघि सल्यान, थारमारेमा आयोजित कार्यक्रममा धेरै मान्छे जम्मा गर्न उनीहरूले त्यसलाई 'आठ दलको संयुक्त कार्यक्रम' भनेर प्रचार गरेका थिए ।

'चन्दा' र 'लेवी'को मारबाट जनता अझै मुक्त भएका छैनन्  । दलका नेताहरूलाई गाउँ जान-आउन 'स्थानीय सत्ता'को अनुमति लिनु नपरे पनि र्सवसाधारण जनतालाई त्यस्तो अनुमति लिनुपर्ने प्रथा धेरै ठाउँमा कायमै छ । जनतालाई जबर्जस्ती श्रममा लगाउने काम बन्द भएको छैन । रोल्पा र रुकुमतिर फेरि १५-२० दिनका लागि 'शहीद मार्ग' खन्न लगिँदैछ । विस्थापितहरूको फिर्ती र पुनर्स्थापनाको समस्या पूरै हल भइसकेको छैन । माओवादीले कब्जा गरेका राजनीतिक नेता-कार्यकर्ताको सम्पत्ति अझै फिर्ता भएको छैन । कतिपय स्थानीय सत्ताले 'केन्द्रमा गरेको समझदारी मान्न हामी बाध्य छैनौँ' भन्ने गरेको पनि सुनिन्छ ।

केन्द्रीय सरकार भङ्ग गरिसकेको माओवादीले आफ्नो स्थानीय सत्ता पनि भङ्ग गरेर गाउँमा सहज वातावरण बन्न दिनर्ुपर्छ र जनसरोकारका विकास निर्माणका काममा अवरोध पुर्‍याउनु हुन्न भन्ने माग अन्य राजनीतिक दलका कार्यकर्ताहरूले गरिरहेका छन् । अहिलेको प्रमुख सवाल दुवै पक्षबाट १२ बुँदे सहमतिको इमान्दारीसाथ पालना र त्यसको पालना भए-नभएको अनुगमन हुनर्ुपर्छ भन्ने रहेको छ । सात दल र माओवादीले मानवअधिकारकर्मी र नागरिक समाजको एउटा स्वतन्त्र अनुगमन संयन्त्र बनाएर यो काम अगाडि बढाउन सक्छन् ।

प्रकाश ज्वाला


राजाको भ्रमणः विकास बजेटको लूट


राजा-लावती भलाकुसारी ।

राजदम्पतीको पर्ूवाञ्चल भ्रमण विकासका नाउँमा छुट्याइएको सरकारी बजेट दुरुपयोग गर्ने सुनौलो अवसर बनेको छ । जिल्ला विकास समितिहरूले विकास बजेट खर्च गरेर भ्रमण खर्च धानेका छन् ।

राजाको इलाम भ्रमण अवसरमा भएको रु.५ लाखको खर्च, जिविसको विकास अनुदान शर्ीष्ाकबाट कट्टा गरी मिलाइएको जानकारी जिविस सचिवर् इश्वरकुमार गिरीले दिएका छन् । करीब रु.१ करोडको विकास बजेट भएको इलाम जिविसको निकासी करबाट हुने रु.२० लाख आम्दानी द्वन्द्वको कारण ठप्प भएपछि त्यसै पनि धेरै विकास योजनाहरू अलपत्र परिरहेका थिए । अब जिविससँग मनोनीतहरूलाई तलब-भत्ता खुवाउने पैसा मात्र बाँकी छ ।

पाँचथर जिविसले राजा फिदिम आउँदा रु.३ लाख ३० हजारभन्दा बढी खर्च गर्‍यो । बिलहरू अझै आइरहेकाले जम्मा खर्चको हिसाब निस्किसकेको छैन । राष्ट्रिय विकास मञ्चका अध्यक्ष झलकमान थापाले ६० जना युवा स्वयंसेवक परिचालन गरेबापत रु.२९ हजार र स्थानीय बल थापाको टिमले चारसय जनालाई खाना र खाजा खुवाएबापत रु.७० हजारको बिल पेश गरेका छन् । तर स्वयंसेवक खटिएका विवेक आले भने आफूहरूले रु.१० का दरले मात्र खाजा खर्च पाएको बताउँछन् । मञ्चका अध्यक्ष झलकमान थापा भन्छन्, "मेरो तर्फाट १५ हजार खर्च भएको हो, तर पर्ूवमन्त्री लावतीका मान्छेले ७० हजारको बिल पेश गरेपछि मैले पनि २९ हजारको नक्कली बिल बनाएँ । बाँकी रकम राम्रो काममा सदुपयोग गर्छु ।" मञ्च निर्माणमा रु.७० हजार खर्च भएको देखाइएको छ, तर निर्माणमा संलग्न मजदुरहरू यसमा रु.५ हजारभन्दा बढी नलागेको बताउँछन् ।


लावतीले हड्पेको पाँचथर जिविसको गाडी ।

मेची राजमार्गको पौवा-फिदिम खण्ड कालोपत्रे गर्न आएको नागार्जुन कन्स्ट्रक्सनलाई फिदिमको खेलमैदान सम्याउन, ढुङ्गा-गिटी बोक्न र हेलिप्याड बनाउन लगाइयो, तर उसले यसमा खर्च भएको करीब रु.४ लाख पाएको छैन । कन्स्ट्रक्सनका निर्देशक राजु फुयाल भन्छन्, "अहिले यसबारे कुरा गरेर साध्य छैन ।" खेलमैदान सम्याएको र गेट बनाएको भन्दै फिदिमका केही युवाहरूले सात वटा स्थानीय सोलार कम्पनीसँग रु.५ हजारको दरले पैसा मागेका छन् । लोटस इनर्जीका सुपक राजभण्डारीको कथन छ, "सवारी खर्च भन्दै रकम माग्न आउने युवाहरूको ताँती छ । नदिए भोलि जे पनि हुनसक्छ भनेर धम्क्याउँछन् ।"

शाही भ्रमणमा जिल्ला प्रशासन, नगरविकास समिति, उद्योग बाणिज्य संघ, व्यापार संघ आदिले पनि खर्च गरेका छन् । राप्रपा, राजपा, प्रजातन्त्र नेपाल, फिदिम स्पोर्टिङ क्लब, राजावादी युवा विकास मञ्च, राष्ट्रिय विकास मञ्च आदि दल एवं संस्थाहरू पनि सरकारी बजेट खर्च गर्नेमा पर्दछन् । धेरैले नक्कली बिल बनाएर कैयौँ गुणा बढी खर्च देखाएका छन्  । पर्ूव सांसद अइन्द्रविक्रम थाम्सुहाङ भन्छन्, "अख्तियारले यिनीहरूलाई तत्काल कारबाही गर्नुपर्छ ।"

एक अर्को समाचार अनुसार, पाँचथरका प्रभावशाली राजावादी नेता पद्मसुन्दर लावतीले झण्डै १० महिनादेखि जिविसको एउटा गाडी निजी प्रयोगमा लगेका छन् । उक्त गाडी लावतीको परिवार र ससुराली खलकले झापामा गुडाउने गरेको जिविसले जनाएको छ । सो गाडी दमक नगरपालिका-१३ स्थित लावतीका कान्छी श्रीमतिपट्टकिा जेठान दाजुको घरमा राख्ने गरिएको छ  ।

गाडी लावती परिवारको निजी प्रयोगमा रहे पनि त्यसको तेल र मर्मतसम्भार खर्च भने जिविसले नै व्यहोरिरहेको छ । त्यसनिम्ति अहिलेसम्म रु.१ लाख ५० हजार खर्च भइसकेको जिविसका कर्मचारीहरू बताउँछन् ।


राप्रपाः फेरि चल्यो दरबारको तरबार

पार्टीले १९ माघको र्समर्थन नगरेपछि विशेष महाधिवेशनका नाममा गृहमन्त्री कमल थापा राप्रपाको बागडोर हत्याउन अघि सरेका छन्  । तर, पार्टी चुनावचिन्ह हलो र झण्डा कुनै हालतमा नगुमोस् भनेर संस्थापन पक्ष अदालत पुगेको छ ।


किरण पाण्डे

विशेष महाधिवेशनका नाममा गृहमन्त्री थापाले राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीे अध्यक्ष आफू भएको दाबी गरेपछि पार्टर्ीीे संस्थापन पक्ष अदालतको शरणमा पुगेको छ । २८ पुसमा सहायक महामन्त्री खेमराज पण्डितले पार्टर्ीीे चुनाव चिन्ह र झण्डा प्रयोग गर्न नदिन 'निषेधाज्ञा' माग गरेर अदालतमा निवेदन दिएका छन् । पुनरावेदन अदालत ललितपुरमा सो मुद्दा दर्ता भएपछि अब राप्रपाको चुनाव चिन्ह र झण्डाको प्रयोग अदालतको विचाराधीन विषय हुन पुगेको छ  ।

राप्रपामा अध्यक्ष र चार महिलासहित तेइस जना निर्वाचित केन्द्रीय सदस्य रहने प्रावधान छ । यसमध्ये गृहमन्त्री थापाको 'राजावादी राप्रपा' लाई नौ निर्वाचित सदस्यले साथ दिएका छन् भने अध्यक्ष पशुपति शमशेर राणाको पक्षमा दश जना निर्वाचित सदस्य छन् । बुद्धिमान तामाङ्ग र रेणु यादवले गतसाल फागुनमै राप्रपा छोडेर र्सर्ूयबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टर्ीी गएका हुन् । तेइस निर्वाचित र बाइस मनोनीत गरी राप्रपामा पैँतालीस जनाको केन्द्रीय समिति रहने प्रावधान छ । कुल १२ सय ८५ महाधिवेशन प्रतिनिधिमध्ये ५२७ जनाले विशेष महाधिवेशन माग गरेको थापा पक्षधरको दाबी छ । तर, राणा पक्षधरहरू भने गत जेठमा 'कथित विशेष महाधिवेशन' बोलाउने ५२७ मध्ये १२५ जनाले लिखित रूपमै आफूहरू त्यो मान्यतामा नरहेको जानकारी गराएको र ८० जना जति राजपामा गइसकेको बताउँँछन् ।

विशेष महाधिवेशनको माग गर्नेमध्ये १० जना केन्द्रीय सदस्यलाई पार्टर्ीी अनुशासनको कारबाही गरेर निकाला गरेपछि उनीहरू उल्टै पार्टर्ीीब्जा गर्ने बाटोमा लागेका हुन् । पार्टर्ीीट निष्काशित हुनेहरूमा ७ जना निर्वाचित र ३ जना मनोनीत केन्द्र्रीय सदस्य छन् । मङ्सिर २०५९ मा पोखरामा सम्पन्न पार्टर्ीीे तेश्रो महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पद्मसुन्दर लावती, कमल थापा, श्रीमती दर्ुगा श्रेष्ठ, राजीव पराजुली, सुश्री रोशन कार्की, जगत गौचन र भुवन पाठकलाई ६ वर्षो लागि साधारण सदस्यबाट हटाइएको छ । उता अध्यक्ष राणाले केन्द्रीय सदस्यमा मनोनयन गरेका बृजेशकुमार गुप्ता, तोरणबहादुर गुरुङ्ग र प्रतापराम लोहारलाई पनि केन्द्रीय सदस्यबाट हटाएका छन् । रामचन्द्र रायको संयोजकत्वमा गठित अनुशासन समितिको सिफारिसमा उनीहरूलाई पार्टर्ीीट हटाइएको हो । कारबाहीमा पर्नेमध्ये थापा, गुप्ता, कार्की, पाठक, गुरुङ्ग र लोहार वर्तमान मन्त्रिपरिषद्का सदस्य हुन् ।

मन्त्री बनेका र नगर निर्वाचनमा भाग लिनर्ुपर्छ भन्ने १९ माघ र्समर्थकहरू संस्थापन पक्षको कारबाहीमा परेका हुन् । राप्रपा सक्रिय राजतन्त्रको पक्षमा नरहेको, बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई आदर्श मानेको संस्थापन पक्षको दाबी छ । १९ माघको राजाको कदमलाई र्समर्थन गर्नुपर्छ र गर्नुहुन्न भन्नेहरूबीचको विवाद बढ्दै जाँदा निर्वाचनको विषयलाई लिएर राप्रपामा ठूलो भाँडभैलो सिर्जियो । गृहमन्त्री थापाले जिल्ला जिल्लामा फोन गरेर राप्रपाका नेता/कार्यकर्ताहरूलाई 'राजतन्त्र रोज्ने कि पशुपति' भन्दै शक्तिको प्रलोभनमा पार्न खोजेको आरोप राणा पक्षधरको छ । राणा पक्षधर केन्द्रीय सदस्य ठाकुरप्रसाद शर्मा भन्छन्, "गृहमन्त्री थापाले राज्य संयन्त्रको दुरुपयोग गरी राप्रपालाई कब्जा गर्न खोजेका छन् ।"

निर्वाचनमा भाग लिने र १९ माघको राजाको कदमलाई र्समर्थन गर्ने प्रस्ताव पारित गर्दै गृहमन्त्री थापा, स्थानीय विकासमन्त्री टङ्क ढकाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री निरञ्जन थापा, रवीन्द्रनाथ शर्मा, पद्मसुन्दर लावतीहरूले कमललाई अध्यक्ष बनाएर विशेष महाधिवेशन सम्पन्न गरेका छन् । पारित राजनीतिक प्रस्तावमा भनिएको छ, "राप्रपालाई एउटा बलियो राष्ट्रवादी, राजावादी, प्रजातान्त्रिक पार्टर्ीी रूपमा अघि बढाइनेछ ।" गृहमन्त्री थापाहरू पार्टर्ीीट अलग्गिएपछि अध्यक्ष राणाले भने, "उनीहरू -कमल, पद्मसुन्दरहरू) गएपछि हामीहरू एक किसिमले चोख्खिएका छौँ । त्यसैले उनीहरू जाऊन्, हामीलाई कुनै चिन्ता छैन । हाम्रो विचार र गन्तव्य प्रस्ट छ ।"

२५ पुसमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाको भनाइ थियो "सरकारले नै हाम्रो पार्टर्ीीई तहसनहस पार्ने दुष्प्रयास गरेको छ ।" हुनपनि सरकारका मन्त्रीहरू राप्रपालाई आफ्नो पक्षमा पार्न खुलेर लागेका छन् । सहायक महामन्त्री पण्डित भन्छन्, "कथित महाधिवेशनको नाउँमा गृहमन्त्रीलगायतका मन्त्रीहरूले सरकारी संयन्त्र, साधन र स्रोतको पूरापूर दुरुपयोग गरेका छन् । क्षेत्रीय प्रशासक, अञ्चल प्रशासक र प्रमुख जिल्ला अधिकारीहरूलाई जबर्जस्ती यस्तो कार्यमा परिचालन गराइएको मात्र होइन, हेलिकप्टर समेतको दुरुपयोग भएको छ ।"

१८ असोज २०५९ मा राजाले पहिलो पटक सत्ता लिएपछि राप्रपाका दर्ुइ बरिष्ठ नेताहरू क्रमशः लोकेन्द्रबहादुर चन्द र र्सर्ूयबहादुर थापा दलीय मान्यता बेगर प्रधानमन्त्री नियुक्त गरिए । २५ असोज २०५९ मा चन्द प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने थापा २०६० जेठमा । अहिले चन्द मूल राप्रपामै छन् । थापा चाहिँ पार्टर्ीीट अलग्गिएर राष्ट्रिय जनशक्ति पार्टर्ीीठन गरेर त्यसको अध्यक्ष बनेका छन् । यसरी राप्रपा सैद्धान्तिक नभई खाली पदका लागि फुट्ने र जुट्ने गर्दै आएको छ । तीन वटा महाधिवेशन गरिसक्दासम्म राप्रपा तीनै पटक फुटिसकेको छ । वीरगञ्जमा सम्पन्न दोस्रो महाधिवेशनपछि अलग्गिएका राजेश्वर देवकोटा अहिले राप्रपा -राष्ट्रवादी) खोलेर त्यसको नेतृत्व गरिरहेका छन् ।

ध्रुव सिम्खडा


बहिष्कारको नाउँमा जनताकै सम्पत्ति विनास

खुल्ला आँगनमा मेच, टेबुल र फाइलका चाङ अनि टेलिफोन सेटहरू छन् । आँगनमै बसेर कर्मचारीहरू काम गर्छन् । हुस्सुले गर्दा घाम लागेपछि मात्र काम शुरु हुन्छ ।

नेपालगन्ज नगरपालिका कार्यालयको दृश्य हो यो । २४ पुसमा माओवादीले बम विष्फोट गर्राई नगरपालिका भवन ध्वस्त बनाएपछि त्यसको आँगन कार्यालयमा परिणत भएको हो । कर्मचारीहरू बचेका केही मेच, टेबुल र फाइल आँगनमै राखेर काम गर्छन् । कार्यकारी अधिकृत इन्द्र कार्की भन्छन्, "कार्यालयका कोठा खत्तम भए, अब कहाँ गएर काम गर्नु त -" माओवादीले नगरपालिकाको चुनाव विथोल्ने अभियानअर्न्तर्गत आक्रमण गरेको प्रचार गरेको छ । विष्फोटबाट रु.१ करोडभन्दा बढीको क्षति भएको बताइएको छ (हे.तस्बिर) ।

विष्फोटको घटनापछि दैनिक पाँचसयको सङ्ख्यामा नगरपालिकामा काम लिएर आउने जनताको सङ्ख्या एकसय भन्दा तल झरेको छ । कति दिन आँगनलाई कार्यालय बनाउनुपर्ने हो, कसैलाई थाहा छैन । नगरपालिकाको स्वामित्वमा रहेका अरू दर्ुइ वटा भवनमध्ये एउटामा अञ्चल प्रशासकको निवास र अर्कोमा गैरसरकारी संस्था साथीको कार्यालय रहेका छन् । कार्की भन्छन्, "अब शपिङ कम्प्लेक्सका लागि बनाइएको भवनलाई सफा गरेर त्यतै बस्न जाने सूरमा छौँ ।"

बम विष्फोट हुँदा कार्यालय कम्पाउण्डभित्रै निवासमा सुतिरहेका कार्यकारी अधिकृत इन्द्र कार्की संयोगले बाँचेका थिए । अहिले उनी त्यहाँ बस्न छाडेका छन् । कार्यालयका एक सुरक्षागार्डका अनुसार, सैन्य पोशाकमा आएका ६ जना माओवादीमध्ये एक एसएलआर र बाँकी बम बोकेर आएका थिए । चुनाव बहिष्कारका नाउँमा जनताको पैसाबाट बनेका साझा भौतिक संरचना र सम्पत्ति विनास गर्ने माओवादीको कृत्यलाई नगरबासीहरूले रुचाएका छैनन् ।

रामेश्वर बोहरा


पहाडतिर पनि सर्‍यो डाँका आतङ्क


खुँडा, खुकुरी, तरबार र लठ्ठी बोकेर डाँकाबाट गाउँको रक्षा गर्न गस्ती गरिरहेका सिस्नेरीबासी ।

हिजोआज मकवानपुर जिल्लाका ग्रामीण भेग डाका आतङ्कबाट आक्रान्त बनेको छ । उस्तै उमेरका डाँकाहरूका समूहले मकवानपुरको पर्ूर्वी क्षेत्रका र्राईगाउ, फाखेल, सिस्नेरी र पश्चिमी क्षेत्रको हाँडीखोला गाविसहरूमा आतङ्क मच्चाइरहेका छन् डाँकाहरूले काठमाडौँ उपत्यकासँग जोडिएको फाखेल र सिस्नेरीमा पुसको पहिलो सातादेखि अहिलेसम्म लगातार दर्जनौँ घर डकैती गरिसकेका छन् । सिस्नेरी गाविस-४ र फाखेल गाविस-२ का २४ भन्दा बढी घर लुटिएका छन्  । २० देखि २५ वर्षउमेर समूहका २०-२५ हतियारधारी डाँकाहरू आएर लुटपाट गर्ने गरेको फाखेलका रामबहादुर लामा बताउँछन् । उनका अनुसार डाँका लाग्न थालेपछि स्थानीयबासीले २४ सै घण्टा गस्ती गरिरहेका छन् । गस्तीमा गाउँका बालकदेखि वृद्धसम्म सहभागी छन् ।

एउटा समूहले हालै पर्ूर्वी मकवानपुरको र्राईगाउँ गाविस-७, डोटेगाउँमा एकै पटक १२ घर लुटेका र दर्ुइ युवतीलाई निर्मम बलात्कार गरेका छन् । पर्ूव वडाध्यक्ष जीतबहादुर गोलेका अनुसार करीब २० जनाको हतियारधारी डाँका समूहद्वारा बलात्कृत ती युवतीको अवस्था चिन्ताजनक छ । गाउँबाट उनीहरूले रु.१० लाख बराबरको धनमाल पनि लुटेका स्थानीयबासीले बताए । त्यस्तै हाँडीखोला-७ मसिनेमा पनि केही दिनअघि १० घरमा डकैती भएको थियो ।

डाँकाहरूले महेन्द्र राजमार्गको मनहरी-रजैया खण्डमा सवारी साधन पनि रोकेर लुटपाट गरेका छन् । ६ मङ्सिरमा सवारी साधन रोकी धनमाल लुट्न लागेका डाँका र सुरक्षाफौजको भिडन्त हुँदा एक-एक जना सैनिक जवान, यात्रु र डाँकाको मृत्यु भएको थियो । तीन महिनाअघि सो राजमार्ग खण्डको नेवारपानीमा संयुक्त सुरक्षा बेसक्याम्प राखिएपछि डकैतीका घटनामा केही कमी आएको थियो ।

भरुवा बन्दुक, कटुवा पेस्तोल, खुडा, खुकुरी बोकेर आएका डाँकाहरूले आफूलाई माओवादी भन्ने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्  । यस घटनामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै माओवादीले डाँकाहरूको खोजी गरी जनकारबाही गर्ने घोषणा गरेको छ । सुरक्षा प्रमुखहरूले भने सबै घटनामा 'माओवादी संलग्नता'को तयारी जवाफ दिने गरेका छन् । मकवानपुरका प्रहरी उपरीक्षक जयबहादुर चन्दले नगर क्षेत्र आसपास प्रहरी सक्रियताका कारण डकैतीको घटनामा कमी आएको बताए ।

उता रुपन्देही, देवदहमा एक जनाको हत्या र बुटवलमा डकैती गरी राजधानीका एक व्यापारीलाई लुट्न पुगेका तीन जनालाई बुटवल प्रहरीले हालै पक्राउ गरेको छ । गत ३ जेठ २०६१ मा हतियारसहित आएर ज्यान मार्ने धम्की दिई काठमाडौँ, भोटेवहालका व्यापारी घनश्याम अग्रवालको रु.२२ लाखसहित सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिर्द्धार्थनगर-८, देवकोटाचोकका परशुराम सुनार -बिक), बुटवल-९ का कृष्णमान जोशी र होमबहादुर थापा छन् । त्यो समूहका मुख्य नाइके सालझण्डी-९ का शम्भु गौतम भने अझै फरार छन् ।

सन्तोष न्यौपाने, मकवानपुर
रामराज पोखरेल,
बुटवल


प्रजातान्त्रिकमा पुरानै अनुहार

तीन वर्षघि नेपाली काङ्ग्रेसबाट विभाजित भएर बनेको काङ्ग्रेस 'प्रजातान्त्रिक'ले 'एघारौँ महाधिवेशन' सम्पन्न गरेको छ । 'एघारौँ' भनिएकोमा असहमति जनाउँदै मूल काङ्ग्रेसले उद्घाटन समारोह बहिष्कार गरेको प्रजातान्त्रिकको महाधिवेशन ६ दिन चलेको थियो । यसले केन्द्रीय कार्यसमिति सदस्यमा जेलमा रहेका सभापति शेरबहादुर देउवालगायत अधिकांश पुरानै अनुहारलाई निर्वाचित गरे पनि अघिल्लो कार्यसमितिका १० जना भने चुनाव हारेका छन् ।

जेलभित्रैबाट पुनः पार्टर्ीीभापतिमा निर्विरोध निर्वाचित सभापति देउवाले क्रमशः उपसभापति तथा कार्यवाहक सभापति र महामन्त्रीहरू बनाएर गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह, विमलेन्द्र निध्रि्रति बढी विश्वास देखाएका छन् । पर्ूवमहामन्त्री विजयकुमार गच्छेदारलाई देउवाले यस पटक मनोनयन गरेनन् । यसबाट गच्छेदारलगायत उनका सहयोगीहरू नेपाली काङ्ग्रेसमा र्फकने हुन् कि भन्ने आशङ्का बढेको छ । उता पार्टर्ीी अर्का प्रभावशाली नेता डा. नारायण खड्काले देउवाले नै आफूलाई केन्द्रीय सदस्यमा हराएको आरोप लगाएका छन् ।

आरक्षित कोटामा निर्वाचित हुनेहरूमा, जनजातिबाट इन्द्रबहादुर गुरुङ्ग र भीष्मराज आङ्गदम्बे, महिलाबाट उमा अधिकारी र डीना उपाध्याय, मधेशीबाट उमाकान्त चौधरी र शिवचन्द्र मिश्र, दलितबाट दलसिं कामी र कर्ण्ाालीबाट जीवनबहादुर शाही छन् । उता नेवि संघका पर्ूव अध्यक्षहरू- निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केे.सी., बालकृष्ण खाँण र नारायणप्रकाश -एन्पी) सावद पाँचै जना विजयी भएका छन् । सावद भन्छन्, "जित-हारमा नअल्झी अब हामी एक भएर लोकतान्त्रिक आन्दोलनमा सहभागी हुन्छौँ ।"

कसले कति मत पाए ?

अर्जुनजङ्गबहादुर सिंह
अर्जुन थापा
अजितनारायणसिंह थापा
अमरराज कैनी
इन्द्रमणि अधिकारी
एन.पी. सावद
कुशश्री न्यौपाने
कृष्णबहादुर गुरुङ
कृष्णकिशोर घिमिरे
केशव भेटुवाल
केशव थापा
गोपालजीजङ्ग शाह
गोपालमान श्रेष्ठ
गेहेन्द्र गिरी
गोविन्दबहादुर शाह
चित्रलेखा यादव
चिरञ्जीवी वाग्ले
जीप छिरिङ्ग लामा

ढुण्डीराज शास्त्री
थलकुमार लिङ्खा
दीपकुमार उपाध्याय
ध्रुव वाग्ले
नवराज गुरुङ
नरेन्द्रविक्रम नेम्वाङ
नारायणशर्मा पौडेल
नवीन्द्रराज जोशी
डा. नारायण खड्का
१६१
१२९
६०
५०५
१४०
८१३
३२
११७
३३५
३०
१५४
१७९
९६९
२१८
२०५
९९१
६५०
५०१

२९८
४७
५१०
४८३
२०१
२७७
८३
३७७
४९६
प्रकाशमान सिंह
डा. प्रकाशशरण महत
प्रदीप गिरी

डा. पूर्णकान्त अधिकारी
पूर्णबहादुर खड्का
बलबहादुर केसी
बालकृष्ण खाँड

भरतकुमार शाह
मनमोहन भट्टर्राई
माइकल रामचन्द्र अर्याल
मोहनबहादुर बस्नेत
डा. मिनेन्द्र रिजाल
रणबहादुर रावल
रमेश रिजाल
डा. राजाराम कार्की
राधेचन्द्र यादव
रामजनम चौधरी
रामजीवन सिंह
रुद्रमणि शर्मा भण्डारी
लोकमणि भण्डारी
बसन्तकुमार गुरुङ
विजयकुमार गच्छेदार
विनोदकुमार भट्टर्राई
विमलेन्द्र निधि
वीरबहादुर बलायर
सागरशमशेर जबरा
सुविर खनाल

११९२
७०५
१०४०

७५
६१२
७६३
१६७

५२३
१२४
२७१
६७२
२०५
२८१
२१५
१४४
२२१
६८
१९५
२०२
४८२
७९९
१२६
९२९
३४५
३४५
४६१
१०२

शरदसिंह भण्डारी
शेषनाथ अधिकारी
शिवबहादुर खड्का
हर्रि्रसाद नेपाल
होमनाथ दाहाल
ज्ञानेन्द्रबहादुर कार्की
जीवनबहादुर शाही
इश्वरी न्यौपाने
उमा अधिकारी

भीमकुमारी बूढामगर
डीना उपाध्याय
लक्ष्मी र्राई
दलसिंह कामी
मीन विश्वकर्मा
इन्द्रबहादुर गुरुङ
केवलबहादुर लामा
कृष्णा अमात्य
टङ्कप्रसाद र्राई
ध्यानगोविन्द रञ्जित
भीष्मराज आङ्दम्बे
र्सवधन र्राई
उमाकान्त चौधरी
मङ्गप्रसाद गुप्ता
लक्ष्मीप्रसाद मेहता
वीरबल विराजी यादव
शिवचन्द्र मिश्र
४१२
२०७
१०८
२११
४४७
५८६
निर्विरोध-कर्णाली
५५१/महिला
६४७

३४०
६४६
५२३
८३४/दलित
४९६
८६०/जनजाति
६६
१८१
१५५
३४७
६०७
४१४
१०३६/मधेशी
५०६
२७४
२६७
५५६
( विजयी)

ब्यारेक भित्र रहस्यमय मृत्यु


पोष्टमार्टमपछि अस्पतालमा खिचिएको देवेन्द्रको शव ।

२० पुसमा भोजपुरको सिंद्राङ गाविसस्थित सैनिक चेकपोष्टले पक्राउ गरेको देवानटार-७ का २० वषर्ीय देवेन्द्र र्राई २४ घण्टा नबित्दै रानीबासको हतुवागढी घोडेटारस्थित संयुक्त सुरक्षा फौजको ब्यारेकमा मृत अवस्थामा भेटिए ।

भोलिपल्ट सैनिक जनसर्म्पर्क निर्देशनालयले विज्ञप्ति निकाल्यो- 'माओवादी गतिविधिमा संलग्न भोजपुरका देवेन्द्र र्राई ब्यारेकमा राखेको अवस्थामा सैनिक कमाण्डरले हर्ेन जाँदा मृत अवस्थामा फेला परे  ।' देवेन्द्रको मृत्यु 'अचानक' भएको भन्ने सेनाले अचानक कसरी भयो भन्ने खुलाएको छैन । हत्याको भोलिपल्ट हेलिकप्टरबाट ल्याएर भोजपुर अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण 'शक' भनिएको छ । तर शक केबाट भयो भन्ने चाहिँ खुलाइएको छैन ।

अस्पष्ट विज्ञप्ति र क्लिष्ट पोष्टमार्टम रिपोर्टका कारण दर्जनौँ बन्दीहरू बेपत्ता पारेको आरोप झेलिरहेको सेना देवेन्द्रको मृत्युलाई लिएर पुनः एकपटक विवादमा तानिएको छ । लाशको प्रकृतिले पनि देवेन्द्रको मृत्यु 'अचानक' भएको मान्न कर लाग्दैन । जिल्लास्थित एक सुरक्षा अधिकारीका अनुसार, देवेन्द्रको मृत्यु चरम यातनाका कारण भएको हो । नाम नखुलाउने शर्तमा उनी भन्छन्, "देवेन्द्रको देव्रे पाटो कहीँ पनि सग्लो थिएन । जताततै चोटैचोट मात्र देखिन्थ्यो । छातीको देब्रे पाटोमा धारिलो हतियारले छेडेको चोट पाइएको थियो भने छातीमा रगत जमेको थियो । कम्मरदेखि माथि र छाती तलको भागमा उनलाई चरम यातना दिएको देखिन्छ  ।" पोष्टमार्टम रिपोट गुपचुप राखिनु, स्थानीय मानवअधिकारवादी तथा पत्रकारहरूलाई लाश हर्ेन नदिनुले पनि उनको हत्या नै भएको शङ्का गर्ने आधार दिन्छ । अस्पताल पुगेका अधिकारकर्मीहरूलाई मेडिकल सुपरिटेण्डेण्ट डा. भवानी शर्मा भन्छन्, "मैले लाशको पोष्टमार्टम गरेर रिपोर्ट प्रहरीलाई दिइसकेँ, अरूलाई भन्न मिल्दैन ।"

कालीध्वज गण अर्न्तर्गत घोडेटारमा स्थापित देवेन्द्रको मृत्यु भएको ब्यारेकमा मेजर प्रफुल्लविक्रम शाहको कमाण्डमा २५० जना संयुक्त सुरक्षा फौज रहने गर्दछन् । अहिले सो घटनाबारे सेना आफैँले दर्ुइ वटा समिति गठन गरेर छानबिन गरिरहेको जनाएको छ । कालीध्वज गणका कर्र्णोलले 'व्यारेकमा मरेको' स्वीकार गर्दै के कारणले कसरी मर्‍यो भन्नेबारे अनुसन्धान भइरहेकाले अहिले केही बोल्न नमिल्ने बताए । प्रमुख जिल्ला अधिकारी दिवाकर देवकोटाले पनि अनुसन्धान भइरहेको बताउँदै बोल्न चाहेनन् । उनी भन्छन्, "पोष्टमार्टम रिपोर्टको आधारमा प्रहरीको अनुसन्धान जारी छ, पूरा भएपछि मात्र बताउन सकिन्छ ।"

घरमा एक्ली श्रीमती रहेकी देवेन्द्रका बाबु बलबहादुर र्राई मजदुरी गर्न भारतको कोइलाखांद गएका छन् । घरमा पुरुष सदस्य नभएका कारण उनको सद्गत गर्न समेत गाउँबाट कोही आउन सकेनन् । र, २६ पुसमा प्रहरीले देवेन्द्रको लाश अस्पतालभन्दा ४५ मिनेट पर राधाकृष्ण मन्दिर छेउ लगेर गाड्यो ।

ज्ञानेन्द्र खड्का, भोजपुर


फलोअप
माओवादी 'न्याय'


ज्ञानेन्द्र खड्का
छोराको चिहान छेउमा टोलाउँदै बाबु मानबहादुर सुन्दास ।

भाइ मारेको आरोपमा भोजपुर, तिम्मा-७ का जुद्ध सुन्दासको हत्या गर्ने जिल्ला सदस्य हेमन्त खम्बूलाई माओवादीले 'निलम्बन' गरेको छ । स्थानीय माओवादी नेता शिशिरका अनुसार, सो घटनामा हेमन्तको गल्ती ठहरिएकोले उनलाई निलम्बन गरिएको हो ।

गएको १ पुसमा केही गाउँलेले भनेका भरमा भाइ मारेको आरोप लगाएर हेमन्तले जुद्धको हत्या गरेका थिए । युद्धविराम कालमा भएको सो घटनालाई गम्भीरतापर्ूवक लिएको बताउँदै माओवादीले आफ्नो न्याय विभाग प्रमुख नारायण र्राई 'महेश'को संयोजकत्वमा दर्ुइ सदस्यीय छानबिन समिति गठन गरेको थियो । कारबाहीपछि हेमन्तलाई कहाँ, कस्तो अवस्थामा राखिएको छ र एकदमै गरीब मृतकको परिवारप्रति आफ्नो दायित्व के हुने भन्नेबारे चाहिँ माओवादीले केही बोलेको छ्रैन । युद्धविराम भङ्ग गरेर फेरि हतियार उठाएका माओवादीबाट जानी-नजानी अझै कति यस्ता 'गल्ती' हुने र निर्दोषहरूको ज्यान जाने हो !